विद्रोहको छाल

विद्रोहको छाल गीतिलयमा लेखिएको खण्डकाव्य हो । काव्यमा भर्खर विवाहित जोडीबिचको संवादका माध्यमबाट तत्कालीन नेपालको सामाजिक यथार्थको प्रतिबिम्बन गरिएको छ । देशमा व्याप्त गरिबी, विपन्नता, अन्याय र अत्याचारको चित्रण भएता पनि यसको मुख्य पक्ष भनेको क्रान्ति र परिवर्तनप्रतिको प्रतिबद्धता हो । यस काव्यले त्याग र बलिदानबेगर क्रान्ति सफल हुन्न र त्यसका लागि घरपरिवार पनि छोड्न सक्नुपर्छ भन्ने आदर्श पछ्याएको छ ।

यो काव्य विष्णु भण्डारीको पहिलो खण्डकाव्य हो । दुई सय श्लोक भएको यो काव्य क्रान्तिकारी साहित्यको बेजोड नमुना हो । कविको लेखन यात्राको सुरुवाती चरणमा लेखिएको भएता पनि बिम्ब, प्रतीक र उपमाका माध्यमले यथार्थको वर्णन गरिएको छ, जसले गर्दा राजनीतिक विषयवस्तु हुँदाहुँदै पनि यो काव्यकृति नारा हुनबाट जोगिएको छ । ‘विद्रोहको छाल’को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको क्रान्तिकारी आदर्शलाई उदात्तिकरण गर्नु हो ।

Publisher : Bishnu Bhandari

Genre : Poetry

Language : Nepali

Published : 2045

Edition : 2st

ISBN :

Pages :

Paperback :

E- Book :

 


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १०:४३