Interview

नेपाली साहित्यकारले युद्धमाथि कलम चलाउन ‘कन्जुस्याइँ’ गरे

सञ्चार संवाददाता जेठ ५, २०८० ४० को दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका साहित्यकार विष्णु भण्डारी ‘नेपाली युद्धसाहित्य’ खोजमूलक पुस्तकका कारण चर्चामा छन्। करिब पाँच वर्षको तयारी पश्चात् नेपाली युद्धसाहित्य लिएर आएका भण्डारीका एकदर्जन बढी पुस्तक प्रकाशनमा आएका छन्, जसमा उनको ‘सुनको पहाड’, ‘पहेँलो घाम’ दुई उपन्यास हुन्। कविता, कथा र उपन्यास हुँदै उनी यतिखेर गैरआख्यान तथा खोजमूलक पुस्तक लेखनमा बढी सक्रीय छन्। नेपालको अखण्डता, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि लडिएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको खोजमूलक पुस्तक हो, नेपाली युद्धसाहित्य। यस पुस्तकमा गोर्खा राज्यविस्तारका क्रममा भएकालडाइँ तथा मुगल, अंग्रेज र तिब्बत/चीनसँग भएको युद्धमाथि लेखिएको साहित्यको अध्ययन गरिएको छ।

विस्तृत पढ्नुहोस