अरुन्धतीको मृत्यु जनयुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् ।
जनयुद्धका बेला सत्ताको विरोध गरेकै कारण ठुलो संख्यामा मानिसहरू मारिन पुगे, कैयौँ बेपत्ता भए । फरक मत राखेकै कारण कैयौँ विस्थापित भए । विद्रोहीलाई गाँसबास दिएकै कारण कैयौँले अमानुषिक यातना भोगे । र, निरङ्कुश सत्ताविरुद्ध लड्दालड्दै हजारौँ युवाहरूले सहादत प्राप्त गरे । कथासङ्ग्रहमा युद्धकालीन समयका यिनै बर्बरता र प्रतिरोधी सङ्घर्षका कथाव्यथा चित्रण गर्ने प्रयत्न गरिएको छ ।
Publisher : Bhundipuran Prakashan
Genre : fiction
Language : Nepali
Published : 2080
Edition : 1st
ISBN : 9789937-784-99-3
Pages : 192
Paperback : 350/-
E- Book :