News

विमर्शमा ‘पहेंलो घाम’

कान्तिपुर । मंगलबार, १५ मंसिर २०७२ काठमाडौं (कास)- विष्णु भण्डारीको उपन्यास 'पहेंलो घामबारे विमर्श भएको छ । प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील विषय उठान भएको बताए । जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील विषय उठान गरेको उनले दाबी गरे । अहिले बजारु उपन्यासको बोलवाला बढिरहेको बेला संवेदनशील विषयमा उपन्यास लेखिनु सराहनीय कार्य हो,' उनले भने । समालोचक रमेश भट्टराईले अहिलेको यथार्थ चित्रणमा उपन्यास सफल भएको बताए । संगीत श्रोताले जनयुद्धको पक्षमा कम सिर्जना भइरहेको अवस्थामा त्यसैबारे उपन्यास लेखेर भण्डारीले जोखिम मोलेको दाबी गरे । जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी कैलाश

विस्तृत पढ्नुहोस