News

विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

पुस १०, २०८० कान्तिपुर संवाददाता काठमाडौँ — साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा आइपुगेको छ । कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् ।। नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युद्धपछिको साहित्यमा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ‘ट्रमा’ र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् । चालीसको दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान

विस्तृत पढ्नुहोस