भण्डारीको पहेँलो घाम

नयाँ पत्रिका

काठमाडौं, १७ असोज

अयोग्य छापामार युवतीको विषयमा लेखिएको विष्णु भण्डारीको उपन्यास ‘पहेलो घाम’ आइतवारदेखि बजारमा आएको छ । जनमुक्ति सेनामा ठूलो सपना साँचेर हिंडेका युवाको सपना तुहिएपछिको घटना उपन्यासमा चित्रण गरेको भण्डारी बताउँछन् ।

उपन्यासमा जनसत्ता र जनअधिकार स्थापना गर्न गाउँबाट हिंडेकी युवती अयोग्य भएपछि तिरस्कृत र बहिष्कृत मानसिकता बोकेर फेरि गाउँ फर्किदाको अवस्था चित्रण गरिएको छ । जनसेना अयोग्य होइन, मान्छे अयोग्य हुँदैनन्, राज्य र पार्टीको स्वार्थका लागि अयोग्य बनाइएको हो भन्ने करा नै उपन्यासको मूल विषय हो,’ भण्डारीले भने । उपन्यासले अबको संघर्षको बाटोबारे पनि बोलेको उनी दाबी गर्छन् ।

पहेँलो घाम भण्डारीको पहिलो उपन्यास हो । यसअघि उनका महाकाव्य, खण्डकाव्य र कवितासंग्रह गरी सात कृति प्रकाशित छन् । उपन्यास प्राइम बुक्सले प्रकाशन गरेको हो ।


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०६:४५