उत्सर्ग

‘उत्सर्ग’ महाकाव्य जनयुद्धको विषयमा लेखिएको पहिलो महाकाव्य हो । यसमा दशवर्षे जनयुद्धको गरिमा, त्याग र बलिदानलाई उदात्तिकरण गरिएको छ । यसले जनयुद्धले निर्माण गरेको नयाँ यथार्थलाई कलात्मक तरिकाले प्रतिबिम्बन गरेको छ, साथै युद्ध, प्रेम र जीवनलाई हेर्ने प्रगतिवादी धारणालाई अझ उचाइका साथ प्रकटिकरण गर्न सफल भएको छ । पश्चिम गुल्मीको सेरोफेरोलाई आधार बनाएर लेखिएको यो महाकाव्यमा २०५८ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कमाथि माओवादीले गरेको भीषण आक्रमणको रोचक बयान गरिएको छ ।

युद्ध महाकाव्यको रूपमा पनि लिन सकिने यो कृतिमा शाही सेना र माओवादी सेनाबिचको दोहोरो भिडन्त, आक्रमण र प्रत्याक्रमणको भयावह चित्रण त छँदैछ सँगसँगै युद्धकै बिचमा विकसित प्रेमसम्बन्ध पनि प्रतिबिम्बन भएको छ । एकातिर युद्धको त्रासदी छ अर्कोतिर प्रेमको सुन्दर संसार छ । माओवादी जनयुद्धले पारेको प्रभाव, सत्तापक्षको ज्यादती र युद्धमा सहभागी पात्रहरूको सपनाहरूलाई सुक्ष्म ढङ्गले प्रतिबिम्बन गर्न सफल यो कृति सम्भवत नेपाली साहित्यमा लेखिएको पहिलो गद्य महाकाव्य हो । 

Publisher : Oxford Publication

Genre : Epic

Language : Nepali

Published : 2067

Edition : 1st

ISBN :

Pages : 316

Paperback :  250

E- Book :

 


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ११:०३