आँधी-तुफान

आँधी-तुफान विष्णु भण्डारीको दोस्रो कृति हो । यसमा दुई चरणमा लेखिएका मुक्तकहरू सङ्ग्रहित छन् । यो सङ्ग्रह प्रथमपल्ट सुरुका दिनमा लेखिएका मुक्तकहरूलाई समावेश गरी वि.सं. २०४४ सालमा सानो बुकलेटका रूपमा प्रकाशित गरिएको थियो । पहिलोपल्ट प्रकाशित गर्दा यस कृतिमा जम्मा तेइसवटा मुक्तकहरू समावेश थिए । पछि, खासगरी साठीको दशकमा लेखिएका सामाजिक विषयका साठी र प्रेम विषयका चालिस गरी एक सय मुक्तकहरुसहित दोस्रो संस्करणको रूपमा यो कृति प्रकाशित भएको छ ।

नेपाली मार्क्सवादी साहित्यमा प्रेमबारे लेखिएको कमै पाइन्छ । सामाजिक जीवन र यौन-प्रेम अन्तर्सम्बन्धित भएपनि यसमाथि कवि लेखकहरु खुलेर बोलेको पाइदैन । यस सङ्ग्रहमा भने प्रगतिशील कविले लेखेका सुमधुर र प्रेमिल भावले ओतप्रोत मुक्तकहरू पढ्न पाइन्छ । प्रेमिल भएपनि मुक्तकहरुमा सामाजिक विसंगति र विकृतिमाथि कटु व्यङ्ग्य भेट्न सकिन्छ । राज्य र नेतृत्वबाट भएगरेका भ्रष्टाचार र बेथितिको कटु आलोचना गरेको पाइन्छ ।

Publisher : Bishnu Bhandari

Genre : Poetry

Language : Nepali

Published : 2045

Edition : 1st

ISBN :

Pages :

Paperback :

E- Book :


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १०:४७