आश्विन २६, २०७२ कान्तिपुर संवाददाता
काठमाडौं – स्रष्टा विष्णु भण्डारी उपन्यास कृति ‘पहेंलो घाम’ सहित आएका छन् । सात काव्य कृति ल्याइसकेका भण्डारीको यो पहिलो उपन्यास हो । यसअघि उनका ‘विद्रोहको छाल’, ‘आँधी-तुफान’, ‘ब्वाँसोको अन्त्यको खेल’, ‘कालो नाटकु’, ‘फेरि अर्को तारा खस्यो’, ‘देश जागेको बेला’, ‘उत्सर्ग’ र ‘घाइते ह्विलचेयर’ गरी आठ काव्यकृति प्रकाशित छन् ।
चार दशकदेखि काव्यिक आन्दोलनमा क्रियाशील भण्डारीले अयोग्य छापामारलाई उपन्यासको विषय बनाएका छन् । ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्यांकन गर्नुको साटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो,’ भण्डारीले भने, ‘मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’‘पहेंलो घाम’ प्राइम बुक्सले छापेको हो ।
http://kantipur.ekantipur.com/printedition/news/2015-10-13/20151013090057.html