About Me

नमस्कार ! यहाँलाई मेरो वेवपेजमा स्वागत छ । यहाँलाई थाहै छ म लेखक हुँ । मेरो काम लेख्ने हो । त्यसो त म लेखक मात्र नभएर कवि र पत्रकार पनि हुँ । तर म केही वर्षदेखि आख्यानमा काम गरिरहेको छु । यो पेजमा तपाईंले मेरा कृति र ब्लगमार्फत् मलाई अरू नजिकबाट चिन्न सक्नुहुने छ । म गाउँमा जन्मिएको र हुर्किएको हुँ । म अहिले जुन ठाउँमा आइपुगेको छु त्यहाँसम्म आइपुग्न मैले धेरै नै सङ्घर्ष गर्नुपरेको छु । मेरो जीवनको पाटो निराशा, अस्थिरता र सङ्घर्षमय छ । म सानैदेखि परिवर्तन र सुखी समाज बनाउने सपना बोकेर हिँडेको थिएँ । सपना प्राप्तिको यात्रा राजनीतिक थियो । तर त्यो राजनीति विशुद्ध राजनीति नभएर साहित्य र राजनीतिको सम्मिश्रण थियो । मेरो चरित्र पनि, सायद, राजनीतिमा भन्दा साहित्यमा फिट हुने खालको थियो । यही चरित्रकै उपलब्धी थियो कलासाहित्यको अविराम यात्रा । सानोमा म असाध्यै सोझो र अन्तर्मुखी थिएँ । मानिस देख्यो कि डराएर भाग्ने गर्थें । मेरो बाल्यजीवन गरिवी र अभावमा बित्यो । हाम्रो परिवार आर्थिक रूपमा विपन्न त छँदै थियो साथै छरछिमेक र आफन्तबाट तिरस्कृत थियो । सामाजिक अर्र्घेल्याइँकै कारण म बिस्तारै विद्रोही विचारको नजिक भएँ । परिवारको दारुण अवस्था, सामाजिक विभेद र असमानता देख्दा म व्याकुल हुन्थेँ । लोभ, लालच, छलकपट र धुत्र्याइँ

Read More!
अहिले पनि पुरातन युगमा बाँचेको म

हामीले विकास केलाई मान्ने ? म अलमलमा परेको छु । समाज परिवर्तन केलाई मान्ने ? झनै दिग्भ्रमित भएको छु । जिन्दगीभरि समाज परिवर्तन भनेर हिँडियो । राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन पनि हुन्छ भनियो । तर अहिले आएर सोच्छु त्यो त फगत कल्पना रहेछ नि हौ । राजनीतिक परिवर्त त भयो नि ! भएन र ! राजतन्त्र ढल्यो, सामन्तवादले घुडा टेक्यो र गणतन्त्र आयो तर के समाज परिवर्तन भयो ? यो प्रश्नले मलाई कोतरिरहन्छ । साथीहरू भन्छन् तैँले भने जस्तो कहाँ हुन्छ ? हो नि मैले भने जस्तो नहुन सक्छ । त्यसो भए कसले भने जस्तो हुन्छ त ! पक्कै पनि यहीँनेरि समस्या छ । परिवर्तनलाई बुझ्ने यही समस्याका कारण हामी पछि परेका हौँ । साथीहरू वैज्ञानिक समाजवादको कुरो गर्छन् तर समाज पुरातन युगमै बामे सर्दै छ । कहाँबाट आउँछ होलो

Read More!
मानवीय मूल्यको पुनर्व्याख्या

प्रारम्भ मानवीय मूल्यको पुनव्र्याख्या बहसको नयाँ विषय हो । कतिपयलाई यस्तो कुराले आवेश र उत्तेजना पैदा गर्नेछ । कतिपयलाई मानवीय मूल्यको खोजी बहसको उत्तम विषय हुन सक्थ्यो भन्ने पनि लाग्न सक्छ । हुन पनि यो विषय जत्तिको जटिल छ त्यत्तिकै अमूर्त । त्यसो त यो अमूर्त मात्र छैन विवादित पनि छ । यसको कुनै सीमा र साँध छैन, परिभाषा र अर्थ छैन । सबैलाई आफ्ना आदर्श र मूल्यहरू प्रिय लाग्छन्, संस्कार, संस्कृति र चालचलन प्रिय लाग्छन् । उनीहरू तिनै मान्यतामा आफूलाई व्यवहारवद्ध बनाउँदै आएका छन् । कोही स्वार्थले, कोही अज्ञानले र कोही बाध्यताले सामाजिक मूल्यहरू स्वीकार्न बाध्य छन् । अन्ध राष्ट्रवादीका लागि, अझ यसो भनौँ आत्मश्लाघावादीका लागि त यो झनै अस्पटयुक्त लाग्ने छ । मानौँ कोही उनीहरूको नजिक आएर बरबराउँदै छ, निद्राभङ्ग गर्दै छ । जसरी पोखरीको भ्यागुले पोखरी नै

Read More!
हिरादेवीका दुःख

हिरादेवी नाम कसले राखिदियो, हिरादेवीलाई नै थाहा छैन । थाहा होस् पनि कसरी ? सायद बाउले राखिदिएको हुनुपर्छ यो नाम । पण्डितले राखिदिएको पनि हुन सक्छ । जसले राखिदिएको भए पनि उनलाई चिन्नेहरू यही नामले चिन्छन् । यही नामले बोलाउँछन् । हिरादेवीको उमेर चारबिस नाघ्यो । उमेरले उनी आरामले बस्नुपर्ने हो, तर उनलाई आराम पटक्कै छैन । उमेर बढ्दै गएपछि आँखाको ज्योति पनि कमजोर भयो । शरीरमा तागत पनि हरायो । कहिलेकाहीँ लाग्छ उनले जे भोगिन त्यो सबै सपना थियो । यतिका उमेर बाँचे पनि उनले जीवनमा सुख भने पाइनन् । बाउ सानैमा मरे । घरकी जेठी छोरी, आमाको सहारा उनी नै थिइन् । उनैको बलबुतामा घर नियमित भयो । घरमा आएपछि पनि सुख पाइनन् उनले । झनक्क रिसाउने लोग्नेको कुटाइ र सासुको बुहार्तन सहिन् । कहिलेकाहीँ सोच्थिन् माइती सम्पन्न

Read More!
   

Latest Book

अरुन्धतीको मृत्यु

अरुन्धतीको मृत्यु जनयुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् । जनयुद्धका बेला सत्ताको विरोध गरेकै कारण ठुलो संख्यामा मानिसहरू मारिन पुगे, कैयौँ बेपत्ता भए । फरक मत राखेकै कारण कैयौँ विस्थापित भए । विद्रोहीलाई गाँसबास दिएकै कारण कैयौँले अमानुषिक यातना भोगे । र, निरङ्कुश सत्ताविरुद्ध लड्दालड्दै हजारौँ युवाहरूले सहादत प्राप्त गरे । कथासङ्ग्रहमा युद्धकालीन समयका यिनै बर्बरता र प्रतिरोधी सङ्घर्षका कथाव्यथा चित्रण गर्ने प्रयत्न गरिएको छ । Publisher : Bhundipuran  Prakashan Genre : fiction Language : Nepali Published : 2080 Edition : 1st ISBN : 9789937-784-99-3 Pages :

Read More!