महान् उद्घोष – विष्णु भण्डारी


धेरै वर्ष पहिले, एक दिन
दिन मूच्र्छनाबाट नब्युँझिँदै
बिहान सुदूरगंगाबाट नभित्रिँदै
ब्वाँसोको सर्वोच्चताको विरुद्धमा
सङ्घर्षको उद्घोष भयो
सुन्दर र मनोरम बिहान फुलाउन
युद्धको शङ्खघोष भयो ।


त्यो महान् उद्घोष !
महान चेतनाको पहिलो हुङ्कार थियो
महान् विद्रोहको पहिलो डाँको थियो
महान् चेनताले मानिसहरू ओतप्रोत भएर उठे
महान् आशा लिएर जनताहरू बन्दुक बोकेर हिँडे ।


समयले करबट बदलिसकेको थियो
जागृतिले मानिस उठिसकेका थिए
उनीहरू ब्वाँसोको शक्ति देखेर डराएनन्
उनीहरू चितुवाको डरले पछाडि फर्किएनन् ।


उनीहरू अन्धकार साम्राज्यविरुद्ध डटेर लडे
उनीहरू स्वतन्त्रताको आशा लिएर
उन्मुक्तिको भाका बोकेर
ब्वाँसोको अतिचारविरुद्धमा अगाडि बढे ।


उनको जागृतिले महल डगमगायो
उनको सङ्घर्षले सिंहासन कम्पायमान भयो
उनको लडाइँले राज्य कमजोर भयो
लाग्यो,
अब धेरै दिन बाँकी छैन
ब्वाँसाको पतन अवश्य हुन्छ
चितुवाको नास निश्चय हुन्छ
अन्धकार छर्लङ्ग भै धरती मुस्कुराउँछ !
यस्तो लाग्थ्यो कि
अब सबैतिर खुसीको बहार फैलिने छ
नानीहरूको ओठमा खुसी पोतिने छ
नव यौवनहरू मुस्कुराउने छन्
फुल्ने छन् पाखा पखेराहरू
गाउने छन् पन्छीले जागृतिको धुन ।


सबैका अनुहारमा खुल्ने छ नयाँ युग
मान्छेहरूले रोप्न थाल्ने छन्
बाँझा गराहरूमा सिर्जना
समानताको दिव्य बिहानमा
समृद्धिले सबैका दैलोहरूमा प्रवेश गर्ने छ ।


तर त्यो समय
मानिसले सोचेजस्तो कहाँ थियो र !
त्यो सङ्घर्ष
मानिसले लडेजस्तो कहाँ थियो र !
त्यहाँ प्रत्येक पल षड्यन्त्र पाकिरहन्थ्यो
त्यहाँ प्रत्येक दिन गुप्ती योजना बनिरहन्थ्यो ।


सङ्घर्षको नयाँ इतिहास लेख्दानलेख्दै
समयले करबट फेर्दानफेर्दै
षड्यन्त्रको नयाँ जाल बुनियो
सङ्घर्ष नै अन्त्य भएको उद्घोष गरियो ।


(२०४५ मा प्रकाशित ‘ब्वाँसोको अन्त्यको खेलको कवितांश)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०६:३९