‘फेरि अर्को तारा खस्यो’ विष्णु भण्डारीको पहिलो कविता सङ्ग्रह र चौथो काव्यकृति हो । यो सङ्ग्रहमा तत्कालीन नेपाली समाजका यथार्थलाई टपक्क टिपेर कविताहरू सिर्जना गरिएको छ । कविताहरूमा देशको चिन्ता र चासो व्यक्त गरिएको पाइन्छ । पचासको दशकको अन्तिम समय नेपाली समाज कसरी गुज्रिएको थियो, युद्धको राप र ताप कस्तो थियो भन्ने कुरा यी कविताहरू पढ्दा प्रष्ट बुझ्न सकिन्छ ।
सङ्ग्रहका प्रायः सबै कविताहरू क्रान्ति, परिवर्तन र सुन्दर समाजको परिकल्पनाद्वारा ओतप्रोत छन् । एकातिर क्रान्ति सफल हुनेमा विश्वास व्यक्त भएको पाइन्छ भने अर्कोतिर क्रान्ति सफल भएपनि हिजोकै नियति दोहोरिने त हैन भन्ने चिन्ता पनि व्यक्त भएको पाइन्छ । कविताहरूमा कतै भविष्यको चिन्ता भेटिन्छ भने कतै युद्धले सिर्जना गरेको नयाँ यथार्थप्रति आशावाद भेटिन्छ । जनयुद्धका महान् सहिद कृष्ण सेन ‘इच्छुक’को सहादतपछि लेखिएको ‘फेरि अर्को तारा खस्यो’ कविताको शीर्षक पुस्तकको पनि नाम रहेको यस कविता सङ्ग्रहमा चालिसवटा कविता सङ्ग्रहित छन् ।
Publisher : Shailawi Prakashan
Genre : Poems
Language : Nepali
Published : 2063
Edition : 1st
ISBN :
Pages :
Paperback :
E- Book :