कालो नाटक

चालिसको दशको सुरुवाती दिनमा पञ्चायती व्यवस्था राजनीतिक र आर्थिक रूपमा रक्षात्मक बन्दै गएको थियो । एकातिर राजनीतिक पार्टीहरू सशक्त हुँदै गएका थिए भने अर्कोतिर पञ्चायतविरोधी भावना शिखरमा थियो । सरकार आफ्नो नालायकी पन छोप्न, राजनीतिक चेतना रोक्न र वैदेशिक सहयोग प्राप्त गर्न चाहन्थ्यो । यही प्रयोजनका लागि सुरुमा देशलाई पन्ध्र वर्षमै एशियाली मापदण्डमा पु¥याउने घोषणा गरेकोमा तुरुन्तै उक्त भनाइ सच्याएर जनताको आधारभूत आवश्यकता पूरा गर्ने उद्घोष गरेको थियो ।

‘कालो नाटक’ सरकारद्वारा मञ्जित यही नाटकको पर्दाफास गर्ने काव्यिक अभिव्यक्ति हो । कविले यस काव्यमा प्रभुले किन यो नाटक मञ्चन गर्दै छ भन्ने कुरा सुन्दर ढङ्गले चित्रण गरेका छन् । राजालाई प्रभुको उपमाद्वारा विभुषित गरिएको ‘कालो नाटक’ अनुष्टुप छन्दमा लेखिएको छ । अनुष्टुप छन्दमा लेखिए पनि छन्द अनुशासनलाई भने पालन गरिएको छैन ।

Publisher : Bishnu Bhandari

Genre : Poetry

Language : Nepali

Published : 2045

Edition : 1st

ISBN :

Pages :

Paperback :

E- Book :


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १०:५३