The Blog of Bishnu Bhandari
अरुन्धतीको मृत्यु जनयुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् । जनयुद्धका बेला सत्ताको विरोध गरेकै कारण ठुलो संख्यामा मानिसहरू मारिन पुगे, कैयौँ बेपत्ता भए । फरक मत राखेकै कारण कैयौँ विस्थापित भए । विद्रोहीलाई गाँसबास दिएकै कारण कैयौँले अमानुषिक यातना भोगे । र, निरङ्कुश सत्ताविरुद्ध लड्दालड्दै हजारौँ युवाहरूले सहादत प्राप्त गरे । कथासङ्ग्रहमा युद्धकालीन समयका यिनै बर्बरता र प्रतिरोधी सङ्घर्षका कथाव्यथा चित्रण गर्ने प्रयत्न गरिएको छ । Publisher : Bhundipuran Prakashan Genre : fiction Language : Nepali Published : 2080 Edition : 1st ISBN : 9789937-784-99-3 Pages :
'नेपाली युद्धसाहित्य' नेपालको अखण्डता, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि लडिएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको नेपाली साहित्यको खोजमूलक कृति हो । यस कृतिमा गोर्खा राज्यविस्तारका क्रममा भएका लडाइँ तथा मुगल, अङ्ग्रेज र तिब्बत / चीनसँग भएका युद्धमाथि लेखिएको साहित्यको अध्ययन गरिएको छ । साथै २००७ र २०१८ सालमा भएका प्रजातान्त्रिक सशस्त्र विद्रोह र माओवादी जनयुद्धका बेला लडिएका लडाइँ, तत्कालीन सामाजिक संवेदना र सत्तापक्षबाट गरिएको दमन र हत्याहिंसालाई आधार बनाएर लेखिएको साहित्यको पनि खोज र विवेचना गरिएको छ । लेखकका योभन्दा पहिले 'विद्रोहको छाल (खण्डकाव्य, २०४३)', 'आँधी-तुफान (मुक्तक सङ्ग्रह, २०४४)', 'ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५)', 'कालो नाटक (लघुकाव्य, २०४५)', 'फेरि अर्को तारा खस्यो ( कविता सङ्ग्रह, २०६३)', 'देश जागेको बेला (कविता सङ्ग्रह, २०६३)', 'उत्सर्ग (महाकाव्य, २०६७)' र 'घाइते ह्विलचेयर (कविता सङ्ग्रह, २०६९)' गरी आठ कविता / काव्य तथा 'पहेँलो घाम
सुनको पहाड समकालीन नेपाली राजनीतिको पृष्ठकथालाई सन्दर्भमा लिएर आजको यथार्थप्रति सचेष्ट गराउने आख्यान हो । वर्तमानको बिडम्बनाबोध गराउन उपन्यासले लोककथात्मक अधिकल्पनालाई शैलीका रूपमा अँगालेको छ । आफन्तजन बेपत्ता हुँदा उत्पन्न हुने मनोदशालाई उपन्यासमा मिहिन ढङ्गले चित्रण गरिएको छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनलाई उपन्यासमा बहुरेखीय कथा वाचनमार्फत् सँगसँगै आगाडि बढाइएको छ । बिम्बात्मक र अलङ्कारिक प्रस्तुतिले पाठकलाई उपन्यास पढ्दा कविताको स्वाद प्राप्त हुन्छ । ‘म्याजिक’ शैलीमा बुनिएको भाषा ‘काव्यिक’ त छँदैछ, दृश्यात्मक प्रस्तुतिले ‘सिनेम्याटिक’ अनुभूति दिन्छ । उपन्यासमा पसेपछि जादुयी परिवेशले पाठकलाई सम्मोहित पारिराख्छ । कल्पनालाई यथार्थ र यथार्थलाई जादुसँग जोडिएको यो उपन्यास नेपाली आख्यानमा नयाँ प्रयोग हो । यसले नेपालको पछिल्लो राजनीतिक क्रान्ति र क्रान्तिको परिणतितर्फ मात्रै आकृष्ट गराउने छैन, क्रान्तिकारी स्वप्नद्रष्टाहरूका उद्देश्य र प्रतिबद्धता पुनःस्मृतिमा ल्याइदिने । यस पुस्तकमाथि लेखिएका समीक्षा तल
उपन्यासमा एकातिर युद्धपछि बहिर्गमित लडाकुहरूको मनोदशाको दारुण अवस्था छ भने अर्कोतिर सिरेठोमा पनि मुस्कुराउने फूलजस्तै प्रेमिल जोडीको कथा जोडिएको छ । उपन्यास राजनीतिक विषयवस्तुमाथि लेखिएको भएतापनि यसको काव्यिक भाषा, समाजबाट टपक्क टिपिएका यथार्थ घटना र प्रेम प्रसङ्गले पाठकलाई तानिरहन्छ । उपन्यासको मुख्य पक्ष भनेको आदर्शको उदात्तिकरण र महिला पात्रको धीरोदात्तिकरण हो । पहेँलो घाम माओवादी जनयुद्ध लडेका तर पछि युएन, राज्यपक्ष र पार्टीद्वारा अयोग्य करार गरी क्यान्टोन्मेन्टबाट निकालिएका पूर्व छापामारको कथा हो । उपन्यासमा मानिस अयोग्य हुन सक्दैन, त्यसमा पनि गणतन्त्र पाप्तिको महान् युद्धमा लडेकाहरू त झनै हुन सक्दैनन् भन्ने कथनलाई पुष्टि गर्न खोजिएको छ । उपन्यासमा अयोग्य लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा र भौतिक दुःखले सिर्जना गरेको दुष्परिणामको मिहिन ढङ्गले चित्रण गरिएको छ । उपन्यासमा अयोग्य बनाइएका छापामारको मात्र कथा नभएर जनयुद्धपूर्व र त्यसपछि समाजमा व्याप्त विसंगति, विकृति र सामाजिक
घाइते ह्विलचेयर मूलत साठीको दशकको सामाजिक यथार्थमाथि लेखिएका कविताहरूको सङ्ग्रह हो । यसको अर्थ यस काव्यमा यही समयको यथार्थ मात्र प्रतिबिम्बित छ भन्ने हैन, कमजोर हुँदै गएको मानवीय संवेदना, सामाजिक विसंगति र विकृतिको पनि सुक्ष्म चित्रण गरिएको छ । राजनीतिक पार्टी र नेतृत्वमा देखिएको दिशाहीनता र मूल्यहीनताको कटु आलोचना गरेर लेखिएका कविताहरू छन् यसमा । बिरामी सबार भएको ह्विलचेयर नै घाइते भएपछि बिरामीको दशा कस्तो होला ? कविता सङ्ग्रहको शीर्ष कविता र कृतिको नामले देशको जिम्मा लिएका पार्टी र नेताहरू नै घाइते भएको बिम्ब प्रस्तुत गरेको छ । गणतन्त्र पाप्तिपछि पनि देशको अवस्थामा सुधार नआएको बरु झनै कमजोर हुँदै गएको र नयाँ नेपाल बनाउने ठेक्का लिएर बसेका नयाँ पुराना ठेकेदारहरू झनै भ्रष्ट र दिशाहीन हुँदै गएकोप्रति कविले दह्रो झापट हानेका छन् । यस पुस्तकमाथि लेखिएका समीक्षा तल पढ्न सकिने छ
‘उत्सर्ग’ महाकाव्य जनयुद्धको विषयमा लेखिएको पहिलो महाकाव्य हो । यसमा दशवर्षे जनयुद्धको गरिमा, त्याग र बलिदानलाई उदात्तिकरण गरिएको छ । यसले जनयुद्धले निर्माण गरेको नयाँ यथार्थलाई कलात्मक तरिकाले प्रतिबिम्बन गरेको छ, साथै युद्ध, प्रेम र जीवनलाई हेर्ने प्रगतिवादी धारणालाई अझ उचाइका साथ प्रकटिकरण गर्न सफल भएको छ । पश्चिम गुल्मीको सेरोफेरोलाई आधार बनाएर लेखिएको यो महाकाव्यमा २०५८ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कमाथि माओवादीले गरेको भीषण आक्रमणको रोचक बयान गरिएको छ । युद्ध महाकाव्यको रूपमा पनि लिन सकिने यो कृतिमा शाही सेना र माओवादी सेनाबिचको दोहोरो भिडन्त, आक्रमण र प्रत्याक्रमणको भयावह चित्रण त छँदैछ सँगसँगै युद्धकै बिचमा विकसित प्रेमसम्बन्ध पनि प्रतिबिम्बन भएको छ । एकातिर युद्धको त्रासदी छ अर्कोतिर प्रेमको सुन्दर संसार छ । माओवादी जनयुद्धले पारेको प्रभाव, सत्तापक्षको ज्यादती र युद्धमा सहभागी पात्रहरूको सपनाहरूलाई सुक्ष्म ढङ्गले प्रतिबिम्बन गर्न सफल यो
‘देश जागेको बेला’ बैसट्ठी–त्रिसट्ठी सालको जनआन्दोलनमाथि लेखिएका कविताहरूको सङ्ग्रह हो । उन्नाइस दिन चलेको उक्त जनआन्दोलन देशैभरि फैलिएको थियो । कुनै पनि त्यस्तो सहर थिएन जहाँ स्वतन्त्रता, समानता र गणतन्त्रका लागि जनसागर नउठेको होस् । दश वर्षे जनयुद्धले दुई तिहाई भूभाग कब्जा गरिसकेको र राजधानीलाई चारैतिरबाट घेरिसकेको अवस्थामा यो आन्दोलन सुरु भएको थियो । यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरू त्यही जनआन्दोलनको क्रममा प्रत्येक दिन घटेका घटनामाथि लेखिएका कविताहरूको शृङ्खला हो । देश जागेको बेला’ आन्दोलनको कवितात्मक दैनिकी हो भन्दा फरक पर्दैन । यो कविता कृतिमा कविले आन्दोलनका मुख्यमुख्य घटनालाई काव्यिक बान्कीद्वारा चिरस्थापित गरेका छन् । कविता पढ्दा यस्तो लाग्छ कि अहिले पनि मानिसहरू सडकमा निस्किएका छन् । निरङ्कुश राजशाहीको विरुद्ध नारा लगाइरहेका छन् । परिवर्तन, समृद्धि र समानताको महत् उद्देश्य लिएर विद्रोहमा निस्किएका जनतामाथि सरकारद्वरा गरिएको नृशंस दमनको काव्यिक अभिव्यक्ति पनि
‘फेरि अर्को तारा खस्यो’ विष्णु भण्डारीको पहिलो कविता सङ्ग्रह र चौथो काव्यकृति हो । यो सङ्ग्रहमा तत्कालीन नेपाली समाजका यथार्थलाई टपक्क टिपेर कविताहरू सिर्जना गरिएको छ । कविताहरूमा देशको चिन्ता र चासो व्यक्त गरिएको पाइन्छ । पचासको दशकको अन्तिम समय नेपाली समाज कसरी गुज्रिएको थियो, युद्धको राप र ताप कस्तो थियो भन्ने कुरा यी कविताहरू पढ्दा प्रष्ट बुझ्न सकिन्छ । सङ्ग्रहका प्रायः सबै कविताहरू क्रान्ति, परिवर्तन र सुन्दर समाजको परिकल्पनाद्वारा ओतप्रोत छन् । एकातिर क्रान्ति सफल हुनेमा विश्वास व्यक्त भएको पाइन्छ भने अर्कोतिर क्रान्ति सफल भएपनि हिजोकै नियति दोहोरिने त हैन भन्ने चिन्ता पनि व्यक्त भएको पाइन्छ । कविताहरूमा कतै भविष्यको चिन्ता भेटिन्छ भने कतै युद्धले सिर्जना गरेको नयाँ यथार्थप्रति आशावाद भेटिन्छ । जनयुद्धका महान् सहिद कृष्ण सेन ‘इच्छुक’को सहादतपछि लेखिएको ‘फेरि अर्को तारा खस्यो’ कविताको शीर्षक पुस्तकको पनि नाम
चालिसको दशको सुरुवाती दिनमा पञ्चायती व्यवस्था राजनीतिक र आर्थिक रूपमा रक्षात्मक बन्दै गएको थियो । एकातिर राजनीतिक पार्टीहरू सशक्त हुँदै गएका थिए भने अर्कोतिर पञ्चायतविरोधी भावना शिखरमा थियो । सरकार आफ्नो नालायकी पन छोप्न, राजनीतिक चेतना रोक्न र वैदेशिक सहयोग प्राप्त गर्न चाहन्थ्यो । यही प्रयोजनका लागि सुरुमा देशलाई पन्ध्र वर्षमै एशियाली मापदण्डमा पु¥याउने घोषणा गरेकोमा तुरुन्तै उक्त भनाइ सच्याएर जनताको आधारभूत आवश्यकता पूरा गर्ने उद्घोष गरेको थियो । ‘कालो नाटक’ सरकारद्वारा मञ्जित यही नाटकको पर्दाफास गर्ने काव्यिक अभिव्यक्ति हो । कविले यस काव्यमा प्रभुले किन यो नाटक मञ्चन गर्दै छ भन्ने कुरा सुन्दर ढङ्गले चित्रण गरेका छन् । राजालाई प्रभुको उपमाद्वारा विभुषित गरिएको ‘कालो नाटक’ अनुष्टुप छन्दमा लेखिएको छ । अनुष्टुप छन्दमा लेखिए पनि छन्द अनुशासनलाई भने पालन गरिएको छैन । यस पुस्तकमाथि लेखिएका समीक्षा तल पढ्न सकिने छ
‘ब्वाँसोको अन्त्यको खेल’ मुक्त छन्द (गद्य)मा लेखिएको खण्डकाव्य हो । यस काव्यमा देशमा व्याप्त गरिबी, अशिक्षा, अत्याचार र भ्रष्टाचारबारे सविस्तार वर्णन गरिएको छ । साथै विदेशमा बसेको अमुक पात्रले अमुक पात्रलाई देशको नालीबेली सुनाउने क्रममा देशभित्र भोकमरि, हत्याहिंसा र बलात्कार कति डरलाग्दो छ भन्नेबारे चित्रण गरिएको छ । समाजमा चल्दै आएको वर्गसङ्घर्षको संक्षिप्त सिंहावलोकन पनि गरिएको यस काव्यमा देशमा स्वतन्त्रताका लागि आन्दोलन चलिरहेकोले स्वदेश फर्किएर आन्दोलनमा सहभागी हुन पनि आह्वान गरिएको छ । काव्यमा नेपालमा भएको सामन्तवादविरोधी सङ्घर्षलाई ब्वाँसोको अन्त्यको खेलको उपमा दिइएको छ । नेपाल जस्तो सुन्दर देशलाई ब्वाँसो, बाघ, चिल, सर्प र श्यालजस्ता हिंस्रक मानिसहरूले कसरी कुरूप बनाएका छन् भन्ने कुरा बिम्ब, प्रतीक र उपमाका माध्यमले व्यक्त गरिएको छ । काव्यमा राजालाई ब्वाँसो र साम्राज्यवादी शक्तिलाई बाघसँग तुलना गरिएको छ । हरेक वस्तुलाई बिम्ब, प्रतीक र उपमाको माध्यमद्वारा
आँधी-तुफान विष्णु भण्डारीको दोस्रो कृति हो । यसमा दुई चरणमा लेखिएका मुक्तकहरू सङ्ग्रहित छन् । यो सङ्ग्रह प्रथमपल्ट सुरुका दिनमा लेखिएका मुक्तकहरूलाई समावेश गरी २०४४ सालमा सानो बुकलेटका रूपमा प्रकाशित गरिएको थियो । पहिलोपल्ट प्रकाशित गर्दा यस कृतिमा जम्मा तेइसवटा मुक्तकहरू समावेश थिए । पछि, खासगरी साठीको दशकमा लेखिएका सामाजिक विषयका साठी र प्रेम विषयका चालिस गरी एक सय मुक्तकहरुसहित दोस्रो संस्करणको रूपमा यो कृति प्रकाशित भएको छ । नेपाली मार्क्सवादी साहित्यमा प्रेमबारे लेखिएको कमै पाइन्छ । सामाजिक जीवन र यौन-प्रेम अन्तर्सम्बन्धित भएपनि यसमाथि कवि लेखकहरु खुलेर बोलेको पाइदैन । यस सङ्ग्रहमा भने प्रगतिशील कविले लेखेका सुमधुर र प्रेमिल भावले ओतप्रोत मुक्तकहरू पढ्न पाइन्छ । प्रेमिल भएपनि मुक्तकहरुमा सामाजिक विसंगति र विकृतिमाथि कटु व्यङ्ग्य भेट्न सकिन्छ । राज्य र नेतृत्वबाट भएगरेका भ्रष्टाचार र बेथितिको कटु आलोचना गरेको पाइन्छ । यस
विद्रोहको छाल गीतिलयमा लेखिएको खण्डकाव्य हो । काव्यमा भर्खर विवाहित जोडीबिचको संवादका माध्यमबाट तत्कालीन नेपालको सामाजिक यथार्थको प्रतिबिम्बन गरिएको छ । देशमा व्याप्त गरिबी, विपन्नता, अन्याय र अत्याचारको चित्रण भएता पनि यसको मुख्य पक्ष भनेको क्रान्ति र परिवर्तनप्रतिको प्रतिबद्धता हो । यस काव्यले त्याग र बलिदानबेगर क्रान्ति सफल हुन्न र त्यसका लागि घरपरिवार पनि छोड्न सक्नुपर्छ भन्ने आदर्श पछ्याएको छ । यो काव्य विष्णु भण्डारीको पहिलो खण्डकाव्य हो । दुई सय श्लोक भएको यो काव्य क्रान्तिकारी साहित्यको बेजोड नमुना हो । कविको लेखन यात्राको सुरुवाती चरणमा लेखिएको भएता पनि बिम्ब, प्रतीक र उपमाका माध्यमले यथार्थको वर्णन गरिएको छ, जसले गर्दा राजनीतिक विषयवस्तु हुँदाहुँदै पनि यो काव्यकृति नारा हुनबाट जोगिएको छ । ‘विद्रोहको छाल’को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको क्रान्तिकारी आदर्शलाई उदात्तिकरण गर्नु हो । यस पुस्तकमाथि लेखिएका समीक्षा तल पढ्न सकिने
विष्णु भण्डारीले कविताबाट साहित्यकारको परिचय बनाएका हुन् । उनको पहिलो कृतिका रूपमा ‘विद्रोहको छाल’ खण्डकाव्य वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी साहित्य सिर्जनामा निरन्तर क्रियाशील छन् । हालसम्म उनका विद्रोहको छाल (२०४३, खण्डकाव्य), आँधी–तुफान (२०४४, मुक्तक सङ्ग्रह), ब्वाँसोको अन्त्यको खेल (२०४५, खण्डकाव्य), कालो नाटक (२०४५, लघुकाव्य), फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह), उत्सर्ग (२०६७, महाकाव्य), घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह), पहेँलो घाम ( २०७२, उपन्यास) र सुनको पहाड (२०७६, उपन्यास) गरी दसोटा कृति प्रकाशित छन् । विष्णु भण्डारी स्कुल जीवनदेखि नै साहित्यको डोरेटो समाएका व्यक्ति हुन् । राजनीतिक र सामाजिक अभियन्ता समेत भएकोले उनका सिर्जनामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि यिनका रचनामा बिम्ब, प्रतीक र भाषाको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीका ‘घाइते ह्विलचेयर’, ‘पहेँलो घाम’ र ‘सुनको
विष्णु भण्डारी कविताबाट साहित्यिक परिचय बनाएका साहित्यकार हुन् । उनको पहिलो रचना/कृतिका रूपमा ‘विद्रोहको छाल’ वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी निरन्तर कविता लेखनमा क्रियाशील छन् । हालसम्म उनका फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह) र घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह) गरी तीनोटा कविताकृति प्रकाशित छन् । विष्णु भण्डारीले स्कुल जीवनदेखि नै कविता लेख्न थालेका हुन् । उनी कविता लेखनसँगै राजनीतिमा पनि सक्रिय भएकोले यिनका कवितामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि उनका कवितामा बिम्ब, प्रतीक र शब्द चयनको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीले मुक्तकदेखि महाकाव्य जस्तो वृहत आख्यानात्मक महाकाव्यसमेत लेखिसकेका छन् । उनको ‘घाइते ह्विलचेयर’ चर्चित कविता कृति हो । वि.सं. २०६९ सालपछि सङ्ग्रहको रूपमा कृति नआए पनि विष्णु भण्डारीका फुटकर कविताहरू पत्रपत्रिकामा प्रकाशित छन् । विष्णु
विष्णु भण्डारीको कथा लेखन यात्रा वि.सं. २०६६ सालबाट सुरु भएको हो । नयाँ सश्लेषण मासिकमा पहिलो कथा ‘विश्वासमा अडिएको जीवन’ प्रकाशित गरी उनले कथा लेखन कार्य सुरु गरेका हुन् । उनको कथा लेखनले गति भने सत्तरीको दशकबाट लिएको देखिन्छ । विभिन्न पत्रपत्रिकामा फुटकर कथाहरू प्रकाशित भए पनि अहिलेसम्म उनको कथा सङ्ग्रह प्रकाशित भएको छैन । विष्णु भण्डारी राजनीतिक विषयमा कथा लेख्ने लेखक हुन् । यसको अर्थ उनले राजनीतिक विषयमा मात्र लेख्छन् भन्ने हैन । राजनीतिसँगै सामाजिक जीवनका यावत विषयलाई कथामा उतारेको पाइन्छ । सामाजिक विषयमा पनि उनले युद्ध र द्वन्द्वमा बढी नै कलम चलाएका छन् । राजनीतिक विषयमा लेखे पनि उनका कथामा पट्यारलाग्दा राजनीतिक जारगन नभएर प्रेम र मानवीय सम्बन्धका अव्यक्त विषय र प्रसङ्गहरू प्रतिबिम्बित हुन्छन् । उनले सामाजिक र राजनीतिक विषयलाई प्रेमिल भावनाद्वारा अनुप्राणित गर्छन् ।
विष्णु भण्डारी कविताबाट साहित्यिक परिचय बनाएका साहित्यकार हुन् । उनको पहिलो रचना÷कृतिका रूपमा ‘विद्रोहको छाल’ वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी निरन्तर कविता लेखनमा क्रियाशील छन् । हालसम्म उनका विद्रोहको छाल (२०४३, खण्डकाव्य), आँधी–तुफान (२०४४, मुक्तक सङ्ग्रह), ब्वाँसोको अन्त्यको खेल (२०४५, खण्डकाव्य), कालो नाटक (२०४५, लघुकाव्य), फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह, उत्सर्ग (२०६७, महाकाव्य) र घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह) गरी आठवटा काव्यकृति प्रकाशित छन् । विष्णु भण्डारीले स्कुल जीवनदेखि नै कविता लेख्न थालेका हुन् । उनी कविता लेखनसँगै राजनीतिमा पनि सक्रिय भएकोले यिनका कवितामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि उनका कवितामा बिम्ब, प्रतीक र शब्द चयनको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीले मुक्तकदेखि महाकाव्य जस्तो वृहत आख्यानात्मक महाकाव्यसमेत लेखिसकेका छन् । उनको ‘घाइते ह्विलचेयर’ चर्चित कविता
विष्णु भण्डारीको पहिलो उपन्यास वि.सं. २०७२ सालमा प्रकाशित भएको हो । अहिलेसम्म उनका ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ गरी दुई उपन्यास प्रकाशित छन् । पहेँलो घाम माओवादी जनयुद्धमा लागेका तर शान्तिप्रक्रियापछि क्यान्टोनमेन्टबाट अयोग्य बनाइ निकालिएका पात्रको कथा हो । उपन्यासमा अयोग्य लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा र भौतिक दुःखले सिर्जना गरेको दुष्परिणामको मिहिन ढङ्गले चित्रण गरिएको छ । उपन्यासमा अयोग्य बनाइएका छापामारको मात्र कथा नभएर जनयुद्धपूर्व र त्यसपछि समाजमा व्याप्त विसंगति, विकृति र सामाजिक उत्पीडनको पनि चित्रण छ । सुनको पहाड (२०७६) समकालीन नेपाली राजनीतिको पृष्ठकथालाई सन्दर्भमा लिएर आजको यथार्थप्रति सचेष्ट गराउने आख्यान हो । वर्तमानको बिडम्बनाबोध गराउन उपन्यासले लोककथात्मक अधिकल्पनालाई शैलीका रूपमा अँगालेको छ । आफन्तजन बेपत्ता हुँदा उत्पन्न हुने मनोदशालाई उपन्यासमा मिहिन ढङ्गले चित्रण गरिएको छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनलाई उपन्यासमा बहुरेखीय
विष्णु भण्डारीको कथा लेखन यात्रा वि.सं. २०६६ सालबाट सुरु भएको हो । नयाँ सश्लेषण मासिकमा पहिलो कथा ‘विश्वासमा अडिएको जीवन’ प्रकाशित गरी उनले कथा लेखन कार्य सुरु गरेका हुन् । उनको कथा लेखनले गति भने सत्तरीको दशकबाट लिएको देखिन्छ । विभिन्न पत्रपत्रिकामा फुटकर कथाहरू प्रकाशित भए पनि उनको कथासङ्ग्रह भने अहिलेसम्म प्रकाशित भएको छैन । विष्णु भण्डारी राजनीतिक विषयमा कथा लेख्ने लेखक हुन् । यसको अर्थ उनले राजनीतिक विषयमा मात्र लेख्छन् भन्ने हैन । राजनीतिसँगै सामाजिक जीवनका यावत विषयलाई कथामा उतारेको पाइन्छ । सामाजिक विषयमा पनि उनले युद्ध र द्वन्द्वमा बढी नै कलम चलाएका छन् । राजनीतिक विषयमा लेखे पनि उनका कथामा पट्यारलाग्दा राजनीतिक जारगन नभएर प्रेम र मानवीय सम्बन्धका अव्यक्त पहलुहरू प्रतिबिम्बित हुन्छन् । उनले सामाजिक र राजनीतिक विषयलाई प्रेमिल भावनाद्वारा अनुप्राणित गर्छन् ।