झुल्कियो पहेँलो घाम

प्रकाशित : २७ असोज, २०७२

काठमाडी (अन्नपूर्ण) :

कवि विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेलो घाम’ बजारमा आएको छ । चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको यस उपन्यास अयोग्य खापामारको कथावस्तुमा आधारित छ ।

जनयुद्धमा साहसिक योद्धाको रूपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ। युवतीले युद्धकालमा भोग्नुपरेको पीडा र उनले देखाएको साहसको रोमान्सँगै उपन्यास अधि बदव पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भरिकन्छ ? ऊ कसरी अयोग्य बन्धे ? के के गरेको हो । के ऊ अयोग्य नै थिई त? उपन्यासका घटनाक्रम दिने प्रश्नको वरिपरि घुमेका छन्।

भण्डारीको यसअधि आठ काव्यकृति प्रकाशित छन्। विद्रोहको छाल’, ‘आंघो-तुफान’ ‘ब्वाँसोको अन्त्यको खेल’, ‘कालो नाटक,’ ‘फेरि अर्को तारा खस्यो’, ‘देश जागेको बेला’, ‘उत्सर्ग’ र ‘घाइते ह्विलचेयर’ उनका प्रकाशित कृति हुन्। ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ। उनीहरूको योगदानको मूल्यांकन गर्नुको साटो अयोग्य बनाएको छ। यो गलत निर्णय थियो। मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हूँ’ उपन्यासबारे भण्डारी भन्छन् । उपन्यास प्राइम बुक्स प्रालिले प्रकाशन गरेको हो ।


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०५:४३