The Blog of Bishnu Bhandari
प्रारम्भ मानवीय मूल्यको पुनव्र्याख्या बहसको नयाँ विषय हो । कतिपयलाई यस्तो कुराले आवेश र उत्तेजना पैदा गर्नेछ । कतिपयलाई मानवीय मूल्यको खोजी बहसको उत्तम विषय हुन सक्थ्यो भन्ने पनि लाग्न सक्छ । हुन पनि यो विषय जत्तिको जटिल छ त्यत्तिकै अमूर्त । त्यसो त यो अमूर्त मात्र छैन विवादित पनि छ । यसको कुनै सीमा र साँध छैन, परिभाषा र अर्थ छैन । सबैलाई आफ्ना आदर्श र मूल्यहरू प्रिय लाग्छन्, संस्कार, संस्कृति र चालचलन प्रिय लाग्छन् । उनीहरू तिनै मान्यतामा आफूलाई व्यवहारवद्ध बनाउँदै आएका छन् । कोही स्वार्थले, कोही अज्ञानले र कोही बाध्यताले सामाजिक मूल्यहरू स्वीकार्न बाध्य छन् । अन्ध