कथा

भ्रम – विष्णु भण्डारी

तारामान विश्वकर्मा बसपार्क आइपुग्दा झमक्क साँझ परिसकेको थियो । सुदूर गाउँको मान्छे, सहर उसका लागि नयाँ थियो । उसले बसपार्कमा उत्रिएर फोन गर्यो । फोन कि त व्यस्त थिए कि स्विचअफ । लामो समय फोन गर्दा पनि सम्पर्क हुन सकेन । अन्तिममा बल्लबल्ल मन्त्रीज्यूको मोबाइलमा फोन लाग्यो । उसले खुसीले पुलकित हुँदै अभिवादन गर्यो, ‘कमरेड अभिवादन ! म तारामान विश्वकर्मा ।’ ‘तपाईंले कसलाई खोज्नुभएको ?’ उताबाट उत्तर आयो, ‘मन्त्रीज्यू अहिले व्यस्त हुनुहुन्छ । पछि गर्नुहोला ।’ उसले हेलो हेलो भन्दाभन्दै फोन काटियो । ‘हँ ! मन्त्रीज्यू व्यस्त हुनुहुन्छ ! पछि गर्नुहोला !’ उसले रन्थनिदै उही कुरो दोहोर्यायो । उसले पहिलो

विस्तृत पढ्नुहोस