विष्णु भण्डारीको कथाकारिता

विष्णु भण्डारीको कथा लेखन यात्रा वि.सं. २०६६ सालबाट सुरु भएको हो । नयाँ सश्लेषण मासिकमा पहिलो कथा ‘विश्वासमा अडिएको जीवन’ प्रकाशित गरी उनले कथा लेखन कार्य सुरु गरेका हुन् । उनको कथा लेखनले गति भने सत्तरीको दशकबाट लिएको देखिन्छ । विभिन्न पत्रपत्रिकामा फुटकर कथाहरू प्रकाशित भए पनि अहिलेसम्म उनको कथा सङ्ग्रह प्रकाशित भएको छैन ।

विष्णु भण्डारी राजनीतिक विषयमा कथा लेख्ने लेखक हुन् । यसको अर्थ उनले राजनीतिक विषयमा मात्र लेख्छन् भन्ने हैन । राजनीतिसँगै सामाजिक जीवनका यावत विषयलाई कथामा उतारेको पाइन्छ । सामाजिक विषयमा पनि उनले युद्ध र द्वन्द्वमा बढी नै कलम चलाएका छन् । राजनीतिक विषयमा लेखे पनि उनका कथामा पट्यारलाग्दा राजनीतिक जारगन नभएर प्रेम र मानवीय सम्बन्धका अव्यक्त विषय र प्रसङ्गहरू प्रतिबिम्बित हुन्छन् । उनले सामाजिक र राजनीतिक विषयलाई प्रेमिल भावनाद्वारा अनुप्राणित गर्छन् ।


  प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०२:१७