विष्णु भण्डारीको काव्यकारिता
त्रिभुवन विश्वविद्यालय
मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत
नेपाली विषयको स्नातकोत्तर द्वितीय वर्षको दसौँ पत्रको परिपूर्तिका
निमित्त नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत
शोध–पत्र
शोधार्थी
सविता ढकाल
रोल नं. ३२७/२०६५–२०६६
त्रि.वि. रजिस्ट्रेसन नं.
२०७३
सिफारिसपत्र
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय नेपाली विभागअन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह पूरा गर्ने प्रयोजनका लागि मेरा निर्देशनमा श्री सविता ढकालले विष्णु भण्डारीको काव्यकारिता विषयक शोधपत्र तयार पारेकाले शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।
मिति : २०७३/१२/२६
……………………..
डा. गोविन्दप्रसाद शर्मा
सहप्राध्यापक
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर
त्रिभुवन विश्वविद्यालय
मानविकी तथा सामाजिक शास्त्र सङ्काय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौं
स्वीकृति पत्र
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय नेपाली विभागअन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह पूरा गर्ने प्रयोजनका लागि सविता ढकालले तयार गर्नुभएको विष्णु भण्डारीको काव्यकारिता शीर्षकको शोधपत्र आवश्यक मूल्याङ्कन गरी स्वीकृत गर्दछौं ।
………………………….
सहप्रा.डा. गोविन्दप्रसाद शर्मा
शोध निर्देशक
…………………………
सहप्रा.डा. दुर्गाबहादुर घर्ती
बाह्य परीक्षक
……………………………
प्रा. डा. देवीप्रसाद गौतम
विभागीय प्रमुख
मिति : २०७२ /१२/२९
कृतज्ञता ज्ञापन
प्रस्तुत शोधपत्र मैले आदरणीय गुरु सहप्राध्यापक डा. गोविन्दप्रसाद शर्मा (सुकुम शर्मा) ज्यूको कुशल निर्देशनमा तयार पारेकी हुँ । आफ्नो व्यस्त समयका बिच पनि सुरुदेखि अन्त्यसम्म आवश्यक सल्लाह, सुझाव र मार्गनिर्देशन दिनु हुने आदरणीय शोधनिर्देशक गुरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । यसै गरी यो शोधपत्र तयार गर्नका लागि समयमा नै आवश्यक व्यवस्था मिलाई दिनु हुने नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. देवीप्रसाद गौतमज्यूप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । यस शोधका लागि आवश्यक पुस्तक तथा सन्दर्भ सामग्री उपलब्ध गरादिनु हुने साहित्यकार विष्णु भण्डारीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरो अध्ययनलाई यहाँसम्म ल्याउन मेरा पितामाताको अविस्मरणीय योगदान रहेको छ । म मेरा मातापिता ज्ञानकुमारी ढकाल र गङ्गाप्रसाद ढकालप्रति सदैव कृतज्ञ छु । यसै गरी शोधकार्यमा सामग्री सङ्कलन लगायतका काममा सहयोग गर्नु हुने भिनाजु केशव अधिकारी र ज्वाइँ डा. धनप्रसाद सुवेदीलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो अध्ययनका साथै यस शोधकार्यमा हरतरहले सहयोग र हौसला प्रदान गर्ने दिदी सुशिला, बहिनी यादेवी र पवित्रा, भाइहरू हरि, नारायण र महेश, बुहारीहरू पुष्पा दाहाल र आकांक्षा रिजाल, छोराहरू पुजन, सुजन र युजन तथा छोरी सुलोचना र बेनुसालगायत सबैलाई धन्यावाद दिन चाहन्छु । यस शोधका लागि आवश्यक पर्ने पुस्तक, पत्रपत्रिका उपलब्ध गराई सहयोग पुर्याउने त्रि. वि. केन्द्रीय पुस्तकालयप्रति आभार व्यक्त गर्दछु । यस शोधपत्रलाई टाइप तथा सेटिङ गरी यसको बाह्य स्वरूप तयार गर्ने एकेडेमिक बुक हाउस कम्प्युटर कीर्तिपुरका रिना महर्जनप्रति आभारी छु । अन्त्यमा यो शोधपत्र आवश्यक मूल्याङ्कनका लागि त्रिवि नेपाली केन्द्रीय विभागसमक्ष प्रस्तुत गर्दछु ।
सविता ढकाल
त्रिभुवन विश्वविद्यालय
विषय सूची
शोधनिर्देशकको सिफारिस क
मूल्याङ्कन समितिको स्वीकृतिपत्र ख
कृतज्ञता ज्ञापन ग
विषयसूची घ-च
पहिलो परिच्छेद : शोध परिचय
१.१ विषय परिचय १
१.२ समस्या कथन १
१.३ शोधको उद्देश्य २
१.४ पूर्वकार्यको समीक्षा २
१.५ शोधको औचित्य र महत्त्व ५
१.६ शोधको सीमाङ्कन ५
१.७ सामग्री सङ्कलन तथा शोधविधि ५
१.८ शोधपत्रको रूपरेखा ५
परिच्छेद दुई : विष्णु भण्डारीका फुटकर कविताको विश्लेषण
२.१ विषय प्रवेश ७
२.२ कविता विश्लेषणका आधार ७
२.३ ‘आँधी तुफान’ मुक्तक सङ्ग्रहको अध्ययन ८
२.३.१ भाव ८
२.३.२ लय विधान १०
२.३.३ भाषाशैली १०
२.४ ‘फेरि अर्को तारा खस्यो’ कवितासङ्ग्रहको अध्ययन ११
२.४.१ विषयवस्तु ११
२.४.२ लय विधान १६
२.४.३ भाषाशैली १६
२.५ ‘देश जागेको बेला’ कविता सङ्ग्रहको अध्ययन १६
२.५.१ भाव १७
२.५.२ लय २१
२.५.३ भाषाशैली २२
२.६ ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रहको विश्लेषण २३
२.६.१ भाव २३
२.६.२ लय २९
२.६.३ भाषाशैली ३१
२.७ फुटकर कविताका प्रवृत्ति ३२
२.८ निष्कर्ष ३२
परिच्छेद तीन : विष्णु भण्डारीका खण्डकाव्यको विश्लेषण
३.१ विषय प्रवेश ३४
३.२ खण्डकाव्य विश्लेषणका आधार ३४
३.३ ‘विद्रोहको छाल’ खण्डकाव्यको विश्लेषण ३४
३.३.१ कथानक ३४
३.३.२ भाव ३९
३.३.३ लय ४०
३.३.४ भाषाशैली ४२
३.४ ‘ब्वाँसोको अन्त्यको खेल’ खण्डकाव्यको विश्लेषण ४३
३.४.१ कथानक ४३
३.४.२ भाव ४४
३.४.३ लय ४७
३.४.४ भाषाशैली ४८
३.५ ‘कालो नाटक’ काव्यको विश्लेषण ४९
३.५.१ कथानक ४९
३.५.२ भाव ५१
३.५.३ लय ५२
३.५.४ भाषाशैली ५३
३.६ खण्डकाव्यगत प्रवृत्ति ५४
३.७ निष्कर्ष ५५
परिच्छेद चार : विष्णु भण्डारीको महाकाव्यको विश्लेषण
४.१ विषय प्रवेश ५६
४.२ महाकाव्य विश्लेषणको आधार ५६
४.३ कथावस्तु ५६
४.४ चरित्र विधान ५९
४.५ उद्देश्य ६०
४.६ लय विधान ६१
४.७ भाषाशैली ६५
४.८ महाकाव्यात्मक प्रवृत्ति ६६
४.९ निष्कर्ष ६७
परिच्छेद पाँच : उपसंहार तथा निष्कर्ष
सन्दर्भसूची ७१
परिच्छेद एक
शोध परिचय
१.१ विषय परिचय
नेपाली साहित्यका स्रष्टाहरूमध्ये विष्णु भण्डारी पनि एक हुन् । उनी गुल्मी जिल्लाको धुर्कोट वस्तु गा.वि.स.वडा नं. ४ मा वि. सं. २०२० फागुन २९ मा जन्मिएका हुन् । पिता परमानन्द भण्डारी र माता विनिता देवीका सुपुत्र विष्णु भण्डारी हाल काठमाडौं कोटेश्वरमा बसोबास गर्दै आएका छन् । सुरुमा एस.वि. विवेक उपनामबाट साहित्य सिर्जना गर्ने भण्डारी हाल विष्णु भण्डारीकै नाममा आफ्ना रचनाहरू प्रकाशित गर्दछन् । कविता, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास र सांस्कृतिक लेख रचनाका क्षेत्रमा कलम चलाएका भण्डारीका विद्रोहका छाल (खण्डकाव्य, २०४३), आ“धी तुफान (मुक्तकसङ्ग्रह, २०४४), ब्वा“सोको अन्त्यको खेल (खण्डकाव्य, २०४५), कालो नाटक (लघुकाव्य, २०४५), फेरि अर्को तारा खस्यो (कवितासङ्ग्रह, २०६३), देश जागेको बेला (कवितासङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७), घाइते ह्विलचेयर (कवितासङ्ग्रह, २०६९) र पहे“लो घाम (उपन्यास, २०७२) पुस्तकाकार कृतिका रूपमा प्रकाशित छन् । यी बाहेक उनका फुटकर कथा, संस्मरण, कविता र संस्कृतिसम्बन्धी लेखहरू पनि प्रकाशित छन् ।
प्रगतिशील लेखक सङ्घ नेपाल, अखिल नेपाल लेखक सङ्घ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ आदि साहित्यिक संस्थासँग सम्बन्धित विष्णु भण्डारी बामपन्थी राजनीतिमा पनि संलग्न छन् । हाल उनी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य, जनसांस्कृतिक महासंघको केन्द्रीय उपाध्यक्ष र अखिल नेपाल लेखक संघको केन्द्रीय अध्यक्ष समेत रहेका छन् । उनका प्रकाशित कृतिहरूमध्ये कतिपय विधाको शोधकार्य भइरहेको छ भने उनको काव्यकारिताको शोधपरक अध्ययन हुन सकेको छैन । यसर्थ उनका काव्यकारिताको शोधपरक अध्ययन गर्न उचित देखिएकाले विष्णु भण्डारीको काव्यकारिता शीर्षकमा प्रस्तुत शोध कार्य पूरा गरिएको छ ।
१.२ समस्याकथन
साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार विष्णु भण्डारीको काव्यकारिताको शोधपरक अध्ययन नभएकाले यस शोधमा उनका कविता, खण्डकाव्य र महाकाव्यको अध्ययन गरिएको छ । प्रस्तुत शोध निम्न लिखित शोध समस्यामा केन्द्रित रहेको छ :
(क) विष्णु भण्डारीका फुटकर कविता के कस्ता छन् ?
(ख) विष्णु भण्डारीका खण्डकाव्य के कस्ता छन् ?
(ग) विष्णु भण्डारीको महाकाव्य के कस्तो छ ?
१.३ शोधकार्यको उद्देश्य
विष्णु भण्डारीका कविता कृतिको अध्ययनमा केन्द्रित यस शोधका उद्देश्य यस प्रकार छन् :
(क) विष्णु भण्डारीका फुटकर कविताको विश्लेषण गर्नु ।
(ख) विष्णु भण्डारीका खण्डकाव्यहरूको विश्लेषण गर्नु ।
(ग) विष्णु भण्डारीको महाकाव्यको विश्लेषण गर्नु ।
१.४ पूर्वकार्यको समीक्षा
विष्णु भण्डारीको काव्यकारितामा केन्द्रित भएर यसअघि शोधपरक अध्ययन भएको छैन । उनका कविता, महाकाव्य र उपन्यासका बारेमा विभिन्न पत्रपत्रिकामा टिप्पणीहरू भएको पाइन्छ । उनका कविता कृतिका बारेमा भएका मुख्य मुख्य कार्यहरू निम्नानुसार रहेका छन् :
बन्दना ढकाल (२०१० ई.) ले रातो झिल्को पत्रिकामा ‘उत्सर्ग : जनयुद्धमा आधारित पहिलो महाकाव्य’ भन्ने शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेकी छन् । उनले उक्त समीक्षामा विष्णु भण्डारी नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षलाई साहित्यमा प्रतिबिम्बिन गर्ने स्रष्टामध्ये एक हुन् भनेकी छन् । प्रस्तुत लेखले उत्सर्ग महाकाव्यको सामान्य परिचय दिएको छ, शोधपरक अध्ययन भने भएको छैन ।
माधव घिमिरे अटल (२०६७) ले शृङ्खला पत्रिकामा ‘उत्सर्ग महाकाव्य महासमरको जीवन्त प्रतिबिम्ब’ शीर्षकमा एउटा लेख लेखी छपाएका छन् । यसमा पनि उत्कर्ष महाकाव्यको सामान्य परिचय दिइएको छ र उत्कर्ष महाकाव्यलाई प्रगतिवादी दृष्टिकोणमा लेखिएको जनयुद्ध विषयक महाकाव्य भनिएको छ ।
मुक्तिनाथ घिमिरे (२०६७) ले चन्द्रागिरि साहित्यिक पत्रिकामा ‘विवेचनात्मक आलोकमा उत्सर्ग महाकाव्य’ शीर्षकमा एउटा लेख लेखेका छन् । सो लेखमा उत्सर्ग महाकाव्यलाई कलात्मक, सौन्दर्यपूर्ण र काव्यात्मक भनी टिप्पणी गरिएको छ ।
राजेन्द्र सुवेदी (२०६७) ले अन्वेषण पत्रिकामा ‘उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू’ भन्ने लेखमा उत्सर्ग महाकाव्यको चर्चा गरेका छन् । यसमा उनले निहित सौन्दर्य र काव्य संवेदनका महानीय गुण समायोजनाका पक्षहरूको चयनले महाकाव्यात्मक यात्राको उचाइतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।
लक्ष्मण गौतम (२०६७) ले मिर्मिरे पत्रिकामा ‘महाकाव्यमा माओवादी युद्ध’ भन्ने समीक्षात्मक लेख लेखेका छन् । सो लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा शोषण, दमन र सामाजिक अन्तर्विरोध, सामाजिक यथार्थ र आदर्शको प्रकटीकरण, क्रान्ति र सशत्र द्वन्द्व एवम् प्रणयको प्रस्तुतीकरण भएको उल्लेख गरेका छन् ।
केशव सिलवाल (२०६७) ले कलम पत्रिकामा ‘नया“ यथार्थको नया“ महाकाव्य’ भन्ने लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा जनयुद्धको गाथालाई महाकाव्यमा उतारिएको र यो आफैँमा एउटा नवीन कार्य हो भनेका छन् ।
जि.के. पोखरेल (२०६७) को लालरक्षक मासिकमा प्रकाशित ‘माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्य चेतको उत्कर्ष : उत्सर्ग महाकाव्य’ शीर्षक लेखमा उत्सर्ग महाकाव्य नेपाली राजनीतिमा ऐतिहासिक गरिमा ओढेको जनयुद्धको चित्रण हो र यसमा विद्रोहात्मकता र क्रान्ति चेत प्रतिबिम्बित भएको छ भन्ने उल्लेख भएको छ ।
कृष्णप्रसाद भण्डारी (२०६७) को मधुपर्क पत्रिकामा प्रकाशित ‘दसवर्षे जनयुद्धको कथाव्यथा’ शीर्षकको समीक्षा लेखमा उत्सर्ग महाकाव्यमा माओवादी जनयुद्धको सचित्र वर्णन गरिएको आधुनिक शैलीको महाकाव्य भनिएका छ ।
रमण घिमिरे (२०६७) ले नेपाल साप्ताहिकमा ‘एकतर्फी बयान’ शीर्षक लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा जनयुद्धका घटनाहरूको एकतर्फी वकालत मात्र नभएर कलात्मकता सौन्दर्यबोध र काव्यात्मक शैलीले उत्कृष्ट छ भनेका छन् ।
ऋद्धिरमण घिमिरे (२०६८) ले गरिमा पत्रिकामा ‘एउटा महाकाव्यमा जनयुद्धको गाथा’ शीर्षकको समीक्षा लेखेका छन् । सो लेखमा उत्सर्ग महाकाव्यमा नयाँ विचार, नयाँ संस्कृति र नयाँ मूल्यको स्थापनाको अभीष्ट रहेको छ भन्दै सो महाकाव्यलाई जनयुद्धको विषयवस्तुमा पूर्णतः केन्द्रित पहिलो महाकाव्य भनिएको छ ।
तारा प्रकाश भट्टराई (२०११ ई.) ले ‘रिप्रिजेन्टेसन अफ द रिभोलुसनरी कन्सियसनेस इन भण्डारीज् उत्सर्ग’ शीर्षकमा त्रि.वि. अङ्ग्रेजी केन्द्रीय विभागमा स्नातकोत्तर तहको शोधपत्र तयार परेका छन् । उक्त शोधपत्रमा उत्सर्ग महाकाव्यको विभिन्न कोणबाट चर्चा गर्दै यसलाई निम्नवर्गमा जनताहरूको आन्दोलनचित्रण गरिएको छ । यस शोधमा उत्सर्ग महाकाव्यको चर्चा गरिएको भए पनि विष्णु भण्डारीको समग्र काव्यकारिताको निरूपण गरिएको छैन ।
छायादत्त न्यौपाने ‘बगर’ (२०६८) ले हाम्रो नौलो बिहानी मासिक पत्रिकामा ‘नयाँ मूल्यको महाकाव्य’ शीर्षकमा लेख छपाएका छन् । यस लेखमा उत्सर्ग महाकाव्यको सामान्य चर्चा गर्दै यस महाकाव्यमा समाजप्रतिको नवीन दृष्टिकोण प्रस्तुत भएको उल्लेख गरेका छन् ।
रामप्रसाद ज्ञावली (२०६९) ले अभिव्यक्ति पत्रिकामा ‘घाइते ह्विलचेयर : आशाले गरिएको बलिदान र निराशाले भरिएको वर्तमानको काव्यिक अभिव्यक्ति’ शीर्षकको लेख छपाएका छन् । सो लेखमा घाइते ≈िवलचेयर कविता सङ्ग्रहमा सङ्कलित कविताहरूको सामान्य समीक्षा गरिएको छ । यस सङ्ग्रहका कवितामा जनयुद्धमा घाइते भएका र अहिले नारकीय जीवन बिताइरहेकाहरूको पीडादायी जीवन र जटिल मनोभावको उद्घाटन गरिएको उल्लेख छ ।
ध्रुवराज ढकालले (२०७०) “विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व” शीर्षक शोधपत्रमा विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका छन् । यस क्रममा भण्डारीका कविता कृतिका बारेमा सामान्य परिचय दिइएको छ । यसमा विष्णु भण्डारीका रचना सङ्ख्यात्मक र गुणात्मक दृष्टिमा उच्च मध्यम कोटीका रहेका छन् भन्दै उनलाई मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा भनिएको छ । साथै उनी शोषित पीडित जनताका पक्षमा केन्द्रित रहेकाले उनी प्रगतिवादी कविका रूपमा परिचित बन्न पुगेका छन् भनिएको छ ।
यस प्रकार विष्णु भण्डारीको काव्यकारिताका बारेमा सामान्य रूपमा चर्चा भएको पाइए पनि उनको काव्यकारितामै केन्द्रित भएर शोधकार्य नभएकाले यस शोधमा उनको काव्यकारिताकै विषयमा शोध गरिएको छ ।
१.५ शोधकार्यको महत्त्व
प्रस्तुत शोध कार्यमा विष्णु भण्डारीका फुटकर कविता सङ्ग्रह, खण्डकाव्य र महाकाव्यको विश्लेषण गरी तिनका मूल प्रवृत्तिहरूको पहिचान गरिएको छ । यसबाट विष्णु भण्डारीको फुटकर कविता, खण्डकाव्यहरू र महाकाव्यको विषयवस्तु, शिल्प र प्रवृत्तिका बारेमा अध्ययन गर्न चाहनेलाई सहयोग पुग्ने छ । यस अध्ययनबाट हालसम्म ओझेलमा परेका साहित्यकार विष्णु भण्डारीको काव्यकारिताका बारेमा स्पष्ट भएको छ । यसबाट नेपाली कविता परम्परामा विष्णु भण्डारीको उपस्थिति के कस्तो छ भन्ने बारेमा स्पष्ट भएको छ । यसरी यस शोध कार्यबाट साहित्य, समालोचना तथा अनुसन्धान क्षेत्रमा नयाँ आयाम थपिएको छ । यसैले प्रस्तुत शोधकार्य औचित्यपूर्ण तथा वा महत्त्वपूर्ण रहेको छ ।
१.६ शोधको सीमाङ्कन
प्रतुस्त शोधपत्र विष्णु भण्डारीका हालसम्म कृतिका रूपमा प्रकाशित फुटकर कविताहरू, खण्डकाव्यहरू र महाकाव्यको अध्ययनमा मात्र केन्द्रित छ । स्रष्टाको जीवनी, व्यक्तित्व र उनका अन्य कृतिको अध्ययन यसमा समावेश गरिएको छैन । सङ्ग्रहमा नपरेका कविता कृतिको अध्ययन गरिएको छैन । विष्णु भण्डारीका कविता कृतिबाहेक अन्य विधाका कृतिको अध्ययन गरिएको छैन । समग्रमा यो शोधकार्य विष्णु भण्डारीका हालसम्म प्रकाशित कविता सङ्ग्रहहरू, खण्डकाव्यहरू र महाकाव्यको विधातत्त्वका रूपमा अध्ययन गरी तिनका मूल प्रवृत्तिहरूको निरूपण मात्र गरिएको छ ।
१.७ शोधविधि
प्रस्तुत शोध कार्यका लागि आवश्यक पुस्तक तथा अन्य सामग्रीहरू पुस्तकालयबाट लिइएको छ । प्राप्त सामग्रीहरूमध्ये उपलब्ध कृतिलाई कालक्रमिक रूपमा र कृति भित्रका कवितालाई कृतिमा तिनको रखाइका क्रमका आधारमा विश्लेषण गरिएको छ । विष्णु भण्डारीका कविता कृतिलाई फुटकर कविता, खण्डकाव्य र महाकाव्यलाई अलग अलग परिच्छेदमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
पहिले नै प्रकाशित भइसकेका विष्णु भण्डारीका कविता कृति यस शोधका प्राथमिक सामग्री रहेका छन् । ती काव्यका बारेमा चर्चा गरिएका लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिई आवश्यक ठाउँमा तिनको उपयोग गरिएको छ । यसमा आवश्यकता अनुसार व्याख्या, विश्लेषण र संश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
१.८ शोधपत्रको रूपरेखा
यस शोधपत्रलाई निम्न लिखित परिच्छेदहरूमा विभाजन गरिएको छ :
परिच्छेद एक : शोधपरिचय
परिच्छेद दुई : विष्णु भण्डारीका फुटकर कविताको विश्लेषण
परिच्छेद तीन : विष्णु भण्डारीका खण्डकाव्यको विश्लेषण
परिच्छेद चार : विष्णु भण्डारीको महाकाव्यको विश्लेषण
परिच्छेद पाँच : सारांश तथा निष्कर्ष
सन्दर्भ सूची
यी परिच्छेदहरूलाई विभिन्न शीर्षक तथा उपशीर्षकहरूमा वर्गीकरण गरिएको छ ।

परिच्छेद दुई
विष्णु भण्डारीका फुटकर कविताको विश्लेषण
२.१ विषय प्रवेश
विष्णु भण्डारीका फुटकर कविताहरू सङ्ग्रहका रूपमा प्रकाशित भएको पाइन्छ । उनका हालसम्म प्रकाशित कविता सङ्ग्रहहरू (१) आँधी तुफान (२०४४), (२) फेरि अर्को तारा खस्यो (२०६३), (३) देश जागेको बेला (२०६३) र (४) घाइते ह्विलचेयर (२०६९) हुन् । यस परिच्छेदमा यी कविता कृतिका बारेमा अध्ययन गरिएको छ ।
२.२ कविता विश्लेषणका आधार
प्राचीन कालमा साहित्यको समुच्चयलाई काव्य भनिन्थ्यो । समयक्रममा नाटक, आख्यान, निबन्ध जस्ता विधाहरू जन्मिएपछि कविता साहित्यको अलग्गै विधाका रूपमा स्थापित हुन पुग्यो । कविताका बारेमा अनेक परिभाषा पाइन्छन् । सामान्यतः कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनिएको साहित्यिक कृति वा रचनालाई कविता भनिन्छ (बराल र अन्य, २०५५ : २०५) । समग्रमा भन्दा कुनै पनि विषयवस्तुलाई लयात्मक भाषाका माध्यमले प्रकट गरिने सौन्दर्यात्मक अभिव्यक्ति नै कविता हो ।
कविता साहित्यको सर्वाधिक प्राचीन विधा हो । कविता बन्नको लागि विभिन्न तत्त्वहरूको आवश्यकता पर्दछ । कविताका तत्त्वहरूलाई शीर्षक, संरचना, लयविधान, भाषाशैली, कथनपद्धति, केन्द्रीय कथ्य वा भावविधान, बिम्बविधान, व्यञ्जना, विधागत स्वरूप तथा आयाम गरी वर्गीकरण गरिएको पाइन्छ (त्रिपाठी र अन्य, २०६० : १७) ।
यी तत्त्वहरूमध्ये यस अध्ययनमा भाव, लय र भाषाशैलीलाई कविता विश्लेषणका आधारका रूपमा लिइएको छ ।
२.३ ‘आ“धी तुफान’ मुक्तक सङ्ग्रहको अध्ययन
विष्णु भण्डारीको आ“धी तुफान मुक्तक सङ्ग्रह वि. सं. २०४४ मा एस.वि.विवेकका नामबाट प्रकाशित गरिएको छ । यस सङ्ग्रहमा जम्मा २२ वटा मुक्तकहरू सङ्गृहीत छन् । यस सङ्ग्रहमा समेटिएका मुक्तकहरूको शीर्षक यस प्रकार छ : नयाँ वर्षलाई शुभकामना, एसियाली मापदण्ड, माली, सडकदेखि सडकसम्म, नरेन्द्र दाइलाई सन्देश, पर्यावर्तन, जीवन, भन्सारै पर्खनुपर्ला, नवोदीत प्रदीप, कोठे क्रान्तिकारी, जिउँदै मरेको मान्छे, देश जर्जर बनेको छ, किल्ला ध्वस्त हुन्छन्, आँधी तुफान, व्यथा, तँ, अन्तर्वार्ता, रोगी घोडा, जूनकिरी, महाभूकम्प, म नेपाली हुँ र कलो दारी । यी मुक्तकहरूलाई विषयवस्तु, भाव, लय विधान र प्रवृत्तिका आधारमा अध्ययन गरिएको छ ।
२.३.१ भाव
आ“धी तुफान मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरूमा तत्कालीन समयको प्रतिबिम्बन गर्ने विविध विषयहरू समाविष्ट छन् । ‘नव वर्षलाई शुभकामना’ शीर्षक मुक्तकमा प्रजातन्त्रलाई नव वर्षको प्रतीकका रूपमा प्रस्तुत गर्दै त्यसको स्वागत गर्नु पर्ने आशय प्रकट गरिएको छ ।
सङ्ग्रहको अर्को मुक्तक ‘एसियाली मापदण्ड’ मा पञ्चायती शासकले ल्याएको विकासे नाराप्रति व्यङ्ग्य गरिएको छ । ‘माली’ शीर्षकको मुक्तकमा नेपाललाई फूलबारी र जनतालाई माली भनिएको छ । ‘सडकदेखि सडकसम्म’ मुक्तकमा सदनमा जनताको आवाज मुखरित नभएर त्यो नेताको बिक्री गर्न थलो भएको भनी व्यङ्ग्य गरिएको छ ।
‘नरेन्द्रदाइलाई सन्देश’ शीर्षक मुक्तकमा निरङ्कुश शासकको बन्दी घेरा तोडेर बाहिर निस्केर जनतालाई मुक्ति दिन आवश्यक छ भनिएको छ । ‘पर्यावर्तन’ मुक्तकमा जनताका पक्षमा लड्दा थुपै्र वीरयोद्धाहरूले साहदत प्राप्त गरे पनि जनताको शासन व्यवस्था आउन सकेको छैन भनिएको छ ।
आँधी तुफान मुक्तक सङ्ग्रहमा सङ्गृहीत ‘जीवन’ मा जीवनलाई सङ्घर्षको पर्यायका रूपमा लिइएको छ र जीवन सङ्घर्षमा लगाउनु पर्छ, पैसाको पछाडि लगाउनु हुँदैन भनिएको छ । ‘भन्सारै पर्खनुपर्ला’ शीर्षक मुक्तकमा तल्लो तहको कर्मचारीका पीडा प्रस्तुत गरिएको छ । महँगी बढ्ने तर तलबले खान नपुग्ने हुनाले कर्मचारीहरू भन्सार जस्ता कमाइ हुने ठाउँ रोज्न बाध्य हुनु परेको हो भन्ने यस कविताको आशय रहेको छ । ‘नवोदित प्रदीप’ शीर्षक मुक्तकमा अँध्यारो र उज्यालो छुट्याएर स्वतन्त्रता र उज्यालोको पक्षमा लाग्नु पर्ने विचार प्रकट गरिएको छ ।
‘कोठे क्रान्तिकारी’ शीर्षक मुक्तकमा कम्युनिस्ट आन्दोलनभित्र देखिएको जड्सूत्रवादी प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरिएको छ । सङ्घर्षको मैदानबाट भाग्ने, सिद्धान्तका ठेलीमा रमाउने, पद प्रतिष्ठा खोज्ने तर आन्दोलनमा प्रतिवद्ध नहुने जस्ता कोठे क्रान्तिकारीहरू प्रति यसमा कटाक्ष गरिएको छ । ‘ज्युँदै मरेको मान्छे’ शीर्षक मुक्तकमा पैसा र कुर्सीका लागि मरिहत्ते गर्ने नेताहरूलाई ज्युँदै मरेको मान्छेका रूपमा तुलना गरिएको छ र त्यस्ता नेतालाई नेपाली माटोले धिक्कारी रहेको छ भन्ने धारणा यसमा व्यक्त भएको छ ।
आँधी तुफान मुक्तक सङ्ग्रहमा सङ्गृहीत ‘देश जर्जर बनेको छ’ शीर्षक मुक्तकमा देश जर्जर भएको र देशलाई मुक्त बनाउने जिम्मा जनतामा आएको उल्लेख गरिएको छ । साथै देश बनाउने सामथ्र्य जनतासँग छ यसका लागि जनताले वैरीहरूसँग लड्दै देशको रक्षा गनुपर्छ भनिएको छ । ‘किल्ला ध्वस्त हुन्छन्’ शीर्षक मुक्तकमा एक जना क्रान्तिकारी योद्धा जस्तोसुकै परिस्थितिमा पनि डटेर सामना गर्छ र मर्न परे दुस्मनको किल्ला ध्वस्त गरेरै छाड्ने कुरामा प्रतिबद्धता हुन्छ भनिएको छ । सङ्ग्रहको चौधौँ मुक्तक ‘आँधी–तुफान’ मा आन्दोलनको नयाँ आँधीले शोषक, सामन्त, अत्याचारीहरूको शासन सत्ता अन्त्य गरी नयाँ युगको निर्माण हुनेछ भनिएको छ । अर्को मुक्तक ‘व्याधा’ मा पञ्चायती शासकलाई व्याधाका रूपमा चित्रण गर्दै ती शासकले जनताका स्वतन्त्रतामाथि बन्दुक तेर्साइरहेका छन् भनिएको छ । यस सङ्ग्रहमा रहेको ‘तँ’ शीर्षकको मुक्तकमा आन्दोलनदेखि पलायन भएको ‘तँ’ पात्रलाई जीवनदेखि नै भागेको भनिएको छ ।
‘अन्तर्वार्ता’ शीर्षक मुक्तकमा पञ्चायती संविधानमा शोषण विहीन समाज र स्वतन्त्रताको कुरा लेखिए पनि त्यो व्यवहारमा लागु नभएको र नेताहरूबाटै त्यसको उलङ्घन भएको बताइएको छ ।
‘रोगी घोडा’ शीर्षक मुक्तकमा पञ्चायती शासन व्यवस्था शासनलाई रोगी घोडा र पञ्चायती नेता र कर्मचारीलाई किर्ना र जुम्राको प्रतीकका रूपमा चित्रण गरिएको छ।
आँधी तुफान सङ्ग्रहमा रहेको ‘जूनकीरी’ शीर्षकको मुक्तकमा गरिब, शोषित, पीडितहरू एकजुट भएर नयाँ युगको निर्माणमा अग्रसर हुन सके जनविरोधी सामन्ती सत्ता ढल्ने छ भन्ने धारणा व्यक्त भएको छ ।
‘महाभूकम्प’ शीर्षक मुक्तकमा चाकडी चाप्लुसी गरेर मन्त्री बन्ने र जनताको काम नगर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । ‘म नेपाली हुँ’ शीर्षकको मुक्तकमा नेपालीहरूमा राष्ट्रप्रेमी हुन्छन् र जस्तो सुकै अभाव र कठिनाइका बिचमा पनि आफ्नो राष्ट्रप्रति सचेत रहने नेपाली विशेषता हुन्छ भन्न खोजिएको छ ।
यस सङ्ग्रहको अन्तिम मुक्तक ‘कालो दारी’ मा मान्छेले कुकुरको जस्तो नुनको सोझो मात्र गर्नु हुँदैन, मान्छे र कुकुरमा फरक हुनुपर्छ भन्ने आशय व्यक्त गरिएको छ ।
समग्रमा हेर्दा आँधी तुफान मुक्तक सङ्ग्रहमा सङ्कलित मुक्तकहरूले तत्कालीन समयका विशेषतः राजनीतिक विषयवस्तुलाई समातेको देखिन्छ । सबैजसो मुक्तकले तत्कालीन शासन व्यवस्थामा रहेका विकृति, विसङ्गति, अन्याय आदिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यथास्थितिबाट जनताको हित हुँदैन र जनताको हितका लागि अहिलेको (तत्कालीन) व्यवस्थामा परिवर्तन गर्नुपर्छ भनिएको छ । यस सङ्ग्रहका अधिकांश मुक्तकमा विद्रोही भाव छ । तत्कालीन पञ्चायती शासन व्यवस्थामा देखिएका विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ ।
२.३.२ लय विधान
आँधी तुफान मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरू कविताको लघुतम आयामका रूपमा रहेको मुक्तक आकारमा रहेका छन् । यहाँ प्रायः मुक्त लयका मुक्तकहरू छन् । प्रायः चार हरफका मुक्तकहरूमा अन्त्यानुप्रास मिलाउने प्रयत्न गरिएको छ । तर सबै मुक्तकमा चार हरफमात्र छैनन् । ‘किल्ला धस्त हुन्छन्’ शीर्षकको मुक्तक सात हरफमा संरचित छ भने ‘ज्युँदै मरेको मान्छे’, ‘अन्तर्वार्ता’, ‘कालो दारी’ आदि मुक्तकहरू पाँच हरफमा संरचित छ । यस सङ्ग्रहका अधिकांश मुक्तकमा अन्त्यानुप्रासयुक्त छन् । यसबाट लयको सिर्जना भएको देखिन्छ ।
२.३.३ भाषाशैली
आँधी तुफान मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरूमा सरल र प्रचलित शब्दहरू प्रयोग पाइन्छ । यसमा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतबाट शब्दहरू लिइएका छन् । यस सङ्ग्रहमा सङ्गृहीत अधिकांश मुक्तकमा व्यङ्ग्यको प्रयोग गरिएको छ । ‘एसियाली मापदण्ड, कोठे क्रान्तिकारी, कालो दारी’ जस्ता मुक्तकमा व्यङ्ग्यको प्रयोग पाइन्छ । कहीँ कहीँ बिम्ब र प्रतीकहरूको प्रयोग भएको छ । यस्ता बिम्ब र प्रतीकहरू नेपाली प्रकृति, नेपाली समाज र नेपाली संस्कृतिबाट लिइएका छन् । पञ्चायती राजनीतिमा रहेका विकृति, विसङ्गतिप्रति व्यङ्ग्य यस सङ्ग्रहका मुक्तकको मुख्य विशेषता हो ।
२.४ ‘फेरि अर्को तारा खस्यो’ कवितासङ्ग्रहको अध्ययन
फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहको प्रकाशन वि.सं. २०६३ मा भएको हो । यसमा ४० वटा कविताहरू सङगृहीत छन् । यस सङ्ग्रहभित्र रहेका कविताका शीर्षक निम्नानुसार छन् : फेरि अर्को तारा खस्यो, आगो, पहाड, जनकवि, छोरीसँग संवाद जुरेढुङ्गो र छल्दीको छाल, मलाई बनफूलसँगै नाच्न नभन, आकास गर्जिंदैछ, सम्झनाको तरेलीमा, चाहना र विश्वास, धनेश्वर, खै हामीले कहाँ जित्यौँ , क्रान्तिको नयाँ सन्देश, जूनकीरी, गोरेटो र बाटो, हँसाउने कविता, चिल, अग्निशिखा, प्रतिशोध, सहिदले खिज्याउँछ, मलाई सुत्न नभन, प्यारो बाबा !, नदी, कवि र कविताहरू, बन्द परिवेश र ऊ, देश, युद्धको कथा, तिम्रो कविता पढेँ, लामखुट्टेहरू, उज्यालोको खोजी, तिम्रो सत्ता, रात, रक्तिम आभा, जनता जनताकै कविता लेख्छन्, निर्जन बस्तीमा एउटा मान्छे, अभिशप्त जिन्दगी, सालिक ढल्दै गर्दा, समाजसेवी, सुनसान गाउँ– १, सुनसान गाउँ– २ ।
२.४.१ भाव
फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहका सबै जसो कवितामा २०५० देखि २०६० को दशकको नेपाली राजनीति, नेपाली समाज, संस्कृति आदिका विषयहरू समावेश भएका छन् । सङ्ग्रहको पहिलो कविता ‘आज फेरि अर्को तारा खस्यो’ कृष्ण सेन ‘इच्छुक’ को हत्याको विषयमा आधारित छ । इच्छुकको हत्याबाट नेपाली प्रकृति पनि स्तब्ध भएको छ भन्ने यस कविताको भाव रहेको छ । यस कवितामा इच्छुकलाई ताराका रूपमा प्रस्तुत गरिएको छ ।
‘आगो’ शीर्षकको कवितामा अन्याय अत्याचारको अन्त्यमा लागि क्रान्तिरूपी आगो बल्नु पर्छ भन्ने भाव व्यक्त गरिएको छ । ‘अग्निशिखा’ शीर्षकको कवितामा पुरातनवादी सोच, शोषण र अन्याय अब टिक्न सक्तैनन्, जनताको विद्रोहले तिनको अन्त्य गर्छन् भन्ने भाव व्यक्त गरिएको छ ।
‘आकाश गर्जिदैछ’ शीर्षक कवितामा राजतन्त्र विरोधी आन्दोलनको सन्दर्भ चित्रण गरिएको छ । जनताको आन्दोलनले सामन्ती सत्ताका नायिकेहरूलाई परास्त गर्छ भन्ने यस कविताको सार रहेको छ । ‘अभिशप्त जिन्दगी’ शीर्षक कवितामा युद्धकालीन सन्दर्भको चित्रण गरिएको छ । युद्धको समयमा देखिएका भय, पीडा र वेदनालाई आदिलाई यसले चित्रण गरेको छ । आमा पात्रका माध्यमबाट एउटा छोराको हत्या भए पनि हजारौं छोराहरू जन्माउने र क्रान्तिको यात्रालाई पूरा गर्ने अठोट यसमा गरिएको छ ।
सङ्ग्रहको दशौँ कविता ‘चाहना र विश्वास’ शीर्षकको कवितामा अन्धकारलाई चिर्न क्रान्ति पुरुष आउँनेछ भन्दै चाहना र विश्वास व्यक्त गरिएको छ । ‘उज्यालोको खोजी’ शीर्षकको कवितामा विचारको हतियार लिएर अन्धकारका विरुद्ध लड्ने सन्दर्भ प्रस्तुत गरिएको छ । संवादात्मक शैलीमा रहेको यस कवितामा महान् लक्ष्य बोकेर हिँडेका कतिपय व्यक्तिहरू सीमित स्वार्थमा भुल्ने गरेको प्रति व्यङ्ग्य गरिएको छ ।
‘धनेश्वर’ शीर्षकको कवितामा ईश्वरका पक्षपातीहरूमाथि प्रश्न गर्दै भगवान् भक्तिका नाममा अन्धभक्त भई नलाग्न आग्रह गरिएको छ । ‘खै हामीले कहाँ जित्यौँ’ शीर्षकको कवितामा जनआन्दोलन भाग–२ को अन्तिम दिन (वैशाख ११ गते) लाई इंगित गर्दै जनताका मागहरू पूरा नहुँदै आन्दोलन किन रोकिएको भनी प्रश्न गरिएको छ र नेताहरूले आन्दोलन रोके पनि जनक्रान्तिको यात्रा निरन्तर रहेको भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको अर्को कविता ‘गोरेटो र बाटो’ मा आन्दोलनको गन्तव्य एउटै भए पनि हिँड्ने बाटाहरू फरक फरक भएको र ती फरक फरक बाटोमा हिँडे पनि पुग्नु पर्ने ठाउँ एउटै रहेको भन्ने उल्लेख गरिएको छ । त्यस्तै कुनै बाटोबाट हिँड्दा कम क्षतिमा गन्तव्यमा पुगिन्छ भने कुनै बाटो हिँड्दा बढी क्षति व्योहोर्नु पर्न हुन्छ भनिएको छ । यसले क्रान्तिका बाटाहरूलाई सङ्केत गरेको छ ।
‘चिल’ शीर्षकको कवितामा जनयुद्धकालीन सत्ता पक्षले जनतामािथ गरेको दमन, उत्पीडन आदिप्रति व्यङ्ग्य गरिएको छ । ‘सहिदले गिज्याउँछ’ शीर्षकको कवितामा सङ्कट कालका समयमा नेपालका कतिपय वामपन्थी पार्टीले देखाएको छेपारोले झैँ रङ्ग फेर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । सहिदको बलिदानबाट आएको परिवर्तनलाई बेवास्ता गर्दै आफ्नो स्वार्थमा रुमलिने नेतृत्वप्रति आक्रोश व्यक्त भएको छ । ‘जुनकीरी’ शीर्षक कवितामा शोषण, अन्याय र अत्याचारका विरुद्ध जुनकीरीझैँ शरीरमा क्रान्तिको आगो बोकेर हिँड्नुपर्छ भन्ने भाव व्यक्त भएको छ ।
सङ्ग्रहको चौथो कविता ‘जनकवि’ मा जनकवि गोकुल जोशी विचारलाई विचार निर्माता भन्दै उनी आफ्नो विचारबाट कहिल्यै विचलित नभई काव्य यात्रालाई निरन्तरता दिए भन्ने भाव व्यक्त गरिएको छ । गोकुल जोशी भोको पेटमा जनताका लागि कविता लेख्दै हिँडे तर अरु कविहरू सुखसयलमा रहेर कविता लेख्छन् र आफूलाई जनताका कवि भन्न रुचाउँछन् भन्ने कुरा यसमा भनिएको छ ।
‘जनता जनताकै कविता लेख्छन्’ कवितामा अधाएको पेटमा रचिएको कविताले जनताको होइन, शासक चाहिँ सेवा गर्छ भनिएको छ । यसमा जनताका लागि भोक, रोग र शोक नै कविता हुन् र जनताको कविता जनताले मात्र लेख्न सक्छन् भनिएको छ ।
‘जुरे ढुङ्गो र छल्दीको छाल’ शीर्षक कवितामा जुरे ढुङ्गालाई सामन्तवादको प्रतीकका रूपमा उभ्याउँदै जुरे ढुङ्गाको अन्त्यका लागि छल्दीमा छाल आउनु पर्ने भन्ने सन्दर्भबाट सामन्तवादको अन्त्यका लागि जनविद्रोहको आवश्यकता औँल्याइएको छ ।
‘तिम्रो कविता पढेँ’ शीर्षकको कवितामा जनताका मर्म नबुझेका सहरका आलिसान महलमा बसी सामन्ती सरकारको पछौटे भई लेखिएका कविता र कविहरूप्रति व्यङ्ग्य एवम् उपहास गरिएको छ । जनचाहना र मर्मलाई समेट्न नसक्ने साहित्यको कुनै अर्थ नहुने भाव यस कवितामा व्यक्त भएको छ ।
‘सम्झनाको तरेलीमा’ शीर्षकको कवितामा जनता विद्रोहमा निक्लिएको सन्दर्भ प्रस्तुत गर्दै जनसङ्घर्षले विजय हासिल गरिछाड्छ भन्ने भाव व्यक्त भएको छ । ‘प्रतिशोध’ शीर्षक कवितमा उत्पीडितका लागि अन्तिम विकल्प भनेको हतियार उठाउनु हो भन्ने भाव व्यक्त गरिएको छ ।
‘तिम्रो सत्ता’ शीर्षकको कवितामा निरंकुश सत्ताको अन्त्यका लागि जनताहरू सङ्घर्षमा उत्रिएका र अन्त्यमा जनताको जित भइछाड्छ भन्ने भाव व्यक्त भएको छ । ‘देश रोइरहेको बेला’ शर्षिक कवितामा देशलाई सङ्कट परेका बेला व्यक्तिगत सुख, सयलका कुरा बिर्सिएर क्रान्तिमा लाग्नु पर्ने भाव व्यक्त भएको छ ।
‘देश’ शीर्षकको कवितामा सामन्ती राज्यव्यवस्थाका कारण देश जर्जर बनेको छ र त्यसबाट मुक्त गराउन जनताहरूले निर्णायक सङ्घर्ष गर्नुपर्छ भन्ने आग्रह गरिएको छ । ‘निर्जन बस्तीमा एउटा मान्छे’ शीर्षक कवितामा स्वतन्त्रता र मुक्तिका लागि एक जना क्रान्तिकारी योद्धाको खोजी गर्नु पर्ने भन्ने भाव व्यक्त भएको छ ।
‘नदी’ शीर्षकको कवितामा समानता र न्यायका निम्ति निरन्तर विद्रोह आवश्यक छ भनिएको छ । ‘प्यारो बाबा’ शीर्षकको कवितामा जनयुद्धका समयमा जनतामाथि शाही सेनाद्वारा गरिएको अमानवीय तथा नृसंस हत्याको चित्रण गरिएको छ ।
‘कवि र कविताहरू’ शीर्षक कवितामा जनताका सुख–दुख, पिर व्यथालाई कविताका विषय बनाइनु पर्छ र तिनमा जीवन संघर्षको छाप देखिनुपर्छ भनिएको छ । ‘बन्द परिवेश र ऊ’ शीर्षकको कवितामा एक जना क्रान्तिकारी युवकले जेलमा बन्दी हुँदा पनि निडर भएर मानवमुक्तिको गीत गाइरहेको विषय आएको छ ।
‘पहाड’ शीर्षकको कवितामा क्रान्तिलाई पहाडको रूपमा प्रस्तुत गर्दै जतिसुकै कठिन भए पनि क्रान्ति सफल भइछाड्छ भन्ने आव व्यक्त गरिएको छ । ‘हँसाउने कविता’ शीर्षकको कवितामा देश जर्जर बन्दै गएको जनता राज्य आतंकको मारमा परेको समयमा खुसीका कविता लेख्न सकिँदैन भन्ने भाव व्यक्त गरिएको छ ।
‘छोरीसँग संवाद’ शीर्षकको कवितामा जनआन्दोलन २०६२/०६३ को परिवेशको चित्रण गरिएको छ । यस कवितामा देशको तत्कालीन अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशलाई मुक्त गराउन आवश्यक छ भन्ने भाव व्यक्त गरिएको छ । ‘मलाई वनपूmलसँगँ नाँच्न नभन’ शीर्षकको कवितामा शासक वर्गले जनतामाथि गरेको शोषणबाट मुक्तिका लागि जनता जाग्नु पर्छ भन्ने भाव व्यक्त भएको छ ।
‘युद्धको कथा’ शीर्षकको कवितामा छोराले उसको बुबासँग युद्धवर्णन सुन्न चाहेको सन्दर्भबाट देशका लागि संघर्ष गर्दागर्दै सहिद भएकाहरूको महिमागान गरिएको छ ।
‘लामखुट्टेहरू’ शीर्षकको कवितामा शासकलाई लाम्खुट्टेको रूपमा उभ्याउँदै शासकहरूले जनतालाई दुःख दिइरहेका छन् भनिएको छ । ‘रात’ शीर्षक सामन्ती शासन व्यवस्थालाई अँध्यारो रात र क्रान्तिको प्रतीकको रूपमा आगोलाई प्रस्तुत गर्दै सामन्ती शासनको अन्त्य हुनुपर्छ भन्ने भाव व्यक्त गरिएको छ ।
‘रक्तिम आभा’ शीर्षकको कवितामा जनताले परिवर्तनका लागि पटकपटक आन्दोलन गरेका तर हरेक पटक अधुरो वा धोकामा गएर आन्दोलन टुङ्गिएको सन्दर्भ स्मरण गर्दै जनताको परिवर्तको चाहना बाँकी रहेकाले अझै पनि क्रान्ति हुन्छ भन्ने भाव व्यक्त भएको छ ।
‘समाजसेवी’ शीर्षक कवितामा समाजसेवा गर्नका लागि पनि अध्ययन र परिवर्तनकारी विचार आवश्यक हुन्छ भनिएको छ । समाज सेवाका नाममा पैसाको खेती गर्ने प्रवृत्तिप्रति सचेत गराइएको छ ।
‘सुनसान मेरो गाउँ –१’ कवितामा युद्धका कारण सुनसान बनेको गाउँको वस्तुस्थितिको चित्रण गरिएको छ् । युद्धका कारणहरू गाउँहरू भयावह र सुनसा नबनेका छन् भन्ने यस कविताको सार रहेको छ । ‘सुनसान मेरो गाउँ –२’ शीर्षक कवितामा गाउँले वातावरणको चित्रण गरिएको छ । युद्धका कारण गाउँमा विश्वास हटेको, विश्वासघात हुन थालेको भए पनि क्रान्तिको आशा बाँकी रहेको भाव उल्लेख गरिएको छ ।
‘सालिक ढल्दै गर्दा’ शीर्षकको कवितामा राजतन्त्रका विरुद्ध जनताहरू सडकमा ओर्लिएको र जनताहरू बलिदान दिन तयार रहेको भाव व्यक्त गरिएको छ । जनआन्दोलनमा साहदत भएकी सेतु विकको सन्दर्भबाट यसमा सहिदप्रतिको सम्मान र परिवर्तनको भावलाई व्यक्त गरिएको छ ।
समग्रमा हेर्दा प्रस्तुत फेरि अर्को तारा खस्यो सङ्ग्रहमा समेटिएका कविताहरूमा २०५० देखि २०६२ आसपासको समयको नेपाली समाज, संस्कृति र विशेषतः राजनीतिका विभिन्न सन्दर्भहरूको चर्चा गर्दै तत्कालीन शासन व्यवस्थाको विरोध गरिएको छ । तत्कालीन राज्य व्यवस्था जनताको हितमा छैन र त्यसलाई परिवर्तन गर्न आवश्यक छ र त्यो सम्भव छ भन्ने यस सङ्ग्रहका कविताहरूको मूल भाव रहेको छ । देश जर्जर बनेको छ, सामन्ती सत्ताको विरुद्ध परिवर्तनका स्वरहरू गुञ्जिँदै छन्, जनयुद्ध चलिरहेको थियो । समय सापेक्ष रूपमा जनताको कविले जनताकै कविता लेख्नु पर्ने धारणा बोकेका भण्डारीका कवितामा पनि त्यस समयको कठोर यथार्थताको चित्रण पाइन्छ । उनका यस सङ्ग्रहका कवितामा जनताका परिवर्तनकामी चाहनाहरू सलबलाएका छन् । उनका सम्पूर्ण कविता दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहना अभिवृद्धि गर्ने खालका र छन्दका कठोर नियमबाट नआई निष्फिक्री रूपमा गद्य लयमा प्रस्तुत भएका छन् । यस सङ्ग्रहका कवितामा तत्कालिन यथार्थताको प्रकटीकरण सँगै राष्ट्रभक्तिको भावना प्रवल रूपमा आएको देख्न सकिन्छ । कवि भण्डारी यस सङ्ग्रहमा जनताका कविका रूपमा देखिएका छन् । तत्कालीन जनयुद्ध तथा जनआन्दोलनका कारण राजनीतिक परिवर्तन सम्भव भएको धारणा प्रस्तुत गर्न कवि सफल देखिएका छन् । यस सङ्ग्रहका कवितामा प्रगतिवादी विचार पाइन्छ ।
२.४.२ लय विधान
आज फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहमा रहेका सबै कविताहरू मुक्त वा गद्य लयमा रहेका छन् । गद्य लयमा रचिएका कविताहरूमा पनि आंशिक अन्त्यानुप्रासको योजना पाइन्छ । यसका साथै स्वर तथा व्यञ्जन वर्णहरूको अनियमित पुनरावृत्ति पनि पाइन्छ । यस्तो प्रयोगले आन्तरिक लय सिर्जना गरिएको छ । अन्त्यानुप्रास तथा अन्य विभिन्न अनुप्रासले यस सङ्ग्रहका कविताहरूको आन्तरिक लय निकै सशक्त देखिन्छ । गद्य लयमा लेखिएका भए पनि यस सङ्ग्रहका कविताहरू श्रुतिमधुर छन् ।
२.४.३ भाषाशैली
आज फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहका कविताहरूमा सरल र सम्पे्रष्य भाषाको प्रयोग गरिएको पाइन्छ । कविताहरू वर्णनात्मक, संवादात्मक तथा आत्मसंस्मरणात्मक शैलीमा लेखिएका छन् । कविताहरूमा व्यङ्ग्यात्मकता पनि पाइन्छ । यस सङ्ग्रहका कवितामा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतका शब्दहरू प्रयोग भएको पाइन्छ । यीमध्ये तत्सम शब्दको अधिक प्रयोग पाइन्छ ।
प्रस्तुत आज फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहका कविताहरूमा नेपाली प्रकृति, समाज, संस्कृति, इतिहास र विश्व इतिहासका बिम्ब, प्रतीकहरूको प्रयोग भएको पाइन्छ । यसका अधिकांश कविता वर्णनात्मक छन् । कविता सरल र सम्प्रेष्य छन् ।
२.५ ‘देश जागेको बेला’ कविता सङ्ग्रहको अध्ययन
विष्णु भण्डारीको तेस्रो कविता सङ्ग्रह देश जागेको बेला (२०६३) कविता सङ्ग्रहमा ३० वटा कविताहरू सङ्ग्रहीत छन् । यसमा रहेका कविताहरू यस प्रकार छन् : सपना र कीर्तिपुर, कीर्तिपुरको पीडा, बलिदानको कविता हो पोखरा, बनेपा अर्को सहिद बन्यो, वर्तमान जल्दैछ डाक्टर !, गोङ्गबु ! म गाउला तिम्रो गीत, न कलम झुक्यो न रङ्ग सुक्यो, परासी र विष्णुका पदचापहरू, बुख्याँचा र न्यायमूर्ति, मेरो पियारो गुल्मी जिल्ला, कालो पुलको अन्तव्र्यथा, सूचनाका संवाहक, सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची, चाबहिल ! तिमीलाई बधाई छ, अनाहूत, निजगढको तारा, गोरखा र आधा आकाश, जुलुस बोकेर हिँडेको मान्छे, म तिम्री सेतु बिक, झापाको क्रान्ति सन्देश, कलङ्कीका स्वजनहरू, जनता जागेको दिन, उत्सर्गको कथा लेखिएको दिन, निदाएको छैन जोमसोम, पर्वतका सम्बेगहरू, चितवन र चेलीका आवाज, चिबेचरा र बिरालाहरू, सुनसान र निस्पन्द असन, मेरो मन उद्वेलित छ, कलंकी ! म फर्किने बेला भयो यी कविताहरूका बारेमा भाव, लय र भाषाशैलीका आधारमा चर्चा गरिएको छ ।
२.५.१ भाव
देश जागेको बेला (२०६३) कविता यस सङ्ग्रहको पहिलो कविता ‘सपना र कीर्तिपुर’ हो । यसमा २०६२/०६३ सालको जनआन्दोलनमा कीर्तिपुरका जनताले गरेको आन्दोलनको स्मरण गरिएको छ । कीर्तिपुरवासीलाई सम्बोधन गर्दै लेखिएको यस कवितामा निरङ्कुशता नटिक्ने उद्घोष गरिएको छ । जनताका अगाडि निरङ्कुश शासकहरूले घुँडा टेक्नुपर्छ भन्ने यस कविताको भाव रहेको छ ।
‘कीर्तिपुरको पीडा’ सङ्ग्रहको दोस्रो कविता हो । २०६२/६३ को जनआन्दोलन अन्तर्गत चैत–२५ गतेका दिनमा जुर्मुराउँदै उठेको कीर्तिपुरको सङ्घर्षका विषयमा यो कविता लेखिएको छ । जनताहरू राजतन्त्रका विरुद्ध अग्रसर रहेका छन् भन्ने यस कविताको भाव रहेको छ ।
सङ्ग्रहको तेस्रो कविता ‘बलिदानको कविता हो पोखरा’मा २०६२ को चैत–२६ गते पोखरामा भएको जनआन्दोलनको चित्रण गरिएको छ । जनआन्दोलनका सहिद भीमसेन दाहालको साहदतको सन्दर्भमा यो कविताको सिर्जना भएको पाइन्छ । पोखराबासी रक्त बीजमा वंशज हुन्, मुटु दह्रो पारी पहाड फुटाउन तयार छन् भन्ने भाव यसमा व्यक्त गरिएको छ । जनआन्दोलनमा पोखरा बासीहरूले देखाएको वीरताको वर्णन नै यस कविताको विषय हो ।
सङ्ग्रहको चौथो कविता ‘बनेपा अर्को सहिद बन्यो’ शीर्षक कवितामा २०६२ चैत २७ गते बनेपामा भएको सङ्घर्षको सन्दर्भ उठान गरिएको छ । शाही सत्ताले लाठी र गोली चलाउँदा पनि बनेपाबासी जनताहरू निरङ्कुश सत्ताविरुद्ध छाती खोलेर मृत्युसँग नडराई सडकमा उठेका छन् भन्ने भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको पाँचौँ कविता ‘वर्तमान जल्दैछ डक्टर’ शीर्षकको कवितामा २०६२ चैत २८ गतेका दिन लेखिएको उल्लेख छ । कवितामा देशमा लागेको निरङ्कुशताको रोगलाई निर्मूल पार्नको लागि डाक्टरलाई आह्वान गरिएको छ ।
सङ्ग्रहको छैँटौँ कविता ‘गोङ्गबु ! म गाउँला तिम्रो गीत’ शीर्षकको कवितामा जनआन्दोलनकै क्रममा २०६२ चैत २९ गते काठमाडौंको गोङ्गबुमा भएको दमनलाई समेट्दै शाही शासकको प्रतिनिधि पात्र माधव (गोली हान्न आदेश दिने) ले निहत्था मान्छेमाथि गोली बर्साउन आदेश दिएको सन्दर्भ उल्लेख गर्दै गाउँ गाउँबाट आएका जनतालाई जनाको शक्तिका अगाडि शासकको केही लाग्दैन भन्ने भाव व्यक्त गरिएको छ । यस कवितामा गोङ्बुलाई मानवीकरण गर्दै जनतालाई सान्त्वना प्रकट गरिएको छ ।
सङ्ग्रहको सातौँ कविता ‘न कलम झुक्यो न रङ्ग सुक्यो’ शीर्षकमा २०६२ चैत ३० मा रचिएको उल्लेख छ । जनआन्दोलनको समयमा साहित्यकार, कलाकारमाथि शाही सत्ताले गरेका दमानको सन्दर्भमा यो कविता लेखिएको छ । शाही सेना आक्रमक रूपमा जाइलागेको घटना प्रसङ्देखि विभिन्न साहित्यिक साङ्गीतिक मोर्चाको आन्दोलनको चर्चा यसमा गरिएको छ ।
सङ्ग्रहको आठौँ कविता ‘परासी र विष्णुका पदचापहरू’ शीर्षकमा २०६२ चैत ३० गते परासी क्षेत्रमा भएको बर्बरतापूर्ण दमन र विष्णु पाण्डेलाई गरिएको हत्याको घटनालाई कविताको विषय बनाइएको छ । परासी मातालाई हतोत्साहित नहुन र आफ्नो रगत पछ्याउँदै अरू सन्तान अघि बढ्ने आग्रह यसमा गरिएको छ ।
‘बुख्याँचा र न्यायमूर्ति’ शीर्षकको कवितामा २०६२ चैत ३१ गते न्यायप्रेमीका आवाजमाथि बहुला कुकुरको आक्रमणले सिङ्गो न्यायका रक्षकलाई भक्षक तुल्याएको विषयमा कविता संरचित छ । आन्दोलनमा जनदमन गर्ने निरङ्कुश सत्ताका चरित्रको भण्डारफोर गर्नुपर्छ भन्ने यस कविताको आशय रहेको छ ।
सङ्ग्रहको दसौँ कविता ‘मेरो पियारो गुल्मी जिल्ला’ शीर्षक कवितामा गुल्मीका जानताहरू अन्याय अत्याचारको विरुद्धमा रेसुङ्गा भन्दा अग्लो पर्खाल बनेर उभिएको भाव व्यक्त गरिएको छ । सङ्ग्रहको एघारौँ कविता ‘कालो पुलको अन्तव्र्यथा’ मा वैशाख २ गते स्वाधीनताको नारा बोकी उर्लिएको कालोपुलको सन्दर्भ प्रस्तुत गरिएको छ । कालो मसान उत्पन्न भएर कुर्लिएको र बागमती रक्ताम्य भएको घटनालाई यसमा उल्लेख गरिएको छ । कालोपुललाई मानकीकरण गर्दै यस कवितामा कविले कालोपुल रगतका धाराले पोतिएको कङ्कालहरूले घेरिएको अवस्थाको चर्चा गरिएको छ । यसमा कालोपुलमा वैशाख–२ गते सरकारले गरेको दमनको चित्रण गरिएको छ ।
सङ्ग्रहको बाह्रौँ कविता ‘सूचनाका संवाहक’ २०६३ वैशाख २ गते गौशालामा धर्ना बसेका पत्राकारहरू माथि निर्ममतापूर्वक गरिएको फौजी आक्रमणलाई विषयवस्तु बनाई लेखिएको छ । यो कविता वार्तालापीय शैलीमा लेखिएको यस कवितामा जनआन्दोलनको कदर नगर्ने ती हिटलर र मुसोलिनी अस्ताएर गए जनताको जीत हुने सन्दर्भ प्रकट गरिएको छ ।
सङ्ग्रहको तेह्रौँ कविता ‘सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची’ शीर्षक कवितामा २०६३ वैशाख ३ मा अर्घाखाँचीमा उर्लेको जनसमुदाय र त्यसमाथि भएको निरङ्कुशता र दमनबाट पीडित भएको अर्घाखाँचीको घटनालाई विषयवस्तु बनाइ लेखिएको यस कवितामा अर्घाखाँचीका जनताको प्रतिरोधको सन्दर्भ चित्रण गरिएको छ ।
सङ्ग्रहको चोधौँ कविता ‘चाबहिल तिमीलाई बधाइ छ’ मा २०६३ वैशाख ४ मा हातमा हात मिलाउँदै बन्दुक र लाठ्ठीसँग नडराई गाउँ–गाउँ र टोल–टोलबाट जनता उर्लिएर चाबहिलमा भेला भएको सन्दर्भको चर्चा गरिएको छ । चाबहिललाई मानवीकरण गर्दै सैनिकद्वारा चाबहिलको छात्तीमाथि बुटले कुल्चेको र गोलीले अङ्गभङ्ग पारेको यथार्थलाई प्रकट गर्दै कवि आपूm पनि चाबहिल जस्तै वीर कर्मठयोद्धा बन्ने विचार प्रकट गरिएको छ ।
सङ्ग्रहको पन्धौँ कविता ‘अनाहूत’ मा २०६३ वैशाख–४ मा नेपाली संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यको मनोरञ्जन लिन नेपाली भूमि प्रवेश गरेका पर्यटक माथि काठडमाडौंको ठमेल क्षेत्रमा भएको दमनलाई कविताको विषयवस्तु बनाइएको छ ।
सङ्ग्रहको सोह्रौँ कविता ‘निजगढको तारा’ मा २०६३ वैशाख ४ गते विद्रोहका स्वरूपहरू फेरिँदै शङ्ख बजाउँदै गरिएको निजगढको विरोधमा मारिएका हिरालालको वीरताको बयान गरिएको छ । प्रचण्ड गर्मीमा आन्दोलनले थप तातिरहेको निजगढमा बहुला दानवीय शासकले बर्बर दमन गरी निमुखा जनताको हत्या गरी रगताम्य पारेको सन्दर्भ यसमा चित्रित छ ।
सङ्ग्रहको सत्रौँ कविता ‘गोरखा र आधा आकाश’ शीर्षकमा रहेको छ । जनविद्रोहकै क्रममा २०६३ वैशाख –५ गते गोरखामा उन्मुक्तिको र विद्रोहको गीत गाउँदै काला अतीतका कृत्यहरू हटाउन उर्लेको जनलहरको विषयलाई यस कवितामा राजतन्त्रका विरुद्ध लखन थापा बनेर र दासताको विरुद्ध आगो बनेर होमिएको भन्ने गोर्खालीको भावना यस कवितामा व्यक्त गरिएको छ ।
सङ्ग्रहको अठारौँ कविता ‘जुलुस बोकेर हिँडेको मान्छे’ मा २०६३ वैशाख ५ गते गृह मन्त्रालयका सम्पूर्ण कर्मचारी आफ्नो र सम्पूर्ण देशको समस्याका लागि जुलुस बोकेर शाही सत्ताको विद्रोहमा हिँडेको घटनालाई विषयवस्तु बनाइएको छ ।
सङ्ग्रहको उन्नाइसौँ कविता ‘म तिम्री सेतु विक’ शीर्षकमा रहेको छ । जनआन्दोलनको चरम रूप लिँदै गइरहेकै समयमा २०६३ वैशाख–५ मा नेपालगन्जमा उर्लिएको जनमानसले कालो सालिकलाई श्रद्धाञ्जली दिने क्रममा सेनाको गोलीबाट आन्दोलनकारी सेतु विकको हत्या हुनको सन्दर्भ यसमा आएको छ ।
सङ्ग्रहको बिसौँ कविता ‘झापाको क्रान्ति सन्देश’ मा परिवर्तनका लागि विद्रोहका आवाज उठाउने झापाली भूमिमा दुर्ई जना होनाहार सपुतको साहदतको घटनालाई कवितात्मक रूप दिइएको छ ।
सङ्ग्रहको एक्कासौँ कविता ‘कलङ्कीका स्वजनहरू’ २०६३ वैशाख –७ गते कलङ्कीमा प्रहरीको गोली हानेको र कलङ्कीका जनताले प्रतिरोध गरेको विषयलाई यस कवितामा वर्णन गरिएको छ ।
सङ्ग्रहको बाइसौँ कविता ‘जनता जागेको दिन’ मा २०६३ वैशाख ८ गते २० लाख जनताले तानाशाही सरकारको विरुद्धमा चक्रपथ परिक्रमा गरेको विषय यसमा आएको छ । जनताहरू लठ्ठी र गोलीसँग सिँगौरी खेलेको घटनालाई यस कवितामा काव्यात्मक रूप दिइएको छ । परिवर्तनका लागि सबै जनता जागेका छन् भन्ने यस कविताको आशय रहेको छ ।
सङ्ग्रहको तेइसौँ कविता ‘उत्सर्गको कथा लेखिएको दिन’ मा २०६३ वैशाख ९ गते उपत्यका बाहिरबाट हजारौँ जनता काठमाडौंमा आएका र शाही सत्ताका विरुद्ध आन्दोलनमा होमिएका जनविद्रोहको विषयवस्तुलाई कवितात्मक रूप दिइएको छ ।
सङ्ग्रहको चौबिसौँ कविता ‘निदाएको छैन जोमसोम’ मा २०६३ वैशाख १० गतेका दिन जोमसोममा क्रान्तिका ज्वारभाटा उठेको सन्दर्भ चित्रण गरिएको छ । जोमसोम चिसो शिखरलाई तातो क्रान्तिबाट दासताको सिक्री चुडाउन क्रान्ति अघि बढेको सन्दर्भ उल्लेख गरिएको छ ।
सङ्ग्रहको पच्चिसौँ कविता ‘पर्वतका संवेगहरू’ मा २०६३ वैशाख १० मा भएको जनआन्दोलनका घटनाहरूलाई कवितात्मक रूप दिइएको छ । शाही सत्ताले बर्बर यातनाको सन्दर्भ प्रस्तुत गर्दै पर्वत जिल्लाको सन्दर्भबाट शाही सरकारले गरेको दमनको विरोध गरिएको छ ।
सङ्ग्रहको छब्बिसौँ कविता ‘चितवन र चेलीको आवाज’ मा जनआन्दोलनका सन्दर्भमा २०६३ वैशाख १० मा लेखिएको उल्लेख छ । चितवनको सन्दर्भबाट जनआन्दोलनको विषय यसमा समेटिएको छ ।
सङ्ग्रहको सत्ताइसौँ कविता ‘चिबेचरा र बिरालाहरू’ मा २०६३ वैशाख ११ मा जनआन्दोलन चलिरहेकै छ भन्ने सन्दर्भमा लेखिएको छ । शासकका सालिक तोड्दै देशका विभिन्न भाग जस्तै : बसुन्धरा, घोराही, पाटन, रूपन्देही सुस्ताएका छैनन् भन्ने भाव सहित यो कविता लेखिएको छ । शाही सत्ताका विरुद्ध हिमाल, पहाड र तराइ एकैसाथ विद्रोहमा उत्रिएको र सामन्ती निरङ्कुशसत्ताका षड्यन्त्रकारीहरू जाल बुनिरहेको सन्दर्भलाई यसमा व्यङ्ग्य गरिएको छ ।
सङ्ग्रहको ‘सुनसान र निस्पन्द असन’ कवितामा हरेक आन्दोलनमा मौन रहने असन २०६२/६३ को जनआन्दोलनमा पनि मौन बसेको सन्दर्भ उल्लेख गरिएको छ । अब असन पनि जाग्छ भन्ने यस कविताको आशय रहेको छ ।
सङ्ग्रहको अन्तिम कविता ‘मेरो मन उद्वेलित छ’ कवितामा कविले समग्र देश नै सामन्ती शासनका विरुद्ध आन्दोलित भइरहेको र यस्तो अवस्थामा कवि आफू पनि चुप लागेर बस्न नसक्ने भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको अन्तिम कविता ‘कलङ्की म फर्किने बेला भयो’ मा जनआन्दोलनको समयमा कलङ्कीले खेलेको भूमिकाको महिमा गान गाइएको छ ।
समग्रमा हेर्दा यस सङ्ग्रहका कवितामा २०६२/०६३ को जनआन्दोलनको विषय केन्द्रित छ । शाही सत्ताका शोषण, उत्पीडन, दमनका विरुद्ध जनताहरू आन्दोलित भएका र त्यसले सामन्ती सत्ताको अन्त्य हुनेछ भन्ने यस सङ्ग्रहका कविताको मूल भाव रहेको छ । वैचारिक दृष्टिले हेर्दा यस सङ्ग्रहका कविताहरू प्रगतिवादी विचारबाट प्रेरित देखिन्छन् ।
२.५.२ लय
विष्णु भण्डारीको तेस्रो कविता सङ्ग्रह देश जागेको बेला (२०६३) कविता सङ्ग्रहमा सङ्गृहीत सबै कविता गद्य लयमा रहेका छन् । ठाउँ ठाउँमा अनियमित रूपमा अनुप्रासको प्रयोग गरिएको छ । यसरी आंशिक रूपमा अन्त्यानुप्रासको प्रयोग भए पनि यसका कविताको आन्तरिक लय सशक्त र प्रभावकारी देखिन्छ । यसका साथै कतिपय वर्ण, शब्द तथा पदावलीको पुनरावृत्तिले यस सङ्ग्रहका कविता लयात्मक र श्रुतिमधुर बनेका छन् ।
२.५.३ भाषाशैली
विष्णु भण्डारीको तेस्रो कविता सङ्ग्रह देश जागेको बेला (२०६३) कविता सङ्ग्रहका कविताहरूमा सरल र सम्पे्रष्य भाषाको प्रयोग गरिएको पाइन्छ । यस सङ्ग्रहका कवितामा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतका शब्दहरू प्रयोग भएको पाइन्छ । यीमध्ये तत्सम शब्दको अधिक प्रयोग पाइन्छ । यस सङ्ग्रहका कविताहरूमा नेपाली प्रकृति, समाज, संस्कृति, इतिहास र विश्व इतिहासका बिम्ब, प्रतीकहरूको प्रयोग भएको पाइन्छ । यसका अधिकांश कविता वर्णनात्मक छन् । कतिपय कवितामा व्यङ्ग्यको प्रयोग पनि गरिएको छ । यस सङ्ग्रहका अधिकांश कविता आत्मकथन शैलीमा छन् । केही कवितामा संवादको प्रयोग पनि गरिएको छ ।
यस सङ्ग्रहका कवितामा दोस्रो जनआन्दोलनका प्रायः सबै दिन र मुख्य मुख्य घटना समेटिएकाले यस सङ्ग्रहलाई दैनिकीका रूपमा पनि लिन सकिन्छ । एक प्रकारले भन्दा यस सङ्ग्रहका कविता जनआन्दोलनका दैनिकी हुन् । यस सङ्ग्रहका कविता, सरल र सम्पेष्य छन् ।
२.६ ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रहको विश्लेषण
विष्णु भण्डारीको घाइते ह्विलचेयर (२०६९) कविता सङ्ग्रहमा ‘बाटो, दिग्भ्रमित बटुवा, माटो, उसले चुमेको माटो, चप्पल लगाएको मान्छे, आस्थाको सगरमाथा, आगोको रङ, अनेकोट, समय र घोडाहरू, कविराम, इस्पातले बनेका मान्छेहरू, विश्वास, शान्ति, अनुत्तरित प्रश्न, आदेश, डुडेझारीको कर्मवीर, अन्तिम बन्दरगाह, स्वाभिमान, श्रीअन्तु, स्वीकारोक्ति, मृत जीवन, आगो, वादिनी, सडक पेटीको एकान्त, यहाँ नटेक काला मनहरूले, नयाँ नेपालको क्यान्भासमा कर्णाली, विद्रोही मनहरू, माटोको गीत, पानी, घाइते ह्विलचेयर, मेरो गोन्जालो, जीवनयात्रा, एउटा कवि, ओथारो बसेको समय, बन्दुक, देउसी र सपनाहरू, नालिस, टावर, विखण्डित सपनाहरू, नायक, लज्जाको लिलाम, पौवागढी, कठपुतली, स्मृति, दुःस्वप्न, खामबन्दी’ शीर्षकका ४६ वटा कविताहरू कविता सङ्गृहीत छन् ।
२.६.१ विषयवस्तु
घाइते ह्विलचेयर कविता सङ्ग्रहको पहिलो कविता ‘बाटो’ मा कर्ममा विश्वास गर्ने योद्धाका सपना जस्तै नयाँ बाटोको निर्माण गरी आस्थाको शिखरमा पुग्ने कविको चाहना प्रकट गरिएको छ ।
सङ्ग्रहको दोस्रो कविता ‘दिग्भ्रमित बटुवा’ मा गुट, उपगुट र फुटबाट ग्रसित भएको वामपन्थी आन्दोलनको बिग्रदो अवस्थाको चित्रण गरिएको छ । ऊ पात्रलाई सम्बोधन गर्दै लेखिएको यस कवितामा पौराणिक बिम्ब तथा प्रतीकको प्रयोग गरिएको छ ।
सङ्ग्रहको तेस्रो कविता ‘माटो’मा कविले माटोको महत्व र माटोमा पसिना बगाउने किसान, दलितहरूको महिमा गाइएको छ । यसमा किसानको विद्रोही चेतनालाई प्रस्तुत गरिएको छ । माटोप्रति न्याय गर्न नसक्नेले माटोमाथि आफ्नो हक दाबा गर्न मिल्दैन भन्ने यस कविताको आशय रहेको छ ।
सङ्ग्रहको चौंथो कविता ‘उसले चुमेको माटो’ मा गौरीशङ्कर हिमाललाई बिम्बका रूपमा प्रस्तुत गरिएको छ । यसमा पनि माटो, क्रान्ति र क्रान्तिनायकको गुणगान गाइएको छ् ।
‘चप्पल लगाएको मान्छे’ शीर्षक कवितामा सामान्य मानिस, नेतालाई सभ्य र सम्भ्रान्त वर्गले उसलाई आतङ्क र सन्त्रासको रूपमा लिने गर्दछ भन्ने भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको छैटौं कविता ‘आस्थाको सगरमाथा’मा क्रान्तिको आदर्श नायक पतनको बाटोमा लागेको र क्रान्ति विसर्जनको बाटोमा गएको भनी आशङ्का व्यक्त गरिएको छ । यसरी विचार र आस्थाबाट विचलनको बाटोतिर लागेकामा कविले आक्रोश व्यक्त गरेका छन् ।
सङ्ग्रहको सातौं कविता ‘आगोको रङ’ हो । यसमा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा आगोलाई क्रान्तिबिम्बका रूपमा प्रस्तुत गर्दै आगोलाई पानीको रङ, आमाको मन, मानवीय समवेदना आदिसँग तुलना गरिएको छ ।
यस सङ्ग्रहको आठौँ कविता ‘अनेकोट’मा जनयुद्धका क्रममा शाही सरकारबाट काभ्रेको अनेकोटमा कलाकारहरू मारिएको घटनाको विषय रहेको छ ।
सङ्ग्रहको नवौं कविता ‘समय र घोडाहरू’मा समय गतिशील छ समयको गतिशीलतासँगै मानिसमा पनि परिवर्तन आउनुपर्छ भन्ने भाव रहेको छ । मानिसले आवश्यकता अनुसार आफ्नो चेतनाको प्रयोग गर्न सक्नुपर्छ भन्ने यस कविताको आशय रहेको छ ।
सङ्ग्रहको दसौं कविता ‘कविराम’मा तत्कालीन अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दैै त्यसबाट मुक्ति पाउन क्रान्तिको रातो झन्डा फहराउनु पर्ने आग्रह गरिएको छ । सङ्ग्हको एघारौँ कविता ‘इस्पातले बनेका मान्छेहरू’ मा कवि आफू थकित र निराश भएर बस्न खोज्दा पनि क्रान्तिकारीहरूले उक्साउने गरेका र थाकेर बस्न नमिल्ने भनी निरन्तर क्रान्तिमा अगाडि बढ्नुपर्छ भन्ने भाव व्यक्त गरिएको छ ।
यस सङ्ग्रहको बाह्रौ कविता ‘विश्वास’ मा कविले आफू ढले पनि आफ्नो आस्था र विश्वास नढलेको र आफूजस्ता हजारौं योद्धाहरू सङ्घर्षको मैदानमा रहेकाले गर्दा अन्ततः क्रान्तिले विजय हासिल गर्ने विश्वास व्यक्त गरिएको छ । यसमा फेवालाई क्रान्ति मैदान र हिमाललाई विजयको शिखरका प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
अर्को कवितामा ‘शान्ति’मा शान्ति आवश्यक छ तर त्यो निरपेक्ष शान्ति भने होइन भन्ने भाव व्यक्त गरिएको छ । सङ्ग्रहको चौधौं कविता ‘अनुत्तरित प्रश्न’ खराब नेतृत्वप्रति घृणा भाव व्यक्त गर्ने कविता हो । सहिदको सपनामाथि खेलबाड गर्ने नेताहरूको चारित्रिक पतनप्रति आक्रोशित व्यक्त गरिएको यस कवितामा पछिल्लो समयमा माओवादी नेतृत्वमा देखिएको विचलनको सङ्केत गरिएको छ ।
‘आदेश’ शीर्षकको अर्को कवितामा जतिसुकै बाधा अड्चन भए पनि जनताको शक्तिका अगाडि निरङ्कुश सत्ताले घुँडा टेक्नुपर्छ, जनताको क्रान्तिको यात्रामा रोकिँदैन भन्ने भाव व्यक्त गरिएको छ । सङ्ग्रहको सोह्रौँ कविता ‘डुडेझारीको कर्मवीर’ हो । यस कवितामा लोकतान्त्रिक भन्ने सरकारले समेत सुकुम्बासीको बस्ती उजाड बनाउने गरी गरेको बर्वर दमनको चित्रण गर्दै शोषित पीडित र भूमिहीन जनतामाथि गरिएको दमनले नयाँ नेपालको खिल्ली उडाएको छ भन्ने भाव व्यक्त भएको छ ।
सङ्ग्रहको सत्रौँ कविता ‘अन्तिम बन्दरगाह’ शीर्षकमा रहेको छ । गणतन्त्र आए पनि क्रान्ति पूरा नभएको भाव व्यक्त गरिएको छ । कवि आफुले अहिलेसम्मको लडाइलाई अन्तिम लडाइँ नभनेको र अन्तिम लडाइँ लड्न अझै बाँकी रहेको भन्ने यस कविताको आशय रहेको छ । यसमा क्रान्किो शीर्ष नेतृत्वलाई कप्तान भनी सम्बोधन गरिएको छ ।
‘स्वाभिमान’ शीर्षकको अर्को कविता राष्ट्रप्रेमले ओतप्रोत छ । नेपालीहरू विदेशी शक्तिसामु झुक्दैनन् र आफ्नो स्वाभिमान कायम राख्न ज्यानको बाजी लगाई लड्न तयार छन् भन्ने भाव यसमा व्यक्त भएको छ । ‘श्रीअन्तु’ शीर्षकको कवितामा भारतबाट नेपालमाथि पटकपटकको अतिक्रमण गरी हस्तक्षेप गरेकोमा आक्रोश र दुःखी भएको भाव व्यक्त गरिएको छ । यस कवितामा श्रीअन्तुलाई बिम्बका रूपमा प्रस्तुत गर्दै पशुपतिनगरमा भारतको अतिक्रमण भएको सन्दर्भलाई देखाउन खोजिएको छ ।
‘स्वीकारोक्ति’ शीर्षकको अर्को कवितामा कविले शोषित उत्पीडित दलित जातिले गरेको विद्रोहलाई प्रस्तुत गरेका छन् । ‘मृत जीवन’ यस सङ्ग्रहको एक्काइसौँ कविता हो । यस कवितामा कविले आन्दोलन र क्रान्तिदेखि भाग्दै हिँड्ने कायरहरूको जीवनलाई मृत जीवन भन्दै आफू क्रान्तियात्रमा निस्केको उल्लेख गरेका छन् ।
सङ्ग्रहको बाइसौँ कविता ‘आगो’ हो । यस कवितामा क्रान्तिलाई आगोको प्रतीकका रूपमा प्रस्तुत गर्दै क्रान्तिको यात्रालाई कसैले रोक्न नसक्ने बताइको छ । ‘वादिनी’ शीर्षकको सङ्ग्रहको तेइसाँै कवितामा उत्पीडनमा परेको वादी जातिका महिलाको हुँकारलाई प्रस्तुत गरिएको छ । आफ्नो इज्जतलाई दाउमा राखेर आफ्नो स्वाभिमानर अधिकारका लागि सङ्घर्ष गर्न अग्रसर भएका वादी महिलाको विद्रोही आवाजलाई यहाँ प्रशंसा गरिएको छ ।
‘सडक पेटीको एकान्त’ शीर्षकको सङ्ग्रहको २४ औँ कवितामा सडकमै जन्मीहुर्की सडकमै मर्न बाध्य रहेका सडक मान्छेको बाध्यताको चित्रण गरिएको छ । मान्छेहरूको हिसाकिताब नभएको भन्दै मानिसले मान्छे भएर सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने कविको आशय देखिन्छ ।
सङ्ग्रहको पच्चिसौँ कविता ‘यहाँ नटेक काला मनहरूले’ मा क्रान्तिका विरोधीहरूलाई खबरदार गर्दै यो रक्तरञ्जित भूमिमा टेक्ने हक उनीहरूलाई छैन भनिएको छ । सङ्ग्रहको छब्बिसौँ कविता ‘नयाँ नेपालको क्यान्भासमा कर्णाली’ हो । यस कवितामा कर्णालीको पीडालाई प्रस्तुत गरिएको छ । कर्णाली मुलुकदेखि बेखबर छ भन्दै विकासमा पछाडि पारिएको कर्णालीको विकास नभएसम्म मुलुक अघि बढ्न सक्तैन भन्ने भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको सत्ताइसौँ कविता ‘विद्रोही मनहरू’ मा वर्तमानमा परिवर्तनको आन्दोलन सुस्ताए जस्तो देखिए पनि सधैँ यस्तै हुँदैन भनिएको छ ।
सङ्ग्रहको अठ्ठाइसौँ कविता ‘माटोको गीत’ हो । यस कवितामा कविले सहिदको रगतले रंगिएको यो माटोमा फुलेका फूल, लहराहरू हाम्रो आस्थाबीजहरू हुन भन्दै परिवर्तनको महिमागान गरिएको छ ।
‘पानी’ शीर्षकको कवितामा पानीको वेगलाई क्रान्तिको वेगका रूपमा प्रस्तुत गरिएको छ । पानी गतिवान् छ, त्यसलाई कसैले रोक्न सक्दैन र क्रान्ति पनि पानी जस्तै गतिवान् छ, त्यसलाई पनि कसैले रोक्न सक्तैन भन्ने यस कविताको आशय रहेको छ । पानीले किनारमा रहेका अनावश्यक कुराहरू बगाए जस्तै क्रान्तिले पनि समाजमा रहेका विकृति, शोषण आदि बगाउँछन् भन्ने यस कविताको सार रहेको छ ।
‘घाइते ह्विलचेयर’ यस सङ्ग्रहको तिसौँ कविता हो । यस कवितासङ्ग्रहको शीर्षक समेत यसै कविताको शीर्षकबाट राखिएको छ । यस कवितामा एक जना घाइते जनयोद्धाको मनोदशालाई प्रस्तुत गरिएको छ । जनताले जितेको हो वा होइन भन्ने कुरा स्पष्ट नहुँदै मानिसहरू विजय जुलुसमा हिँडेको सन्दर्भ यसमा आएको छ । यस्तो अवस्थामा जनयुद्धमा अग्रमोर्चामा लड्ने घाइते योद्धाहरू विजय र पराजयको दोधारमा रहेका छन् भन्ने यस कविताको सार रहेको छ ।
‘मेरो गोन्जालो’ शीर्षकको अर्को कवितामा पेरुका क्रान्ति नायक गोन्जालोका क्रान्ति यात्रा र उनी पक्राउ परेपछिको अवस्थालाई चित्रण गरिएको छ । अनेक लोभ, धाकधम्कीलाई बेवास्ता गर्दै क्रान्तिको यात्रालाई अगाडि हिँडेका गोन्जालोको योगदान विलुप्त हुनुहुन्न भन्ने यस कविताको सार रहेको छ ।
यस सङ्ग्रहको ‘जीवनयात्रा’ शीर्षकको कविता बत्तिसौँ क्रममा रहेको छ । जीवनमा विभिन्न हन्डर ठक्कर खाएर पनि अगाडि बढनु पर्छे, कहिले कहाँ पुग्नुपर्छ, विना खुसी पनि हाँस्नु पर्छ भन्दै जीवनलाई जसरी पनि अगाडि बढाउनुपर्छ भन्ने यस कविताको सार रहेको छ ।
‘एउटा कवि’ शीर्षकको कवितामा एउटा कविको जीवनको सन्दर्भ प्रस्तुत गर्दै परिवर्तनका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्न, तत्पर एक जना घाइते कविको पीडा प्रस्तुत गरिएको छ । सङ्ग्रहको चौतिसौँ कविता ‘ओथारो बसेको समय’ मा वर्तमान राजनीतिक अवस्थाको चित्रण गर्दै परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरूले प्रगतिको बाटो छेकेका छन् र समयले गति लिन सकेको छैन भन्ने भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको पैतिसौँ कविता ‘बन्दुक’ मा बन्दुकलाई परिवर्तनको वाहकका रूपमा प्रस्तुत गर्दै विकृति र विसङ्गतिले सीमा नाघेपछि बन्दुकको आवश्यता पर्छ भन्ने भाव व्यक्त गरिएको छ ।
‘देउसी र सपनाहरू’ शीर्षकको सङ्ग्रहको छत्तिसौँ कवितामा परिर्वतनलाई संस्थागत गर्न नसकिएकाले सहिदको रगतको उचित मूल्याङ्कन नभएको भन्दै यस्तो समयमा देउसी खेल्लु र रमाउनुको औचित्य छैन भनिएको छ ।
‘नालिस’ शीर्षकको कवितामा असमनताको विरुदमा क्रान्ति यात्रा अगाडि बढेको छ भन्दै समाजमा रहेका विसङ्गति, विकृति, विभेदको अन्त्यमा लागि विद्रोह आवश्यक छ भनिएको छ ।
‘टावर’ शीर्षकको कवितामा टावरलाई सक्ताका रूपमा प्रस्तुत गरिएको छ र त्यो टावरलाई ढाल्न सङ्घर्ष हुने गरेको तर सत्ता पाएपछि क्रान्किारीहरू पनि बिग्रने गरेको भाव व्यक्त गरिएको छ ।
सङ्ग्रहको उन्चालिसौँ कविता ‘विखण्डित सपनाहरू’ हो । यस कवितामा आन्दोलन सफल भएपछि असल कार्यकर्ता पाखा लाग्ने र पार्टीमा अवसरवादीहरूले प्रवेश गर्ने सन्दर्भ प्रस्तुत गर्दै यसरी अवसरवादीका कारण क्रान्तिको यात्रा गलत दिशातिर मोडिन्छ भन्ने देखाइएको छ ।
सङ्ग्रहको चालिसौँ कविता ‘नायक’मा परिवर्तनको आन्दोलनमाथि विरोधीहरूले निरन्तर प्रहार गर्दा चुप लागेर बस्ने पार्टीका नेताहरूप्रति प्रश्न गरिएको छ । नेताले विरोधीहरूको विचारलाई खण्डन गर्न सक्नुपर्छ, क्रान्ति विरोधी भावलाई भण्डारफोर नगर्ने व्यक्ति क्रान्तिकारी हुनसक्तैन भन्ने भाव यसमा व्यक्त गरिएको छ ।
सङ्ग्रहको एकचालिसौँ कविता ‘लज्जाको लिलाम’ हो । यस कवितामा महिलामाथि हुने शोषण र अमानवीय व्यवहारको विरोध गरिएको छ । २०६३ मा काठमाडौँमा क्याविन होटेल बन्द गर्न नाममा दुई युवतीलाई नाङ्गै बनाई दुव्यवहार गरेको घटनाका सन्दर्भमा यो कविता लेखिएको छ ।
सङ्ग्रहको अर्को कविता ‘पौवागढी’ हो । यस कवितामा नेपालका नेताहरू भारतीय आर्शीवाद थाप्न दौडिरहेको सन्दर्भलाई सङ्केत गर्दै अंग्रेजसँगको लडाइमा नेपालीले वीरता प्रदर्शन गरेको पौवागढीको महत्वलाई बोध गराउन खोजिएको छ ।
‘कठपुतली’ शीर्षकको कवितामा सेनापति प्रकरणपछि बनेको माधवकुमार नेपालको सरकार भारतले प्रत्यक्ष हस्तक्षेप गरेर बनाएको भन्दै त्यो सरकार नेपाली जनताप्रति भन्दा भारतीय शासक वर्गप्रति बफादार छ भनिएको छ ।
सङ्ग्रहको चवालिसौँ कविता ‘स्मृति’मा पटकपटक भएका आन्दोलन, क्रान्तिहरू उपलब्धि हासिल नहुँदै सम्झौतामा टुङ्गिएको सन्दर्भ व्यक्त गरिएको छ ।
सङ्ग्रहको पैतालिसौँ कविता ‘दुःस्वप्न’ मा पछिल्लो क्रान्ति पनि प्रतिक्रान्तिको खतरामा छ भन्दै क्रान्तिकारीहरू सचेत हुनुपर्छ भनिएको छ ।
‘खामबन्दी’ शीर्षकको कविता यस सङ्ग्रहको छयालिसौँ र अन्तिम कविता हो । यस कवितामा बेपत्ता योद्धाको परिवारको पीडालाई प्रस्तुत गरिएको छ । आमूल परिवर्तनका लागि भएको क्रान्ति सम्झौतामा टुङ्ग्याइएकोले सहिद, घाइते तथा बेपत्ता योद्धाको सपनालाई पूरा गर्न नसकिएको कुरा यसमा प्रस्तुत गरिएको छ ।
२.६.२ लय
विष्णु भण्डारीको चौथो कविता सङ्ग्रह घाइते ह्विलचेयर मा सङ्गृहीत सबै कविता गद्य लयमा रहेका छन् । ठाउँ ठाउँमा अनियमित रूपमा अन्त्यानुप्रासको प्रयोग गरिएको छ । जस्तै :
हिँड्नु छैन मलाई
पुरातन रेशमी डहरहरू
पछ्याएर तेन्जिङका पदचापहरू
भेट्नु छैन मलाई
निर्जीव संवेदनाका शिखरहरू (बाटो, पृ. १३) ।
यस उदाहरणमा ‘मलाई’ र ‘हरू’ अनियिमित अन्त्यानुप्रासका रूपमा आएका छन् । यस्तो प्रयोग यस सङ्ग्रहका कवितामा जताततै पाइन्छ । केही उदाहरण तल दिइएको छ :
सधैँ जलेर अनन्त पीडाहरूमा
विवश बाँचे पनि
लुकाएर छातीभित्र स्मृतिको घाउ
सधैँ दुखे पनि
अनेकोट अझै झुकेको छैन
आस्थाको दीप अझै निभेको छैन । (अनेकोट, पृ. ३१) ।
महाशय ! म जहाँ पुगेँ
मैले जित्दै रहेँ मुद्दाहरू
तिमीले हार्दै रह्यौ युद्धहरू
तिमीले रुकुम हा¥यौ
तिमीले रोल्पा हा¥यौ
तिमीले गाउँ हा¥यौ
तिमीले सहर हार्यौ
हार्दा हार्दै तिमीले आफैसँग हार्यौ । (नालिस, पृ. १०६) ।
कतिपय अवस्थामा अन्य प्रकारका अनुप्रासहरूको पनि प्रयोग भएको छ र त्यस्तो प्रयोगले कविता लयात्मक बनेको पाइन्छ । जस्तै :
म न सत्ताको तावेदार हुँ
म न कुर्सी दावेदार हुँ
मलाई त मात्र माटो थाहा छ
माटोमा जीवन फुल्छ
माटोमा प्रीत फुल्छ
मलाई त मात्र माटोको सुगन्ध थाहा छ (माटो, पृ. १८) ।
यस कवितांशमा ‘म, न, आवेदार, हुँ, फुल्छ’ जस्ता वर्ण तथा शब्दको आवृत्तिबाट अनुप्रास सिर्जना भई लयको निर्माण भएको छ । यस प्रकारको प्रयोग यस सङ्ग्रहका अन्य कवितामा पनि प्रशस्त मात्रमा पाइन्छन् । अरु उदाहरण :
शान्त सहरमा जब मडारिन थाल्यो घनघटा
र बग्न थाल्यो विप्लवी तुफान
सहरले सराप्यो
चप्पल लगाएको मान्छेलाई
यो मान्छे कस्तो मान्छे (चप्पल लगाएको मान्छे, पृ. २३)
मन आगो हो
आगो मन हो
पीडा संवेदना हो
र संवेदना आगोका रङहरूको अन्तिम मापक हो
आऊ,
आगोको रङ पढौँ
र रङहरूमा जीवनको नयाँ रङ खोजौँ (आगोको रङ, पृ. ३०)
समग्रमा हेर्दा गद्य लयमा लेखिएका भए पनि यस सङ्ग्रहका कवितामा आन्तरिक लय निकै सशक्त देखिन्छ ।
२.६.३ भाषाशैली
यस कविता सङ्ग्रहका कविताका अधिक मात्रमा तत्सम शब्दको प्रयोग गरिएको
छ । यसमा पुराण, प्रकृति, संस्कृति आदिका बिम्ब, प्रतीकहरूको प्रयोग गरिएको छ । व्यङ्ग्यको प्रयोग पनि गरिएको छ ।
यस सङ्ग्रहका कवितामा शिखर, संवेदना बिम्ब, कर्मवीर, उत्सर्ग, खण्डहर, परिधान, वक्षस्थल, दीर्घमोह, क्रान्ति, विरुद्ध, मूल्य, सूर्य, पीडा, सङ्गीत, समर्पण, सुदूर, आकाश, स्फटिक, प्रवाह, अनन्त, प्रचण्ड, मृतिका, शतिल, आह्वान, महावृष्टि, अग्निकुण्ड, अजङ्ग, शून्यता जस्ता प्रशस्त मात्रमा तत्सम शब्दको प्रयोग गरिएको छ ।
यस सङ्ग्रहका कवितामा तत्समका अतिरिक्त तद्भव र आगन्तुक शब्दको पनि प्रशस्त मात्रमा प्रयोग गरिएको छ । यस सङ्ग्रहका कवितामा ह्विलचेयर , तस्बिर, फसल, बुर्का, लिपिस्टिक, दावा, सहर, ब्रस, कमरेड, सहिद, दुस्मन, फरमान, मसिहा जस्ता आगन्तुक शब्दहरूको प्रयोग गरिएको पाइन्छ ।
यस सङ्ग्रहका कवितामा कोलम्बस (पृ. १४, ९१), ‘च्यातेर बुर्काको रङ्गीन घुम्टो’ (पृ. १५), दुर्वासा (पृ. १६), आस्थाको सगरमाथा (पृ. २६), तुफानी वायु (पृ. ३९), कालापानी (पृ. ६१), नालापानी (पृ. ६१), लेण्डुप (पृ. ६२), गोन्जालो (पृ. ९१), गाण्डिव धनु (पृ. ११४), झाँसीकी रानी (पृ. ११५), कठपुतली (पृ. १२०) जस्ता बिम्ब, प्रतीक र मिथकहरूको प्रयोग गरिएको छ ।
यस सङ्ग्रहका सबै कविता वर्णनात्मक प्रकारका छन्, कविको एकालाप शैलीमा रचिएका छन् । भाषिक प्रयोगका दृष्टिले यस सङ्ग्रहका कविता सरल, सहज र सुबोध्य रहेका छन् ।
२.७ फुटकर कविताका प्रवृत्ति
विष्णु भण्डारीका मुक्तक तथा कविता सङ्ग्रहका सबै फुटकर कविताको अध्ययन गर्दा उनका कवितामा तत्कालीन राजनीतिक विषयवस्तु पाइन्छ । पञ्चायत कालीन कवितामा पञ्चायत कालको, फेरि अर्को तारा खस्योमा जनयुद्ध कालको, देश जागेको बेलामा दोस्रो जनआन्दोलन कालको र घाइते ह्विलचेयरमा २०६२ पछिको खास गरेर राजनीतिक सन्दर्भको चित्रण पाइन्छ । यसरी हेर्दा विष्णु भण्डारीका फुटकर कविताको विषयवस्तुगत प्रवृत्ति मूलत राजनीति देखिन्छ ।
वैचारिक आधारमा हेर्दा भण्डारीका फुटकर कविता प्रगतिवादी देखिन्छन् । समाजमा रहेका अन्याय, शोषण, विभेदको अन्त्य गर्दै समानता र न्यायको पक्षपोषण गरेकाले उनका कविता प्रगतिवादी देखिन्छन् । उनले आफ्ना कवितामा तत्कालीन समयको राजनीतिक विषयवस्तु र तत्कालीन शासन व्यवस्थामा रहेका विकृति, विसङ्गति, अन्याय आदिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यथास्थितिबाट जनताको हित हुँदैन र जनताको हितका लागि अहिलेको (तत्कालीन) व्यवस्थामा परिवर्तन गर्नुपर्छ भन्ने उनका कविताको मूल कथन रहेको छ ।
विष्णु भण्डारीका फुटकर कविता सबै गद्य वा मुक्त लयमा रहेका छन् । तत्सम, तद्भव तथा आगन्तुक तीन ओटै स्रोतबाट उनले शब्द लिएका छन् । नेपाली प्रकृति, समाज, संस्कृति, इतिहासका साथै विश्व इतिहास, माक्र्सवाद आदिबाट लिएका बिम्ब, प्रतीकको प्रयोग र व्यङ्ग्य प्रयोग उनका कविताको विशेषता रहेको छ ।
२.८ निष्कर्ष
विष्णु भण्डारीका फुटकर कवितामा तत्कालीन राजनीतिको विषयवस्तु पाइन्छ । पञ्चायत काल, जनयुद्ध, जनआन्दोन र जनआन्दोनपछिका राजनीतिक विषयमा कविता लेख्ने भण्डारी मूलतः राजनीतिका कवि हुन् । उनी आफ्ना कवितामा जनताका पीडा, व्यथा र शोषणका विषयलाई प्रस्तुत गर्दछन् । उनका सबै फुटकर कविता सबै गद्य लयमा लेखिएका छन् । उनका कविताले जनताको पक्ष लिएका छन् । समाज परिवर्तनशील छ र त्यो परिवर्तन जनताको पक्षमा हुनुपर्छ भन्ने उनका कविताको सार भाव रहेको छ । उनका सबै फुटकर कविता मुक्त लयमा छन् । उनका कविताको मूल प्रवृत्ति प्रगतिवादी रहेको छ ।

परिच्छेद तीन
विष्णु भण्डारीका खण्डकाव्यको विश्लेषण
३.१ विषय प्रवेश
विष्णु भण्डारीले फुटकर कविताका साथै खण्डकाव्य पनि लेखेका छन् । उनका (१) ‘विद्रोहको छाल’ (२०४३), (२) ‘ब्वाँसोकोे अन्त्यको खेल’ (२०४५) र ‘कालो नाटक’ गरी तीन ओटा खण्डकाव्य प्रकाशित छन् । यस अध्यायमा उनका यी खण्डकाव्यको विश्लेषण गरी तिनका प्राप्ति र प्रवृत्तिको चर्चा गरिएको छ ।
३.२ खण्डकाव्य विश्लेषणका आधार
खण्डकाव्य फुटकर कविताभन्दा ठुलो आयामाको र समग्र कविता विधाको मझौला आयामको संरचना हो । पूर्वीय विद्वान्हरूले खण्डकाव्यलाई विभिन्न तरिकाले परिभाषित गरेका छन् । नेपाली समालोचकहरूले कविताको लघु रूपभन्दा विस्तारित तर बृहत् रूपभन्दा कम आयाम अँगाली आख्यानात्मक वा आख्यानरहित रही जीवन जगत्को एकांशलाई अन्वितिपूर्वक वा समष्टि प्रभावका एकत्वमा व्यक्त गर्ने छन्दोबद्ध वा छन्दमुक्त लयात्मक प्रबन्धात्मक, मध्यम वा मझौला आयामका कविताको रूपलाई खण्डकाव्य भनेका छन् (बराल, २०५५ :२४१) । खण्डकाव्यका संरचक घटकलाई वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास (सङ्केतक, लय, अलङ्कार आदि) गरी हेर्न सकिन्छ (लुइटेल, २०६२ :२१९) । यस्ता विभिन्न आधारहरूमध्ये यस अध्ययनमा कथानक, भाव, लय र भाषाशैलीलाई खण्डकाव्य विश्लेषणका आधार मानिएको छ ।
३.३ विद्रोहको छाल खण्डकाव्यको विश्लेषण
विद्रोहको छाल (२०४३) खण्डकाव्य पञ्चायत कालीन परिवेशमा लेखिएको छ । यो खण्डकाव्य लघु आकारमा रहेको छ । यस कृतिको बाहिरी आवरणमा चित्र पनि प्रतीकात्मक छ । यो कृति वीर सहिदको सम्झना स्वरूप समर्पण गरिएको छ ।
३.३.१ कथानक
विद्रोहको छाल खण्डकाव्यमा पञ्चायती शासन व्यवस्थाको सेरोफेरोको परिवेश आएको छ । असोज, २०४३ मा पहिलो संस्करण र असार, २०४५ मा दोस्रो संस्करणका रूपमा प्रकाशित यस खण्डकाव्यमा जम्मा २०० श्लोक रहेका छन् । झ्याउरे लयका ३+२, ३+२, ३+३ को अक्षर संरचनामा रहेको यस खण्डकाव्यको मूलमा रहेका २०० श्लोक बाहेक तीन ओटा श्लोकहरू समर्पणका रूपमा आएका छन् । यसमा स्पष्ट रूपमा खण्ड वा परिच्छेदमा विभाजन गरेको पाइँदैन । प्रसङ्ग बदल्नका लागि तारा चिह्न दिइएको (óó) छ यसरी हेर्दा ७, ११, १४, २१, २४, ३०, ३२, ९६, १०१, १०३, १०४, १२१, १२५, १२८, १३८, १५६, १५८, १६३, १७०, १७४, १८१ र १८५ श्लोकमा प्रसङ्ग बदलिएको छ । यो काव्य संवादका क्रममा अगाडि बढेको छ भने कतिपय अवस्थामा कवि स्वयंले वर्णन गरेका छन् ।
विद्रोहको छाल खण्डकाव्यमा नव विवाहित दम्पती निलम र उषाको संवादबाट अगाडि बढेको छ । भर्खरै दाम्पत्य जीवन सुरु गरेको निलम देशको परिवर्तन लागि भूमिगत भएर काम गर्न चाहन्छ । त्यति बेला पञ्चायती शासन छ । त्यसबाट जनता आक्रान्त छन् । शोषण र उत्पीडन छ । त्यबाट जनतालाई उन्मुक्ति दिलाउने कामको नेतृत्व लिने निलमको विचार छ । उषा उसलाई रोक्न खोज्छे । ऊ निलमलाई विद्रोहमा नजान आग्रह गर्छे । निलम जसरी पनि विद्रोहमा जानै पर्छ भन्ने अठोटमा हुन्छ । ऊ उषालाई सम्झाउँछ । सामन्तहरूको पञ्जाबाट देशलाई जोगाउन हामी लाग्नु पर्छ, पशु झैँ भएर बस्ने समय होइन भन्ने उसको धारणा छ । ऊ उषालाई सम्झाउँदै भन्छ :
‘के भनूँ बढी अबेला भयो संसार बुझे है
म हिँड्छु अब धैर्यता लिई पर्खेर बसे है
यात्रामा कतै हराएँ भने नरोई तिमीले
सामन्ती सत्ता नास्नका लागि मसाल समाए ।’ (श्लोक ९६)
निलमले सम्झाएपछि उषा पनि सम्झिन्छे र पतिको विचारको बाधक बन्दिन । त्यसपछि निलम क्रान्तिको बाटोमा लाग्छ । उषा क्रान्तिकै लागि भनी स्थापना गरिएको एउटा प्रेसमा काम गर्न थाल्छे । निलम जनतामा चेतना जगाउँदै हिँड्छ । ऊ सुकुम्बासी, दुःखी, गरिब, शोषित, पीडितहरूकहाँ जान्छ । यस्तैमा वर्ग युद्ध सुरु हुन्छ र निलम सरकारी सेनाद्वारा मारिन्छ । यसलाई काव्यमा यसरी भनिएको छ :
तैपनि उनी बिचमा परे सेनाले भेट्टाए
सयौँको बिच एकलै लडे हिम्मत देखाए
निक्कै नै ढाले, निलम घुमे गुरिल्ला घुमेझैँ
खलबली भयो शत्रुको तर्फ निकै नै मुन्टाए । (श्लोक १६२)
के गर्नु केही समयपछि शत्रुले छोडेको
गोलीले छाती छेडेर गयो नेपाली वीरको
जनता, देश, क्रान्तिका लागि महान यात्रामा
निलम ढले मुक्तिका लागि आमाको काखमा । (श्लोक १६३)
निलम ढलेको खबर सुनेर उषा मर्माहत भइन् । उनी शोकले ढलिन् र विलाप गर्न लागिन् :
आँधीझैँ आयो निलम मृत्यु भएको खवर
सन्सनी भयो, पीडाले छायो दुःखीको संसार
विचरी उषा ! बेहोस भै ढलिन केराको थामझैँ
‘हे मेरो प्यारा ! काँ गयौ’ भनी इन्तु न चिन्तु भै । (श्लोक १६४)
निलमको मृत्युको खबरले उषाले गरेको विलापका बारेमा काव्यमा चर्चा गरिएको छ । उनले विलाप गरेको र उनकी साथी पुष्पाले सम्झाएको प्रसङ्ग यसमा विस्तारपूर्वक चर्चा गरिएको छ । जस्तै :
‘हे मेरो प्राण ! कहाँ म पाऊँ खोजेर तिमीलाई
छोडेर गयौ कसरी यहाँ एकली मलाई
सपना मेरा पुरिन गए, विपना भत्किए
बिहान हुँदा नहुँदै फेरि निशामा हराए । (श्लोक १६६)
रातको रात जस्तो छ कतै बाटो नै देखिन्न
निलम मेरो कहाँ छ भन यहाँ त देखिन्न
आँखाको नानी जहाँ गो मेरो उहीँ नै जान्छु म
कसरी बसूँ एकलै यहाँ माटोमै जान्छु म । (श्लोक १६७)
जीवन साथी मुटुको चाल सपना विपना
तिमी नै थियौ प्रकाश पुञ्ज चम्किलो चन्द्रमा
रहेन केही खोसियो मेरो सर्वस्व खोसियो
हृदय मेरो चिरियो पुष्पा ! असाध्य चिरियो । (श्लोक १६८)
निलमको मृत्युमा आहात बनेकी उषालाई पुष्पाले सम्झाउँदै निलम जनताका लागि मरेकाले त्यसमा पिर गर्नु हुँदैन । बरु निमककै मार्गमा अग्रसर भएर लाग्नुपर्छ भनी यसरी सम्झाउछिन् :
जनता, देश, मुक्तिका लागि जीवन त्यागेर
छोडेर सारा भौतिक सुख स्वतन्त्र भएर
आहुति जसले दिएर गयो राष्ट्रका खातिर
मर्दैन बाँची रहन्छ, मर्छ दुष्ट र कलङ्क । (श्लोक १७३)
मरेका छैनन् निलम हाम्रा जीवित तिनी छन्
माटोको देह माटोमा मिल्यो विचार यहाँ छन्
ऊ मरे पनि मर्दैन कैले विचार उनको
चम्कन्छ दीप अमर बनी बलिदान उनको । (श्लोक १७४)
रोएर बस्ने बेला यो हैन अबुझ बनेर
अज्ञानी जस्तै रोएर हुन्न विलाप गरेर
तिमी नै रोए यो देश रुन्छ, कर्तव्य भुलेर
मदन बनी रोएर हुन्न सङ्घर्ष छोडेर । (श्लोक १८३)
त्यसैले उठ काँतर बनी नरोऊ धरधर
मुक्तिका लागि नगुमी हुन्न यौवन हजार
निडर बनी सोजाऊ नाल, बदला खुनको
खुनले लिने सङ्कल्प गर माया छ देशको ।(श्लोक १८४)
निलमको हत्याको प्रतिरोधका लागि जनता उठ्ने छन्, उनीहरूले प्रतिरोध गर्ने छन् भन्ने पुष्पाको विश्वास छ र ऊ उषालाई यसरी सम्झाउँछे :
हजारौँ दुःखी, हजारौँ साथी एकता भएर
शोषित, नारी, किसान, ज्यामी आँधीझैँ भएर
पसिना, आँसु, खुनको साथी बदला लिने छौँ
सामन्ती जाल, कुहेको युग पल्टाइ दिने छौँ । (श्लोक १८५)
पुष्पाले सम्झाएपछि उषा पनि सम्झिन्छे । उसलाई निलमले पनि सम्झाइरहे जस्तो लाग्छ :
हुनहुनी हावा रातमा बग्यो सम्झना बोकेर
उषाले हेरिन रातले निली रहेको संसार
निलमको चित्र आँखामा नाच्यो बेचैनी बनायो
मनको व्यथा चर्किदै गयो पीडित बनायो । (श्लोक १८६)
उषाले सोची मनमा गुनिन् ‘सपना जलाई
के गरी बसूँ शत्रुको सामु आँसुले भिजाई
जो रुनु रोएँ, म रुन्न अब काँतर बनेर
म जान्छु प्यारा ! देशको निम्ति बन्दुक बोकेर । (श्लोक १८७)
अन्त्यमा उषा पनि निलमकै बाटामा उसकै सपना पूरा गर्ने अठोट गर्छे :
म जान्छु प्यारा साहस बोकी दुःखीको माझमा
मुक्तिको लडाइँ म लड्न जान्छु शत्रुको बिचमा
सपना तिम्रो बोकेर प्यारा अँगाडि बढुँला
भनेका थियौ विछोडमा प्यारी ‘सपना छोडुँला । (श्लोक १९०)
न्याउली बनी रुँदैनँ बसी वियोगी भएर
सङ्घर्ष गर्न म जान्छु प्यारा बस्दिनँ रोएर
म जान्छु छिट्टै ठाउँमा तिम्रो खुकुरी भिरेर
दन्केको ज्वाला, क्रान्तिमा प्यारा बन्दुक बोकेर । (श्लोक १९२)
उषा पुरुष र नारीका बिचमा रहेको विभेदको अन्त्य गर्न चाहन्छे । पुरुषहरू नारीका शत्रु होइनन्, सामन्ती व्यवस्था चाहिँ शत्रु हो । त्यसैले यो व्यवस्था अन्त्य गर्नुपर्छ भन्ने उषाको धारणा छ । ऊ विधवा महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यताको पनि विरोधी छे र त्यसलाई पनि तोड्ने प्रतीज्ञा गर्छे :
नारीको शत्रु पुरुष हैन पुरानो रीति हो
सामन्ती युग, राज्य र सत्ता, वर्ग र धर्म हो
नारीको हक खासेर दासी जसले बनायो
राज्य र सत्ता, व्यवस्था खुनी बिनास गर्ने हो । (श्लोक १९३)
यो रातो सिन्दुर शिरमा दल्छु म डर मान्दिनँ
कपडा राता लगाई भन्छु म राँडी बन्दिनँ
निलम मेरो ढलेता पनि तस्बिर साथी छ
तस्बिरसँगै अमर उसको विचार बाँकी छ । श्लोक १९४)
विद्रोहको छाल खण्डकाव्यमा निलम, उषा, निलमका साथीहरू, सुकुम्बासीहरू, गरिबहरू पात्रका रूपमा आएका छन् । यसमा राज्य सत्ताका प्रतिनिधित्व गर्ने शासकहरू, आसेपासेहरू, सैनिकहरू पनि अप्रत्यक्ष ढङ्गले पात्रकै रूपमा आएका छन् । निलम यस काव्यको नायक र उषा नायिका हो । यस काव्यमा निरंकुश पञ्चायती शासन व्यवस्थाको समयमा जनताहरू आफ्नो अधिकारको खोजीमा विद्रोहमा निक्लिन लागिरहेको समयको परिवेशमा लेखिएको छ ।
३.३.२ भाव
विद्रोहको छाल खण्डकाव्यमा पञ्चायत कालीन राजनीतिका खराब पक्षको चित्रण गर्दै त्यसको अन्त्यका लागि विद्रोह भएको, त्यसमा दमन भएको र त्यसरी दमन भए पनि अन्ततः जनविद्रोहले विजय हासिल गर्छ भन्ने सार भाव रहेको छ । यस काव्यको समर्पण खण्डमै यस विषयलाई स्पष्ट गरिएको छ । समर्पणको पहिलो श्लोकमा वर्गीय क्रान्ति रोकेर रोकिन्न भनिएको छ :
वर्गीय खेल अन्तिम गोल सत्यको विजय
रक्तिम आभा पूर्वमा नौलो युगको उदय
निश्चय हुन्छ, विवाद कुनै बाधक देखिन्न
सामन्ती बल, बमले आँधी क्रान्तिको छेकिन्न । (समर्पण, श्लोक १)
समर्पणमा रहेको दोस्रो श्लोकमा सेतो आतङ्क, गरिबी र क्रान्तिका क्रममा भएको दमन र दुःखका आँसु टिपेर यो काव्य लेखेको हुँ भन्ने लेखकको धारणा प्रस्तुत गरिएको छ :
आतङ्क सेतो कस्तो छ यहाँ अवस्था कस्तो छ ?
गरिबी यहाँ कस्तो छ भेल क्रान्तिको कस्तो छ ?
जो देखेँ टिपेँ आँसुका थोपा दुःखीका आँखाको
बगेको खुन योद्धाको लिएँ, अवला नारीको ।
समर्पणमा रहेको तेस्रो श्लोकमा जसले जनताका लागि रगत बगाए तिनै सहिदका लागि यो आफ्नो पहिलो कृति समर्पण गर्छ भनिएको छ :
जसले खुन बगायो देश जनता खातिर
सर्वस्व दियो जसले नौलो युगको निमित्त
नेपाली वीर सहीदमा मेरो सम्झना स्वरूप
समर्पण गर्छु यो मेरो सानो पहिलो आँकुरा ।
पञ्चायत कालमा शासक वर्गले शान्तिको नारा लगाउने गरेको थियो । यसरी शान्तिको नारा लगाएर जनदमन गर्ने शासकलाई यस काव्यमा भेडाको खोल ओढ्ने ब्वाँसो भन्दै त्यस्ता नारामा नअल्मलिने प्रण गर्दै उषा आफ्नो लोग्नेको हत्याको बदला लिने प्रणसहित क्रान्तिमा हिँड्छे र त्यो क्रान्ति दुनियाँको कुनै पनि तागतले रोक्न सक्तैन भन्ने निष्कर्षसहित यो काव्य टुङ्गिएको छ :
शान्तिको सङ्ख फुकेर हिँड्ने सामन्ती खलक
भेडाको खोल ओढेर हिँड्ने ब्वाँसाको जमात
अन्त्यको लागि म लड्छु अब नहटी पछाडि
खुनको बदला खुनले लिने साहस बटुली । (श्लोक १९६)
‘विश्वको कुनै शक्तिले अब रोकेर रोकिन्न
निरङ्कुश सत्ता पल्टाई नयाँ बिहानी ल्याउन’
भनेर, नाल सोजाई हाँक वैरीलाई दिएर
महान यात्रा आरम्भ गरिन् बन्दुक बाकेर । (श्लोक २००)
यसरी विद्रोहको छाल खण्डकाव्यमा जनविद्रोहलाई कसैले रोक्न सक्तैन भन्ने भाव व्यक्त गरिएको छ ।
३.३.३ लय
विद्रोहको छाल खण्डकाव्य बद्ध लयमा छ । १६ अक्षरको एक पाउ र चार हरफको एक श्लोक हुने झ्याउरे लोकलयमा यो कविता संरचित छ । झ्याउरे लयका ३+२, ३+२, ३+३ को अक्षर संरचनामा यस कृतिको लय ढाँचा तयार पारिएको छ । यस काव्यमा सामान्यतः अन्त्यानुप्रासको प्रयोग पाइन्छ तर कहीँ कहीँ भने अन्त्यानुप्रास भङ्ग भएको छ । जस्तै :
जसले खुन बगायो देश जनता खातिर
सर्वस्व दियो जसले नौलो युगको निमित्त
नेपाली वीर सहिदमा मेरो सम्झना स्वरूप
समर्पण गर्छु यो मेरो सानो पहिलो आँकुरा । (समर्पण, श्लोक ३)
……
नियम कस्तो ! पशुलाई जस्तो लाठीको भरमा
कपास, बास, गासको साटो सङ्गिनको बलमा
दबाई गर्ने शासन हक खोसेर मौलिक
सहनै पर्ने भोक र रोग धन्य हो नेपाल ! (श्लोक ४)
……
प्रकृति छटा, नभका तारा मलिन देखिन्थे
चाँदीका शैल, पहाड, पाखा दुखित देखिन्थे
उदासी धुन सुसेल्दै नदी बग्दैथिन् रोएर
जहाँ छ राज अन्धकारको हिमाली काखमा । (श्लोक २)
यस काव्यमा अन्त्यानुप्रास भङ्ग भएका अरु धेरै उदाहरण छन्, केही उदाहरणहरू जस्तै :
नरुनु प्रिय ! अन्धेरी रात हटेर जाने छ
निश्चय भोलि बिहान रवि मुस्काइ दिने छ
हाँस्ने छ नभ, हिमाल, पाखा, हाँस्ने छन् जनता
मरेछु भने मै मरी जान्छु सपना छोडुँला । (श्लोक १६)
मसाल हाम्रो उज्यालो साथी बन्दुक बोक्नु छ
बनाई खाक अरीको बीज निर्मूल गर्नु छ
धेरै नै भयो रोएको यहाँ अन्धेरी रातमा
युगको माग, जनताको चाह संसार फेर्नु छ । (श्लोक १७)
कहीँ कतै अन्त्यानुप्रास भङ्ग भए पनि यस काव्यका अधिकांश श्लोकहरू अन्त्यानुप्रासयुक्त छन् । कहीँ कहीँ १६ अक्षर र ३+२, ३+२, ३+३ को संरचना भङ्ग भए पनि यस काव्यमा प्रयुक्त कवितांश लयात्मक र श्रुतिमाधुर्य छन् र लयात्मक छन् ।
३.३.४ भाषाशैली
विद्रोहको छाल खण्डकाव्यमा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतका शब्दहरूको प्रयोग पाइन्छ । यसमा कतिपय भाषिकाका शब्दको प्रयोग पनि पाइन्छ । यसमा कतैकतै बोलचालका भाषा पनि छन् । यस काव्यमा कविले पात्रका माध्यमबाट आफ्ना विचारको प्रकटीकरण गरेका छन् । यस काव्यमा विभिन्न राजनीतिक सामाजिक, प्राकृतिक बिम्बहरूको प्रयोग गरिएको छ । यस खण्डकाव्यमा दृष्टान्त, प्रश्नालङ्कार, अतिशयोक्ति, उपमा, अर्थान्तरन्यास जस्ता अलङ्कारको प्रयोग भएको छ । केही उदाहरण हेरौँ :
प्रश्नालङ्कार
आतङ्क सेतो कस्तो छ ? यहाँ अवस्था कस्तो छ ?
गरिबी यहाँ कस्तो छ ? भेल क्रान्तिको कस्तो छ ? (समर्पणबाट)
अर्थान्तरन्यास :
प्रेमको सार क्रान्तिमा मिली बनोस नमुना
बाधक कैलै नबनोस् हाम्रो क्रान्तिको बिचमा
मुक्तिको लागि मरेछु भने नरुनु बिहानी
पाउन मुक्ति लेखिनुपर्छ सहिदको कहानी । (श्लोक ११)
उपमा :
नेपाली हामी पशुझैँ भयौँ अति नै लुटियौँ
हिउँझैँ चिसो, जुवाको गोरु भएर नारियौँ
बर्सिन्छ लाठी शिरमा हाम्रो टाउको उठाए
सोजिन्छ बन्दुक छातीमा भोक, दुःखले कराए । (श्लोक २६)
रूपक :
विदेशी गोमन, स्वदेशी करेत मधेशी– पहाडी
फटाहा सबै मिलेर लुटी गरिबको सम्पत्ति (श्लोक, ४०)
दृष्टान्त :
पशुको जस्तो जीवन बित्छ जहाँका मान्छेको
दासीको जस्तो जीवन बित्छ जहाँका नारीको । (श्लोक १०८)
३.४ ‘ब्वाँसोको अन्त्यको खेल’ खण्डकाव्यको विश्लेषण
ब्वा“सोको अन्त्यको खेल (२०४५) खण्डकाव्य एस.वि. विवेकका नाममा प्रकाशित
छ । सामन्ती शासकलाई ब्वाँसोका प्रतीकका रूपमा प्रस्तुत गरी लेखिएको यस काव्यमा पञ्चायत कालीन परिवेश चित्रित छ । लेखक एस.वि. विवेक आफै प्रकाशन रहेको यस काव्यको विश्लेषण तल गरिएको छ ।
३.४.१ कथानक
ब्वा“सोको अन्त्यको खेल कवि एस. वि विवेकका नाममा प्रकाशित विष्णु भण्डारीको दोस्रो प्रकाशित खण्डकाव्य हो । यसमा वर्णनात्मक रूपमा विषयवस्तु प्रस्तुत गरिएको छ । यसमा स्पष्ट रूपमा परिच्छेद वा भागहरूको विभाजन गरिएको छैन । तर सङ्केतद्वारा ३ ओटा खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा त्यहाँ भनेर नेपालको तत्कालीन अवस्थाको वर्णन गरिएको छ । दोस्रो खण्डमा माक्र्सवादी विचारको जन्म र विश्व सर्वाहारा वर्गको आन्दोलनको सन्दर्भ वर्णन गरिएको छ । तेस्रो खण्डमा नेपालको जनविरोधी सत्ताका विरुद्ध आन्दोलनको आवश्यकता र त्यसको सम्भावनाका बारेमा वर्णन गरिएको छ ।
यस काव्यमा विचारको प्रवाह छ । घटनाहरू छैनन् । आख्यानको अभाव रहेको छ । वैचारिकताको हाबी भएकाले प्रस्तुत काव्य काव्यात्मक रूपमा दुर्बल देखिन्छ । विचारलाई घटना र पात्रमा समाहित गरेर प्रस्तुत नगरी सोझै प्रस्तुत गरिएको छ । यसमा तिमी भनेर क्रान्तिकारी नेतृत्व तथा जनतालाई सम्बोधन गरिएको छ ।
प्रस्तुत खण्डकाव्यको सुरुमा नेपालको तत्कालीन अवस्थाको परिचय दिइएको छ । नेपाल भौगोलिक रूपमा सुन्दर छ तर राजनीतिक रूपमा भने समस्याग्रस्त छ भनिएको छ । भौगोलिक रूपमा सुन्दर नेपाल गगनचुम्बी हिमालको काखमा छ तर अन्धकारको साम्राज्यमा रहेको छ । यहाँ प्रकृतिको जादूमयी छटा छन् । यो देश सृष्टिको अनुपम भूमिका रूपमा रहेको छ तर यो आफ्नैद्वारा चुसिएर, आफ्नैद्वारा पिल्सिएर आँसु पिएर बाँच्न विवश छ भनिएको छ ।
नेपाल सभ्यताको प्रथम स्पर्श पाएको, ज्ञानको अपूर्व संगम, स्वतन्त्रताको प्रथम सोपानयुक्त सुन्दर भूमि हो तर अन्धकारको साम्राज्यमा बाँचिरहेछ । नेपालमा अझै पनि सोह्रौं शताब्दीको अन्धकार युग कायम छ । यहाँ मान्छेले मान्छेको बलि दिने युग, दास र सामन्तको युग, वेद र उपनिषद्को युग जस्तै छ । यहाँ अझै पनि ब्वाँसो र चितुवाको शासन छ । यहाँ भेडाको खोल ओढेर ब्वाँसाले शासन गरिररहेको छ । शिरमा अमूल्य ताज लगाएर ब्वाँसो सिंहासनमा बसेको छ । मुखमा वुद्धका सन्देश जप्दै, हातमा गीता समाएको, सेता परेवा उडाउँदै शान्तिको राग अलापेको अनि आफूलाई शान्तिको अग्रदूत र विष्णुको अवतार घोषणा गर्दै गीता र वेदका ऋचा सुनाएर, शान्ति र सिर्जनाका कुरा गरेर शोषणरहित समाज, गरिबीविहीन समाज बनाउने हल्ला गरेर यहाँको शासकले जनदमन गरिररहेको छ । समानता, प्रजातन्त्र आदिका कुरा गर्ने तर जनदमन गर्ने शासक छ । यस अवस्थालाई प्रस्तुत काव्यमा बाघ र बाख्राले मितेरी लाउने, बाज र परेवाले एकता गर्ने जस्ता सन्दर्भबाट प्रस्तुत गरिएको छ ।
यस काव्यमा आख्यान छैन । कविले वर्णनका क्रममा नेपालको तत्कालीन अवस्थाको चित्रण गरेका छन् । नेपालमा भ्रष्टाचार गर्नेलाई पनि छुट छ, अतिचार गर्नेलाई पनि छुट छ, दरवार ठड्याउन पनि स्वतन्त्रता छ, तरबार उज्याउन पनि स्वतन्त्रता छ भन्दै यस्तो छुटलाई अचम्मको प्रजातन्त्र ! अचम्मको समानता ! भनिएको छ । यहाँको प्रजातन्त्रलाई धनीलाई अझै धनी बनाउने र दुःखीलाई झनै दुःखी बनाउने विश्वमै नभएको समानता ! विश्वमै नभएको प्रजातन्त्र ! भनी व्यङ्ग्य गरिएको छ । यसरी नेपालमा ब्वाँसोको राज छ भनिएको छ ।
३.४.२ भाव
ब्वा“सोको अन्त्यको खेल (२०४५) तत्कालीन नेपालमा भ्रष्टाचारको नयाँ कीर्तिमान् रहेको भन्दै दुःखी, गरिबले बाँच्न नपाउने अवस्था रहेको उल्लेख छ । यहाँ कुमारित्व लुटिने गरेको, उमेर नपुग्दै मुर्झाएकी आमा, समय नपुग्दै कुप्रिएका बाउहरू मात्र छन् भनिएको छ । नेपालीहरू निरर्थक जीवन बाँचिरहेका छन् । त्यहाँ दुर्भिक्षको आतस र निरङ्कुशताको सन्त्रास रहेको छ । जनताहरू जुवामा नारिएको गोरु जस्तै छन् । नेपाली जनता नाकमा नत्थी लगाई लाठीको मार सहँदै गरेका गोरु सरह छन् । उनीहरू भोक र प्यासले सताएका, रोग र शोकले गलाएका दुःखी छन् भनिएको छ अनि अन्यायको विरोध गर्नेहरूमाथि चर्को दमन हुने गरेको उल्लेख छ ।
शासकका कारण जनताहरू आक्रान्त छन् भन्ने यस काव्यको निष्कर्ष रहेको छ । यहाँ विषवृक्षहरू झाङ्गिएका छन्, त्यहाँ विकास हैन भ्रष्टहरू डकार्दै छन् । सत्ताका रक्षकहरू राष्ट्रिय गान पनि ब्वाँसोको महिमा गान बनेको छ । त्यहाँ खुसी हैन आँसुको लय बज्छ र सर्वत्र कोलाहल र अत्याचार छ भनिएको छ । त्यसैले अब जनप्रतिरोध सुरु भएको छ भन्ने कविको भनाइ छ । यसरी यस काव्यको पहिलो खण्ड समाप्त हुन्छ ।
काव्यको दोस्रो खण्डमा नेपालमा पटक पटक जनसंघर्ष भएको सन्दर्भ उल्लेख गरिएको छ । ‘धेरै पटक खेलिए खेलहरू ब्वाँसो विरुद्धमा’ भन्दै हरेक पटकका जनसंघर्षहरू उपलब्धिहीन भएको उल्लेख छ । संघर्षहरू सम्झौतामा टुङ्ग्याइएकाले जनताको जितेर पनि हारे भन्ने कविको भनाइ छ । यसरी सम्झौतामा टुङ्गिएका संघर्षहरूले परिवर्तन ल्याउन सकेनन् र सधैँ शासक वर्ग जनतामाथि दमन गर्न अग्रसर हुने गरेको छ भन्ने कविको ठहर छ । यसलाई काव्यमा यसरी भनिएको छ :
अनि ब्वाँसोको उही राज
उही सिंहासन
उही महल
ऊ झनै निष्ठुर भयो
भत्काउन जनताको महान अभियान
ऊ लागिरह्यो ।
कवि नेपाली शासक वा राजतन्त्रलाई ब्वाँसोको संज्ञा दिन्छन् र त्यो ब्वाँसो नौरङ्गी ओल ओढेर सिंहासनमा विराजमान छ भन्छन् । नेपाली शासक मनगढन्ते योजना बनाउँदै सबैको आँखामा छारो हाल्दै छ । ऊ कल्पनाको महल बनाउने झ्याली पिटाउँछ र अनेक नाटक मञ्चन गर्छ । ऊ अहोरात्र शान्तिकै पाठ गर्छ तर एक हातमा परेवा र अर्को हातमा बन्दुक समाउँदै शान्तिको आह्वान गर्छ भनिएको छ । यस्तो शान्तिको आह्वानलाई यस काव्यमा रगत पिएर आउने शान्ति !, सङ्गिन घोचेर आउने शान्ति ! भन्दै व्यङ्ग्य गरिएको छ ।
शासकको यस्तो व्यवहारका विरुद्ध अब जनता जाग्नुपर्छ भन्ने कविको आग्रह रहेको छ । उनी जनताका नेताहरूलाई गाउँमा जान आग्रह गर्छन् । उनी नेतालाई काँतर नबन्नुहोस्, तपाई एक्लो हुनुहुन्न भन्दै तपाईसँग सम्पूर्ण संसार छ, महान हिमालको शीतल पवन छ अनि कुण्ठित आवाजको महाशक्ति छ भन्छन् । शासकको अत्याचार सही नसक्नु भएकाले अब विद्रोहको विकल्प छैन भन्दै नयाँ दिन ल्याउनका लागि अन्तिम विद्रोह आवश्यक छ भन्ने कविको आग्रह रहेको छ ।
संसारमा श्रमजीवी वर्गले हरेक लडाइँ जितेको छ र त्यस्तो जितमा माक्र्सवादी विचारको मुख्य हात छ भन्ने कविको भनाइ छ । यस काव्यमा माक्र्सवादी विचारबाट लडिने जनताको लडाइँलाई ब्वाँसा विरुद्धको नायाँ खेल भन्छन् । यस्तो नयाँ खेल पेरिसबाट सुरु भएको भन्दै पेरिसको विजयलाई पहिलो विजयको संज्ञा दिन्छन् । यसरी नै रुसी जारको विरुद्धको लडाइँलाई दोस्रो युद्ध भन्दै रुसी विजयलाई विश्व सर्वहाराको महान् विजय भनेका छन् । रुसको सर्वाहार क्रान्तिपछि संसारको छानो (चीन) देखि समुद्रको किनारासम्म, युरोपको मैदानदेखि अफ्रिकाको जङ्गलमम्म जताततै सर्वाहार क्रान्ति सुरु भएको र त्यसले विजय हासिल गर्दै गएको छ भन्ने कविको भनाइ छ । यसरी जताततै विजय हासिल गरेपछि जनविरोधी शासकले अनेक षडयन्त्र गर्दै गएको र विभिन्न ठाउँमा प्रतिक्रान्ति हुने गरेको छ त्यसैले जनताहरू सचेत हुनुपर्छ भन्ने कविको आग्रह रहेको छ ।
क्रान्तिका विरुद्ध अनेक सङ्घर्ष भए पनि अन्ततः क्रान्तिको विजय निश्चित छ । क्रान्तिलाई रोक्ने कुरा नदीकोे महाभेललाई बाँधले छेक्ने, समयको गतिलाई रोक्ने जस्ता प्रयास मात्र हुन् भन्ने कविको भनाइ रहेको छ । अब प्रतिक्रान्तिबाट सर्वहारा वर्गले नयाँ पाठ सिकेका छन्, महान् शिक्षा प्राप्त गरेका छन् । त्यसैले नयाँ शिक्षाबाट हामीले पनि क्रान्ति गर्नुपर्छ भन्ने यस काव्यमा कविको आग्रह रहेको छ ।
यस काव्यको निष्कर्षमा त्यति बेलाको नेपालमा रहेको राजतन्त्रात्मक शासन सत्ताका विरुद्ध अन्तिम गीत गाउनु पर्छ, अन्तिम खेल खेल्नु पर्छ भनिएको छ । अब गाइने गीत जनविरोधी सत्ताको अन्त्यको गीत हुनुपर्छ भन्ने कविको आग्रह रहेको छ । अबको आन्दोलनमा बन्दुक र कलम बोकेर, हँसिया र हथौडा बोकेर लडाइँ लड्न आवश्यक छ भन्दै यस अब जनविरोधी शासकको अन्त्य भएको इतिहास लेखिनु पर्छ भन्ने कविको आग्रह रहेको छ । जनविरोधी सत्ताको अन्त्य भएपछि नयाँ युग आउनेछ भन्दै यस काव्यमा लेखिएको छ :
उसको अन्त्यपछि
युगले नयाँ कोल्टे फेर्ने छ
नयाँ युगको नयाँ बिहानीमा
त्यहाँ खेलिने छ सुन्दर खेल
स्वतन्त्रता र समानताको खेल
उन्नति र समुन्नतिको खेल
क्रान्ति र शान्तिको खेल ।
समग्रमा हेर्दा प्रस्तुत काव्य वर्णनात्मक रूपमा अगाडि बढेको छ । यसमा आख्यानको अभाव छ । यस काव्यको मुख्य चरित्र भनेको ब्वाँसो रूपी शासक हो । यसले तत्कालीन नेपालको राजसंस्थालाई बुझाउँछ । यसमा आख्यान भन्दा पनि विचारको प्रस्तुति छ । माक्र्सवादी विचारको पक्षपोषण र विश्व सर्वाहार आन्दोलनको संक्षिप्त चर्चा पनि यसमा गरिएको छ । यहाँ ब्वाँसोलाई निरङ्कुश शासकको प्रतीकका रूपमा प्रस्तुत गर्दै सत्ताका आसेपासेलाई गिद्ध, स्याल, कुकुरजस्ता प्रतीकबाट प्रस्तुत गरिएको छ । यहाँ जनतालाई तिनीहरू, जनता आदि शब्दले सम्बोधन गरिएको छ भने नेतालाई ‘प्यारा बन्धु’ भनी सम्बोधन गरिएको छ । समग्रमा भन्दा यस काव्यको ब्वाँसो पात्र निरङ्कुश पञ्चायती व्यवस्थाको नाइके वा राजतन्त्र हो । ऊ सामन्ती र शोषक चरित्र हो । ऊ असत् चरित्र हो । ऊ वर्गीय चरित्र हो । उसका आसेपासे गोमन, गिद्धहरू सबै असत् पात्र हुन् । यस काव्यमा आएका जनता शोषित पीडित छन् । तिनै शोषित पीडित जनताले क्रान्ति गर्न सक्छन् र गर्नुपर्छ भन्ने यस काव्यको सार रहेको छ ।

३.४.३ लय
ब्वाँसोको अन्त्यको खेल काव्य मुक्त (गद्य) ढाँचामा रहेको छ । गद्य लयमा रहेको भए पनि यसको आन्तरिक लय सशक्त रहेको छ । अनियमित रूपमा अन्त्यानुप्रासको प्रयोगले एक प्रकारको लय सिर्जना भएको छ, जस्तै :
पक्कै पनि त्यो अस्तित्व
तिम्रो पनि अस्तित्व हो
प्राण हो, जीवन हो
वास्तवमा त्यो अस्तित्व
हामी सबैको अस्तित्व हो । (पृ. १) ।
युगले नयाँ कोल्टे फेर्ने छ
नयाँ युगको नयाँ बिहानीमा
त्यहाँ खेलिने छ सुन्दर खेल
स्वतन्त्रता र समानताको खेल
उन्नति र समुन्नतिको खेल
क्रान्ति र शान्तिको खेल । (पृ. २५) ।
यस काव्यमा स्वर तथा व्यञ्जन वर्णको साम्यता र वैषम्यताबाट आन्तरिक अनुप्रास झल्किएको छ । सुकोमल, सुललित र सङ्गीतमय कतिपय पदपदावलीको प्रयोगले गर्दा यसको गद्यलय भए पनि मिठासपूर्ण रहेको छ ।
३.४.४ भाषाशैली
ब्वा“सोको अन्त्यको खेल काव्यमा बढी मात्रमा तत्सम अनि आगन्तुक र तद्भव तीन ओटै स्रोतका शब्दहरू प्रयोग भएका छन् । तलको उदाहरण हेरौँ :
शोषणरहित समाज
गरिबीविहीन समाज
स्वर्गभन्दा सुन्दर राज्य !
वैकुण्ठभन्दा उज्ज्वल राज्य !
बनाउने कल्पना गरिएको छ ।
किताबमा लेखिएको छ
समानता र प्रजातन्त्र !
रेडियोमा फुकिएको छ
स्वतन्त्रता र समानता !
यहाँ ‘शोषण’, ‘समाज’ ‘उज्ज्वल’, ‘वैकुण्ठ’ जस्ता तत्सम, ‘घोडा’, ‘फूल’ जस्ता तद्भव र ‘गरिब’, ‘किताब’ जस्ता आगन्तुक शब्दको प्रयोग भएको छ । यस प्रकारको प्रयोग अन्यत्र पनि पाइँदैन ।
यस काव्यको भाषा सरल रहेको देखिन्छ । यसमा केही मात्रमा बिम्ब र प्रतीकहरूको संयोजन गरिएको छ । यस काव्यको शीर्षक नै ब्वा“सोको अन्त्यको खेल रहेको छ र यो आफैमा प्रतीकात्मक रहेको छ । यहाँ ब्वाँसोले तत्कालीन शासकको मूल व्यक्ति वा अगुवा वा राजतन्त्रलाई जनाउँछ । यसका साथै यस काव्यमा गधा, स्याल, गोमन सर्प जस्ता जीव र पन्छीबाट टिपिएका प्रतीकात्मक अर्थवहन गर्ने नाम शब्दहरूको प्रयोग गरिएको छ । यिनले मूल शासकलाई सहयोग गर्ने पञ्च शासकलाई जनाएका छन् ।
यसरी प्रस्तुत काव्यमा वनस्पति, जीवजन्तु, पन्छी तथा समाज र राजनीतिक क्षेत्रबाट टिपिएका विभिन्न बिम्ब र प्रतीकहरू लिइएका छन् । साथै यसमा उपमा, रूपक, सन्देह, अत्युक्ति, विरोध, आदि जस्ता अलङ्कारहरूको सिर्जना हुन पुगेको छ । प्रस्तुत काव्यको केन्द्रीय भाव र शीर्षकका बिचमा सामञ्जस्य रहेको छ । यहाँ संघर्ष वा आन्दोलनलाई खेल भनिएको छ र त्यस्तो खेलले ब्वाँसो अर्थात् जनविरोधी शासक वर्गको अन्त्य गर्छ भन्ने अर्थमा शीर्षक राखिएको देखिन्छ ।
३.५ कालो नाटक काव्यको विश्लेषण्
कालोनाटक लघुकाव्य ब्वा“सोको अन्त्यको खेल (खण्डकाव्य) सँगै एकैसाथ प्रकाशित छ । यो काव्य २०४५ सालमा प्रथम पटक प्रकाशित भएको हो । पञ्चायती शासकको क्रियाकलाप र खास गरेर आधारभूत आवश्यकता परिपूर्ति गर्ने भन्ने पञ्चायती शासकको घोषणाका सन्दर्भमा प्रस्तुत काव्य रचना गरिएको देखिन्छ ।
३.५.१ कथानक
कालोनाटक लघुकाव्य हो । यसमा कुनै आख्यान छैन । आख्यान नभएकाले यसमा पात्रहरू पनि छैनन् । पञ्चायती शासकले जनताका आधारभूत आवश्यकता पूरा गर्ने उद्घोष गरेका पृष्ठभूमिमा सो घोषणा पूरा हुन सक्तैन भन्ने सन्दर्भबाट यो काव्य अगाडि बढेको छ ।
यस काव्यमा घटना सन्दर्भबाट कुनै खण्ड वा परिच्छेद छुट्याइएको छैन । यस्ता खण्डका कुनै शीर्षक र उपशीर्षकहरू छैनन् । तर पनि सन्दर्भ वा प्रसङ्ग छुट्याउने आशयबाट यसमा ६ ओटा परिच्छेद विभाजन गरिएका छन् । यस्ता परिच्छेद छुट्याउनका लागि तारा चिह्न दिइएको छ । यसमा वर्णन मात्र छ । वर्णनका क्रममा यसमा अनुष्टुप छन्दका ९५ ओटा श्लोकहरू रहेका छन् ।
प्रस्तुत कालोनाटक लघुकाव्य पञ्चायती शासकका क्रियाकलाप र उसको चरित्रको वर्णनका विषयमा केन्द्रित रहेको छ । पञ्चायती शासकले जनताको आधारभूत आवश्यकता पूर्ति गर्ने घोषणा गरेको थियो । त्यही सन्दर्भबाट यो काव्य अगाडि बढेको छ । काव्यको सुरुमै यस विषयलाई यसरी प्रस्तुत गरिएको छ :
बितेर सदियौं जाँदा सम्मन उसले यहाँ
गरेन उन्नति आफ्नो सिवाय अरू निम्तिमा
उसैले अहिले फेरि दौडिने गफ गर्दछ
आधारआव (आधारभूत आवश्यकता) को पूर्ति गर्दछु किन भन्दछ ?
यसरी शासकले आधारभूत आवश्यकता परिपूर्ति गर्ने कुरा हावादारी गफ हो भन्दै पञ्चायती शासकले पहिले पनि यस्ता हावादारी कुरा गर्दै आएकाले यो कुरा पनि पत्यान नसकिने भनिएको छ । यस्तो योजनालाई ‘नौरङ्गी महायोजना’ भनिएको छ । जनताहरू पञ्चायती सत्ताका विरुद्ध गएकाले सत्ता टिकाउनका लागि यस्ता कुरा ल्याएका हो भन्ने कुरा यसमा आएको छ । यो योजना जनता ठग्न योजना मात्र हो भन्दै कवि लेख्छन् :
यो सबै उसको चाल कुहेको रूप छोपने
निमोठी क्रान्तिको मुन्टो बिहानी पर छेकने ।
इरानी शासकको जस्तो हाल नहोस् भन्दै जनता झुक्याउका लागि पञ्चायती शासकले यस्तो योजना ल्याएको हो, यो जनताको परिवर्तनको चाहनालाई दबाउने योजना हो । यसमा हामी झुक्किनु हुन्न भन्ने कविको आग्रह रहेको छ । यस योजनालाई कविले ‘चोरको सरदारले अनेक उपाय गरी ल्याएको नीति’ भन्दै यसलाई नाटकको संज्ञा दिएका छन् :
केवल नाटकै हो यो कुहेको रूप ढाकने
सिंगारी नक्कली देह नौरङ्गी रूप देखिने
भुलाइ जनता आफू निर्दJष साधु देखिने
संघर्ष, युगको आँधी धकेली पछि खेदने ।
पञ्चायती शासक बिरामी घोडा जस्तो हो । यसले विश्व यात्रा गर्ने कुरा सम्भव छैन । यो शासक रबिज लागेको कुकुर जस्तै हो भन्दै यसका योजनालाई धोन्द्रो भै सकेको रुख पालुवा पलाएर फूल र फल लाग्न असम्भव भए जस्तै भाषण, गफले मात्र विकास हुँदैन भनिएको छ । यो योजनालाई यसरी वर्णन गरिएको छ :
फिस्टोले बाँसको टुप्पो नुगाई नुगिने भए
बिरालो सिद्राको माला लगाई चोखिने भए
गर्दथ्यो रुसमा ठुलो उन्नति जारले पनि
झुन्डिनु किन पथ्र्यो र छोडेर सुख सम्पत्ति ?
पञ्चायती शासक विदेशीसँग भिख मागेर चलेको छ र यसरी चलेको शासकले जनताको आधारभूत आवश्यकता पूरा गर्ने कुरा कसरी सम्भव हुन्छ भन्दै अनेक दृष्टान्त दिएर पञ्चायती शासकका काममा व्यङ्ग्य गरिएको छ :
मागेको भीखले मात्र महल ठडिने भए
भिक्षाको भरमा साहु, मालिक भेटिने भए
बगाई पसिना मिल खेतमा किन जोतिनु ?
लगाई कपडा पीत जोगी भै नहिँडी सबै !
दिएको दानले मात्र मोटर गुडने भए !
मागेरै देशमा ठुला जहाज उडने भए !
बेकार भैन के ठुला उद्योगहरू खोलन ?
दुःखले पसिना काडी भट्टीमा श्रम पोखन ?
जसले काम गर्छ उसले बोल्दैन । काम नगर्नेले अनावश्यक गफ लडाउने गर्छ भन्दै पञ्चायती शासकलाई काम नगर्ने गफ मात्र गर्ने भनिएको छ । पञ्च र तिनका चम्चाहरूले आफूलाई भलाद्मी, देश रक्षक भन्दै आफ्नै महल र सम्पत्ति जोड्दै छन् भनिएको छ ।
नथाकी चम्चा र पञ्च, नाइके, देश भक्षक
भट्टाइरहलान् हाम्रो प्रतिज्ञा पूरा भो भनी
बक्ने छ रेडियो खाली यिनैको गीत गाउँदै
दिएर प्रभुको संज्ञा नेपाल स्वर्ग भो भनी ।
पञ्चायती शासनमा शासकहरूले देशको सर्वस्व लुटेको, गुन्डागर्दी बढेको, भ्रष्टाचार बढेको र जनता भने गरिब हुँदै गएको भनी चिन्ता व्यक्त गरिएको छ :
कुण्डले, मण्डले, मुन्द्रे, हुक्के र बैठके मिली
खानेछन् सर्वस्व लुटी देशको धन सम्पत्ति
शताब्दी बिस सम्मन व्यवस्था यही नै रहे
नेपाल डुब्नेछ सारा गुम्ने छ यस उन्नति ।
यस काव्यमा कुनै आख्यान तत्त्व छैन । यसमा कुनै पनि पात्रहरू प्रयोग भएका छैनन् । यसमा यसमा शासनसत्ताको प्रतिनिधित्व शासक वर्गलाई सम्बोधन गरिएको छ र ती शासक नै अप्रत्यक्ष रूपमा पात्रको भूमिकामा आएका छन् ।
३.५.२ भाव
कालोनाटक लघुकाव्य पञ्चायती शासन व्यवस्था जनताको हितमा नभएको, यस शासन व्यवस्था रहँदासम्म देशको राष्ट्रियता सङ्कटमा परेको, जनताका हक अधिकार कुण्ठित भएको जस्ता अनेकन् कारणले गर्दा यस्तो शासन व्यवस्थाको अन्त्य हुनुपर्छ र यसका लागि जनता उठ्नेछन् भन्ने कविको दृढ विश्वास रहेको छ । जनता जागेर क्रान्तिमा उठ्ने छन् र जनविरोधी शासनसत्ताको अन्त्य हुनेछ । यसरी जनताहरू जागृत भएर क्रान्ति गरेपछि मात्र आधारभूत आवश्यकताको पूर्ति हुन्छ भन्ने यस काव्यको निष्कर्ष रहेको छ :
निशाको साम्राज्य अन्त्य भएर बिहान होला
हँसाइ दिगन्त सारा रक्तिम रवि जन्मला
यसरी सुनौला युग जन्मेला हिमदेशमा
आधार आवको पूर्ति हुनेछ त्यसै युगमा ।
३.५.३ लय
कालोनाटक लघुकाव्य बद्धलय ढाँचामा लेखिएको छ । प्रस्तुत काव्यमा अनुष्टुप छन्दको प्रयोग गरिएको छ । यस खण्डकाव्यका सबै श्लोकहरू अनुष्टुप छन्दमा रहेका छन् । अनुष्टुप छन्दका जम्मा ९५ ओटा श्लोकहरू यसमा रहेका छन् ।
यस काव्यमा समेटिएका अनुष्टुप छन्दका श्लोकहरू प्रायः अन्त्यानुप्रासविहीन छन् । केही उदाहरण :
नटिक्ने निश्चित भयो निरङ्कुश व्यवस्था यहाँ
त्यसैले जनता ठग्न दौडिने गफ गर्दछ । (श्लोक ७)
जन्ताले, विश्वले बोले विरुद्ध मापदण्डको
विकास कसरी हुन्छ सम्भवै हुँदैन भनी । (श्लोक ८)
डढेलो फैलिंदा कालो सुविधा विनास हुँदै
इरानी शाहको जस्तो नहोस अवस्था भनी । (श्लोक ११)
लगाई गज र आगो गरिबका घर–वस्तीमा
गर्नेछन् खरानी झुप्रा गरिब सुकुम्बासीका । (श्लोक ५३)
वैरीले गरेको आफ्नी आमाको बलत्कारलाई
बस्नेछन् नदेखे जस्तो गरेर देश रक्षक ! (श्लोक ७८)
खसाली सामन्ती ताज, चोरको सरदारलाई
दिनेछन् उचित दण्ड जारला दिएझैं गरी । (श्लोक ८४) ।
कतिपय श्लोकहरूमा भने अन्त्यानप्रास पनि पाइन्छ :
बितेर सदियौँ जाँदा सम्मन उसले यहाँ
गरेन उन्नति आफ्नो सिवाय अरू निम्तिमा । (श्लोक १)
उसैले अहिले फेरि दौडिने गफ गर्दछ
आधारआवको पूर्ति गर्दछु किन भन्दछ ? (श्लोक २)
यस काव्यमा अन्त्यानुप्रास नमिलाई पनि वर्णयोजना तथा छन्दका लघुगुरुगत योजनकाका कारण आन्तरिक अनुप्रास भने राम्ररी मिलेको पाइन्छ । यसबाट यस काव्यको लय मिठासयुक्त, गेयात्मक तथा सङ्गीतमय रहेको छ ।
३.५.४ भाषाशैली
प्रस्तुत काव्यमा तत्सम, तद्भव तथा आगन्तुक तिन ओटै स्रोतबाट शब्दहरू लिइएको छ । यसमा राजनीतिक, सामाजिक र प्राकृतिक सन्दर्भबाट बिम्बहरू लिइएको छ । यसमा विषयवस्तुलाई वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस काव्यको शीर्षक कालो नाटक भएकाले यसको शीर्षक आफैमा प्रतीकात्मक छ । यसमा प्रश्नालङ्कारको प्रशस्त प्रयोग भएको पाइन्छ । यसका साथै उपमा, अत्युक्ति आदि अलङ्कारको पनि यसमा प्रयोग भएको पाइन्छ । जस्तै :
प्रश्नालङ्कार
चाहियो किन पो पट्ठो बछेडो बेकारै यहाँ ?
चाहिए किन ती जेट, रकेट व्यर्थमै यहाँ ? (श्लोक २३)
रोप्दथ्यो विरुवा नयाँ कसैले दुःख झेलन ?
ठण्डी र असिना, पानी सहेर विन सित्तिमा ? (श्लोक २५)
यस काव्यमा सरल र छोटा छरिता शब्दको प्रयोग गरिएको छ भने केही मात्रमा समासयुक्त शब्द पनि प्रयुक्त छन् । कतै कतै पदक्रम विचलन र लोपको अवस्था देखिन्छ । यसमा कवि स्वयम् नै कथयिताका रूपमा उपस्थित भएका छन् । यसरी प्रस्तुत काव्य स्वयम् कविको प्रौढोक्तिका रूपमा आएको छ । यसमा केही ठाउँमा सम्बोधनको ढाँचा पनि यसमा अपनाइएको छ, जस्तै :
नाटक रच वा खेल उपाय जति नै गर
तैपनि मुक्तिको खेल रुक्दैन कहिल्यै पनि । (पृ. ८६)
यस काव्यमा मुख्यतः तृतीय पुरुष र एकाध अवस्थामा द्वितीय पुरुष कथनपद्धतिमा कविले विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कवि स्वयम् समाख्याता भएर विषयवस्तुको वर्णन गरेको पाइन्छ ।
३.६ खण्डकाव्यगत प्रवृत्ति
विष्णु भण्डारीले आफ्नो कविता यात्राको आरम्भ कालमा एस. वि विवेकका नाममा तीन ओटा खण्डकाव्य लेखेका छन् । ‘विद्रोहको छाल’, ‘ब्वाँसोको अन्त्यको खेल’ र ‘कालो नाटक’ नामका यी खण्डकाव्यका आधारमा विष्णु भण्डारीको खण्डकाव्यगत प्रवृत्ति पहिल्याउन सकिन्छ । भण्डारीका यी तीन ओटै खण्डकाव्यहरू तत्कालीन पञ्चायती व्यवस्थाका शोषण, विकृति, अन्याय र जनदमनका विषयमा रहेका छन् । यी तीन ओटै खण्डकाव्यमा पञ्चायती शासन व्यवस्था ठिक छैन, यसले जनदमन गरेको छ र यसले हावादारी योना ल्याएर जनतालाई झुक्याएको छ भन्ने कुरामा जोड दिइएको छ । यी तीन ओटै खण्डकाव्यले समाजमा रहेका विकृति, विसङ्गति शोषण, उत्पीडन आदिका विरुद्ध विद्रोह गर्ने आग्रह गरेका छन् र त्यस्तो विद्रोह माक्र्सवादी विचारबाट सम्भव हुन्छ भन्ने कुरामा जोड दिएका छन् ।
भण्डारीको पहिलो खण्डकाव्य ‘विद्रोहको छाल’ मा नायक निलम र नायिका उषाका माध्यमबाट देशमा व्याप्त शोषण, अत्याचार र विभेदको अन्त्य गर्नुपर्छ भनिएको छ । यस काव्यको नायक विद्रोहमा लागेको छ र नायिका उषा पनि त्यस विद्रोहमा सहयोगी भएर रहेकी छ । काव्यको नायक विद्रोहकै क्रममा सहिद हुन्छ र नायिका आफ्नो सहिद पतिको बाटोमा हिँड्ने प्रतिज्ञा गर्छे । यसरी यस काव्यमा शोषक सामन्तका विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने विचार प्रकट गर्न लगाइएको छ ।
दोस्रो खण्डकाव्य ब्वा“सोको अन्त्यको खेलमा जनसंघर्षलाई ब्वाँसोको अन्त्यको खेलका रूपमा लिँदै त्यस्तो खेल वा जनसंघषर्ष आवश्यक छ भन्ने निष्कर्ष निकालिएको छ । गद्य लयमा लेखिएको यस काव्यमा नेपालको तत्कालीन अवस्थाको चित्रण गर्दै माक्र्सवादी विचारबाट जनविरोधी सत्ताको अन्त्य गर्नुपर्छ भनिएको छ ।
भण्डारीको तेस्रो खण्डकाव्य ‘कालो नाटक’ मा पञ्चायती निरङ्कुश शासन व्यवस्थाको सन्दर्भमा आएको जनताको आधारभूत आवश्यकताको पूर्ति गर्ने योजनालाई काललो नाटकको संज्ञा दिइएको छ । जनताको आन्दोलनको उठ्न थालेपछि त्यसबाट डराएको शासकले जनताको आँखामा छारो हाल्दै जनआन्दोलनलाई निस्तेज पार्नका लागि यस्तो योजना ल्याएको हो र यो कालो नाटक जस्तै हो भन्दै यस्ता नक्कली कुरामा नअल्मलिई जनताहरू शासकका विरुद्ध संघर्षमा होमिनुपर्छ भन्ने यस काव्यको आशय रहेको छ ।
यसरी विष्णु भण्डारीका काव्यहरूमा माक्र्सवादी विचारधारमा आधारित छन् । माक्र्सवादी विचारधाराप्रति निष्ठा भएको, जनताको सेवा गर्ने, शोषित वर्गको पक्ष लिने, ऐतिहासिक आशावाद भएको विचारलाई र प्रवृत्तिलाई समाजवादी यथार्थवाद वा प्रगतिवाद भनिन्छ (बराल, २०६७ :१९) । विष्णु भण्डारीका तीन ओटै काव्यमा माक्र्सवादी विचारको पक्ष लिइएको छ । यी काव्यहरूको श्रमजीवी वर्गको पक्ष लिएका छन् र जनविरोधी शासक वर्गको विरोध गरेका छन् । तीन ओटै काव्यमा विगतदेखि नै श्रमजीवी वर्गको जित हुँदै आएकाले भविष्यमा पनि त्यही वर्गको उदय हुन्छ भन्ने भाव व्यक्त गरिएको छ । यी आधारहरूलाई हेर्दा विष्णु भण्डारीका खण्डकाव्यको मूल प्रवृत्ति प्रगतिवादी देखिन्छ ।
विष्णु भण्डारीका खण्डकाव्यमा आख्यान पक्ष त्यति सबल देखिँदैन । उनका खण्डकाव्यको लयगत प्रवृत्ति हेर्दा यिनी शास्त्रीय छन्द, लोकछन्द र मुक्त लय गरी तीन ओटै लय ढाँचामा काव्य लेख्ने काव्यकारका रूपमा देखापर्छन् । भाषाशैलीगत आधारमा हेर्दा विष्णु भण्डारीका खण्डकाव्यमा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतका शब्दको प्रयोग पाइन्छ । उनका काव्यमा प्रकृति, समाज, संस्कृति आदिबाट टिपिएका बिम्ब र प्रतीकको प्रयोग पाइन्छ ।
३.७ निष्कर्ष
विष्णु भण्डारीले ‘विद्रोहको छाल’, ‘ब्वाँसोको अन्त्यको खेल’ र ‘कालो नाटक’ गरी तीन ओटा खण्डकाव्य लेखेका छन् । यी तीन ओटै खण्डकाव्य तत्कालीन पञ्चायती शासन व्यवस्थाभित्रका शोषण, जनदमन, भ्रष्टाचार र पञ्चायती शासकका हावादारी योजना र नाराका विरोधमा लेखिएका छन् । पञ्चायती शासन व्यवस्था जनहितमा छैन र त्यसको अन्त्य आवश्यक छ भन्ने यी काव्यहरूको मूल भाव रहेको छ । तीन ओटा काव्यमध्ये सुरुको काव्यमा मात्र आख्यान छ, अरु वर्णनात्मक छन् । यी काव्यमा माक्र्सवादी विचारको समर्थन पाइन्छ र जनताको क्रान्तिलाई कसैले रोक्न सक्तैन र नेपालमा त्यस्तो क्रान्ति हुनुपर्छ भन्ने यी काव्यहरूको मूल भाव रहेको छ ।

परिच्छेद चार
विष्णु भण्डारीको महाकाव्यको विश्लेषण
४.१ विषय प्रवेश
विष्णु भण्डारीको उत्सर्ग नामक महाकाव्य (२०६७) प्रकाशित छ । नेकपा
(माओवादी) को नेतृत्वमा २०५२ देखि २०६३ सालसम्म सञ्चालित जनयुद्धको विषयमा यो महाकाव्य लेखिएको छ । जनयुद्धमा आधारित भएर महाकाव्य लेख्ने विष्णु भण्डारी प्रथम महाकवि पनि हुन् । यस अध्यायमा प्रस्तुत महाकाव्यको विश्लेषण गरिएको छ ।
४.२ महाकाव्य विश्लेषणको आधार
महाकाव्य कविताको बृहत् आयाम हो । “महाकाव्य कविता विधाको सबभन्दा विशाल आयामको त्यस्तो बृहत्तर वा बृहत्तम उपविधागत भेद होे जसमा साङ्गीतिक भावप्रवाहका रूपमा कवित्वको प्राधान्य रहने गरी आख्यानका माध्यमबाट समग्र जीवन जगत्को विस्तृत कथन प्रायः सर्गबद्ध बृहत् भाषिक सङ्कथनका संरचनाद्वारा गरिन्छ ।” (त्रिपाठी र अन्य, २०६० :९१) । यस परिभाषका आधारमा हेर्दा महाकाव्यलाई आख्यान भएको सर्गबद्ध बृहत्तर वा बृहत्तम कविता भन्न सकिन्छ ।
महाकाव्यका तत्त्वका बारेमा पनि विभिन्न चर्चा भएको पाइन्छ । महाकाव्य कविता विधाकै बृहत् आयाम भएकाले भाव, लय, भाषाशैली जस्ता कविताका आधारभूत तत्त्व यसमा हुन्छन् । साथै यसमा आख्यान पनि हुने भएकाले कथानक, चरित्र, परिवेश, दृष्टिबिन्दु, उद्देश्य जस्ता तत्त्वहरू पनि यसमा रहने देखिन्छ । यसरी महाकाव्यका तत्त्वलाई आख्यानीकरण, संरचना, लय, भाषाशैली आदि आधारमा हेर्न सकिन्छ (त्रिपाठी र अन्य, २०६० :८५) । यस अध्यननमा कथावस्तु, चरित्र, प्रबन्ध विधान, भाव, लय र भाषाशैलीका आधारमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यको विश्लेषण गरिएको छ ।
४.३ कथावस्तु
विष्णु भण्डारीको उत्सर्ग महाकाव्य जनयुद्धका विषयमा लेखिएको छ । यस महाकाव्यको उठान कवि पात्रद्वारा गरिएको छ । यसमा शोषण र उत्पीडनका विरोधमा जनयुद्धको थालनी भएको कुरा उल्लेख गरिएको छ । गुल्मी जिल्लाका विभिन्न गाउँहरूको स्थानिक परिवेशमा लेखिएको यस महाकाव्यमा युद्धका क्रममा घाइते भएकी छापामार युवती नीलिमाले समीरको कोठामा सेल्टर लिएर बसेको सन्दर्भबाट कथा अगाडि बढेको छ ।
जनयुद्धका क्रममा नीलिमा घाइते भएकी छे । घाइते नीलिमा समीरको घरनजिकै डेरा लिएर बसेकी छे । नीलिमसँगको निकटताले समीर जनयुद्धको महत्त्वबोध गर्न थाल्छ । समीर तटस्थ विचारको व्यक्ति हो । नीलिमकी दिदी सिमरानसँग प्रेम गथ्र्यो तर उनीहरुको प्रेम सफल भएन । प्रेममा असफल भएपछि ऊ त्यत्तिके विरक्तिएको हुन्छ । नीलिमासँगको निकटतापछि समीर पनि जनयुद्धमा प्रवेश गर्छ र अन्याय र शोषणको विरोधमा लड्ने कसम खान्छ । अन्तमा ऊ पनि ऊ जनयुद्धमा सामेल हुन्छ ।
जनयुद्धमा सहभागी भएर समीरले विभिन्न प्रहरी चौकीमा आक्रमण गर्छ । नीलिमा पनि साथमै हुन्छे । नीलिमाले कमान्डरको भूमिकामा हुन्छे । बिस्तारै नीलिमा र समीरका बिचमा प्रेम सुरु हुन्छ । उनीहरूका बिचको प्रेम सुरु भएको अवस्थासम्मलाई महाकाव्यको प्रथम खण्डमा समेटिएको छ ।
महाकाव्यको दोस्रो खण्डमा विभिन्न सन्दर्भको चित्रण गरिएको छ । समीर र कवि पात्र पनि जेल परेको देखाइएको छ । त्यस क्रममा जेलजीवनका कष्टपद अवस्था चित्रण गरिएको छ । यस क्रममा कविको दाइ र कवि गुल्मी जिल्लाको विभिन्न क्षेत्रहरूमा भ्रमणमा निस्कन्छन् । कविले समीरको डायरी फेला पार्छ र त्यो डायरी नीलिमालाई दिन्छ । त्यो डायरीमा समीरले सेनाको ब्यारेकमा भीषण आक्रमण गरेको लगायतका थुप्रै सन्दर्भ छन् । डायरीका आधारमा हेर्दा समीर युद्धमा घाइते भयो र उसलाई उसकी पूर्व प्रेमिका अर्थात् नीलिमाकी दिदीले फेला पार्छे र घाइते समीर नीलिमाको दिदीको घरमा उपचार गरेर बसिरहेको छ । उसलाई खोज्न गएको कविले उसलाई भेटेको छैन र डायरी मात्र ल्याएको आधारमा हेर्दा उसको सहादत भइसकेको देखिन्छ । तर नीलिमा भने समीरको डायरीका आधारमा ‘ऊ मर्ने छैन’ भन्छे र यत्तिकैमा महाकाव्य समाप्त हुन्छ ।
यस महाकाव्यलाई रैखिक ढाँचामा हेर्न सकिन्छ । नीलिमा घाइते हुनु, ऊ समीरको घरमा बस्न थाल्नु र समीरसँग नीलिमाको प्रेम सुरु हुनु यसको आदि भाग हो । जनयुद्धको उत्कर्ष, सम्म र नीलिमाको प्रेमको उत्कर्ष र समीर जेल पर्नुसम्मको घटना मध्य भाग मान्न सकिन्छ । समीरको डायरी पढेर नीलिमाले ‘ऊ मर्ने छैन’ भन्ने सन्दर्भसँगै महाकाव्यको समाप्त भएको छ र यो महाकाव्यको अन्त्य भागका रूपमा रहेको छ ।
प्रस्तुत उत्सर्ग महाकाव्य पृष्ठ ३ बाट सुरु भई २८८ पृष्ठसम्म फैलिएको छ । ‘आफू जलेर संसार रच्नेहरूलाई’ समर्पण गरिएको यस महाकाव्यमा पृष्ठ कदेखि फसम्म भूमिका खण्ड रहेको छ । यसमा प्रचण्डको शुभकामना अनि चैतन्य, ईश्वरचन्द्र ज्ञवाली, घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, ताराकान्त पाण्डेय र अमर गिरीको भूमिाका साथै अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको प्रकाशकीय र लेखकको मन्तव्यसमेत समेटिएका छन् ।
यसमा ‘उद्बोधन, सम्झौता जीवन हैन, माटो भावनामा चम्कँदैन, देश उत्सर्गको प्रतीक्षामा छ, जीवन रङहरूको समविष्ट हो, जीवनको नवीन गोरेटोमा, सम्झानाको तरेलीमा, नीलिमाको प्रत्यागमन, उदात्त जीवनको पथमा, वीरतापूर्ण लडाइँ, कोरा भावना चियाको उफान जस्तै हो, प्रेमले भरिएको सुमधुर साँझ, प्रत्याक्रमणको महान् अभियानमा’ गरी जम्मा १३ वटा सर्गहरूमा प्रथम खण्डलाई विभाजित गरिएको छ । त्यस्तै महाकाव्यको खण्ड–दुईमा मृत्युको विरुद्धमा, दुस्मन विरुद्धको गर्जन, आत्मविश्वास भरिएको नयाँ मान्छे, समीरको खोजीमा, विद्रोह अधिकार हो, साँचो प्रेम सिमलको भुवा होइन, जीवन तुफानको सङ्गीत रहेछ, महान् छलाङ र उपसंहार गरी नौवटा शीर्षक वा सर्गहरू रहेका छन् । यसरी प्रस्तुत महाकाव्य जम्मा २१ सर्गमा संरचित छ । अन्त्यमा उपसंहार भनी महाकाव्यको अन्त्य गरिएको छ ।
उत्सर्ग महाकाव्यको विषयवस्तु व्यापक र प्रभावकारी भए पनि यस महाकाव्यमा त्यसलाई भव्य र उदात्त रूपमा प्रस्तुत गरिएको छैन र आख्यान जति सशक्त र सबल बन्नु पथ्र्यो त्यति बन्न सकेको देखिँदैन । नीलिमा र समीरको प्रेम प्रसङ्ग र जनयुद्धको सामान्य चर्चा मात्रल गर्दाे महाकाव्यको विषयवस्तु व्यापक र प्रभावकारी बन्न सकेको देखिँदैन । यस विषयलाई यस महाकाव्यको भूमिकामा जगदीशचन्द्र भण्डारी लेख्छन्, “आख्यानको विस्तृतता÷व्यापकता र कवित्त्वको अधिनायकत्वको अपेक्षालाई पूर्ण गर्न नसके पनि विषयवस्तु र शैलीशिल्पमा नवपथ कोर्ने काम उत्सर्ग महाकाव्यले गरेको छ ।” (पृ. ड) । यस विषयलाई महाकाव्यको भूमिकामा चैतन्यले यसरी मूल्याङ्कन गरेका छन्, “कथावस्तु आवश्यकता अनुरूप द्वन्द्वमय बन्न सकेको छैन । दोस्रो भागको कथागुम्फन केही जटिल बन्न गएको देखिन्छ ।” यस्ता सीमाहरू उल्लेख भए पनि समग्रमा हेर्दा यस महाकाव्यले जनयुद्धको विषयलाई प्रस्तुत गरेको छ । जनयुद्धको महत्त्वलाई स्थापित गरेको छ ।
४.४ चरित्र विधान
उत्सर्ग महाकाव्यमा नीलिमा, समीर, कवि वा पत्रकार, सिमरान, विक्रम, मनिष, सङ्ग्राम, मेजरलगायतका पात्रहरू आएका छन् । यसका मुख्य पात्रहरू नीलिमा र समीर हुन् । नीलिमा र समीरकै प्रेमकथामा सुरु भएको प्रस्तुत महाकाव्य नीलिमाको प्रणय सम्बन्धका कारण समीर पनि जनयुद्धमा लागेको छ । यसरी नीलिमाले समीरलाई प्रभाव पारेकी छ । समीर र नीलिमा सत्, वर्गीय र मुख्य चरित्र हुन् । नीलिमा यस काव्यकी मुख्य नारी पात्र हो । ऊ महाकाव्यकी नायिका हो । ऊ अनुकूल, वर्गीय, मञ्चीय, बद्ध, गतिशील चरित्रका रूपमा रहेकी छे । समीर यस महाकाव्यको मुख्य पुरुष पात्र र नायक हो । ऊ अनुकूल, बद्ध, वर्गीय, मञ्चीय, गतिशील चरित्रका रूपमा रहेको छ । कवि यस महाकाव्यको सहायक पात्र हो । उसले महाकाव्यको विषयलाई अगाडि बढाउन सहयोग गरेको छ । सिमरान पनि सहायक पात्रका रूपमा रहेकी छ । समीरकी पूर्व प्रेमिका सिमरानको लोग्ने पनि सरकारी सेनाद्वारा अनाहकमा मारिन्छ । सिमरानको लोग्न विना कारण मारिएपछि नै नीलिमा पनि जनयुद्धमा लागेकी हुन्छे । घाइते समीरलाई सिमरानले हेरविचार गरेकी छ । यी बाहेक अन्य पात्रहरू गौण चरित्रका रूपमा रहेका छन् ।
यस महाकाव्यमा समीर र नीलिमाको चरित्रलाई उदात्तीकरण गरिएको छ । उनीहरू जनयुद्धका आदर्श, वीर र महान् चरित्रका रूपमा देखाइएको छ ।
उत्सर्ग महाकाव्य गुल्मी जिल्ला र यस वरपरको स्थानिक परिवेशमा लेखिएको छ । महाकाव्य सुरु गुल्मी जिल्लाको छल्दी खोलाको सिस्तुङ गाउँको एउटा घरको परिवेशबाट भएको छ । यसमा विभिन्न प्रहरी चौकी र गुल्मी जिल्लाका अन्य ठाउँको सन्दर्भ उल्लेख रहेको छ । यस काव्यमा २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सुरु भएपछिको सन्दर्भ आएको छ । यसमा तत्कालीन अवस्थामा ग्रामीण क्षेत्रमा रहेको आर्थिक, सामाजिक, सांस्कृतिक आदि सन्दर्भको पनि सामान्य चित्रण पाइन्छ ।
यस महाकाव्यले जनयुद्धको महत्ता र यसको महिमागान गाइएको छ । जनयुद्ध आवश्यक थियो भन्ने भाव यसमा पाइन्छ ।
४.५ उद्देश्य
प्रस्तुत उत्सर्ग महाकाव्य जनयुद्धका विषयमा लेखिएको छ । नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा भएको जनदमन र प्रतिरोधको विषय यसमा समेटिएको छ । यो महाकाव्य जनयुद्धको महत्ता देखाउनका लागि लेखिएको देखिन्छ । महाकाव्यको भूमिकामा महाकाव्यकारले लेखेका निम्न लिखित कथनले पनि यसलाई पुष्टि गर्दछ :
म किन नलेखूँ जनयुद्धको महाकाव्य । मलाई थाहा छ यो युग महाकाव्यको युग होइन । धेरै साथीहरूले अव्यक्त आग्रह गर्नुभयो उपन्यास लेख्न । तर मलाई लाग्यो के महान् उत्सर्गलाई काव्यमा व्यक्त गर्नु पुरातन हुन्छ ? म लेख्छु । त्यो पनि महाकाव्य नै लेख्छु । जनयुद्धको महानता, यसले सिर्जना गरेको नयाँ संस्कृति र यसको जीवनसँगको निकटता बारेमा महाकाव्य हामीले नलेखेर कसले लेख्ने त ? (पृ. न) ।
प्रस्तुत महाकाव्यको भूमिकामा तारकान्त पाण्डेय लेख्छन् :
महाकाव्यमा प्रस्तुत कथ्यवस्तुलाई कवि भण्डारीले जसरी रागात्मक र ओजपूर्ण बनाउने प्रयास गरेका छन्, त्यो सबभन्दा महत्त्वपूर्ण र प्रशंसनीय रहेको मेरो ठम्याइ छ । यसमा जनयुद्ध÷विद्रोहको आवश्यकता वा औचित्यलाई तार्किक ढङ्गले सिद्ध गरिएको छ र नेपाली महान् जनयुद्धको सन्दर्भलाई वण्र्य विषयका रूपमा प्रस्तुत गरिएको छ (पृ. ण) ।
यी माथिका कथन र महाकाव्यको समग्र विषय र निष्कर्षका आधारमा हेर्दा जनयुद्धको महत्ता स्थापित गर्नु यस महाकाव्यको उद्देश्य देखिन्छ । महाकाव्यमा प्रस्तुत निम्न लिखित कथनबाट पनि यसको पुष्टि हुन्छ :
हामीले रगतले इतिहास लेख्यौँ
हामीले जीवनलाई उत्सर्ग गर्यौँ
तुफानी युद्धका भट्टीहरूमा
हामी जल्यौँ
आँधीमय ती वर्षहरूमा
हामी लड्यौँ
कवि ! समय छ के ?
हाम्रो जीवनको कविता लेख्ने ? (पृ. १२) ।
महाकाव्य प्रस्तुत कवितांशले प्रस्तुत महाकाव्य जनयुद्धको महिमालाई काव्यमा स्थापन गर्ने उद्देश्यले लेखिएको हो भन्ने स्पष्ट हुन्छ ।
४.६ लय विधान
प्रस्तुत उत्सर्ग महाकाव्य मुक्तलयमा लेखिएको छ । यसैले यो गद्य महाकाव्य हो । यस महाकाव्यमा एक्काइस वटा सर्ग र उपसंहार समाविष्ट छन् । गद्यलयमा रहेको भए पनि आन्तरिक लय सशक्त रहेको छ । यसमा आंशिक रूपमा अन्त्यानुप्रासको प्रयोग पाइन्छ । जस्तै :
समीर !
नीलिमाले मुस्कुराउँदै भनी–
कसले भनेको छ र
जीवन सोचेको जस्तो हुन्छ ?
जीवन न देखेको जस्तो हुन्छ
जीवन न सोचेको जस्तो हुन्छ । (पृ. २७) ।
यहाँ ‘सोचेको जस्तो हुन्छ’, ‘देखेको जस्तो हुन्छ’ जस्ता अन्त्यानुप्रास पाइन्छन् ।
तपाईंले जीवनको एउटा पक्ष
अन्धकार मात्र देख्नुभयो
तपाईंले जीवनको दुर्बल पक्ष
शोकलाई मात्र रोज्नुभयो
जीवन रात होइन
जीवन शोक होइन
जीवन त अन्धकार रातमा पनि
फुल्ने सुवासित पुष्पपत्र हो । (पृ. ३२)
यस कवितांशमा पक्ष, देख्नुभयो, रोज्नुभयो, होइन जस्ता शब्दहरूको अनियमित रुपमा अन्त्यानुप्रासका रुपमा आएका छन् ।
मेरै अगाडि एउटा दीपक
तुफान विरुद्ध लड्दै थियो
ऊ धप्धप् गर्दै जल्थ्यो
ऊ निभ्दा निभ्दै बल्थ्यो
सायद उसले खोज्थ्यो
सहाराको सानो छाया
भातृत्वको सानो माया । (पृ. १७३) ।
यहाँ जल्थ्यो, बल्थ्यो, खोज्थ्यो, माया, छाया जस्ता शब्दहरु अनियमित रुपमा अन्त्त्यानुप्रसाका रुपमा आएका छन् । यस्तो प्रयोग प्रस्तुत महाकाव्यमा जताततै पाइन्छ । यस्तो प्रयोगले यस काव्यको आन्तरिक लय निकै सशक्त बनेको छ ।
अन्त्यानुप्रासबाहेक यस महाकाव्यमा बिच बिचमा अनियमित रूपमा विभिन्न वर्णहरूको पुनरावृत्ति पाइन्छ । जस्तै :
मैले हेरेँ मात्र
मैले देखेँ मात्र
मानूँ विवेकहीन मूर्ख हुँ म
मानूँ शक्तिहीन मान्छे हुँ म
म जिउँदा मान्छेको आलो रगत
मिसिएर बग्ने नदी हेर्छु
नदी बगिरहन्छ म हेरिरहन्छु । (पृ. १७३) ।
यस कवितांशमा ‘म, ल, ह, आ, छ’ जस्ता वर्णहरुको पटक पटकको पुनरावृत्तिले शाब्दिक अलङ्कार सिर्जना भई एक प्रकारको लय सिर्जना भएको छ । अरु उदाहरण पनि हेरौँ :
समीर ! हामी राष्ट्रका सेवकहरू
सेवा नै परम धर्म
हामी विचारका रक्षकहरू
रक्षा नै परम कर्म
हामी म¥यौँ त राष्ट्रकै लागि म¥यौँ
हामीले मार्यौँ त माटोकै लागि मार्यौँ । (पृ. १७६)
यस प्रकारको प्रयोग यस काव्यमा जताततै पाइन्छ । यस्तो प्रयोगले प्रस्तुत महाकाव्य गद्य लयमा लेखिएर पनि लयात्मक बनेको छ ।
४.७ भाषाशैली
प्रस्तुत उत्सर्ग महाकाव्य माओवादी जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको छ । यसमा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतबाट शब्द लिइएको छ । यी तीन ओटा शब्दस्रोतमध्ये बढी मात्रमा तत्सम शब्दको प्रयोग पाइन्छ तर तद्भव र आगन्तुक शब्दहरूको पनि यथोचित प्रयोग गरिएको छ । यी तीन किसिमका शब्दस्रोतमध्ये तत्सम र तद्भव शब्दको अधिक प्रयोग पाइन्छ, यसको उदाहरणका तलको कवितांश हेर्दा पनि थाहा हुन्छ :
लाखौँ प्राणीमा श्रेष्ठ मान्छे
मान्छेले आफूलाई महान् भन्छ
मान्छेले आफूलाई सुन्दर भन्छ
र पनि विभेदको गहिरो खाई
मान्छे आफैले सिर्जना गर्छ
कहीँ भगवान् बनेर पुजिने गर्छ
कहीँ पराधीन भई हेपिने गर्छ
कहीँ महाराज बनेर अतिचार गर्छ
कहीँ भोको पेट लिएर जिउने गर्छ । (पृ. ४) ।
यस कवितांशमा ‘प्राणी, श्रेष्ठ, महान्, सुन्दर, विभेद, सिर्जना, भगवान्, पराधीन, महाराज, अतिचार’ जस्ता तत्सम र ‘मान्छे, गहिरो, खाई, पुजिने’ जस्ता तद्भव शब्दको प्रयोग भएको छ । यस काव्यमा अधिकांश रुपमा यस्तै प्रयोग पाइन्छ ।
त्यसो त केही मात्रमा आगन्तुक शब्दको प्रयोग पनि पाइन्छ, जस्तै :
मान्छेले जब यो माटो चुम्यो
त्यहाँ न भगवान् थियो
त्यहाँ न महाराज थियो
त्यहाँ न नोकर थियो
त्यहाँ न मालिक थियो । (पृ. ५) ।
यहाँ प्रयुक्त ‘नोकर’, ‘मालिक’ शब्द आगन्तुक हुन् ।
यस महाकाव्यमा गुल्मी जिल्लाका स्थान विशेषका नामहरु आएका छन् । यसमा प्रयुक्त भाषा सरल, सहज र स्वाभाविक रहेका छन् । यसमा समासयुक्त क्लिष्ट शब्दको प्रयोग खासै गरिएको छैन । सरल र सहज किसिमकै भाषाशैलीको आयोजनाले प्रस्तुत महाकाव्य क्लिष्ट र दुरुह नभएर सरल र सम्प्रेष्य बन्न पुगेको छ ।
उत्सर्ग महाकाव्यको मूलतः समाख्यानात्मक उक्ति ढाँचामा रहेको छ । कवि पात्रकै सिर्जना गरी कविले आफ्नो विचार प्रस्तुत गरेका छन् । यसमा आफ्नै उक्ति वा कविनिबद्ध प्रौढोक्तिका साथै कवि कल्पित घटना तथा पात्रको चित्रण वर्णनमूलक समाख्यानात्मक उक्ति वा कविनिबद्धवत्तृm प्रौढोक्तिका रूपमा प्रस्तुत गरिएको छ । महाकाव्यमा पात्रका आफ्नै मनोगत तरङ्ग वा एकालापको प्रस्तुति पनि छ भने संवादको प्रयोग पनि पाइन्छ । यसरी यस महाकाव्यको उक्तिढाँचा मिश्रित प्रकारको रहेको छ ।
उत्सर्ग महाकाव्यमा विभिन्न अलङ्कारहरूको प्रयोग गरिएको छ । यसमा अतिशयोक्ति, उपमा, रूपक, उत्प्रेक्षा, दृष्यन्त, सन्देह, विरोध आदि अर्थालङ्कारको यसमा नेपाली प्रकृति, समाज, दर्शन, ज्ञानविज्ञान, माक्र्सवादी जीवनचेतना आदिबाट बिम्ब प्रतीकहरू लिइएको छ । यस महाकाव्यको विषय र शीर्षकीकरणका बिचमा सामञ्जस्यता पाइन्छ । यसका पात्रहरू क्रान्तिका लागि त्याग वा बलिदान गर्न अग्रसर छन् र यसरी महाकाव्यको शीर्षक ‘उत्सर्ग’ सार्थक देखिन्छ ।
४.८ महाकाव्यात्मक प्रवृत्ति
विष्णु भण्डारीको प्रस्तुत उत्सर्ग महाकाव्य पनि वैचारिक रूपमा माक्र्सवादी वा प्रगतिवादी देखिन्छ । माक्र्सवादी विचारबाट निर्देशित जनयुद्धलाई विषय बनाएर त्यसको महिमागान गाउनु र त्यसलाई नेपाली जनताको अधिकार प्राप्तिको विषय बनाउनु नै आफैमा प्रगतिवादी विचार हो । यस महाकाव्यमा राजतन्त्रतात्मक सामन्तवादी राजनीतिक व्यवस्थाको विरोध गर्दैै त्यसको अन्त्य हुनुपर्छ भनिएको छ । जनयुद्धलाई महान् भन्दै तत्कालीन राज्य व्यवस्था, समाज व्यवस्था, संस्कृति आदिमा आमूल परिवर्तन हुनुपर्छ भनिएको छ । जनयुद्धलाई अनिवार्य भन्दै त्यसको पक्ष लिइएको छ । यसरी समग्रमा माक्र्सवादी विचारमा आधारित क्रान्तिको पक्ष लिइएकाले यस महाकाव्यको वैचारिक प्रवृत्ति माक्र्सवादी वा प्रगतिवादी देखिन्छ । यसमा क्रान्ति कहिल्यै रोकिँदैन भनिएको छ :
हामी ढल्दै गर्दा
उठ्छन् निदाएका मान्छेहरु
हामी मर्दै गर्दा
जन्मन्छन् अनेकौँ योद्धाहरु
हाम्रो सपनाको क्षितिजबाट
झुल्किनेछन् हजारौँ ज्योतिहरु
हाम्रो रगतका थोपाबाट
जन्मिने छन् हजारौँ सपूतहरु (पृ. १९३) ।
उत्सर्ग महाकाव्यमा गुल्मी जिल्लाको परिवेशको चित्रण गरिएको छ । सर्जकको जन्मथलो भएकाले पनि होला उनका गुल्मी जिल्लाको परिवेशको चित्रणमा विशेष अनुराग देखिन्छ । यस विषयलाई टिप्पणी गर्दै यसको भूमिकामा ईश्वरचन्द्र ज्ञवालीले लेखेका छन् :
यो आञ्चलिक सीमामा बाँधिएको प्रतीत हुन्छ । यसले अर्घाखाँची, गुल्मीको भौगोलिक सेरोफेरोमा नै आफूलाई सीमित गर्न चाहेको बोध हुन्छ । त्यसैले यसमा छल्दी, बडियार, आँखु आदि नदी वा खोलाहरू। वामीटक्सार, स्याउलीवाङ, सिस्तुङ आदि स्थानहरू र तिनकै भौगोलिक सेरोफेरोमा रहेका फाँट, मैदान, डाँडा, भन्ज्याङहरुको वर्णन बढी छ । तिनलाई यथार्थभन्दा माथि पु¥याएर अतिशयोक्तिपूर्ण प्रशस्ति र सौन्दर्य गायन पनि गरिएको छ । यसले कविको जन्मस्थलप्रतिको मोहलाई देखाउँछ । त्यसैले होला काव्यमा गाम, पिली, बेनी जस्ता विशिष्ट मोर्चाको भन्दा सन्धीखर्क, टक्सार जस्ता मोर्चाको स्मृतिबिम्ब खडा गरिएको छ (पृ. झ) ।
यसरी हेर्दा प्रस्तुत काव्यमा केही मात्रमा आञ्चलिकताको झल्को पाइन्छ तर स्थानीय परिवेशको चित्रण आञ्चलिकताको तहमा भने भएको पाइँदैन ।
उत्सर्ग महाकाव्य गद्य लयमा लेखिएको छ । यसमा तत्सम, तद्भव र आगन्तुक तीन ओटै स्रोतबाट शब्द लिइएको छ । यस महाकाव्यमा मूलतः राजनीति विषयलाई समेटेको छ । सामाजिक तथा सांस्कृतिक विषयको सन्दर्भ आए पनि त्यसको चित्रण त्यति प्रभावकारी बन्न सकेको देखिँदैन ।
समग्रमा हेर्दा प्रस्तुत ‘उत्सर्ग महाकाव्य प्रगतिवादी विचारमा आधारित गद्य महाकाव्यका रूपमा रहेको देखिन्छ । यसमा आञ्चलिकताका सङ्केत देखिन्छन् । गद्य लय, सरल भाषा र वर्णनात्मक शैली यस महाकाव्यका शैलीशिल्पगत प्रवृत्ति हुन् ।
४.९ निष्कर्ष
विष्णु भण्डारीको ‘उत्सर्ग महाकाव्य जनयुद्धका विषयमा लेखिएको पहिलो महाकाव्य हो । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते सुरु भई २०६२ सालसम्म सञ्चालित जनयुद्धलाई विषय बनाएर महाकाव्य लेख्ने परम्पराको थालनी यसै महाकाव्यबाट भएको छ । यसमा जनयुद्धमा सहभागी पात्रहरूलाई नायक र नायिका बनाइएको छ । उनीहरूले सशस्त्र युद्ध लडेका छन् र युद्धमा जेल परेका छन् । जनयुद्धका योद्धाहरू कहिल्यै मदैनन् भन्ने यस महाकाव्यको सार छ र साथै जनयुद्ध आवश्यक थियो र यसले मात्र शोषित पीडित जनताको मुक्ति सम्भव छ भन्ने निष्कर्ष निकालिएको छ । गुल्मी जिल्लाको स्थानिक परिवेशमा लेखिएको प्रस्तुत महाकाव्य गद्य लयमा २१ ओटा सर्ग र एउटा उपसर्गसहित २२ ओटा सर्गमा विभाजित छ ।
प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर लेखिएको उत्सर्ग महाकाव्यमा युद्धचेतनालाई देखाइएको छ । नेपालमा रहेको वर्गीय असमानता, शोषण र विभेदलाई देखाउँदै त्यसको अन्त्यका लागि भएको जनयुद्धको महिमा देखाउनु नै यस महाकाव्यको मुख्य उद्देश्य देखिन्छ । प्रस्तुत महाकाव्य जनयुद्धसँग सम्बन्धित घटना, पात्र र परिवेशमा आधारित छ । जनयुद्ध नेपालका सन्दर्भमा महान् आख्यान हो । नेपाली राजनीति, समाज, संस्कृति र समग्र नेपाली जीवनमा ठुलो उथलपुथल ल्याउने जनयुद्धलाई आख्यानीकरण गरी महाकाव्यको लेखन गर्नु स्वाभाविक देखिन्छ । तर यस जनयुद्धले नेपाली समाजमा जेजस्तो परिवर्तन ल्यायो, नेपालका दलित, जनजाति, महिला आदिमा जेजस्ता चेतना र परिवर्तन ल्यायो र यसको पृष्ठभूमिबाट जेजस्ता राजनीतिक परिवर्तनहरू भए ती सबैको समग्र चित्रण भने यसमा हुन सकेको देखिँदैन । यति हुँदाहुँदै पनि यसले नेपालको जनयुद्धको विषयमा महाकाव्य लेखन गरी नेपाली महाकाव्य परम्परामा महत्त्वपूर्ण योगदान दिएको छ ।
परिच्छेद पाँच
उपसंहार तथा निष्कर्ष
सुरुमा एस.वि. विवेक उपनामबाट साहित्य सिर्जना गर्ने विष्णु भण्डारी (२०२०) हाल विष्णु भण्डारीकै नाममा आफ्ना रचनाहरू प्रकाशित गर्दछन् । कविता, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास र सांस्कृतिक लेख रचनाका क्षेत्रमा कलम चलाएका भण्डारीका विद्रोहका छाल (खण्डकाव्य, २०४३), आ“धी तुफान (मुक्तक सङ्ग्रह, २०४४), ब्वा“सोको अन्त्यको खेल (खण्डकाव्य, २०४५), कालो नाटक (लघुकाव्य, २०४५), फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह,२०६३), उत्सर्ग (महाकाव्य, २०६७), घाइते ≈िवलचेयर(कविता सङ्ग्रह, २०६९) र पहेँलो घाम (उपन्यास, २०७२) पुस्तककार कृतिका रूपमा प्रकाशित छन् । यी बाहेक उनका फुटकर कथा, संस्मरण, कविता र संस्कृतिसम्बन्धी लेखहरू पनि प्रकाशित छन् । यस अध्ययनमा उनका कविता कृतिको अध्ययन गरिएको छ ।
आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४), फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३) र घाइते ≈िवलचेयर (कविता सङ्ग्रह, २०६९) विष्णु भण्डारीका कविता कृति हुन् । यी कृतिमा समकालीन यथार्थको चित्रण पाइन्छ । पहिलो कविता सङ्ग्रहमा पञ्चायत कालीन यथार्थको चित्रण गरिएको छ । दोस्रो कवितामा जनयुद्ध कालीन यथार्थ चित्रित छ । तेस्रो कविता सङ्ग्रमा २०६२–२०६३ सालको जनआन्दोलनको विषय समेटिएको छ र चौथो कविता सङ्ग्रहमा जनयुद्धले ल्याएको परिवर्तन गुम्ने हो कि भन्ने चिन्तासहित क्रान्ति रोक्नु हुन्न भन्ने भाव व्यक्त भएको छ ।
विष्णु भण्डारीका फुटकर कवितामा तत्कालीन यथार्थको चित्रण पाइन्छ । उनका फुटकर कविता विशेष गरेर राजनीतिक विषयवस्तुमा लेखिएका छन् । तत्कालीन राजनीतिमा देखिएका विकृति, भ्रष्टाचार, शोषण र त्यसको विरोध गर्ने आन्दोलनकारी तथा विद्रोहीका विरुद्ध राज्यले गर्ने दमनको विषय नै भण्डारीका फुटकर कविताका विषय हुन् । उनका सबै फुटकर कवितामा तत्कालीन राजनीतिक अवस्थाको परिवर्तन हुनुपर्छ भन्ने विचार स्पष्ट रुपमा आएको पाइन्छ । कवि यथास्थितिको विरोध गर्छन् र त्यस्तो यथास्थितिलाई जनताको सङ्घर्षका बलमा अन्त्य गर्न सकिन्छ र गर्नुपर्छ भन्ने विचार प्रकट गर्दछन् । उनको पछिल्लो कविता सङ्ग्रहमा भने क्रान्तिकारी पार्टीका नेतामा देखिएको विचलनप्रति व्यङ्ग्य र आक्रोश पनि पाइन्छ । उनका फुटकर कविताहरुको समग्र मूल्याङ्क गर्दा उनी यथास्थितिमा रहेका अन्याय, शोषण, उत्पीडन, विभेदको अन्त्य चाहन्छन् र त्यो जनताको क्रान्तिबाट सम्भव हुन्छ र त्यो क्रान्ति माक्र्सवादी विचार बोक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्भव हुन्छ भन्ने कविको दृढ विश्वास देखिन्छ । विष्णु भण्डारीका फुटकर कविताहरू मुक्त लयमा रचिएका छन् । मुक्त लयमा रचिएका भए पनि तिनमा आन्तरिक लय सशक्त रहेको पाइन्छ । तिनमा नेपाली प्रकृति, समाज, संस्कृति, इतिहास र विश्व इतिहासका विभिन्न बिम्ब, प्रतीकहरूको प्रयोग गरिएको पाइन्छ ।
विद्रोहका छाल (२०४३), ब्वाँसोको अन्त्यको खेल (२०४५) र कालो नाटक (२०४५) विष्णु भण्डारीका खण्डकाव्य हुन् । यी काव्यमा पञ्चायत कालीन यथार्थको चित्रण पाइन्छ । पञ्चायत कालको अन्त्य अन्त्यतिर उसले विभिन्न योजनाहरु ल्याएको थियो । ती योजनाहरु जनता झुक्याउन ल्याइएका हुन् । तिनको भर पर्नु हुँदैन भन्दै पञ्चायती शासन व्यवस्थाको अन्त्य हुनुपर्छ र त्यो कम्युनिस्ट विचार बोक्ने पार्टीको नेतृत्वमा सम्भव छ भन्ने यी काव्यको सार रहेको छ । यी काव्यहरुमध्ये विद्रोहका छाल झ्याउरे लोकछन्दमा ब्वा“सोको अन्त्यको खेल मुक्त छन्दमा र कालो नाटक अनुष्टुप छन्दमा लेखिएका छन् ।
उत्सर्ग (२०६७) विष्णु भण्डारीको महाकाव्य हो । यो जनयुद्धका विषयमा लेखिएको महाकाव्य हो । यसमा जनयुद्धलाई महान् भन्दै यसको महिमा गाइएको छ । गुल्मी जिल्लाका विभिन्न स्थानको सन्दर्भ यसमा आएको छ । जनयुद्धका विषयमा लेखिएको यो पहिलो महाकाव्य पनि हो । यसमा विद्रोह र प्रेमलाई समानान्तर रुपमा प्रस्तुत गर्दै विद्रोह र प्रेम दुवैको महत्त्व छ भन्ने देखाइएको छ । परिवर्तनका लागि विद्रोह आवश्यक छ र विद्रोह लागेर गरिने मृत्यु वरण महान् कुरा हो भन्ने भाव यसमा व्यक्त भएको छ । यो महाकाव्य पनि मुक्त लयमा रचिएको छ ।
विष्णु भण्डारीको काव्य प्रवृत्ति हेर्दा यिनी प्रगतिवादी कवितका रुपमा देखापर्छन् । उनका हरेक काव्य कृतिमा समाजमा रहेका असमानता, विभेद, शोषण र वर्ग सङ्घर्षको अवस्था देखापर्छ । यस्तो वर्ग सङ्घर्षमा कवि भण्डारी शोषित र श्रमजीवी वर्गको पक्ष लिन्छन् । यस आधारमा कवि भण्डारीको काव्य प्रवृत्ति प्रगतिवादी देखिन्छ । भण्डारीका काव्य कृतिमा मूलतः राजनीतिक विषयले प्रश्रय पाउने गरेको छ । यिनी समकालीन राजनीतिका सन्दर्भलाई आफ्नो काव्यको विषय बनाउने कवि हुन् । यो पनि कवि भण्डारीको अर्को प्रवृत्ति हो । कवि भण्डारीले झ्याउरे लोकछन्द, अनुष्टुप छन्दमा पनि कविता लेखेका छन् तर उनको अधिकांश कविता कृति भने मुक्त छन्दमा रहेका छन् । मुक्त छन्दमा लेखिएका कवितामा पनि आंशिक रुपमा अन्त्यानुप्रासको प्रयोग गर्ने प्रवृत्ति उनमा पाइन्छ । उनका कवितामा अधिक मात्रमा तत्सम शब्दको प्रयोग पाइन्छ । तद्भव र आगन्तुक शब्दको प्रयोग पनि उनी गर्दछन् । उनका कवितामा बिम्ब, प्रतीक र केही मात्रमा मिथकको प्रयोग पनि पाइन्छ ।
समग्रमा हेर्दा कवि विष्णु भण्डारीको काव्यकारितालाई निम्न लिखित बुँदामा प्रस्तुत गर्न सकिन्छ :
– कविताको सूक्ष्म रूप (मुक्तक) देखि वृहत रूप महाकाव्यसम्मको लेखन ।
– समकालीन विषयवस्तु विशेष गरेर समकालीन राजनीतिमा आधारित कविता लेख्ने कवि ।
– पञ्चायती राजनीति, जनयुद्ध र जनयुद्धोत्तर विषयमा आधारित भई कविता, खण्डकाव्य र महाकाव्य लेखेका कवि ।
– प्रगतिवादी जीवन दृष्टि । शोषण, अन्याय, अत्याचारको अन्त्य हुनुपर्छ भन्ने आग्रह ।
– मूलतः मुक्त लयमा कविता लेख्ने कवि । खण्डकाव्यमा लोकलयको प्रयोग ।
– पुराण, इतिहास, प्रकृति तथा संस्कृतिका बिम्ब, प्रतीकको प्रयोग ।
– तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग ।
भावी शोधकर्तालाई सुझाउ
यस शोधका आधारमा विष्णु भण्डारीका कविताका विषयमा निम्न अनुसारका शोधकार्य गर्न सकिने देखिन्छ :
(क) विष्णु भण्डारीका कवितामा समकालीन यथार्थ
(ख) विष्णु भण्डारीका कवितामा प्रगतिवाद
सन्दर्भसूची
गौतम , लक्ष्मण (२०६७), ‘महाकाव्यमा माओवादी युद्ध’ मिर्मिरे (पूर्णाङ्क ३०६), पृ. ९७ –१०० ।
घिमिरे, ऋद्धिरमण, (२०६८) ‘एउटा महाकाव्यमा जनयुद्धको गाथा’ गरिमा (वर्ष ३०, अङ्क ३, पूर्णाङ्क ३५०), पृ. ५४– ५८ ।
घिमिरे, माधव (२०६७), ‘उत्सर्ग महाकाव्य महासमारको जीवन्त प्रतिबिम्ब, शृङ्खला (वर्ष ३२, पूर्णाङ्क ३७), पृ. ४५– ४८ ।
घिमिरे, मुक्तिनाथ, (२०६७) ‘विवेचनात्मक आलोकमा उत्सर्ग महाकाव्य’ चन्द्रागिरी (वर्ष १, अङ्क १), पृ. २२– २५ ।
………….., (२०६९) ‘प्रश्नहरूको क्याराभानमा बिम्बहरूको जुलुस’ कलम, (वर्ष २१ अङ्क ३, पूर्णाङ्क ५८), पृ. ३४– ३६ ।
घिमिरे, रमण, (२०६७), ‘एकतर्फी बयान’ नेपाल साप्ताहिक (वर्ष ११, अङ्क ७) ।
ज्ञावली, रामप्रसाद, (२०६९), ‘घाइते ह्विलचेयर :आशाले गरिएको बलिदान र निराशाले भरिएको वर्तमानको काव्यिक प्रतिबिम्बन, अभिव्यक्ति (वर्ष अङ्क ), पृ. २०– २४ ।
ढकाल, ध्रुवराज (२०७०), विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व, अप्रकाशित शोधपत्र, कीर्तिपुर :त्रि.वि. नेपाली केन्द्रीय विभाग ।
ढकाल, बन्दना, (२०१० ई.), ‘उत्सर्ग :जनयुद्धमा आधारित पहिलो महाकाव्य’, रातो झिल्को (वर्ष २, संयुक्तङ्क ४–५), पृ. २६– २८ ।
त्रिपाठी, वासुदेव, दैवज्ञराज न्यौपाने र केशव सुवेदी (सम्पा.) (२०६०), नेपाली कविता (भाग ४), चोथो संस्करण, ललितपुर :साझा प्रकाशन ।
न्यौपानै, छायादत्त ‘बगर’ (२०६८), ‘नयाँ मूल्यको महाकाव्य’ हाम्रो नौलो बिहानी, (वर्ष ३, अङ्क १), पृ. २९– ३१ ।
पोखरेल, जि.के., (२०६७), ‘माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्यचेतको उत्कर्ष :उत्सर्ग महाकाव्य’, लालरक्षक (वर्ष २, अङ्क १०), पृ. ६५– ६७ ।
बराल, ऋषिराज (२०६७), माक्र्सवाद र उत्तरआधुनिकतावाद, दो. सं., ललितपुर :साझा प्रकाशन ।
बराल र अन्य (सम्पा.) (२०५५), नेपाली साहित्यकोश, काठमाडौँ :नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भण्डारी, कृष्णप्रसाद, (२०६७) ‘दशवर्षे जनयुद्धको कथाव्यथा’ मधुपर्क (वर्ष ४३, पूर्णाङ्क ४९६, असोज), पृ. ५०– ५४ ।
भण्डारी, विष्णु (२०६३), फेरि अर्को तारा खस्यो, काठमाडौँ :शैलवी प्रकाशन ।
……………. (२०६३), देश जागेको बेला, काठमाडौँ :हंशराज वाग्ले ।
……………. (२०६७), उत्सर्ग, काठमाडौँ :अक्सफोर्ड पब्लिकेसन प्रा. लि. ।
……………. (२०६९), घाइते ≈िवलचेयर, काठमाडौँ :शैलवी प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६२), कविताको संरचनात्मक विश्लेषण, काठमाडौँ :विद्याथी पुस्तक भण्डार ।
विवेक, एस वि (२०४३), विद्रोहका छाल, काठमाडौँ :एस वि विवेक ।
……………. (२०४४), आँधी तुफान, काठमाडौँ :एस वि विवेक ।
……………. (२०४५), ब्वाँसोको अन्त्यको खेल, काठमाडौँ :एस वि विवेक ।
……………. (२०४५), कालो नाटक, काठमाडौँ :एस वि विवेक ।
सिलवाल, केशव, (२०६७) ‘नयाँ यथार्थको नयाँ महाकाव्य’ कलम (वर्ष १८, पूर्णाङ्क ५४), पृ. ३६– ३८ ।
सुवेदी, राजेन्द्र, (२०६७) ‘उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू’, अन्वेषण (वर्ष १, अङ्क १) ।