The Blog of Bishnu Bhandari
अग्ला अग्ला पहाडलाईहिमाच्छादित पर्वत–मालालाईनाघेर मेरा मनका आँखाहरूबेइजिङको विशाल तियानमेन चोकमा पुग्छन्र त्यहाँको बीभत्स नर–संहारलाईदर्दनाक, नारकीय दृश्यलाई देख्दारोष र घृणाले राता हुँदैएकोहोरो आँसु चुहाउँदै टोलाइरहन्छन् । यसरी टोलाउँदा मेरो वरिपरि‘लङमार्च’ र चिङकाङ पहाडका लडाइँमाजापान विरोधी छापामार युद्धमाबन्दुक बोकेका हज्जारौं विद्यार्थीहरू देखिने गर्छन् । कसरी राष्ट्रको मुक्तिका लागि,स्वाधीनता र जनवादका लागिजन–सेनासँग काँधमा काँध मिलाउँदैक्रान्तिको बलिवेदीमा होमिएका थिए ?नयाँ समाजको स्थापनापछि,भत्किएको चीनलाई बनाउने काममा मात्र हैन,महान् सांस्कृतिक क्रान्तिमा पनिसामन्ती अवशेष र क्रान्ति–विरोधी ब्वाँसालाईतहस नहस पार्दै आाँधी बनेरसारा चीनभरि कसरी फैलिएका थिए ?ल्यू र तेङका ‘हेडक्वाटर’ माथि बम बर्साउँदैसमाजवादलाई कसरी जोगाएका थिए ?आज विद्यार्थीको त्यही शक्तिमाथिट्याङ्क दौडाएर, बम बर्साएरतेङले आफ्नो सक्कली रूप प्रष्ट्याएको छसाम्यवादको