पहेँलो घाम उपन्यासमा पात्र विधान

पहेँलो घाम उपन्यासमा पात्र विधान

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र

सङ्काय अन्तर्गत त्रिचन्द्र बहुमुखी क्याम्पस,

नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रममा

स्नातकोत्तर तह दोस्रो वर्षको

दसौँ पत्रको प्रयोजनका

लागि प्रस्तुत

शोध पत्र

शोधार्थी

सिर्जना खनाल

२०७५

शोधनिर्देशकको मन्तव्य

त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय त्रिचन्द्र क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रम अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षकी छात्रा सिर्जना खनालले पहेँलो घाम उपन्यासमा पात्रविधान शीर्षकको प्रस्तुतशोध पत्र मेरो निर्देशनमा तयार पार्नुभएको हो । यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।

डा. केशवप्रसाद न्यौपाने

शोधनिर्देशक

नेपाली स्नात्तोकार शिक्षण कार्यक्रम

त्रि–चन्द्र बहुमुखी क्याम्पस

घण्टाघर, काठमाडौ

मिति : २०७५/२/१४

त्रिभुवन विश्व विद्यालय

मानविकीतथा सामाजिकशास्त्र सङ्काय

त्रिचन्द्र बहुमुखीक्याम्पस

नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रम

घण्टाघर, काठमाडौ

स्वकृतिपत्र

त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय त्रिचन्द्र क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षकी छात्रा सिर्जना खनालले दसाँै पत्रको प्रयोजनका लागि प्रस्तुत गर्नु भएको पहेँलो घाम उपन्यासमा पात्रविधान शीर्षकको शोध पत्र सोही प्रयोजनका लागि स्वीकृत गरिएको छ ।

शोध पत्र मूल्याङ्कन समिति

प्रा. वासुदेव घिमिरे

संयोजक

डा. केशवप्रसाद न्यौपाने

शोधनिर्देशक

प्रा.डा. हेमचन्द्र नेपाल  

बाह्य परीक्षक

मिति : २०७५/०२/१४

कृतज्ञता ज्ञापन

अनुसन्धान एक जटिल र बौद्धिक कार्य हो । यस्तो कार्य गर्नका निम्ति कडा परिश्रम र दृढ निश्चयको आवश्यकता पर्दछ । अध्ययनको सीमाभित्र रहेर सम्बन्धित विषयको विश्लेषण गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले पनि अनुसन्धान आफैँमा महत्वपूर्ण कार्य मानिन्छ । यद्यपि नेपाली स्नातकोत्तर तह दशौँ पात्रको प्रयोजनका लागि मैले पहेँलो घाम उपन्यासलाई आफ्नो अध्यनको विषय बनाएकी छु ।

विष्णु भण्डारी लिखित पहेँलो घाम मैले स्नातकोत्तर अध्ययनकै बेला हेर्ने अवसर पाएकी थिएँ । नेपालमा लामो समय चलेको जनयुद्धलाई विषयवस्तु बनाइएकाले तत्कालीन परिवेश बुझ्ने हेतुले पनि मैले यो उपन्यास पढेकी थिएँ । अन्ततः स्नातकोत्तर तह दसौँ पत्रको प्रयोजनका लागि शोधकार्य गर्न मैले यही उपन्यास छनोट गरीेशोध प्रस्ताव प्रस्तुत गरे । उक्त शोध प्रस्ताव स्वीकृत गरिदिनुको साथै आवश्यक सल्लाह , सुझाव र हौसला प्रदान गरिदिनुहुने नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमका संयोजक आदरणीय गुरु प्रा. वासुदेव घिमिरेप्रति आभार प्रकट गर्दछु । साथै प्रस्तुत शोधकार्य मैले आदरणीय गुरु डा. केशवप्रसाद न्यौपानेको कुशल निर्देशनमा तयार पारेकी हुँ । तसर्थ उहाँप्रति आभार प्रकट गर्नु आफ्नो मूल कर्तव्य ठान्दछु । यसरी नै शोधकार्य सम्पन्न गर्नका लागि आवश्यक सल्लाह दिने गुरुहरू विमल आचार्य, विप्लव ढकाल, गोविन्द लुइटेलप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।

मेरो अध्ययनमा अविरल प्रेम, स्नेह, प्रेरणा र अवसर प्रदान गर्नुहुने मेरा पुजनीय माता सीता खनाल तथा पिता डिल्लीराज खनाल एवम् श्रीमान् विवेक घिमिरेप्रति म आजीवन ऋणी छु । प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि आवश्यक सामग्री प्रदान गर्नुहुने साहित्यकार विष्णु भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्दछु । त्यसैगरी अध्ययनका क्रममा सहयोग, सल्लाह तथा सन्दर्भ सामग्री उपलब्ध गराउनु हुने मेरा सहपाठी मित्रहरू विपना, निशु, रञ्जनाप्रति आभार व्यक्त गर्दछु । प्रस्तुत शोधपत्रलाई टङ्कण गरी सहयोग गरिदिनुहुने आदरणीय भिनाजु शालिकराम खनाललाई हार्दिक धन्यवाद दिन्छु ।

 अन्त्यमा यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय त्रि–चन्द्र बहुमुखी क्याम्पस, नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रम समक्ष प्रस्तुत गर्दछु ।

प्रस्तोता

सिर्जना खनाल

त्रि–चन्द्र बहुमुखी क्याम्पस

विषय सूची

पहिलो परिच्छेद

शोध परिचय

१.१   विषय परिचय    १

१.२ समस्याकथन     १

१.३ शोधकार्यको उद्देश्य १

१.४ पूर्वकार्यको समीक्षा २

१.५ शोधकार्यको औचित्य र महत्व ३

१.६ शोधविधि   ४

१.७  सामग्री सङ्कलनविधि   ४

१.८ शोधपत्रकोे रूपरेखा    ४

दोस्रोपरिच्छेद

पात्रविधानको सैद्धान्तिक अवधारणा

२.१  विषय परिचय    ५

२.२  पात्र वा चरित्रको व्युत्पत्तिगत अर्थ   ५

२.३  उपन्यासमा पात्र/चरित्रको महत्व     ८

२.४  पात्रको स्वरूप    १०

२.५  पात्र/चरित्र चयनको प्रयोजन   १३

२.६  पात्र/चरित्र चित्रणको विधि/पद्धति    १३

२.६.१      प्रत्यक्ष/वर्णनात्मक चरित्र चित्रण विधि     १४

२.६.२     नाटकीय वा परोक्ष चरित्र चित्रण विधि     १५

२.७  पात्रकाप्रकार १६

२.७.१     लिङ्गगत आधार  १७

२.७.२   कार्यगत आधार     १७

२.७.३   प्रवृत्तिगत आधार    १८

२.७.४     स्वभावगत आधार १९

 २.७.५    जीवनचेतनाको आधार   २०

 २.७.६     आसन्नताको आधार    २२

 २.७.७    आबद्धताको आधार २३

२.८   निष्कर्ष   २३

तेस्रोपरिच्छेद

पहेलो घाम उपन्यासको पात्रहरूको चारित्रिक वैशिष्ट्य  

३.१  विषय परिचय    २५

३.२  विष्णु भण्डारीका कृतिहरूको रेखाङ्कन     २५

३.३  पहेँलो घाम उपन्यासको कथावस्तु   २६

३.४  शिवाको चरित्र चित्रण   २७

३.४.१  कार्यका आधारमा शिवाको चरित्र   २७

३.४.२ लिङ्गका आधारमा शिवाको चरित्र   २८

३.४.३ प्रवृत्तिका आधारमा शिवाको चरित्र    २९

३.४.४     स्वभावका आधारमा शिवाको चरित्र   ३१

३.४.५     जीवन चेतनाका आधारमा शिवाको चरित्र   ३२

३.४.६ आसन्नताका आधारमा शिवाको चरित्र ३५

३.४.७     आबद्धताका आधारमा शिवाको चरित्र  ३६

३.५  माइकल सोहनको चरित्र चित्रण ३७

३.५.१  कार्यका आधारमा माइकल सोहनको चरित्र ३७

३.५.२     लिङ्गका आधारमा माइकल सोहनको चरित्र ३८

३.५.३     प्रवृत्तिका आधारमा माइकल सोहनको चरित्र ३९

३.५.४     स्वभावका आधारमा माइकल सोहनको चरित्र     ४१

३.५.५     जीवनचेतनाका आधारमा माइकल सोहनको चरित्र ४१

३.५.६ आसन्नताका आधारमा माइकल सोहनको चरित्र  ४३

३.५.७     आबद्धताका आधारमा माइकल सोहनको चरित्र    ४४

३.६  समरसिंको चरित्र चित्रण ४५

३.६.१  कार्यका आधारमा समरसिंको चरित्र      ४६

३.६.२  लिङ्गका आधारमा समरसिंको चरित्र    ४७

३.६.३  प्रवृत्तिका आधारमा समरसिंको चरित्र     ४७

३.६.४   स्वभावका आधारमा समरसिंको चरित्र   ४८

३.६.५   जीवन चेतनाका आधारमा समरसिंको चरित्र   ४९

३.६.६   आसन्नताका आधारमाथ समरसिंको चरित्र    ५१

३.६.७   आबद्धताका आधारमा समरसिंको चरित्र ५१

३.७      पासाङको चरित्र चित्रण ५२

३.७.१     कार्यका आधारमा पासाङको चरित्र   ५२

३.७.२     लिङ्गकाआधारमा पासाङको चरित्र   ५३

३.७.३     प्रवृत्तिको आधारमा पासाङको चरित्र   ५३

३.७.४     स्वभावको आधारमा पासाङको चरित्र  ५४

३.७.५     जीवनचेतनाको आधारमा पासाङको चरित्र   ५४

३.७.६     आसन्नताको आधारमा पासाङको चरित्र    ५६

३.७.७     आबद्धताका आधारमा पासाङको चरित्र ५७

३.८  शिवाको बोसको चरित्र चित्रण  ५७

३.८.१     कार्यका आधारमा शिवाको बोसको चरित्र   ५८

३.८.२ लिङ्गका आधारमा शिवाको बोसको चरित्र  ५८

३.८.३ प्रवृत्तिका आधारमा शिवाको बोसको चरित्र   ५८

३.८.४ स्वभावको आधारमा शिवाको बोसको चरित्र ५९

३.८.५     जीवन चेतनाको आधारमा शिवाको बोसको चरित्र  ५९

३.८.६ आसन्नताका आधारमा शिवाको बोसको चरित्र    ६०

३.८.७     आबद्धताका आधारमा शिवाको बोसको चरित्र ६०

३.९  रामकृष्णको चरित्र चित्रण    ६१

३.९.१ कार्यका आधारमाा रामकृष्णको चरित्र    ६१

३.९.२ लिङ्गका आधारमा रामकृष्णको चरित्र ६२

३.९.३ प्रवृत्तिका आधारमा रामकृष्णको चरित्र ६२

३.९.४ स्वभावका आधारमा रामकृष्णको चरित्र    ६२

३.९.५ जीवनचेतनाका आधारमा रामकृष्णको चरित्र ६३

३.९.६ आसन्नताका आधारमा रामकृष्णको चरित्र  ६३

३.९.७ आबद्धताका आधारमा रामकृष्णको चरित्र   ६४

३.१० ताराको चरित्र चित्रण    ६४

३.१०.१  कार्यका आधारमा ताराको चरित्र   ६४

३.१०.२    लिङ्गका आधारमा ताराको चरित्र    ६५

३.१०.३    प्रवृत्तिका आधारमा ताराको चरित्र    ६५

३.१०.४    स्वभावका आधारमा ताराको चरित्र   ६६

३.१०.५    जीवनचेतनाका आधारमा ताराको चरित्र    ६६

३.१०.६     आसन्नताका आधारमा ताराको चरित्र ६७

३.१०.७    आबद्धताका आधारमा ताराको चरित्र  ६७

३.११  माओवादी भाइको चरित्र चित्रण     ६८

३.११.१  कार्यका आधारमा माओवादीे भाइको चरित्र    ६८

३.११.२     लिङ्गका आधारमा माओवादी भाइको चरित्र ६८

३.११.३     प्रवृत्तिका आधारमा माओवादी भाइको चरित्र ६८

३.११.४     स्वभावका आधारमा माओवादी भाइको चरित्र     ६९

३.११.५    जीवनचेतनाका आधारमा माओवादी भाइको चरित्र ६९

३.११.६     आसन्नताका आधारमा माओवादी भाइको चरित्र  ६९

३.११.७    आबद्धताका आधारमा माओवादी भाइको चरित्र    ७०

३.१२ अन्य पात्रहरू     ७०

३.१३ निष्कर्ष    ७२

चौथो प्रिच्छेद

पहेँलो घाम उपन्यासका पात्रविधानको प्रयोजन र चरित्र चित्रणको पद्धति

४.१  विषय परिचय    ७३

४.२  पहेँलो घाम उपन्यासमा पात्र विधानको प्रयोजन   ७३

४.३  पहेँलो घाम उपन्यासमा पात्रको चरित्र चित्रण पद्धति    ७८

४.३.१     शिवा ७८

४.३.२ माइकल सोहन   ८१

४.३.३ समरसिं र पासाङ ८२

४.३.४     शिवाको बोस र रामकृष्ण     ८५

४.३.५     तारा  ८८

४.३.६ माओवादी भाइ   ८८

४.३.७     अन्यपात्र   ८९

४.४  निष्कर्ष    ९०

पाँचौ प्रिच्छेद

उपसंहार तथा निष्कर्ष

५.१  परिच्छेदगत सारांश     ९१

५.२  निष्कर्ष    ९२

५.३  सम्भावित शोध शीर्षक  ९४

पहिलो परिच्छेद

शोध परिचय

१.१ विषय परिचय

प्रस्तुत शोधपत्रको शीर्षक विष्णु भण्डारीको पहेँलो घाम उपन्यासमा पात्र विधानरहेको छ । उपन्यासकार विष्णु भण्डारी (२०२०) नेपाली साहित्यका सर्जक हुन् । दाजु हरि भण्डारीको प्रेरणा र विद्यालयको साहित्यिक वातावरणबाट सिर्जना क्षेत्रतर्फ उन्मुख भएका भण्डारीले सानै उमेरदेखि कविता लेख्न सुरु गरेका हुन् । उनको कलम कविता, कथा र उपन्यास विधामा चलेको छ । साथै भण्डारीका विभिन्न पत्र–पत्रिकाहरूमा संस्कृतिसम्बन्धी लेख रचनाहरू पनि प्रकाशित छन् । यी कृतिहरूमध्ये पहेँलो घाम(२०७२) भण्डारीद्वारा लिखित प्रगतिवादी उपन्यास हो । यो पच्चीस अङ्कमा संरचित छ । यस उपन्यासमा क्यान्टोन्मेन्टमा अयोग्य प्रमाणित भएका माओवादी छापामारको यथार्थ कथालाई उपन्यासको मूल विषय बनाइएको छ । पहेँलो घाम जनयुद्धलाई सकारात्मक कोणबाट हेर्दै लेखिएको उपन्यास हो । यस उपन्यासको समग्र अध्यन नभइसकेका सन्दर्भमा यहाँ पहेँलो घाम उपन्यासमा प्रयुक्त पात्रहरूको अध्यन विश्लेषण गर्ने काम मात्र भएको छ र सो कार्यको परिचय गर्ने काम यस परिच्छेदमा गरीएको छ।

१.२  समस्या कथन

नेपाली साहित्यका क्षेत्रमा कवि तथा आख्यानकारका रूपमा विष्णु भण्डारीको नाम पनि लिइन्छ । उनले पहेँलो घाम उपन्यास विशेष गरी क्यान्टोनबाट ‘अयोग्य’ प्रमाणित भएका माओवादी छापामारको कथामा केन्द्रित गरेका छन् । त्यसैले यहाँती छापामारहरूको चरित्र अध्यन गर्ने उद्देश्य राखिएकाले शोध समस्यालाई बँुदागत रूपमा यसरी प्रस्तुत गरिएको छ :

क)   पहेँलो घाम उपन्यासमा के कस्ता पात्र प्रयोग भएका छन् ?

ख) पहेँलो घाम उपन्यासमा पात्रको भूमिका के कस्तो छ ?

१.३  शोधकार्यको उद्देश्य

आख्यानकार विष्णु भण्डारीको ‘पहेँलो घाम’ उपन्यासका पात्रहरूको अध्ययन गर्नु प्रस्तुत शोध कार्यको मूल उद्देश्य हो । यस उद्देश्यलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।

क)   पहेँलो घामउपन्यासमा प्रयुक्त पात्रहरूको अध्ययन गर्नु ।

ख) पहेँलो घाम उपन्यासमा प्रयुक्त पात्रका भूमिकाको विश्लेषण गर्नु ।

१.४ पूर्वकार्यको समीक्षा

नेपाली साहित्यको इतिहासमा समसामयिक प्रतिभाहरूको बारेमा अध्ययन गर्ने परम्परा ज्यादै न्यून भए पनि उनीहरूका कृति र लेखहरूबारे टीकाटिप्पणी, समीक्षा र समालोचनाहरु हुने गरेका छन् । कुनै कृति र लेखहरूमा कम र कुनैमा बढी आलोचना पनि भएको छ । त्यसरीनै विष्णु भण्डारीका लेख रचना र कृतिहरूका बारेमा पनि सामान्य टीकाटिप्पणी र केही चर्चा गरिएको छ । यसै सन्दर्भमा उनको “पहेँलो घाम” उपन्यासका बारेमा विभिन्न विद्वान्हरूले गरेका समीक्षा टीकाटिप्पणी र प्रतिक्रियाहरूको विवरण तथा विश्लेषण कालक्रमिकरूपले यहाँ प्रस्तुत गरिएको छ ।

कला अनुरागी (२०७२) ले पहेँलो घाम जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो भनेका छन् । यसको भाषा सरल छ र गैरमाओवादी पाठकले पढ्दा टाउकै दुख्ने शब्दावली र सम्बोधन यसमा छैन । यसले जनसेनाभित्र पनि यौनहिंसा हुन्थ्योेभन्ने खुलासा गरेको छ र लडाकु प्रमाणीकरण प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाएको छ । त्यसो त बाहिरी समाजमा हुने यौनहिंसाका घटनालाई पनि उपन्यासले समेटेको छ । त्यस्ता घटनामा शिवाको प्रतिरोध कथामार्फत निष्कर्ष निकालिएको छ । प्रतिरोधी चेतना प्रयोग गरेर त्यस्ता हिंस्रक मनोवृत्तिलाई पराजित गर्न सकिन्छ भन्दै अनुरागीले पहेँलो घामउपन्यासको टिप्पणी गरेका छन् ।

 महेश पौडेल (२०७२) ले पहेँलो घाम उपन्यास बाहिरबाट हेरिएको कुनै कोरा आँखादेखि वा ‘किम्बदन्ति’ मा आधारित टिपोटको आख्यानीकरण होइन भनेका छन् । उपन्यासको शीर्षक पहेँलो घाम प्रतीकात्मक नाम हो । रातो हुन अपेक्षित घाम पहेँलिदै गएको संकेतलाई माओवादीभित्रको सैद्धान्तिक र व्यावहारिक विचलन यस समूहमा क्रमिक रूपले देखा पर्दैगएका फुटको संकेतको अर्थमा लिन सकिन्छ । पहेँलो घाम तीन अर्थमा जोखिम हो र यिनै जोखिमका कारण यो विशिष्ट पनि छ भन्ने तर्क महेश पौडेलको छ ।

राजकुमार बानियाँ (२०७२) ले आन्दोलनको भलो चिताएरै उनले यसका तमाम भ्रष्टीकरणको उजागर गरेका छन् भनेका छन् । महल, गाडी, आइफोन, रोलेक्स घडीदेखि जातीय राज्य पृथ्वीनारायण शाहको अवमूल्यन आदि प्रसङ्ग पनि उपन्यासमा छन् । यो उपन्यासलाई माओवादी युद्धविरोधी आख्यानको दर्जामा राख्न सकिँदैन । यस्तो उपन्यास माओवादी आन्दोलनको एन्टीथेसिस हुनै सक्दैन । जनयुद्ध कतिपयका लागि कामधेनु भएको यथार्थ हो, यो कुरा भण्डारीले नलेखेको भए पनि जगजाहेर नै छ । यद्यपि माओवादी धारका लेखकहरूले नउठाएको जोखिम उनले लिएका छन् । द्वन्द्वको अभिघातमाथि लेखिएको यो उपन्यासमा लेखकले आस्थाको बोर्डरलाइन क्रस गर्नसकेका छैनन् । माओवादी पक्ष त लिएका छन् तर माओवादीलाई सही ठहर्याउन सकेका छैनन् भनेका छन् ।

            भीमकुमारी श्रेष्ठ (२०७२) ले मानव नियतिको कठोर प्रहार खप्न विवश प्रस्तुत उपन्यासका पात्रहरूको पीडा, वेदना, कुण्ठा, आक्रोशलाईउपन्यासमा प्रस्तुत गरिएको छ । यी पात्रहरू जस्तोसुकै दुःखद र कठिन परिस्थितिमा जीवन बाँच्नु परेपनि जीवनप्रति कहिल्यै निराशा देखाएका छैनन् । उपन्यासमा धेरै पात्रको प्रयोग भएपनि अनकूल चरित्रका पात्रहरूको विशेष महत्व रहेको देखाइएको छ । जुन पात्रहरू उपन्यासमा निडर र आक्रामक खालका छन् भन्ने तर्क भीमकुमारी श्रेष्ठको छ ।

पहेँलो घाम उपन्यासबारे विद्वान्हरूले गरेको टिप्पणी हेर्दा प्रस्तुत उपन्यास विष्णु भण्डारीको पहिलो आख्यानात्मक कृति भएको र उक्त कृति राजनैतिक विषय वस्तुमा आधारित रहेको देखिन्छ । यस कृतिमा जनसेना भित्रका विकृतिहरू पनि उजागर गरिएका छन् । घाममा लालि बढ्नुपर्ने तर पहेलोपन बढ्न थालेकाले नेपाली माओवादीभित्रको सैद्धान्तिक चिन्तन पनि जन अपेक्षाकृत हुन नसकेको स्थिति पूर्व कार्यले देखाएको छ । प्रस्तुत अध्यनले पात्र विश्लेषणमा समेत सहयोग पुर्याउने हुनाले यहाँ उक्त अध्यन र टीका टिप्पणीलाई पूर्वकार्यका रूपमा लिई शोध कार्यगरिएको छ ।

१.५ शोधकार्यको औचित्य र महत्व

कविता विधाबाट साहित्यमा प्रवेश गरेका विष्णु भण्डारी हाल उपन्यास विधाको यात्रामा सरिक छन् । छिटफुट रूपमा अन्य विधामा समेत कलम चलाउने विष्णु भण्डारीका कृतिहरूमध्ये पहेँलो घाम उपन्यासमा प्रयुक्त पात्रको अध्यन र विश्लेषण गर्नु यस शोधकार्यको मुल विषय हो । समसामयिक राजनैतिक विषयमा केन्द्रित साहित्यिक कृति भएकाले र माओवादी जनयुद्धबारे जानकारी राख्न खोज्ने पाठकका लागि पनि उपयोगी भएकाले प्रस्तुत कृतिमा प्रयुक्त पात्रको अध्ययन औचित्य र महत्व अहिले उपन्यास विधामा सशक्त रूपमा देखापरेका छन् । लामो समयदेखि हरेक विधाहरूमा कलम चलाउन सफल बहुमुखी प्रतिभाको धनी विष्णु भण्डारीको कृतिहरूमध्ये हाल मात्र प्रकाशनमा आएको पहेँलो घाम उपन्यासको पात्रविधानको अध्ययन र विश्लेषण गर्नु नै यस शोधकार्यको औचित्य र महत्वपूर्ण छ ।

१.६ शोधकार्यको सीमाङ्कन

प्रस्तुत शोधपत्र आख्यानकार भण्डारीद्वारा लिखित पहेँलो घाम शीर्षक उपन्यासमा प्रयुक्त पात्रको अध्यन विश्लेषणमा केन्द्रित छ । उक्त उपन्यासमा प्रयुक्त पात्रहरू के कस्ता छन् र पात्रविधानको सैद्धान्तिक अवधारणाअनुसार प्रस्तुत उपन्यासमा प्रयुक्त पात्रहरूको विश्लेषण मूल्याङ्कन नै यस शोधकार्यको सीमा बनेको छ ।

१.७  शोध विधि

शोधविधिअन्तर्गत सामग्री सङ्कलन विधि र विश्लेषण विधिहरू पर्दछन् । सामाग्री सङ्कलनका सन्दर्भमा यहाँ पुस्तकालय विधि उपयोग गरिएको छ । साथै पात्र विश्लेषणका लागी चरित्रविश्लेषण पद्धति अनुसरण गरिएको छ । विशेष गरी पात्र विश्लेषणका सन्र्दभमा दोस्रो परिच्छेदमा प्रस्तुत पात्रविधानको सैद्धान्तिक अवधारणालाई यहाँ पात्र विश्लेषणको मुख्य आधारका रूपमा उपयोग गरिएको छ ।

१.८  शोधपत्रको रूपरेखा

प्रस्तुत शोधकार्यको संरचनालाई सुसङ्गठित र सुव्यवस्थित गर्नका लागि यस शोत्रपत्रलाई पाँच परिच्छेदमा विभाजन गरिएको छ । ती परिच्छेदलाई आवश्यकताअनुसार विभिन्न शीर्षक उपशीर्षकहरू राखेर अध्ययन र विश्लेषणलाई स्पष्ट बनाउने प्रयास गरिएको छ । जुन रूपरेखा यस प्रकार छ :

पहिलो परिच्छेद :      शोध परिचय

दोस्रो परिच्छेद : पात्रविधानको सैद्धान्तिक अवधारण

तेस्रो परिच्छेद : पहेँलो घाम उपन्यासका पात्रहरूको चारित्रिक वैशिष्ट्य

चौथो परिच्छेद : पहेँलो घाम उपन्यासका पात्रविधानको प्रयोजन र चरित्रचित्रणको पद्धति

पाँचौ परिच्देदः    उपसंहार तथा निष्कर्ष

शोधार्थी – सिर्जना खनाल

दोस्रो परिच्छेद

पात्रविधानको : सैद्धान्तिक अवधारणा

२.१  विषय परिचय

उपन्यासको विभिन्न तत्वहरूमध्ये पात्रलाई महत्वपूर्ण तत्वका रूपमा लिइन्छ । उपन्यासलाई सजीव बनाएर कथानकलाई पाठकसमक्ष प्रस्तुतीकरण गर्ने प्राणी नै पात्र हो । पात्रविना उपन्यासको कल्पना गर्न पनि गाह्रो छ । पात्रका माध्यमबाट उपन्यासकारले आफ्ना निजी भावना प्रस्तुत गर्नेे गर्दछ र पात्रउपर नै स्रष्टा सबैभन्दा बढी निर्भर रहने गर्दछ । त्यसैले यहाँ पात्र वा चरित्रको परिचय प्रस्तुत गर्दै पात्र विश्लेषणका सैद्धान्तिक आधारहरूको निरूपण गरिएको छ । यस सैद्धान्तिक अवधारणलाई नै प्रस्तुत अध्यनमा पात्र विश्लेषणको आधार मानिएको छ ।

२.२  पात्र वा चरित्रको व्युत्पत्तिगत अर्थ

उपन्यासमा कुनै पनि घटना वा वस्तुरचनाको मुख्य आधार नै पात्र वा चरित्र हुन् । ‘पात्र’ शब्दलाई विद्वानहरूले ‘चरित्र’ कै रूपमा परिभाषित गर्ने गरेको पाइन्छ । चरित्र शब्दको निर्माण ‘चर’ धातुमा ‘इत्र’ प्रत्यय लागेर बनेको हो । यसका विभिन्न अर्थ हुन्छन्, व्यवहार, चाल–चलन, अभ्यास, काम, जीवन, इतिहास, आत्मकथा, साहसिक कथा, प्रवृत्ति, स्वभाव, कर्तव्य (आप्टे, ई.सं. १९६९ : ३७४) । यी माथिका चरित्रका अर्थहरूमध्ये प्रवृत्ति, स्वभाव, व्यवहार, आदत र चालचलनसम्बन्धी खास अर्थ दिने शब्दका रूपमा उपन्यासगत चरित्रलाई लिइन्छ । तिनको आ–आफ्नै विशेष अर्थ समेत रहेको पाइन्छ । ती निम्नानुसार भेटिन्छन् :

आचरण—      स्वभाव, मूल गुणआदि ।

गुण—             सत्वृत्ति, राम्रो, व्यवहारआदि ।

व्यवहार—      काम, कार्य, रोजगार, विवाहआदि ।

स्वभाव—       मनोवृत्ति, बानी, गुण, प्रवृत्तिआदि ।

चरित्र शब्द आपैंmमा अनेकार्थी शब्द भएकाले एउटा मात्र अर्थले चरित्र शब्दको अर्थलाई स्पष्ट बनाउन सकिदैन । व्यावहारिक तथा मनोवैज्ञानिक क्षेत्रमा समेत यसले फरक–फरक अर्थ दिन्छ । अनेकतामा एकता हुनु नै यसको गुण हो । कुनै व्यक्ति वा वस्तुको गुण, अवगुण, आचार–विचार, स्वभाव, संस्कार, चाहना जे छ त्यही नै चरित्रको मूल गुण हो भन्ने देखिन्छ ।

आख्यानात्मक विधामा पात्र कुनै न कुनै विशेषता बोकेर रचनालाई सजीव तुल्याउन आएको हुन्छ । पात्रले कथानकलाई स्वाभाविक र सजीव तुल्याउँदै प्रस्तुतीकरणको कार्य गर्दछ । उपन्यास, कथा, नाटक, काव्यआदिमा एक व्यक्ति आफ्नो कथालाई स्वाभाविकता प्रदान गर्र्न, सजीव बनाउन पात्र/चरित्रको निर्माण गरिन्छ (द्विवेदी— सन् १९५५:७९३) । आख्यानात्मक कृतिमा भएको कथानकलाई सरल, स्वाभाविक र सजीव तुल्याउने महत्वपूर्ण कार्य पात्र/चरित्रमा रहन्छ । यथार्थ परिवेशका कथावस्तुलाई जीवन्तता प्रदान गर्दै सर्जकको सृजनालाई निश्चित स्थानबाट गन्तव्यसम्म यात्रा गराउने महत्वपूर्ण भूमिका पात्र/चरित्रले गर्दछ । चरित्र उपन्यासको जग हो र यसैबाट उपन्यासमा जीवन्तता आउँछ (शर्मा, २०३९:

३३) । यसरी सिङ्गो उपन्यास विधा एउटा यौगिक रचना हो, जसलाई जीवन्तता प्रदान गर्ने काम पात्रले गर्दछ । जसरी जगविना घर निर्माण गर्न सकिदैन त्यसरी नै पात्रविना उपन्यासको अस्तित्व स्विकार्न पनि सकिंदैन ।

पात्रहरूको उपस्थितिविना कथानकले गतिशीलता पाउँदैन । मानवीय जीवनका यथार्थ परिवेशलाई जस्ताको तस्तै प्रस्तुतीकरण पात्रले गर्दछ । उपन्यासमा महत्वपूर्ण तत्व पात्र/चरित्र त्यो व्यक्ति जसद्वारा उपन्यासमा घटना घटाइन्छ र जुन घटनाद्वारा प्रभावित हुन्छ (वर्मा, सन्ं१९१५: ४४८) । कथाका माध्यमबाट घटना घटाएर कथानकलाई अगाडि बढाउने र कथानकमा घटेका घटनाद्वारा प्रभावित हुँदै कथानकलाई गतिशील तुल्याउने व्यक्ति नै पात्र/चरित्र हो । आफू कथानकको घटनामा सामेल भई घटना घटाउँदै अनेक मोड, घुम्ती पार गरी उपन्यासलाई कथानकको निश्चित उद्देश्य पूरा गराउने व्यक्ति नै पात्र हो । सर्जकले आफ्नो सिर्जनामा प्रस्तुत गर्नचाहेको विचार, लक्ष्य, भाव, दृष्टिकोण घटनाका माध्यमबाट पात्रले पाठकसमक्ष पुर्याउने गर्दछ । जसको बलद्वारा कर्तामा केही गुणको आरोप गरिन्छ, त्यसलाई चरित्र भनिन्छ (नगेन्द्र, सन् १९८१ :२) । चरित्रद्वारा व्यक्तिको गुणको आरोप गरिन्छ र त्यो पात्र/चरित्र हाम्रै समाजका व्यक्ति, परिवेशसँग मेल खान्छ । समाजमा घटेका घटनालाई बिम्बात्मक शैली प्रदान गरी कथानकका माध्यमबाट प्रस्तुत गर्ने वा कहने व्यक्ति नै पात्र हो । पात्र समाजका हाम्रै सामाजिक घटनासँग निकट रहन्छन् ।

पात्रको अर्थ चालचलन, बानी–बेहोरा, व्यवहार, स्वभाव देखाउने व्यक्ति भन्ने बुझिन्छ, उपन्यासमा पाइने ती व्यक्तिहरूलाई पात्र/चरित्र भनिन्छ जो नैतिक र अभिवृत्तीय गुणहरूले युक्त हुन्छन् । (शर्मा २०५५ : ४२०) । उपन्यासका पात्रहरूमा नैतिक र अभिवृत्तीय गुणहरू हुनु आवश्यक छ । पात्रको स्वभाव, गुण, सोचाइ, विचार, भावनाअनुसार उपन्यासको स्तर निर्धारण गर्न सकिन्छ । विभिन्न गुणले युक्त र कथानकलाई सही तरिकाले निश्चित स्वरूप प्रदान गराउने व्यक्ति नै पात्र हो ।

उपन्यासमा पात्र/चरित्रले कथाका माध्यमबाट पाठकलाई आफूतर्फ आकर्षित गर्दछ । पात्र त्यो हो जसलाई उपन्यासभित्र एक पल्ट चिनेपछि प्रत्येक मिल्दो अवस्थामा त्यसको रूप हाम्रो आँखामा आइपुग्छ, (जोशी, २०५५ : ३८) । उपन्यास अध्ययनका क्रममा पात्रको अमिट छाप पाठकमा परेको हुन्छ । पात्रको दुःख, वेदनामा मानिस दुःखी बन्छ भने पात्रको सुखमा उत्साहित हुन्छ र पात्रको रूपलाई आफ्ना सामुन्ने बिम्बका रूपमा देखिन्छ । मानवीय जनजीवनको उकाली, ओराली, दुःख, सुख, हर्ष, विस्मात, कथाव्यथालाई कथानकमा उनेर प्रस्तुतीकरण गर्ने व्यक्ति नै पात्र हो ।

मानव शरीर सञ्चालनमा मुटुको जति महत्वपूर्ण स्थान छ, त्यसरी नै उपन्यासलाई सजीव तुल्याउन, निश्चित उद्देश्य प्राप्त गर्न कथानकलाई रोचक, आकर्षक र प्रभावकारी शैलीद्वारा उद्घाटन गर्ने काम पनि पात्रले गर्दछ । हुन त आधुनिक उपन्यास विधामा मानवेत्तर प्राणीलाई पनि पात्रको रूपमा प्रयोग गरेको पाइन्छ । उपन्यासलाई जीवन जगत्सम्बन्धी कुनै पनि कार्य, विषयआदिलाई प्रस्तुत गर्न खडा गरेका प्राणधारी व्यक्तिलाई नै पात्र मानिए तापनि कुनै–कुनै स्थानमा मानवेत्तर प्राणीलाई पनि पात्रको रूपमा खडा गरिएको पाइनसक्छ तर प्रायः उपन्यासहरूमा प्राणीलाई नै पात्र बनाइएको हुन्छ, (अवस्थी, २०५५ : ६) । मानवले जीवन जगत्मा भनेको यथार्थ घटनाको विषयलाई प्रस्तुतीकरणका लागि उपन्यासमा उभ्याइएको प्राणी नै पात्र हो । स्रष्टाले कहिलेकाहीँ मानवेत्तर प्राणीलाई पनि पात्रका रूपमा प्रयोग गरेको पाइन्छ । प्रायः गरेर उपन्यास सजीव प्राणीलाई नै पात्र बनाउने प्रचलन रहेको छ । पात्र नभएको उपन्यास हुन्छ भनेर कल्पना गर्न सकिन्न तर चरित्र मानव प्राणी मात्र नभई पशुपंक्षी र निर्जीव वस्तु पनि हुन सक्छन् (बराल २०५५:५८) । पात्रको रूपमा मानिस मात्र नभई कुकुर, भैँसी, बाख्रा, बाँदर, काग, परेवा, ढुङ्गा, माटो, बालुवा, रूखआदि जुनसुकै प्राणी वा वस्तु पनि पात्रका रूपमा आउन सक्छन् । कथानक सुहाउँदो र कथानकलाई निश्चित स्थानसम्म पुर्याउन सक्षम प्राणी वा वस्तु नै पात्रका रूपमा आउँछन् ।

आख्यानको कथा एक व्यक्तिद्वारा प्रकल्पित वा रेखाङ्कित संसारको नाउँ हो । यस संसारलाई आबाद गर्नेहरू नै पात्र हुन् । “कथामा जबसम्म पात्रको स्थिति रहन्छ, तबसम्म कथा कुरुक्षेत्रको मैदान बन्दछ, विभिन्न विरोधी शक्तिहरू यहाँ आएर मल्लयुद्ध लड्छन्, कहिले हातले, कहिले खुट्टाले, कोही टाउकाले, कोही मुखले, कोही मौनताले विभिन्न अस्त्रले ती लडिरहन्छन् । (नेपाल, सन्२०११ : ५४—५५) । आख्यानको कथा युद्धभूमि हो जहाँ पात्रहरू जुनसुकै अवस्था, परिवेश र स्थितिमा जुधिरहन्छन् र लक्ष्य प्राप्त गर्दछन् । पात्रले लडाईंमा सहभागी हुँदा जुनसुकै अस्त्र प्रयोग गर्न सक्छन् अनि मौनतामा पनि क्रान्तिको ज्वाला दन्काउँछन् । यसरी आख्यानको कथानकमा जेलिएर अनेक अवस्थासँग पौंठोजोरी खेल्ने तत्व नै पात्र/चरित्र हो । उपन्यास विधामा पात्रको रूपमा खडा हुन मानवीय र मानवेतर दुवै पक्षको प्रयोग गर्न सकिए तापनि मानवीय पात्रहरूको प्रयोग नै अत्याधिक छ । मानव पात्रको मनोविज्ञान अध्ययन गर्न सरल भएकाले अन्य सजीव वा निर्जीव वस्तुको तुलनामा मानवीय पात्रको नै बढी प्रयोग भएको पाइन्छ ।

पात्र/चरित्र भन्नाले मानवीय वा मानवेत्तर संवाहक शक्तिलाई बुझाउँछ जसले कथावस्तुको उद्देश्य, महत्व, अवस्थालाई डोर्याएर यात्रा गर्दछ । पात्रको छनोट स्थान र उपन्यासको लागि महत्वपूर्ण विषय हो । कथानकलाई सहजताका साथ अगाडि बढाउन विभिन्न घटनाहरूको शृङ्खलामा आफूलाई समावेश गरी कथानकलाई लक्षित बिन्दुमा पुर्याउने तत्व नै पात्र हो । कथानकलाई महत्वपूर्ण र रोचक बनाउँदै कार्यव्यापारलाई ठोस गति दिनुको साथै उपन्यासको उद्देश्य पूरा गर्ने तत्व नै औपन्यासिक पात्र/चरित्र हो । उपन्यासमा मानवीय जीवनको आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक, परम्परित, साँस्कृतिक, मनोवैज्ञानिकआदि पक्षको बारेमा कथानक स्वरूप वा शैलीमा प्रस्तुतीकरण गर्ने व्यक्ति नै पात्र हो ।

२.३ उपन्यासमा पात्र/चरित्रको महत्व

उपन्यासभित्र मानवीय जीवनका अनेक विशेषण बुझाउन व्यवस्थित तरिकाले प्रयोग गरिने मानव वा मानवेत्तर प्राणीलाई पात्र भनिन्छ । उपन्यासको पात्र/चरित्र लेखककै कल्पनाशक्तिको उपज हो तापनि यथार्थको अनुभूति र कल्पनाको सन्तुलनबाट उसको चरित्र निर्माण गरिन्छ । जीवनका धेरै पक्षलाई उद्घाटन गर्न तथा उपन्यासलाई सजीव, स्वाभाविक, रोचक बनाउने कार्य गर्दछ । औपन्यासिक कथाको विषय जेसुकै होस् त्यसको उपलब्धि मानव व्यवहारसँगै सम्बन्धित हुन्छ । सर्जकले उपन्यासलाई विश्वसनीय, स्तरीय र सफल बनाउन पात्र/चरित्र निर्माणमा विशेष ध्यान दिनुपर्छ ।

पात्रविधानको कदमको सम्भावना पात्र/चरित्रको आधारमा उपन्यासको कथावस्तु तय गरिने हुनाले औपन्यासिक कृतिमा पात्रको भूमिका उच्च रहेको छ । उपन्यासको भरपर्दो मेरुदण्ड नै पात्र हो । विनाचरित्रको उपन्यास अकल्पनीय हुने हुँदा उपन्यासमा पात्र वा चरित्रलाई कथावस्तु, परिवेश, भाषाशैली आदि सामान्य तत्व नमानी कथानकको प्राणतत्व मानिन्छ, (गौतम, २०५४ : २४), औपन्यासिक कृतिमा पात्रको भूमिका अन्य तत्वको तुलनामा बेजोड छ । कथानकमा प्राण भर्ने काम पात्रले गर्दछ र कथानकलाई सजीव र यथार्थ तुल्याउँछ । पात्रको स्वभाव र जति बढी सजीव र यथार्थ हुन्छ, त्यति नै उपन्यासको कथावस्तु सशक्त, प्रभावकारी र रोमाञ्चक हुन्छ । उपन्यासलाई जीवन्त र सफलताको शिखरमा पुर्याउने मुख्य भूमिका पात्रमा रहेको हुन्छ ।

आख्यानात्मक कृतिमा द्वन्द्व सृजना गर्न पात्रको आवश्यकता पर्दछ । कथानक संगठनको एक आधार नै पात्र हो । कुनै एक घटना वा कार्यव्यापार मुख्य हुन्छ र त्यसैमा अन्य घटना प्रसङ्ग धागोमा फूल उनिएझैँ उनिएर मालाको स्वरूप भएर आउनुपर्छ । कथानकलाई एउटै डोरीमा शृङ्खलाबद्ध बनाउने काम पात्रले गर्दछ । पात्रहरूको संवाद, कार्य र गतिमा कथावस्तुको विस्तारका साथै विचार र उद्देश्य पनि विस्तार भइरहेको हुन्छ । वास्तवमा पात्रहरू विचार सम्प्रेषणका माध्यम हुन् । (बराल, २०५७:३३) । उपन्यासमा समावेश भएका विचार दृष्टिकोण पात्रका माध्यमबाट पाठकले ग्रहण गर्दछ । स्रष्टा र पाठकको बीच सेतुको काम गर्ने माध्यम नै पात्र हो । स्रष्टाको चाहना, योग्यता, शैली, उद्देश्य, सन्देशआदि कुरालाई पाठकसमक्ष पुर्याउने सञ्चारको भूमिका निर्वाह पात्रले गर्दछ ।

उपन्यासको विषय मान्छे र उसको वास्तविक जीवन भोगाइको कथा मानिन्छ । मानवीय जीवनका अनेक पक्षलाई स्वाभाविक, रोचक, सजीव र स्तरीय बनाई अरूसमक्ष पुर्याउने कार्य पात्रले गर्दछ । मान्छेका शाश्वत पक्षलाई दर्शाउने अनेक पक्षहरू पनि चरित्रकै माध्यमबाट उद्घाटित गरिएका हुन्छन् । पात्रको चरित्र, स्वभाव र आचरणअनुसार कुनै पनि समाजको वातावरण र घटनाहरूको जानकारी लिन सकिन्छ । जसरी पानीविना डुङ्गा हलचल गर्न सक्दैन त्यसरी नै पात्रविना कथानक पनि सल्बलाउन सक्तैन । पात्रकै आधारमा कथावस्तु तय हुने भएकाले उपन्यासमा पक्षको भूमिका सर्वोच्च स्थानमा रहेको पुष्टि हुन्छ ।

प्राचीन समयका उपन्यासमा प्रयोग भएका पात्रहरू वास्तविक हाम्रा गाउँघर, टोल, छिमेक, रामे, काले, जस्ता थिए भने आधुनिक समयमा आएर उपन्यासमा मानवेतर पात्रको प्रयोग गरी मानवीय सभ्यताको धज्जी उडाउने कामसमेत पात्रमार्फत भएको छ । यसको उदाहरणार्थ लैनसिंह वाङ्देलको लङ्गडाको साथी उपन्यासमा लङ्गडो समाजको उपेक्षित, प्रपीडित, सद्भाव र सहानुभूति अनि अलिकति पनि मायाको अनुभूति नपाएको अवस्थामा असीम माया र स्नेह दिएर सहयोगीका रूपमा कुकुर आएको कथावस्तुले मानवीय सभ्यताको उपहास गरेको स्पष्ट हुन्छ । आधुनिक समयका आख्यानमा पात्रहरू उपन्यासकारको जीवनदृष्टि तथा कलादृष्टिको समग्रतालाई बोध गराउने आधार मानिन्छ । पात्रको सिर्जना रचनात्मक इच्छा, अनुभव, योग्यता र उद्देश्यमा भर पर्दछ । पात्रका सबलता, दुर्बलता, यथार्थतासँग रहेको सम्बन्ध र सामाजिक उत्पादन र गतिविधिमा तिनीहरूकै कारण उपन्यासको सौन्दर्यपन चम्किन्छ (भट्टराई,२०७०:१६) । त्यसकारण उपन्यास रचनामा पात्रको छनोट अति नै महत्वपूर्ण हुन्छ । पात्रविना उपन्यासको कल्पना गर्नसमेत सम्भव नभएकाले पात्रको महत्व/भूमिका उच्चरहेको स्पष्ट हुन्छ । पात्र लेखकका भावना, विचार, अनुभूति, जीवनदर्शन व्यक्त गर्ने माध्यम हो । पात्रले के गर्छ, के बोल्छ, के सोच्छ, के अनुभव गर्छ, कस्तो भेषभूषा, संस्कृति अपनाउँछ लेखकका माध्यमबाट विचार व्यक्त हुन्छ ।

२.४ पात्रको स्वरूप

मानिसविनाको समाजको कल्पना गर्न नसकेजस्तै पात्रविनाको उपन्यास रचना गर्न त के कल्पनासम्म पनि गर्न सकिन्न । त्यसैले पात्रको स्वरूप निर्धारण गर्दा पात्र कस्तो चयन गर्नुपर्छ र पात्र कस्ता–कस्ता स्वभावका हुन्छन्् भन्ने विषय मुख्य हुनआउँछ । पूर्वीय नाट्यशास्त्रको मान्यतामा नाट्तत्वको विधानमा केन्द्रीय रूपमा अवस्थित पात्रलाई नेता वा नायक बुद्धिमान, उत्साही, स्मृतिवान्, कलाकार हुनाका साथै शूर, तेजस्वी, शास्त्रज्ञ र धार्मिक स्वभावको हुनुपर्छ । यसै आधारमा एकदमै नितान्त आदर्श र अलौकिक गुणले सम्पन्न व्यक्ति नै नायक हुन सक्दछ । नायकका चार भेद हुन्छन् । ती हुन् धीरोदात्त, धीरललित, धीरोद्धत्त र धीरप्रशान्त । यी नायकका भेदअनुसार यिनीहरूका लक्षण पनि फरक–फरक हुन्छन् । आफ्नो प्रशंसा आफैँ नगर्ने, क्षमतायुक्त, अति गम्भीर, हर्ष, शोकादिले अप्रभावित कार्यमा स्थिर स्वाभिमानी तथा आफ्नो कुराको निर्वाह गर्ने खालका नायकलाई धीरोदात्त भनिन्छ । यस किसिमको नायक सर्वश्रेष्ठ तथा उदार चरित्र भएको हुन्छ । उदाहरणका लागि राम, युधिष्ठिरआदि आउँछन् । अति कोमल स्वभाव, नृत्य, गीतमा तल्लीन नायक धीरप्रशान्त कहलाउँछ भनी विश्वनाथले उल्लेख गरेका छन् (विश्वनाथ, सन् १९७७) । यस्तो किसिमको नायकको शान्त स्वभावलाई नै धीरप्रशान्त नायकको सर्वश्व मानिएको छ । विश्वनाथका अनुसार मायावी, घमण्डी, उग्र, कपटी, अहङ्कारी आफ्नो तारिफ आफैँ गर्ने नायक धीरोद्धत कहलाउँछ भन्ने देखिन्छ ।

यस्ता खालका नायकहरू स्वभावैले त्रूmर खालका हुन्छन् । यस्ता नायकमा कंश, रावण, आदिलाई लिन सकिन्छ । दृढ र शान्त चित्त भएकामा धैर्यशाली, गम्भीर पुरुष धीरललित कहलाउँछ भनी विश्वनाथले उल्लेख गरेका छन् । यस्तो किसिमको नायक कोमल, मृदु स्वभाव, कलाप्रेमी, समृद्ध, शूरवीर निश्चित स्वभावको हुन्छ । विकट परिस्थितिहरूको सामना यस्ता व्यक्तिले गर्नु पर्दैन । यिनीहरू शान्तिजीवी र विलासी एवं विनोदी खालका हुन्छन् । त्यसैगरी विश्वनाथले नायकको प्रवृत्तिअनुसार पात्रलाई दक्षिण, धृष्ट, अनुकूल र शठ गरी चार भागमा विभाजन गरेका छन् । यस्ता नायकहरूका आ–आफ्नै विशेषता तथा गुण रहेका

हुन्छन् । धेरै नायिका र पत्नीसँग समान किसिमको अनुराग राख्ने नायक दक्षिण हुन्छ । ऊ सबै नायकप्रति आफ्नो व्यवहार सरल र सदाशयपूर्ण राख्छ र उसले सबैलाई एकसाथ सम्पन्न राख्ने क्षमता हासिल गरेको हुन्छ । अपराध गरे पनि दृढ रहने दण्ड खाए पनि लज्जित नहुने दोष भए पनि झूटो बोल्ने नायक धृष्ट हुन्छ । यस्तो धृष्ट नायक कुचक्री र दुराचारी हुने गर्दछ । नायकको अन्य स्त्रीहरूसँग पनि प्रणयसम्बन्ध रहेको हुन्छ । प्रणयसम्बन्ध कपट व्यवहार गर्ने शठ नायक सिपालु हुन्छ तर निर्लज्जचाहिँ हुँदैन । त्यसरी नायक एक पत्नीव्रत वा एकै नायिकामा दृढ प्रेमी हुन्छ । ऊ आफ्नै नायिका वा पत्नीसँग मात्र प्रणयसम्बन्ध वा अनुराग राख्ने गर्दछ । उसमा अन्य स्त्री वा नायिकाप्रति आशक्त हुँदैन ।

धनञ्जयले नाटकका सन्दर्भमा नायकको वर्गीकरण गर्ने क्रममा नायकका चार भेद उल्लेख गरेको पाइन्छ : धीरोद्धत्त, धीरोद्धात्त, धीरप्रशान्त र धीरललित । यसरी नै प्रेम व्यवहारबाट नायकलाई विश्वनाथले चार वर्गमा विभाजन गरेका छन् । दक्षिण, धृष्ट, अनुराग र शठ । यसरी धनञ्जय र विश्वनाथका विश्लेषणहरू मिल्दाजुल्दा देखिन्छन् । धनञ्जयले नायकमा शोभा, विलास, माधुर्य, गम्भीर, धैर्य, तेजजस्ता गुणहरू हुनुपर्छ भनेका छन् । नायकको सट्टा प्रतिनायक हुन्छ (धनञ्जय, सन् २०१३) । त्यसरी नै नायकको साथी पताका नायक हुन्छ र पीठमर्द हुन्छ । ऊ बुद्धिमान त हुन्छ, तर नायकको भन्दा केही न्यून गुण उसमा रहेको हुन्छ । उसले नायकको फलप्राप्तिमा सदैव सहयोग गर्दछ । अर्को किसिमको पात्र विदूषक हुन्छ र ऊ हाँस्यव्यङ्ग्यद्वारा दर्शक र पाठकलाई भरपुर मनोरञ्जन दिने कार्य गर्दछ । उपन्यासमा नायकको जस्तै महत्वपूर्ण स्थान नायिकाको रहेको हुन्छ । पूर्वीय आचार्यहरूले सहायक पात्रहरूमा सर्वाधिक महत्व र प्रमुखता नायिकालाई नै दिएका छन् । नायिका, सुशीलता, यौवन, सम्पन्नता, प्रेम, ममताजस्ता गुणले युक्त हुन्छन् । नायिका रूपवती, गुणवती, शीलवती, यौवन, सम्पन्नता, माधुर्यादिको शक्तिले सम्पन्न, प्रसन्नमन, स्नेहपूर्ण, स्निग्ध भावपूर्ण मधुर वचन बोल्ने खालकी हुन्छे । यस किसिमको नायिकाको रूप र गुणको आकर्षण नायकका लागि महत्वपूर्ण मानिन्छ र कथ्यवस्तुको विकासका लागि प्रेरणादायी हुने गर्दछ । धनञ्जयले कर्मअनुसार नायिकालाई तीन भागमा वर्गीकरण गरेका

छन् । स्वकीया, परकीया र सामान्य । स्वकीया नायिका आफ्नै पतिसँग मात्र प्रणयसम्बन्धमा लागेकी हुन्छे । सरल प्रकृतिकी विनय, कोमलता आदि सद्गुणले युक्त, गृहकार्यमा व्यस्त, पतिभक्ति स्वभावले युक्त हुन्छे, परकीया नायिका आफ्ना पतिलाई छाडी अन्य परपुरुषको प्रणयसूत्रमा बाँधिएकी हुन्छे । यस्ती नायिका सामान्यतया अविवाहिता वा विवाहिता भए पनि व्यभिचारिणी निर्लज्ज हुन्छे । सामान्य नायिकालाई भ्रष्ट नायिकाको रूपमा लिइन्छ । कला प्रवीण वेश्यालाई सामान्य नायिका भनिन्छ । यसरी धनञ्जयले उमेर वा अवस्थाका आधारमा नायिका तीन प्रकारका हुन्छन्, मुग्धा, मध्या, प्रौढ भनी बताएका छन् (भट्टराई,२०७०:२४) । यी तीन प्रकारका नायिकाका पनि आ–आफ्नै गुण तथा विशेषता रहेका हुन्छन् । धीरा, मध्या नायिका रूखो बोलि वचन भएकी, नायकप्रति गल्ति गर्ने किसिमकी हुन्छे । अधीरा मध्या नायिका नराम्रा शब्दको प्रयोग गर्ने र अधीरा धीरा मध्या नायिका रुने, चिच्याउने मात्र गर्दछे तर नायकको व्यङ्ग्य पनि सुन्ने खालकी हुन्छे । त्यसरी नै प्रौढा नायिका छिप्पिएकी, पूर्ण युवती, कामान्ध, नायकलाई दबाउने खालकी हुन्छे । यस्ती नायिका प्रेमकलामा दक्ष र जुनसुकै प्रकारले प्रेमक्रीडा गर्ने गर्दछे । यसरी माथिको अध्ययन विश्लेषणलाई हेर्दा पूर्वीय साहित्यमा नायक नायिकाका भेदहरू अत्याधिक रूपमा नाटक विधामा देखिए पनि उपन्यास विधामा भने त्यति धेरै वर्गीकरण गरेको देखिँदैन ।

२.५ पात्र/चरित्र चयनको प्रयोजन

चरित्रको चयनबाट कुनै व्यक्ति जीवनको बाह्य र आन्तरिक प्रवृत्तिहरूलाई अध्ययन गर्न सहज हुन्छ । कुनै पनि कृतिमा हरेक चरित्रको रूप तथा बिम्ब फरक किसिमले चयन गरिने भएकाले स्वभावैले चरित्रले फरक विचारलाई प्रस्तुत गर्छ । वास्तवमा चरित्रहरू कथानक गतिका संवाहक हुन् । पात्रको चयन गर्दा कथानक अनुकूल हुनु पर्दछ । चरित्रले व्यक्तिको प्रवृत्तिगत वैचित्र्यहरूलाई उद्घाटित गर्ने काम गर्छ । त्यसरी नै चरित्रको व्यवहार, आरोह, अवरोह, जातीय विशेषता मानवीय शाश्वत सत्य घटनालाई आदिलाई पनि दर्शाउने कार्य गर्दछ । उपन्यासमा पात्रले कथावस्तुको समग्रतालाई गति एकान्वितिमार्फत निश्चित रूपमा हेर्ने काम गर्दछ । कथावस्तुको विस्तार हुनुको साथ साथै विचार उद्देश्यको पनि विस्तार क्रमशः भइरहेको हुन्छ । चरित्रको माध्यमबाट स्रष्टाले निश्चित र नैतिक विचारले परिवर्तनका आवाज उठाइरहेका हुन्छन् । चरित्रले उपन्यासमा भएको कथावस्तुलाई सजीव बनाएर गति दिने महत्वपूर्ण कार्य गर्दछ । चरित्रको चयनले उपन्यास लेखनको जीवनदृष्टि र कलादृष्टिले समग्रतालाई बोध गराउने काम गर्दछ । स्रष्टाको सिर्जना भावनात्मक भए पनि हाम्रै समाजका व्यक्ति वा वस्तुजस्तै बनेर प्रस्तुत हुन्छन् । चरित्रको जीवित अस्तित्वले उपन्यासको संरचनालाई सुरुदेखि अन्त्यसम्म सुसंगठित, विस्तारित गर्ने कार्य गर्दछ । कथा र उपन्यास विधामा चरित्र चयनको सादृश्यमूलक अर्थपूर्ण हुने भएकाले प्रस्तुत शोधकार्यमा चरित्र चयनको प्रयोजनसमेत मूल्याङ्कन गरिएको छ ।

२.६  पात्र/चरित्र चित्रणको विधि/पद्धति

उपन्यासमा अनेक समस्या र परिस्थितिमा जेलिएको व्यक्ति कुनै बेला आफ्ना भावनाद्वारा प्रेरित भएर परिणामस्वरूप जे बोल्दछ जे कल्पना गर्दछ, त्यस्ता अनुभूतिलाई सजीवतासाथ देखाइनु नै चरित्र चित्रण हो । पात्रका हाउभाउ, आनीबानी, आचरण वा कार्यशैलीआदिलाई चरित्र भनिन्छ । पात्रको चरित्रका विषयमा पाठकलाई जानकारी गराउन आख्यानकारले रोजेको तरिकालाई पद्धति भनिन्छ । उपन्यासमा प्रयोग भएका पात्रले उपन्यासभित्र कुनै कार्य गर्छ, कसरी गर्छ र किन गर्छ भन्ने कुरालाई अभिनयद्वारा चित्रण गर्दा तिनीहरूले खेलेको भूमिकाको आधारमा चित्रण गर्नु उपयुक्त मानिन्छ ।

(गोयल, सन् १९८१:२०) । पात्रहरूको चरित्र चित्रण गर्ने आधार उपन्यासकारको क्षमता, रुचि र प्रतिभामा निर्भर गर्दछ । उपन्यासमा मूल रूपमा तीन प्रकारका विधि प्रचलित छन्— वर्णनात्मक विधिमा उपन्यासकार आफैँ प्रत्यक्ष रूपमा पात्रको आकार, प्रकार, स्वरूप र भेषभूषाको वर्णन गर्दछ । नाटकीय विधिमा संवाद, वादविवाद, प्रतिवादबाट उत्पन्न क्रियाप्रतिक्रियाको माध्यमद्वारा चरित्र चित्रण गरिने, विधि विश्लेषणात्मक विधि हो । नाटकीय विधि विश्लेषणात्मक विधिमा उपन्यासकारको आत्मपरक दृष्टिकोण रहेको हुन्छ । यस विधिमा उपन्यासकारलाई पात्रको सचेतना, संवेदना, संवेग आदिको विश्लेषणको प्रशस्त अवसर

रहन्छ । चरित्र चित्रणका विधिहरू मुख्य दुई विधिमा सहमत भएको पाइन्छ । यिनै विशेष प्रत्यक्ष र अप्रत्यक्ष विधिले नै सम्पूर्ण कुराहरूलाई समेटेको हुनाले यिनै दुई विधिलाई नै मुख्य विधिको रूपमा व्याख्या विश्लेषण गरिन्छ । जसको चिनारी क्रमशः गरिएको छ ।

२.६.१ प्रत्यक्ष/वर्णनात्मक चरित्र चित्रण विधि

प्रत्यक्ष वा वर्णनात्मक विधिमा लेखक स्वयम् पात्रको चरित्र, व्यक्तित्व, आचारविचार, अनुभव उद्घाटित गर्ने गर्दछन् । यस विधिमा आख्यानकारले पात्रलाई बन्देजमा राखी बोल्न दिँदैन र पात्रको आलोचना मात्र गर्दछ । (नेपाल सन् २०११:६८) । लेखकले पात्रलाई वार्तालापमा सहभागी हुन भने दिँदैन । खाली विभिन्न पद्धतिद्वारा आफ्ना भावनालाई पात्रका माध्यमबाट प्रस्तुत गर्दछ । कथानकप्रधान वा वा घटनाप्रधान र आदर्श मानवतावादी सन्देश बोकेका उन्नाईसौँ र बीसौँ शताब्दीका गद्याख्यानमा प्रत्यक्ष विधिको प्रयोग भएको पाइन्छ ।(कोइराला,सन् २०६१:२८—२९) । यस कथानकले प्रत्यक्ष चरित्रको पुष्टि गराउँछ ।

प्रत्यक्ष/वर्णनात्मक विधिका पनि ऋणात्मक र धनात्मक पक्षहरू रहेका छन् । यस विधिमा लेखक सर्वेसर्वा हुनाले आफ्नो विचार, मान्यता, अनुभव उद्घाटन गर्न पाउँछ । लेखकले पात्रको चरित्र र व्यक्तित्व सोझै स्पष्ट शब्दमा परिभाषित गर्ने हुनाले पाठकलाई भाव बुझ्न गाह्रो हुँदैन । पात्रले संवाद, वार्तालापआदिमा सहभागी हुनु पर्दैन । त्यसैले पात्र मौन भएर बस्न पाउँछ । लेखकको ज्ञान, क्षमता, सीप सोझै पाठकले परीक्षण गर्न पाउँछन् । लेखक आफ्नै मात्र सजीव रहन्छ आदिजस्ता पक्षहरू यस विधिमा धनात्मक पक्षहरू मानिन्छन् ।

प्रत्यक्ष/वर्णनात्मक विधिका केही ऋणात्मक पक्षहरू पनि रहेका छन् । यस विधिमा लेखक कल्पनाको आकाशमा महल बनाउन सक्छ अनि त्यही महलमा बसेर धर्तीमाथि दृष्टिपात गर्दा लेखकका नजरले जति भ्याउँछ त्यति मात्रै आख्यानमा चित्रित हुनाले प्रस्तुति कमजोर तथा पातलो बन्नजान्छ । लेखकले सम्पूर्ण प्राणी, वातावरणआदिको यथार्थता बाहिर ल्याउन सक्तैन । त्यसैले आख्यान फितलो बन्नजान्छ । लेखकले पात्र/चरित्रलाई बोल्न नदिने हुनाले आफ्ना निजी भावना व्यक्त गर्न नपाउने हुनाले पात्र कुष्ठित हुन्छ । यस विधिमा पात्रका चारित्रिक वैशिष्ट्यको अतिरञ्जना हुने वा अपर्याप्त प्रस्तुति, सम्भावनाहरू रहन्छन । पात्रको थेगो, स्मरणशक्ति, वाक चातुर्यता वा कुनै जीवको परीक्षण गर्नु कठीन हुन्छ । पात्रहरू हैकममा राखिने हुनाले पात्र निष्क्रिय र निर्जीवजस्ता हुन्छन् जसले गर्दा आख्यान विश्वासिलो हुँदैन ।

२.६.२    नाटकीय वा परोक्ष (अप्रत्यक्ष/चरित्रचित्रण विधि)

संवाद सृजना गरेर चिताउने विधि नाटकीय वा अप्रत्यक्ष विधि हो । यस विधिमा उपन्यासकार तटस्थ रहेको हुन्छ । पात्रको संवादको माध्यमद्वारा चरित्रचित्रण गरिने हुनाले नै यस विधिलाई नाटकीय चरित्र चित्रण विधि भनिएको हो । “पात्रको शारीरिक गठन, उसको चालढाल, हिँडाइ, बोलाइ, पहिरन, रूपरङ आदिको ठाडो विवरण दिनाको साटो कति आख्यानकारले सन्दर्भ परिवेश र अन्तत्र्रिmयाहरू प्रस्तुत गर्दा तिनैको अङ्गका रूपमा विभिन्न जुक्ति लगाएर पात्रको व्यक्तित्वबारे सूचनात्मक सङ्केत दिन्छन् । यस्तो तरिकाले परोक्ष पद्धति भनिन्छ” (नेपाल, २०११:६९) । यसरी परोक्ष तरिकाले चरित्र उद्घाटनका निम्ति आख्यानकारले पात्रका कार्यव्यापार, बोलीवचन, परिवेश, सादृश्यविधान आदि उपायहरूको प्रयोग गरिन्छ । (मल्ल, २०६४ : १२९) । यसरी यस विधिमा लेखक टाढै रहेर आफ्ना सम्पूर्ण कुराहरू पात्रलाई कहन लगाउँछ । पात्रका आफ्ना संवाद र वार्तालापद्वारा क्रमशः अगाडि बढ्दै जान्छ, लेखकको हस्तक्षेपविना आफ्नो चरित्रको बारेमा स्वयम् व्यक्त गरिने हुनाले आधुनिक उपन्यास जगत्मा यस विधिको लोकप्रियता बढ्दो छ । अन्य विधिको तुलनामा यो विधि विश्वसनीय र प्रभावकारी मानिन्छ ।

नाटकीय चरित्र चित्रण विधिमा केही ऋणात्मक तथा धनात्मक पक्षहरू रहेका छन् । लेखकको हस्तक्षेपविना मात्र स्वयम् आफ्नो विचार, धारणा, सिद्धान्त, संवाद र वार्तालापबाट क्रमशः अगाडि बढ्ने हुनाले आख्यान विश्वासिलो साथै पात्रसमेत जीवित रहन्छन् । व्यक्तिबोलीको समावेशले चरित्रको सामाजिक, साँस्कृतिक सन्दर्भ पहिचान गर्न सरल हुन्छ । पात्र आफैँसमेत जीवित रहन्छन् । व्यक्तिबोलीको समावेशले चरित्रको सामाजिक, साँस्कृतिक सन्दर्भ पहिचान गर्न सरल हुन्छ । पात्र आफैँ आफ्ना दुःख, सुख, उकालीओराली कहने हुनाले पाठक बढी भावुक बनी आख्यानको रसस्वादन मिठासका साथ गर्दछ । संवाद, छलफल, वार्तालाप साथै अन्य अभिनयात्मक कार्यले पाठकलाई उत्साहित र जागरुक बनाउने हुनाले पात्र र पाठकको सम्बन्ध निटक रहनेजस्ता आदि पक्षहरू यस विधिका धनात्मक पक्षहरू हुन् ।

नाटकीय चरित्र चित्रण विधिमा लेखक निष्क्रिय रहने हुनाले लेखकका विचार, धारणा, सिद्धान्त आदि कुरा बुझ्न सकिँदैन । संवाद तथा वार्तालाप पात्र, परिवेशअनुसार मेल नखाएमा आख्यान विश्वासिलो बन्दैन । पात्र अनुसारको बोलिचाली, भेषभूषा, रहनसहन, परिवेश शब्दचयन कमजोर भएका आख्यान विश्वासिलो हुँदैन, पात्रको प्रस्तुतीकरण फितलो भएमा पाठकलाई आख्यान पचाउन गाह्रो हुने आदि पक्षहरू यस विधिका ऋणात्मक पक्षहरू हुन् ।

उपन्यासका पात्र स्वतन्त्र, सक्रिय र जीवन्त हुनुपर्दछ । उपन्यासकारले पात्रलाई आफ्नो विचार र सिद्धान्त प्रतिपादनका लागि साधन बनाउनु उपयुक्त मानिँदैन । उपन्यासकारको हैकममा रहेको पात्र निष्क्रिय र निर्जीव प्रकृतिका हुन्छन् । त्यसैले पात्रहरूलाई स्वतन्त्र वातावरणमा हुर्कने र बढ्ने अवसर प्रदान गर्नुपर्छ ।

२.७ पात्रका प्रकार

उपन्यासमा पात्र भन्नाले मानवीय तथा अमानवीय जे भए पनि कथाका संवाहक

हुन् । जसरी गाडी गुडाउन पाङ्ग्राको आवश्यकता पर्दछ, त्यसरी नै उपन्यासमा कथानकले गति लिन नसक्ने हुनाले उपन्यासको पूर्णता असम्भव छ । पात्रले मान्छेका विभिन्न प्रकृतिको उद्घाटन तथा सामाजिक, साँस्कृतिक आदि पक्षको प्रकटीकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्दछ । आख्यानकारले पात्र रुचि संयन्त्रको कुशल परिचालन गर्दा चरित्राङ्कनलाई ध्यान दिएका हुन्छन् । यसरी पात्रका प्रकारहरूलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ (थापा, २०६६, १२६) । साहित्यको ऐतिहासिक अनुक्रममा नयाँ नयाँ पात्रहरू देखा पर्दछन् । आख्यानमा आउने पात्रहरू एकै जात, एकै रङ्ग, एकै छाँटकाँटका पाइँदैनन्, आख्यानका पात्रहरूलाई “गोला, च्याप्टा, सापेक्ष, निरपेक्ष, गतिशील, गतिहीन, सार्वभौम र आञ्चलिक, पारम्परिक र मौलिक प्रकार र आद्य प्रकारका वर्गमा बाँडेर हेर्ने चलन रहेको पाइन्छ (नेपाल, २०११:५६) उपन्यासमा पात्र मानवीय तथा मानवेतर प्राणी र प्राणेत्तर जड वस्तु पनि हुन सक्छन् तर त्यस्तो मानवेतर पात्रमा नैतिक र अभिवृत्तीय गुणको सम्भव देखिँदैन । त्यसकारण यस शोधपत्रमा पात्रका प्रकारहरूलाई लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, आसन्नता, आबद्धता र जीवनचेतनाका आधारमा वर्गीकरण गरिएको छ । आगामी उपशीर्षकहरूमा यी सैद्धान्तिक आधारहरूको सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।

२.७.१    लिङ्गगत आधार

लिङ्गका आधारमा स्त्री र पुरुष भनेर शारीरिक जातका आधारमा पात्र/चरित्र पहिचान गरिन्छ । स्त्री र पुरुष पात्रका आधारमा कतिपय नैसर्गिक कुराहरूले उसको भूमिकामा प्रभाव पार्दछ । उपन्यासमा पुलिङ्गी नाम जनाउने पात्र भए पुलिङ्गी वा पुरुष र महिला वा स्त्रीलिङ्गी जनाउने पात्र भए नारी वा स्त्री पात्र भनी छुट्याउन सकिन्छ । नारी केन्द्रियतामा भएका घटनाहरूको कथानकमा नारी नै पात्र बनाइन्छ भने पुरुषका दुःख, सुख, उकाली, ओराली आदिको कथावस्तुको साथमा पुरुष पात्र आएको हुन्छ । त्यसैले यिनै कुराको चित्रणका लागि लैङ्गिक वा लिङ्गका आधारमा पात्रलाई विश्लेषण गरिएको हो ।

आ–आफ्ना नैसर्गिक अधिकारका आधारमा पुरुष र नारीलाई यिनीहरूलाई आख्यानमा उतारिन्छ । नारी र पुरुषका आ–आफ्नै चालढाल, हिँडाइ, बोलाइ, क्रियाकलाप, परिवेश रहेका हुन्छन् । आमाको भूमिकामा पुरुष पात्रलाई आख्यानमा उपस्थित गराउने हो भने आख्यान व्यङ्ग्य कार्टुनजस्तो बन्नपुग्छ । त्यसैले त्यसको कल्पना गर्न पनि गाह्रो हुन्छ । आख्यान समाजको ऐना हो । समाजमा घटेका घटनाको केन्द्रियताको परिवेशसँग मिल्दो पात्र चयन गर्नु पर्दछ । लामो कपाल छोडेकी, सिउँदोमा सिँदूर हालेकी, ओंठमा रातो लाली लगाएकी, टिमिक्क परेको चोली र रातो साडीमा सुसज्जित अधवैँशे आईमाई यस्तो किसिमको आख्यानको परिवेशलाई प्रस्तुतीकरणका लागि नारी पात्रनै चयन गरिएको हो । त्यसरी नै पुरुषका केन्द्रीयतामा घटेका घटनाहरूको प्रस्तुतीकरणपुरुष पात्रबाट नै हुनुपर्छ । पुरुष पात्रलाई प्रेमीको रूपमा, वरको रूपमा, बाबुको रूपमा चिनाई परिवेशसुहाउँदो प्रस्तुतीकरणका लागि पुरुष पात्र नै चयन गर्नु पर्दछ (भट्टराई,२०७०:२६) । त्यसकारण उपन्यासमा पनि नारी र पुरुष पात्रको चयन गरिन्छ ।

२.७.२    कार्यगत आधार

कार्यका आधारमा पात्रहरू प्रमुख, सहायक र गौण गरी तीन वर्गमा विभाजन गरिन्छन् । उपन्यासमा प्रमुख कार्य गर्छ र समाजअनुकूल छ तथा सर्वाधिक पुनरावृत्ति हुने पात्र प्रमुख पात्र हो । प्रमुख पात्रको वरिपरि रहेर कथानकलाई गति प्रदान गर्नका लागि सहयोगीको भूमिका निर्वाह गर्ने पात्र सहायक पात्र हो । प्रमुख पात्रको वरिपरि रहेर कथानकलाई गति प्रदान गर्नको लागि सहयोगीको भूमिका निर्वाह गर्ने पात्र सहायक पात्र मानिन्छ ।

प्रमुख पात्रलाई सहयोगीको रूपमा कार्य गर्ने नै सहायक पात्र हो । उपन्यासमा प्रयोग भएका कुनै पात्रहरू कथानकको सुरुवातमा आएर बीचमा हराउने अनि बीचमा आएर बीचमै वा अन्त्यमा हराउने कथानकमा कम महत्वको पात्र नै गौण पात्र हो । सहायक पात्रभन्दा पनिकम कार्य गर्ने पात्र गौण पात्र हो । यस्ता गौण पात्र छोटो समयका लागि मात्र कथानकमा ल्याइएको हुन्छ । प्रमुख काम गर्ने र समाजअनुकूल छ भने सो त्यो नायिका वा नायक कहलाउँछ । प्रमुख पात्रलाई सहयोगका लागि आउने पात्र सहनायक/सहनायिका भनेर चिनिन्छ । गौण कार्य गर्ने पात्र गौण पात्रका रूपमा चिनिन्छ ।

आख्यानमा सबै पात्रको महत्व उत्तिकै भए पनि कार्य भने अलग अलग नै हुन्छन् । कसैले प्रमुख कार्य गर्छन् भने कसैले सहायक र कसैले गौण कार्य गर्दछन् । प्रमुख पात्रले कथानकलाई एक्लै अगाडि बनाउन गाह्रो हुन्छ । त्यतिखेर सहायक पात्रलाई सहयोगीका रूपमा अगाडि ल्याइन्छ । मुख्य घटनालाई देखाउन वा प्रस्तुत गर्न प्रमुख पात्रको चयन

गरिन्छ । आख्यानमा प्रमुख पात्रद्वारा नै घटना, पात्र र विभिन्न क्रियाकलाप सञ्चालित प्रभावित र प्रवाहित हुन्छन् । औपचारिक गतिलाई अघि बढाउन प्रमुख पात्रको मुख्य हात हुन्छ भने सहायक पात्रले पनि औपन्यासिक गतिलाई अघि बढाउन सहयोग गर्दछ । एउटै पात्रले कृतिमा सबै कार्य गर्न असम्भव छ । एउटै पात्रले कतै प्रमुख, कतै सहायक र कतै गौण कार्य गर्न सक्तैन । त्यसैले मुख्य वा प्रमुख कार्य गर्नका लागि प्रमुख पात्रलाई अगाडि सारिन्छ (भट्टराई,२०७०:२७) । सहयोगीको भूमीकाका लागि भने सहायक पात्रलाई उभ्याइन्छ भने स–साना छोटो कार्य पूरा गर्नको लागि गौण पात्रको चयन गरिन्छ । यसरी कार्यगत आधारमा पात्र तीन प्रकारका मानिएका छन् ।

२.७.३    प्रवृत्तिगत आधार

प्रवृत्ति आधारमा उपन्यासका पात्रलाई अनुकूल र प्रतिकूल गरी दुई वर्गमा विभाजन गरिन्छ । आफ्नो समाजको संस्कारलाई पालना गर्ने, समाज व्यवस्थापनलाई नखल्बल्याउने सकारात्मक चरित्र भएको पात्र नै अनुकूल पात्र हो । कुनै कुराको सही पालना नगर्ने नकारात्मक चरित्र भएको पात्र नै प्रतिकूल पात्र हो । जुनसुकै समाजको संस्कारलाई अस्वीकार गर्ने समाजलाई विकृतितर्फ लैजाने नकारात्मक कार्य गर्ने पात्र प्रतिकूल पात्र हो, यस्तो वर्गको पात्रलाई खलपात्रका रूपमा चिनिन्छ ।

समाजमा आ–आफ्नै खालका धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, चालचलन, नियम पद्धति रहेका हुन्छन् । समाजमा अनेक चरित्र भएका मानिसहरू बसोबास गर्दछन् । कति मानिसले समाज निर्माण गर्छन् भने कतिले समाजलाई अधोगतिर लैजाने नीच कार्य गर्छन् । मानिसको चरित्र सकारात्मक र नकारात्मक हुने गर्दछ । सकारात्मक चरित्रले समाजको अनुकूल कार्य गर्दछन् भने नकारात्मक चरित्रले समाजको प्रतिकूल कार्य गर्दछन् । अनुकूल र प्रतिकूल पात्रका बीच आख्यानात्मक द्वन्द्व हुनजान्छ र अनुकूल चरित्रले विजय प्राप्त गर्दछ । त्यसबाट पाठक प्रेरित बन्दछ र पाठक स्वयम् पनि अनुकूल चरित्रतिर तानिन्छ । सर्जकले अनुकूल पात्रलाई सृजनामा उतारेर समाजका सकारात्कमक विचारधाराका मानिसको प्रतिनिधित्व जनाउने कार्य गर्दछन् भने प्रतिकूल पात्रका कार्यले समाजमा पारेको असर, विकृति, विसङ्गतिहरूको प्रस्तुतीकरण गरेका हुन्छन् (भट्टराई,२०७०:२९) । त्यसैले राम्रो समाज व्यवस्थापनलाई खल्बल्याउने, नराम्रो कार्य गर्ने प्रवृत्तिको प्रस्तुतीकरण गर्नका लागि प्रतिकूल पात्रको चयन गरिन्छ । यसरी प्रवृत्तिगत आधारमा अनकूल र प्रतिकूल गरी पात्र दुई प्रकारका हुन्छन् ।

२.७.४    स्वभावगत आधार

स्वभाव भनेको व्यक्तिमा रहने निजीपन हो । कतिपय पात्रहरू आफ्नो विचार र अडानमा अडिग हुन्छन् भने कतिपय व्यक्तिहरू अवस्थाअनुसार बदलिन्छन् । यस आधारमा पात्रहरू दुई प्रकारका हुन्छन् (क) गतिशील (ख)गतिहीन ।

उपन्यासमा कुनै परिस्थिति अनुसार बदलिने पात्र गतिशील पात्र हुन्छ । जो आफ्नो स्वभाव, सिद्धान्त र जीवनधारालाई परिवर्तन गरी सुहाउँदो बन्छ भने त्यस्तो पात्र गतिशील पात्र हुन्छ । परिवेश र परिस्थितिअनुसार परिवर्तन नहुने र कथानकको प्रारम्भदेखि अन्त्यसम्म चरित्र वा प्रवृत्ति पात्रको गतिमा कुनै भिन्नता वा उतार चढाव नदेखिने पात्रलाई गतिहीन पात्र भनिन्छ । एउटै आचरणदेखि कुनै परिवेशमा आफूलाई परिवर्तनशील तुल्याउँछ भने त्यस्तो पात्र गतिशील पात्र हो तर आफूलाई कुनै वातावरणले परिवर्तन गराउँदैन वा हलचल बनाउँदैन भने त्यस्तो पात्र नै गतिहीन पात्र हो ।

समय, परिस्थिति र परिवेशअनुसार मानिसको स्वभाव परिवर्तन हुन्छ । गतिशील चरित्र भएका पात्रले जति दुःख पीडा भोगी जीवनका अनेक मोड परिवर्तन गर्नसक्छ भने गतिहीन पात्रले आफूलाई स्थिर राख्दछ । कसैको उमेर ढल्किसक्दा पनि बालसुलभ, उदार, निश्चल, ख्यालठट्टा, गाम्भीर्य, धैर्य, अधैर्य, एकै नासको हुने गर्दछ भने कसैको परिवर्तनशील रहने गर्दछ । तीन घुम्तीकी इन्द्रमाया परिस्थिति, परिवेश र सन्दर्भअनुसार आफूलाई चलायमान बनाएर गतिशील पात्रको रूपमा चिनिएकी छे भने नरेन्द्र दाइको नरेन्द्रलाई कुनै परिस्थितिले चलायमान बनाउन सक्तैन (भट्टराई,२०७०:३२) । कुनै सैद्धान्तिक कट्टरताभित्र आफूलाई थुनेर राख्न नसक्ने स्वभावलाई देखाउन गतिशील चरित्रको खडा गरिन्छ भने कुनै सिद्धान्तमा कट्टर भई बस्ने स्वभावलाई देखाउनु गतिहीन चरित्रको खडा गरिन्छ ।

२.७.५    जीवनचेतनाको आधार

सामाजिक जनजीवनको भूमिका निर्वाह गरी त्यही वर्गको प्रतिनिधित्व गर्ने पात्र वर्गीय पात्र हुन्छ । उपन्यासमा प्रयोग भएको पात्रले समाजमा रहेका अन्य मानिसको जस्तै कार्य गर्दछ भने त्यस्तो पात्र वर्गीय पात्र हुन्छ । आफ्नो निजी भावनालाई आफ्ना इच्छा आकांक्षाअनुसार अन्य मानिसको भन्दा फरक शैलीले कार्य गर्ने पात्र व्यक्तिगत हुन्छ । अरूको भन्दा अलग व्यवहार गर्ने निजी निर्णयलाई सर्वोपरी ठानी आफ्नै इच्छाअनुसार फरक कार्य गर्ने पात्र व्यक्तिगत पात्र हो । उपन्यासको कथानकमा प्रयोग गरिएको पात्रको सङ्घर्ष केवल आफूमा मात्र निहित छ भने त्यस्तो पात्रलाई व्यक्तिगत पात्र भनिन्छ ।

समाजको सामाजिक संरचनाअनुसार आर्थिक दृष्टिले समाजका मान्छेलाई तीन वर्गमा विभाजन गरिन्छ । ती वर्गहरूमा उच्च, मध्यम, निम्न वर्ग पर्दछन्, अन्तर्गत पर्दछन् । सामान्य रूपमा जीविकोपार्जनका आधार भएका व्यक्तिहरू मध्यम वर्गअन्तर्गत पर्दछन् । घरजग्गा, पेसा, रोजगारी, उद्योग, कलकारखानाआदि हुने व्यक्तिहरू उच्च वर्गअन्तर्गत पर्दछन् । जीवन जिउनसम्म पनि कठिनाइ भोग्ने व्यक्तिहरू निम्न वर्गमा पर्दछन् । यस्ता वर्गका मानिसहरूलाई गाँस, बास र कपास जुटाउनसमेत गाह्रो हुन्छ ।

समाजमा भएका मानिसहरूलाई शैक्षिक दृष्टिका आधारमा शिक्षित, अशिक्षित र अर्धशिक्षित गरी तीन प्रकारमा विभाजन गर्न सकिन्छ । शैक्षिक संस्थाबाट औपचारिक रूपमा शिक्षा हासिल गरेका मानिसलाई शिक्षित वर्ग भनिन्छ । साधारण लेखपढ गर्नजान्ने वर्गका मानिसलाई अद्र्धशिक्षित र साधारण लेखपढ गर्न पनि नजान्ने व्यक्तिलाई अशिक्षित वर्ग भनी छुट्टयाइन्छ ।

जीवनचेतनाका आधारमा पात्रहरू यथार्थवादी, आदर्शवादी र विसङ्गतिवादी प्रवृत्तिका हुन्छन् । भाग्य, नियति र भावुकतामाथि विश्वास नराखी वस्तुजगत्को वास्तविक यथार्थतालाई सर्वोपरी मान्ने पात्रलाई नै यथार्थवादी पात्र भनिन्छ । समाजमा घटेका र घट्नसक्ने यथार्थ वास्तविकतासँग गाँसिएका सन्दर्भहरूलाई लिएर यथार्थवादी पात्र उपन्यासमा प्रस्तुत भएको हुन्छ । यथार्थवादी पात्रले आलङ्कारिक आडम्बरयुक्त भाषाको प्रयोग नगरी सामान्यवा स्थानीय भाषाको प्रयोग गर्दछ (भट्टराई,२०७०:३५)। यथार्थवादी पात्रले सामान्य, स्पष्ट, प्रत्यक्ष, वस्तुनिष्ठ अभिव्यक्तिको पद्धति अँगाली विश्वसनीय शैलीबाट कथानकलाई अगाडि बढाउँछ ।

समाज वास्तविक धरातलबाट टाढा जान सक्तैन । जे गरिन्छ, जे भोगिन्छ, जे देखिन्छ, त्यही वास्तविकतालाई जस्ताको तस्तै कथानकमा उतार्न यथार्थवादी पात्रको चयन गरिन्छ । यथार्थवादी पात्रहरू उत्तम गुण वा नमुनालाई मुख्य सिद्धान्त बनाएर अगाडि बढ्छन् । आदर्शतिर ढल्किएर आदर्शवादी पात्रहरूले कुनै पनि वस्तु यस्तो हुनुपर्छ भनी नमुना प्रस्तुत गर्दछन् । यस्ता पात्रले अन्य पात्रहरूको भन्दा भिन्न उपस्थिति जनाएर आफूलाई नमुनाको रूपमा स्थापित गरेका हुन्छन् । कुनै एउटा मुख्य सिद्धान्तलाई नमुना प्रस्तुत गर्नका लागि उपन्यासमा आदर्शवादी पात्रको प्रयोग गरिन्छ ।

विसङ्गतिवादी पात्रहरू उद्देश्यहीन बाटोमा लागेका हुन्छन् । यस्ता पात्रहरू निराश जीवन बिताउने प्रवृत्तिका हुन्छन् । स्वतन्त्र, स्वाभिमानी, एकलकाँटे, अहम्को भावना भएको, षडयन्त्र, हत्या हिंसातिर लाग्ने खालका हुन्छन् । राम्रो नराम्रो केही पनि नसोधी अन्धकारमय जीवनको यात्रातिर लम्कन पनि तयार रहने जस्तोसुकै निर्णयलाई स्वीकार गर्ने र त्यसैलाई महत्व दिने प्रवृत्तिका पात्रहरू नै विसङ्गतिवादी पात्रहरू हुन् । यस्ता पात्रहरू समाजलाई नै विशृङ्खलित बनाउने प्रवृत्तिका हुन्छन् । कुनै वस्तु घटनालाई स्वतन्त्र रूपले रोज्ने, निर्णय गर्ने र आफूलाई गरेको निर्णयले जस्तो परिणाम ल्याउँछ त्यस्तै भोग्न तयार रहने पात्रहरू विसङ्गतिवादी पात्रहरू हुन् । समाजमा बसोबास गरेका मानिसहरू भिन्न स्वभाव र रुचि भएका हुन्छन् । समाजको यथार्थ जीवन भोगाइभित्र अनेकन विशृङ्खलताहरू जन्मिएका हुन्छन् । तिनै विशृङ्खलाहरूको यथार्थ प्रस्तुति गर्नका लागि विसङ्गतिवादी पात्रहरू चयन गरिन्छ ।

जातीय आधारमा समाजका व्यक्तिहरूलाई मुख्य गरी ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार भागमा बाँडिन्छ । ब्राह्मण जाति बौद्धिक कार्यमा, अध्ययन अध्यापनका साथै प्रशासनिक कार्यमा बढी सहभागिता भएको पाइन्छ । क्षेत्रीहरू बहादुर, साहसी हुने भएकाले विशेष गरी सेनामा भर्ना हुने र अन्य पेसामा संलग्न रहेको पाइन्छ । शुद्रअन्तर्गत दलित जातिहरू पर्दछन् जसमा कामी, दमाई, सार्की, पोडे भनेर चिनिन्छ । यस्ता दलित जातिहरू जीवनयापनका लागि निमेक, ज्याला, मजदूरीजस्ता कार्यहरू गर्दछन् ।

धर्म संस्कृतिका आधारमा समाजका व्यक्तिहरूलाई विभिन्न भागमा विभाजन गर्न सकिन्छ । समाजमा हिून्दू, बौद्ध, इश्लामआदि धर्म मान्ने मानिसहरूको बसोबास रहेको

पाइन्छ । हिन्दू धर्म मान्ने व्यक्तिहरू राम, सीता, शिव, गणेश, लक्ष्मी, सरस्वती, कृष्ण, विष्णुआदिजस्ता देवी देवताको पूजा आराधना गर्ने, मठ मन्दिर जानेजस्ता कार्यहरू गर्दछन् । बुद्धलाई भगवान्को रूपमा मान्ने, स्तूप जाने, रीतिरिवाजका कार्यहरू बुद्ध धर्म मान्नेहरूले गर्दछन् । उल्लाहको प्रार्थना गर्ने, मस्जिद जाने, कुरान पढ्नेजस्ता धार्मिक कार्यका साथै चर्चमा गई प्रार्थना गर्ने, बाइबल पढ्ने कार्यहरू इसाई धर्मका मानिसहरूले गर्दछन् ।

समाजमा चलिआएका परम्परा, रीतिरिवाज, चाडपर्व, मेलाआदिको संरक्षण गर्नु, हिन्दु संस्कारको पालना गर्नुजस्ता कुराहरू धर्म संस्कृतिअन्तर्गत पर्दछन् । समाजलाई धार्मिक तथा साँस्कृतिक आधारमा विभिन्न जातजाति, भाषाभाषी, चाडपर्व, मेला, जात्रा तथा परम्परागत चालचलनआदि पक्षहरूले सुरक्षित बनाइएको हुन्छ ।

२.७.६    आसन्नताको आधार

आसन्नताका आधारमा पात्रहरू मञ्चीय र नेपथ्य हुन्छन् । स्रष्टाले पात्रहरूलाई अनेक शैलीले प्रस्तुत गरेका हुन्छन् । उपन्यासका पात्रहरूले कतै नाटक प्रदर्शन गरेका हुन्छन् भने कतै पात्रहरूको वर्णन मात्र हुन्छ । यसरी उपन्यासमा उपस्थिति भई कार्यव्यापार वा संवाद प्रस्तुत गर्ने पात्र मञ्चीय पात्र हो भने कथयिताले नामोच्चारण मात्र गरेको पात्र नेपथ्य पात्र हो । मञ्चमा प्रत्यक्ष आउने पात्र मञ्चीय पात्र हो भने मञ्चमा प्रत्यक्ष रूपमा आउन नसक्ने पात्र नेपथ्य पात्र हो । मञ्चीय पात्रको भूमिका सक्रिय हुन्छ भने नेपथ्यमा पात्रको भूमिका वर्णित र निष्क्रिय मात्र हुन्छ ।

मञ्चीय पात्रले आख्यानात्मक कृतिका मुख्य–मुख्य घटनाहरूको अभिनयात्मक प्रस्तुतीकरण गरेको हुन्छ । मुख्य मुख्य क्रियाकलापहरू मञ्चीय पात्रबाट प्रस्तुत हुने भएकाले नै मञ्चीय पात्रको प्रयोग गरिन्छ भने जुन घटना पर्दाभित्रबाट व्याख्या विश्लेषणका माध्यमबाट प्रस्तुति गर्नाका लागि पात्रको चयन गरिन्छ ।

२.७.७    आबद्धताको आधार

आख्यानमा प्रस्तुत कथानकसँग पात्रको सम्बन्ध कायम गरिने कार्य नै आबद्धता हो । यसका आधारमा पात्रहरू बद्ध र मुक्त गरी दुई प्रकारका हुन्छन् । उपन्यासको कथानकमा जेलिएर केन्द्रीय चरित्रका क्रियाकलापसँगै सम्बद्ध रहेको पात्र बद्ध पात्र हो । त्यस्ता बद्ध पात्रलाई अलग बनाउँदा कथानकको संरचना भत्किन्छ तर मुक्त पात्रलाई कथानकले त्यति स्थान नदिएको हुँदा तिनलाई झिक्दा पनि कथानकमा खासै हलचल आउँदैन । मुक्त पात्रको भूमिका उपन्यासमा महत्वपूर्ण हुँदैन भने बद्ध पात्रको भूमिका महत्वपूर्ण हुन्छ ।

बद्ध पात्र कथानकसँगै जेलिएको हुनाले कथानक र बद्ध पात्रबीच देह र आत्माको जस्तै निकट सम्बन्ध रहेको हुन्छ । सर्जकले कथानकको संरचनालाई दरिलो बनाउनका लागि बद्ध पात्रको चयन गर्दछ । मुक्त पात्र आख्यानमा कताकता मात्र उपस्थित हुन्छ । मुक्त पात्रले कथानकसँगै निकट सम्बन्ध जोडिएको हुँदैन । सहयोगका लागि मात्र मुक्त पात्रको चयन गरिन्छ ।

२.८  निष्कर्ष

पात्रविधानसँग सम्बन्धित उपर्युक्त विश्लेषणबाट पात्र भनेका उपन्यासको त्यस्तो मेरुदण्ड हो जसबाट एकातिर कथानक निर्माण हुन्छ भने अर्कोतिर उपन्यासकारको जीवनदर्शन अभिव्यक्त हुन्छ । पात्रका चरित्र र जीवनगतिका माध्यमबाट उपन्यासकारले आफ्नो जीवनदर्शनलाई अभिव्यक्ति दिन्छ । मानिसका चारित्रिक विशेषता एकै किसिमका हुँदैनन् । समाजमा विविध प्रकारको प्रवृत्ति र विशेषता भएका मानिसहरू हुन्छन् । मानवीय जीवन र समाज पनि बहुआयामिक हुन्छ । उपन्यासकारले आफ्नो रुचि र उद्देश्यअनुसार समाजबाट उपयुक्त पात्रको चयन गर्दछ र तिनको जीवनगति उतार्छ । यसैका आधारमा उपन्यासका पात्रहरूको पनि पृथक्–पृथक् चारित्रिक वैशिष्ट्यलाई उद्घाटन गर्ने शिल्प जति सौष्ठवशाली भयो त्यति नै उपन्यासले कलात्मक मूल्य वरण गर्न पुग्छ । यसै आधारमा मात्र पात्र विधानको वैशिष्ट्य र समग्रमा उपन्यासको कलात्मक मूल्य निरूपण गर्न सकिन्छ । तसर्थ, प्रस्तुत शोधमा माथि उल्लिखित सैद्धान्तिक आधारलाई माध्यम बनाएर आगामी परिच्छेदमा ‘पहेँलो घाम’ उपन्यासमा प्रयुक्त पात्रको विश्लेषण गरिएको छ ।

शोध – पत्र

तेस्रो परिच्छेद

पहेँलो घाम उपन्यासका पात्रहरूको चारित्रिक वैशिष्ट्य

३.१  विषय परिचय

यस अध्ययनमा पहेँलो घाम उपन्यासका सम्पूर्ण पात्रहरूलाई सैद्धान्तिक आधारमा वर्गीकरण र विश्लेषण गर्ने कार्य प्रस्तुत परिच्छेदमा भएको छ । यो उपन्यास अयोग्य छापामार युवतीलाई प्रमुख पात्र बनाएर लेखिएको उपन्यास हो । यस उपन्यासमा अयोग्य छापामारहरूले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको छ । उपन्यासमा शिवा, सोहन, पासाङ, आस्था, बिगुल, दीपिका, सागर, विकल्प, आकास, आशा, समरसिं, धनवीर, मोहना, विश्वास, सविन, आदर्श, तारा, रामकृष्ण, दोर्जे, शिवाकी आमा, रामबहादुर, क्याप्टेन, जमदार, हवलदार, अञ्जना, माओवादी भाइ, ब्रिगेड कमाण्डर बलिदान, जितवीर, बटालियन कमाण्डर छिरिङ, शिवाको बोस सोहनको आमा स्थानीय गाइड जुँगे, पासाङ, उपन्यासको कथानकसँग व्यवस्थित तरिकाले बेरिएर आएका

छन् । यस परिच्छेदमा यिनै पात्रहरूको चारित्रिक वैशिष्ट्यको अध्ययन गरिएको छ । उक्त कार्यका निम्ति लेखकको सङ्क्षिप्त परिचय पनि यसै परिच्छेदमा गरिएको छ ।

३.२  विष्णु भण्डारी र उनका कृतिहरूको रेखाङ्कन

वि सं २०२० फाल्गुन २९ गते गुल्मि जिल्लाको धुर्काेटवस्तुमा विष्णु भण्डारीको जन्म भएको हो । विष्णु भण्डारी प्रगतिवादी नेपाली कविताका क्षेत्रमा परिचित नाम हो । तीनदशकदेखि निरन्तर साहित्यमा क्रियाशील भण्डारीको वि.सं २०४३ सालबाट पुस्तककार कृतिहरू प्रकाशित भएका छन् । भण्डारीका हालसम्म कविता विधाबाट तीनवटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य, एउटा लघुकव्य, साथै एउटा महाकाव्य प्रकाशित छ भने कथाका क्षेत्रमा केही फुटकर, निबन्ध र उपन्यास क्षेत्रमा एउटा मात्र उपन्यास प्रकाशित भएको छ । विष्णु भण्डारीको काव्यकारिता उनको समष्टि साहित्य यात्राको प्रमुख पाटो हो । समग्र उनको साहित्य यात्रा भन्नु नै उनको साहित्य लेखनको खास–खास समय परिस्थितिमा देखा परेका कृतिहरू,तिनमा देखिएका प्रवृतिहरू र त्यसले नेपाली साहित्यको फाटमा पुर्याएका योगदान हुन् ।

            विष्णु भण्डारीले वि.स.२०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी औपचारिकता तय गरेका साहित्य यात्राले लगभग तीन दशक सम्म गतिशीलता लिइरहेको छ । विष्णु भण्डारीको साहित्य यात्राको प्रथम चरण –वि.सं. (२०४३ – २०४५) सम्म मानिन्छ (ढकाल, २०७० : ३८) । उनको यस चरणभित्र विद्रोहको छाल (खण्डकाव्य २०४३), आँधी तुफान (मुक्तक सङ्ग्रह २०४४), कालो नाटक (लघुकाव्य २०४५), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य २०४५), कृतिहरू प्रकाशित भएका छन् । उनले विद्रोहको छाल कृति मार्फत निरङ्कुश पञ्चायती शासन व्यवस्थाको समयमा जनताहरू आफ्नो अधिकारको खोजी गर्न लागेको समयलाई भावभूमि अनुसार प्रस्तुत गरेका छन् ।

            विष्णु भण्डारीको साहित्य यात्राको दोस्रो चरण (वि. स २०६३ देखि हाल सम्म) रहेको छ । यस चरणमा फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह २०६३), को प्रकाशनबाट प्रारम्भ हुन्छ । यस चरणमा उनका विचार प्रधान कृति रचना भएका छन् । यस अवधिमा फेरि अर्को तारा खस्यो (कविता सङग्रह २०६३), देश जागेको बेला (कविता सङ्ग्रह २०६३), उत्सर्ग (महाकाव्य,२०६३), घाइते ह्विलचियर (कविता सङ्ग्रह, २०६९), फुटकर कथा, निबन्ध र पहेँलो घाम (उपन्यास, २०७२) प्रकाशित भएका छन् । उनका सिर्जना समाज परिवर्तनका बाहक बन्न पुगेका छन् । फेरि अर्को तारा खस्यो सङग्रहका सम्पूर्ण कविता दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहना अभिवृद्धि गर्ने खालका र गद्य लयमा प्रस्तुत भएका छन् । उनको पहेँलो घाम उपन्यास लेखिदाको पृष्ठभूमि २०६२/६३ सालको जनआन्दोलन पश्चातको समय हो । जनयुद्धमा शाहसिक योद्धाको परिचय बनाएकी युवतीको कथा उपन्यासमा बुनिएको छ भने अयोग्य बनाएर निकालिएका  छापामारले  बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सङ्गसङ्गै उतारिएको छ । पहेँलो घामका पात्रहरुलाई विश्लेष्य विषय बनाइएको छ ।

३.३  पहेँलो घाम उपन्यासको कथा वस्तु

            प्रस्तुत पहेँलो घाम उपन्यास जनयुद्ध् र त्यसपछिको समयमा छापामारहरूले भोग्नुपरेको दुःखसुखका घटनामा केन्द्रित भएर लेखिएको उपन्यास हो । जनयुद्ध पश्चातको समयमा योद्धाहरूको जीवन र तिनीहरूका परिवारजनको दयनीय अवस्थाको बारेमा प्रस्तुत उपन्यासमा छर्लङ्ग पारिएको छ । पहेँलो घाम उपन्यास जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो । उपन्यासमा समाज, राजनीति र प्रेमको त्रिकोणात्मक सम्बन्धमा बुनिएको छ । यस उपन्यासमा शिवा मार्फत जनयुद्धमा महिला र जनजातिको बलियो सहभागिताको कथा प्रस्तुत गरिएको छ । युद्धमा विरतापूर्वक लडेका सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि बेवास्ता गर्न थालेको चित्र प्रस्तुत छ ।

प्रस्तुत उपन्यास मार्फत पूर्व छापामारहरू राज्य र पार्टीले वेवास्ता गर्दैमा हामी अयोग्य हुदैँनौ भन्दै सिर्जनशील कृषि फारम सञ्चालन गरेर आफूहरू योग्य भएको प्रमाणित गरेका छन् ।

            अयोग्यहरूले सामुहिकतालाई जोड दिई जीवनलाई सहज बनाउनुको साथै भ्रष्ट नेताहरूलाई बहसमा उतारेको देखाइएको छ । उपन्यासमा आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडा को मार्मिक चित्र प्रस्तुत गरिएको छ । पहेँलो घाम अहिलेको यथार्थ हो अन्त्य होइन सुरुवात हो भन्न खोजिएको छ । प्रस्तुत पहेँलो घाम उपन्यास मार्फत जनताको त्याग, तपस्या र बलिदानबाट बनेको राजनीतिक पार्टीलाई सीमित नेताको पेवा बन्न नदिने शन्देश दिएको छ । युद्ध लड्न योग्य व्यक्तिलाई राज्य र पार्टीले अयोग्य बनाएपछि माओवादी पार्टी पहेँलो घाम जस्तै उर्जाहीन बन्दै गएको देखाइएको छ ।

३.४ शिवाको चरित्रचित्रण

पहेँलो घाम उपन्यासकी प्रमुख पात्र शिवा हो । यो सिङ्गो उपन्यास उसकै वरिपरि घुमेको छ । उपन्यासमा शिवा अठार वर्षकी साहसी पात्रको रूपमा चित्रित छे । यस उपन्यासमा शिवा केन्द्रीय पात्र हो । शिवाकै माध्यमबाट लेखकले प्रस्तुत गर्न खोजेको कुरा व्यक्त गरेका छन् । यो सिङ्गो उपन्यास उसकै वरीपरि घुमेको छ । यस उपन्यासको कथानकमा शिवाको अनुपस्थितिले कथानक भताभुङ्ग हुन्छ । त्यसैले शिवा यस उपन्यासकी केन्द्रीय चरित्र हो । उपन्यासमा सम्पूर्ण घटनाहरू शिवाकै सेरोफेरोमा परिक्रमित छन् ।

३.४.१    कार्यका आधारमा शिवाको चरित्र

पहेँलो घाम उपन्यासको प्रमुख पात्र शिवा हो । यस उपन्यासको शिवा केन्द्रीय पात्र

हो । शिवाकै माध्यमबाट लेखकले प्रस्तुत गर्न खोजेको कुरा व्यक्त गरेका छन् । यो सिङ्गो उपन्यास उसकै वरिपरि घुमेको छ । शिवा पाँच फिट उचाइकी गोलाकार थोरै चिम्सा आँखा, सुलुत्त परेको नाक र गोलो अनुहार भएकी फुर्तिली केटीका रूपमा देखा परेकी छे । उपन्यासमा शिवा अठार वर्षकी साहसी केटीको रूपमा चित्रित छे । जसले जनयुद्धमा क्याप्टेनसहित एक दर्जन सैनिकलाई सिध्याएकी थिई । शिवा किशोर भए पनि बन्दुक बोकेर जनसेनासँग लडाईंमा सहभागी हुन्थी । उसको उत्साह र पराक्रम देखेर ईष्र्या गर्ने धेरै हुन्थे । शिवा आफूलाई सहिदपुत्री कमरेड भनेर चिनाउँथी । उसले १६ वर्षकै उमेरमा ब्रिगेड कमाण्डर बलिदानसँग बन्दुक माग्न सफल भएकी थिई । शिवा कम सुत्ने र फुर्सदको समयमा पुस्तकहरू पढ्ने, पौडी खेल्ने, डोरीमा झुण्डिएर मङ्की वाक गर्ने, दगुर्ने, हामफाल्ने कार्य गर्न मन पराउने पात्र हो ।

यस उपन्यासको कथानकमा शिवाको अनुपस्थितिले कथानक भताभुङ्ग हुन्छ । त्यसैले शिवा यस उपन्यासकी केन्द्रीय चरित्र हो । उपन्यासका सम्पूर्ण घटनाहरू शिवाकै सेरोफेरोमा परिक्रमित छन् । उसको नाम आवृत्ति अन्य सम्पूर्ण पात्रभन्दा बढी भएको छ । उपन्यासमा शिवाको उपस्थिति र कार्यव्यापार पनि बढी छ । शिवाकै कार्य शृङखलासँग अन्य पात्रहरूको कार्य जोडिएको हुनाले शिवा केन्द्रीय पात्रको रूपमा आएकी छे । उसकै चरित्रगत केन्द्रीयतामा उपन्यासको कथानक विकसित भएको हुनाले कार्यका आधारमा शिवा प्रमुख पात्र हो ।

शिवाको कथानकले अनेक घटना, पात्र र विभिन्न क्रियाकलापहरू झाङ्गिएका छन् । उपन्यासमा शिवाको कथानकले घर, परिवार, समाज, देश, विदेश, राजनीतिक परिवेशलाई समेत गुम्फित बनाएको छ । सिङ्गो उपन्यासमा प्रयोग भएका पात्र, घटना, परिवेश आदिलाई सुरुदेखि अन्तसम्म डोर्याउने काम गरेकी छे । शिवाकै सेरोफेरोमा अन्य पात्रहरू पनि रहेका छन् । त्यसैले शिवाकै चरित्रको केन्द्रीयतामा उपन्यासको स्वरूप निर्माण भएको हुनाले कार्यका आधारमा शिवा प्रमुख पात्र हो भनी पुष्टि हुन्छ ।

३.४.२    लिङ्गका आधारमा शिवाको चरित्र

शिवा शब्द स्वयम् स्त्रीलिङ्गी भएकाले शिवा स्त्री पात्र हो भन्ने कुरा सिद्ध हुन्छ । “कुन विषयमा लेख्दै हुनुहुन्छ उपन्यास ? छापामार केटीको बारेमा” (पृष्ठ ९) । यस कथानकले पनि शिवा स्त्री पात्र हो भन्ने कुरा प्रमाणित हुन्छ । शिवा एक अयोग्य छापामार केटी हो । यसकै सेरोफेरोमा रहेर यो उपन्यास लेखिएको छ । सानैदेखि तीक्ष्ण स्वभावकी शिवा पढाइमा पनि तीक्ष्ण थिई । उपन्यासमा शिवा अठार वर्षकी साहसी केटीको रूपमा चित्रित छे । जसले जनयुद्धमा क्याप्टेनसहित एक दर्जन सैनिकलाई सिध्याएकी थिई । शिवा किशोरी भए पनि बन्दुक बोकेर जनसेनामा लड्न चाहन्थी ।

परीजस्तै लड्ने फुर्तिली र साहसी योद्धाको रूपमा परिचय बनाएकी शिवा व्यायाम गर्दा गोमन साँपको जस्तो आवाज निकालेर हातगोडा चलाउँथी । उसले विशेष टास्क फोर्सको जिम्मेवारीमा कहिल्यै असफलता देखाइन, लडाईं लड्दा सिंह उफ्रेझैँ उफ्रिने शिवा लड्दालड्दै पनि आफ्नो साथीलाई मेडिकल आर्कमा पठाउन सहयोग गर्थी । जनजाति बाहुल्य भएको गाउँमा शिवा बाहुन क्षेत्रीबाट आफू हेपिएको अनुभव त गर्थी तर दलिने स्वभावकी भने थिइन । शिवा अप्ठेरोसँग जुध्न मन पराउने पात्र हो । नारी भएर पनि ऊ एक आँटिली र साहसी नारीको रूपमा उपन्यासमा देखा परेकी छे । ऊ खुल्ला हृदयकी केटी हो । शिवाकै सक्रियतामा सिर्जनशील कृषि फाराम सञ्चालन भएको थियो । “म सहीद रामबहादुर तामाङकी छोरी, कमरेड छिरिङ्की भतिजी, नाम कमरेड शिवा” (पृष्ठ ५२) । यस भनाइले स्पष्ट रूपमा शिवा स्त्री चरित्र हो भनी पुष्टि हुन्छ ।

३.४.३    प्रवृत्तिका आधारमा शिवाको चरित्र

प्रवृत्तिका आधारमा शिवा सत पात्रको भूमिका निर्वाह गरेकीले अनकूल पात्र हो । शिवा आफ्नो जन्मभूमि राष्ट्रियता र जनताप्रति सचेत एवं चिन्तनशील देखिएकी छे । आफूसहित शिवाले स्वच्छ देश, समाजको परिवर्तन चाहेकी छे । समाजमा भएका अन्याय, अत्याचार, विकृति, विसङ्गति हटाउन ऊ ज्यानको बाजी थाप्न तयार भएकी छे । शिवा भन्छे “उमेर भएको छैन रे ! कसरी भन्नुहुन्छ मलाई सानी ? चाङ काजले त्यति सानो उमेरमा बन्दुक चलाउन सक्छ भने म त सोह्र वर्षकी भएँ, के तपाईंले ‘चाङ काज’ पढ्नुभएको छैन ?” (पृष्ठ : ५३) । यी कुराहरूबाट आफू जनता र देशको लागि इमानदार भएर काम गर्ने प्रतीज्ञा गर्ने नारी पात्रको चिनारी दिएकी छे । सानैदेखिको क्रान्तिकारी स्वभावले सङ्घर्षदेखि कहिल्यै विचलित नहुने पात्र हो । जीवन सङघर्षमय भए पनि सधैँ सकारात्मक सोचले हरेक परिस्थितिलाई अनुकूलतामा बदल्न सक्ने खुबी भएकी अनुकूल पात्र हो ।

शिवामा विद्यार्थी अवस्थादेखि नै अडिग र सही निर्णय गर्नसक्ने खुबी थियो । बाल्यकालदेखि नै समाज, परिवेशसँग परिचित शिवा आफूले गरेको जस्तोसुकै निर्णयलाई परिस्थितिअनुसार अनुकूल बनाउँदै जाने चरित्र हो । जब उसका जीवनमा एउटा विभत्स र कारुणिक घटना घट्यो । जसले नै उसले मर्यादित, कर्मठ, कठोर र अनुशासित जीवनशैलीको पाठ सिकी । ऊ आफ्नो घरपरिवारको घटनाबाट प्रभावित बनी समाज रूपान्तरण र क्रान्तिको चाहना बोकेर सक्रिय राजनीतिमा सहभागी भई । शिवा अठार वर्षकी साहसी केटीको रूपमा चित्रित छे, जसले जनयुद्धमा क्याप्टेनसहित एक दर्जन सैनिकलाई सिध्याएकी थिई । शिवा किशोरी भए पनि बन्दुक बोकेर जनसेनासँग लड्न चाहन्थी । ऊ आफूसँग बन्दुक नभए पनि सबैजसो लडाईंमा सहभागी हुन्थी । शिवा आफूलाई सहिदपुत्री कमरेड भनेर चिनाउँथी । शिवा कमाण्डरसँग आफ्नो १३ जना किशोर समूहलाई समेत बन्दुक दिलाउन सफल पात्रको रूपमा चित्रित छे । यस दृष्टिले हेर्दा पनि ऊ अनुकूल पात्र देखिन्छे । किशोरै भए पनि उसमा बल र तागत थियो जब कि इँटाको चाङ झर्याम्मै पार्थी । त्यसैले डिभिजनभरि सार्पसुटर परीका नामले चिनिई । ऊ जनयुद्धमा कर्मठ र संघर्षशील हुन्छे । शिवाका हजुरबुबा जमानामा काङ्ग्रेसका नेता थिए । त्यसैले आमाबुबासँग छलफल गर्दा फूर्तिकासाथ भनेकी थिई “म त नेता नै हुने हो बुबा हजुरबुवाजस्तै । काका जस्तै” (पृष्ठ ८१) । यसरी शिवा एकै रातमा डरलाग्दी माओवादी आतङ्ककारी र महान् जादुमयी योद्धाको रूपमा चिनिई । शिवाले विद्यालयमा एकजना केटाले लभलेटर दिँदा कक्षाकोठामै चप्पलले हानेकी थिई भने पैसा र यौनमा लिप्त हुने बोसको हात नै भाँचिदिएकी थिई । यस दृष्टिले हेर्दा व्यक्ति स्वतन्त्र हुन्छ र हुनु पर्दछ भन्ने अस्तित्ववादी दृष्टिले हेर्ने हो भने ऊ अनुकूल पात्र हो ।

क्यान्टोन्मेन्टबाट निस्किएपछि शिवा सिधै काठमाडौँ आई । उसको निम्ति यो व्यस्त उपत्यका बिरानो र पराइ थियो । काठमाडौँ आएपछि ऊ आफ्नो जन्मघर बैराम पुगी । आफू जन्मिएको घर खण्डहर बनेको थियो र युद्धले छोडेका डोबहरू भयावह र डरलाग्दा देखिन्थे । ऊ पुनः फर्किएर सहर आई । उसको अन्तरहृदय पीडा र भयले नराम्ररी दुख्दै थियो । पार्टीले युद्धलाई सम्झौतामा टुङग्याएकोमा ऊ असहमत थिई । ऊ अयोग्य छापामार भएपछि बेरोजगार भएर बसेकी थिई । कामको खोजीमा दौडिँदा उसले काम पाएकी थिई । ऊ स्वतन्त्रतापूर्वक बाँच्न चाहन्थी बरु भारी नै बोक्न तयार थिई न कि कुनै निकृष्ट काम गरेर जीविकोपार्जन गर्न चाहन्थी । शिवाले कृषि फारम सञ्चालनका लागि नियम र आचारसंहिता बनाउन अघि सरी र कृषि क्षेत्रमा कृयाशील भएर काम गर्नथाली । यसबाट पनि उसको चरित्र सकारात्मक र अनुकूल मान्न सकिन्छ । शिवाले खेतिपातीको लागि नियम र आचारसंहिताको खेस्रा बनाई र सो कामको लागि तयार भई । शिवाकै निर्णयमा सिर्जनशील कृषि फारामका काम सुरु हुनथाल्यो । उसले कोदालोको बिँडमा दुवै हातले समाएर उभिँदै भनी “राइफल समाएका हात हुन् । यत्रो वर्ष देशका लागि लडियो । अब आफ्नो लागि गर्ने बेलामा केको थाक्नु” (पृष्ठ १६३) । उसको मनस्थितिले आफू बाँचौँ र अरूलाई पनि बचाऔँ भन्ने सकारात्मक भाव बुझिन्छ । यसरी जुनसुकै कार्यमा सिपालु शिवाकोअनकूल व्यवहार देखिन्छ।

३.३.४ स्वाभावका आधारमा शिवाको चरित्र

स्वभावको आधारमा शिवा गतिशील पात्र हो । जीवनभरि नै परिस्थिति अनुसार आफूलाई बदल्नसक्ने स्वभाव भएकी पात्र हो । अर्काको बन्देजमा बस्न नरुचाउने, आफ्नो जीवन व्यतीत गर्ने क्रममा समय र परिस्थितिलाई साथी बनाएकी छे । शिक्षककी छोरी भएकै नाताले उसको बाल्यकाल सुखद् वातावरणमा बित्छ । ऊ बटालियन कमाण्डर छिरिङ्की भतिजी थिई ।

“बैराममा छिरिङ कमरेडको दाजु र आमासहित स्कूले छात्राको नृशंस हत्या गरेछ सेनाले” (पृष्ठ ४३) । शिवाले यो घटना देखेकी थिई । ऊ आफ्नो हजुरआमामार्फत भागेर ज्यान बचाउन सफल भएकी हो । उसले मृत्युविरुद्धको सङ्घर्षमा विजय पाएकी थिई । ऊ उन्मुक्त थिई पंक्षीजस्तै तर उसको अगाडि युद्ध विकल्पहीन भएर उभिएको थियो । स्वयम्सेवकदेखि रनरसम्मको भूमिकामा काम गरी शिवाले । माइन बिच्छ्याउने, एम्बुस थाप्नेलगायतका काममा ऊ पोख्त थिई । किशोरी भए पनि ऊ बन्दुक भनेपछि हुरुक्क हुन्थी । नयाँ कुरा सिक्ने इच्छाशक्तिले उसलाई कहिलेकाहीँ अराजक बनाउँथ्यो । युद्धका ती आँधिमय दिनमा ऊ सधैँ लडिरही तर जति लडे पनि ऊ अयोग्य लडाकु ठहरिई । अयोग्य भएपछि शिवाले माछापुच्छ«े डिभाइनमा काम गर्न थाल्छे । अयोग्य पश्चात् काठमाडौँको जीवनलाई सरल बनाउन धेरै पेसामा संलग्न हुन्छे ।

शिवा आफूलाई सहिदपुत्री कमरेड भनेर चिनाउँथी । उसको उत्साह र पराक्रम देखेर सबैले ईष्र्या गर्थे । शिवा अप्ठेरोसँग जुध्न मन पराउने पात्र हो । उसलाई पैसाको समस्या परेको बेला पनि ऊ पैसामा बिकिन, ऊ खुल्ला हृदयकी केटी हो । शिवाकै सक्रियतामा सामूहिक रूपमा सिर्जनशील कृषि फाराम सञ्चालन भयो । त्यसपछि कृषि फारामको संक्षिप्त योजना बन्यो । सबै मिलेर कृषि फाराममै काम गर्नथाले । काम गर्न थालेपछि शिवाको आर्थिक स्थिति पनि सृदृढ हुँदैगयो । समय र परिस्थितिले जहाँ पुर्याउँछ त्यहाँ पुगेर नयाँ सिर्जनशील काम गर्नु उसको विशेषता नै हो । शिवा आफ्नो सिद्धान्त, स्वभाव र जीवनधारालाई समय र परिस्थिति सुहाउँदो बनाउँदै आफ्नो जीवनयात्रालाई अगाडि बढाएकी हुनाले ऊ गतिशील पात्र हो ।

जीवनको लामो अवधि राजनीतिमा बिताउने तर जीवनका पछिल्ला वर्षमा राजनीतिलाई तुच्छ ठान्ने प्रवृत्ति विचलनको लक्षण हो । यसरी शिवाको चिन्तनमा नै विचलन आएपछि राजनीतिदेखि निरपेक्ष रहेर स्वतन्त्र पेसा व्यवसाय अपनाउन थाल्छे । यसबाट शिवा गतिशील चरित्रका रूपमा देखिन्छे ।

३.४.५    जीवन चेतनाका आधारमा शिवाको चरित्र

जीवन चेतनाका आधारमा शिवा वर्गीय पात्र हो । उपन्यासमा आर्थिक, सामाजिक, समस्याको प्रतिनिधित्व गरेकाले शिवालाई वर्गीय पात्र भनिन्छ । शिवा तामाङ परिवारमा जन्मे पनि उसको बाल्यकाल सुखमय नै बित्यो । शिवा सानैदेखि स्वतन्त्र जीवन जिउने पात्र हो । शिवा एक आँटिली र साहसी केटीको रूपमा परिचित छे । किशोरी भए पनि नयाँ कुरा सिक्ने इच्छाशक्तिले उसलाई सधैँ सताइरहन्थ्यो । ऊ सधैँ नयाँ कुरा सिक्न तत्पर हुन्थी । शिवालाई आफ्नो बुबाको मृत्यु र घरको त्यो विभत्स घटनाले गर्दा उसको मनमा जोश र जाँगरको ज्वाला बलेको थियो । “म सहीद रामबहादुर तामाङ्की छोरी । कमरेड छिरिङ्की भतिजी । नाम कमरेड शिवा” (पृष्ठ ५२) । ऊ सारै नै फुर्तिली र जोशिली थिई, उसको उमेरका कयौँ केटाकेटीहरू स्कुल पढ्न जान्छन् तर ऊ भने निर्धक्क बन्दुक समाउछे । उसलाई विशेष गरी टास्क फोर्सको जिम्मेवारीमा पठाएका थिए । ऊ जहाँ पुगी त्यहाँ कहिल्यै पनि असफल देखाइन । डिभिजनभरि ऊ सार्पसुटर नामले चिनिन थाली । यसरी ऊ जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समावेश गर्ने पात्रको आधारमा ऊ वर्गीय पात्र हो ।

शिक्षककी छोरी भएको नाताले शिवाले बाल्यकाल आनन्दपूर्वक बिताउँछे । बुबाको हत्या र घरको डरलाग्दो घटनापछि उसको दुःखका दिनहरू सुरु हुन्छन् । शिवाले आफ्नो उमेर सबै जनयुद्धमा सर्मपण गरेकी हुन्छे । ऊ फुर्तिली र साहसी थिई । स–साना कान्ला ऊ सजिलै पार गर्थी । शिवाको टिम अराजक र आक्रामक थियो । ऊ आफ्नो शक्तिलाई एक्कासी अगाडि लैजान्थी र साङ्घातिक आक्रमण गर्थी । शिवाले द्वन्द्वको बेला कैयौँ पटक आत्मालोचना पनि गरेकी हो तर पनि ऊ शिवाको नाम सबैतिर फैलिसकेको थियो । “रेडियो ‘गणतन्त्र’, एफ.एम, रेडियो, पत्रपत्रिका र टेलिभिजनमा यो खबरले प्रमुखता पायो । मिडियाले एउटी अठार वर्षे छापामारको पराक्रम आ–आफ्नो ढङ्गले प्रचार गरे । जसरी प्रचार गरे पनि शिवा एकै रातमा डरलाग्दी माओवादी आतङ्ककारी र महान् जादुमयी योद्धाका रूपमा चिनिई (पृष्ठ ६४) । यस कथानकले पनि उसलाई एक महान् योद्धाको रूपमा पुष्टि गरेको छ ।

क्यान्टोन्मेन्टबाट निकालिएपछिका दिनहरू अयोग्यका लागि पीडाजनक थिए । कोही होटल र क्याटरिङ्मा भाँडा माझेर गुजारा चलाउँदै थिए भने कोही ज्यामी काम गर्दैथिए । शिवा राजनीतिमा विश्वास गर्थी । राजनीति सही भयो भने मात्र परिवर्तन दिगो हुन्छ भन्ने धारणा थियो उसको । ऊ राजनीति गर्न चाहन्थी तर यो अभीष्टमा उसको कार्यशैली नै बाधक थियो । ऊ राजनीतिलाई सेवा हो भन्थी । उसले झुक्न जानेकी थिइन । यस कार्यका आधारमा उसलाई व्यक्तिगत पात्र पनि भनिन्छ । “क्रान्तिको विकास गर्ने भनेका संशोधनवाद कसरी हुन्छ ? संशोधन भनेको त मूलभूत सिद्धान्तको विनिर्माण हो । हिजो हामी गणतन्त्रका लागि लडेका थियौँ । क्रान्तिको विकास हिजोकै बाटोबाट हुन सक्दैन् । संसारमा कुनै पनि वस्तु निर्विकल्प र अपरिवर्तनीय भन्ने हुन्न । बन्दुक र युद्ध पनि त्यस्तै हो ।” (पृष्ठ १०१) आफ्नो जीवन नै युद्धमा होमेकी शिवा अयोग्य ठानिएपछि काम खोज्र्दै जाँदा रेष्टुरेन्टमा काम गर्नथाल्छे । आफ्नो खर्चको जोहो गर्न एक वर्षसम्म रेष्टुरेन्टमा नै काम गर्दछे । करिब एक वर्षको नोकरीपछि ऊ फुर्सदिली हुन्छे । फेरि कामको खोजीमा भौतारिन्छे । जीवनका अधिकांश अवधि राजनीतिलाई आदर्श मानेर बिताउनु तर पछिल्लो समयमा त्यही आदर्शलाई तुच्छ ठानेर राजनीति निरपेक्ष जीवनयापन गर्नु नितान्त व्यक्तिगत हो ।

राजनीतिक दृष्टिले शिवा एक सचेत वर्गको प्रतिनिधित्व गर्ने पात्रका रूपमा उपन्यासमा प्रस्तुत भएकी छे । विद्यार्थीजीवनदेखि नै राजनीतिमा चाख राख्ने शिवाले आफ्नो बाबुको निर्मम हत्याबाट प्रभावित बन्दछे । समाजमा भएका अन्याय, अत्याचार, शोषण, विकृति, विसङ्गतिलाई हटाउन ऊ जनयुद्धमा लाग्दछे । राजनीतिमा लागेर एक छापामार लडाकु भएर देशका लागि कुनै दुःखको अनुभव नगरी देशभक्तिको भावना प्रदर्शित गर्दछे । शिवाभित्र एउटा सचेत नागरिकमा हुनुपर्ने सचेतना रहेको छ । नेपालको राजनीतिक दलहरूको फोहोरी चरित्रप्रति कटाक्ष गर्दछे र उनीहरूप्रति घृणा व्यक्त गर्दछे । नेताहरूको लोभ, लालच, कुर्सीमोह र अदूरदर्शिका कारण नेपाली जनताले कहिल्यै पनि शान्तिको सास फेर्ने नपाउने यथार्थलाई देखाएकी छे । मातृभूमिप्रति माया, ममता र आस्था राख्न सबैलाई अनुरोध गर्दछे । नेपालमा भएका निःस्वार्थी, सक्षम नेतालाई माया र सहयोग गर्न अरूलाई सल्लाह दिन्छे । तसर्थ शिवा राजनीतिक दृष्टिले सचेत वर्गकी प्रतिनिधि पात्र हो ।

समाजको वस्तुस्थिति नियालेर सकारात्मक सन्देश प्रवाह गर्ने शिवामा व्यावहारिक जीवनशैलीप्रति ज्ञान बाँड्दछे । काम गर्दा मानिस सानो ठूलो नहुने सत्यताप्रति अरूलाई चेतना दिन्छे । अतिआवश्यकीय वस्तुहरूको उत्पादन आफैँ गरेर जीवन निर्वाह गर्न सल्लाह दिएकी छे । “हुन त हाम्रा नेताले नै सर्वहारा मूल्य गुमाउँदै छन् । नेता नै डगमगाएपछि बिचरा कार्यकर्ताको त विचल्ली हुने नै भयो । किन सुम्पनु परेको होला, सम्पूर्ण हतियार, किन विघटन गर्नुपरेको होला? (पृष्ठ ११६) । शिवा राजनीतिक कार्यकर्ता, विद्यार्थी, मेनपावरको कर्मचारी, रेस्टुरेन्टमा काम गर्ने कामदार, कृषक जुन स्तरमा भए पनि आफ्नो क्षमता, प्रतिभा र विवेकले भ्याएसम्म सामाजिक, आर्थिक, व्यावहारिक जुनसुकै रूपले भए पनि सचेत हुन आग्रह गर्दछे । आफ्नो स्वाभिमान र स्वतन्त्रतामा अडिग भएर नै स्कुल पढ्दा प्रेमपत्र लेख्ने केटोलाई चप्पल फुकालेर हान्छे र आफ्नै कमाण्डरले सेक्स प्रस्ताव राख्दा हात नै भाँचेर अस्वीकार गरेको घटनाले सम्पूर्ण नारीहरूलाई आफ्नो स्वाभिमान र स्वतन्त्रतामा अडिग रहन प्रेरित गरेकी छे । आफ्नो गन्तव्यमा पुग्नको लागि व्यवहारवादी बन्न अनुरोध गरेकी छे । यस दृष्टिले वर्गीय स्वतन्त्रताकी हिमायती नारी चरित्रका रूपमा देखिन्छे । तसर्थ, ऊ वर्गीय पात्र हो ।

जातीय दृष्टिका आधारमा शिवा तामाङ संस्कृतिको धरातलबाट ल्याइएकी पात्र हो । एक शिक्षककी छोरी शिवा एक मङ्गोलियन जातकी पात्र हो । ऊ भन्छे “म सहिद रामबहादुर तामाङकी छोरी । कमरेड छिरिङ्की भतिजी । कमरेड शिवा” (पृष्ठ ५२) । यसरी शिवा आफैँले म मंगोलियन जातकी हुँ भनी आफ्नो पहिचान दिएकी छे । तामाङ परिवार भए पनि शिवाको बुबा शिक्षक र आमा बाहुन थिए । शिक्षित परिवारमा जन्मेकी शिवाको बाल्यकाल सुखमय नै बित्यो । अन्य जातिको तृलनामा राई, तामाङ, लिम्बू जातका छोराछोरीलाई बढी स्वतन्त्रता दिने प्रचलन थियो । तामाङ भएर पनि उनीहरूको घर बाहुनको घरजस्तै संस्कारी थियो । शिवा नारी भएर पनि नडराउने जङ्गी व्यवहार देखाउने स्वभावले पनि ऊ महान् योद्धा बनेकी छे । जङ्गी र आँटिलो स्वभाव राई, तामाङ, किरातीहरूमा पाइन्छ । यस दृष्टिले शिवा तामाङ जातकी प्रतिनिधि हो । जन्मले तामाङ भए पनि कर्म र व्यवहारले व्यक्तिगत पात्रका रूपमा उभिएकी छे ।

उपन्यासमा स्पष्ट उल्लेख नभए पनि धार्मिक दृष्टिले नेपाली समाजको तामाङ जातकी शिवा नाम नेपाली ग्रामीण परिवेश पारिवारिक पृष्ठभूमिआदिका आधारमा हिन्दु धर्म मान्ने पात्र हो । दशैँ, तिहार मनाउनु, धार्मिक प्रचलन मान्नुआदिले शिवा हिन्दु नारी हो भन्न सकिन्छ । घरमा आउने पाहुनालाई स्वागत सत्कार गर्नु, पुख्र्यौली धर्म रीतिस्थिति, परम्परालाई मान्नु विवाह, व्रतबन्ध, काजक्रिया गर्ने प्रचलन हिन्दु समाजमा चलिआएका परम्परा हुन् । अर्काको दुःखमा साथ दिनु, आफ्नो पतिलाई भगवान्सरह मान्नु हिन्दु धर्मले सिकाएको पाठ हो । यिनै गुणहरू भएकाले शिवा हिन्दु धर्म मान्ने पात्र हो ।

३.४.६ आसन्नताका आधारमा शिवाको चरित्र

आसन्नताका आधारमा शिवा मञ्चीय पात्र हो । पहेँलो घाम उपन्यासको सुरुदेखि अन्त्यसम्म प्रथम पुरुष शैलीमा प्रस्तुत भएकी छे । पहेँलो घाम उपन्यासमा प्रत्यक्ष रूपमा उपस्थिति भई उसकै कार्यव्यापारका माध्यमबाट कथानक सुरु, मध्य र अन्त्य भएको छ । तामाङ परिवारमा जन्मेकी शिवा सरल र इमानदार छे । बुबा शिक्षक, हजुरबुबा काङ्ग्रेसका नेता र काका माओवादी थिए । उसको परिवार राजनीतिमय थियो, त्यसैले ऊ सानैदेखि नै म त नेता नै हुन्छु भन्ने अठोट गर्छे । शिवाले बुबाआमासँग कुरा गर्दा फुर्तिसाथ भनेकी थिई “म नेता नै हुने हो बुबा । हजुरबुबा जस्तै । काकाजस्तै” (पृष्ठ ८१) । सानैदेखि तीक्ष्ण दिमागकी शिवा पढाइमा पनि बेजोड थिई । आफ्नो बुबा र हजुरआमाको विभत्स हत्याबाट प्रभावित बनी क्रान्तिकारी राजनीतिमा लाग्छे । ऊ युद्धमा एक सफल योद्धाको रूपमा उभिन्छे । शिवालाई कमाण्डरले काँधमा धाप मार्दा बुबाको मृत्युपछि आफ्नो प्रतिभाको कदर गरेकोले गहभरि आँसु बगाउने पात्र हो । यसरी एक सफल योद्धा भए पनि पार्टीले उसलाई अयोग्य छापामार भनी घोषणा गर्दछ । अयोग्य भएपछि उसले विभिन्न किसिमका पेसाहरू अँगाल्छे र व्यापार व्यवसायमा पनि व्यस्त रहन्छे । यी घटना उपन्यासका प्रमुख घटनाहरू हुन् । यिनै घटनाको विन्यासक्रमबाट उपन्यासको कथानक निर्मित भएको छ । तसर्थ, शिवा पहेँलो घाम उपन्यासको मञ्चीय पात्र हो ।

सिङ्गो उपन्यासभरि नै शिवा प्रत्यक्ष रूपमा आफैँ उपस्थिति भएर कार्यव्यापार वा संवाद प्रस्तुत गरेकी छे । कथानक प्रस्तुतीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने पात्र शिवा हो । नेपालको ग्रामीण क्षेत्रदेखि विदेशी भूमिको समेत यस उपन्यासमा वर्णन भएको छ । यसरी उपन्यासको कथानकमा प्रत्यक्ष उपस्थिति भएर घटनाको शृङ्खलालाई आफैँले प्रस्तुतीकरण गरेकी हुनाले आसन्नताका शिवा मञ्चीय पात्र हो ।

३.४.७    आबद्धताका आधारमा शिवाको चरित्र

आबद्धताका आधारमा शिवा बद्ध पात्र हो । शिवा केन्द्रीय चरित्र भएको नाताले ऊ मुख्य पात्र हो । उपन्यासको सुरुदेखि नै शिवाले अन्य पात्रहरू, परिवेश, कथानक शृङ्खलासँग गाँसिएर उपन्यासको अन्त्य भएको छ । बैराममा जन्मिएकी शिवा सानैदेखि तीक्ष्ण बुद्धिकी

थिई । जनजाति बाहुल्य भएको गाउँमा बाहुन र क्षत्रीबाट हेपिएको महसुस गर्थी ऊ । शिवा दबिने स्वभावकी भने थिइन । यसै क्रममा उसको घरमा भएको विभत्स घटनापछि ऊ जनयुद्धमा होमिन पुग्छे । उसले युद्धलाई आत्मसात् गर्छे र महान् योद्धा बन्छे । तर ऊ अयोग्य छापामार घोषित हुन्छे । त्यसपछि उसको दिनचर्या दुःखमय हुन सुरु हुन्छ । आफ्नो साँझ बिहानको छाक टार्नको लागि कहिले रेष्टुरेन्ट त कहिले मेनपावरमा काम गरी जीविकोपार्जन गर्छे । केही समय यसरी नै बितेपछि सबै अयोग्य साथीहरू मिलेर सिर्जनशील कृषि फाराम खोल्छन् र शिवाकै नेतृत्वमा नै चलाउँछन् । कृषि फाराम सञ्चालन गरेर नै शिवालगायत अन्य साथीहरूले आम्दानी लिन्छन् ।

आफ्नो सम्पूर्ण जीवनशैलीलाई उपन्यासमा कथात्मकता दिँदै बाबुआमाको जीवनशैलीसमेत उपन्यासमा उतारेकी छे । यसरी शिवाले सिङगो उपन्यासमा खम्बाजस्तै भएर उपन्यासलाई कसिलो बनाएकी छे । कथानकमा आएका सम्पूर्ण पात्र, परिवेश, भूगोल, संवाद, आदि शिवाको कथासँग गुम्फित भएर आएका छन् । शिवाको अनुपस्थितिमा उपन्यासको सुरु, मध्य र अन्त्यको कल्पनासम्म पनि गर्न सकिदैन । शिवाको अनुपस्थितिमा कथानकको संरचना बिग्रन्छ । शिवा र उपन्यासको बीच अन्योन्याश्रित सम्बन्ध रहेकाले शिवा बद्ध पात्र हो । शिवाकै कथानक गर्भे कथानकमा रूपमा आएर अन्य कथानक उनिँदै आएका छन् । उपन्यासको मुख्य जिम्मेवारी शिवाले लिएर देशविदेशको परिवेशलाई समेत जोडेर कथानकको संरचनालाई बलियो बनाउने काम गरेकी छे । शिवाविना उपन्यासको कथानक अधुरो हुन्छ । शिवाकै केन्द्रीय परिधिमा कथानक गुम्फित भएको हुनाले शिवा बद्ध पात्र हो ।

निष्कर्षमा पहेँलो घाम उपन्यासकी नायिका शिवा बैराम गाउँमा तामाङ परिवारमा जन्मिएकी पात्र हो । उपन्यासको सिङ्गो संरचना नै उसैको जीवनमा भोगेका घटनाहरूको प्रस्तुतिमा संरचित छ । शिवाको माध्यमबाट नेपाली समाजका नारीहरूको यथार्थ जीवन भोगाइको साथै नेपालको पारिवारिक, राजनैतिक, सामाजिक, साँस्कृतिक आदि पक्षको चित्रण भएको छ । स्वार्थी राजनैतिक प्रवृत्तिप्रति तिखो व्यङ्ग्य गरेकी छे । आफ्नो बाबु रहजुरआमाको निर्मम हत्यालाई आफ्नै आँखाले देखेपछि अन्याय, अत्याचार र शोषणविरुद्ध जनआवाज निकाल्न राजनीतिमा लाग्दछे । समाजसेवा, राष्ट्र, राष्ट्रियता र जनताप्रति सचेत र व्यवहारवादी पात्र हो । ‘जनयुद्धमा धेरै लडे पनि, बन्दुक चलाए पनि ऊ अयोग्य बन्छे । राजनीतिबाट टाढा भएर शिवाले आफ्नै कृषि व्यवसाय गर्नथाल्छे । उपन्यासभरि नै शिवाको उपस्थिति अनिवार्य भएकाले हरेक घटनाक्रममा शिवा केन्द्र बनेकी छे । शिवाका परिधिमा सिङगो उपन्यासको कथानक घुमेकाले शिवा बद्ध पात्र हो । बैरामको ग्रामीण भेगबाट एस.एल.सी. अध्ययन गरी हाल कृषि व्यवसाय उसले नै चलाइरहेकी हुनाले ऊ शिक्षित र सचेत पात्र हो । कथानकमा आफैँ उपस्थित भएर सम्पूर्ण घटना र पात्रलाई डोर्याउने काम शिवाले गरेकी हुनाले ऊ मञ्चीय पात्र हो । शिवाले घटाएका सम्पूर्ण घटनाहरू वास्तविक धरातलाट टिपिएका र शिवा यथार्थतामा विश्वास गर्ने पात्र भएकीले ऊ यथार्थवादी पात्र हो । यसरी शिवाको उपस्थिति सबल—केन्द्रीय चरित्रले पहेँलो घामकी शिवा उपन्यासमा पात्रविधान अनुरूप सबल र सार्थक रहेको छ ।

३.५ माइकल सोहन

            पहेँलो घाम उपन्यासको कथानकमा प्रत्यक्ष वा परोक्ष रूपमा आएको माइकल सोहन प्रमुख पात्र हो । कथानकको धेरै स्थानमा प्रत्यक्ष वा परोक्ष रूपमा परेकाले ऊ प्रमुख पात्र हो । सोहन नेपालमा जन्मेको तरअमेरिकामा हुर्केको पात्र हो । सोहन शिवाको डकुमेन्ट्री बनाउन नेपाल आउछ । नेपालको सकारात्मक सोच्ने पात्रको रूपमा यस उपन्यासमा चित्रित छ । उपन्यासमा प्रमुख पात्रको भूमिकामा रहेको सोहनको चरित्रलाई चरित्रविश्लेषणको सैद्धान्तिक आधारमा क्रमशः गरिएको छ ।

३.५.१    कार्यका आधारमा माइकल सोहनको चरित्र

पहेँलो घाम उपन्यासको कथानकमा प्रत्यक्ष वा परोक्ष रूपमा आएको माइकल सोहन प्रमुख पात्र हो । कथानकको धेरै स्थानमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव परेकोले ऊ प्रमुख पात्र हो । सानैदेखि गम्भीर सोचाइ, दृढ विचार र सृजनशील भएकाले ऊ प्रभावशाली देखिन्छ । नेपालमा जन्मिए पनि ऊ सानैदेखि अमेरिका गएको र आमासँग उतै हुर्केको सोहनको घर वासिङटन अमेरिका हो । सोहन अमेरिकामा नै पढेको, अमेरिकन नागरिक हो । अमेरिकन नागरिक भए पनि उसले नेपाली राम्रो बुझ्छ र उत्तिकै शुद्ध बोल्छ । सोहन उसको साथी सविनसँग भेट भएपछि नेपाल आएको पात्र हो । उसले शिवाको बारेमा मिडियामा पढेकाले र आमाबाट पनि थप जानकारी पाएकोले शिवाको कथालाई डकुमेन्ट्री बनाउन लागेको हुन्छ । सोहनले कथाको पात्र शिवालाई खोज्न उसको गाउँसम्म जान्छ तर नभेटेकोमा दुःखी हुन्छ भने रमिलाले सहयोग गर्नेछ भन्नेमा विश्वस्त हुन्छ । सोहन अमेरिकामा हुर्के पनि नेपालमै जन्मिएको पात्रको रूपमा चित्रित छ । डकुमेन्ट्री बनाउन नेपाल आउने तयारीकै अवस्थामा उसको बुवा र आमाको मृत्यु भएपछि सोहन अहिले नितान्त एक्लो भएको अनुभव गर्छ ।

सोहन नेपालमा बस्न र घुम्न चाहे पनि यहाँ उसको सम्पर्कमा कोही नभएको पात्र हो । नेपालको सम्बन्धको अविच्छिन्न डोरी आमासँगै चुँडिएकाले “म जहाँ जन्मे, त्यही देश मेरो निम्ति पराइजस्तै छ” (पृष्ठ ७२) भन्दै सोहन आफन्तविहीन र राज्यहीन हुन पुगेकोमा चित्त दुखाउने पात्रको रूपमा चित्रित छ । कृतिगत आधारमा उपन्यासको महत्वपूर्ण कथानकमा माइकल सोहनको आवृत्ति केन्द्रीय चरित्र शिवाभन्दा कम र अन्य सहायक पात्रभन्दा बढी भएको पाइन्छ । कथानकको मुख्य घटनासँगै आएको ऊ विभिन्न क्रियाकलापसँग सञ्चालित, प्रभावित र प्रवाहित भएको छ । त्यसैले ऊ कार्यको आधारमा प्रमुख पात्र हो । कथानकमा सुरुदेखि अन्त्यसम्म उसको औपन्यासिक गतिलाई निश्चित उचाइमा पुर्याउने काम गरेको छ । शिवाकै कार्य शृङ्खलासँग प्रेमीको कार्य जोडिएको हुनाले ऊ प्रमुख पात्र हो ।

३.५.२    लिङ्गको आधारमा माइकल सोहनको चरित्र

लिङ्गको आधारमा माइकल सोहन पुरुष पात्र हो । माइकल सोहन आफैँमा पुलिङ्गी शब्द भएकाले ऊ पुरुष पात्र हो । उसले शिवालाई आफ्नो परिचय दिने क्रममा भन्छ “नचिनेको केटीको मुखमा हेर्यो भने रिसाउँछन् भन्ने सुनेको थिएँ । पहिला त मेरै नाम बताऊँ । मेरो नाम सोहन हो माइकल सोहन” (पृष्ठ २३) । यस कथानकले पनि ऊ पुरुष पात्र हो भन्ने बुझाउन्छ । सोहनलाई शिवाले आफ्नो नाम ढाँटेर रमिला बताएकी थिई । सोहन घुम्न मनपराउने व्यक्ति हो । उसलाई टे«किङ जान मनपर्छ । ऊ रमिलालाई प्रेम गर्छ तर शिवा नै रमिला हो भन्ने थाहा पाउन सकेन नेपाली संस्कृति अनुसार महिला र पुरुषबीच प्रेम हुन्छ र प्रेमी प्रेमिका हुन्छन् । यसरी रमिलाको प्रेमी बनेर आफ्नो पुरुषपनको परिचय उसले दिएको छ । सोहनले नेपाललाई औधी माया गर्छ । सोहन अमेरिकामा हुर्के, बढे पनि नेपाललाई माया गर्ने पात्र हो । प्राचीन कालदेखि नै प्रचलनअनुसार पुरुषले मात्र स्त्रीको सिउँदोमा सिन्दूर हालेर श्रीमती बनाएको आशयले उसको श्रीमान् पुरुष पात्र हो भनी पुष्टि गरिन्छ । शिवाको सिउँदोमा सिन्दूर हालेर आफ्नो पुरुषपनको परिचय उसले दिएको छ ।

सोहन शिवाको डकुमेन्ट्रीको लागि कथा खोज्न अमेरिकाबाट आएको पात्र हो । शिवा र सोहन घुम्ने क्रममा भएको भेटघाटले उनीहरू नजिक हुँदै जान्छन् र प्रेमी प्रेमिकाको रूपमा परिणत हुन्छन् । सोहन रमिलासँग गोरखा, पोखरा, जिरीलगायतको ठाउँ घुमेको छ भने शिवाको कथा खोज्न रमिलासँग आफ्नो गाउँ कालिञ्चोक पनि गएको छ । सोहन दोस्रो पल्ट नेपाल आउँदा शिवाको नभई रमिलाको खोजीमा आएको पात्रको रूपमा चित्रित छ । ऊ रमिलालाई प्रेम गर्छ तर शिवा नै रमिला हो भन्ने थाहा पाउन सक्दैन । आफू जन्मेको माटोलाई माया गर्ने सोहन बुबाको चिहान खोज्दै पाखा पखेरो चाहारेको छ । आफ्नै हजुरबुबा र हजुरआमालाई भेट्दा खुसी हुन्छ भने पुराना घटना सुनाउँदा मन दुःखी बनाउँछ । शिवा र सोहन कुरा गर्ने क्रममा सोहनले भन्छ “कस्तो बुद्धि मेरो ? के भनेको मैले ? कतै मेरो कुबुद्धिले यो हितैषी केटी बिच्किने त होइन ?” (पृष्ठ १७३) । यसरी पुरुष र महिलाबीच प्रेम सम्भव भएकाले सोहनको भनाइले ऊ पुरुष पात्र हो ।

३.५.३    प्रवृत्तिको आधारमा माइकल सोहनको चरित्र

प्रवृत्तिको आधारमा माइकल सोहन अनुकूल पात्र हो । सानैदेखि अमेरिकामा बसे पनि माइकल सोहन आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र सर्वहारा जनताप्रति चिन्तन राख्ने गर्दछ । जनताको स्वाधीनताको लागि ऊ मनमनै चिन्तित हुने गर्दछ । जनताको स्वाधीनताको लागि ऊ मनमनै चिन्तित हुने गर्दछ । सोहन अमेरिकामा हुर्केको पात्र हो । अमेरिकामा बसे पनि उसकी आमाको प्रेरणाले गर्दा उसले नेपाललाई औधि माया गर्छ । आफू जन्मेको माटोलाई माया गर्ने सोहन बाबुको चिहान खोज्दै पाखो पखेरो चहारेको छ । सोहन अमेरिकामा बसे पनि नेपाललाई माया गर्ने देशप्रेमी नागरिकको रूपमा देखापरेको छ । शिवालाई साँचो प्रेम गर्ने असल प्रेमीको रूपमा पनि उपन्यासमा चित्रित भएको छ ।

आमाकै प्रेरणाले सोहन अयोग्य छापामार केटी शिवाको डकुमेन्ट्रीको कथा लेख्नको लागि ऊ पटक पटक नेपाल आउँदछ । सोहन शिवाको डकुमेन्ट्री बनाउनको लागि दोलखा जान्छ र दोलखामा शिवाको विगत सुनेपछि उसको मन उद्वेलित हुन्छ र शिवालाई भेट्ने लालसा झनै बढेको छ । सोहनको आमाले यहाँको राजतन्त्र निरंकुश शासनको कट्टर विरोध गर्थिन् । यही कारणले नै होला उनी अमेरिका गइन् । उनले नेपाली जनयुद्धलाई समर्थन गर्थिन् । माइकल सोहन नेपालको स्थितिको चिन्ता गर्ने पात्र हो । नेपालको अवस्था देखेर उसले वैराग मान्छ । सोहनले रमिलालाई मन पराउँछ तर रमिला शिवा हो भन्ने उसले थाहा पाउँदैन । सोहनले नेपाललाई असाध्यै माया गर्छ । रमिला र सोहन कुरा गर्दा सोहनले भन्छ “अमेरिका विश्वकै लागि ड्रिमल्याण्ड हो । तर त्यहाँ यहाँको जस्तो मानवीय संवेदना भेट्नु भनेका इलुजन सरह हो । एउटा मात्र त्यहाँ छ । त्यो हो रोजगार” (पृष्ठ १६७) । सोहनले नेपालमा समयको ख्याल र दुष्ट राजनीतिले गर्दा नेपालमा विकसित भएको छैन भन्ने धारणा व्यक्त गर्दछ । सोहनले रमिलालाई बुद्धिमानी नारीको रूपमा संज्ञा दिन्छ । तर प्रत्येक व्यक्ति स्वतन्त्र छ, उसको व्यक्तिगत जीवन जिउने स्वतन्त्रता, उसको अधिकारको कुरा हो । जबसम्म व्यक्ति स्वतन्त्र निर्णय गर्न सक्दैन तबसम्म उसको अस्तित्व स्थापित हुन सक्दैन भन्ने अस्तित्ववादी मतका आधारमा हेर्ने हो भने माइकल सोहनले गरेका निर्णय प्रत्येक निर्णायक अस्तित्ववादी निर्णय हुन् । यसरी हेर्दा ऊ अनुकूल चरित्रको पात्र हो ।

माइकल सोहन नेपालको बारेमा सकारात्मक सोच्ने पात्र हो । ऊ अमेरिकामा बसे पनि नेपाललाई उत्तिकै माया गर्छ । रमिला र सोहन कुरा गर्ने क्रममा सोहनले भन्छ “नेपाल प्राकृतिक सुन्दरतामा विश्वमै प्रख्यात छ । यस्तो कला र मौलिक संस्कृतिको भण्डार पनि यति गरिबी” (पृष्ठ १६७) । यसले वीरतापूर्ण इतिहास बोकेको भूमि यति साह्रो कमजोर गरिब छ ? भनेर नेपालको बारेमा चिन्ता गर्ने एक सकारात्मक पात्रको रूपमा परिचित छ । यस अर्थमा पनि उसलाई अनुकूल पात्र मान्न सकिन्छ । माइकल सोहनकी आमा साँच्चिकै एक आदर्श नारी थिइन् । उहाँले नै शिवाको वीरता र शौर्यको बखान गरेको सुनेर नै सोहन शिवाको डकुमेन्ट्री बनाउन नेपाल आउँछ । माइकल सोहन र रमिला भएर कालिञ्चोक घुम्न जान्छन् । कालिञ्चोक शिखरबाट देखिने मनोरम दृश्यले ऊ भाबुक बन्छ । उसले भन्छ “यति सुन्दर भएर पनि यो देश किन यति पिछडिएको होला” (६६) । यस भनाइले पनि सकारात्मक सोच र अनुकूल व्यवहारको सङ्केत गर्दछ । त्यसैले माइकल सोहन अनुकूल चरित्रको पात्र हो ।

३.५.४    स्वभावका आधारमा माइकल सोहनको चरित्र

स्वभावका आधारमा माइकल सोहन गतिशील पात्र हो । माइकल सोहन अमेरिकामा हुर्के, बढे, पढेको पात्र हो । तर ऊ अमेरिकाको नागरिक भए पनि नेपाललाई औधि माया

गर्छ । माइकल सोहनकी आमा पनि नेपाली नै हुन्छे । आमाकै प्रेरणाले एक बहादुर केटी अयोग्य छापामार शिवाको डकुमेन्ट्री बनाउनको लागि ऊ नेपाल आउँछ । नेपालको गरिबी देखेर मनमा ज्वाला बोल्ने र बैरागीने पात्रको रूपमा उपन्यासमा प्रस्तुत भएको छ । सोहन नेपालमा शिवाको खोजीमा आएको हुन्छ । सोहन अमेरिकामै पढे पनि नेपाली राम्रो बुझ्छ र उत्तिकै शुद्ध बोल्छ । सोहन सविनसँग भेट भएपछि नेपाल आएको पात्र हो । सोहन कथाको पात्र शिवालाई खोज्न उसको गाउँसम्म जान्छ तर नभेटेकोमा दुःखी हुन्छ । सोहन अमेरिकामा हुर्के पनि नेपालमा जन्मेको पात्रको रूपमा चित्रित छ । सोहन नेपालमा घुम्न चाहे पनि यहाँ उसको सम्पर्क नभएको पात्र हो । उसका जुनसुकै निर्णयहरू समय र परिस्थिति अनुसार परिवर्तन गरेको छ । नेपालको परिवेश र अरूको मागलाई उसले परिस्थिति र समयानुकूल बनाउन खोजेको छ । त्यसैले ऊ गतिशील पात्र हो । उसले सबैभन्दा बढी समय शिवाको खोजीमा व्यतीत गर्छ ।

सोहन घुम्न मन पराउने व्यक्ति हो । उसलाई टे«किङ जान मनपर्छ । नेपालको मनोरम दृश्यलाई नजिकबाट नियाल्न उसलाई औधि मनपर्छ । फुर्सदको समयमा लेख सृजना गर्नु, अखबार पढेर बस्नु आदि आदतको उसले नौलो परिवर्तन ल्याएको छ । ऊ आफ्नो आचरण, स्वभाव, सिद्धान्त र जीवनधारालाई एउटै सरल रेखाबाट हिँडाइराख्ने नभई फरक रेखामा हिँडाइराख्ने पात्र हो । आफ्नो सिद्धान्त र आचरणलाई भन्दा पनि अरू सिद्धान्तलाई सर्वोपरि मानी परिवर्तनलाई मार्गदर्शक बनाउँछ । आफ्नै सिद्धान्तभन्दा फरक सिद्धान्त र समयअनुसार आफूलाई परिवर्तन गरेको हुनाले माइकल सोहन गतिशील पात्र हो ।

३.५.५. जीवन चेतनाको आधारमा माइकल सोहनको चरित्र

जीवनचेतनाका आधारमा माइकल सोहन वर्गीय पात्र हो । नेपालमै जन्मिए पनि सानैमा अमेरिका गएको र आमासँग उतै हुर्केको सोहनको घर वासिङ्टन अमेरिका हो । सोहन अमेरिकामा पढेको अमेरिकन नागरिक भए पनि नेपाली राम्रो बुझ्छ र उत्तिकै शुद्ध बोल्छ । सोहन सविनसँग भेट भएपछि नेपाल आएको पात्र हो । उसले शिवाको बारेमा मिडियामा पढेकाले र आमाबाट पनि थप जानकारी पाएकाले डकुमेन्ट्री बनाउन लागेको हुन्छ । सोहन अमेरिकामा बसे पनि नेपाललाई माया गर्ने पात्र हो । नेपालको समाजमा देखिएका शोषण, अन्याय र अत्याचार निर्मूल बनाउन उसले योजना बनाएको हुन्छ । नेपालको गरिबी देखेर उसको मन रोएको छ । नेपाललाई औधि माया गर्ने पात्रको रूपमा उपन्यासमा रहेको छ । सोहन कथाको पात्र शिवालाई खोज्न उसको गाउँसम्म जान्छ तर नभेटेकामो दुःखी हुन्छ भने रमिलाले सहयोग गर्नेछ भन्नेमा विश्वस्त हुन्छ । डकुमेन्ट्री बनाउन नेपाल आउने तयारीकै अवस्थामा आमा र बुबा गाडी दुर्घटनामा परी यो संसारबाट बिदा हुनुभएकोले सोहन अहिले नितान्त एक्लो भएको अनुभव गर्दछ । सोहन नेपालमा घुम्न र बस्न चाहेर पनि यहाँ उसको सम्पर्क नभएको पात्र हो । नेपालमा सम्बन्धको अविच्छिन्न डोरी आमासँगै चुँडिएकाले “म जहाँ जन्मेँ त्यही देश मेरो निम्ति पराईजस्तो भएको छ” (पृष्ठ ७२)। भन्दै सोहन आफन्तविहीन र राज्यहीन हुन पुगेकोमा चित्त दुखाउने पात्रको रूपमा चित्रित छ । सोहन शिवाको कथा खोज्नको लागि सविनसँग उसको गाउँगाउँसम्म पुग्छ र कथा सुन्छ तर शिवालाई भेट्न नसकेकोमा चिन्तित देखिन्छ । यसरी ऊ जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समावेश गर्ने पात्रको आधारमा ऊ वर्गीय पात्र हो ।

माइकल सोहनको बाल्यकाल रमणीय र सुखमयसँग अमेरिकामा नै बितेको हुन्छ । उसले अमेरिकामा नै पढाइ पूरा सकिसकेको छ । बाबुआमाको मृत्युपछि ऊ नितान्त एक्लो भएको छ । शिवाको डकुमेन्ट्री बनाउनको लागि ऊ नेपाल आएको छ । नेपालमा उसको आफन्त भनेको सविन र रमिला छन् । रमिलासँग कुरा गर्दा सोहनले भन्छ– “हुनसक्छ यो संसारमा मेरो आफ्नो कोही नभएर होला त्यही फिलुङ्गो पनि मेरो लागि नयाँ सन्देश बन्यो” (पृष्ठ १६७) । यस कथानकले पनि प्रष्ट बुझाउँछ माइकल सोहन नेपालमा नितान्त एक्लो भएको छ र उसले एक्लो महशुस गरिरहेको छ । अमेरिकाजस्तो विकसित ठाउँमा बसे पनि सोहनले आफ्नो जन्मभूमिप्रति देखाएको मायाले सबै विदेशिएका नेपालीलाई सन्देश दिन खोजेको छ । “अमेरिका विश्वकै ड्रिमल्याण्ड हो । तर त्यहाँ यहाँको जस्तो मानवीय संवेदन भेट्नु भनेको इलुजन सरोबर हो । एउटा मात्र यहाँ छ त्यो हो रोजगारी” (पृष्ठ १६७) । यसरी माइकल सोहन नेपालको लागि सकारात्मक सोच्ने एक विवेकशील व्यक्तिको रूपमा उपन्यासमा चित्रित छ । नेपालमा अझै पनि पेटकै लागि संघर्ष गर्नु नियति नै बनेको छ । नेपाल प्राकृतिक सुन्दरतामा विश्वकै प्रख्यात छ । यस्तो कला र मौलिक संस्कृतिको भएर पनि यति गरिब छ । विभिन्न किसिमका नेपालका कमजोरीहरूलाई नियाल्दा सोहनको मनमा ज्वाला बलेको छ । आफ्नो जीवन सिङ्गो समाजका लागि समर्पित भएर व्यक्तिगत इच्छा आकांक्षामा नै सीमित नभएकाले ऊ वर्गीय पात्र हो ।

समाजको वस्तुस्थिति नियालेर सकारात्मक सन्देश प्रवाह गर्ने सोहनमा व्यावहारिक जीवनशैलीप्रति ज्ञान बाँड्दछ । काम गर्दा मानिस सानो ठूलो नहुने सत्यताप्रति अरूलाई चेतना दिन्छ । माइकल सोहनले नेपालको गरिबी देखेर चिन्ता व्यक्त गर्दछ । सोहनले यात्रा गर्ने क्रममा युद्धको समयमा तहसनहस भएको गाउँ–घर र देशका भौतिक संरचनालाई हेर्दै भन्छ “साँच्चिकै तहस–नहस पारेको रहेछ युद्धले । त्यति ठूलो युद्ध भए पनि परिवर्तन त खासै देखिँदैन । सुन्छु, युद्धपछि विदेशिनेको संङ्ख्या दोब्बरले बढेको छ । विकास निर्माण ठप्प छ । मान्छेको गरिबी, निराशा, हैरानी झन् मौलाउँदै छ”(पृष्ठ १८०) । यस कथानकबाट पनि प्रष्ट हुन्छ माइकल सोहन नेपालप्रति चिन्ता लिने पात्रको रूपमा चित्रित छ । सोहनले नेपाली समाजमा अति आवश्यकीय वस्तुहरूको उत्पादन आफैँ गरेर जीवन निर्वाह गर्ने सल्लाह दिएको छ । सोहन पोखरा घुम्न जान्छ । पोखराका लोभलाग्दा दृश्य हेर्दा सोहनको मन निकै नै खुसी देखिन्छ । पोखरामा रमणीय दृश्यहरू देखेर शिवासँग सोहनले भन्छ “मलाई धर्तीमा होइन अलौकिक प्रदेशमा पुगेझैँ लाग्यो । सुन त कोइलीको आवाज, सन्ध्याको रोमान्च परिदृश्यलाई कसरी मदहोश बनाउँदै छ?” (पृष्ठ १८०), सोहन नेपालको प्राकृतिक सौन्दर्य देखेर मोहित हुन्छ । ऊ प्राकृतिक सौन्दर्यमा हराउने पात्र हो ।

३.५.६    आसन्नताका आधारमा माइकल सोहनको चरित्र

आसन्नताको आधारमा माइकल सोहन मञ्चीय पात्र हो । शिवाको जीवनसंघर्ष सँगसँगै उसको पनि जीवन सङ्घर्षको कथा बेरिएर कथावस्तुको आरम्भ, विकास र अन्त्य भएको छ । उपन्यासको केन्द्रीय चरित्र उपन्यासको कथानकलाई अगाडि बढाउनमा माइकल सोहनको भूमिका महत्वपूर्ण रहेको छ । कथानकमा मुख्य–मुख्य घटनाहरूसँग ऊ आफ्नो स्थान सुरक्षित बनाउँदै प्रस्तुत भएको छ । माइकल सोहन नेपालमा सानैमा अमेरिका गएको अमेरिकन नागरिक हो । अमेरिकामा बसे पनि सोहन नेपाललाई औधी माया गर्छ । नेपालको राजनीति र गरिबी देखेर चिन्ता लिने पात्रको रूपमा चित्रित छ । नेपालका मनोरम दृश्यहरू उसलाई औधी मनपर्छ । शिवासँग घुम्ने क्रममा ऊ कालिञ्चोक पुग्छ । कालिञ्चोक शिखरबाट देखिने मनोरम दृश्यले ऊ भावुक बन्छ र भन्छ “यति सुन्दर भएर पनि यो देश किन यति पिछडिएको होला’ (पृष्ठ १८५) । यस कथानकबाटै थाहा हुन्छ सोहनको मनमा मातृभूमिप्रतिको माया कति प्रगाढ छ । सोहन यात्रामा देखिएका गरिबीले मर्माहत भएको

थियो । “कति मनोरम छ यो देश । हेर न । हामी जहाँ जहाँ गयौँ त्यहाँको सुन्दरता । तर जति नै सुन्दर भए पनि समय र श्रमलाई नचिन्ने देश उभो लाग्दैन । यहाँको मान्छेमा समयको मतलब रहेनछ । यहाँको अर्को डरलाग्दो समस्या रहेछ श्रमप्रतिको उदासिनता” (पृष्ठ १८७) । नेपालीलाई विश्वमै वीर र परिश्रमी भनिन्छ तर नेपालका मान्छेलाई माटोमा सुन फलाउन सकिन्छ भन्ने थाहा छैन ।

सिङ्गो उपन्यासभरि नै सोहन पत्यक्ष रूपमा उपस्थित भएर कार्यव्यापार वा संवाद प्रस्तुत गरेको छ । कथानक प्रस्तुतीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने पात्र सोहन हो । नेपालको ग्रामीण क्षेत्रदेखि विदेशीभूमिको समेत यस उपन्यासमा वर्णन भएको छ । यसरी उपन्यासको कथानकमा प्रत्यक्ष उपस्थित भएर घटनाको शृङ्खलालाई प्रस्तुतीकरण गरेको हुनाले आसन्नताका आधारमा सोहन मञ्चीय पात्र हो ।

३.५.७    आबद्धताका आधारमा माइकल सोहनको चरित्र

आबद्धताको आधारमा माइकल सोहन बद्ध पात्र हो । सोहन केन्द्रीय चरित्र भएको नाताले पनि ऊ बद्ध पात्र हो । माइकल सोहन नेपालमा जन्मे पनि ऊ अमेरिकन नागरिक

हो । सानैदेखि अमेरिकामा पढेको पात्र हो । सोहन छापामार केटी शिवाको डकुमेन्ट्री बनाउनका लागि नेपाल आएको पात्र हो । सोहनले रमिलासँग गोरखा, पोखरा, जिरीलगायतको ठाउँमा पुगेको छ भने शिवाको कथा खोज्न आफ्नो गाउँ कालिन्चोक पनि गएको छ । आफू जन्मेको माटोलाई माया गर्ने सोहन बाबुका चिहान खोज्दै पाखो पखेरो चहारेको छ । आफ्नै हजुरआमा र हजुरबुबालाई भेट्दा खुसी हुन्छ भने पुराना घटना सुनाउँदा मन दुःखी बनाउँछ । विशेषतः ऊ शिवाको खोजीमा आएको र शिवा नै भेटिएकोमा ऊ धेरै नै खुसी देखिन्छ । सोहनलाई आफ्नो जन्मभूमिप्रतिको आशक्ति धेरै नै प्रगाढ छ । आफ्नो माटोप्रतिको माया जहाँ पुगे पनि कम हुँदो रहेनछ । सोहन नेपालको सरकार र राजनीतिप्रति घृणा व्यक्त गर्दछ । शिवासँग कुरा गर्ने क्रममा सोहनले भन्छ “राष्ट्रलाई समृद्ध बनाउने काम राज्यको हो । तर राज्य मात्र सम्पूर्ण होइन । नागरिकको पनि उत्तिकै जवाफदेहिता रहन्छ” (पृष्ठ १८७) । माइकल सोहन नेपालको लागि सकारात्मक सोच्ने विवेकशील पात्रको रूपमा उपन्यासमा चित्रित छ ।

प्रस्तुत पहेँलो घाम उपन्यासमा सोहन सुरुदेखि अन्त्यसम्म नै देखा परेको छ । सोहन अमेरिकामा बसे पनि नेपाललाई माया गर्ने देशप्रेमी नागरिकको रूपमा देखापरेको छ । शिवालाई साँचो प्रेम गर्ने असल प्रेमीको रूपमा पनि उपन्यासमा चित्रित भएको छ । सोहनले सत्पात्रको भूमिका निर्वाह गरेकोले प्रवृत्तिका आधारमा अनकूल पात्र हो । त्यस्तै सोहन उपन्यासमा सबैजसो भागमा चित्रित भएकोले आख्यानका आधारमा मञ्चीय र अन्य चरित्रसँग बाँधिएर आएकोले आबद्धताका आधारमा बद्ध पात्रको रूपमा देखाइएको छ ।

निष्कर्षमा आफ्नो जीवनयापन अमेरिकामा नै बनाएको माइकल सोहन उपन्यासको कथानकलाई अगाडि बढाउन प्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका खेलेको हुनाले ऊ प्रमुख पात्र हो । उपन्यासकी केन्द्रीय चरित्र शिवासँग कथानकमा बेरिएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रेमीको भूमिका निर्वाह गरेको छ । माइकल सोहन अमेरिकन नागरिक भए पनि आफ्नो जन्मभूमिलाई अगाध माया गर्ने राष्ट्रप्रेमी पात्र हो, उसले शिवाको बारेमा मिडियामा पढेकाले र आमाबाट पनि थप जानकारी पाएकोले डकुमेन्ट्री बनाउन लागेको हुन्छ । आमाकै प्रेरणाले सोहन एक अयोग्य छापामार केटी शिवाको डकुमेन्ट्रीको कथा लेख्नको लागि ऊ पटकपटक नेपाल आउँछ । सोहनकी आमाले पनि नेपाललाई औधी माया गर्छिन, तर यहाँको राजतन्त्र , निरङ्कुश शासनको कट्टर विरोधी थिइन् । यही कारणले होला उनी अमेरिका गइन् । उनले नेपाली जनयुद्धलाई समर्थन गर्थिन् । माइकल सोहन नेपालको गरिबी र राजनीति देखेर चिन्ता गर्ने पात्र हो । सोहनले नेपालमा समयको ख्याल र दुष्ट राजनीतिले गर्दा नेपाल विकसित भएको छैन भन्ने धारणा व्यक्त गर्दछ । माइकल सोहन नेपालको बारेमा सकारात्मक सोच्ने पात्र हो । सोहनले घटाएका सम्पूर्ण घटनाहरू वास्तविक धरातलबाट टिपिएका र सोहन यथार्थमा विश्वास गर्ने पात्र भएकाले ऊ यथार्थवादी पात्र हो ।

३.६  समरसिंको चरित्र चित्रण

समरसिं प्रस्तुत पहेँलो घाम उपन्यासको सहायक पात्रको रूपमा देखापरेको छ । घुमन्ते स्वभावको समरसिं एकै ठाउँमा स्थिर भएर बस्न सक्दैन । समरसिं स्वेच्छिक अवाकास लिएर क्यान्टोनमेन्टबाट निस्किएको पात्र हो । उपन्यासमा सहायक पात्रको भूमिकामा रहेको समरसिंको चरित्रलाई चरित्रविश्लेषणको सैद्धान्तिक आधारमा क्रमश : गरिएको छ ।

३.६.१ कार्यका आधारमा समरसिंको चरित्र

कार्यका आधारमा समरसिं सहायक पात्र हो । शिवाको वरिपरि रहेर कथानकलाई अगाडि बढाउन सहयोग गरेको छ । उपन्यासको कथानकमा शिवालाई सहयोगी भूमिका निर्वाह गर्ने सहायक पात्र हो । उसको कार्यलाई अगाडि बढाउन सहयोग गरेको छ । शान्त र गम्भीर स्वभावको समरसिं बोल्दा घरिघरि फ्रेन्च कट दाह्री मुसार्ने, कम बोल्ने, सुलुत्त परेको नाक, काला आँखा र चौडा निधार भएको सुन्दर पुरुष पात्र हो । विद्यार्थीकालमै राजनीतिमा होमिएको समरसिं युद्धकालमा असल कमाण्डरको रूपमा देखापरेको छ । स्वेच्छिक अवकाशमा परी क्यान्टोन्मेन्टबाट निकालिनु परेकोमा चिन्तित समरसिंहमार्फत शान्ति प्रक्रियापछि पार्टीले हिजो युद्धमा लडेका क्रान्तिकारीलाई बिर्सन नहुने कुरा व्यक्त गरिएको छ । घुमन्ते स्वभावको समरसिंह एकै ठाउँमा स्थिर भएर बस्न सक्दैन । समरसिंह प्रायः शिवाकोमा आइरहन्थ्यो । ऊ शिवालाई भित्रैदेखि मन पराउने तर भन्न नसक्ने पात्र हो । उसले नै शिवालाई नोकरी खोजिदिएको हुन्छ । समरसिं आफूलाई पहेँलो घामजस्तै ऊर्जाहीन मान्छे सम्झने पात्र

हो । समरसिं निराश हुँदै डेढ दशक जेल र युद्धमा बिताएको केही वर्ष क्यान्टोन्मेन्टमा बिताएको, युद्धमा मनपराएको साथी गुमाएको सम्झन्छ र आफू अब जोगी बन्न चाहेको कुरा व्यक्त गर्दछ । समरसिं युनिभर्सिटीको विद्यार्थी हो । उसलाई माओवादीमा लाग्नुपर्ने कुनै दबाब थिएन । हुनेखानेको विद्वान् छोरा थियो । ऊ जीवनदेखि थाकेर आत्महत्या गर्ने सोच भएको पात्र हो । कैयौँ पटक आत्महत्याको प्रयत्न गरेको पात्रको रूपमा चित्रित छ ।

समरसिंह परिवारको एक्लो छोरो भएकाले बुबाआमा मेरै बाटो हेरेर बसेका होलान् भन्छ तर घर जान मन गर्दैन । उदासी छिनछिनमा परिवर्तन भइरहेको मनले मुस्कुराउँदा पनि खुसी होइन दर्द र खिन्नता प्रष्ट देखिन्थ्यो । ऊ सिर्जनशील कृषि फारामको लागि पाँच लाख रुपियाँ आफ्नो तलब र अवकाशको रकम दिने सहयोगी भावना भएको पात्रको रूपमा चित्रित भएको छ । समरसिंले शिवालाई असाध्यै मनपराउँछ र शिवासँग कुरा गर्ने क्रममा भन्छ “शिवा, मैले साँच्चिकै मन पराएको हुँ तिमीलाई । तर के गर्ने ? युद्धबाट निराश र जीवनबाट पराजित म अन्तमा विक्षिप्त भएँ । संसार सुन्दर बनाउँछु भन्नेहरू आफैँ कुरूप भएपछि मेरो यो हालत भयो । तिम्रो गीत गाउँदै जोगीबनेर संसार चहार्दै छु” (पृष्ठ ११९) । उसले सम्पूर्ण जीवन र राजनीतिमा होम्यो, परिवार गुमायो, उमेर गुमायो, तर पनि उसले केही दिन गाउँमा बस्यो । त्यसपछि विरक्तिएर इन्डियामा धेरै ठाउँमा घुम्यो । मर्नुभन्दा बौलाउनु निको भनेर लामो समयसम्म गेरुवस्त्र धारण गरेर चारधाम पुग्दा पनि मनमा शान्ति नभएपछि फर्किएर फेरि काठमाडौँ आएको हुन्छ । धेरै नबोल्ने समरसिं फुर्सदको समयमा प्रतीक्षालयमा गएर बस्ने, अस्ताउँदैगरेको पहेँलो घाम हेर्ने गथ्र्यो । शिवालाई प्रेम गर्ने समरसिं शिवाको अमेरिकन केटोसँग प्रेम बसेको थाहा पाएपछि अब मेरो खोजी नगर्नू भनेर बेपत्ता भएको पात्र हो ।

केन्द्रीय चरित्र शिवाको कथानक शृङ्खलालाई गतिशील बनाउनलाई सहयोग गरेको हुनाले ऊ सहयोगी पात्र हो । ऊ एक योग्य लडाकु हो । शिवालाई असाध्यै मनपराउने पात्र हो । जीवनदेखि निराश भएर आत्महत्यासमेत गर्नखोज्ने पात्रको रूपमा चित्रित छ । उसले गरेका कार्यहरूले नै कथानकलाई आफ्नो स्थानमा बसेर अगाडि बढाउन सहयोगी भूमिका निर्वाह गरेको छ । केन्द्रीय चरित्र शिवाको वरिपरि रहेर कथानकलाई गति प्रदान गर्न सहयोग गरेको हुनाले ऊ कार्यका आधारमा सहायक पात्र हो ।

३.६.२    लिङ्गका आधारमा समरसिंको चरित्र

लिङ्गका आधारमा समरसिं पुरुष पात्र हो । समरसिं शब्द आफैँमा पुलिङ्ग शब्द हो । समरसिं स्वेच्छिक अवकाशमा परेर जनसेनाबाट निकालिएको लडाकु हो । पार्टीको लागि उसले परिवारलाई त्याग्यो, आफ्नो पढाइ त्याग्यो, त्यसको अलावा उसलाई फाइदा भने भएन बरु उल्टै उसको समय बरबाद भएको छ । समरसिं बेरोजगार भएको छ । घुमन्ते स्वभावको समरसिं एकै ठाउँमा स्थिर भएर बस्न सक्दैन । समरसिं प्रायः शिवाकोमा आइरहन्थ्यो । ऊ शिवालाई भित्रदेखि मनपराउने तर भन्न नसक्ने पात्र हो । माया प्रेम स्त्री र पुरुषबीच हुने हुनाले समरसिं पुरुष पात्र हो भन्न सकिन्छ । समरसिं निराश हुँदै डेढ दशक जेल र युद्धमा बिताएको, केही वर्ष क्यान्टोन्मेन्टमा बिताएको, युद्धमा मन पराएको साथी गुमाएको सम्झन्छ र आफू अब जोगी बन्नचाहेको कुरा व्यक्त गर्छ । समरसिं आफूलाई पहेँलो घामजस्तै ऊर्जाहीन मान्छे सम्झने पात्र हो । त्यसैले समरसिं लिङ्गका आधारमा पुरुष पात्र हो भनी पुष्टि गर्न सकिन्छ ।

३.६.३    प्रवृत्तिको आधारमा समरसिंको चरित्र

प्रवृत्तिको आधारमा समरसिं अनुकूल पात्र हो । ऊ सानै उमेरमा जनयुद्धमा लाग्ने पात्र हो । शान्त र गम्भिर स्वभावको समरसिं विद्यार्थीकालमै राजनीतिमा होमिएको हो । राजनीतिमा होमिएको समरसिं युद्धकालमा असल कमाण्डरका रूपमा देखापरेको छ । स्वेच्छिक अवकाशमा पारी क्यान्टोन्मेन्टबाट निकालिनु परेकोमा चिन्तित समरसिंमार्फत शान्ति प्रक्रियापछि पार्टीले हिजो युद्धमा लडेको क्रान्तिकारीलाई बिर्सन नहुने कुरा व्यक्त गरिएको

छ । समरसिं आफ्नो जिन्दगीदेखि निराश बन्दै गएको छ । उसलाई यो जीवन नै निस्सार र नाटक लाग्नथालेको छ । शायद युद्धमा जाँदा ठूलो महत्वाकांक्षा पालेको हुँदो हो । जुन तासको घरजस्तै भत्किएको छ । शान्त र गम्भिर स्वभावको समरसिं कम बोल्ने गथ्र्यो । चुरोटको धुवाँमा उसको निराश अनुहार झनै उदास देखिन्थ्यो । पार्टीले युद्धलाई सम्झौतामा टुङ्ग्याएकोमा ऊ असहमत छ । समाज राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जीवनको अमूल्य समय दिने काम उसले गरेको छ । समरसिंले शिवासँग कुरा गर्ने क्रममा भन्छ “म नकारात्मक रे । मैले पनि तिम्रो उमेरमा यस्तै सोच्थेँ । सम्पूर्ण सकारात्मक र क्रान्तिकारी । त्यही भएर त परिवार छोडेँ, पढाइ बिगारेँ र भविष्यलाई दाउमा राखेर युद्धमा होमिएँ । मसँगै ब्याचलर गरेका साथीहरू अहले पीएचडी होल्डर छन् । कोही प्रोफेसर, कोही सचिव त कोही एनजिओका मालिक भएका छन् । तर हेर त संसार जित्छु भनेर युद्धमा होमिएको म ! अब कता जाने हो मलाई नै थाहा छैन । सबैतिर ढोका बन्द भएपछि निराशा र नकारबाहेक के नै सोच्न सकिन्छ” (पृष्ठ ११२) । यसै कथानकबाट पनि थाहा हुन्छ समरसिं कति पीडित र बेरोजगारीको समस्यामा गुज्रिरहेको छ ।

समरसिं सहयोगी भावना व्यक्ति हो । उसले निर्जनशील कृषि फारामको लागि पाँच लाख रुपियाँ आफ्नो तलब र अवकाशको रकम दिने सहयोगी पात्रको रूपमा चित्रित छ । धेरै नबोल्ने समरसिं फुर्सदको समयमा प्रतीक्षालयमा गएर बस्ने र अस्ताउँदै गरेको पहेँलो घाम हेर्ने गर्छ । उसले सपनामा पनि पहेँलो घामले लखेट्न थालेको देख्न थालिसकेको थियो । प्रस्तुत पहेँलो घाम उपन्यासमा समरसिं कार्यका आधारमा सहायक पुरुष पात्रहो ।

३.६.४    स्वभावका आधारमा समरसिंको चरित्र

स्वभावका आधारमा समरसिं गतिशील पात्र हो । उसले आफूलाई समयानुकूल परिवर्तन गर्दै जान्छ । समरसिं पढ्ने उमेरमा घरपरिवार, पढाइ सबै त्यागेर युद्धमा होमिएको हुन्छ । युद्धकालमा ऊ ब्रिगेड कमाण्डर पनि भएको थियो । शान्त र गम्भिर स्वभावको समरसिं कम बोल्थ्यो, बोल्दा घरिघरि फ्रेन्च कट दाह्री मुसाथ्र्यो । सुलुत्त परेको नाक, काला आँखा र चौडा निधार ऊ सुन्दर देखिन्थ्यो । ऊ सानैदेखि युद्धमा होमियो तर उपलब्धि भने खासै केही भएन । अहिले निराश भएको छ । पार्टीले युद्धलाई सम्झौतामा टुङ्ग्याएकोमा ऊ असहमत छ । एउटा क्रान्तिकारी पार्टीले शान्ति र सम्झौताको कुरा गर्नु विचलनतिरको यात्रा हो । सेना बुझाउनु क्रान्तिमाथिको धोका हो भन्ने मत थियो उसको । यही कारण पछिल्लो समय पार्टीको कटू आलोचक बनेको थियो । विद्यार्थीकालमै राजनीतिमा होमिएको ऊ युद्धकालमा असल कमाण्डरको रूपमा चिनिन्थ्यो । “जनयुद्धविरोधीलाई पार्टीमा हुल्नु गलत काम हो शिवा । लडाईं हामी लड्ने मौका भगौडा र युद्धविरोधीले पाउने । हिजोको मण्डले, कुण्डले र जनविरोधीलाई सलाम ठोक्नुपर्ने, कस्तो दुर्भाग्य” (पृष्ठ ८६) । शान्ति प्रक्रियामा आएपछि पार्टीले फरक ढङ्गले सोच्नैपर्छ । यसको मतलब हिजो युद्ध लडेको क्रान्तिकारीलाई बिर्सनु भएन ।

समरसिं घुमन्ते स्वभावको थियो । एकै स्थिर भएर बस्न सक्दैनथ्यो । आफू अयोग्य लडाकु भएपछि ऊ निराश हुन्छ । ऊ आफूलाई पहेँलो घामजस्तै ऊर्जाहीन, कुनै पनि स्वप्निल अनुभूति नभएको आभास गर्छ । उसको जिन्दगी डेढ दशक जेल र युद्धमा बितेको हुन्छ । जीवनकालको आवेग र उल्लास युद्धमै बिताएको हुन्छ ।

३.६.५    जीवनचेतनाको आधारमा समरसिंको चरित्र

जीवनचेतनाको आधारमा समरसिं वर्गीय पात्र हो । समरसिं एक देशभक्त, परिवार र आफ्नो अमूल्य उमेरलाई लत्याएर जनयुद्धमा लाग्ने एक वीर योद्धाको प्रतिनिधि पात्र हो । विद्यार्थीकालमै राजनीतिमा होमिएको समरसिं युद्धकालमा असल कमाण्डरका रूपमा देखापरेको छ । स्वेच्छिक अवकाशमा परी क्यान्टोन्मेन्टबाट निकालिनु परेकोमा चिन्तित समरसिंमार्फत शान्ति प्रक्रियापछि पार्टीले हिजोयुद्धमा लडेका क्रान्तिकारीलाई बिर्सन नहुने व्यक्त गरिएको छ । घुमन्ते स्वभावको समरसिं एकै ठाउँमा स्थिर भएर बस्न सक्दैन । समरसिं प्रायः शिवाकोमा आइरहन्थ्यो । ऊ शिवालाई भित्रैदेखि मनपराउने पात्र हो । उसले नै शिवालाई नोकरी खोजिदिएको हुन्छ । समरसिं आफूलाई पहेँलो घामजस्तो ऊर्जाहीन सम्झने पात्र हो । समरसिं निराश हुँदै डेढ दशक जेल र युद्धमा केही वर्ष क्यान्टोन्मेन्टमा बिताएको, युद्धमा मनपराएको साथी गुमाएको सम्झन्छ र आफू अब जोगी बन्न चाहेको कुरा व्यक्त गर्दछ । समरसिं एक शिक्षित परिवारको छोरा हो । ऊ युनिभर्सिटीको विद्यार्थी हो ।

समरसिंहको बाल्यकाल रमणीय र सुखमय बितेको थियो । हुनेखानेको शिक्षित छोरा थियो । तर पढ्ने उमेरमै जनयुद्धमा होमिन पुग्छ । क्यान्टोन्मेन्टबाट स्वेच्छिक अवकासमा परेर निकालिएपछि ऊ जीवनदेखि थाकेर आत्महत्या गर्ने सोच बनाएको हुन्छ । कैयौँ पटक आत्महत्याको प्रयत्न गरेको पात्रको रूपमा चित्रित छ । उसले क्रान्तिकारीहरूलाई धेरै विश्वास गर्छ । शिवा र समरसिं कुरा गर्ने क्रममा समरसिंले भन्छ “धारविरुद्धमा हिँड्ने मान्छे हुन् माओवादी क्रान्तिकारी बरु मर्न तयार हुन्छन् लुटेराको पाउ पर्दैनन् । सम्पूर्ण भत्काउने भनेर होइन र युद्धमा उसकै बाटो हिँड्ने (पृष्ठ १११), ऊ यसरी बोल्दै थियो कि उसको अनुहार घृणा र रोषले जल्दै थिया । समरसिं परिवारको एक्लो छोरो भएकाले बुबा–आमा मेरै बाटो हेरेर बसेका होलान् भन्छ तर घर जान मन गर्दैन । उदासी छिनछिनमा परिवर्तन भइरहने मनले ऊ मुस्कुराउँदा पनि खुसी होइन दर्द र खिन्नता प्रष्ट देखिन्थ्यो ।

शैक्षिक दृष्टिका आधारमा समरसिं शिक्षित पात्र हो । उपन्यासमा उल्लेख भएअनुसार समरसिं युनिभर्सिटीको विद्यार्थी हो । समरसिं ब्याचलरसम्मको अध्ययन गर्दागर्दै राजनीतिमा होमिएको पात्र हो । समरसिंको घरपरिवार पनि शिक्षित छन् । ऊ सानै उमेरमा युद्धमा होमिन्छ । पार्टीले जब उसलाई अयोग्य लडाकुको संज्ञा दिन्छ तब समरसिं निराश हुन्छ । मूल सुकेको कुवासँग आफूलाई तुलना गर्छ । शिवासँग कुरा गर्ने क्रममा समरसिंहले भन्छ “अब यो जनयुद्ध पनि एकादेशको कथा हुनेभयो, विस्तारै इतिहासको गर्तमा धकेलिने छ त्यो, जसलाई हाम्रा सन्तानले अरुचिपूर्वक पढ्नेछन् । यत्ति हो, त्यो युद्ध आतङ्ककारी युद्ध थियो भन्ने स्थिति नभइदिए हुन्थ्यो” (पृष्ठ १३०) । निराशा र आत्मग्लानीसहित समरसिंले आफ्नो कुरा व्यक्त गर्दछ । समरसिं आफू अयोग्य भएकै कारण आफ्नो जीवनलाई पराजित र अस्वीकृत जीवनसँग परिभाषित गर्दछ । समरसिं जिन्दगीदेखि हार खाएर जोगी बन्ने मनसाय बनाउँछ ।

राजनैतिक दृष्टिका आधारमा समरसिं सचेत पात्र हो । ऊ देशविदेशको वातावरणमा घुलमेल हुन्छ र सामाजिक कार्यमा लाग्दछ । आफ्नो वीरता प्रस्तुत गरेर ज्यानको बाजी थापी सङ्घर्ष गर्ने समरसिं सचेत पात्र हो । राष्ट्र सेवा र जनयुद्धमा सक्रिय भएर आफ्नो कर्तव्यपथमा हिँडिरहने समरसिं समाजको हितको लागि सोच्दछ । ऊ सिर्जनशील कृषि फारामको लागि पाँच लाख रूपैयाँ आफ्नो तलब र अवकाशको रकम दिने सहयोगी भावना भएको पात्रको रूपमा चित्रित भएको छ । उसले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा बितायो, परिवार गुमायो, उमेर गुमायो, तर पनि उसले उपलब्धि केही प्राप्ति गर्न सकेन ।

३.६.६    आसन्नताका आधारमा समरसिंको चरित्र

आसन्नताका आधारमा समरसिं मञ्चीय पात्र हो । जनयुद्धको बेलामा अनेक किसिमका घटनावलीहरू अप्रत्यक्ष र प्रत्यक्ष जोडिएका छन् । पार्टीले युद्धलाई सम्झौतामा टुङग्याएकोमा ऊ असहमत थियो । एउटा क्रान्तिकारी पार्टीले शान्ति सम्झौताको कुरा गर्नु विचलनतिरको यात्रा हो । सेना बुझाउनु क्रान्तिमाथिको धोका हो भन्ने मन थियो उसको । विद्यार्थीकालमै राजनीतिमा आबद्ध ऊ युद्धकालमा असल कमाण्डरको रूपमा चिनिन्थ्यो । जब पार्टीले ऊसहित अन्य साथीहरूलाई अयोग्य र स्वेच्छिक लडाकु भनी जनसेनाबाट निकालिदियो तब ऊ निराश भएको छ । समरसिंले दिएको महत्वपूर्ण जानकारी र सूचनाले कथानक रोचकताका साथै केन्द्रीय चरित्र शिवाको जीवनमा ठूलो प्रभाव परेको छ । शिवाको जीवनका गत्यात्मक अवस्थालाई र कथानकलाई गति प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका हुनाले समरसिं मञ्चीय पात्र हो । शिवाको जीवन गतिलाई प्रभावित तुल्याउन प्रस्तुत पात्रको भूमिका महत्वपूर्ण देखिन्छ ।

३.६.७    आबद्धताका आधारमा समरसिंको चरित्र

आबद्धताको आधारमा समरसिं बद्ध पात्र हो । समरसिं शिवासँगै जनयुद्धमा लागेपछि कथानकले उपन्यासको प्रारम्भ भाग सुरु भई त्यसैका आधारमा पहेँलो घामको कथानक अगाडि बढेको छ । केन्द्रीय चरित्र शिवासँगै जनयुद्धमा सँगै लडेका घटनासँगै समरसिंको कथानकको घटना जेलिएर आएको छ । उसले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा व्यतीत गर्यो, परिवार गुमायो तर उपलब्धि भने केही पनि पाएन । सानै उमेरदेखि युद्धमा लागे पनि समरसिं अयोग्य लडाकु ठहरिन्छ । अयोग्य भएपछिको समय बेरोजगारी र निराशमै जेलिरहेको हुन्छ । समरसिं एक शिक्षित परिवारको व्यक्ति हो, उसले पनि ब्याचलरसम्मको अध्ययन गरेको छ । त्यसैले पनि युद्धकालमा असल कमाण्डरको रूपमा देखापरेको छ । समरसिं निराश हुँदै डेढ दशक जेल र युद्धमा बिताएको केही वर्ष क्यान्टोन्मेन्टमा बिताएको, युद्धमा मनपराएको साथी गुमाएको सम्झन्छ र आफू जोगी बन्न चाहेको कुरा व्यक्त गर्दछ । समरसिं आफूलाई पहेँलो घामजस्तो ऊर्जाहीन सम्झने पात्र हो । समरसिं आफू जनसेनाबाट अनिच्छापूर्वक निकालिनु परेकै कारण आफ्नो जीवनलाई पराजित र अस्वीकृत जीवनसँग परिभाषित गर्दछ ।

निष्कर्षमा केन्द्रीय चरित्र शिवाको कार्य शृङ्खलालाई अगाडि बढाउने कार्यमा सहयोग गरेका हुनाले समरसिं सहायक पात्र हो । लिङगका आधारमा ऊ पुरुष पात्र हो । सानैदेखि युद्धमा होमिएको समरसिंले कतै पनि नकारात्मक काम गरेको देखिँदैन । त्यसैले ऊ प्रवृत्तिका आधारमा अनुकूल पात्र हो । समाज, समय र परिवर्तनसँगसँगै आफ्नो आदत र पेसालाई समेत परिवर्तन गर्ने हुनाले स्वभावका आधारमा गतिशील पात्र हो । अन्य मानिसको जस्तो जीवन बिताउने पात्र भएकाले ऊ वर्गीय पात्र हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सुधारको चाहना राख्ने, कर्तव्य पूरा गरेको हुनाले सचेत पात्र हो । केन्द्रीय चरित्र शिवाको कथानक र उसको कथानक जेलिएको हुनाले ऊ बद्ध पात्र हो ।

३.७ पासाङको चरित्र चित्रण

पासाङ प्रस्तुत पहेँलो घाम उपन्यासमा सहायक पुरुष पात्रको रूपमा चित्रित छ । पासाङ युद्धकालमा शिवासँग एउटै कम्पनीमा काम गरेको साथी हो । उसको गाउँ भक्तपुरको दक्षिणपूर्वमा रहेको छ । पासाङ युद्धकालमा ज्यानलाई पातमा राखेर युद्ध लडेको उत्साही योद्धाको रूपमा चित्रित छ ।

३.७.१    कार्यका आधारमा पासाङको चरित्र

कार्यका आधारमा पासाङ सहायक पात्र हो । शिवाको मूल कथालाई पासाङको सहायक कथानकले सहयोगी भूमिका निर्वाह गरेको छ । केन्द्रीय चरित्र शिवासँग कथानकको वरिपर रहेर कथानकलाई अगाडि बढाउने कार्यमा सहयोगी भूमिका निर्वाह गरेको छ । पासाङ युद्धकालमा शिवासँग एउटै कम्पनीमा काम गरेको साथी हो । उसको गाउँ भक्तपुरको दक्षिणपूर्वमा रहेको छ । पासाङ युद्धकालमा ज्यानलाई पातमा राखेर युद्ध लडेको उत्साही योद्धाको रूपमा चित्रित छ । पासाङ अरू अयोग्य साथीहरूभन्दा गम्भीर र चिन्ताग्रस्त पात्रको रूपमा देखापरेको छ । अरूभन्दा पाको पासाङको केही थ्याप्चो नाक र चिम्सा आँखा, बोल्दा तामाङ टोन आउँथ्यो । पासाङ बाउले दिएको एक रोपनी जग्गामा तरकारी खेती गरेर आफ्नो जीवनयापन गर्दै थियो । पछि पूर्वछापामारको सहभागितामा सिर्जनशील कृषि फाराम सञ्चालन गर्नमा सबैभन्दा ठूलो भूमिका पासाङको नै रहेको छ । यसरी अयोग्य लडाकु भए पनि पासाङले सबै साथीहरूसँग मिलेर कृषि व्यवसायतर्फ लागेको छ, आफू अरूभन्दा पाको भएकाले नै अभिभावकको कर्तव्य पूरा गरेको छ । अयोग्य लडाकु भएर काठमाडौँमा बसेकी शिवाका हरेक कार्यहरूसँगै निकट भएर सहयोगीको भूमिका निर्वाह गरेको छ । यसको भूमिका कथानकलाई गतिशील बनाउनमा सिद्ध भएको छ । तसर्थ पासाङ सहायक पात्र हो ।

३.७.२    लिङ्गका आधारमा पासाङको चरित्र

लिङ्गका आधारमा पुरुष पात्र हो । पासाङ शब्द आफैँमा पुलिङ्ग शब्द हो । तामाङ जातिमा प्रायः पुलिङ्गको नाम पासाङ राख्ने चलन भएकाले पनि पासाङ शब्द पुलिङ्ग हो भन्न सकिन्छ । पासाङ सहयोगी भावना भएको व्यक्ति हो । उसले शिवा र अन्य साथीहरूलाई बेरोजगार भएको बेला सहयोग गरेको छ । क्यान्टोन्मेन्टबाट अयोग्य भनी निकालिएपछि शिवा अलपत्र परेको बेला पासाङले नै आफ्नो घरमा राखेको थियो । क्यान्टोन्मेन्टबाट निकालिएपछि सबैको एउटै समस्या थियो बेरोजगारी । उनीहरूसँग मिहिनेत गर्न सक्ने इच्छाशक्ति थियो । युद्धले सिकाएको अनुशासन र त्याग थियो । तर लागु गर्ने ठाउँ थिएन । पासाङजस्तै अयोग्यहरू काठमाडौंमा धेरै थिए । पासाङले साथीहरूसँग कुरा गर्ने क्रममा भन्छ “किन नलाग्ने आफ्नो पहिचानको खोजीमा ? नेपालमा खस जातिबाहेक अरू जाति पनि छन् । अरूको पनि संस्कृति छ । पहिचान र इतिहास छ भन्ने सत्य नभुल आकाश । के खस सभ्यता र पहिचान मात्र नेपाल हो ? यस्ता कुराले हाम्रो राष्ट्र बन्दैन” (पृष्ठ १०२) । यसका साथै यहाँ आदिवासी, दलित र महिलामाथि उत्तिकै उत्पीडन छ । यसरी पासाङको चालचलन, काम गर्ने साहसले गर्दा पनि ऊ पुरुष पात्र हो भन्ने पुष्टि गर्छ ।

३.७.३    प्रवृत्तिका आधारमा पासाङको चरित्र

प्रवृत्तिका आधारमा पासाङ अनुकूल पात्र हो । सधैँ सबैको भलो चाहने तथा आफन्तको उन्नति, प्रगति समाजमा चलिआएको धर्म, संस्कृति, रीतिरिवाज, चालचलनआदिलाई स्वीकार गरी जीवन चलाउँछ । देश तथा विदेशमा बसेको पासाङ कतै पनि नराम्रो कार्य गरेको देखिँदैन । छोरी, श्रीमती, साथीहरूको जिम्मेवारीमा ध्यान दिने, सधैँ सकारात्मक सोच राख्ने पात्रको रूपमा चित्रित छ । आफूजस्ता अयोग्य लडाकु साथीहरूलाई आफैँसँग मिलेर केही गर्न सल्लाह दिने सकारात्मक सोच भएको पात्र हो । आफ्नो भएको १ रोपनी जग्गामा सबै मिलेर तरकारी खेति गरौँ भन्ने जोश भएको एक जाँगरिलो पात्रको रूपमा यस कथानकमा उभिएको छ । पासाङ युद्धकालमा ज्यान पातमा राखेर लड्ने योद्धाको रूपमा चित्रित छ । पासाङ अरू अयोग्य साथीहरूभन्दा गम्भीर र चिन्ताग्रस्त पात्रको रूपमा देखिएको छ । पासाङ त्यही एक रोपनी जग्गामा तरकारी खेती गरेर जीविकोपार्जन गरिरहेको थियो । पछि त्यही जग्गामा अरू साथीहरूले सिर्जनशील कृषि फाराम खोली तरकारी खेती गर्नथाले । यसरी बेरोजगारीले तड्पाइरहेको बेला उनीहरूलाई केही राहत मिलेको छ ।

३.७.४    स्वभावको आधारमा पासाङको चरित्र

स्वभावको आधारमा पासाङ गतिशील पात्र हो । समय परिवेश र परिस्थितिअनुसार ऊ परिवर्तन भएको छ । युद्धमा छँदा ऊ ज्यानको बाजी लगाएर योद्धाको रूपमा लड्यो तर अयोग्य भएपछि फेरि कृषि फाराम खोल्ने सिद्धान्त बनायो । पासाङअरू अयोग्य साथीहरूभन्दा गम्भीर र चिन्ताग्रस्त पात्रको रूपमा देखापरेको छ । पासाङ अयोग्य लडाकु भइसकेपछि बेरोजगारको सिर्जना हुन्छ । ऊसहित उसका साथीहरू पनि रोजगारको खोजीमा तड्पिरहेका छन् । पासाङलाई उसको बुबाले दिएको १ रोपनी जग्गामा तरकारी खेती गरी जीविकोपार्जन गरेको छ । पूर्वछापामारको हकमा अहिलेको जीवन नयाँ थियो । आज दुई हातबाहेक केही थिएन । न पढाइ न सीप र दक्षता । उनीहरूले सिर्जनशील कृषि फाराम सञ्चालन गर्दछन् । सिर्जनशील कृषि फाराम सञ्चालन गर्नमा सबैभन्दा ठूलो भूमिका पासाङको नै रहेको छ । पासाङ प्रस्तुत उपन्यासमा मेहनती पात्रको रूपमा चित्रित छ । पूर्वछापामारको समूहलाई परिवारजस्तै सम्झिने पासाङ यस उपन्यासमा सुरुदेखि अन्त्यसम्म नै बीचबीचमा देखापरेको छ ।

३.७.५    जीवनचेतनाका आधारमा पासाङको चरित्र

जीवनचेतनाका आधारमा पासाङ वर्गीय पात्र हो । पासाङ युद्धकालमा शिवासँग एउटै कम्पनीमा काम गरेको साथी हो । पासाङ युद्धकालमा ज्यानको बाजी लगाएर युद्ध लडेको उत्साही योद्धा हो । पासाङ सहयोगी भावना भएको पात्र हो । शिवा र अन्य साथीहरू अयोग्य भइसकेपछि उनीहरूसँग बाँच्ने आधार केही पनि नभएको बेला पासाङले शिवालाई आफ्नै घरमा बस्न अनुरोध गर्दछ । पासाङ आस्थाको श्रीमान् हो । उसको एक छोरी पनि छ । आस्था पनि अयोग्य लडाकु हो । खुसीले क्यान्टोन्मेन्ट छोड्ने र अयोग्य भएर निस्कने दुवैको समस्या एउटै थियो बेरोजगारी, क्यान्टोन्मेन्टबाट निकालिएपछिका दिनहरू अयोग्यका लागि पीडाजनक थिए । कोही होटल र क्याटरिङमा भाँडा माझेर गुजारा चलाउँदै थिए भने कोही ज्यामी काम गर्दै । पासाङले क्रान्तिकारीलाई विश्वास गथ्र्यो । साथीहरूसँग कुरा गर्ने क्रममा पासाङले भन्छ “एउटा असल माओवादीले लुटमा होइन श्रममा विश्वास गर्नुपर्छ” (पृष्ठ ९९) । पासाङ इमानदारी र मेहनती पात्रको रूपमा चित्रित छ । ऊ गम्भिर र चिन्ताग्रस्त देखिन्छ । उसका साथीहरूमध्ये सबैभन्दा पाको पासाङ नै देखिन्छ ।

केही थ्याप्चो नाक र चिम्सा आँखा ऊ बोल्दा उसको लवज तामाङ टोन आउँथ्यो । हिजो सामूहिक जीवनमा बाँचेको थियो । आज पनि सामूहिकतामा बाँच्न चाहन्थ्यो । उत्पादनका लागि सामूहिक प्रयत्न र श्रमप्रति इमानदार भए मात्र हामी बाँच्न सक्छौँ भन्नेमा सहमत थियो । पार्टीले स्वआर्जनमा बाँच्ने नीति अवलम्बन गरेपछिको चुनौतीलाई कसरी लिने ? उत्पादन र राजनीतिबीचको अन्तरसम्बन्ध कसरी सुमधुर बनाउने ? यस्ता धेरै विषयमा विमर्श र छलफल गरे । पासाङ सबैलाई भलो चिताउने पात्रको रूपमा चित्रित छ । पासाङले समरसिंलाई सम्झाउने क्रममा भन्छ “के के त र’ छ भनेको त यस्तो जोगी कुरा पो रै’छ । गाँठे । हन के भको यति ठूलो कामरेडलाई पनि !सिद्धिने बेलामा अधोमति हुन्छ भन्थे, हैच क्यारे” (पृष्ठ १०२) । यस कथानकबाट पनि बुझ्न सकिन्छ, पासाङ साथीप्रति कति सकारात्मक सोच राख्छ । आफ्नो जीवनको सम्पूर्ण समय नै अन्य मानिसजस्तो दिनचर्यामै बिताउँछ । आफ्नो घर व्यवहार चलाउन, छोरीको रेखदेखमा समय बिताउनु, खेतिपाती गर्नु, आदि कार्यले पासाङ वर्गीय पात्र हो ।

आर्थिक दृष्टिका आधारमा पासाङको स्थिति मध्यम रहेको छ । अयोग्य छापामार भएपछि अन्य साथीहरूको घर, बास केही पनि थिएन । रोजगारीको लागि छटपटाइरहेका थिए तर पासाङको खेती गरेर खाने १ रोपनी जग्गा त थियो । त्यही जग्गामा तरकारी खेती गरेर पासाङले आफ्नो जीविकोपार्जन निर्वाह गरेको छ । यसरी हेर्दा अरू साथीहरूको तुलनामा पासाङको आर्थिक स्थिति ठीकै देखिन्छ । पासाङ उत्पादनमा बढी विश्वास गथ्र्यो । सबै साथीहरूलाई उत्पादनमा लागेर आफ्नो आर्थिक स्थिति सुधार गर्न सल्लाह दिन्छ । पासाङको १ रोपनी जग्गा र थप जग्गामा कृषि फाराम खोल्ने निर्णय गरे । सिर्जनशील कृषि फाराम खोलिसकेपछि काम पनि सुरु गरे । कतापट्टि कुन तरकारी लगाउँदा राम्रो हुन्छ भन्ने पासाङलाई थाहा थियो । पासाङलाई सिर्जनशील कृषि फारामको अध्यक्ष बनाए । उसलाई अध्यक्ष बनाउनको उद्देश्य पनि उसको कामप्रति लगनशीलता र दक्षता थियो । यसरी पासाङ र उसका साथीहरू मिलेर कृषि व्यवसाय गरेपछि उनीहरूमा भएको निराश खुसीमा फर्कन्छ ।

शैक्षिक दृष्टिका आधारमा पासाङ साक्षर पात्र हो । लेखपढको बारेमा कतै उल्लेख नभए पनि उसको व्यवहार, स्वभाव र कामलाई हेर्दा ऊ सामान्य लेखपढ गर्न जानेजस्तो देखिन्छ । सिर्जनशील कृषि फारमको अध्यक्ष हुनु, राजनीतिमा लाग्नु, खेतिपाती गर्न सिकाउनु, साथीहरूसँग गहकिला तर्क गरेको सुन्दा पासाङलाई शिक्षित पात्र भन्न सकिन्छ । कृषि व्यवसायकै लागि पासाङले सहकारीबाट ऋण लिएको हुन्छ । केही समयमा नै व्यवसायबाट आम्दानी गरेर ऋण चुक्ता गर्दछ । यसरी अवलोकन गर्दा पनि पासाङ शिक्षित पात्र हो । राजनैतिक दृष्टिका आधारमा पासाङ सचेत पात्र हो । पहिलेदेखि नै राजनीतिमा लागेर असल लडाकुबन्छ । युद्धमा ज्यानको बाजी लगाएर लड्ने एक कर्मशील योद्धाको रूपमा चित्रित छ । ऊ पढाइ, घरपरिवार सधैँ त्यागेर राजनीतिमा लागेको छ तर बिडम्बना ऊ सहित उसका साथीहरू अयोग्य लडाकु भएर पार्टीबाटनिकालिन्छन् । पार्टीबाट निकालिएपछि केही दिन निराश र अब के गर्ने, न पढाइ छ न त कुनै सीप । सबैजना भौतारिन्छन् । पासाङले कृषि व्यवसाय थालनी गर्छ र सबै साथीहरू मिलेर सिर्जनशील कृषि फारम खोल्छन् । यसरी व्यावसायिक रूपमा तरकारी खेती गरी आफ्नो आर्थिक स्थिति सुदृढ गराउँछन् । उसले समाज, राष्ट्र, राष्ट्रियता र राजनीतिमा चासो राखेको छ । त्यसैले पासाङ सचेत पात्र हो ।

३.७.६    आसन्नताका आधारमा पासाङको चरित्र

आसन्नताका आधारमा पासाङ मञ्चीय पात्र हो । कथानकमा दुवै स्थानमा आएर पासाङले गर्ने कार्यशृङ्खला र केन्द्रीय चरित्र शिवाले गर्ने कार्यहरू एकअर्कामा परिपूरक छन् । सानैदेखि राजनीतिमा लागेको पासाङ जनयुद्धमा एक सफल योद्धाको रूपमा चित्रित छ । शिवा, पासाङ लगायत अन्य साथीहरू अयोग्य लडाकु भएर पार्टीबाट निकालिन्छन् । पार्टीबाट निकालिएपछि सबै निराश बेरोजगारीको भुमरीमा दौडिरहेका हुन्छन् । पासाङ सहयोगी भावनाको व्यक्तिको रूपमा उपन्यासमा चित्रित भएको छ । शिवाको बस्ने बास पनि नहुँदा पासाङले आफ्नो घरमा बस्न आग्रह गरेको छ । पासाङ आफ्नो एक रोपनी जग्गामा कृषि व्यवसाय थालेर जीविकोपार्जन गर्ने आधार बनाउने एक मेहनती र इमानदार पात्रको रूपमा उभिएको छ । उसका साथीहरूमध्ये सबैभन्दा पाको पासाङ नै देखिन्छ । पासाङ हिजो सामूहिक जीवन बाँचेको थियो । आज पनि सामूहिकतामा बाँच्न चाहन्थ्यो । उत्पादनका लागि सामूहिक प्रयत्न र इमानदार भए मात्र हामी बाँच्न सक्छौँ भन्ने मान्यता उसमाथियो ।

३.७.७    आबद्धताका आधारमा पासाङको चरित्र

आबद्धताको आधारमा पासाङ बद्ध पात्र हो । शिवाको साथी र सँगै काम गर्ने भएको नाताले केन्द्रीय चरित्र शिवासँग उसको कथानक बेरिएको छ । पासाङ एक अयोग्य छापामार लडाकु हो । सारा जीवन, उमेर, पढाइ सबै युद्धमै होमे पनि ऊसहित उसका साथीहरू अयोग्य भई निकालिएका छन् । उनीहरूलाई युद्धले सिकाएको अनुशासन, त्याग र लगनशील थियो तर लागू गर्ने ठाउँ कतै थिएन । पासाङले केही समयपछि आफ्नो १ रोपनी जग्गामा तरकारी खेती गरेर जीविकोपार्जन गर्न थाल्दछ । अयोग्य साथीहरूलाई पनि कृषि फारम गरी रोजगारीको बाटो सिर्जना गर्न सल्लाह दिन्छ । यसरी पासाङकै सरसल्लाहमा, सिर्जनशील कृषि फाराम खोल्छन् । पासाङ, इमानदारी, लगनशील र सकारात्मक सोच राख्ने पात्रको रूपमा चित्रित छ । पासाङ उत्पादनमा बढी विश्वास गथ्र्यो ।

निष्कर्षमा पासाङ केन्द्रीय चरित्र शिवासँग कथानकको वरिपरि रहेर कथानकलाई अगाडि बढाउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने कथानकमा उपस्थिति भएकोले ऊ सहायक पात्र हो । पासाङ एक राजनीतिक व्यक्ति हो । ऊ युद्धको बेला ज्यानको बाजी लगाएर लड्ने एक कुशल योद्धा हो । उसले समाज, राष्ट्र र राष्ट्रियतामा चासो राखेको हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म सुधारको चाहना राख्ने, कर्तव्य पूरा गरेको छ । सधैँ अरूको भलो चाहने र कुनै नकारात्मक कार्य नगर्ने भएकोले ऊ प्रवृत्तिको आधारमा अनुकूल चरित्र

हो । जीवनभर फरक किसिमको पेसा र आदतलाई महत्व दिएको हुनाले स्वभावका आधारमा गतिशील पात्र हो । त्यसरी नै केन्द्रीय चरित्र शिवाको कथानकसँग पासाङको कथानक बेरिएर प्रस्तुत भएकाले आबद्धताका आधारमा बद्ध पात्र हो ।

३.८  शिवाको बोसको चरित्र चित्रण

प्रस्तुत पहेँलो घाम उपन्यासमा शिवाको बोस विशाल माछापुच्छ«े डिभाइन मेन पावरको सञ्चालक हो । आफ्नो कार्यालयमा किशोरीलाई भर्ना गथ्र्यो र अफिसमा नै भोग गथ्र्यो । पैसा र यौनमा लिप्त शिवाको केस राक्षसजस्तै थियो । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौनदासी बनाउने भन्ने ध्याउन्नमा हुन्थ्यो । उपन्यासमा बोसका रूपमा प्रयुक्त उक्त पात्रको क्रमश : चित्रण गरिएको छ ।

३.८.१ कार्यका आधारमा शिवाको वोसको चरित्र

कार्यका आधारमा शिवाको बोस सहायक पात्र हो । ऊ माछापुच्छ्रे मेनपावरको सञ्चालक हो । आफ्नो कार्यालयमा किशोरीलाई भर्ना गथ्र्यो र अफिसमा नै भोग गथ्र्यो । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौनदासी बनाउने भन्ने ध्याउन्नमा हुन्थ्यो । उसको आधा दर्जन त श्रीमती नै हुँदाहुन् । प्रत्येकलाई अलग–अलग अपार्टमा राखेकाले एउटीलाई अर्कोबारे थाहा हुँदैनथ्यो । धनले मैमत्त ऊ महिलालाई पैसामा नाच्ने नर्तकी सम्झन्थ्यो । त्यसैले शिवालाई पनि पैसाको बिटो दिएर भोग गर्न चाहन्थ्यो तर शिवाले अस्वीकार गर्दा जबर्जस्ती गर्न खोज्दा आफ्नो हात ठ्याक्कै भाँचिएको थियो । ऊ पहिलोपल्ट आफ्नै अफिसमा त्यो पनि केटीद्वारा पिटिएको पात्र हो ।

३.८.२ लिङ्गका आधारमा शिवाको बोसको चरित्र

लिङ्गका आधारमा शिवाको बोस पुरुष पात्र हो । बोस भन्दाबित्तिकै पुलिङ्ग जनाउने शब्दको रूपमा लिइन्छ । बोस शब्द पुरुषलाई प्रयोग गरिन्छ । शिवाको बोस विशाल माछापुच्छे« डिभाइन मेनपावरको सञ्चालक हो । शिवा पनि त्यही मेनपावरको कर्मचारी हो । शिवाको बोस चरित्रहीन पात्रको रूपमा यस उपन्यासको कथानकमा उपस्थित भएको छ । ऊ कमजोर मुटु भएको नवधनाढ्य हो, जो धमिराले खाएको रूखजस्तै खोक्रो छ । एक दिन बोसले शिवालाई भन्छ “मैले त पहिलोपल्ट देख्दैमा तिम्रो रूप क्षमता जाँचिसकेको छु । तिमीमा त्यो गुण छ जुन सबै नारीमा हुन सक्दैन” (पृष्ठ १३७) । आफ्नो कार्यालयमा किशोरीलाई भर्ना गर्ने र कसरी भोग गर्ने भन्ने मात्र सोच्ने चरित्रहीन पुरुष पात्र हो ।

३.८.३    प्रवृत्तिका आधारमा शिवाको बोसको चरित्र

प्रवृत्तिका आधारमा शिवाको बोस प्रतिकूल पात्र हो । विशाल माछापुच्छे« डिभाइन मेनपावरको सञ्चालक हो । ऊ चरित्रहीन पात्रको रूपमा उपन्यासमा चित्रित छ । मेनपावरमा भर्खरका नारीहरूलाई जागिर लगाइदिने र उनीहरूको यौनमा कसरी लिप्त हुने कुरा मात्र सोच्ने पात्र हो । शिवालाई पनि अरू किशोरीहरूजस्तै भोग गर्नखोज्छ तर शिवाले अस्वीकार गर्छे । बोसलाई सिधै ठाडो जवाफ लगाउँछे । कत्ति केटीको सङ्गत गर्यो । कत्ति केटीलाई यसरी नै फुरुङ्ग पारेर फाइदा लियो तर शिवाजस्तो साहसी केटी कोही थिएन । उसले आधा दर्जनजति त श्रीमती राखेको थियो । यसरी विभिन्न चरित्रहीन कार्यले गर्दा ऊ प्रवृत्तिका आधारमा प्रतिकूल पात्र हो ।

३.८.४    स्वभावका आधारमा शिवाको बोसको चरित्र

स्वभावका आधारमा शिवाको बोस गतिहीन पात्र हो । एउटा मेनपावरको सञ्चालक भएर पनि उसको चरित्र ठीक थिएन । उसको ध्यान किशोरीहरूको सुन्दरता र यौवनमा मात्र हुन्यो । देशविदेश घुमे पनि उसको चरित्रमा परिवर्तन आएको छैन । उसले अन्य किशोरीजस्तै शिवालाई पनि भोग गर्न चाहन्थ्यो । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौनदासी बनाउने ध्याउन्नमा हुन्थ्यो । धनले मैमत्त ऊ महिलालाई पैसामा नाच्ने नर्तकी सम्झन्थ्यो । त्यसैले शिवालाई पनि पैसाको बिटो दिएर भोग गर्न चाहन्थ्यो । बोसले आफ्नो जीवनमाा कुनै परिवेश र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न नसकेकोले ऊ गतिहीन पात्र हो ।

३.८.५    जीवनचेतनाका आधारमा शिवाको बोसको चरित्र

जीवनचेतनाका आधारमा शिवाको बोस व्यक्तिगत पात्र हो । ऊ आफ्नो व्यक्तिगत स्वार्थदेखि ऊ टाढा गएको छैन । आफ्नो स्वार्थ पूरा गर्नका लागि ऊ कलिली केटीहरूलाई आफ्नो कम्पनीमा भर्ना गर्ने र आफ्नो स्वार्थ पूरा गर्नेगर्छ । आफ्नो व्यक्तिगत स्वार्थको लागि उसले जति पनि पैसा खर्च गर्न तयार हुने पात्रको रूपमा चित्रित छ । उसले आधा दर्जनजति श्रीमती बिहे गरी छुट्टाछुट्टै अपार्टमा राखेको छ । ऊ कसरी पैसा कमाउने कलिली केटीलाई यौनदासी बनाउने भन्ने मात्र ध्याउन्नमा हुन्छ । यसरी हेर्दा ऊ आफ्नो मात्र स्वार्थ पूरा गर्ने ब्यक्तिगत पात्र हो ।

शैक्षिक दृष्टिले शिवाको बोस शिक्षित पात्र हो । शिक्षित भएर नै विशाल माछापुच्छे« डिभाइन मेनपावरको सञ्चालक भएको छ । ऊ बैठकमा सहभागी हुनको लागि विभिन्न देशमा जान्छ । शिक्षित भए पनि उसको व्यवहार एक अनपढ र अशिक्षित व्यक्तिको भन्दा पनि पतन भएको छ । पैसा र यौनमा शिवाको बोस राक्षसजस्तै थियो । धनले मैमत्त ऊ प्रत्येक दिन नयाँ परिको खोजीमा हिँड्थ्यो । उसले शिवालाई पनि बैठकको लागि दुबई सँगै लग्ने प्रस्ताव राख्दै भन्छ “बधाइँ छ, अन्तर्राष्ट्रिय मिटिङमा पीएले मौका पाएको पहिलो पल्ट हो । भाग्यमानी रहेछौ । पासपोर्ट कार्यकारीलाई बुझाउनू” (पृष्ठ १५३) । यस कथानकले पनि के बुझाउँछ भने शिवाको बोस शिक्षित भएर पनि पशुत्वको जस्तो व्यवहार देखाउने पात्रको रूपमा चित्रित छ ।

उसले आधा दर्जनजति श्रीमती राखेको थियो, तैपनि आफ्नो कार्यालयका महिला कर्मचारीलाई भोग गर्न लालायित हुने पात्रको रूपमा चित्रित छ । शिवा उसको कर्मचारी हो । शिवालाई पनि उसले फसाउनको लागि पैसा दिँदै भन्छ “ल लेऊ । कति चाहिन्छ लेऊ । तर मेरो हृदयको आगो निभाऊ” (पृष्ठ १५५) । अब भने बोसमा भएको पशुत्व उद्घाटित भयो । उसले अन्तिम प्रयासस्वरूप पैसाको सहारा लिँदै थियो । शिवाले त्यो पैसामा विदेशीने युवाको आँसुको गन्ध आएझैँ लाग्यो । जसमा पसिनाको सुगन्ध मिसिएको थियो । हेर्दाहेर्दै कफिनमा बन्द नेपाली युवाको नीलो अनुहार सम्झी तर पनि उसले शिवालाई जबरजस्ति गर्दा शिवाले हात नै भाँचिदिई । यसरी शिवाको बोस एक चरित्रहीन पात्रको रूपमा यस उपन्यासमा चित्रित भएको छ ।

३.८.६    आसन्नताका आधारमा शिवाको बोसको चरित्र

आसन्नताका आधारमा शिवाको बोस मञ्चीय पात्र हो । उसले कथानकमा आफैँ उभिएर संवाद गरेको छ । उपन्यासमा शिवाको बोस माछापुच्छे« डिभाइन मेनपावरको सञ्चालक हो । चिल्लो घस्न सिपालु शिवाको बोस प्रत्येक दिन नयाँ–नयाँ परीको खोजीमा हिँड्थ्यो । पैसा र यौनमा लिप्त शिवाको बोस राक्षसजस्तै थियो । ऊ पहिलो पल्ट आफ्नै अफिसमा काम गर्ने त्यो पनि एउटा केटीद्वारा पिटिएको पात्र हो ।

३.८.७    आबद्धताका आधारमा शिवाको बोसको चरित्र

आबद्धताका आधारमा शिवाको बोस बद्ध पात्र हो । शिवाको बोस र बोसकै कम्पनीमा काम गर्ने भएको नाताले केन्द्रीय चरित्र शिवासँग उसको कथानक बेरिएर आएको छ । शिवाको बोस उपन्यासमा एक चरित्रहीन पात्रको रूपमा चित्रित छ । शिवाको बोसले कथानकलाई गतिशीलता दिएको छ । उसको कथानक अलग गराउँदा उपन्यास पूर्ण हुँदैन । शिवाको बोसको अनुपस्थितिमा कथानकको संरचना अगाडि बढ्न नसक्ने भएकोले शिवाको बोस बद्ध पात्र हो । केन्द्रीय चरित्र शिवासँगै एक अर्कामा कथानक बेरिएकोले नै शिवाकोे बोस बद्ध पात्र हो भनी पुष्टि गर्न सकिन्छ ।

निष्कर्षमा शिवाको बोस कार्यका आधारमा सहायक पात्र हो । कथानक विकासमा धेरै स्थानमा उसको उपस्थिति रहेको छ । शिवाको बोस भन्ने बित्तिकै ऊ पुरुष पात्र हो । आफ्नो सम्पूर्ण जीवन यौन र पैसामा व्यतीत गर्ने पात्रको रूपमा चित्रित छ । आफ्नो स्वभाव र सिद्धान्तलाई परिवर्तन नगरेको कारणले ऊ गतिहीन पात्र हो । सिङ्गो वर्ग, समाजको लागि नभई आफ्नो स्वार्थ मात्र पूरा गरेको कारण ऊ व्यक्तिगत पात्र हो । उपन्यासमा उपस्थिति राम्रै भएकाले उसले कथानक विकासमा राम्रै भूमिका खेल्न सकेको छ । त्यसैले ऊ आबद्धताका आधारमा बद्ध पात्र हो ।

३.९  रामकृष्णको चरित्र चित्रण

रामकृष्ण प्रस्तुत पहेँलो घाम उपन्यासमा सहायक पात्र हो । रामकृष्ण उपन्यासमा हाइस्कुल मास्टर बताउने कुरौटे स्वभावको पात्रको रूपमा चित्रित छ । चिसोमा पनि हाफ ज्याकेट लगाएर हिँड्ने रामकृष्णको अनुहारबाट शिक्षक कम जँड्याहा बढी देखिन्थ्यो । रामकृष्णले शिवाको कथाको पहिलो भाग भनेको थियो । उपन्यासमा वक्ताका रूपमा उपस्थित रामकृष्णको चरित्र क्रमश : चित्रण गरिएको छ।

३.९.१ कार्यको आधारमा रामकृष्णको चरित्र

कार्यको आधारमा रामकृष्ण सहायक पात्र हो । रामकृष्ण उपन्यासमा हाइस्कुल मास्टर बताउने कुरौटे स्वभावको पात्रको रूपमा चित्रित छ । चिसोमा पनि हाफ ज्याकेट लगाएर हिँड्ने रामकृष्णको अनुहारबाट शिक्षक कम जँड्याहा बढी देखिन्थ्यो । रामकृष्णले शिवाको कथाको पहिलो भाग भनेको थियो । करिब आठ वर्षअघिको घटना सोहन र सविनलाई सविस्तार वर्णन गर्दैजाँदा रामकृष्ण आफू पनि भावुक बन्दैगएको पात्र हो । रामकृृष्ण प्रस्तुत उपन्यासको एउटा खण्डमा मात्र देखा परेको छ । रामकृष्णलाई शिवाको बारेमा सबै थाहा थियो । सविन र सोहनसँग कुरा गर्ने क्रममा भन्छ“छन त छन् नि । भएर के गर्ने, त्यो पनि के छन् भन्नु खै ! सबै मारिए युद्धमा । माइतीमा बसेकी छे । माइती पनि भन्ने मात्र न हो । सबै बाहिर छन् । घरमा भएकी विचरी बुढी आमाले के गर्ने तिनै छिन धन्न बाँचेकी छे”(पृष्ठ २७) । यसरी रामकृष्णले शिवाको आमाको बारेमा सोहन र सविनलाई भन्छ ।

३.९.२    लिङ्गका आधारमा रामकृष्णको चरित्र

लिङ्गका आधारमा रामकृष्ण पुरुष पात्र हो । रामकृष्ण भन्नासाथ पुरुषलाई मात्र ल्याउन सकिन्छ । उपनयासमा रामकृष्ण शब्द प्रयोगमा आएको हुनाले ऊ पुरुष पात्र हो । रामकृष्ण नाम स्त्री जातिका लागि प्रयोगमा ल्याउन सकिँदैन । रामकृष्ण शिवाको बारेमा पहिलो भागको कथा भन्ने पात्रको रूपमा उपन्यासमा चित्रित छ । उसले शिवाको बारेमा सोहन र सविनलाई सुनाउँदै गर्दा भन्छ“कम्ताको कुरो होइन नि सर । अठार वर्षकी केटी त्यसरी लड्ने, एक दर्जन सैनिक सिध्याउने भनेको चानचुने कुरा हो र ? अझ क्याप्टेनसहित” (पृष्ठ २८) । यति सुन्दा सोहन र सविनलाई धेरै पहिले हराएको वस्तु फेला परेजस्तो भयो ।

३.९.३    प्रवृत्तिका आधारमा रामकृष्णको चरित्र

प्रवृत्तिका आधारमा रामकृष्ण अनुकूल पात्र हो । रामकृष्ण उपन्यासमा हाइस्कुलकोे मास्टरको रूपमा चित्रित छ । ऊ अलि बढी रक्सी पिउने र कुरौटे स्वभावको छ । रामकृष्णले सोहन र सविनलाई करिब आठ वर्षपहिलेको घटना बताउँदा भावुक हुने पात्र हो । उसले शिवाको पहिलो भागको कथा भनेको हुन्छ । उसले कतै नकारात्मक कार्य गरेको छैन । त्यसैले रामकृष्ण अनुकूल पात्र हो ।

३.९.४    स्वभावका आधारमा रामकृष्णको चरित्र

स्वभावका आधारमा रामकृष्ण गतिहीन पात्र हो । रामकृष्ण हाइस्कूलको शिक्षक भएर नि ऊ जँड्याहा र कुरौटै स्वभावको छ । ऊ शिवाको बारेमा कथा भन्ने पात्रको रूपमा कथानकमा चित्रित छ । रामकृष्णले युद्धको बेला आफूले र गाउँले भोगेका दुःख व्यथाहरू सुनाउँदै भन्छ “भात ख्वाइस् भनेर मजस्तो प्रजातन्त्रवादीलाई त भकुर्नसम्म भकुर्यो । भात ख्वाए पनि पिटाइ, नख्वाए पनि पिटाइ । कम्ता समस्या थियो र गाउँमा ?” (पृष्ठ ३५) । युद्धको बेलामा गाउँलेले भोगेका समस्याहरू एकदमै दर्दनाक र दुःखदायी थिए । त्यतिखेर बन्दुक नै कानुन थियो । यसरी रामकृष्ण शिक्षक भएर पनि आफूलाई समयअनुसार परिवर्तन नगरेकाले ऊ गतिहीन पात्र हो ।

३.९.५    जीवनचेतनाका आधारमा रामकृष्णको चरित्र

जीवनचेतनाको आधारमा रामकृष्ण वर्गीय पात्र हो । घर गृहस्थी चलाएर संयुक्त परिवारको जिम्मेवारी सम्हाल्छ । आफ्नै खेतिबारीको काम र शिक्षक पेसामा व्यस्त रहेको छ । व्यक्तिगत इच्छा र आकांक्षालाई महत्व नदिई वर्गीय कार्यको जिम्मेवारी पूरा गर्दछ । समाजका अन्य मानिसको जस्तै शैलीले जीवन व्यतीत गरेको हुनाले ऊ वर्गीय पात्र हो । शैक्षिक दृष्टिले रामकृष्ण शिक्षित पात्र हो । उसको परिवार शिक्षित परिवार छ । रामकृष्ण हाइस्कूलको शिक्षक हो । शिक्षक भएर पनि उसले रक्सी खान छोडेको छैन । हाइस्कूलको शिक्षक भएको हुनाले उसलाई शिक्षक भन्न सकिन्छ ।

राजनीतिक दृष्टिले रामकृष्ण सचेत पात्र हो । शिक्षक भएर जीवनयापन गरे पनि ऊ राजनीतितर्फ पनि चासो राखेको हुन्छ । ऊ प्रजातन्त्रवादी हो । उसले प्रजातन्त्रलाई विश्वास गर्छ । रामकृष्णले राजाको समर्थन गर्दछ । सोहन र सविनसँग गफ गर्ने क्रममा रामकृष्णले भन्छ “त्यतिखेर किन हुनपर्यो माओवादी ? भात ख्वाइस् भनेर मजस्तो प्रजातन्त्रवादीलाई त भकुर्नसम्म भकुर्यो । भात ख्वाए पनि पिटाइ नख्वाएपनि पिटाइ कम्ता समस्या थियो र गाउँमा?” (पृष्ठ ३५) । यस कथानकबाट पनि रामकृष्ण प्रजातन्त्रवादी र सचेत पात्र हो भनी पुष्टि हुन्छ ।

जातीय आधारमा रामकृष्ण बाहुन हो । उपन्यासमा थरको पुष्टि नगरे पनि उसको पहिलो नामबाटै थाहा हुन्छ ऊ बाहुन हो । उसको साथी दोर्जेले उसलाई बारम्बार बाहुन काठा भनेर भनिरहेको हुन्छ । यसरी पनि ऊ बाहुन जातिको हो भनी पुष्टि हुन्छ । सविन र सोहनसँगै गफ गरिरहेको बेला दोर्जेले भनछ “हाँ नाजा तिमी बाहुन काठा मात्र नेता हुने ता सधैँभरि ? (पृष्ठ २८) । यस कथानकले पनि रामकृष्ण बाहुन हो भनी पुष्टि गर्दछ ।

३.९.६    आसन्नताका आधारमा रामकृष्णको चरित्र

आसन्नताका आधारमा रामकृष्ण मञ्चीय पात्र हो । उसले कथानकमा आफैँ उभिएर संवाद गरेको छ । ऊ हाइस्कूलको शिक्षक हो । उपन्यासमा उसले करिब आठ वर्षपहिलेको शिवाको कथा सविन रसो हनलाई सुनाएको छ । यो कथा सुनाउँदा ऊ आफैँ भावुक हुने पात्रको रूपमा चित्रित छ । रामकृष्ण प्रजातन्त्रवादी पनि हो । ऊ आफैँले आफ्नो बारेमा भन्न पाएको । त्यसैले रामकृष्ण मञ्चीय पात्र हो ।

३.९.७    आबद्धताका आधारमा रामकृष्णको चरित्र

आबद्धताका आधारमा रामकृष्ण बद्ध पात्र हो । रामकृष्ण केन्द्रीय चरित्र शिवासँगै कथानकमा बेरिएर आएको छ । रामकृष्ण एक शिक्षित पात्र हो । उसले करिब आठ वर्षअघिको कथा सविन र सोहनलाई भनेको छ । ऊ हाइस्कुलको शिक्षक पनि हो । रामकृष्णले कथानकलाई गतिशीलता दिएको छ । उसको कथानक अलग गराउँदा उपन्यास पूर्ण हुँदैन । रामकृष्णको उपस्थितिविना कथा अघि बढ्न नसक्ने भएकाले रामकृष्ण बद्ध पात्र हो ।

निष्कर्षमा रामकृष्ण सहायक पात्रका रूपमा कथानकमा उभ्याइएको छ । कथानकमा कम उपस्थिति उसको उपस्थिति अतुलनीय छ र कथानकलाई गति दिएको छ । त्यसैले ऊ बद्ध पात्र हो । रामकृष्ण लिङ्गको आधारमा पुरुष पात्र हो । रामकृष्ण र शिक्षक शब्द स्त्री जातिमा प्रयोग नहुने भएकाले ऊ लिङ्गका आधारमा पुरुष पात्र हो । उसले समाजमा बसेर कुनै नकारात्मक काम नगरेको हुनाले ऊ अनुकूल पात्र हो । आफ्नै घर व्यवहार र पेसामा व्यस्त रहने भएकाले उसले आफूलाई परिवर्तन गर्नसकेको छैन । त्यसैले स्वभावको आधारमा गतिहीन पात्र हो । जीवनचेतनाको आधारमा रामकृष्ण वर्गीय पात्र हो । व्यक्तिगत इच्छा र आकाङ्क्षालाई महत्व नदिई वर्गीय कार्यको जिम्मेवारी पूरा गर्दछ । राजनैतिक दृष्टिमा ऊ सचेत पात्र हो । आबद्धताका आधारमा ऊ बद्ध पात्र हो । केन्द्रीय चरित्र शिवासँग कथानकमा बेरिएर आएको हुनाले ऊ बद्ध पात्र हो ।

३.१० ताराको चरित्र चित्रण

तारा पहेँलो घाम उपन्यासको गौण पात्र हो । ताराजस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रकृयापछि दोलखाको पल्लो पाखोमा कटेरोमा पसल सञ्चालन गरेर जीविका चलाउँदै आएकी छन् । पार्टीमा लाग्दा भाइस कमाण्डर, डम्बर गुरुङ्की नातिनी तारा आदर्शको जीवनसंगिनी हो । उसको चरित्रलाई यहाँ क्रमश बिश्लेषण गरिएको छ ।

३.१०.१    कार्यका आधारमा ताराको चरित्र

कार्यको आधारमा तारा गौण पात्र हो । ताराजस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रक्रियापछि दोलखाको पल्लो पाखोमा सानो कटेरोमा चिया नास्ताको पसल सञ्चालन गरेर जीविका चलाउँदै आएको पात्रको रूपमा चित्रित छे । पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर, डम्बर गुरुङ्की नातिनी तारा आदर्शको जीवनसङ्गिनी हो । शिवाको दोस्रो भागको कथा ताराले नै सोहनलाई सुनाएकी छे । शिवा एक वर्षजति तारासँगै बसेकोले शिवाको बारेमा बताउन सजिलो भएको थियो । व्यङ्ग्य गर्न सिपालु ताराको लवज बटालियन भीसीको जस्तो थियो । गोलो र गोरो अनुहारकी ताराको नाम युद्धमा प्रतिभा थियो । कथानकमा ताराको भूमिका सक्रिय र महत्वपूर्ण छ ।

३.१०.२ लिङ्गका आधारमा ताराको चरित्र

लिङ्गका आधारमा तारा स्त्री पात्र हो । डम्बर गुरुङ्की नातिनी र आदर्शको जीवनसङगिनी यिनै शब्दले पनि तारा स्त्री लिङ्ग हो भन्न सकिन्छ । तारा र उनको श्रीमान् पनि बेरोजगार भएका छन् । पार्टी योजनाविहीन भएपछि पार्टीको काम ठप्प थियो । परिवार पाल्न मुस्किल भएपछि सरकारी विद्यालयछेउको कटेरोमा चियानास्ताको व्यापार गरेकी थिई । तारा बटालियन कमाण्डर थिई । नपढे पनि ताराले गहकिलो र दार्शनिक कुरा गर्न जानेकी

छे । सोहन र सविनसँग कुरा गर्ने क्रममा आदर्शले भन्छ “त्यसै बटालियन भाइस कमाण्डर भइन होला त । त्यसमा पनि डम्बर गुरुङ्की नातिनी पो हो त गाँठे” (पृष्ठ ४०) । यसरी तारा एक आदर्श नारीको पात्रको रूपमा उपन्यासमा चित्रित छे ।

३.१०.३   प्रवृत्तिको आधारमा ताराको चरित्र

प्रवृत्तिको आधारमा तारा अनुकूल पात्र हो । ताराजस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रकृयापछि दोलखाको पल्लो पाखोमा सानो कटेरोमा चिया नास्ताको पसल सञ्चालन गरेर जीविका चलाउँदै आएको पात्रको रूपमा देखा परेकी छ । शिवाको दोस्रो भागको कथा ताराले नै सोहनलाई सुनाएकी छे । तारा युद्धको बेला राम्रै लड्ने लडाकु हो । सविनले तारालाई त्यत्रो लडाईं लडेको मान्छे अहिले यसरी बस्दा दिक्दार लाग्दैन ? भनेर सोद्धा ताराले भन्छे “लाग्छ नि बाबु ! हिजो युद्धमा हुँदा कस्ता सपना देखियो ? आज होटलमा जुठा गिलास माझ्नु परेको छ । सम्झँदा त मन कटक्क खान्छ तर खाएर के गर्ने ?” (पृष्ठ ४०) । यसरी पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर भएकी तर अहिले अयोग्य, बेरोजगारी भएर बस्दा चिन्तित देखिन्छे । थोरै स्थानमा उपस्थिति भएर पनि उसले गरेका कार्यहरू सबै राम्रा भएकाले ऊ अनुकूल पात्र हो ।

३.१०.४   स्वभावका आधारमा ताराको चरित्र

स्वभावका आधारमा तारा गतिशील पात्र हो । युद्धको बेला असल योद्धाको रूपमा चित्रित छे । पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर हुन्छे । चम्किलो अनुहार भएकी तारा शान्ति प्रकृयापछि दोलखाको पल्लोपट्टि सानो कटेरोमा होटल सञ्चालन गरेर जीविका चलाउँदै आएकी छे । उसको श्रीमान् पनि पार्टीमा लागेको थियो । ताराको परिवार करिब एक वर्षदेखि यही कटेरोमा बस्दैआएका छन् । पार्टी योजनाविहीन भएपछि पार्टीको काम ठप्प थियो । तारा बेरोजगार भई । ज्यान पाल्न पनि मुस्किल भएपछि उसले सरकारी स्कूलको नजिक चिया नास्ताको पसल खोलेकी थिई । शिवाको दोस्रो भागको कथा शिवाले नै सोहन र सविनलाई सुनाएकी थिई । पहिले भाइस कमाण्डर भए पनि अहिले पसल खोलेर जीविकोपार्जन गरेकी

छे । त्यसैले तारा समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्षम भएकाले तारा गतिशील पात्र हो ।

३.१०.५   जीवन चेतनाका आधारमा ताराको चरित्र

जीवनचेतनाका आधारमा तारा वर्गीय पात्र हो । ताराजस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रकृयापछि दोलखाको पल्लो पाखोमा सानो कटेरोमा पसल सञ्चालन गरेर जीविका चलाउँदै आएको पात्रको रूपमा देखा परेकी छे । शिवा तारासँग एक वर्ष सँगै बसेकाले शिवाको बारेमा सबै थाहा थियो । त्यसैले शिवाको दोस्रो भागको कथा ताराले सोहन र सविनलाई सुनाएकी छे । तारा पार्टीमा हुँदा बटालियन कमाण्डर भएकी थिई । व्यङ्ग्य गर्न सिपालु छे ।  व्यङ्ग्य गर्न सिपालु ताराको लवज बटालियन भीसिको जस्तै थियो ।

राजनैतिक आधारमा तारा सचेत पात्र हो । तारा र आदर्श श्रीमान् श्रीमती हुन् । यिनी दुवै जना युद्धको बेलामा जनता र देशको लागि लडेका थिए । युद्धको बेलामा लड्दा ताराको श्रीमान्ले हातसमेत गुमाएको थियो । तर पार्टी योजनाविहीन भएपछि पार्टीको काम ठप्प थियो । तारा बेरोजगार भई । ज्यान पाल्न पनि मुस्किल भएपछि उसले सरकारी विद्यालयको छेउको कटेरोमा चिया नास्ताको व्यापार गरेकी छे । पार्टीमा लागेपछि धेरै सपना बोकेकी थिई । तर आज त्यो सपना उफानजस्तै भएको छ । पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर भएकी थिई । गोलो र गोरो अनुहारकी ताराको नाम युद्धमा प्रतिभा थियो । त्यसैले तारा राजनीतिक आधारमा सचेत पात्र हो ।

जातीय आधारमा तारा गुरुङ जातकी पात्र हो । उसको थर उपन्यासमा उल्लेख नभए पनि डम्बर गुरुङकी नातिनी भनी कथानकमा भनेको छ । आफू गुरुङ भए पनि ताराले दलित जातसँग विवाह गरेकी छे । उसको श्रीमान् आदर्श दलित हो । दलितै भए पनि उसको परिवार खानपुग्ने जायजेथा थियो । पार्टीमा लागेपछि भताभुङ्ग भयो । तारा गुरुङ जातजस्तै मोटीघाटी र राताराता गाला भएकी पात्रका रूपमा चित्रित छे ।

३.१०.६    आसन्नताका आधारमा ताराको चरित्र

आसन्नताका आधारमा तारा मञ्चीय पात्र हो । कथानकमा ताराले आफैँ उभिएर संवाद गरेकी छे । घटनाको शृङ्खलालाई आफ्नै शब्दमा प्रस्तुत गर्नपाएकी छे । उसको भूमिका सहायक भएको छ । उसकै भूमिकाले शिवासँगै सम्बद्ध कथानक गतिशील भएकाले तारा मञ्चीय पात्र हो ।

३.१०.७   आबद्धताका आधारमा ताराको चरित्र

आबद्धताका आधारमा तारा बद्ध पात्र हो । केन्द्रीय चरित्र शिवाको कथानकसँग कम स्थानमा उपस्थित भएकी छे । लामो कथानकसँग तारा प्रस्तुत हुनसकेकी छैन । पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर र शिवाको दोस्रो भागको कथा सविन र सोहनलाई बताएको घटनाले उपन्यासको कथानकले गति पाएको छ । त्यसैले कथानकमा उसको कार्यशृङ्खलाले थप कथानकको गति लिएको छ । छोटो समयका लागि भए पनि ऊ शिवासँग सम्बद्ध छे । तसर्थ ऊ बद्ध पात्र हो ।

निष्कर्षमा तारा थोरै कथानकमा आएकी हुनाले गौण पात्र हो । डम्बर गुरुङ्की नातिनी, आदर्शको जीवनसङ्गीनी भएकीले ऊ स्त्री पात्र हो । शिवाको दोस्रो भागको कथा ताराले भनेकी छे । कथानकमा क्षणिक उपस्थिति भए पनि उसले कुनै नकारात्मक व्यवहार गरेकी छैन । त्यसैले ऊ अनुकूल चरित्रकी पात्र हो । समय र परिस्थितिलाई बुझेर परिवर्तनशील हुने भएकाले ऊ गतिशील पात्र हो । तारा सचेत पात्र हो । ताराले शान्ति प्रकृया भएपछि जीविकोपार्जनको लागि होटल खोलेकी छे । ऊ डम्बर गुरुङकी नातिनी भएकाले ऊ गुरुङ थरकी पात्र हो । उसको उपस्थितिले गर्दा कथानकले गति पाएको हुनाले ऊ बद्ध पात्र हो ।

३.११ माओवादी भाइको चरित्र चित्रण

प्रस्तुत पहेँलो घाम उपन्यासमा माओवादी भाइ गौण पात्र हो । ऊ पुरुष पात्रको रूपमा चित्रित छ । माओवादी भाइ नपढेको पात्र हो । पढ्ने बेलामा जङ्गल पसेको, पुरानो र मैलो ज्याकेट लगाएको, खुट्टामा टालेको जुत्ता, लट्टा परेको परेको कपाल, थेप्चो नाक, गहुँगोरो अनुहारको छ । पात्र विश्लेषणका क्रममा माओवादी भाइको चारित्रिक विश्लेषण क्रमशः गरिन्छ।

३.११.१    कार्यका आधारमा माओवादी भाइको चरित्र

माओवादी भाइ गौण पात्र हो । भाइ नपढेको, पढ्ने बेलामा जङ्गल पसेको पात्रको रूपमा कथानकमा चित्रित छ । मैलो ज्याकेट, खुट्टामा टालेको जुत्ता, लट्टा परेको कपाल, थेप्चो नाक र गहुँगोरो अनुहारको छ । फरासिलो र मायालु केटो माओवादी भाइ सोहनको गाइड

हो । उसकै सहयोगमा सोहनले सुन्द्रावती, लपिलाङ र कालिन्चोक, डुसीखर्क, नुमथली घुमेको थियो । आफूले खोजेको मान्छेलाई नभेटे पछि सोहनले त्यो माओवादी भाइलाइ नै खोजीको जिम्मा लगाएको थियो । कथानकमा कम स्थानमा आएको हुनाले माओवादी भाइ गौण पात्र

हो ।

३.११.२    लिङ्गका आधारमा माओवादी भाइको चरित्र

लिङ्गका आधारमा माओवादी भाइ पुरुष पात्र हो । भाइ भन्नासाथ पुरुष वा पुलिङ्गलाई जनाँछ । भाइ शब्द स्त्रीको लागि प्रयोगमा ल्याउन सकिँदैन । त्यसैले माओवादी भाइ पुरुष पात्र हो ।

३.११.३    प्रवृत्तिका आधारमा माओवादी भाइको चरित्र

प्रवृत्तिका आधारमा माओवादी भाइ अनुकूल पात्र हो । माओवादी भाइले कथानकमा कुने नकारात्मक कार्य गरेको भेटिँदैन । माओवादी भाइ सोहनको गाइड हो । उसैको सहयोगमा सोहनले सुन्द्रावती, लपिलाङ र कालिन्चोक, नुमथली आदि ठाउँमा घुमेको थियो । माओवादी भाइ जति समय उपन्यासको कथानकमा उपस्थित भएको छ, उसले सकारात्मक कार्य गरेको छ । त्यसैका आधारमा ऊ अनुकूल पात्र हो ।

३.११.४    स्वभावका आधारमा माओवादी भाइको चरित्र

स्वभावका आधारमा माओवादी भाइ गतिशील पात्र हो । माओवादी भाइ सोहनको गाइड भएर विभिन्न ठाउँमा घुमाएको छ । सोहनले आफ्नो परिवारलाई खोज्नको लागि माओवादी भाइलाई भनेको छ र माओवादी भाइले नै सोहनको हजुरबुबा, हजुरआमालाई भेटाएको छ । जनयुद्धको बेला पढाइ छोडेर माओवादीमा लाग्यो । पछि शान्ति सम्झौता भएपछि ऊ बेरोजगार भयो । सोहनसँग गफ गर्दा उसले भन्छ “बेरोजगार मान्छेले के गर्ने, जे पनि गर्छु, पाए भारी बोक्छु, दाउरा काट्छु, हलो जोत्छु” (पृष्ठ २०९) । माओवादी भाइले आफू बेरोजगार भएको व्यथा सोहनलाई सुनाउँछ । उसले आफ्नो स्वभाव र सिद्धान्तलाई परिवर्तन गरेको हुनाले माओवादी भाइ स्वभावका आधारमा गतिशील पात्र हो ।

३.११.५   जीवन चेतनाको आधारमा माओवादी भाइको चरित्र

जीवन चेतनाका आधारमा माओवादी भाइ वर्गीय पात्र हो । माओवादी भाइ पढ्दा पढ्दै जङ्गल पसेको पात्र हो । अहिले बेरोजगार भएर बसेको माओवादी हो । मैलो ज्याकेट, खुट्टामा टालेको जुत्ता, लट्टा परेको कपाल, थेप्चो नाक र गहुँगोरो अनुहारको माओवादी भाइले गरिबीको चित्रण गरेको थियो । माओवादी भाइले सोहनलाई विभिन्न ठाउँमा घुमाएको छ । उसले सोहनसँग भन्छ“अहिले सबै माओवादी सहर गए, केही मलेसिया गए । केही अरब गए । हामी केही नहुने मात्र यतै हल्लिएका छौँ” (पृष्ठ २०९) । यस कथानकले पनि माओवादी भाइ गरिब हो । ऊ बेरोजगार छ भन्ने पुष्टि हुन्छ । राजनैतिक आधारमा माओवादी भाइ सचेत मात्र हो । ऊ सानैदेखि माओवादीमा लाग्यो । जनयुद्धको बेला पढ्दा पढ्दै ऊ जङ्गल पस्यो । शान्ति सम्झौता भएपछि उनीहरू बेरोजगार बसेका छन् । अयोग्य भएपछिको पीडा माओवादी भाइबाट कथानकमा देखाउन खोजिएको छ ।

३.११.६    आसन्नताका आधारमा माओवादी भाइ

आसन्नताका आधारमा माओवादी भाइ मञ्चीय पात्र हो । माओवादी भाइ उपन्यासमा आफैँ उपस्थित भएर लामो समयसम्म संवाद गर्नपाएको छैन । न्यून स्थानमा उपस्थित भए पनि उसले महत्वपूर्ण कार्य गरेको छ । उसले सोहनलाई विभिन्न ठाउँमा घुमाएको छ । सोहनको परिवारसँग भेट गराइदिएको छ । त्यसैले कम स्थान भए पनि महत्वपूर्ण सहयोग गरेको हुनाले माओवादी भाइ मञ्चीय पात्र हो ।

३.११.७   आबद्धताका आधारमा माओवादी भाइ

आबद्धताका आधारमा माओवादी भाइ बद्ध पात्र हो । केन्द्रीय चरित्र सोहनसँगको कथानकसँग माओवादी भाइको कथानकसँग सम्बन्ध निकट छ । माओवादी भाइको कथानकको गति प्राप्त गर्न नसके पनि सोहनको समस्या हल गरेको छ । माओवादी भाइलाई अलग गराउने हो भने केन्द्रीय कथानकले गति प्राप्त गर्न सक्दैन । यसरी महत्वपूर्ण सूचना प्रवाह गर्न उपस्थिति भएकाले माओवादी भाइ बद्ध पात्र हो ।

निष्कर्षमा माओवादी भाइ कथानकमा कम स्थानमा उपस्थित भएको छ । उसको कथानकको गति लिन नसकेका कारण ऊ गौण पात्र हो । माओवादी भाइ पुरुष पात्र हो । उसका सम्पूर्ण कार्यहरू अनुकूल भएकाले ऊ अनुकूल चरित्रको पात्र हो । महत्वपूर्ण जानकारी लिएर केन्द्रीय कथानकलाई नै गतिशील सहयोगी भूमिका खेलेको हुनाले ऊ बद्ध पात्र हो ।

३.१२ अन्य पात्रहरू

पहेँलो घाम उपन्यासका अन्य पात्रहरूमा सविन, दोर्जे, शिवाकी आमा, रामबहादुर, जमदार, क्याप्टेन, सिपाहीहरू, शिवाकी हजुरआमा रहेका छन् । शिवाकी हजुरआमा यस उपन्यासमा कार्यका आधारमा गौण पात्र हुन् । उनले आफू मरेर भए पनि शिवालाई बँचाएकी छिन् । प्रवृत्तिका आधारमा उनी अनुकूल पात्र हुन् । नातिनीलाई भगाएर आफू मर्नसमेत तयार भएकी पात्र हुन् ।

सोहनको साथी सविन पनि यस उपन्यासको गौण पात्र हो । ऊ सोहनको असल साथी हो । सविन नेपालमा भएर नै सोहन नेपाल आएको हुन्छ । सविनले शिवाको कथा खोज्न कालिन्चोकतिर गएर सहयोग गरेको हुन्छ । कथानकमा ऊ पुरुष पात्रको रूपमा चित्रित छ । आस्था, बिगुल, दीपिका, सागर, विकल्प, धनवीर राई, यिनीहरू शिवाका साथीहरू हुन् । अयोग्य लडाकु भएपछि बेरोजगार भएका निराश र चिन्तित पात्रको रूपमा चित्रित छन् । अयोग्य भए पनि सामूहिक कृषि गरेर आफू योग्य भएका छन् । कार्यका आधारमा सबै गौण पात्र हुन् । प्रवृत्तिको आधारमा अनुकूल पात्र हुन् ।

हाल भूगोलको राजनीतिमा खुम्चिएको ब्रिगेड कमाण्डर बलिदान शिवालाई आफ्नै छोरीजस्तो लाग्छ । उसले नै डोल्मालाई शिवा बनाएको हो । कमाण्डर बलिदान युद्धमा दुवै छोराछोरी गुमाएको इमानदार नेताका रूपमा चित्रित छ । उपन्यासमा जितवीर सुकिलो र खाइलाग्दो कुनै समयको डिभिजन कमाण्डर हो । ऊ शान्ति प्रकृयापछि सहर पसेको र सहर पस्नेबित्तिकै राज्यकोे उपल्लो तहमा पुग्न सफल भएको व्यक्तिको रूपमा चित्रित छ ।

एउटै ब्रिगेडमा काम गरेकी सिर्जना विक आफ्नो श्रीमान्ले छोडेपछि एक्लै बेसहारा भएकी पात्रका रूपमा चित्रित छे भने अञ्जना श्रृङ्गारपटार र फेसनले उच्च घरानाकी सम्पन्न महिलाका रूपमा चित्रित छे । त्यस्तै एउटै ब्रिगेडको विश्वास शान्ति प्रक्रियापछि आफ्नो रोजीरोटीको लागि अरब गएको छ भने आकाश फेरि जनयुद्ध गर्ने भन्दै अलग पार्टी निर्माण लागेको छ । क्याप्टेनसँग आफ्नो ज्यानको भिक्षा मागेकी स्कुले किशोरी विनाकारण मृत्युवरण गर्नपुगेकी पात्र हो । हवलदार उपन्यासमा हाम्रा पनि छोरी छन् भन्दै बलात्कार गर्न अस्वीकार गर्ने सत्पात्रका रूपमा चित्रित छ । त्यस्तै कचकचे सहयोगीले बोसको बारेमा जानकारी गराएर शिवालाई सहयोग गरेकी छ भने एक अधबैंसे धनसिंको बारेमा सत्यतथ्य खबर सोहनलाई सुनाएर सहायक पात्रको भूमिका निर्वाह गरेको छ । यस उपन्यासमा प्रयुक्त पात्रहरूलाई तालिकामा यसरी हेर्न सकिन्छ :

क्र.सं. पत्र   लिङ्ग कार्य  प्रवृत्ति स्वभाव    जीवनचेतना आसन्नता  आबद्धता

१.   शिवा स्त्री   प्रमुख अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

२.   सोहन पुरुष  प्रमुख अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

३.   समरसिं    पुरुष  सहायक    अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

४.   पासाङ पुरुष  सहायक    अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

५.   शिवाको बोस     पुरुष  सहायक    प्रतिकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

६.   रामकृष्ण   पुरुष  सहायक    अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

७.   तारा  स्त्री   गौण  अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

८.   माओवादी भाइ   पुरुष  गौण  अनुकूल    गतिशील   वर्गीय मञ्चीय    बद्ध

३.१३ निष्कर्ष

पहेँलो घाम उपन्यासमा शिवा र सोहन प्रमुख पात्र हुन् भने समरसिं, पासाङ, शिवाको बोस र रामकृष्ण सहायक पात्र हुन् भने तारा, माओवादी भाइ, दोर्जे, शिवाकी आमा, हजुरआमा, सिपाइहरू, रामबहादुर, जमदार, क्याप्टेन, गौण पात्र हुन् । यिनै पात्रहरूकै दर्जाअनुसार उपन्यासकारको विचार सम्प्रेषणको माध्यम बनेर आएका छन् । उपन्यासमा शिवाको बोसबाहेक सबै चरित्र अनुकूल देखिन्छन् । अनुकूल पात्रको बाहुल्यबाट उपन्यासकारले सकारात्मक कोणबाट हेरेको देखिन्छ । तर प्रतिकूल कमीले गर्दा उपन्यास द्वन्द्व घनीभूत हुनसकेको छैन भने कौतुहलवृत्ति पनि कमजोर हुनपुगेको छ । कथानकको गति पनि शिथिल हुनपुगेको छ । समय र परिस्थिति अनुसार जीवनमा परिवर्तन आउन सक्छन भन्ने विचार सम्प्रेषणका निम्ति गतिशील पात्र चयन गरेको देखिन्छ भने परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि कतिपय व्यक्तिमा खासै परिवर्तन आउँदैन भन्ने देखाउन गतिहीन पात्र चयन गरेको पाइन्छ । यसरी वर्गीय जीवनको चित्र उतार्न वर्गीय पात्रको चयन गरिएको छ । वस्तुतः व्यक्तिगत पात्रभन्दा सामाजिक जीवनका विविध आयामहरूको उद्घाटन गर्नु यस उपन्यासको लक्ष्य रहेको देखिन्छ । मुक्त पात्रभन्दा बद्ध पात्रकै बाहुल्य रहेको छ । सीमित पात्रहरू चयन गरी तीमध्ये अधिकांशलाई मञ्चीय भूमिका दिएको पाइन्छ । उपन्यासमा प्रायः सबै पात्रहरू बद्ध छन् र तिनका कर्म र व्यवहारबाट उपन्यासको कथासूत्र गतिशील बनेको छ ।

लेखक -विष्णु भण्डारी

चौंथो परिच्छेद

पहेँलो घाम उपन्यासका पात्रविधानको प्रयोजन र चरित्रचित्रणको पद्धति

४.१ विषय परिचय

यस पहेँलो घाम उपन्यासमा चयन गरिएका पात्रहरूको चारित्रिक विशेषताको उद्घाटन र प्रकाशनका निम्ति अवलम्बित पद्धति खासखास गुण विशेषता सामान्य पात्रहरू चयन गर्नुको प्रयोजन र त्यसको औचित्य निरूपण गरिएको छ । पहेँलो घाम उपन्यासमा विभिन्न किसिमका पात्रहरूको प्रयोग गरिएको छ । यस उपन्यासमा मुख्य पात्रको रूपमा शिवा आएकी छे । पहेँलो घाम उपन्यासमा शिवा पात्रको चयन र उसका माध्यमबाट नेपालीहरूको जीवन, राजनैतिक, पद्धति, आर्थिक, सामाजिक, जातीय अस्तित्व जीवनसङ्घर्ष र नेपाली परिवेश आदिको चित्रण गरिएकोछ । साथै यस उपन्यासमा प्रयुक्त पात्रको औपन्यासिक प्रयोजन र चरित्र चित्रणको पद्धतिलाई प्रस्तुत परिच्छेदमा विश्लेषण गरिएको छ ।

४.२ पहेँलो घाम उपन्यासमा पात्र विधानको प्रयोजन

पहेँलो घाम उपन्यासमा शिवा पात्रको चयन औचित्यपूर्ण र सार्थक रहेको छ । शिवाका माध्यमबाट नेपालीहरूको जीवन, राजनैतिक, पद्धति, आर्थिक–सामाजिक, जातीय अस्तित्व जीवनसङ्घर्ष र नेपाली परिवेश आदिको यथार्थतालाई चरित्रका माध्यमबाट देखाइएको छ । शिवाले तत्कालीन अवस्थाको परिवेश र व्यक्तिको बिम्बात्मक स्वरूपलाई देखाउने काम गरेको छ । उपन्यासको घटना, परिवेश अनुसार स्वाभाविक ढङ्गले शिवाबाट चित्रण भएको छ । नेपालको पूर्वी दोलखाको बैराममा जन्मिएकी शिवा एक शिक्षककी छोरी

हो । ऊ गाउँकै स्कूलमा दशसम्म पढी र आफ्नो घरको विभत्स घटनापछि ऊ राजनीतिमा लागी । समाजमा विद्यमान शोषण, अन्याय, अत्याचार, सामाजिक विभेद देखेर समाज परिवर्तनका लागि राजनीतिमा लाग्दछे । हजुरआमा र बुबाको विभत्स घटनापछि ऊ जनयुद्धमा होमिन पुग्छे र जनयुद्धमा एक सफल योद्धाको रूपमा परिचित हुन्छे । शिवा देश र जनताका लागि इमानदार भएर काम गर्ने नारी पात्रको चिनारी दिएकी छे । सानैदेखिको क्रान्तिकारी स्वभावले सङ्घर्षदेखि कहिल्यै विचलित नहुने पात्र हो, जीवन सङ्घर्षमय भए पनि सधैँ सकारात्मक सोचले हरेक परिस्थितिलाई अनुकूलतामा बदल्न सक्ने खुबी भएकी अनुकूल पात्र हो । ऊ सबैलाई स्वच्छ र निःस्वार्थी राजनीति गर्न सल्लाह दिन्छे ।

शिवाको चरित्रले तत्कालीन नेपाली सामाजिक प्रथाको स्वरूप देखाए पनि आजको नेपाली समाजमा विद्यमान असमानता, गरिबी, अत्याचार, राजनीतिक अवस्था आदिसँग मेल खान्छ । नेपाली समाजको वास्तविक अवस्था र अन्योलग्रस्त नेपाली राजनीतिक अवस्थाको विरोध प्रस्तुत गर्न चयन गरिएको देखिन्छ । यसरी नारी अवला, कमजोर र निरीह छैनन् भन्ने देखाउन प्रस्तुत पात्रलाई चयन गरिएको हो । बैराममा शिक्षित परिवारमा जन्मनु, आफ्ना बाबुको प्रत्यक्ष मार्गदर्शनमा पढ्नलाई विद्यालयमा भर्ना हुनु, माध्यमिक तहको अध्ययन पूरा गर्नु, घरको विभत्स घटनापछि राजनीतिमा सक्रिय हुनु, परीजस्तै लड्ने फुर्तिली र साहसी योद्धाको परिचय बनाउनु, राजनीतिमा सक्रिय भई एक सफल योद्धा हुनु, विशेष टास्क फोर्सको जिम्मेवारीमा कहिल्यै असफल नहुनु, जनजाति बाहुल्य भएको गाउँमा शिवा बाहुन क्षत्रीबाट हेपिएको अनुभव हुनु, नारी भएर पनि एक आँटिली र साहसी नारीको रूपमा देखापर्नु, कृषिमा आबद्ध हुनु शिवाका जीवनका गत्यात्मक अवस्था हुन् । शिवाको यो जनीवनगति स्वाभाविक रूपमा भएको देखिन्छ ।

यात्रा गर्ने क्रममा माइकल सोहनसँग भेट हुनु, माइकल सोहन पनि शिवाको खोजीमा नेपाल आउनु, शिवासँग सोहन नजिक हुनु, सोहनले एकोहोरो प्रेम गर्नु थाल्नु र पछि त्यो एकोहोरो प्रेम साकार हुनुजस्ता घटना अस्वाभाविक देखिन्छ । यी दुई पात्रका बीचमा जसरी सम्बन्ध गाँसिएको छ सो अत्यन्तै अस्वाभाविक देखिन्छ । यसरी पात्रको चयन जुन प्रयोजनले गरिएको भए पनि त्यसलाई सहज, स्वाभाविक रूपमा अभिव्यक्त गर्नदिनु पात्रको आचरण, व्यवहार र व्यक्तित्व तथा जीवनगति पनि सहज स्वाभाविक रूपमा देखाएर त्यसकै माध्यमबाट कथ्य सम्प्रेषित हुनुपथ्र्यो तर त्यसो हुनसकेको छैन । अतः कथा सहज स्वाभाविक रूपमा अभिव्यक्त हुनसकेको छैन । पहेँलो घाम उपन्यासकी प्रमुख पात्र शिवा भनिए पनि शिवामा शिवाका गुण वैशिष्ट्य परिलक्ष्यित हुनसकेको छैनन् ।

माइकल सोहनको चरित्र चित्रणले हाम्रो सिङ्गो नेपालको परिस्थिति, यथार्थतालाई बाहिर ल्याएको छ । जबसम्म अन्योलग्रस्त नेपाली राजनीतिको अन्त्य हुँदैन, तबसम्म नेपाल र नेपालीको हित नहुने कुरा उसको चरित्रबाट स्पष्ट भएको छ । राजनीतिक पार्टीको अदूरदर्शिताका कारण देशमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचार, विकृति, विसङ्गति, विभेद जस्ताको तस्तै रहेको सामन्ती समाजले गर्दा नेपाली समाज पिछडिएको भन्ने यथार्थता माइकल सोहनले देखाएको हुनाले उसको पात्रचयन औचित्यपूर्ण हुन्छ । माइकल सोहन नेपालमा जन्मेको र अमेरिकामा हुर्केको पात्र हो । समाजको वस्तुस्थिति नियालेर सकारात्मक सन्देश प्रवाह गर्ने सोहनले व्यावहारिक जीवनशैलीप्रति ज्ञान बाँड्दछ । अमेरिका बसी जीवन व्यतीत गर्नु उसका जीवनका गत्यात्मक अवस्था हुन् । जीवन स्वाभाविक रूपमा अघि बढेको हुनाले माइकल सोहनको चरित्र स्वाभाविक देखिन्छ ।

पहेँलो घाम उपन्यासको कथानकमा सहायक पात्रको रूपमा समरसिंलाई उभ्याइएको छ । उसले प्रत्यक्ष रूपमा एउटा जनयुद्धमा लडेको लडाकु अयोग्य हुँदाको पीडामा समरसिंलाई उभ्याइएको छ । समरसिं अयोग्य छापामारको पीडा र बेरोजगारीको वास्तविक चित्रण उसको माध्यमबाट स्पष्ट हुन्छ । विद्यार्थीकालमै राजनीतिमा होमिएको समरसिंले युद्धको लागि घरपरिवार पढाइ सबै छोड्यो तर शान्ति प्रकृयापछि अयोग्य भएर बस्नुपर्दा समरसिं निराश देखिन्छ । समरसिं युनिभर्सिटीको विद्यार्थी हो । प्रस्तुत उपन्यासमा शिक्षित पात्रको रूपमा उभिएको छ । ऊ हुनेखानेको शिक्षित छोरो हो । चिन्तित समरसिंमार्फत शान्ति प्रक्रियापछि पार्टीले हिजो युद्धमा लडेका क्रान्तिवीरलाई बिर्सन नहुने कुरा व्यक्त गरिएको छ । समरसिंले डेढ दशक जेल र युद्धमा बिताएको, केही वर्ष क्यान्टोन्मेन्टमा बिताएकोे, युद्धमा मनपरेको साथी गुमाएको सम्झन्छ । आफ्नो जिन्दगीदेखि हार खाएर जोगी बन्ने सोच बनाउँछ । समरसिं आफूलाई पहेँलो घामजस्तो ऊर्जाहीन मान्छे सम्झिन्छ । समरसिंले युद्धको बेला भएका सम्पूर्ण अयोग्यहरूको प्रतिनिधित्व गरेको छ । समरसिं जिन्दगीदेखि निराश बन्दैगएको छ । उसलाई यो जीवन नै निस्सार र नाटक लाग्नथालेको छ । सायद समरसिं युद्धमा जाँदा ठूलो महत्वाकांक्षा लिएको थियो जुन तासको घरजस्तै भत्किएको छ । सामाजिक, आर्थिक, बेरोजगारी, राजनैतिक, प्रशासनिक, पेसागत आदि तत्कालीन अवस्थाको परिवेश समरसिंहको माध्यमबाट प्रस्तुत गरिएकोले समरसिंलाई प्रस्तुत उपन्यासमा पात्र चयनको औचित्य सार्थक रहेको छ । अयोग्य लडाकुको चरित्रले तत्कालीन राष्ट्रिय अवस्थाका लडाकुहरूको प्रतिनिधित्व गरेको हुनाले समरसिं पात्रको चयन औचित्यपूर्ण रहेको छ ।

पहेँलो घाम उपन्यासमा पासाङको चयन सार्थक र अर्थपूर्ण रहेको देखिन्छ । पासाङ पनि अयोग्य छापामार लडाकु हो । ऊ युद्धकालमा ज्यानलाई पातमा राखेर युद्ध लडेको उत्साही योद्धाको रूपमा चित्रित छ । पासाङ अरू अयोग्य साथीहरूभन्दा गम्भिर र धैर्यवान पात्र हो । पासाङ मिहिनेती पात्रको रूपमा चित्रित छ । उसले अयोग्य भएपछि आफ्नो एक रोपनी जग्गामा तरकारी खेति गरेर जीविकोपार्जन गरेको छ । मेहेनत गरेपछि पक्कै पनि सक्षम भइन्छ भन्ने कुरा पासाङको माध्यमबाट स्पष्ट हुन्छ । कथानकमा अयोग्य छापामार लडाकु, गरिबी, बेरोजगारी, राजनीतिक, सामाजिक, पारिवारिक अयोग्य भएका लडाकुहरूको यथार्थतालाई बाहिर ल्याउन खोजिएको छ । यसरी अयोग्य लडाकु भए पनि पासाङले सबै साथीहरूसँग मिलेर कृषि व्यवसायतर्फ लागेको छ । आफू अरूभन्दा पाको भएकाले नै अभिभावकको कर्तव्य पूरा गरेको छ । अयोग्य लडाकु भएर काठमाडौँमा बसेकी शिवाका हरेक कार्यहरूसँग निकट सहयोगीको भूमिका निर्वाह गरेको छ । अयोग्य लडाकु साथीहरूलाई आफैँसँग मिलेर केही गर्न सल्लाह दिने सकारात्मक सोच भएको पात्र हो । आफ्नो भएको एक रोपनी जग्गामा सबै अयोग्य साथीहरू मिलेर तरकारी खेती गरेर जीविकोपार्जनको लागि सहयोग गरेको हुन्छ । सिर्जनशील कृषि फारामकोे अध्यक्ष हुनु, राजनीतिमा लाग्नु, खेतिपाती गर्न सिकाउनु, पासाङ्का जीवनका गत्यात्मक अवस्था हुन् । पासाङ्को जीवनपद्धति स्वाभाविक रूपमा अगाडि बढेको हुनाले उसको चरित्र चित्रण स्वाभाविक छ ।

पहेँलो घाम उपन्यासमा शिवाको बोस सहायक पात्रको रूपमा चयन भएको छ । शिवाको बोस माछापुच्छे«े मेनपावरको सञ्चालक हो । शिवाको बोसलाई उपन्यासमा प्रवृत्तिका आधारमा प्रतिकूलमा उभ्याइएको छ । आफ्नो कार्यालयमा किशोरीलाई मात्र भर्ना गथ्र्यो र अफिसमै भोग गथ्र्यो । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौनदासी बनाउने ध्याउन्नमा हुन्थ्यो । धनले मैमत्त ऊ महिलालाई पैसामा नाच्ने नर्तकी सम्झन्थ्यो । देशविदेश घुमे पनि उसको चरित्रमा परिवर्तन आएको छैन । ऊ गतिहीन पात्रको रूपमा चित्रित छ । उसको माध्यमबाट समाजमा भएका नकारात्मक व्यक्तिको प्रवृत्तिलाई उद्घाटन गर्ने काम भएको छ । उसको व्यवहार र सत्य घटनाले नेपाली समाजको वास्तविक परिवेशलाई उजागर गरेको कारण शिवाको बोसले चरित्रचित्रणको औचित्य सार्थक छ ।

पहेँलो घाम उपन्यासमा प्रयुक्त रामकृष्णको चरिचचित्रण औचित्यपूर्ण रहेको छ । रामकृष्ण हाइस्कुलको शिक्षक हो । आफूलाई हाइस्कूलको शिक्षक बताउने रामकृष्ण कुरौटे स्वभावको छ । चिसोमा पनि हाफ ज्याकेट लगाएर हिँड्ने रामकृष्णले अनुहारबाट शिक्षक कम जँड्याहा बढी देखिन्थ्यो । रामकृष्णले शिवाको पहिलो भागको कथा सोहन र सविनलाई सुनाएको छ । ऊ प्रजातन्त्रवादी हो । उसले प्रजातन्त्रलाई विश्वास गर्छ । करिब आठ वर्ष अगाडिको शिवाको कथा भन्दा रामकृष्ण भावुक हुन्छ । तत्कालीन समाजको यथार्थतालाई रामकृष्णमार्फत देखाइएको हुनाले उसको चरित्र चित्रण सार्थक छ ।

पहेँलो घाम उपन्यासमा प्रयुक्त ताराको चरित्रचित्रण औचित्यपूर्ण रहेको छ । तारा यस उपन्यासमा गौण पात्रको रूपमा चित्रित छे । ताराजस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रकृयापछि दोलखाको पल्लो पाखोमा कटेरोमा पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दैआएकी छे । पार्टीमा लाग्दा भाइस कमाण्डर तारा शान्ति प्रकृयापछि बेरोजगार भएकी छे । डम्बर गुरुङकी नातिनी तारा आदर्शको जीवन सङ्गिनी हो । शिवाको दोस्रो भागको कथा ताराले नै सुनाएकी छे । तारा पार्टीमा लाग्दा बटालियन भाइस कमाण्डर भएकी तारा अहिले अयोग्य बेरोजगारी भएर बस्दा चिन्तित देखिन्छे । उसको व्यवहार र सत्य घटनाले नेपाली समाजको वास्तविकता र युद्धकालीन यथार्थतालाई उजागर गरेको कारण ताराको चरित्रचित्रण महत्वपूर्ण छ ।

पहेँलो घाम उपन्यासमा गौण पात्रको रूपमा माओवादी भाइ आएको छ । थोेरै कथानकमा आए पनि उसको भूमिका सान्दर्भिक छ । माओवादी भाइले युद्धमा गएका ऊजस्तै युवाहरू बेरोजगारीले कति तड्पिरहेका छन् भन्ने यथार्थ औँल्याएको छ । ऊ पढ्दापढ्दै जङ्गल पसेको पात्र हो । ऊसँग अहिले न घरपरिवार छ न पढाइ छ, न कुनै रोजगारी छ । यसरी जनयुद्धको बेला सबै छोडेर युद्धमा होमिएका युवाहरूको शान्ति प्रकृयापछि भएको विचलनलाई माओवादी भाइ पात्रमार्फत उजागर गरिएको हुनाले उसको चयन औचित्य, सार्थक र अर्थपूर्ण रहेको छ ।

पहेँलो घाम उपन्यासमा अन्य पात्रको रूपमा, सविन, दोर्जे, शिवाकी आमा, शिवाकी हजुरआमा, क्याप्टेन, आस्था, बिगुल, दीपिका, सागर, विकल्प, धनवीर राई गौण पात्रको भूमिकामा आएका छन् । शिवाकी हजुरआमा द्वन्द्वको क्रममा मारिएकी हुन् र त्यसै बेला आमा बौलाएकी पात्र हुन् । शिवाका अरू साथीहरू सबै अयोग्य लडाकु हुन् । अयोग्य भएपछि बेरोजगार भएर छटपटिरहेका पात्रहरू हुन् । अयोग्य भए पनि सामूहिक कृषि गरेर आफू योग्य भएको पात्रको रूपमा चित्रित छन्, तत्कालीन राजनीतिक परिवेश र नेपालको परिस्थितिलाई यी पात्रहरूको माध्यमबाट उजागर गरेको हुनाले उनीहरूको चरित्र चित्रण औचित्यपूर्ण रहेको छ ।

समाजमा राम्रा, नराम्रा, सकारात्मक दुवै किसिमका मानिस हुन्छन् । समाजका प्रत्येक सदस्य सकारात्मक गुण प्रवृत्ति र विशेषतासम्पन्न हुँदैनन् र प्रत्येक सदस्य नकारात्मक गुण प्रवृत्ति र विशेषतासम्पन्न पनि हुँदैनन् । दुवै खालका प्रवृत्ति भएका व्यक्तिहरूबाट समाज निर्मित भएको हुन्छ । नेपाली समाजमा केवल शिवाजस्ता सकारात्मक प्रवृत्ति भएका व्यक्तिहरू मात्र छैनन् । यिनीहरूका सकारात्मक क्रियाकलापहरूमा बाधा सृजना गर्ने नकारात्मक सोच र प्रवृत्ति भएका पात्रहरू पनि छन् । यस्ता प्रतिकूल स्वभाव भएका खलपात्रका विघ्न बाधाहरू हुँदाहुँदै पनि शिवा तथा सोहनले आफ्नो गन्तव्य, लक्ष्य र उद्देश्यमा विचलित नभइकन अगाडि बढेका छन् भन्ने देखाउन शिवाको बोसको चयन गरिएको देखिन्छ । त्यस अर्थमा सम्पूर्ण पात्रहरूको चयन सार्थक छ ।

सामान्यतया कुनै पनि उपन्यासमा द्वन्द्वको अवस्था सृजना गरेर कथानकलाई गतिशील कौतुहल रोचक तथा प्रभावकारी बनाउन र सकारात्मक पात्रको चारित्रिक उदात्ततालाई प्रखरताका साथ देखाउन खलपात्रहरूको सृष्टि गरिन्छ । यसरी सृष्टि गरिएका खलपात्रहरूलाई सशक्त भूमिका दिइन्छ । सकारात्मक पात्र र नकारात्मक पात्रहरूको कार्यहरूका बीचमा कार्यकारण सम्बन्ध देखाई एकातिर कथानकलाई गतिशील तुल्याइन्छ भने अर्कोतिर सकारात्मक पात्रको उदात्तलाई प्रखरताका साथ प्रस्तुत गरिन्छ । तसर्थ खलनायकको चयनसार्थक र प्रभावकारी छ ।

४.३ पहेँलो घाम उपन्यासमा पात्रको चरित्र चित्रण

उपन्यासमा पात्रको महत्वपूर्ण भूमिका हुन्छ । कथावस्तुसँग सम्बन्धित विविध घटनाहरुलाई गति दिने माध्यम पात्र र उनीहरुको चरित्र नै हो । उपन्यासका पात्रहरुको चरित्र चित्रण निम्नानुसार गरिएको छ :

४.३.१    शिवा

पहेँलो घाम उपन्यासको केन्द्रीय चरित्र शिवा हो । उपन्यासले शिवाले क्रान्तिकारी, दृढ विचार भएकी साहसी, समय परिस्थितसँग जुध्नसक्ने सम्पूर्ण संघर्षशील नारीहरूको प्रतिनिधि चरित्रका रूपमा चिनाउन खोजेको छ । दोलखाको बैराममा जन्मेकी शिवाको बाल्यकाल बैराममै बित्छ । शिवाले औपचारिक अध्ययन बैराममा नै सुरु गर्छे । माध्यमिक तहसम्मको अध्ययन पूरा भएपछि उच्च शिक्षा शिवाले क्यान्टोन्मेन्टबाटै हासिल गरेकी छे ।

पञ्चायती शासकको क्रूरताको अन्त्य गरी जनताको स्वतन्त्रताको अधिकार स्थापित गर्न योजना बनाउनु महत्वपूर्ण कुरा हो । राजनीतिमा लागेर देश र जनताको लागि धेरै काम गर्ने आदर्श योजना बनाए पनि अन्तमा ऊ राजनीतिबाट नै पलायन हुन्छे । ऊ अयोग्य लडाकु भएपछिको जीवन व्यापार व्यवसायतिर लागेर आफ्नो जीविकोपार्जन गर्ने साहसी नारी हो । आफ्नो घरको निर्मम घटना बाबु र हजुरआमाको हत्यापछि शिवा राजनीतिमा लागेकी छे । आफ्नो बाबुको हत्यापछि शिवा राजनीतिमा लाग्नु स्वाभाविक देखिन्छ । राजनीतिजस्तो गहन र जटिल कार्यमा लाग्नु त्यति सहज कार्य होइन ।  परन्तु यहाँ आवश्यक पृष्ठभूमि निर्माण गरी शिवा राजनीतिमा लागेको देखाइएको छ । तसर्थ कथासूत्रको विकाससँगै उसको चरित्रमा आउने परिवर्तनलाई सहज, स्वाभाविक रूपमा चित्रण गरिएको छ । अतः पात्रहरूको चरित्र चित्रण स्वाभाविक देखिन्छ ।

शिवाको चरित्रसँग सम्बन्धित कुराहरू अत्यन्तै स्वाभाविक देखिन्छन् । नेपालमा भएको जनयुद्धको बेला निर्दोष बुबाको र हजुरआमाको हत्या हुन्छ, शिवामाथि आक्रमण भई भागेर काकाकोमा जानु शिवा राजनीतिमा लाग्नु र सफल योद्धा हुनु स्वाभाविक मानिन्छ । सोहन शिवाको डकुमेन्ट्री बनाउनको लागि नेपाल आउनु, शिवासँग बाटोमा भेट हुन्छ, शिवाले आफ्नो नाम ढाँटेर रमिला भन्नु, यिनै प्रसङ्ग नै कथानकमा स्वाभाविक देखिन्छन् ।

शिवा एक छापामार लडाकु हो । उसले जनयुद्धमा सफल योद्धाको रूपमा लडेकी छे । त्यही योद्धाको खोजीमा सोहन नेपाल आएको छ । सोहनसँग शिवाको पहिलो दिनमै भेट भएको छ । तर शिवाले आफ्नो नाम ढाँटेर रमिला भनेकी छे । रमिला साथी हुँदाहुँदै उनीहरू एकअर्काका प्रेमी हुन्छन् । कुनै पनि विपरीत लिङ्गीको परस्पर प्रेम हुनु स्वाभाविक कुरा हो । सोहन र शिवाको भेटघाट भइरहेको हुन्छ । प्रेममा आलम्बन रूप नायक–नायिका परस्पर भेट हुनुपर्छ र तिनका कुनै न कुनै गुण विशेषताबाट प्रभावित हुनुपर्छ । अनि मात्र प्रेम सम्बन्ध विकसित हुनसक्छ । उपन्यासमा नायक–नायिकाको भेट, कुराकानी भएको देखाइएको छ । नायक–नायिकाबीच प्रेमालाप भएको देखाइएको छ । एकअर्काबीच आत्मीयता बढेको देखाइएको छ । यसरी स्वाभाविक तवरबाट प्रेम भएको र त्यसपछि बिहे भएको कुरा प्रसङ्गले पात्रका चरित्रचित्रणलाई विश्वासिलो र स्वाभाविक तुल्याएको छ ।

पात्रको माध्यमबाट उपन्यासकारले कुनै पनि कथ्य विषयलाई पाठकसमक्ष पुर्याउने गर्दछ । उपन्यासकार स्वयम्ले पात्रको उपस्थितिमा आफ्नो विचार अभिव्यक्त गर्दछ । प्रत्यक्ष रूपमा पात्रको आकार–प्रकार रूप रङ्ग, भेषभूषा, बानी बेहोरा आदिको टीकाटिप्पणी र साधारण प्रतिक्रिया प्रत्यक्ष चरित्र–चित्रण विधिमा गरिएको हुन्छ । यसरी समाख्यानात्मक पद्धतिबाट पात्रका बाह्यान्तरिक विशेषताको उद्घाटन गरेको हुन्छ । मानौँ उपन्यासकार अन्तर्यामी हो जसले पात्रका मानसजगत्का सारा गतिविधि प्रत्यक्ष देखेको छ । यसरी एकोहोरो ढङ्गले समाख्यान गर्दा एकरसता र कटिबद्धता मात्र आउँदैन उपन्यास पाठकका लागि अरुचिकर पनि हुन्छ । सबैले यो स्थितिलाई अन्त्य गर्न उपन्यासकारले नाटकीय वा परोक्ष विधिको अवलम्बन गरी पात्रहरूलाई उपस्थित गराएर उनीहरूलाई नै स्वतन्त्र रूपमा संवाद क्रियाप्रतिक्रियाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्न लगाउँछ ।

पहेँलो घाम उपन्यासमा शिवाको व्यक्तित्व मूलतः समाख्यानात्मक विधि अवलम्बन गरिएको छ । संवादले घटना र कथानकलाई रोचक र कौतुहलपूर्ण बनाएको छ । शिवा र उसको साथी समरसिंबीचमा भएको संवादले नाटकीय चरित्रचित्रण विधिको प्रयोग गरिएको छ । शिवा भन्छे “सामूहिकता र आपसी सद्भाव नै हाम्रो शक्ति हो । आखिर लड्न त बाँकी नै छ” ।

समरसिंले भन्छ “जिन्दगीले जता डोर्याउँछ उतै लर्कनुपर्ला” (पृष्ठ ८७) । यस संवादबाट शिवाको साहसी चरित्र स्पष्ट भएको छ भने समरसिंले शिवाको कुरालाई त्यति वास्ता नगरेको रूपमा लिन्छ भन्ने कुरा स्पष्ट हुन्छ । आरम्भदेखि अन्त्यसम्म शिवालाई समाख्यान गर्न लगाएर पनि संवादमा अनेक कथावस्तु, परिवेश र पात्रको चरित्रलाई समेत प्रस्तुत गरिएको छ । अन्य पात्रहरूको रहनसहन, शैली, परिवेश, पृष्ठभूमि आदिलाई नाटकीय चरित्र चित्रण विधिको प्रयोग गरिएको छ ।

पहेँलो घाम उपन्यासको कथानकमा परोक्ष वा प्रत्यक्ष रूपमा आएकी शिवा कार्यका आधारमा प्रमुख पात्र हो । सिङ्गो उपन्यास शिवाको वरिपरि घुमेको छ । लिङ्गका आधारमा शिवा स्त्री पात्र हो । शिवा शब्द स्वयम् स्त्रीलिङ्गी भएकाले ऊ स्त्री पात्र हो भन्ने कुरा सिद्ध हुन्छ । प्रवृत्तिका आधारमा शिवा सत्पात्रको भूमिका निर्वाह गरेकीले अनुकूल पात्र हो । स्वभावका आधारमा शिवा गतिशील पात्र हो । जीवनभरि नै परिस्थितिअनुकूल आफूलाई बदल्नसक्ने स्वभावकी पात्र हो । जीवनचेतनाका आधारमा शिवा वर्गीय पात्र हो । उपन्यासमा आर्थिक, सामाजिक समस्याको प्रतिनिधित्व गरेकोले शिवालाई वर्गीय पात्र भन्न सकिन्छ । आसन्नताका आधारमा शिवा मञ्चीय पात्र हो । पहेँलो घाम उपन्यासमा प्रत्यक्ष रूपमा उपस्थिति भई उसकै कार्यव्यापारका माध्यमबाट कथानक सुरु, मध्य र अन्त्य भएको छ । आबद्धताका आधारमाशिवा बद्ध पात्र हो । शिवा केन्द्रीय चरित्र भएको नाताले पनि ऊ बद्ध पात्र हो । त्यसैले उपन्यासमा शिवाको चयन औचित्यपूर्ण रहेको छ ।

४.३.२    माइकल सोहन

माइकल सोहन नेपालमा जन्मे पनि ऊ अमेरिकामै हुर्केबढेको पात्रको रूपमा चित्रित छ । सानैदेखि गम्भिर सोचाइ, दृढ विचार र सृजनशील भएकाले ऊ प्रभावशाली देखिन्छ । सोहन अमेरिकी नागरिक भए पनि नेपाली राम्रो बुझ्छ र बोल्छ । ऊ शिवाको डकुमेन्ट्री बनाउन नेपाल आउँछ । बाटोमा शिवासँग भेट हुन्छ । यी सबै कार्य गर्नु नै सोहनको जीवनका स्वाभाविक अवस्था हुन् । सोहनले साहसी केटी शिवाको डकुमेन्ट्री बनाउन चाहन्थ्यो । उसलाई सहयोग गर्नको लागि आमा, बुबा पनि आउने तयारीमा उनीहरूको दुर्घटनामा परेर मृत्यु भएको छ । सोहन नितान्त एक्लो भएको छ । नेपालको सम्बन्धको अविच्छिन्न डोरी आमासँगै चुँडिएको छ । माइकल सोहनसँग सम्बन्धित चरित्रहरू स्वाभाविक देखिन्छन् । सोहन अमेरिकामा बसे पनि नेपाललाई माया गर्ने पात्र हो । नेपालका गरिबी, राजनीति देखेर उसलाई चिन्ता लाग्छ । एक नेपाली मूलको अमेरिकी नागरिकले नेपालको बारेमा चासो राख्नु, नेपाललाई माया गर्नु अत्यन्त स्वाभाविक देखिन्छ । सोहन आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र सर्वहारा जनताप्रति चिन्तन राख्दछ । उसका जुनसुकै निर्णयहरू समय र परिस्थितिअनुसार परिवर्तन गरेको छ । नेपालको परिवेश र अरूको मागलाई उसले परिस्थिति र समयानुकूल बनाउनु खोजेको छ । ऊ आफ्नो आचरण, स्वभाव, सिद्धान्त र जीवनधारालाई एउटै सरल रेखाबाट हिँडाइराख्ने नभई फरक रेखामा हिँडाउने पात्र हो । माइकल सोहन नेपालमा जन्मनु, अमेरिका जानु, उतै हुर्कनु, नेपाललाई धेरै माया गर्नु, अयोग्य छापामार शिवाको डकुमेन्ट्री बनाउन नेपाल आउनु, शिवासँग भेट हुनु, शिवाको प्रेममा पर्नु, आफ्नो जन्मभूमिप्रतिको माया देखाउनु उसको जीवनका गतिहरू हुन् । यो गति सहज र स्वाभाविक रूपमा विकसित भएको छ । त्यसैले प्रस्तुत उपन्यासमा कथासूत्रको विकासक्रमका आधारमा हेर्न माइकल सोहनको चरित्र चित्रण स्वाभाविक भएको छ ।

सोहनको चरित्रचित्रण विधिमा मूलतः समाख्यानात्मक विधि अपनाइएको छ । तर प्रस्तुतिलाई रोचक बनाउन बीचबीचमा नाटकीय विधि अपनाइएको छ । शिवासँग प्रत्यक्ष माइकल सोहनले गरेको संवादले कथानक रोचक बनेको छ । आफ्नो स्वभाव चरित्रले गर्दा नै ऊ प्रभावशाली चरित्रका रूपमा चिनिन्छ । संवादले उसको कार्यव्यापार र स्वभावलाई देखाएको छ । उसले शिवालाई राखेको प्रेम प्रस्तावको कथानकमा थप घटनाहरू घटेका छन् । जसले कथानकलाई सजीव तुल्याएको छ । ऊ प्रत्यक्ष संवादमा आएको छ । उसको प्रत्यक्ष उपस्थितिले नाटकीय स्वरूप पाएको छ “नेपालको माटोमा सुन फलाउन सकिन्छ भन्ने कुरा यहाँका मान्छेलाई थाहा नभएजस्तो छ” (पृष्ठ १८७) । शिवाले भन्छे “सरकारै यस्तै छ । सरकारले सहयोग गरे पो” । (पृष्ठ १८७) । यसरी माइकल सोहनले गरेको प्रत्यक्ष संवादले नाटकीय स्वरूप दिएको हुनाले उसको चरित्रचित्रण नाटकीय रहेको छ । आफ्ना निजी भावना वा मुख्य भनाइ उसले आफैँ उपस्थिति भएर संवादका माध्यमबाट व्यक्त गरेको छ । उसले गरेका संवाद सरल, स्पष्ट र खँदिलो रहेको छ । नाटकीय चरित्र चित्रण विधिबाट उपन्यासको कथानकमा प्रयोग भएको भाषिक स्तर, सामाजिक, आर्थिक, मनोवैज्ञानिक स्तर र पात्रको पृष्ठभूमि उद्घाटित हुने भएकाले पात्रलाई नजिकबाट चिन्न सकिन्छ ।

पहेँलो घाम उपन्यासमा प्रत्यक्ष रूपमा आएको माइकल सोहन प्रमुख पात्र हो । लिङ्गका आधारमा माइकल सोहन पुरुष पात्र हो । प्रवृत्तिका आधारमा सोहन अनुकूल पात्र हो । सानैदेखि अमेरिकामा बसे पनि ऊ आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र सर्वहारा जनताप्रति चिन्तन हुने गर्दछ । स्वभावका आधारमा माइकल सोहन गतिशील पात्र हो । ऊ समयअनुसार परिवर्तन भएको छ । जीवनचेतनाको आधारमा माइकल सोहन वर्गीय पात्र हो । आबद्धताका आधारमा माइकल सोहन बद्ध पात्र हो । आसन्नताका आधारमा ऊ मञ्चीय पात्र हो । उपन्यासमा ऊ आफैँ उपस्थित भई संवाद गरेको हुनाले मञ्चीय पात्र हो ।

४.३.३    समरसिं र पासाङ

शिवाका साथी समरसिं र पासाङ सहायक पात्रका रूपमा प्रस्तुत भएका छन् । उनीहरूको चारित्रिक विकासको उद्घाटन सहज र स्वाभाविक रूपमा भएको छ । पसिनाको भरमा जीवन बिताउने, छक्का पञ्जा गर्न नजान्ने समरसिं र पासाङ दुवै अयोग्य लडाकु हुन् । उमेर छँदा युद्धमा लागे शान्ति प्रकृयापछि अयोग्य भए । उनीहरूसँग न घर छ, न परिवार, न रोजगारी । केही नभएपछि उनीहरू चिन्ता र पीडादायक जीवन बाँचिरहेका

छन् । यी गतिविधिहरू स्वाभाविक छन् । यसलाई चिनाउन उपन्यासकारले अपनाएको पद्धति युक्तिसङ्गत भएको छ । समरसिं पढेलेखेको व्यक्ति हो । ऊ राजनीतिमा कमाण्डर भएर बसेका व्यक्ति आज पूर्व छापामार लडाकु भएर बस्नुपरेको छ । पासाङ पनि अयोग्य र बेरोजगारी पात्र हो । अरू अयोग्यभन्दा पासाङले चिन्ता लिने पात्र हो । पासाङसँगै मिलेर सबै साथीहरूले कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्छन् । यसरी उपन्यासकारले पात्रहरूको घटनाप्रसङ्ग स्वाभाविक तरिकाले प्रस्तुत गरेका छन् ।

सहायक पात्रका रूपमा आएका शिवाको साथी समरसिं र पासाङले आफ्नो पसिनाको भरमा जीवन बिताउँछन् । दुवै पात्रले छक्कापञ्जा गर्न जानेका छैनन् । दुवैजना अयोग्य लडाकु बेरोजगारी हुन् । जनयुद्धको बेला ज्यान पातमा राखेर लड्ने योद्धा हुन् । समरसिं पढेलेखेको लडाकु हो । ऊ युद्धको बेला कमाण्डर पनि भएको थियो । तर शान्ति प्रकृयापछि अयोग्य भयो । अयोग्य भएपछि बेरोजगार भएर सम्पूर्ण लडाकुहरू बसेका छन् । बेरोजगार भएपछि सिर्जनशील कृषि फाराम खोलेर व्यवसाय गर्नु, सबै मिली कृषि फारामबाटै जीविकोपार्जन गर्नुआदि घटनाहरू स्वाभाविक र पत्यारिला छन् । तर समरसिं जोगी भएर हिँड्ने, पहेँलो कपडा लगाउने, विभिन्न ठाउँमा यात्रा गर्ने, आत्महत्याको प्रयास गर्ने गर्दा उसलाई रोक्ने आमाबाबुको कुनै प्रसङग आएको पाइँदैन । यस अर्थमा यी घटनाप्रसङ्गहरू स्वाभाविक देखिँदैनन् ।

पहेँलो घाम उपन्यास शिवाकै जीवनवृतान्तमा आधारित भए पनि केन्द्रीय चरित्र शिवाको कथानकलाई बढाउन सहयोगीको भूमिका निर्वाह गर्नका लागि शिवाका साथी समरसिं र पासाङ उपस्थित भएका छन् । उनीहरूको सहयोगले कथानकले गतिशीलता प्राप्त गरेको हुनाले उनीहरू सहायक पात्र हुन् । त्यसैले यहाँ यी चरित्रको चित्रण गरिएको छ ।

पहेँलो घाम उपन्यासकी शिवाको साथी समरसिं प्रत्यक्ष र नाटकीय चरित्र चित्रण विधिका माध्यमबाट प्रस्तुत भएको छ । प्रस्तुतिलाई प्रभावशाली रोचक बनाउन नाटकीय विधिको प्रयोग यसरी गरिएको छ “धारविरुद्धमा हिँड्ने मान्छे हुन् माओवादी क्रान्तिकारी । बरु मर्न तयार हुन्छन्, लुटेराको पाउ पर्दैनन् । सम्पूर्ण भत्काउने भनेर होइन र युद्धमा गएको ? के सोचेको तिमीले ? के नेताले बदमासी गरे भन्दैमा हामी पनि उनकै बाटो हिँड्ने?” (पृष्ठ, १११) । यसरी माथिको अनुच्छेदबाट के बुझिन्छ भने समरसिं राजनीति र नेताप्रति क्रोधित

छ । उसका निजी भावना, आफैँले सरल शैलीमा व्यक्त गरको छ । उसका निजी भावना, आफैँले सरल शैलीमा व्यक्त गरेको छ । उसका निजी भावना, आफैँले सरल शैलीमा व्यक्त गरेको छ । त्यसकारण ऊ नाटकीय चरित्र चित्रण विधिको माध्यमबाट प्रस्तुत भएको छ । त्यसरी नै उपन्यासकारले समरसिंको बारेमा प्रत्यक्ष चरित्र चित्रण विधिका माध्यमबाट प्रस्तुत भएको छ । त्यसरी नै उपन्यासकारले समरसिंको बारेमा प्रत्यक्ष चरित्रचित्रण विधिको यसरी प्रयोग गरेका छन् ।“ उसले चुरोट सल्काएर लामो कस लियो । चुरोटको धुवाँमा उसको अनुहार छेलियो । रातभरि नसुतेको मान्छेको जस्ता आँखा र सुन्निएका थिए । बोलि अलि लरबरिएकाले बोलिमा सधैँजस्तो सङ्गीत थिएन” । (पृष्ठ १३०) । यसरी माथिको अनुच्छेदबाट समरसिं जिन्दगीदेखि कति चिन्तित छ भन्ने कुरा प्रत्यक्ष चरित्रचित्रण विधिमार्फत देखाइएको छ । त्यसकारण समरसिंको प्रस्तुतिलाई मूलतः समाख्यानात्मक विधाका माध्यमबाट प्रस्तुत गरिएको छ ।

पहेँलो घाम उपन्यासमा प्रस्तुत भएको पासाङको चरित्रचित्रण विधिमा मूलतः समाख्यानात्मक विधिको प्रयोग भएको छ । पासाङ युद्धकालमा शिवासँगै एउटै कम्पनीमा काम गरेको साथी हो । पासाङ युद्धकालमा ज्यानको बाजी लगाएर युद्ध लडेको उत्साहित योद्धा हो । खुसीले क्यान्टोन्मेन्ट छोड्ने र अयोग्य भएर निस्कने दुवै समस्या एउटै थियो बेरोजगारी, क्यान्टोन्मेन्टबाट निकालिएपछिका दिनहरू अयोग्यका लागि पीडाजनक थिए । पासाङको बारेमा प्रत्यक्ष चरित्रचित्रण विधिको प्रयोग यसरी गरेका छन् “ऊ बोल्दा उसको बोके दाह्री हल्लिँदै थियो । ऊ गम्भिर र चिन्ताग्रस्त देखिन्थ्यो । त्यहाँ उपस्थितमध्ये सबैभन्दा पाको थियो ऊ । केही थ्याप्चो नाक र चिम्सा आँखो ऊ बोल्दा उसको लवजमा पासाङ टोन आउँथ्यो भने निधारमा मुजा पर्थे” (पृष्ठ ९९) । माथिको अनुच्छेदबाट पासाङको व्यवहारलाई प्रत्यक्ष चरित्रचित्रण विधिका माध्यमबाट देखाइएको छ । त्यसरी नै प्रस्तुतिलाई रोचक बनाउन न्यून स्थानमा पासाङको उपस्थितिले नाटकीय स्वरूप प्राप्त गरेको छ । पासाङले आफ्नो साथीलाई भन्छ “होइन आकाश, हामीलाई जनयुद्धले लुट्न सिकाएको होइन । एउटा असल माओवादीले लुट्मा होइन श्रममा विश्वास गर्नुपर्छ” (पृष्ठ ९८) । सरल भाषाको माध्यमबाट पासाङले आफ्नो साथी आकाशलाई सम्झाउँछ । जुन संवादले कथानकलाई रोचकता र कौतुहलता थपेको छ । यसरी पासाङको व्यक्तित्व उद्घाटनमा मूलतः समाख्यानात्मक चरित्रचित्रण विधिको प्रयोग भएको छ ।

कार्यका आधारमा समरसिं सहायक पात्र हो । प्रमुख पात्र शिवाको वरिपरि रहेर कथानकलाई अगाडि बढाउन सहयोग गरेको छ । लिङ्गका आधारमा समरसिं पुरुष पात्र हो । प्रवृत्तिका आधारमा समरसिं अनुकूल पात्र हो । ऊ सानै उमेरमा जनयुद्धमा लाग्ने पात्र हो । स्वभावका आधारमा समरसिंह गतिशील पात्र हो । उसले आफूलाई समयानुकूल परिवर्तन गर्दैजान्छ । जीवनचेतनाका आधारमा समरसिं वर्गीय पात्र हो । आसन्नताका आधारमा समरसिं मञ्चीय पात्र हो । कथानकमा पूरै स्थानमा आएर समरसिंले गर्ने कार्यशृङ्खला र केन्द्रीय चरित्र शिवाले गर्ने कार्यशृङ्खला र केन्द्रीय चरित्र शिवाले गर्ने कार्यहरू एकअर्कामा परिपूरक छन् । आबद्धताका आधारमा समरसिं बद्ध पात्र हो ।

पासाङ कार्यका आधारमा सहायक पात्र हो । लिङ्गका आधारमा पासाङ पुरुष पात्र हो । प्रवृत्तिका आधारमा पासाङ अनुकूल पात्र हो । स्वभावका आधारमा पासाङ गतिशील पात्र हो । समय, परिवेश र परिस्थितिअनुसार ऊ परिवर्तन भएको छ । जीवनचेतनाका आधारमा पासाङ वर्गीय पात्र हो । आसन्नताका आधारमा पासाङ मञ्चीय पात्र हो । आबद्धताका आधारमा पासाङ बद्ध पात्र हो ।

४.३.४    शिवाको बोस र रामकृष्ण

शिवाको बोस र रामकृष्ण पनि सहायक पात्रका रूपमा प्रस्तुत भएका छन् । शिवाको बोस विसाल मेनपावरको मालिक हो र यो गतिहीन र प्रतिकूल पात्रको रूपमा चित्रित छ भने रामकृष्ण हाइस्कूलको मास्टर हो । रामकृष्ण शिक्षक भएपनि कुरौटे र जँड्याहा प्रवृत्तिको छ । उनीहरूको चारित्रिक विकासको उद्घाटन र प्रकाशन सहज र स्वाभाविक रूपमा भएको छ । रामकृष्ण छक्का पञ्जा गर्न नजान्ने सोझो र जँड्याहा पात्रको रूपमा चित्रित छ रामकृष्णले शिवाको पहिलो भागको कथा सोहनलाई सुनाएको छ । शिवाको बोस भने नकारात्मक पात्रको रूपमा चित्रित छ । ऊ एउटा मेनपावरको सञ्चालक भएर पनि उसको चरित्र पतन भएको छ । आफ्नो कम्पनीमा किशोरीहरूलाई भर्ना गर्नेभोग गर्ने गर्छ । यी गतिविधिहरू स्वाभाविक देखिन्छन् । रामकृष्ण शिक्षक मात्र नभएर राजनीतिज्ञ पनि हो । उसले प्रजातन्त्रमा विश्वास गर्छ । यसरी उपन्यासकारले पात्रहरूको घटनाप्रसङ्ग स्वाभाविक तरिकाले प्रस्तुत गरेका छन् ।

सहायक पात्रका रूपमा आएका शिवाको बोस र रामकृष्ण हुन् । रामकृष्ण आफ्नो पसिनाको भरमा जीवन बिताउँछ । तर शिवाको बोस भने नकारात्मक काम गरेर कमाएको पैसा सबै यौन प्यासको लागि खर्च गरेको हुन्छ । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौनदासी बनाउने मात्र ध्याउन्नमा हुन्छ ।

पैसा र यौनमा शिवाको बोस राक्षसजस्तै छ । रामकृष्णले शिवाको कथा भन्नु, करिब आठ वर्षअघिको कथा भन्दा भावुक हुनु, शिक्षक हुनु, जँड्याहा हुनु, प्रजातन्त्रवादी हुनु, आदि घटनाहरू स्वाभाविक र पत्यारिला छन् । तर शिवाको बोसले ६ वटा श्रीमती बिहे गरेर छुट्टाछुट्टै अपार्टमा राख्ने, ६ वटीलाई एक अर्काको बारेमा थाहा नहुनु, ६ वटीमध्ये एकअर्कामा थाहा भएको उपन्यासमा प्रसङ्ग आएको पाइँदैन । यस अर्थमा यी घटना प्रसङ्गहरू स्वाभाविक देखिँदैनन् ।

पहेँलो घाम उपन्यास शिवाकै जीवन वृतान्तमा आधारित भए पनि केन्द्रीय चरित्र शिवाको कथानकलाई अघि बढाउन सहयोगीको भूमिका निर्वाह गर्नका लागि शिवाको बोस र रामकृष्ण उपस्थित भएका छन् । उनीहको सहयोगले कथानकले गतिशीलता प्राप्त गरेको हुनाले उनीहरू सहायक पात्र हुन् । त्यसैले यहाँ यी चरित्रको चित्रण गरिएको छ ।

पहेँलो घाम उपन्यासकी शिवाको बोस प्रत्यक्ष र नाटकीय चरित्रचित्रण विधिका माध्यमबाट प्रस्तुत भएको छ । प्रस्तुतिलाई प्रभावशाली रोचक बनाउन नाटकीय विधिको प्रयोग यसरी गरिएको छ “पीए भएपछि तिमी मसँग प्रत्यक्ष जोडिएकी छौ । यहाँको गोप्यताको ख्याल गर्नुपर्ने हुन्छ तिमीले । साथै कर्मचारीको प्रत्येक हप्ताको दिनचर्या सङ्कलन गर्नुपर्छ । अझ खासगरी म नभएको समयमा कार्यकारीले गर्ने कामको जानकारी दिनुपर्छ । म तिमीमा पूर्ण निर्भर छु” (पृष्ठ १३८) । यसरी माथिको अनुच्छेदबाट बोसले शिवालाई विभिन्न जिम्मा दिएजस्तो गरी शिवाको पनि यौन भोग गर्ने मौका खोजिरहेको छ । उसका निजी भावना सरल, सहज शैलीमा व्यक्त गरेको छ । त्यसकारण ऊ नाटकीय चरित्र चित्रण विधिका माध्यमबाट प्रस्तुत भएको छ । त्यसरी नै बोसको बारेमा उपन्यासकारले प्रत्यक्ष चरित्र चित्रण विधिको यसरी प्रयोग गरेकाछन् । “यस्तो क्षुद्र खालको जवाफ सुनेर बोसको भित्रैसम्म चसक्क घोच्यो । ऊ एक किसिमले घाइते नै भयो । कत्ति केटीको सङ्गत गर्यो । कति केटीलाई यसरी नै फुरुङ्ग पारेर फाइदा लियो । तर अहिलेसम्म कसैले पनि यस्तो ठाडो जवाफ दिने आँट गरेको थिएन”(पृष्ठ १३७) । यसरी माथिको अनुच्छेदबाट शिवाको बोस कति चरित्रहीन रहेछ भन्ने कुरा प्रत्यक्ष चरित्र चित्रण विधिमार्फत देखाइएकोछ । त्यसकारण शिवाको बोसको मूलतः समाख्यानात्मक विधिको माध्यमबाट प्रस्तुत भएको छ ।

पहेँलो घाम उपन्यासमा प्रस्तुत भएको रामकृष्णको चरित्रचित्रण विधिमा मूलतः समाख्यात्मक विधिको प्रयोग भएको छ । रामकृष्ण शिवाको पहिलो भाग कथा भन्ने पात्र हो । रामकृष्ण हाइस्कूलको शिक्षक हो । शिक्षकभन्दा पनि ऊ जँड्याहा प्रवृत्तिको छ । रामकृष्ण कुरौटे स्वभावको पात्र हो । उसले राजनीतिमा पनि चासो राख्दछ । ऊ प्रजातन्त्रवादी हो । उपन्यासकारले रामकृष्णको बारेमा प्रत्यक्ष चरित्र चित्रणको विधि यसरी प्रयोग गरेका छन् । “उसले चिसोमा पनि हाफ ज्याकेट र गोरुले चपाएर थुकेजस्तो पाइन्ट लगाएको थियो । घाँटीमा मफलर थियो । टोपी सफा र चुच्चे परेको केही उछिट्टिएका दाँत उसको अनुहारबाट ऊ शिक्षक कम, जँड्याहा बढी देखिन्थ्यो” (पृष्ठ २६) । माथिको अनुच्छेदबाट रामकृष्ण शिक्षित भएर पनि अशिक्षितजस्तो व्यवहार, रक्सी खाने, कपडा सफा नगर्ने आदिलाई चरित्रचित्रण विधिका माध्यमबाट देखाइएको छ । त्यसरी नै प्रस्तुतिलाई रोचक बनाउन न्यून स्थानमा रामकृष्णको उपस्थितिले नाटकीय स्वरूप प्राप्त गरेको छ । रामकृष्णले सोहनलाई भन्छ “एउटी छोरी बाँचेकी छे । धेरै समयपछि अस्ति आएकी थिई । बिचरीले पनि के गरोस् । माओवादीले अयोग्य भन्दै बेखर्ची बनाएर निकाल्दियो रे” (पृष्ठ २७) । सरल भाषाको माध्यमबाट रामकृष्णले शिवाको बारेमा सविन र सोहनलाई सुनाउँछ । जुन संवादले कथानकलाई रोचकता र कौतुहलता थपेको छ । यसरी रामकृष्णको व्यक्तित्व उद्घाटनमा मूलतः समाख्यानात्मक चरित्रचित्रण विधिको प्रयोग भएको छ । कार्यका आधारमा शिवाको बोस सहायक पात्र हो । विशाल माछापुच्छे« डिभाइन मेनपावरको सञ्चालक हो । लिङ्गको आधारमा शिवाको बोस पुरुष पात्र हो । बोस शब्द आफैँमा पुलिङ्गी शब्द हो । प्रवृत्तिका आधारमा शिवाको बोस प्रतिकूल पात्र हो । स्वभावका आधारमा बोस गतिहीन पात्र हो । जीवनचेतनाका आधारमा शिवाको बोस व्यक्तिगत पात्र हो । ऊ आफ्नो व्यक्तिगत स्वार्थदेखि टाढा गएको छैन । आसन्नताको आधारमा बोस मञ्चीय पात्र हो । उसले कथानकमा आफैँ उभिएर संवाद गरेको छ । आबद्धताका आधारमा बोस बद्ध पात्र हो ।

कार्यका आधारमा रामकृष्ण सहायक पात्र हो । लिङ्गका आधारमा पुरुष पात्र हो । रामकृष्ण भन्नासाथ पुलिङ्ग भन्ने बुझिन्छ । स्वभावका आधारमा गतिहीन पात्र हो । उसले आफूलाई समयअनुसार परिवर्तन गर्नसकेको छैन । जीवनचेतनाको आधारमा रामकृष्ण वर्गीय पात्र हो । आबद्धताका आधारमा रामकृष्ण बद्ध पात्र हो । ऊ केन्द्रीय चरित्र शिवासँग कथानकमा बेरिएर आएको छ । आसन्नताका आधारमा रामकृष्ण मञ्चीय पात्र हो । उसले कथानकमा आफैँ उभिएर संवाद गरेको छ ।

पहेँलो घाम उपन्यासमा केन्द्रीय चरित्र शिवाकै जीवनवृतान्तको कथानक भए पनि कथानकको बीचबीचमा आउँदै, हराउँदै गर्ने गौण पात्रहरूले कथानकलाई अगाडि बढाउन कम भूमिका रहेको छ । गौण पात्रहरूले स–साना छोटा कथानक शृङ्खलामा उपस्थित भएर आफ्नो स्थानमा रहेर कार्य गरिरहेका हुन्छन् । तिनै कम स्थानमा उपस्थित गौण पात्रहरूको विश्लेषण क्रमशः गरिएको छ ।

४.३.५    तारा

शिवासँगै जनयुद्धमा लडेकी तारा पनि अयोग्य लडाकु हो । तारा ताराजस्तै चम्किलो हुनु, युद्धको बेला एक सफल लडाकु हुनु, शिवाको दोस्रो भागको कथा सोहन र सविनलाई सुनाउनु, व्यङ्ग्य गर्न सिपालु हुनु, शान्ति प्रकृयापछि दोलखामा पसल गरेर जीविकोपार्जन गरी जीवन बिताएका घटनाहरू विश्वासिला रहेका छन् ।

पहेँलो घाम उपन्यासमा प्रयोग भएको ताराको उपस्थिति थोरै स्थानमा रहेको छ । यो उसको उपस्थिति प्रत्यक्ष चरित्रचित्रण विधिका माध्यमबाट भएको छ । ताराले कथानकलाई अगाडि बढाएकी छे । थोरै स्थानमा उपस्थित भए पनि तारा संवाद प्रकृयामा सहभागी भएकी छे । उपन्यासकारले कथानकमा ताराको प्रस्तुतिलाई प्रत्यक्ष चरित्र चित्रण विधिको प्रयोग यसरी गरेका छन् “त्यसै बटालियन भइस कमाण्डर भइन् होला त ! त्यसमा पनि डम्बर गुरुङ्की नातिनी पो हुन्” (पृष्ठ : ४०) । यसरी तारा जनयुद्धको बेला क्याप्टेन भएर काम गर्नु, एक सफल लडाकु हुनु, युद्धमा कमाण्डर भएर काम गरेको कुरालाई प्रत्यक्ष विधिका माध्यमबाट प्रस्तुत गरिएको छ । तारा प्रत्यक्ष संवादमा उपस्थित हुन पाएकी छे । त्यसैले ताराको प्रस्तुतिलाई प्रत्यक्ष चरित्रचित्रणको विधिका माध्यमबाट प्रस्तुत गरिएको छ ।

कार्यका आधारमा तारा गौण पत्र हो । लिङ्गका आधारमा तारा स्त्री पात्र हो । डम्बर गुरुङ्की नातिनी र आदर्शकी जीवनसङ्गीनी यी शब्दले पनि तारा स्त्री लिङ्ग हो भन्न सकिन्छ । प्रवृत्तिका आधारमा तारा अनुकूल पात्र हो । स्वभावका आधारमा तारा गतिशील पात्र हो । जीवनचेतनाका आधारमा तारा वर्गीय पात्र हो । आसन्नताका आधारमा ऊ मञ्चीय पात्र हो । उसले कथानकमा आफैँले संवाद गर्न पाएकी छे । आबद्धताका आधारमा ऊ बद्ध पात्र हो ।

४.३.६    माओवादी भाइ

माओवादी भाइ पनि अयोग्य लडाकु हो । उसले पढाइ छोडेर माओवादीमा लागेको हुन्छ । शान्ति प्रकृयापछि अयोग्य भएर गाउँमै फर्कन्छ र बेरोजगार भएर गाउँमै बसेको हुन्छ । आफ्नो जीविकोपार्जन गर्नको लागि भारी बोक्नु, गाइड गर्नु आदि घटनाहरू स्वाभाविक ढङ्गले प्रस्तुत भएका छन् ।

पहेँलो घाम उपन्यासमा गौण पात्रका रूपमा प्रस्तुत भएको माओवादी भाइको उपस्थिति थोरै स्थानमा रहेको छ । माओवादी भाइको चरित्रचित्रण प्रत्यक्ष विधिका माध्यमबाट प्रस्तुत भएको छ । उपन्यासकारले माओवादी भाइलाई प्रत्यक्ष चरित्रचित्रणको प्रयोग यसरी गरेका छन् “उसले पुरानोर मैलो ज्याकेट लगाएको थियो, खुट्टामा टालेका जुत्ता थियो, लट्टा परेको कपाल, थेप्चो नाक र गहुँगोरो अनुहार केटो फरासिलो र मायालु थियो” (पृष्ठ २०९) । माथिको अनुच्छेदबाट माओवादी भाइको गरिबीको चित्रण गरिएको छ । उपन्यासकारले प्रत्यक्ष चरित्रचित्रण विधिका माध्यमबाट प्रस्तुत गरेका छन् ।

माओवादी भाइ एक गरिब पात्र हो । हुनेहरू सबै अयोग्यहरू कोही अरब, कोही साउदी, कोही सहर गए तर माओवादी भाइ दुःखै गरेर भए पनि आफ्नै मातृभूमिमा पसिना बगाउँछ । माओवादीमा लाग्नु, गरिबै भए पनि भारी बोकेर जीविकोपार्जन गर्नु आदि घटनाहरू स्वाभाविक ढङ्गले प्रस्तुत भएका छन् ।

कार्यका आधारमा माओवादी भाइ गौण पात्र हो । लिङ्गका आधारमा ऊ पुरुष पात्र हो । भाइ भन्नेबित्तिकै पुलिङ्गलाई जनाउँछ । प्रवृत्तिका आधारमा माओवादी भाइ अनुकूल पात्र हो । स्वभावका आधारमा माओवादी भाइ गतिशील पात्र हो । जीवनचेतनाका आधारमा ऊ वर्गीय पात्र हो । आसन्नताका आधारमा माओवादी भाइ मञ्चीय पात्र हो । आबद्धताको आधारमा बद्ध पात्र हो ।

४.३..७   अन्य पात्र

पहेँलो घाम उपन्यासमा गौण पात्रका रूपमा प्रस्तुत भएका अन्य पात्रहरू पनि छन् । ती पात्रहरूको उपस्थित एकदमै न्यून स्थानमा भएको छ । ती गौण पात्रहरू यसप्रकार छन् शिवाकी आमा, हजुरआमा । यी पात्र उपन्यासमा थोरै स्थानमा उपस्थित भएका छन् । शिवाकी आमा मानसिक सन्तुलन हराएकी पात्र हो भने हजुरआमा युद्धको बेला ज्यान गुमाउने पात्र हो । शिवाको साथीहरू दोर्जे, रामबहादुर, क्याप्टेन, सिपाहीहरू आदि सबैजना अयोग्य लडाकु हुन् । सबैजना बेरोजगार भएर बस्नुपर्दा चिन्तितग्रस्त देखिन्छन् । शिवासँगै मिली कृषि व्यवसायमा लागेर जीविकोपार्जन गरेका छन् ।

गौण पात्रका रूपमा प्रस्तुत भएका पात्रहरू सबै अनुकूल पात्र हुन् । स्वभावका आधारमा गतिशील पात्र हुन् । जीवनचेतनाका आधारमा सबै पात्र वर्गीय पात्र हुन् ।

४.४ निष्कर्ष

पहेँलो घाम उपन्यासमा जम्मा १६ जना पात्रहरूको चयन गरिएको छ । यी सबै पात्रहरूमध्ये मुख्य पात्रका रूपमा शिवा र सोहन आएका छन् भने सहायक पात्रका रूपमा समरसिं, पासाङ, शिवाको बोस आएका छन् भने गौण पात्रका रूपमा तारा, माओवादी भाइ, शिवाकी आमा, हजुरआमा, दोर्जे, सविन, सिपाहीहरू आदि आएका छन् । यिनै मुख्य सहायक तथा गौण पात्रका बाह्यान्तरिक चरित्रका माध्यमबाट एक्काईसौँ शताब्दीका नारी परम्परागत, धर्मभीरु, अन्धभक्त र परम्परागत जे भन्छ त्यसैलाई शिरोधार्य गरी आफ्नो वैयक्तिक स्वतन्त्रतालाई तिलाञ्जली दिने निरीह अबला नारी होइन, आजका नारी त सबल छन्, स्वतन्त्र छन्, आफ्नो जीवनयात्रा आफैँ तय गर्न सक्छन् । समाजमा रहेका अन्याय अत्याचारको विरुद्धमा क्रान्ति पनि गर्न सक्छन् भन्ने विचार व्यक्त गर्न शिवालाई चयन गरिएको छ र त्यही विचारलाई पुष्टि गर्न अन्य पात्रहरूलाई पनि चयन गरेको देखिन्छ । परन्तु रचनामा के भनिएको भन्ने कुराभन्दा पनि कसरी भनिएको छ भन्ने कुरा महत्वपूर्ण कुरा हुन्छ । उपर्युक्त विचारलाई कथा, कविता, नाटक तथा निबन्धआदि विधाले पनि अभिव्यक्त गर्न सक्छन् । शिल्प नै त्यस्तो तत्व हो, जसले उपन्यासलाई अन्य विधाबाट पृथक तुल्याउँछ । त्यो शिल्प जति सौष्ठवशाली हुनसक्यो त्यति नै उपन्यासले कलात्मक मूल्य वरण गर्नपुग्छ । त्यसैले विचार आफैँमा कला होइन त्यसलाई अभिव्यक्ति गर्नखोजेको विचारलाई कलात्मक सम्प्रेषित गर्न शिल्प कमजोर हुनपुगेको छ । पात्रका चारित्रिक विकासमा सहजता र स्वाभाविकता आउनसकेको छैन । मूलतः समाख्यानात्मक विधि र अंशतः नाटकीय विधि अवलम्बन गरी चरित्रका बाह्यान्तरिक अवस्थाको चित्रण गरी त्यसका माध्यमबाट कथा सम्प्रेषण गर्न खोजिएको छ । यो पद्धति स्वाभाविक पनि छ । पात्र सुहाउँदो भाव, विचार र व्यक्तित्व पनि दिइएको छ । परन्तु पात्रका कतिपय पक्षहरू यस्ता छन्, जुन वास्तविक जीवनमा देखा

पर्दैनन् । उदाहरणका लागि बोसले ६ वटा श्रीमती बिहे गरी छुट्टाछुट्टै अपार्टमा राखेका भन्ने कुरा अलि अपत्यारिलो छ । सामाजिक रूपान्तरणको शक्तिका रूपमा नारीलाई उभ्याउन खोजिएको छ तर त्यसका निम्ति शिवाको चरित्रलाई नाटकीकरण गरेर स्वाभाविक गति दिन उपन्यासकार असमर्थ भएका छन् । समग्रमा प्रस्तुत उपन्यासको पात्रविधान कलात्मक मूल्यका देष्टिले सबल रहेको छ ।

पाँचौँ परिच्छेद

उपसंहार तथा निष्कर्ष

५.१  परिच्छेदगत सारांश

प्रस्तुत शोधको पहिलो परिच्छेदमा समग्र शोधको परिचय प्रस्तुत गरिएको छ । यसमा विषय परिचय, शोध समस्या, शोधका उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, शोधविधि, शोधको प्रबन्धात्मक स्वरूपको चिनारी दिइएको छ ।

प्रस्तुत शोधको परिच्छेद शोधको सैद्धान्तिक आधार निर्माणसँग सम्बन्धित छ । यसमा उपन्यासमा पात्रविधानका समग्र पक्षहरूमाथि सैद्धान्तिक विमर्श गरिएको छ । यस क्रममा पात्रको परिचय, पात्रका प्रकार, पात्रको व्यक्तित्व र चारित्रिक विशेषताको उद्घाटन तथा प्रकाशनको पद्धति तथा उपन्यासमा पात्रविधानको प्रयोजन तथा प्रयोजनको सिद्धिसँग सम्बन्धित सैद्धान्तिक चिन्तन प्रस्तुत गरिएको छ ।

प्रस्तुत शोधको तेस्रो परिच्छेदमा लेखको परिचयसगैँ पहेँलो घाम उपन्यासमा प्रयुक्त पात्र, तिनका प्रकार तथा तिनका चारित्रिक विशेषताको अध्ययन गरिएको छ । यस क्रममा कार्य, लिङ्ग, स्वभाव, प्रवृत्ति, जीवनचेतना, आसन्नता, आबद्धताका आधारमा पात्रका चारित्रिक वैशिष्ट्य निरूपण गरिएको छ ।

शोधको चौथो परिच्छेद पहेँलो घाम उपन्यासमा प्रयुक्त पात्रहरूको चारित्रिक विशेषताको उद्घाटनको पद्धति र पात्रविधानको प्रयोजनको बारेमा अध्ययन गरिएको छ ।

प्रस्तुत शोधपत्रको अन्तिम परिच्छेद शोधको निष्कर्षसँग सम्बन्धित छ । शोध समस्याका रूपमा उठाइएका प्राज्ञिक जिज्ञासाको समाधानलाई परिच्छेदगत साराशं र समष्टिगत निष्कर्षका रूपमा प्रस्तुत गरी अन्तमा सम्भावित शोध शीर्षक पनि दिइएको छ ।

५.२ निष्कर्ष

पहेँलो घाम उपन्यासमा राजनीति गर्नेहरूले भूmटा आश्वासन बाँड्नाले नेताहरू पटक–पटक असफल भएको कुरालाई देखाइएको छ । जनयुद्धको बेलामा लडेका लडाकुहरूको अयोग्यपछिको पीडालाई देखाइएको छ । सामाजिक, आर्थिक, नैतिक, राजनैतिक विकृति र विसङ्गतिको पर्दाफास गरिएको छ । समाजमा देखापरेका जातिगत संस्कार, विभेद, नारी समस्या आदिलाई कलात्मक शैलीले औपन्यासिक कृतिको स्वरूप प्रदान गरेका छन् । सर्वहारावादी दृष्टिकोण, नारी विषयक तथा मानवताको वकालत उनका उपन्यासमा गरिएको छ । जनताको स्वतन्त्रताको लागि जीवन आत्महुति गर्ने सहिद र जीवन सङघर्षशील बताउने मानिसहरूको वास्तविक अनुभवहरूको शृङ्खलाबद्ध अभिव्यक्ति, देशप्रेम, मानवतावाद, सामाजिक यथार्थता, वैचारिक नवीन सोच उनका उपन्यासका विशेषता हुन् ।

पहेँलो घाम उपन्यासकी मुख्य नायिक शिवा हो । शिवाकै केन्द्रियतामा सिङ्गो उपन्यासको संरचना भएको छ । दोलखाको बैराममा जन्मिएकी शिवाले माध्यमिक तहसम्म बैराममै पढेकी हुन्छे । बाबु शिक्षक भएकाले ऊ बाबुकै स्कूलमा पढी । आई.ए. क्यान्टोन्मेन्टमा गएर अध्ययन गर्दछे । बाबु र हजुरआमाको हत्यापछि ऊ युद्धमा जान्छे र एक सफल योद्धाको रूपमा चर्चित हुन्छे । शान्ति प्रकृयापछि ऊ अयोग्य हुन्छे । अयोग्यपछि आफ्नो जीविकोपार्जनको लागि कृषि व्यवसायमा लाग्दछे ।

पहेँलो घाम उपन्यासमा केन्द्रीय चरित्र शिवाकै केन्द्रियतामा सिङ्गो उपन्यासको संरचना बनेको छ । शिवाकै जीवनवृत्तान्तलाई मुख्य कथानकबाट उठान गरी अन्य पात्र र कथानकलाई शिवाको कथाले बेर्ने काम गरेको छ । औपन्यासिक कार्यका आधारमा उपन्यासका पात्रहरू १६ जना रहेका छन् । उपन्यासकी प्रमुख पात्र शिवाले विद्यार्थीकालदेखि नै देश र जनताका लागि राजनीति गर्ने सोच बनाए पनि राजनीतिबाट फाइदा लिन सक्दैन । शान्ति प्रक्रियालाई शिवा अयोग्य छापामार ठहरिन्छे । अयोग्य भएपछि ऊ कृषि व्यवसायतिर लाग्छे । समाजमा देखिएका अन्याय, अत्याचार, विकृति र विसङ्गतिको भण्डाफोर गर्न राजनीतिमा लाग्दछे तर अयोग्य भएपछि राजनीति त्यागिदिन्छे । माइकल सोहन विदेशी नागरिक भएर नेपाललाई असाध्यै माया गर्छ । शिवाको डकुमेन्ट्रीको लागि ऊ नेपाल आउँछ । गम्भिर सोचाइ, दृढ विचार र सृजनशील भएकाले ऊ प्रभावशाली देखिन्छ । नेपालजस्तो सौन्दर्यको धनी देशमा पनि गरिबी र राजनैतिक अवस्था देखेर चिन्ता लिने सकारात्मक चरित्रको भन्ने स्पष्ट हुन्छ । अमेरिकाजस्तो विकसित ठाउँमा हुर्के, पढे पनि सोहनले आफ्नो जन्मभूमिको नेपालप्रतिको माया देखाएको छ ।

समरसिं सानैदेखि युद्धमा लागेको छ । पढेलेखेको मानिस पढाइ, घर–परिवार छोडेर युद्धमा होमिन्छ । राजनीतिमा होमिएको समरसिं युद्धकालमा एक असल कमाण्डरका रूपमा देखा परेको छ । स्वेच्छिक अवकाशमा परी क्यान्टोन्मेन्टबाट निकालिनु परेकोमा चिन्तित समरसिंमार्फत शान्ति प्रकृयापछि पार्टीले हिजो युद्धमा लडेको क्रान्तिकारीलाई बिर्सन नहुने कुरा व्यक्त गरिएको छ । समरसिं जिन्दगीदेखि निराश बन्दै गएको छ । सायद युद्धमा जाँदा ठूलो महत्वाकाङ्क्षा पालेको हुँदो हो । जुन तासको घरजस्तै भत्किएको छ । पासाङ सहयोगी भावनाको व्यक्ति हो । ऊ पनि युद्धमा होमिएको र अयोग्य लडाकु हो । पहेँलो घाम उपन्यासमा पात्रहरू शिवा, सोहन, समरसिं, पासाङ र साथीहरूले अनुकूल चरित्रको माध्यमबाट सकारात्मक सन्देशका सम्प्रेषण गरेका छन् । शिवाकै जीवनको सेरोफेरोमा फन्को मार्दै अगाडि बढेको यस उपन्यासमा १६ जना पात्रको प्रयोग भएको छ । यस उपन्यासमा प्रमुख पात्र शिवा र सोहन, सहायक पात्रमा समरसिं, पासाङ्, शिवाको बोस, रामकृष्ण, गौण पात्रको रूपमातारा, माओवादी भाइ, शिवाकी आमा, हजुरआमा, सविन, दोर्जे, आस्था, विकल्प आदि रहेका छन् । प्रायः सबै पात्रहरू अनुकूल चरित्रका छन् भने शिवाको बोस प्रतिकूल चरित्रको पात्र हो ।

पहेँलो घाम उपन्यासमा प्रयोग भएका प्रमुख, सहायक र गौण पात्रहरूको चयन सार्थक र औचित्यपूर्ण रहेको छ । शिवाको बोसको चरित्र प्रतिकूल देखिए पनि पात्र चयन र विचार सम्प्रेषणको दृष्टिले सार्थक रहेको छ । उपन्यासमा प्रयोग भएका पात्रहरूले तत्कालीन सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक, पेसागत, शैक्षिक आदि व्यवस्थाको वास्तविक रूपलाई चरित्रमार्फत देखाएका छन् । नेपालीहरूको वास्तविक जीवन भोगाइ, यथार्थ धरातल, राजनैतिक विषयले निम्ताएका समस्या, बेरोजगारी, जातीय संस्कार आदि पक्षलाई पात्रले चरित्रमार्फत पुष्टि गरेका छन् । प्रगतिवादी साहित्यकार विष्णु भण्डारीले नेपालको वास्तविक घटनाक्रमलाई औपन्यासिक स्वरूप प्रदान गरी सकारात्मक सोच विचारको अभिव्यक्ति प्रदान गरेका छन् । संक्षेपमा यस शोधका उपलब्धिहरूलाई क्रमश : प्रस्तुत गरिएको छ । शोषण, दमन, अत्याचार, भेदभावविरुद्ध जुर्मुराउनुपर्छ, नारी उन्मुक्ति, नारी स्वतन्त्रताका साथै नारी अस्तित्वका लागि आफ्नो हक अधिकारप्रति नारी आफैँ सचेत भएर लड्नुपर्छ भन्ने क्रान्तिकारी विचार अभिव्यक्त गर्न नारी चरित्रलाई केन्द्रमा राखिएको छ ।

परम्परावादी नेपाली समाजले छोरीचेलीलाई गरेको उपेक्षाप्रति चुनौती दिँदै सम्पूर्ण नारीहरूलाई आफ्नो स्वतन्त्रता र स्वाधीनताको आन्दोलनमा सक्रिय रहन प्रेरित गरेको छ ।

नेपालमा भएको १० वर्षे जनआन्दोलनमा कतिका सिन्दूर पुछिए, कतिका छोराछोरी टुहुरा भए, कति शहिद भए भन्ने विचार अभिव्यक्त गर्न युद्धको बेलामा भएका विभत्स घटनाको वर्णन गरेको छ ।

राजनीतिमा लागेका केही नेताहरू स्वार्थलिप्सामा लागेर वैयक्तिक स्वार्थ पूरा गर्न लागेपछि जनतामा नैराश्य छाएको तीतो यथार्थलाई पनि यस उपन्यासले पात्रका माध्यमबाट देखाउन खोजेको छ ।

उपर्युक्त भावविचार अभिव्यक्त गर्न विभिन्न किसिमका पात्रहरू चयन गरिएको छ । ती पात्रहरूमध्ये मुख्य पात्रका रूपमा शिवा र माइकल सोहन आएका छन् । उपन्यास शिवाको जीवनवृत्तमा आधारित छ । त्यसैले उपन्यासमा केन्द्रीय पात्र शिवा हो । अन्य पात्रहरू सहायक गौण पात्रका रूपमा आएका छन् । तसर्थ यिनै मुख्य सहायक तथा गौण चरित्रका माध्यमबाट उपर्युक्त कथ्यलाई अभिव्यक्ति दिनखोजिएको छ ।

५.४ सम्भावित शोध शीर्षक

            पहेँलो घाम उपन्यास साहित्यकार विष्णु भण्डारीको पहिलो उपन्यास हो । यो उपन्यासमा १० बर्षे जनयुद्धलाई विषयवस्तु बनाएर लेखिएको प्रगतिवादी उपन्यास हो । यो उपन्यासको विधातात्विक विश्लेषण र पात्र विधानमा शोध कार्य भइसकेको छ । आगामी शोधार्थीको लागि पनि निम्नलिखित शीर्षक अनुसन्धेय हुने अवस्था रहेको छ ।

क)   पहेँलो घाम उपन्यासको रूपविन्यास

सन्दर्भ सामग्री सूची

अनुरागी, कला (२०७२), ‘‘पहेँलिदै गएको क्रान्तिको कथा’’,

(http://annapurnapost.com/News.dspx/story25262//sthash.F7ym/wBp.p4 (2074/09/18)

 (२०७२),बुक : टक–‘कतिले भने ‘सेक्स सिन’दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ’ ।

http://www.ratopati.cominterview/30087(2074/09/18)

अवस्थी, महादेव (२०५५), नेपालीकथाभाग २, काठमाडौँ : साझाप्रकाशन ।

आप्टे, वामनशिवराम, (सन् १९६६),संस्कृत हिन्दीकोश,(दो.संस्क.)दिल्ली : मोतीलाल बनारसीदास ।

गोयल, उषा (सन् १९८१),हिन्दी कहानी चरित्र चित्रण विकास, आदर्श नगरः दिल्लीपब्लिकेसन ।

गौतम, देवीप्रसाद (२०५४), नेपाली कथा, काठमाडौँ : साझा प्रकाशन ।

जोशी, रत्नध्वज (२०५५), नेपालीकथाको कथा, काठमाडौँ : साझाप्रकाशन ।

ढकाल, धु्रवराज (२०७०), विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व, (स्नातकोत्तर शोधपत्र),त्रि.वि. : नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।

थापा, मोहनहिमांशु (२०६६), साहित्य परिचय, काठमाडौँ : साझाप्रकाशन ।  

द्विवेदी, राजेन्द्र (सन् १९५५),साहित्य शास्त्रका पारिभाषिक शब्दकोश, दिल्लीःआत्मराम एण्ड सन्स ।

धनञ्जय, (सन् २०१३),दशरूपकम् (व्याख्याकार वैजनाथ पाण्डेय) दिल्ली : मोतीलाल बनारसीदास ।

नेपाल, घनश्याम (सन् २०११), आख्यानका कुरा, सिलगढीःएकता बुक हाउस प्रा.लि ।

पोखरेल, टीकाराम (२०६८), ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप, काठमाडौँ : डायमन शमशेर राणा प्रतिष्ठान ।

पौड्याल, महेश (२०७२), पहेँलो घाम :एक आख्यानविद्रोह, http;//www.enyapatrika.com 2016/02/52065 .

प्रधान,कृष्णचन्द्रसिंह (२०५२), नेपालीउपन्यास र उपन्यासकार, (ते.संस्क.) ललितपुर : साझा प्रकाशन ।

बराल, ईश्वर (२०५३), झ्यालबाट, (छै. संस्क.), काठमाडौँ : साझा प्रकाशन ।

बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्य शास्त्र, काठमाडौँ : साझा प्रकाशन ।

बराल, कृष्णहरि र एटम नेत्र, (२०६६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, (ते.संस्क.) ललितपुर : साझा प्रकाशन ।

बानियाँ, राजकुमार (२०७२),‘‘माओवादी छायाँमा’’

http://kantipur,ekantipur.com/printedition/new’/20160312/20/603/2/02027.ktm1(2074/9/20)

भण्डारी विष्णु, (२०६३), फेरि अर्को तारा खस्यो, काठमाडौँ : शैलवी प्रकाशन ।

            (२०६३),देश जागेको बेला, काठमाडौँ : हंसराज वाग्ले ।

(२०६२), उत्सर्ग काठमाडौँ :अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रा.लि. ।

                        (२०६२), घाइते ह्विलचेयर, काठमाडौँ : शैलवी प्रकाशन ।

                        (२०७२), पहेँलो घाम, काठमाडौँ : प्राइम बुक्स प्रकाशन ।

भट्टराई, रामचन्द्र (२०७०), एक्काईसौँ शताब्दीकी सुम्निमा उपन्यासको पात्रविधान,(स्नातकोत्तर शोधपत्र),त्रि.वि. : चि–चन्द्र बहुमुखी क्याम्पस ।

विवेक, एस.बी. (२०४५), विद्रोहको छाल, (दो.संस्क.), रक्तकाली : ऐश्वर्य छापाखाना ।

(२०४५),ब्वाँसोको अन्त्यको खेल, रक्तकाली : ऐश्वर्य छापाखाना ।

विश्वनाथ, (सन् १९७७),साहित्यदर्पणः, (व्याख्याकार शालिग्रामशास्त्री) (नवम संस्क.) वाराणसी : मोतीलाल बनारसीदास ।

शर्मा, मोहनराज (२०३५), कथाको विकास प्रक्रिया, काठमाडौँ : साझा प्रकाशन ।

 (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ: ने.प्र.प्र. ।

श्रेष्ठ, भीमकुमारी (२०७२),पहेँलो घाम उपन्यासको विधातात्त्विक अध्ययन, (स्नातकोत्तर शोधपत्र) त्रि.वि. :त्रि–चन्द्र बहुमुखी क्याम्पस ।

सुवेदी, राजेन्द्र (२०६४) नेपाली उपन्यास : परम्परा र प्रवृत्ति, काठमाडौँ : साझा प्रकाशन ।


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १०:४१