प्रकाशित १३ मंसिर, २०७२
काठमाडौं (अन्नपूर्ण)
विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’ माथि शनिबार राजधानीमा विमर्श गरिएको छ । प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील विषय उठान भएको बताए। ‘जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील विषय उठान र गरेका छन् । यसले राजनीतिक र सामाजिक क्षेत्रमा बहस सिर्जना गरिएको छ’, गिरीले भने ।
समालोचक रमेश भट्टराईले कथामा मार्क्सवादी सौन्दर्य दृष्टिबाट हेर्दा निराशा देखिए पनि अहिलेको यथार्थ चित्रण गर्न उपन्यास सफल भएको बताए ‘उपन्यासको भाषा सुन्दर छ। कथा प्रस्तुति पनि कलात्मक भएकाले यसलाई पढ्नैपर्ने उपन्यासको सूचीमा राख्नुपछ ” उनले भने । अर्का समीक्षक संगीत श्रोताले भने, ‘माओ वादी जनयुद्धका विषयमा उपन्यास लेखे पनि विभाजित माओवादीबीच विषयमा बहस छ
त्यो बहसमा उपन्यासको पक्ष वा विपक्षमा उठाइएको विषयमा सहमत र असहमत दुवै हुन सक्छन् त्यो खतरा भण्डारीले मोल्नुपर्छ । जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी कैलाश राईले माओवादी छापामारका बीच हुने यौनहिंसालाई उपन्यासमै भए पनि सार्वजनिक गरेको बताइन् उपन्यासकार भण्डारीले रूपा न्तरणको ठूलो सपनासहित भएको माओवादी जनयुद्ध अहिले ऊर्जाहीन हुँदै विघटनको चरणबाट गुज्रिरहेकाले उपन्यासको नाम विम्बात्मक रूपमा ‘पहेंलो घाम’ राखेको बताए प्राइम बुक्सले प्रकाशित गरेको उपन्यास भण्डारीको नवौं कृति हो।