भण्डारीको पहेंलो घाम सार्वजनिक

 राजधानी, असोज २०

विष्णु भण्डारीले आफ्नो नया उपन्यास ‘पहेलो घाम पाठकमाझ ल्याएका छन् । दसैलाई लक्षित नगरेर नयाँ पुस्तक बजारमा आउन नसकेको अवस्थामा उनले यो पुस्तक बजारमा ल्याएका छन् । सवारीसाधनलगायतको समस्याले यसको विमोचन गर्न नसकिएको भण्डारीले बताए ।

चार दशकदेखि साहित्यमा “क्रियाशील भण्डारीको यो पहिलो उपन्यास हो । जनयुद्धको अयोग्य छपामारको कथावस्तुमा उपन्यास पहेँलो घाम आधरित छ । जनयुद्धमा साहसिक योद्धाको रूपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ ।

युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहस यसमा समेटिएको पनि उनले बताए । पार्टी शान्ति प्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ऊ कसरी अयोग्य बन्छे? के ऊ अयोग्य नै थिई त उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घमेका छन्, उनले भने । उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि संगसगै उतारिएको भण्डारीले बताए। पुस्तकलाई प्राइम बुक्सले छापेको हो । पूर्वघोषित कार्यक्रमअनुसार विमोचन गर्न नसके पनि पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएको प्रकाशक संस्थाका अध्यक्ष पुरन थापाले बताए।


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:१६