विष्णु भण्डारीको काव्यिक यात्रा

विष्णु भण्डारी कविताबाट साहित्यिक परिचय बनाएका साहित्यकार हुन् । उनको पहिलो रचना÷कृतिका रूपमा ‘विद्रोहको छाल’ वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी निरन्तर कविता लेखनमा क्रियाशील छन् ।

हालसम्म उनका  विद्रोहको छाल (२०४३, खण्डकाव्य), आँधी–तुफान (२०४४, मुक्तक सङ्ग्रह), ब्वाँसोको अन्त्यको खेल (२०४५, खण्डकाव्य), कालो नाटक (२०४५, लघुकाव्य), फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह, उत्सर्ग (२०६७, महाकाव्य) र घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह) गरी आठवटा काव्यकृति प्रकाशित छन् ।

विष्णु भण्डारीले स्कुल जीवनदेखि नै कविता लेख्न थालेका हुन् । उनी कविता लेखनसँगै राजनीतिमा पनि सक्रिय भएकोले यिनका कवितामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि उनका कवितामा बिम्ब, प्रतीक र शब्द चयनको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीले मुक्तकदेखि महाकाव्य जस्तो वृहत आख्यानात्मक महाकाव्यसमेत लेखिसकेका छन् । उनको ‘घाइते ह्विलचेयर’ चर्चित कविता कृति हो ।


  प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०२:१३