हेर फूल कति राम्रो
फक्रिएको काँडावीच
घोँचेका छन् जेलेका छन्
काँडा तथा लहराले
मर्मसम्म पुग्ने गरी
तर पनि सुन्दर फूल
फक्रिएको काँडावीच ।
भमराले रस यसको
सबै चुसिरहेका छन्
असिनाले देह यसको
सबै थिचिरहेका छन्
आँधी हुरी तुषारोले
सधैभरि पालैपालो
विचरा यो पूmलमाथि
आक्रमण गरिरन्छन्
तर पनि फूल हेर
फक्रिएको काँडाबीच ।
कोपिला हौँ हामी पनि
फूलको झैँ वरिपरि
शत्रुहरू बसेका छन्
नस्ट गर्न हामीलाई ।
तर फूलजस्तै हामी
साहसी र त्यागी बनी
फुल्नु पर्छ फल्नु पर्छ
विश्ववीच तारा बनी
जस्तो सुन्दर फूल हेर
फुलेको छ काँडावीच ।
(कक्षा ७ मा पढ्दा २०३७ मा लेखेको कविता)