विष्णु भण्डारीको ‘पहेंलो घाम’ बजारमा

  • नेपाली पत्र
  • Published: October 11, 2015
  • आईतवार, 24 असोज, 2072

काठमाडौं, असोज २४ ।

कवि तथा लेखक विष्णु भण्डारीको नयाँ उपन्यास कृति ‘पहेंलो घाम’ सार्वजनिक भएको छ ।चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा सक्रिय विष्णु भण्डारीको उपन्यास ‘पहेंलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ । युवतीले युद्धकालमाभोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चकतामा उपन्यास केन्द्रित छ ।लडाकु युवतिले पार्टी शान्तिप्रक्रियामा आएपछि आफूले देखेको सपना कसरीभत्किन्छ, ऊ कसरी अयोग्य बन्छे, साँच्चिकै ऊ अयोग्य नै थिई त भन्ने जस्ताप्रश्नहरुलाई उपन्यासले तार्किक रुपमा उठान र बैठान गरेको छ ।उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदानदिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुकोसाटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यही विषयलाई केन्द्रमाराखेर यो उपन्यास लेखेको हुँ ।’

उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको छ ।माओवादी आन्दोलन किन र कसरी पहेंलो घामजस्तो कमजोर र ऊर्जाहीन भयो भन्ने खोज उपन्यासमा कलात्मक ढंगले गरिएको छ ।खासमा भण्डारीले आफ्नो उपन्यासमार्फत आवाज नसुनिइएका अयोग्य लडाकुकोआवाजलाई मखरित बनाएका छन् । भण्डारीको पहिलो उपन्यास ‘पहेंलो घाम’ काठमाडौंको बागबजारस्थित प्राइम बुक्स प्रालिले प्रकाशन गरेको हो ।नाकाबन्दीको असरका कारण सार्वजनिक कार्यक्रम नगरिकनै पुस्तक बजारमा पठाएको प्रकाशक संस्था प्राइम बुक्सका अध्यक्ष पुरन थापाले बताए ।उनले भने, ‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन ।तर, पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठायौँ ।’ 

प्रगतिशील कवितका रुपमा परिचित भण्डारीको यसअघि सात काव्यकृति प्रकाशित छन्।विद्रोहको छाल (खण्डकाव्य–२०४३), आँधी–तुफान (मुक्तक संग्रह–२०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य–२०४५), फेरि अर्को तारा खस्यो (कवितासंग्रह–२०६३), देश जागेको बेला (कविता संग्रह–२०६३), उत्सर्ग (महाकाव्य–२०६७) र घाइते ह्विलचेयर (कविता संग्रह–२०६९) उनका प्रकाशित कृतिहुन् ।  कथा लेखनमा पनि सक्रिय भण्डारी लेखनसँगै काव्यिक आन्दोलनहरुमा पनि जोडिएकाछन् । २९६ पृष्ठमा समेटिएको ‘पहेंलो घाम’ को मूल्य ३ सय ५० रूपैयाँ राखिएकोछ ।

http://www.nepalipatra.com/news/detail/17391/24


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:२१