The Blog of Bishnu Bhandari
June 16, 2015 ekabita.com ‘प्रोफाइल’ स्थायी स्तम्भ हो । यस स्तम्भअन्तर्गत हामी एक कविको जीवनवृत्त उतार्छौं । विचार, लेखन प्रवृत्ति, विविधता, पठन, जीवनशैली, जीवन भोगाइका अन्य कोणबाट एक कविको खास जीवन खोतल्ने प्रयास गर्छौं । खास गरी कविको जीवन भोगाइक्रममा छेलिएका पक्ष उजागर गर्नु यस स्तम्भको उद्देश्य हो । यस अंकमा हामीले कवि विष्णु भण्डारीमाथि अर्का कवि तथा पत्रकार कला अनुरागीद्वारा लिखित आलेख लिएका छौं । –प्रधान सम्पादक || कला अनुरागी || विष्णु भण्डारीसँग केही देखिने निकटता छन् मेरा । ‘काव्यशिविर अभियान’मा सँगै थियौं । उनको घर कोटेश्वर र मेरो डेरा नरेफाँटबिच ‘एउटै गाउँ’ भन्न मिल्ने दुरी छ । उनको