‘देश जागेको बेला’ बैसट्ठी–त्रिसट्ठी सालको जनआन्दोलनमाथि लेखिएका कविताहरूको सङ्ग्रह हो । उन्नाइस दिन चलेको उक्त जनआन्दोलन देशैभरि फैलिएको थियो । कुनै पनि त्यस्तो सहर थिएन जहाँ स्वतन्त्रता, समानता र गणतन्त्रका लागि जनसागर नउठेको होस् । दश वर्षे जनयुद्धले दुई तिहाई भूभाग कब्जा गरिसकेको र राजधानीलाई चारैतिरबाट घेरिसकेको अवस्थामा यो आन्दोलन सुरु भएको थियो । यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरू त्यही जनआन्दोलनको क्रममा प्रत्येक दिन घटेका घटनामाथि लेखिएका कविताहरूको शृङ्खला हो ।
देश जागेको बेला’ आन्दोलनको कवितात्मक दैनिकी हो भन्दा फरक पर्दैन । यो कविता कृतिमा कविले आन्दोलनका मुख्यमुख्य घटनालाई काव्यिक बान्कीद्वारा चिरस्थापित गरेका छन् । कविता पढ्दा यस्तो लाग्छ कि अहिले पनि मानिसहरू सडकमा निस्किएका छन् । निरङ्कुश राजशाहीको विरुद्ध नारा लगाइरहेका छन् । परिवर्तन, समृद्धि र समानताको महत् उद्देश्य लिएर विद्रोहमा निस्किएका जनतामाथि सरकारद्वरा गरिएको नृशंस दमनको काव्यिक अभिव्यक्ति पनि हो ‘देश जागेको बेला ।’
Publisher : Shailawi Prakashan
Genre : Poems
Language : Nepali
Published : 2063
Edition : 1st
ISBN :
Pages :
Paperback :
E- Book :