पहेँलो घाम

पहेँलो घाम माओवादी जनयुद्ध लडेका तर पछि युएन, राज्यपक्ष र पार्टीद्वारा अयोग्य करार गरी क्यान्टोन्मेन्टबाट निकालिएका पूर्व छापामारको कथा हो । उपन्यासमा मानिस अयोग्य हुन सक्दैन, त्यसमा पनि गणतन्त्र पाप्तिको महान् युद्धमा लडेकाहरू त झनै हुन सक्दैनन् भन्ने कथनलाई पुष्टि गर्न खोजिएको छ ।

उपन्यासमा अयोग्य लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा र भौतिक दुःखले सिर्जना गरेको दुष्परिणामको मिहिन ढङ्गले चित्रण गरिएको छ । उपन्यासमा अयोग्य बनाइएका छापामारको मात्र कथा नभएर जनयुद्धपूर्व र त्यसपछि समाजमा व्याप्त विसंगति, विकृति र सामाजिक उत्पीडनको पनि चित्रण गरिएको छ । सामाजिक उत्पीडन र राज्यपक्षको अत्याचारले सिर्जना गरेको परिवारको कहालीलाग्दो कथा पनि यहाँ भेट्न सकिन्छ । उपन्यासमा एकातिर युद्धपछि बहिर्गमित लडाकुहरूको मनोदशाको दारुण अवस्था छ भने अर्कोतिर सिरेठोमा पनि मुस्कुराउने फूलजस्तै प्रेमिल जोडीको कथा जोडिएको छ । उपन्यास राजनीतिक विषयवस्तुमाथि लेखिएको भएतापनि यसको काव्यिक भाषा, समाजबाट टपक्क टिपिएका यथार्थ घटना र प्रेम प्रसङ्गले पाठकलाई तानिरहन्छ । उपन्यासको मुख्य पक्ष भनेको आदर्शको उदात्तिकरण र महिला पात्रको धीरोदात्तिकरण हो ।

Publisher : Prime Books

Genre : Fiction

Language : Nepali

Published : 2072

Edition : 1st

ISBN : 978-9937-0-0000-0

Pages : 294

Paperback : 350/-

E- Book : —


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०६:१९