News

पहेँलो घाम बजारमा

 रातोपाटी |  असोज २० काठमाडौं – विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’ बजारमा आएको छ । चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ । जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र साहसको रोमाञ्चकतासँगै उपन्यास अघि बढ्ने उपन्यासकार भण्डारी बताउँछन् । ‘पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन्,’ उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ

विस्तृत पढ्नुहोस