The Blog of Bishnu Bhandari
हिरादेवी नाम कसले राखिदियो, हिरादेवीलाई नै थाहा छैन । थाहा होस् पनि कसरी ? सायद बाउले राखिदिएको हुनुपर्छ यो नाम । पण्डितले राखिदिएको पनि हुन सक्छ । जसले राखिदिएको भए पनि उनलाई चिन्नेहरू यही नामले चिन्छन् । यही नामले बोलाउँछन् । हिरादेवीको उमेर चारबिस नाघ्यो । उमेरले उनी आरामले बस्नुपर्ने हो, तर उनलाई आराम पटक्कै छैन । उमेर बढ्दै गएपछि आँखाको ज्योति पनि कमजोर भयो । शरीरमा तागत पनि हरायो । कहिलेकाहीँ लाग्छ उनले जे भोगिन त्यो सबै सपना थियो । यतिका उमेर बाँचे पनि उनले जीवनमा सुख भने पाइनन् । बाउ सानैमा मरे । घरकी जेठी छोरी, आमाको सहारा