घाइते ह्विलचेयर

घाइते ह्विलचेयर मूलत साठीको दशकको सामाजिक यथार्थमाथि लेखिएका कविताहरूको सङ्ग्रह हो । यसको अर्थ यस काव्यमा यही समयको यथार्थ मात्र प्रतिबिम्बित छ भन्ने हैन, कमजोर हुँदै गएको मानवीय संवेदना, सामाजिक विसंगति र विकृतिको पनि सुक्ष्म चित्रण गरिएको छ । राजनीतिक पार्टी र नेतृत्वमा देखिएको दिशाहीनता र मूल्यहीनताको कटु आलोचना गरेर लेखिएका कविताहरू छन् यसमा ।

बिरामी सबार भएको ह्विलचेयर नै घाइते भएपछि बिरामीको दशा कस्तो होला ? कविता सङ्ग्रहको शीर्ष कविता र कृतिको नामले देशको जिम्मा लिएका पार्टी र नेताहरू नै घाइते भएको बिम्ब प्रस्तुत गरेको छ । गणतन्त्र पाप्तिपछि पनि देशको अवस्थामा सुधार नआएको बरु झनै कमजोर हुँदै गएको र नयाँ नेपाल बनाउने ठेक्का लिएर बसेका नयाँ पुराना ठेकेदारहरू झनै भ्रष्ट र दिशाहीन हुँदै गएकोप्रति कविले दह्रो झापट हानेका छन् । 

Publisher : Shailawi Prakashan

Genre : poems

Language : Nepali

Published : 2069

Edition : 1st

ISBN : 9789937-256452

Pages : 132

Paperback :  150

E- Book :


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ११:१०