The Blog of Bishnu Bhandari
on: बैशाख ३१ , २०८० आईतवार- ०७:१५ २०७६ बैशाख ३० साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे । भण्डारीले यस कृतिमा नेपालमा वि.सं. १४५० देखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरेका छन् । कृतिमा नेपाली युद्धसाहित्यका साथै नेपाली द्वन्द्वसाहित्य र जनयुद्धको साहित्यको पनि चर्चा गरिएको छ । साथै वि.सं. २००७ र २०१८ सालमा भएका सशस्त्र विद्रोहमा लेखिएको साहित्यको पनि विवेवचना गरिएको छ