प्रगतिशील लेखक संघमा नयाँ नेतृत्व

15 April, 2013 14:48 | साहित्य | 

वामपन्थी विचारधारा राख्ने साहित्यकारहरुको साझा संगठन प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा २०६९ चैत्र ३० र ३१ गते चलेको सम्मेलनले ४५ सदस्यीय केन्द्रीय समितिसहितको ९१ सदस्यीय राष्ट्रिय परिषद् समेत चुनेको हो ।

 संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दु:खी चुनिएका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश: मित्रलाल पंज्ञानी, आरएम डंगोल र विष्णु भण्डारी निर्वाचित भए ।

केन्द्रीय सदस्यहरूमा डा. रविलाल अधिकारी, डा. कृष्णराज अधिकारी, केशव सिलवाल, डा. नेत्र एटम, अर्जुन खालिङ, निमेश निखिल, तेजविलास अधिकारी, लक्ष्मी माली, विन्दा मैनाली, राममणि पोखरेल, जितबहादुर लामा, विजयराज आचार्य, हेम अधिकारी, वैद्यनाथ ठाकुर, पदमप्रसाद शर्मा, कृष्णहरि भट्ट, रामहरि श्रेष्ठ, केशव देवकोटा, हरिकृष्ण कडायत, यज्ञबहादुर डाँगी, परशुराम कोइराला, पुष्करराज भट्ट, रक्तिम लामा, जयन्ती स्पन्दन, पुण्य गौतम विश्वास, संगीतश्रोता, रामप्रकाश पुरी, कृष्णमोहन जोशी, भानु भण्डारी, हरिप्रसाद तिमल्सिना, राजु स्याङ्तान, अशोक सुवेदी, अर्जुनप्रसाद गुप्ता, चन्द्रा थानी, अनिल श्रेष्ठ र मोदनाथ मरहट्ठा चुनिएका छन् ।

त्यसै गरी राष्ट्रिय परिषद् सदस्यमा जित कार्की, मदनाथ वसन्तपुरे, कुलविन्द्र फुयाल, कमल चौधरी, माधव घिमिरे अटल, रचना शर्मा, डा. दीपक शर्मा, डम्बरबहादुर थामी, मालती खत्री, नारायण मरासिनी, भीम कुमाखी, भोगेन्द्र लुइँटेल, श्यामसुन्दर श्रेष्ठ, अच्युत पौडेल, केदारप्रसाद आचार्य, धर्मेश पोखरेल, लिला पुन, मनु विक, रामप्रसाद जैसी, प्रदीप जोशी, राजकुमार राई, डीडी अधिकारी, डा. यदुनन्दन उपाध्याय, वन्दना ढकाल, विभूति भट्टराई, मिनबहादुर राना, जनक रसिक, जीवन नेपाली, धनबहादुर मगर, गौरीकिरण डाँगी, नवराज मैनाली, कालीप्रसाद सुवेदी, रिसव गौतम, प्रसिद्धा शर्मा, नारायणप्रसाद पोखरेल, खगेन्द्र जोशी, गौरी दाहाल, मुरारि पराजुली, प्रमोद धिताल, विष्णु ज्ञवाली, चिरन पुन, कविराम पौडेल, हरिलाल महतारा, शीतल कर्ण, माधव ढुंगेल, लोकबहादुर थापा चुनिए ।

 शनिबारै बसेको नवनिर्वाचित राष्ट्रिय परिषद्को बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा पदाधिकारीसहित चन्द्रा थानी, जयन्ती स्पन्दन, सङ्गीतश्रोता, पुण्य गौतम विश्वास, विजयराज आचार्य रहेका छन् ।

 अध्यक्ष पदमा साहित्यकार आहुति र अमर गिरी दुई जनाको उम्मेदवारी परेको थियो । आहुतिले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् । अध्यक्ष गिरी यसअघि संघमा महासचिव र सल्लाहकार रहिसकेका हुन् ।

 संघले नवौं सम्मेलनका अवसरमा मोहनविक्रम सिंह, हरिबहादुर श्रेष्ठ, चैतन्य, निनु चापागाईं र प्रदीप नेपाललाई वरिष्ठ स्रष्टा सम्मान प्रदान गरेको थियो । सम्मानित स्रष्टालाई प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष आनन्ददेव भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।

 तीन–तीन वर्षमा हुने राष्ट्रिय सम्मेलन अघिल्लो वर्ष संघका अध्यक्ष घनश्याम ढकालको निधन भएपछि एक वर्ष ढिला गरेर भएको हो । सम्मेलनमा देशभरिका चार सय जना लेखकहरूको सहभागिता रहेको थियो ।

 श्यामप्रसाद शर्माको अगुवाइमा २००९ सालमा वीरगञ्जमा स्थापित प्रगतिशील लेखक संघ नेपालका सबै प्रगतिशील लेखकहरूको साझा संस्था हो ।

https://archive.nepaljapan.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%97%E0%A4%A4%E0%A4%BF%E0%A4%B6%E0%A5%80%E0%A4%B2-%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A4%95-%E0%A4%B8%E0%A4%82%E0%A4%98%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%AF%E0%A4%BE/


  प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०३:०४