Work With Me
Terms And Conditions
लेखक हुनुको नाताले कलासाहित्य मेरो मुख्य सरोकारको विषय हो । साहित्यबाहेक संस्कार–संस्कृति, शिक्षा र सामाजिक मुद्धामा पनि म सरोकारवालासँग मिलेर काम गर्न चाहन्छु । यी विषयका माध्यमद्वारा समाजमा सञ्चेतना फैलाउनु मेरो उद्देश्य रहने छ । मेरो इरादा स्कुल, कलेज र समुदायमा पुगेर अन्तक्र्रियाका माध्यमबाट स्वतन्त्रता, समानता र मानवीय मूल्यको अन्वेषण कसरी गर्न सकिन्छ भन्नेबारे सु–सूचित गराउने र उत्प्रेरणा जागृत गराउने हो । स्कुल, कलेजका विद्यार्थीसँगको बहस समाजलाई कसरी अझ वैज्ञानिक, मानवीय र सद्भावपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ । साथै पठनसंस्कृति, सिर्जनशील लेखन र मानवीय मूल्यको विकासका लागि उत्प्रेरित गर्ने र आफूलाई सबल र सक्षम बनाउन अध्ययनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा जानकारीमूलक सन्देश प्रवाह गरिने छ ।
सहकार्यको अर्को उद्देश्य अलग धारको अवधारणालाई कार्यरूप दिने हो । निरन्तरतामा क्रमभङ्ग गरी नयाँ धार निर्माण गर्नु निश्चय पनि सहज र सरल काम हैन, तर पनि साहित्यकार, कलाकार, बुद्धिजीवी, पत्रकार र विभिन्न पेशा व्यवसायमा संलग्न सुभेच्छुकसँगको अन्तरसंवादले अलग धार निर्माणका लागि वातावरण तयार हुने छ । सांस्कृतिक रूपान्तरण बहसको अर्को महत्वपूर्ण पक्ष हो । समाजमा विद्यमान पुरातन संस्कार संस्कृतिको विकल्पमा नयाँ संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सहकार्य गर्न सकिन्छ । लेखक, कलाकार, सामाजिक अभियन्ता, बुद्धिजीवी र सर्वसाधारणसँगको अन्तर्क्रियाले रुढ, पुरातन र यथास्थितिवादी चिन्तनको विरुद्ध नयाँ र प्रगतिशील चिन्तनको विकासमा सहयोग पुग्ने छ ।
यी विषयमा मसँग सहकार्य गर्न चाहने सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था, मिडिया, स्कुल र कलेजले मेरो इमेलमा सिधै सम्पर्क गर्न सक्नुहुने छ । साथै व्यक्तिगत रूपमा सहकार्य गर्न इच्छुक व्यक्तिहरूले पनि मसँग सम्पर्क गर्न सक्नुहुने छ ।
फोन– ९८४१२५०२६६
इमेल – bishnubhandari20@gmail.com