ब्वाँसोको अन्त्यको खेल

 ‘ब्वाँसोको अन्त्यको खेल’ मुक्त छन्द (गद्य)मा लेखिएको खण्डकाव्य हो । यस काव्यमा देशमा व्याप्त गरिबी, अशिक्षा, अत्याचार र भ्रष्टाचारबारे सविस्तार वर्णन गरिएको छ । साथै विदेशमा बसेको अमुक पात्रले अमुक पात्रलाई देशको नालीबेली सुनाउने क्रममा देशभित्र भोकमरि, हत्याहिंसा र बलात्कार कति डरलाग्दो छ भन्नेबारे चित्रण गरिएको छ । समाजमा चल्दै आएको वर्गसङ्घर्षको संक्षिप्त सिंहावलोकन पनि गरिएको यस काव्यमा देशमा स्वतन्त्रताका लागि आन्दोलन चलिरहेकोले स्वदेश फर्किएर आन्दोलनमा सहभागी हुन पनि आह्वान गरिएको छ ।

काव्यमा नेपालमा भएको सामन्तवादविरोधी सङ्घर्षलाई ब्वाँसोको अन्त्यको खेलको उपमा दिइएको छ । नेपाल जस्तो सुन्दर देशलाई ब्वाँसो, बाघ, चिल, सर्प र श्यालजस्ता हिंस्रक मानिसहरूले कसरी कुरूप बनाएका छन् भन्ने कुरा बिम्ब, प्रतीक र उपमाका माध्यमले व्यक्त गरिएको छ । काव्यमा राजालाई ब्वाँसो र साम्राज्यवादी शक्तिलाई बाघसँग तुलना गरिएको छ । हरेक वस्तुलाई बिम्ब, प्रतीक र उपमाको माध्यमद्वारा चित्रण गरिएको यस काव्यमा ब्वाँसोको अत्यपछिको सुन्दर समाजको परिकल्पना गरिएको छ ।

Publisher : Bishnu Bhandari

Genre : Poetry

Language : Nepali

Published : 2045

Edition : 1st

ISBN :

Pages :

Paperback :

E- Book :


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १०:५१