बितेर सदियौँ जाँदा सम्मन प्रभुले यहाँ
गरेन उन्नति आफ्नो सिवाय अरु निम्तिमा ।
उसैले अहिले फेरि दौडिने गफ गर्दछ
आधार आवको पूर्ति गर्दछु किन भन्दछ ?
पैले त मापको कुरा गर्दथ्यो उसले यहाँ
विकासको पथमा माथि पुग्ने हो पनि भन्दथ्यो ।
हटाई गरिबी सारा, सुखी र धनी बन्नु छ
एशियाभरिमै सभ्य नमूना देश बन्नु छ ।
जापानजत्तिकै माथि पुगेर पन्ध्र वर्षमा
देखाइदिने हो भन्थ्योे सान यो हीमदेशको ।
परन्तु उसले फे¥यो किन त्यो पहिलो कुरा
पछाडि किन ऊ हट्यो छोडेर मापको कुरा ।
स्पप्नमै देखिए होला गाउँमा बिजुली बस
गुडेको, झुलेको बाली, बनेको सब सुन्दर ।
रातमै फैलिए होला उन्नति सब ठाउँमा
सिंगापुर सरी यो देश रातिमै देखिए होला ।
सायद छलको झिल्का विजुली चम्किए सरी
आएर चम्किए होला
त्यसैले निशिमै फुक्यो भावको महायोजना !
सदियौँदेखिको शोषण, अन्याय अतिचारले
विस्फोट हुँदैथ्यो आक्रोश
जग्दैथे मानिस बोकी जिगीषा नयाँ स्वप्नको ।
बिस्तारै फैलिँदै हावा आँधीमा फेरिँदै थियो
हुँदैथ्यो देशमा क्रान्ति सत्ताको विरुद्ध नयाँ ।
जनता दुःख भोगेर बस्दछन् कसरी सधैँ
हेरेर प्रभुको नाटक पिएर बुँद अश्रुको ।
क्रान्तिको दीपक, हावा बहँदा अरू तेजले
डढेलो फैलिए जस्तै गरेर फैलिदै गयो ।
बस्ती र गाउँमा मान्छे समाई दीप क्रान्तिको
उठेर गाउँदै थिए मुक्तिको गीत विप्लवी ।
डढेलो फैलिँदै जाँदा, नेता र जनता मिले
नटिक्ने निश्चितै हुन्थ्यो
त्यसैले जनता ठग्ने नौटङ्की गफ गर्दछ ।
(२०४५ मा प्रकाशित कालो नाटकको काव्यांश)