विष्णु भण्डारी कविताबाट साहित्यिक परिचय बनाएका साहित्यकार हुन् । उनको पहिलो रचना/कृतिका रूपमा ‘विद्रोहको छाल’ वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी निरन्तर कविता लेखनमा क्रियाशील छन् ।
हालसम्म उनका फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह) र घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह) गरी तीनोटा कविताकृति प्रकाशित छन् ।
विष्णु भण्डारीले स्कुल जीवनदेखि नै कविता लेख्न थालेका हुन् । उनी कविता लेखनसँगै राजनीतिमा पनि सक्रिय भएकोले यिनका कवितामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि उनका कवितामा बिम्ब, प्रतीक र शब्द चयनको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीले मुक्तकदेखि महाकाव्य जस्तो वृहत आख्यानात्मक महाकाव्यसमेत लेखिसकेका छन् । उनको ‘घाइते ह्विलचेयर’ चर्चित कविता कृति हो ।
वि.सं. २०६९ सालपछि सङ्ग्रहको रूपमा कृति नआए पनि विष्णु भण्डारीका फुटकर कविताहरू पत्रपत्रिकामा प्रकाशित छन् ।
विष्णु भण्डारीका फुटकर कवितामाथि लेखिएका समीक्षा तल पढ्न सकिने छ