‘पहेँलो घाम’उपन्यासमा नारी पात्र

पहेँलो घामउपन्यासमा नारी पात्र

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय

रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग अन्तर्गत

स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ

पत्रको प्रयोजनार्थ

प्रस्तुत

शोधपत्र

शोधार्थी

कोकिला कुमारी विष्ट

२०७५

निर्देशकको सिफारिस

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थी श्री कोकिला कुमारी विष्टले तयार पार्नुभएको ‘पहेँलो घाम उपन्यासमा नारीपात्र’ शीर्षकको प्रस्तुत शोधपत्र मेरा निर्देशनमा परिश्रम पूर्वक तयार गर्नुभएको हो । यस शोधकार्यको मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।

  डा. यज्ञेश्वर निरौला

मिति : २०७५।१।२६ गते   

त्रिभुवन विश्वविद्यालय

रत्न राज्यलक्ष्मी क्याम्पस

प्रदर्शनी मार्ग, काठमाडौँ

नेपाली विभाग

स्वीकृति पत्र

यस क्याम्पसकी छात्रा कोकिला कुमारी विष्टले स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ पत्रका निम्ति ‘पहेँलो घाम’ उपन्यासमा नारी पात्र शीर्षकको प्रस्तुत शोधपत्र सोही प्रयोजनका लागि स्वीकृत गरिएको छ ।

मूल्याङ्कन समिति  

सहप्रा.डा. शिवप्रसाद पौड्याल                              

बाह्य परीक्षक

डा. यज्ञेश्वर निरौला        

विभागीय प्रमुख तथा शोधनिर्देशक

कृतज्ञता ज्ञापन

प्रस्तुत शोधपत्र मैले स्नातकोत्तर तहको दसौँ पत्रको प्रयोजनका लागि आदरणीय गुरु डा. यज्ञेश्वर निरौलाको निर्देशनमा तयार पारेकी हुन् । यो शोधपत्र तयार गर्ने सन्दर्भमा आइपरेका विभिन्न समस्या र अड्चनहरूसँग जुध्ने प्रेरणा दिँदै सही पथप्रदर्शन गराएर अघि बढ्न उत्प्रेरित गरी समुचित दिग्दर्शन गराउनु भएकोमा उहाँप्रति म कृतज्ञता ज्ञापन गर्दछु ।

शोधकार्यसँगसम्बन्धित सम्पूर्ण प्रक्रिया सहित विभागका तर्फबाट आवश्यक सहयोग गर्नु भएकोमा नेपाली विभागका प्रमुख डा. यज्ञेश्वर निरौला ज्यूलाई र अरू गुरुवर्गमा पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि आवश्यक सामग्री प्रदान गर्नुहुने आदणीय साहित्यकार विष्णु भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

मेरो जीवनलाई यस अवस्थामा पु¥याउनु हुने पिता चक्रबहादुर विष्ट र आमा खन्टी देवी विष्टप्रति म आजीवन ऋणी छु । आफूले व्यावहारिक बोझ थामेर मेरो हरेक काममा सहयोग पु¥याउन मरिमेट्ने जीवन साथी दिपक बहादुर विष्टप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसै गरी दिदी–भिनाजु र दाजु–भाइका साथै प्रस्तुत शोधकार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने  परिवारजन तथा सम्पूर्ण आत्मीय मित्रहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । शुद्धसँगटङ्कन गरिदिने मित्र जीवकान्त चौधरीप्रति पनि आभार प्रकट गर्दछु । मेरो शोधकार्यमा राय सल्लाह प्रदान गर्नुहुने मित्र मीना मगरातीप्रति आभार प्रकट गर्दछु ।

अन्त्यमा यस शोधपत्रको मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय, रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली विभाग समक्ष पेश गर्दछु ।

कोकिला कुमारी विष्ट

शोधार्थी

भर्ना समूह : २०६९/०७०    

क्याम्पस रोल नं.: ५४                                         

परीक्षा रोल नं.: ४०००५६

परीक्षा साल : २०७१

त्रि.वि. दर्ता नं.: ९–२–५५२–११३–२००७                                                                                                    

विषयसूची

शोधनिर्देशकको मन्तव्य    

स्वीकृतिपत्र  

कृतज्ञताज्ञापन

विषयसूची   

परिच्छेद एक : शोध परिचय    १–५

१.१    विषय परिचय १

१.२   समस्याकथन  २

१.३   अध्ययनको उद्देश्य   २

१.४   पूर्वकार्यको समीक्षा   २–४

१.५   अध्ययनको औचित्य  ४

१.६    शोधको सीमाङ्कन   ४

१.७   शोधविधि     ४–५

१.८   शोधपत्रको रूपरेखा    ५

परिच्छेद दुई : विष्णु भण्डारीको साहित्यिक परिचय ६–१६

२.१   विषय परिचय ६

२.२   विष्णु भण्डारीको परिचय    ६

२.२.१  जन्मतथाबाल्यकाल   ६

२.२.२ शिक्षादीक्षा    ७

२.२.३ विवाह र दाम्पत्य    ८

२.२.४ आजीविका    ८

२.२.५ प्रेरणा र प्रभाव      ८

२.३   विष्णु भण्डारीको व्यक्तित्वको अध्ययन     ९

२.३.१  साहित्येत्तर व्यक्तित्व  ९–११

२.३.१  विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व      ११–१५

२.४   निष्कर्ष १५

परिच्छेद तीन :आधुनिक नेपाली उपन्यास परम्परामा विष्णु भण्डारीको योगदान १६–३९

३.१   विषय परिचय १६

३.२   आधुनिक नेपालीउपन्यास परम्परा   १६–२९

३.३.   विष्णु भण्डारीको योगदान    ३०–३८

३.३.१  प्रगतिवादी दृष्टि      ३०–३१

३.३.२ नारीवादीदृष्टि  ३१–३२

३.३.३ राजनीतिक चेतना    ३२–३३

३.३.४ जनविद्रोहको स्वर    ३३–३४

३.३.५ सामाजिकता  ३४–३५     

३.३.६  बौद्धिकपात्रको चयन   ३५–३७

३.३.७ राजनीतिकअवस्थाको चित्रण  ३७–३८

३.४   निष्कर्ष ३९

परिच्छेद चार : पहेँलो घामउपन्यासमा नारी पात्र    ४०–६९

४.१   परिचय ४०

४.२   नारीपात्रको सैद्धान्तिक परिचय      ४१

४.२.१  उपन्यासका पात्र र तिनको महत्व   ४२

४.२.२ पात्रको वर्गीकरण     ४३–४७

४.३   नारीपात्र सम्बन्धी मान्यताहरू ४८

४.३.१  परिचय ४८

४.३.२ नारीवाद अध्ययन र परम्परा ४९–५८

४.४   पहेँलोे घाम उपन्यासमा नारी पात्र  ५९

४.४.१ परिचय ६०–६१

४.४.२ पहेँलो घाम उपन्यासमा नारी पात्र   ६१–६९

४.५   निष्कर्ष ६९

परिच्छेद पाँच : उपसंहार तथा निष्कर्ष ६८–७१

५.१   उपसंहार      ६८–६९

५.२   निष्कर्ष ६९–७०

५.३   प्राप्ति र सीमा ७०–७१

      सन्दर्भ सूची                                                  ७४–७५

परिच्छेद एक

शोध परिचय

१.१.  विषय परिचय

            उपन्यासकार विष्णु भण्डारी (२०२०), नेपाली साहित्यका प्रतिभाशाली व्यक्तित्व हुन् । विद्यालयको साहित्यिक वातावरणबाट अभिप्रेरित भई सिर्जना क्षेत्रतर्पm उन्मुख भएका भण्डारीले सानै उमेरदेखि कविता लेख्न सुरु गरेका हुन् । उनको कलम साहित्य, कविता, कथा र उपन्यास विधामा चलेको छ । साथै भण्डारीका विभिन्न पत्रपत्रिकाहरूमा निबन्ध र संस्कृति सम्बन्धी लेख रचनाहरू पनि प्रकाशित छन् । विद्रोहको छाल (खण्डकाव्य) २०४३, आँधी–तुफान (मुक्तक सङ्ग्रह) २०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) २०४५, कालो नाटक (लघुकाव्य) २०४५, फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह) २०६३, देश जागेको बेला (कविता सङ्ग्रह) २०६३, उत्सर्ग (महाकाव्य) २०६७, घाइते ह्विलचेयर (कविता सङ्ग्रह) २०६९ र पहेँलोे घाम (उपन्यास) २०७२, पुस्तककार कृतिहरू हुन् । यी कृतिहरू मध्ये पहेँलोे घाम (२०७२) भण्डारीको एक मात्र प्रकाशित उपन्यास हो । यो प्रगतिवादी उपन्यास हो । यसमा साना ठूला गरी पच्चीस अङ्क संरचित छन् । यस उपन्यासमा क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको यथार्थ कथालाई उपन्यासको मूल विषय बनाइएको छ ।पहेँलोे घाम जनयुद्धलाई सकारात्मक कोणबाट हेर्दै लेखिएको उपन्यास हो ।

            पहँेलो घाम उपन्यासमा एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर लेखिएको अयोग्य छापामारको कथा हो । राज्य र माओवादीबीचको सशस्त्र युद्ध लडाकुको सङ्घर्ष र बलिदानी अनि शान्ति प्रक्रियापछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई यस उपन्यासमा उल्लेख गरिएको छ । यस उपन्यासकी प्रमुख नायिका शिवा हो । यसैगरी यस उपन्यासमा तारा, आस्था, सिर्जना, दीपिका, मोहना, आशा, अन्जना, निमा, शिवाकी आमा, हजुरआमा, सिर्जनाकी छोरी, आदि नारी पात्रहरू रहेका छन । प्रस्तुत शोधकार्यमा पहेँलो घाम उपन्यासमा रहेका यिनै पात्रको विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमाथि सामान्य टीकाटिप्पणीहरू भएपनि यस उपन्यासका नारी पात्रको अध्ययन नभएको सन्दर्भमा पहेँलो घाम उपन्यासको नारी पात्रको अध्ययन प्रस्तुत शोधको अनुसन्धेय विषय रहेको छ ।

१.२.  समस्या कथन

            पहेँलो घाम उपन्यासमा नारी पात्रको अध्ययन र विश्लेषणलाई मूल विषय बनाइएकाले यस अध्ययनका मूलभूत समस्यालाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ ।

            (क)   उपन्यासकार विष्णु भण्डारीको साहित्यिक परिचय के कस्तो छ ?

            (ख)   आधुनिक नेपाली उपन्यास परम्परामा विष्णु भण्डारीको योगदान कस्तो छ ?

            (ग)   पहँेलो घाम उपन्यासमा के कस्ता नारी पात्रको प्रयोग गरिएको छ ?

१.३.  अध्ययनको उद्देश्य

                        उपन्यासकार विष्णु भण्डारीका उपन्यासमा रहेका नारी पात्रको अध्ययन नै यस शोधकार्यको मूल उद्देश्य हो । यस शोधकार्यका निम्नलिखित उदेश्यहरू रहेका छन् :

            (क)   उपन्यासकार विष्णु भण्डारीको साहित्यिक परिचय दिनु ।

            (ख)   आधुनिक नेपाली उपन्यास परम्परामा भण्डारीको योगदान निरूपण गर्नु ।

            (ग)   पहेँलो घाम उपन्यासका नारी पात्रको विश्लेषण गर्नु ।

१.४. पूर्वकार्यको समीक्षा

विष्णु भण्डारीको पहँेलो घाम उपन्यास एक उत्कृष्ट उपन्यास हो । विभिन्न समयमा विभिन्न विद्वान् एवम् समीक्षकद्वारा यस उपन्यासका बारेका अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने केही प्रयासहरू भएका छन् । यो उपन्यास भर्खरै प्रकाशन भएका कारण यस उपन्यासमा विस्तृत अध्ययन भने हुन पाएको छैन । पहेँलो घाम उपन्यासका बारेमा जेजति अध्ययन भएको छ तीनको कालक्रमिक रूपमा चर्चा यहाँ गरिएको छ ।

कला अनुरागी (२०७२) ले पहेँलिदै गएको क्रान्तिको कथा शीर्षकमा अन्नपूर्ण पोष्ट दैनिकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । लेखकले पहेँलो घाम उपन्यास माओवादी केन्द्रित राजनीतिकै सेरोफेरोमा छ भनेका छन् । पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरिएको छ । तसर्थ कुनै पनि अध्ययन कर्ताले यस उपन्यासका नारी पात्रका बारेमा चर्चा गरेको देखिँदैन ।

                        महेश पौड्याल (२०७२) ले नयाँ पत्रिका दैनिकमा पहेँलो घाम : एक आख्यान विद्रोह शीर्षकमा एक समीक्षात्मक लेख लेखेका छन् । उनले रातो हुनपर्ने घाम अनपेक्षित रूपमा पहेँलिदै गएको सङ्केत माओवादीभित्रको सैद्धान्तिक र व्यावहारिक विचलनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । उनले पहेँलो घामलाई तीन जोखिमका रूपमा उल्लेख गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाए तापनि यस उपन्यासका नारी पात्रको बारेमा भने कसैबाट पनि अध्ययन भएको देखिँदैन ।

            राजकुमार बानियाँ (२०७२) ले कान्तिपुर दैनिक कोसेलीमा माओवादी छायामा शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । उनले उक्त समीक्षामा विष्णु भण्डारीको पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरुवात हो भनेका छन् । पहेँलो घामलाई माओवादी आन्दोलनको एउटा बिम्बका रूपमा प्रस्तुत गरेका छन् । उनका विचारमा लेखकले माओवादी पक्ष लिएर पनि माओवादी भित्रको तमाम भ्रष्टीकरणको उजागर गरेका छन् भने माओवादीलाई सही ठम्याउन सकेका छैनन् । यस उपन्यासमाथिको बहसमा यसका नारीपात्रको अध्ययन नभएको देखिन्छ ।

            कला अनुरागी (रातो पाटी डिजिटल पत्रिकाः २०७२, माघ २३) ले उपन्यासकार विष्णु भण्डारीसँग अन्र्तवार्ता लिएका छन् । उनले ‘बुक : टक कतिले भने ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?’ शीर्षकमा लेखकसँग कुराकानी गरेका छन् । उक्त अन्तरवार्तामा विष्णु भण्डारीले प्रेम परिपक्क भएपछि र पूर्णरूपमा झाङ्गिएपछि मात्र एकले अर्कोलाई प्रस्ताव गरेको कुरा जनाएका छन् । प्रेमका लागि रोई कराई गरेका छैनन् । यस अन्तरवार्तामा प्रस्तुत उपन्यासलाई प्रगतिवादी उपन्यासका रूपमा चिनाइएको छ । तसर्थ यस उपन्यासका नारीपात्रका बारेका कुनै पनि अध्ययनकर्ताले अध्ययन गरेको देखिँदैन ।

            फणीन्द्र संगम (२०७२) ले पहेँलो घाम उपन्यासमा केन्द्रित भई गरेको संवादमा केही साथी मसँग धेरै खुशी छैनन्’ शीर्षकमा कुराकानी गरेका छन् । लेखकले एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर राज्य र माओवादीबीचको शसस्त्र युद्ध, लडाकुको संघर्ष र वलिदानी अनि शान्तिप्रक्रियापछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरिएको विचार व्यक्त गरेका छन् । तसर्थ कुनै पनि अध्ययन कर्ताले यस उपन्यासका नारी पात्रका बारेमा चर्चा गरेका छैनन् ।

            समग्रमा कला अनुरागीले पहेँलो घाम उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरेका छन् । महेश पौड्यालले प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाएका छन् भने राजकुमार बानियाँले पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरुवात हो भनेका छन् । त्यस्तै कला अनुरागीले प्रगतिवादी उपन्यासका रूपमा चिनाएका छन् र फणीन्द्र संगमले कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्न उपन्यास सक्षम रहेको उल्लेख गरेका छन् । क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको कथालाई उपन्यासको मूल बिषय बनाइएको छ । उपन्यासमा पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन पार्टी र युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत छ । साथै सामूहिक कृषि फार्ममार्फत उत्पादन सुरू गरी आपूm योग्य भएको प्रमाणित पनि गरेका छन् । यसरी विभिन्न विचारक तथा समालोचनाहरूले आ–आफ्नो विचार र समालोचना उपन्यासका अन्य पक्षमाथि प्रकाश पारे पनि उपन्यासका नारीपात्रतर्फ कसैको ध्यान नपुगेकाले यो शोधपत्र तयार पारिएको हो ।

१.५ अध्ययनको औचित्य

                        उपर्युक्त पूर्वकार्यको समीक्षाबाट के स्पस्ट हुन्छ भने उपन्यसकार विष्णु भण्डारीको उपन्यासमा विभिन्न समीक्षक, समालोचक, विद्वान्, विचारक तथा अनुसन्धानकर्ताले आ–आफ्नो किसिमले अध्ययन, विश्लेषण गरे तापनि उनको उपन्यास पहेँलो घाममा अभिव्यक्त्त भएको नारीपात्रका बारेमा हालसम्म कसैको गम्भीर दृष्टिकोण तथा शोधअध्ययन भए गरेको पाइँदैन । यस अध्ययनमा उपन्यासकार विष्णु भण्डारीको उपन्यासको अध्ययन र तिनमा चित्रित नारीपात्रलाई केन्द्रविन्दु बनाएर अध्ययन गरिने हँुदा पहेँलो घाम उपन्यासको बारेमा अनुसन्धान गर्न भावी शोधकर्ता तथा अन्य व्यक्तिहरूलाई समेत यस शोधपत्रको प्राज्ञिक र अनुसन्धानात्मक औचित्य रहने कुरा गरिएको छ ।

१.६   शोधको सीमाङ्कन

                        साहित्यकार विष्णु भण्डारीले नेपाली साहित्यका कविता, कथा, नाटक र उपन्यास आदि जस्ता विधा र उपविधाहरूमा कलम चलाएका छन् । प्रस्तुत शोधकार्यमा भने उपन्यासकार भण्डारीको प्रकाशित उपन्यास पहेँलो घाम (२०७२) को मात्र अध्ययन गरिएको छ । यस उपन्यासको नारी पात्रमा केन्द्रित भई शोधकार्य तयार पारिएको छ ।

१.७.  शोधविधि

                        प्रस्तुत शोधकार्यमा विषयको विश्लेषणका क्रममा सामाजिक सिद्धान्तलाई आधार बनाएर शोध समस्याको समाधान गरिएको छ । यसका साथै शोधपत्रलाई सामग्री सङ्कलन, विश्लेषणात्मक पद्धतिद्वारा प्रस्तुत गरिएको छ ।

(क)  सामग्री सङ्कलन

            प्रस्तुत शोधकार्य विष्णु भण्डारीको साहित्यिक योगदान, औपन्यासिकताको परिचय र कृतित्वको लेखनका क्रममा आवश्यता अनुसार प्राथमिक र द्वितीय स्रोत सामग्रीको यथोचित प्रयोग गरिएको छ । शोध लेखनका क्रममा यस शोधका नायकसँगप्रत्यक्ष रूपमा जानकारी लिनुका साथै भेट वा अन्तरवार्ता पत्रपत्रिकामा प्रकाशित लेख रचनाका साथै अन्य पुस्तकालयीय विधिद्वारा गरिएको छ ।

(ख) विश्लेषण विधि

            प्रस्तुत उपन्यासमा रहेका नारी पात्रहरूको विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा उपन्यासमा रहेका नारीपात्र तथा नारीवादको सिद्धान्तलाई आधार बनाइएको छ ।

१.८   अध्ययनको सीमा

            प्रस्तुत शोध पत्र पहँेलो घाम उपन्यासका नारीपात्रको अध्ययनमा सिमित रहेको छ ।

१.९   शोधपत्रको रूपरेखा

            प्रस्तुत शोधपत्रलाई निम्नलिखित पाँच परिच्छेदमा विभाजन गरी सङ्गठित र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

परिच्छेद एक : शोध परिचय

परिच्छेद दई : विष्णु भण्डारीको साहित्यिक परिचय

परिच्छेद तीन : आधुनिक नेपाली उपन्यास परम्परामा विष्णु भण्डारीकोे योगदान ।

परिच्छेद चार : पहेँलो घाम उपन्यासमा नारी पात्र ।

परिच्छेद पाँच : उपसंहार तथा निष्कर्ष ।

सन्दर्भ सूची

शोधार्थी – कोकिला विष्ट

परिच्छेद दुई

विष्णु भण्डारीको साहित्यिक परिचय

२.१.  विषय परिचय

            समसामयिक सामाजिक, आर्थिक र राजनीतिक सन्दर्भलाई विषयवस्तु बनाई कलम चलाउने साहित्यकार विष्णु भण्डारीले नेपाली साहित्यको कथा, कविता र उपन्यास गरी तीन मुख्य विधामा कलम चलाएका छन् । हालसम्म तीनओटा कविता सङ्ग्रह, दुईओटा खण्डकाव्य, एक मुक्तक सङ्ग्रह, एक महाकाव्य र एक उपन्यास गरी जम्मा आठओटा कृति प्रकाशित गरिसकेका छन् । भण्डारी समाजमा देखापरेको राजनीतिक परिवेश र त्यसले समाजमा निम्त्याएको घटनालाई आफ्ना रचनाका माध्यमबाट ऐनामा झैँ स्पष्ट देखाउन सक्ने उपन्यासकार हुन् । उनका कृतिमा लोकतन्त्रको आगमनका क्रममा देखा परेका विविध विकृति, विसङ्गतिको चित्रण पाइन्छ । समसामयिक उपन्यास धारालाई समातेर सशक्त उपन्यास लेख्ने विष्णु भण्डारी नेपाली उपन्यास साहित्यका प्रभावशाली उपन्यासकार हुन् । देश र समाजको यथार्थलाई नवीन शैली र कलात्मक भाषामा अभिव्यक्त गर्ने उपन्यासकार भण्डारी नेपाली उपन्यास लेखनमा चालीसको दशकबाट नै सक्रिय देखिन्छन् । उनको पहिलो उपन्यास पहेँलोे घाम २०७२ सालमा प्रकाशित भएको छ । यस शोधपत्रको प्रस्तुत परिच्छेदमा यिनै उपन्यासकार विष्णु भण्डारीको साहित्यिक परिचय माथि प्रकाश पारिएको छ ।

२.२.  विष्णु भण्डारीको परिचय 

            यस शीर्षक अन्तर्गत उपन्यासकार विष्णु भण्डारीको जन्म तथा बाल्यकाल, शिक्षादीक्षा, स्वभाव, विवाह र दाम्पत्य, आजीविका र प्रेरणा आदि पक्षको चर्चा गरिएको छ ।

२.२.१. जन्म तथा बाल्यकाल

            उपन्यासकार विष्णु भण्डारीको जन्म २०२० फागुन २९ गते लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको धुर्कोट वस्तुमा भएको हो । उनी बुवा परमानन्द भण्डारी र आमा विन्ता देवी भण्डारीका माइला छोरा हुन् (ढकाल, २०७०: ८)। उनको न्वारनको नाम खिमलाल भण्डारी हो । विष्णु भण्डारी ब्राह्मण परिवारका हुन् । यिनीहरू जुम्लाको सिंजाबाट धुर्कोटमा बसाइँसराइ गरी आएको देखिन्छ । भण्डारीका पूर्खाहरूले पढ्ने, पढाउने र खेतीपाती गर्ने तथा पशुपाल गर्ने गर्दथे । उनका बुवा पनि खेतीपाती गर्दथे । उनी ११ वर्षको हुँदा धर्मसंस्कृति अनुरूप उपनयन(ब्रतबन्ध) गरिएको हो । नेपालको सुन्दर पहाडी र रमणीय जिल्ला गुल्मीको धुर्काेट वस्तुमा भण्डारीको बाल्यकाल बितेको थियो । नेपालमा प्रजान्त्रको अपहरण र एकदलीय पञ्चायती व्यवस्था स्थापनापछिको अस्थिर राजनीतिक अवस्थाका समयमा भण्डारीको जन्म भएको थियो ।

२.२.२.     शिक्षादीक्षा

            विष्णु भण्डारी अक्षरारम्भ तथा विद्यालयीय शिक्षाको सुरुवात २०२९ मा हिमालय प्रा.वि.वस्तु हटियामा शिशु कक्षाबाट आरम्भ भएको हो । यिनले शिशु कक्षामै प्रथम भई आफ्नो प्रतिभा देखाएका थिए । पहाडी क्षेत्र भए पनि घर नजिकै विद्यालय भएकाले शिक्षा आर्जनका लागि टाढा जानु परेन । चार कक्षा पास गरेपछि अध्ययन छाडेर २०३३ मा १३ वर्षको उमेरमा पारिवारिक आर्थिक समस्याका कारण कामको खोजीमा भारत गएका थिए । उनले पुनः २०३४ मा नेपाल फर्की हिमालय मा.वि. मा कक्षा पा ँचमा भर्ना भई अध्ययनलाई निरन्तरता दिइएका हुन् । विद्यालयको शिक्षा अवधिभर प्रायः द्वितीय हुने भण्डारी कक्षा ९ मा भने विद्यालय प्रथम भएका थिए । उनले  २०४० सालमा २० वर्षको उमेरमा प्रवेशिका परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरी विद्यालयीय शिक्षा पूरा गरेको देखिन्छ । उनले २०४१ मा वुटवल बहुमुखी क्याम्पस बुटवलमा भर्ना भई विज्ञान विषय लिई आफ्नो उच्च शिक्षाको अध्ययन प्रारम्भ गरे । त्यस समयमा देशमा पञ्चायती व्यवस्था थियो । जनताका हक र अधिकारहरू खोसिएका थिए भने पञ्चायती व्यवस्थाको स्वेतआतङ्कले गर्दा जनतामा त्रास छाएको थियो । भण्डारी पनि निरङ्कुश व्यवस्थाको विरूद्ध मोर्चाबन्दीमा लाग्न थाले जसले गर्दा पढाइ पूरा गर्न सकेनन्् (ढकाल, ध्रुव राज २०७०: १२) । अन्त्यमा उनले २०४७ सालमा प्राइभेटबाट प्रवीणता तह उत्तीर्ण गरेर उनको औपचारिक शिक्षा टुङ्गियो तर पनि उनको औपचारिक अध्ययन  भने निरन्तर चलिरहेको देखिन्छ ।

२.२.३.     विवाह र दाम्पत्य

विष्णु भण्डारीको विवाह २०४८ सालमा अर्घाखाँची जिल्ला निवासी श्री भोजराज भुसाल र पवित्रा भुसालकी सुपुत्री पार्वता भुसालसँग भएको हो । तत्कालीन मसालका नेता विनबहादुर कुँवर र टोपवहादुर रायमाझीको पहल र सहयोगमा पार्वता भुसालसँग विवाह सम्पन्न भएको हो । पार्वतासँग विष्णु भण्डारीका वैचारिक मेल भएका कारण हिन्दू परम्पराभन्दा भिन्न तरिकाले जनवादी विवाह गरेका थिए (ढकाल, ध्रुव राज २०७० : १४) । हाल उनका सन्तानमा एक छोरा र दुई छोरी छन् ।

२.२.४ आजीविका

विष्णु भण्डारीले २०४२ वैशाख १ देखि मङ्सिर सम्म ८ महिना पिपलटार प्रा. वि. धादिङ्मा शिक्षक भई अध्यापन गरे । यही नै उनको जागिरे जीवनमा प्रवेश थियो । २०४३ वैशाख १७ मा लोकसेवा आयोगबाट मुखिया पदमा नियुक्त भई पायोनिर गण भद्रकालीमा काम गरेका भण्डारीले २०४३ पुसमा विद्यार्थी राजनीतिमा पनि सक्रिय भएकाले भण्डारीले मुखिया पदबाट राजीनामा दिइएको देखिन्छ । २०४३ फागुन १८ मा भण्डारीले पुनः लोकसेवा आयोगबाट खरदार पदमा नियुक्त भई धादिङ बँेसीको भूमिसुधार शाखामा काम गरेको देखिन्छ (ढकाल, ध्रुव राज २०७० :१६) । २०४४ चैत ९ गते नापी विभागमा सरुवा भै काम गर्न थालेका उनले राजनीति गर्ने उद्देश्यका साथ २०४६ मङ्सिर २ मा राजिनामा दिए । त्यसपछि भण्डारीले २०४६ देखि सङ्घर्ष गर्दै र विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आए ।

२.२.५ प्रेरणा र प्रभाब

उपन्यासकार विष्णु भण्डारीले बाल्यकालदेखि नै साहित्य सिर्जनामा औधी अभिरूचि राखेको पाइन्छ । विद्यालयमा हुने साप्ताहिक कार्यक्रममा भाग लिन दाजु हरि भण्डारीको प्रेरणा मिलेको देखिन्छ । विद्यालयमा हुने साप्ताहिक साहित्यिक कार्यक्रम र गुरुहरूको उत्प्रेरणाले २०३७ सालमा कक्षा ७ मा पढ्दा फूल शीर्षकको कविता लेखेका थिए । बाल्यकालमै पारिवारिक समस्याका कारण कामको खोजीमा भारत गएका बेला त्यहाँ नेपाली पद्य सङ्ग्रह भाग एक, महाभारत र रामायणको अध्ययनको अवसर पाए । यो अध्ययनले उनमा साहित्य लेखनका लागि प्रभाव पारेको देखिन्छ । साहित्य लेखनमा उनको पारिवारिक पृष्ठभूमि, तत्कालीन समाज, साथीभाइ, भौगोलिक परिवेश, विद्यालयको साहित्यक कार्यक्रम, गुरुहरू तथा राजनीतिक सम्पर्कले उत्प्रेरणा जगाएको पाइन्छ । (ढकाल, धु्रवराज २०७० : १८) ।

२.३ विष्णु भण्डारीको व्यक्तित्वको अध्ययन

विष्णु भण्डारीको साहित्येतर र साहित्यिक व्यक्तित्वको चर्चा प्रस्तुत गरिएको छ ।

२.३.१      साहित्येतर व्यक्तित्व

विष्णु भण्डारीमा साहित्यिक व्यक्तित्वजस्तै साहित्येतर व्यक्तित्व पनि पाइन्छ । उनी बहुआयामिक प्रतिभा भएका व्यक्तित्व हुन् । साहित्येतर व्यक्तित्वले पनि उनको साहित्यिक व्यक्तित्वलाई उचाइ प्रदान गर्न परिपूरक भूमिका खेलेको पाइन्छ । भण्डारीका साहित्येतर व्यक्तित्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

(क) पत्रकार व्यक्तित्व

विष्णु भण्डारी विभिन्न समयमा विभिन्न पत्रपत्रिका, साहित्यिक सङ्घसंस्था र आन्दोलनसँग संलग्न भएर काम गरेको थिए । भण्डारीले २०४५ सालमा हलकारा पत्रिकाको सहयोगी सम्पादकका रूपमा काम गरेका थिए भने चन्द्रगिरी’ साहित्यिक पत्रिकाको प्रकाशन÷सम्पादकका रूपमा रहेर कार्य गरेका थिए । (ढकाल,ध्रुव राज २०७०: ३४) । अभिज्ञान र प्रलेस पत्रिकामा पनि उनी सम्पादन मण्डलमा रहेर काम गरे । उनले प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ, लगायतका साहित्यिक सङ्घसंस्थामा आबद्ध रहेर कार्य गर्दै आएको देखिन्छ । भण्डारी साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्यका रूपमा रहेर कार्य गर्दै आइरहेका छन् ।

(ख) बहुभाषिक व्यक्तित्व

विष्णु भण्डारी नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा दक्ष रहेका छन् । उनको बहुभाषिक व्यक्तित्व उनका साहित्यिक रचनामा पनि पर्न गएको छ । भण्डारीले खास गरी संस्कृत तत्सम शब्द, आगन्तुक, अङ्ग्रेजी शब्द र नेपाली झर्रा शब्दहरूको प्रयोग आफ्ना रचनमा प्रचुर मात्रामा प्रयोगमा आएको देखिन्छ । कामको सिलसिलामा बाल्यकालमै भारत जाँदा त्यही हिन्दी भाषा सिकेका र हिन्दी साहित्यका पुराना केही पुस्तक तथा पत्रपत्रिका पढ्न पाएका थिए । त्यस्तै विद्यालयीय शिक्षा तथा इन्सिच्युटबाट अङ्ग्रेजी भाषा सिकेका कारण भण्डारी अङ्ग्रेजी भाषामा पनि दक्ष देखिन्छन् (ढकाल, ध्रुव राज २०७० : ३४) । समग्रमा यही बहुभाषिक व्यक्तित्वले साहित्य लेखनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । भण्डारीमा बहुभाषिक ज्ञान भए तापनि साहित्य सिर्जना भने नेपाली भाषामा गरेको देखिन्छ ।

(ग) शिक्षक व्यक्तित्व

विष्णु भण्डारीको अर्को व्यक्तित्वको पाटो शिक्षक पनि एक हो । उनले २०४२ साल वैशाख १ गते देखि मङ्सिर महिनासम्म पिपलटार प्रा.वि. धादिङ्मा अध्यापन गरेका थिए । युवा जोश÷जाँगरका साथमा ज्ञानको ज्योति फैलाउन धादिङ पुगेका भण्डारीले एक शैक्षिक सत्रसम्म पनि अध्यापन गरेको देखिँदैन । त्यहाँ उनले छोटै समय भए पनि कैयौँ बालबालिकालाई शिक्षक भई ज्ञानरश्मीले सिञ्चन गरेका छन् । थोरै समय शिक्षण क्षेत्रमा अनुभव प्राप्त गरेकाले शिक्षण पेशा र विद्यार्थीका विषयमा सधैँ चासो व्यक्त गर्ने गरेको देखिन्छ । शिक्षक व्यक्तित्वको प्रभाव उनका केही रचनाहरूमा पनि परेको छ (ढकाल, ध्रुव राज २०७० : ३३) ।

(घ) अभिप्रेरक व्यक्तित्व

                        विष्णु भण्डारी अरूलाई प्रेरणा र हौसला प्रदान गर्ने व्यक्तित्वका रूपमा देखापर्दछन् । निरन्तरको साधनाबाट मिठो फल प्राप्त गर्न सकिन्छ भन्ने अभिप्रेरणासाथ सबैलाई कर्ममा निवृत हुन आग्रह गर्ने गरेको देखिन्छ (ढकाल, ध्रुव राज २०७० : ३३) । उनी साहित्यकार, व्यावसायिक, संस्कृतिकर्मी, शिक्षक, कर्मचारी, समाजसेवी र राजनीतिज्ञ समेत भई काम गरिसकेकाले सरसल्लाह र सहयोग लिने व्यक्तिको सङ्ख्या पनि उल्लेख्य रहेको देखिन्छ । साथै सबैसँग सरल व्यवहार गर्ने बानीका कारण उनीसँग सबै जना नजिकिन्छन् । उनले आफूसँग सल्लाह लिन खोज्ने व्यक्तिलाई उचित मार्ग निर्देशन दिने गर्दछन् । आफ्नो कर्तव्यप्रति सदा इमान्दार, मेहेनती र परिश्रमीका धनी भण्डारी एक कुशल अभिप्रेरक व्यक्तित्वका रूपमा देख्न सकिन्छ ।

(ङ) राजनीतिक व्यक्तित्व

                        विष्णु भण्डारीका व्यक्तित्वका पाटाहरूमध्ये साहित्येतर व्यक्तित्वको ऊर्जाशील पाटो राजनीतिक व्यक्तित्व हो । बाल्यकालदेखि नै नेकपा (मसाल) मा सक्रिय हुदैँ आएका भण्डारी क्रान्ति र रूपान्तरणप्रति सधैँ आशावादी देखिन्छन् । देशको राजनीतिक अवस्थालाई अति नै नजिकबाट बुझेका उनी राजनीतिक रूपमा सचेत व्यक्तित्व हुन् । विद्यार्थी समयमा कक्षा ८ मा पढ्दा उनी नेकपा मसालको विद्यार्थी सङ्गठन अनेरास्ववियू (छैँठौ)बाट स्व. वि. यू. मा  उप–सभापति पदमा उम्मेदवार बने पनि पराजित भएका थिए ।

उनी २०३८ माघमा छैठौँको जिल्ला भेला आयोजक समितिको सहसचिव भएका थिए । २०३८ चैतको केन्द्रीय सम्मेलनमा जिल्ला प्रतिनिधि भएका थिए । त्यस्तै २०३९ कात्तिकमा छँैठौको जिल्ला अध्यक्ष, २०३९ चैतमा राप्ती र लुम्बिनी उपकेन्द्रीय समितिको सह−सचिवमा मनोनित भएका थिए (ढकाल, ध्रुव राज २०७० : ३४) मसालमा आएको फुट (२०४८) पछि राजनीतिमा निष्कृ्रय भएका उनी २०६३ असार १३ गतेबाट औपचारिक रूपमा तत्कालीन ने.क.पा. माओवादीको सांस्कृतिक मोर्चाको क्षेत्रीय सदस्यका रूपमा प्रवेश गरी हालसम्म पनि सोही पार्टीको सांस्कृतिक जिल्ला समिति सदस्यका रूपमा सक्रिय छन् ।

२.३.१ विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व

            विष्णु भण्डारी नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टा हुन् । बाल्यकालको कलिलो उमेरदेखि नै उनले साहित्य लेखन सुरु गरेका थिए (ढकाल, ध्रुव राज २०७० : २८) । उनका अहिलेसम्म निम्नलिखित साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उनले विद्यार्थी कालमै लेखेको कविता रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रममा प्रसारण भएको देखिन्छ । उनको पहिलो कृति प्रकाशन हुनुभन्दा अघिका फुटकर रचना अप्रकाशित रहेका छन् । उनी नेपाली साहित्यका फाँटमा कविता विधाको विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा साहित्यिक यात्रा गरेको पाइन्छ । उ

नले २०४३ सालमा एस.वि.विवेक उपनामबाट यो कृति प्रकाशित गराएका हुन् । कविता यात्राकै क्रममा २०४४ सालमा आँधी–तुफान मुक्तक सङ्ग्रह प्रकाशित गरेका हुन् । २०६३ सालमा देश जागेको बेला र २०६३ सालमै फेरी अर्को तारा खस्यो कविता सङ्ग्रह प्रकाशित गरेका थिए । २०६९ सालमा घाइते ह्विलचियर कविता सङ्ग्रह प्रकाशित गरेका थिए । २०६७ सालमा प्रकाशित उत्सर्ग भण्डारीको महाकाव्य हो भने २०७२ मा प्रकाशित पहेँलो घाम पहिलो औपन्यासिक कृति हो । कविता यात्राकै क्रममा दुईओटा खण्डकाव्य विद्रोहको छाल र ब्वाँसोको अन्त्यको खेल प्रकाशन गरेका छन् । त्यस्तै एउटा लघुकाव्य कालो नाटक र उत्सर्ग महाकाव्य पनि प्रकाशित छन् । उनको पहिलो उपन्यास पहेँलो घाम हो । यो कृति २०७२ सालमा प्रकाशन भएको हो । यी बाहेक फुटकर रूपमा कथा, कविता र निबन्ध पनि प्रकाशित भएका छन् ।

(क) कवि व्यक्तित्व

            विष्णु भण्डारीको कविता लेखन यात्रा २०३७ सालमा सात कक्षा पढ्दाखेरी फूल शीर्षकको कविताबाट आरम्भ भएको पाइन्छ । उनले विद्यार्थीकालमा विभिन्न शीर्षकका कविताहरू लेखेको र साहित्यिक कार्यक्रममा वाचन गरेको पाइन्छ । साथै विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न शीर्षकका कविताहरू प्रकाशित गरेको पनि पाइन्छ । भण्डारीका फुटकर कविताहरू फेरि अर्को तारा खस्यो, देश जागेको बेला र घाइते ह्विलचियर शीर्षकका कविता सङ्ग्रहमा सङ्कलित छन् । भण्डारीको पहिलो कविता सङ्ग्रह फेरि अर्को तारा खस्यो मा विभिन्न विषय र आकारका ४० ओटा फुटकर कविताहरू गद्यालयमा संरचित रहेको देखिन्छ । यस कविता सङ्ग्रहमा सङ्कलित उनका कविताहरू पढ्दा तत्कालीन समयको चित्र प्रष्ट रूपमा देख्न सकिन्छ । साथै त्यतिखेरको सामाजिक, लैङ्गिक र वर्गीय उत्पीडनका साथै सत्ताको निरङ्कुश चरित्र पनि बुझ्न सकिन्छ । उनका कविताको मर्म भनेको दासता, उत्पीडन र अन्यायबाट मुक्ति र उदात्त चाहनाको अभिवृद्धि गर्नु हो । तत्कालीन सामन्ती निरङ्कुश शासनका कारण देश कठिन परिस्थितिमा रहेको सन्दर्भलाई भण्डारीले जनबोली अर्थात् जनउत्कर्षको प्रकटीकरण यस सङ्ग्रहका कवितामा चर्चा गरेका छन् । यस सङ्ग्रहका अधिकांश कविताहरूमा बिम्बात्मक सूत्र पाइन्छ । प्रकृति, समाज, इतिहास, पुराकथा, माक्र्सवाद, आदि विविध क्षेत्रसँग सम्बन्धित रहेर बिम्ब, प्रतीक र अलङ्कार योजना प्रयोग गरिएको देखिन्छ ।

उनको अर्को कविता सङ्ग्रह देश जागेका बेला (२०६३ ) हो । यस सङ्ग्रहमा विभिन्न विषयका ३० ओटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सबै कविताहरू २०६२÷६३ को जनआन्दोलनको सेरोफेरोमा रचिएका कविताहरू हुन् । वास्तवमा यस सङ्ग्रहका कविताहरू १९ दिने जनआन्दोलनका दैनन्दिनीको काव्यिक अभिव्यक्ति हुन् । श्रम सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षको कलात्मक दर्पण देश जागेको बेला कविता सङ्ग्रहमा रहेका छन् । आन्दोलनको समयमा सारा देशमा बलेको आगोको सहित्यिक रूप यस सङ्ग्रहका कविताले लिएका छन् । गद्यालय ढाँचामा लेखिएका यस सङ्ग्रहका कवितामा सरल शब्द चयन हुँदाहँुदै पनि गहन अर्थ दिन सफल छन् । जनआन्दोलन जस्तो घटनालाई अनेक बिम्ब प्रतीक योजना गदै वैचारिक रूपमा परिपक्क बनाइएको छ । यस सङ्ग्रहका कविताहरू काँडाभित्र फूलेका गुलाब हुन् र यिनले त्यही गुलाबको सौन्दर्यलाई बोकेका छन् (भण्डारी : भूमिका) ।

त्यस्तै विष्णु भण्डारीको अर्को चर्चित कविता सङ्ग्रह घाइते ह्विलचियर (२०६९) रहेको छ । यस सङ्ग्रहमा ४६ ओटा कविताहरू रहेका छन् । यसका सम्पूर्ण कविताहरू गद्यालयमा रचिएका छन् । माक्र्सवाद दर्शन र सिद्धान्तबाट सोझैँ प्रभावित यस सङ्ग्रहका कविताका विषयवस्तु राजनीतिबाट उत्पन्न परिणाम हुन्, जुन विसङ्गत् यथार्थ हुन् । हालसम्म तीनओटा कवितासङ्ग्रह प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व फुटकर कविता रचनाका दृष्टिले सशक्त मान्न सकिन्छ ।

२०४३ सालदेखि औपचारिक रूपमा कवितारूपी डुङ्गामा हेलिएका भण्डारीको घाइते ह्विलचियर कविता सङ्ग्रहका कवितासम्म आइपुग्दा कवि व्यक्तित्व पनि उचाइमा पुगेको छ । भण्डारीको कविता रचनाको यात्राका क्रममा दुईओटा खण्डकाव्य र एउटा लघुकाव्य प्रकाशन गरेका छन् । ती खण्डकाव्यमा विद्रोहको छाल (२०४३),ब्वाँसोको अन्त्यको खेल (२०४५) र कालो नाटक (२०४५) लघुकाव्य हुन् ।

विद्रोहको छाल भण्डारीले एस.वि. विवेकको नामबाट प्रकाशन गरेका थिए । यस खण्डकाव्यमा नीलम र उषाका बीचको वार्तालापबाट नेपालमा प्रजातन्त्र ल्याउनका लागि गरिएको सङ्घर्ष र वस्तुस्थितिको चित्रण गरिएको छ । झ्याउरे लयको दुई सय पङ्क्तिमा रचिएको अन्त्यानुप्रास योजना, सरल शब्द चयन र बिम्ब प्रतीक योजनाले भण्डारीको प्रथम प्रयासमै खण्डकाव्यकार व्यक्तित्व प्रष्टिन्छ । त्यस्तै उनको ब्वाँसोको अन्त्यको खेल खण्डकाव्यको विषयवस्तु आख्यान विकल्प विचारका रूपमा आएको छ । निर्दलीय पञ्चायती शासन व्यवस्थाप्रति व्यङग्य र आक्रोश प्रकट गरिएको यस कृतिबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेको छ । त्यस्तै उनको अर्को लघुकाव्य कालो नाटक रहेको छ । सामन्तवादी पञ्चायती व्ववस्थाले जनताको आँखामा छारो हाल्दै सङ्घर्षलाई निस्तेज गर्न अगाडि सारेको रणनीतिलाई विषयवस्तु बनाउँदै अनुष्टुप छन्दमा रचना गरिएको छ । यसरी नेपाली साहित्यको कविता विधाको मझौला रूपमा कृतिहरू प्रकाशित गरी आफ्नो कवि व्यक्तित्वलाई झन उजिल्याएको देखिन्छ ।

कविता यात्राकै क्रममा उनको उत्सर्ग महाकाव्य २०६७ मा प्रकाशित भएको छ । २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा आधारित भएर यो महाकाव्य लेखिएको छ । प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर सर्गविधानमा नवीनता ल्याएको यस महाकाव्यमा बिम्ब, अलङ्कार र मिथकहरूको सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । गद्यालय ढाँचामा लेखिएको यो महाकाव्य जनयुद्धको चेतना र अवस्थालाई प्रकटिकरण गर्न सक्षम भएको छ । तीनओटा कवितासङ्ग्रह, एउटा मुक्तकसङ्ग्रह, दुईओटा खण्काव्य, एउटा महाकाव्य, एउटा लघुकाव्य र एउटा उपन्यास प्रकाशित गरेका भण्डारीले आफूलाई एक सफल कविका रूपमा प्रस्तुत गर्न सफल भएको देखिन्छ । २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी काव्ययात्रामा पदापर्ण गरी अघि बढेका भण्डारी २०६९ मा घाइते ह्विलचियरसम्म पुग्दा कवि व्यक्तित्व उचाइमा पुगेको छ । कविता विधाको लघुत्तम रूपदेखि बृहत् रूपसम्म कलम चलाएर विष्णु भण्डारीले आफ्नो परिचय बनाउन सफल छन् ।

(ख)   कथाकार व्यक्तित्व

साहित्यिक व्यक्तित्वका विविध पाटाहरूमध्ये विष्णु भण्डारीको कथाकार व्यक्तित्व पनि एक पाटो हो । उनको पहिलो कथा विश्वासमा अडिएको जीवन (२०६६) असोजमा प्रकाशित भएको हो । उनले अरू थुप्रै कथाहरू सिर्जना र प्रकाशन गरेको भए पनि सङ्ग्रहका रूपमा भने प्रकाशित भएका छैनन् । भण्डारीको कथाकार व्यक्तित्वको निरूपण गर्ने आधार यो लगायत चर्किएको घर, चिहान, फोन चोर र दुश्मन जस्ता अन्य कथाहरू नै हुन् ।

(ग)   उपन्यासकार व्यक्तित्व

            विष्णु भण्डारीले २०७२ सालमा पहेँलोे घाम उपन्यास प्रकाशन गरेका छन् । यस उपन्यासमा जनयुद्धमा साहसिक योद्धाको रूपमा परिचय बनाएकी युवतीको कथावस्तु रहेको देखिन्छ । युवतीले युद्धकालमा भोग्नुपरेको पीडा र उनले देखाएको साहसका साथ उपन्यास अघि बढेको छ । उनको पहिलो प्रकाशित उपन्यास पहेँलोे घाम (२०७२) हो । जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी युवतीले युद्धकालमा भोग्नु परेके पीडा र उनले देखाएको साहस उपन्यासमा वर्णित छ ।

(घ) निबन्धकार व्यक्तित्व

            विष्णु भण्डारीले विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा कलम चलाइरहेका छन् । विभिन्न पत्रपत्रिकामा उनका निबन्ध र सांस्कृतिक लेख प्रकाशित भएका छन् । साथै उनको आफ्नै व्यक्तिगत ब्लग पनि छ । शैलवी नामको ब्लगमा पनि उनका निबन्धहरू प्रकाशित हुने गर्छन् ।

(ङ)   सम्पादक व्यक्तित्व

            विष्णु भण्डारीले ०४४/४५ सालमा हलकारा पत्रिकाको सहयोगी सम्पादकका रूपमा काम गरेको देखिन्छ । चन्द्रागिरी साहित्यिक पत्रिकामा प्रकाशक÷सम्पादकका रूपमा रहेर कार्य गरेको देखिन्छ । अभिज्ञान र प्रलेस पत्रिकामा पनि उनी सम्पादक मण्डलमा रहेर काम गरेका छन् भने प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ, घनश्याम प्रतिष्ठान लगायत साहित्यिक सङ्घसंस्थामा आवद्ध रहेर कार्य गर्दै आएको देखिन्छ । उनी साहित्यिक पत्रकार सङघ्को केन्द्रीय सदस्यका रूपमा रहेर कार्य गर्दै आइरहेका छन् । यसले पनि उनको साहित्यिक व्यक्तित्वलाई सहयोग गरेको छ (ढकाल, ध्रुव राज २०७०: ३४) ।

यसरी विष्णु भण्डारीले साहित्य र साहित्येतर दुबै क्षेत्रको गरिमा र संमृद्धिलाई उच्च राख्नका लागि निकै ठुलो प्रयास गरेका छन् ।

२.४  निष्कर्ष

            विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व नै उनको व्यक्तित्वको मूल पहिचान हो । उनी कवि, कथाकार, उपन्यासकार, सांस्कृतिक चिन्तक र राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भएका छन् । साहित्यिक रूपमा कवि तथा सांस्कृतिक चिन्तक व्यक्तित्वका रूपमा चर्चित भण्डारीको विश्वासमा अडिएको जीवनका साथै चर्किएको घर, चिहान, फोन चोर र दुश्मन जस्ता अन्य कथाहरू पनि प्रकाशित भएका छन् । यसबाट उनी कथाविधाका क्षेत्रमा पनि संलग्न रहेको देखिन्छ । खासगरी कवि र सांस्कृतिक चिन्तक व्यक्तित्वका रूपमा स्थापित भएका भण्डारीको अध्ययनशील पक्ष पनि यही कविता विधाको बहुसर्जकका रूपमा मुक्तकदेखि महाकाव्यसम्मको हो ।

            हालसम्म भण्डारीका कविता विधामा तीनओटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईओटा खण्डकाव्य, एउटा लघुकाव्य, एउटा महाकाव्यका साथै एउटा उपन्यास छ भने कथाका क्षेत्रमा विश्वासमा अडिएको जीवन, चर्किएको घर, चिहान, फोन चोर र दुश्मन जस्ता कथाहरू प्रकाशित भएका छन् । जनताका पक्षमा रचना गर्ने यी कृतिहरूले नेपाली प्रगतिवादी साहित्यका फाँटमा र समग्र नेपाली साहित्यमा उच्च स्थान प्राप्त गरेका छन् । साहित्यिक व्यक्तित्वसँगै उनमा साहित्येत्तर व्यक्तित्व पनि उल्लेखनीय रहेको देखिन्छ । उनका सामाजिक र राजनीतिक व्यक्तित्व नै प्रमुख साहित्येतर व्यक्तित्व हुन् । भण्डारी समाज र जनताका लागि निम्नवर्गीय पक्षधरता हुँदै साम्यवादी समुन्नत समाजको परिकल्पना गर्दछन् । उनले समाज तथा देशमा परिवर्तन र विकासका लागि जीवनमा धेरै सङ्घर्ष गर्दै आइरहेको देखिन्छ ।

परिच्छेद तीन

आधुनिक नेपाली उपन्यास परम्परामा विष्णु भण्डारीको योगदान

३.१.विषय परिचय

            विष्णु भण्डारीलाई साहित्य सिर्जनामा उनको जीवन भोगाइ, स्वअध्ययन, जन्मस्थानको बाल्यकालीन परिवेश, समाजसेवी तथा साहित्यकारसँगको साक्षात्कार, माक्र्सवादी दर्शन, साहित्यप्रतिको आन्तरिक रूचि, विद्यालय स्तरीय साहित्यिक वातावरण, दाजु हरि भण्डारी र प्रेम भण्डारीको प्रोत्साहन र आफ्नै विद्रोही स्वभावजस्ता विभिन्न कारक तत्वहरूले अभिप्रेरित गरेको पाइन्छ । विष्णु भण्डारीको साहित्य लेखनको प्रारम्भ विद्यार्थी जीवनदेखि नै भएको हो । प्रगतिवादी लेखक विष्णु भण्डारीलाई नेपाली साहित्य जगत्का एक चिरपरिचित व्यक्तित्वका रूपमा लिन सकिन्छ । नेपाली साहित्यको मझौला रूप विद्रोहको छाल खण्डकाव्य लिएर देखा परेका भण्डारीले साहित्यको हरेक विधा कथा, कविता, समालोचना र उपन्यास लेखनमा कलम चलाएको पाइन्छ । उनी आफ्ना रचनामा शोषण, दमन, अत्याचार, राजनीतिक दमन लगायत सबै खाले अमानवीयता विरूद्धका भावलाई आफ्ना कृतिहरूमा पस्कने प्रगतिवादी धाराका कवि हुन् । उनका विचार स्वाभिमान, राष्ट्रियता र अभिमानलाई विषय बनाएर साहित्यका विविध विधामार्पmत प्रस्फुटित भएका छन् । प्रगतिवादी विचारधारालाई अँगाली साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा परिचित भण्डारीका औपन्यासिक प्रवृत्तिहरूको रेखाङ्कन निम्नानुसार गर्न सकिन्छ ।

३.२ आधुनिक नेपाली उपन्यास परम्परा

            नेपाली उपन्यासको साहित्यका आधुनिक कालको प्रवर्तक समय विन्दूका पृष्ठभूमिलाई नियाल्दा कुनै समय विन्दूमा प्रकाशित साहित्यिक कृतिविशेषले कुनै वाद वा प्रणालीको सटीक तवरले स्थापना वा व्याख्या गरेको पाइँदैन । परम्परागत चिन्तनको जगमा उभिएर आधुनिक नवमूल्य र प्रवृत्तिहरूलाई आत्मसात गर्न खोज्ने कृतिहरूको आधारमा आधुनिकता सिद्ध गर्न सकिन्छ । परिवर्तनशील समाज, नवीन चिन्तनप्रणाली र नयाँ पर्यावरणमा दृश्यमान समकालीन तथ्यलाई साहित्यका सन्र्दभमा कृतिमा सन्निविष्ट गर्दै जानुमा आधुनिकता निहित देखिन्छ । यसरी हेर्दा आधुनिकता भनेको निश्चित समय बिन्दुमा बाँधिने कुरा नभई यो समाज, मानवीय चिन्तनको विकास र व्यापकतासँगै गतिशील रहने देखिन्छ । नेपाली उपन्यास साहित्यको आधुनिक कालको प्रवर्तन सम्बन्धमा समीक्षक भानुभक्त पोखरेलले १९९१ मा प्रकाशित रूद्रराज पाण्डेको रूपमती उपन्यासलाई मानेका छैनन् । आदर्श र नीतिशिक्षामा जोड दिएकाले रूपमती यथार्थपरक छैन भन्दै १९९३ मा प्रकाशित रूपनारायण सिंहको भ्रमर बाट उनी आधुनिक कालको सुरुवात भएको मान्दछन् (पोखरेल, २०४० : १९३) । रूपमती ले आदर्शको प्रवतला, काल्पनिक तत्वको साहाराजस्ता परम्परालाई छाड्न नसकेका कारण आधुनिक मान्न नसकिने भन्दै भ्रमरले आधुनिक कालको सुरुवात गरेको तर्क अघि सारिएको पनि पाइन्छ । कतिपय विद्वान्हरूले रूपमतीबाटै आधुनिकताको सुरूवात भएको भन्दै रूपमतीलाई नै पहिलो आधुनिक उपन्यास मान्ने आधारहरू प्रस्तुत गरेको पाइन्छ । तिनका अनुसार पाश्चात्य नोवेलको प्रभाव पर्नु, सामाजिक यथार्थ पाइनु, परिवेशगत चेतना पाइनु, मानवीय मूल्यको अन्तरभाव पाइनु, विषय र शैलीमा विविधता पाइनु आदि कुराहरू रहेका छन् (श्रेष्ठ र शर्मा, २०४६ : १९३) । नेपाली उपन्यास परम्परामा औपन्यासिक शिल्पद्वारा परवर्ती स्वरूपलाई दिशानिर्देश गर्न खोज्ने पहिलो कृतिका रूपमा रूपमती देखिएको छ । यसले पुराना रूढिवादी विचारधारा र संस्कारग्रस्त सामाजिक मान्यताप्रति व्यङ्ग्य गर्दै स्वप्निल जगत्का अतिभौतिक, अतिरञ्जनात्मक तथा अतिकाल्पनिक तत्वहरूलाई हटाई नेपाली उपन्यास धरातलमा नयाँ आयाम थपेको छ (प्रधान, २०४० : १२७) । वास्तवमा रूपमती उपन्यास प्राथामिक कालीन नीतिमूलक, माध्यामिक कालीन, जासुसी, तिलस्सी आख्यानभन्दा भिन्न वस्तुजगत्का घटनाको संयोजन गरेको छ । त्यसकारण यसले समाजिक धरातलमा सम्भाव्य र स्वभाविक घटनाको संयोजन गरेको छ । मानवीय चरित्र, वस्तुयथार्थ, द्वन्द्व, कुतूहलता र सामान्य बोलीचालीको भाषाप्रयोग गरेर आधुनिक ढाँचाको प्रथम प्रयोग रूपमतीले दिएको पाइन्छ । प्रस्तुत उपन्यासमा नेपाली समाजमा हँुदै आइरहेको बुहारीमाथि सासूको हैकमपूर्ण व्यवहारलाई चित्रित गरिएको, बुहारी भएपछि सासू, देवरको लाञ्छाना सहनु पर्ने र देवरानी, जेठानीका बीचमा हुने कलह, वैमनस्य जस्ता समाजका यथार्थ पक्षहरूलाई टिपेर प्रस्तुत गरिएको यो यथार्थपूर्ण देखिन्छ । बुहारी हुन त रूपमती जस्तै भन्ने आदर्श स्थापना गर्न खोजिएकाले यो आदर्शोन्मुख यथार्थवादी उपन्यास हो । यसरी रूपमती (१९९१) देखि सुरु भएको नेपाली उपन्यासको आधुनिक काल विभिन्न समयमा विभिन्न प्रवृत्तिलाई आत्मासात् गर्दै आजको अवस्थासम्म गतिशील छ । नेपाली उपन्यासहरूमा हालसम्म देखिएका वादलाई मोटामोटीमा निम्नानुसार वर्गीकरण गर्न सकिन्छ :

(क) सामाजिक यथार्थवाद

            सामाजिक यथार्थवादमा लेखक स्रष्टामात्र हुन्छ । लेखक निरीक्षण गरेर समाज वा जीवनका यथार्थ टिप्छ र आफ्नो कलामा ढालेर एउटा छुट्टै मनुष्यहरूको जीवित संसार सृष्टि गर्छ जुन वास्तविक समाजमा विचरण गर्ने, दुःख सुख झेल्ने, लड्ने भिड्ने र जित्ने हार्ने सबलता, दुर्बलता सहितको यथार्थ मनुष्य प्रतीत हुन्छ (प्रधान, २०५२:९७) । जसमा आफ्नो विचार वा उद्देश्य, इच्छाहरू पात्रमा आरोपित गरेर प्रकट हुने गर्छन् । सामाजिक यथार्थवादी उपन्यासमा जीवनका कारूणिक सत्य र तत्थ्य प्रस्तुत भएका हुन्छन् । साहित्यकारले समाजको चित्रण गर्दा सामान्यः निम्न वर्गीय चरित्र र समाजको यथार्थलाई नलुकाइकन जस्ताको तस्तै उतार्ने गर्दछ । नेपाली साहित्यमा रूद्रराज पाण्डेको रूपमती (१९९१) बाट अांशिक यथार्थवाद र लैनसिंह वाङ्देलको मुलुकबाहिर (२००४) पहिलो सामाजिक यथार्थवादी उपन्यास हो । सामाजिक यथार्थवादी प्रवृत्ति अङ्गालेर लेखिएका केही उपन्यासहरूमा लैनसिंह वाङ्देलको माइतीघर (२००७), लङ्गडाको साथी (२००८), रेम्ब्रान्ट (२०२३), लीलवहादुर क्षेत्रीको बसाइँ (२०१४), गोविन्दराज भट्टराइको मुगलान (२०३१), वासु शशीको फूल ओइलाइसकेपछि, चेतन कार्कीको हनीमुन (२०५५), हरिप्रसाद पाण्डेको मुटुभित्रका ढुकढुकीहरू (२०६५), श्रीधर पौडेलको दुई ढुङ्गा बीचको तरूल (२०६४) आदि हुन् (बराल र एटम २०६६:९८) । नेपाली साहित्यमा सामाजिक यथार्थवादी उपन्यासहरू बढी मात्रामा लेखिएका छन् । निष्कर्षमा भन्नुपर्दा समाज जे जस्तो छ त्यसको यथार्थ चित्रण गर्नु नै सामाजिक यथार्थबाद हो । जसले समाजकोे चित्रण गर्दा निम्न वर्गीय चरित्र, यथार्थ र सत्यलाई प्राथमिकता दिन्छ । स्थानीय बोलीचाली र रहनसहनलाई जस्ताको तस्तै प्रयोग गरेर यथार्थलाई स्वभाविकतामा भरिदिन्छ । समाजमा हुने गरिबको पीडा र उदासीको यथार्थ चित्रण सामाजिक यथार्थबादमा गरिन्छ । स्थानीय समाजमा महत्वहीन ठानिएका ठाँउ, घटना र पात्रहरूको अति शुक्ष्म व्याख्या विश्लेषण गरी प्रस्तुतीकरणमा विश्वसनीयताको वृद्धि गरिएको हुन्छ । समग्रमा भन्नुपर्दा समाज र मान्छेको सम्बन्धलाई केलाएर प्रकृति चित्रणमा जोड दिइएको हुन्छ ।

(ख) आदर्शोन्मुख यथार्थवाद

            आदर्शोन्मुख यथार्थवादी उपन्यासमा वास्तविक समाजको चित्रण गर्नुका साथै लेखकको स्वर आदर्शप्रति उन्मुख रहन्छ । जहाँ समाजको यथार्थ जीवनको चित्रण गर्दै समाज सुधारको आदर्शवादी दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । नेपाली साहित्यको इतिहासमा आधुनिक नेपाली उपन्यासको प्रारम्भ आदर्शोन्मुख यथार्थवादी उपन्यास रूपमतीबाट भएको मानिन्छ । मानव समाज र यथार्थको परिवेशलाई आधार बनाएर लेखिएको उपन्यास आदर्शको केन्द्रीय निष्कर्षमा टुङ्गिन्छ (तामाङ, २०७१:३०) । आदर्शको प्रयोग कुप्रवृत्तिको हार र सत्यको जीत एवं परोपकारी उन्नति र दुष्टको दुर्गति देखाउने क्रममा हुन्छ । आदर्शोन्मुख यथार्थवादी उपन्यासमा समाजमा हुने गरेका विकृति र विसङ्गति तथा नारी र निम्नवर्गीय व्यक्तिहरू माथि हुने शोषण, दमन, अन्याय र अत्याचारलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिन्छ । नेपालीमा आदर्श र यथार्थका पाठ पढाउने उद्देश्यले लेखिएका उपन्यासहरूमा रूद्रराज पाण्डेको चम्पाकाजी (१९९३), प्रायाश्चित (१९९५), प्रेम (२००५), काशी बहादुर श्रेष्ठको उषा (१९९५), बचन (२००१), शोभाचन्द्र उपाध्यायको पाटलीपुत्र (२००३), शुरेश बहादुर शाहको पारिजात (२००३), भारती खरेलको गङ्गाजमुना (२०४६) आदि हुन् (बराल र एटम, २०६६:९१) । यी उपन्यासहरूमा समाजको खराव पक्षलाई परास्त गरी नैतिक, परिष्कृत र आदर्श समाजको सिर्जना गर्ने उद्देश्यलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । निष्कर्षमा भन्नुपर्दा उद्देश्यको रूपमा आदर्शको स्थापना गर्नु तर चित्रणको पद्धति चाँहि यथार्थवादी हुनु नै आदर्शोन्मुख यथार्थवाद हो । मानवसमाज र यथार्थ परिवेशलाई आधार बनाएर लेखिएको उपन्यास जब आदर्शको केन्द्रीय निष्कर्षमा टुङ्गिन्छ त्यो आदर्शोन्मुख यथार्थवाद हुन्छ । खराब गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कार दिन्छन् भन्ने देखाउनु र त्यसको पुष्टिका लागि यथार्थ घटना सिर्जना गरी वर्णन गर्नु नै आदर्शोन्मुख यथार्थवादी प्रवृत्ति हो । उपन्यासमा सरल, सामान्य र बोलीचालीको भाषा प्रयोग गरी सामाजिक परिवेश र घटनाको हुबहु उद्घाटन गरिन्छ । उपन्यासकारको मुख्य उद्देश्य दैवी चमत्कार वा नियतिमाथि भर परेर काम गर्ने प्रेरणा प्रकट गर्नु होे । तसर्थ उपन्यासका सम्पूर्ण घटना वा परिवेश आदर्श र यथार्थकै लागि निर्देशित हुन्छन् ।

(ग)   ऐतिहासिक यथार्थवाद

            ऐतिहासिक घटना, व्यक्ति वा परिवेशलाई यथार्थवादी ढङ्गले प्रस्तुत गर्नु नै ऐतिहासिक यथार्थवाद हो । ऐतिहासिक उपन्यासमा लेखकले आफ्नो जन्मभन्दा अगाडिको समयाबधिको घटना र चरित्रलाई प्रस्तुत गरेको हुन्छ । उपन्यासमा ऐतिहासिकताको अर्थ इतिहासको यथार्थ घटना मात्र हो । जसले उस बेलाको सम्पूर्ण परिप्रेक्षलाई जीवन्तता प्रदान गरेर त्यस कालको मूलभूत सामाजिक, राष्ट्रिय परिस्थिति, जीवनका वास्तविक प्रवाह र बाह्यान्तरिक द्वन्द्वकालीन सत्यलाई यथार्थतः उद्घाटन गर्न सघाउ पु¥याओस् (प्रधान, २०५२:१२७) । इतिहासकारको दाहित्व ऐतिहासिक जीवनका रोमान्सेली रागात्मक पक्षभन्दा यथार्थ घटनाक्रम र घटनावृतान्तप्रति सजग रही तटस्थतापूर्वक त्यसको निर्वाह गर्नु हुन्छ । नेपाली उपन्यासमा ऐतिहासिक यथार्थवादी प्रवृत्तिको शुरुवात डायमण्ड शमशेर राणाको वसन्ती (२००६) बाट भएको मानिन्छ । अन्य ऐतिहासिक यथार्थता भित्र्याएर लेखिएका उपन्यासहरूमा डायमण्ड शमशेर राणाकै सेतो बाघ (२०३०), प्रतिबद्ध (२०३४), अनिता (२०४३), केशवराज पिंडालीको एकादेशकी महारानी (२०२६), खगेन्द्र के.सी.को खानदान (२०३५), सुन्दर प्रसाद शाहको प्रतिपाद (२०४०) र त्रिफ्ट (२०४२), दौलतविक्रम विष्टको फाँसीको फन्दामा (२०५३) आदि हुन् (बराल र एटम, २०६६:१०४) । समग्रमा यी उपन्यासहरूले पाठकमा उल्लेखित व्यक्ति प्रति सच्चा भाव निर्माण गरी औपन्यासिक आनन्द प्राप्त गर्न सहयोग गर्दछ । निष्कर्षमा भन्नुपर्दा ऐतिहासिक यथार्थवादी उपन्यासमा तिथिमिति र घटनाहरूको मात्र नभएर इतिहासको सामाजिक अवस्थालाई यथार्थ रूप दिएर जीवन्तता प्रदान गरेको पाइन्छ । ऐतिहासिक उपन्यास रचना गर्दा विशेष गरी घटना र चरित्रको नाटकीय प्रस्तुति र देशकालको समुचित संयोजन हुनुपर्दछ । ऐतिहासिक यथार्थवादी उपन्यासले वर्तमान समयमा प्रेरणा प्रदान गर्दछ । उपन्यास रचना गर्दा उपन्यासकारले घटना र चरित्रलाई सकेसम्म उस्तै देशकाल परिस्थिति अनुरूप औपन्यासिकता प्रदान गर्नु पर्दछ । उपन्यासलाई विश्वसनीयता प्रदान गर्न भाषा प्रयोग तथा संवादमा विशेष जोड दिनुपर्दछ ।

(घ)   अतियथार्थवाद

            अतियथार्थवाद भन्नाले नेपाली साहित्यको सन्दर्भमा यथार्थको अतिक्रमण गर्ने र आन्तरिक पक्षको नाङ्गो रूपले चित्रण गर्ने भन्ने बुझिन्छ । अतियथार्थवादलाई मानवीय लुप्त क्षेत्रको खोजी गर्ने प्रवृत्तिका रूपमा लिइन्छ । जसले मनोविश्लेषणमा सुक्ष्म तत्वको संश्लेषण गरेर मानवको आन्तरिक पक्षको उद्घाटन गर्दछ । परम्परागत मूल्य र मान्यताबाट मानव मनलाई मुक्त गराउने उद्देश्य अतियथार्थवादमा रहेको हुन्छ । यसले तन्द्रा अवस्थाको मानसिक अवस्थाले नै मान्छेको वास्तविक परिचय दिन्छ भन्ने मान्यता राख्दछ (तामाङ, २०७१:३५) । नेपाली साहित्यमा अतियथार्थवादको शुरूवात लङ्गडाको  साथी (२००८) उपन्यासबाट भएको हो । त्यस्तै अन्य उपन्यासहरूमा गोविन्द बहादुर मल्ल ‘गोठाले’को पल्लो घरको झ्याल (२०१६), अर्पणा (२०५३) र पियानानी (२०५६), अर्जुन निरौलाको घाम डुबेपछि, हिरण्य भोजपूरेको गोरी  (२०५४) आदि पर्दछन् (बराल र एटम, २०६६:१०८) । यस किसिमका उपन्यासहरूमा मानिसको यथार्थ रूप बाहिर नभई उसको मनभित्र हुन्छ भन्ने विचार व्यक्त गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा अतियथार्थवादी उपन्यासमा उपन्यासकारहरूले व्यक्तिका स्वप्निल भाव तरङ्गको सहायताले व्यक्तिभित्र निहीत वास्तविक स्वरूपलाई प्रस्तुत गरेका छन् । जसले गर्दा अतियथार्थवादले व्यक्तिको जटिलता र मनोभावको विसङ्गत चित्रण साहित्यमा हुन्छ भन्ने मान्यता राख्दछ ।

(ङ)   आलोचनात्मक यथार्थवाद

            समाजमा देखिएका कुरीति, शोषण र अन्य विसङ्गत तत्थ्यहरूलाई औंँल्याएर तिनको विरोध गर्ने तथा तिनलाई सुधार्नु पर्ने आकाङ्क्षा राख्ने लेखन पद्धतिलाई आलोचनात्मक यथार्थवाद भनिन्छ (बराल र एटम २०६६:१०९) । यो पुँजीवादी सभ्याताबाट उत्पन्न विकृति र विसङ्गतिको यथार्थ चित्रण र तिनको आलोचना गर्ने प्रवृत्तिको रूपमा विकास भएको हो । आलोचनात्मक यथार्थवादले सामाजिक विसङ्गतिलाई चिरफार गरेर उचित समाधान गर्न नसके पनि त्यस्ता विकृति र विसङ्गतिको निन्दा र विरोध गर्दै तिनीहरूसँग जुध्ने प्रेरणा प्रदान गर्दछ । नेपाली उपन्यासमा हृदयचन्द्रसिंह प्रधानको स्वास्नी मान्छे (२०११) बाट आलोचनात्मक यथार्थवादको प्रारम्भ भएको हो । यस प्रवृत्तिलाई आत्मसाथ गरेर लेखिएका अन्य उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानकै एक चिहान (२०१७), दौलतविक्रम विष्टको मञ्जरी (२०१६), बिग्रीएको बाटो (२०३३), भोक र भित्ताहरू (२०३८), तारानाथ शर्माको मेरो कथा (२०२६), ध्रुवचन्द्र गौतमको घामका पाइलाहरू (२०३५) र उपसंहार अर्थात् चौथो अन्त्य (२०४८) आदि उपन्यासहरू रहेका छन् (तामाङ २०७१:३६) । यी उपन्यासहरूले यथार्थवादी जीवनदृष्टि प्रस्तुत गर्दै सामाजिक विकृति र विसङ्गतिको चित्रण गर्दछन् । यस आलोचनात्मक प्रवृत्तिले समाजमा भएका जनविरोधी उच्छृङ्खल र व्यक्तिवादी प्रवृत्तिको भण्डाफोर गरी तिनीहरूसँग जुध्नुपर्ने चेतना प्रदान गर्दछ साथै सामाजिक हितको पक्षमा खुलेर भेदभावयुक्त प्रवृत्तिको विरोध गर्दछ ।

(च)   स्वच्छन्दतावाद

            सामान्य अर्थमा स्वच्छन्दतावाद भन्नाले बन्धनलाई तोडेर स्वतन्त्र जीवनको वकालत गर्नु भन्ने बुझिन्छ । स्वच्छन्दतावादले शास्त्रीयताका विरूद्ध युद्ध लडेको छ । यसले रूढिवादी नैतिकता र एकाधिकारवादी सरकारको विरूद्धमा आवाज उठाएको हुन्छ । यसले सुन्दरता र विचित्रताको संगम भएकाले बाह्य यथार्थलाई भन्दा आन्तरिक र सुक्ष्म यथार्थलाई बढी महत्व दिएको हुन्छ (तामाङ, २०७१:३२) । स्वच्छन्दतावादको मुख्य चाहना भनेको नै स्वतन्त्रता हो । त्यसैले वन्धनको त्याग र स्वतन्त्रताको वरणमा नै स्वच्छन्दतावादीहरू बढी रमाउँछन् । नेपाली साहित्यको उपन्यास विधामा स्वच्छन्दतावादी प्रवृत्ति भएको पहिलो उपन्यास रूपनारायण सिंहको भ्रमर (१९९३) हो । त्यस्तै स्वच्छन्दतावादी प्रवृत्ति अङ्गालेका अन्य उपन्यासहरूमा रूपनारायण सिंहको विजुली (अपूर्ण २००६), मोहन बहादुर मल्लको उजेली छाँया (२००८), शिवकुमार राईको डाँक बङ्गला (२०१३), समीरण प्रियदर्शीको पोखिएको जिन्दगी (२०२८), राजेन्द्र पौडेलको समाजले देखिनसहेको प्रेम (२०५८), किशनसिंह धामीको कलेज गर्ललाई ईमेल (२०६३) आदि रहेका छन् (बराल र एटम, २०६६:९४) । तसर्थ स्वच्छन्दतावादमा रूढी होइन आफ्नै काल्पनिक आदर्श तथा मानवतावादको स्वरूप पाउन सकिन्छ । निष्कर्षमा स्वच्छन्दतावादी उपन्यासले कल्पनामा बढी जोड दिएका हुन्छन् । स्वच्छन्दतावादी प्रवृत्तिमा काल्पनिक आदर्श तथा मानवताको स्वरूपसँगै स्वतन्त्र जीवनभोगमा प्रवृत्त रहेको हुन्छ । उपन्यास रचनामा वैयक्तिक अनुभवलाई प्राथमिकतामा राखी राष्ट्रियता र मानवतावादलाई समेत उच्च स्थानमा राखेको पाइन्छ । समग्रमा भन्नुपर्दा स्वच्छन्दतावादी प्रवृत्ति भएका उपन्यास काल्पनिकतामा जोड दिई समाजको नियम कानुनको वेवास्ता गर्दै प्राकृतिक आनन्दमा रमाउन अग्रसर हुन्छ । उपन्यासमा प्रतीकात्मक, आलङ्कारिक र विशिष्ट भाषाको प्रयोग गरिएको हुन्छ ।

(छ) मनोविश्लेषणात्मकता

            आधुनिक नेपाली उपन्यासको प्रवृत्तिहरू मध्ये मनोविश्लेषणात्मक पनि एक हो । मनोविश्लेषणात्मक भन्नाले विविध जटिलता र विपरित परिस्थितिमा बाँचेर विकृति, द्वन्द्व, सङ्घर्ष तथा मानसिक तनावमा अल्झिन विवश मानिसहरूको मनको यथार्थ स्थितिको प्रस्तुति हो भन्न सकिन्छ (तामाङ, २०७१:३६) । यसले उपन्यासलाई कथात्मक वृतान्तबाट गहन बौद्धिक र विश्लेषणात्मक बनाएको हुन्छ भने बाहिरीभन्दा भित्रि मानसिकताको चिरफार गर्दछ । सर्वप्रथम मनोविश्लेषणवादी प्रवृत्ति भएको उपन्यास गोविन्द बहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल  (२०१६) हो । यसका साथै अन्य उपन्यासहरूमा विजय मल्लको अनुराधा (२०१८), लक्ष्मीप्रसाद देवकोटाको चम्पा (२०२५), विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६), नयनराज पाण्डेको अतिरिक्त (२०५०), इन्दिरा प्रसाइको विश्वमिश्र (२०५५) आदि हुन् (बराल र एटम, २०६६:१३०) । मनोविश्लेषणवादी प्रवृत्तिले पात्रको आन्तरिक तथा बहुमुखी स्वभावको उद्घाटन गर्ने काम गरेको छ । मनोविश्लेषणवादी उपन्यासहरूमा चेतन र अचेतन मनको बीच द्वन्द्व सिर्जना गराई मानवीय मनोदशाका विविध कुण्ठा अतृप्ति तथा विक्षिप्त दमीत स्थितिको विश्लेषण गरिन्छ ।

(ज)  विसङ्गतिवाद

            सर्वत्र असङ्गति र विसङ्गत अवस्था नै जीवनजगत्को मूलभूत कुरा हो भन्ने मान्यता विसङ्गतिवाद हो । पहिलो र दोस्रो विश्वयुद्धमा भएको नरसंहार, विध्वंश र अव्यवस्थित स्थितिले मूल्यहीन अवस्थामा पुगेको मानवजातिको यथार्थतालाई साहित्यका सन्दर्भमा विसङ्गतिवादी धाराले प्रस्तुत गरेको पाइन्छ । विश्वपरिवेशमा देखिने गरेका राजनीतिक प्रतिबद्धता र व्यवहारिकता बीचको विसङ्ति, मानवीय इच्छा आकाङ्क्षाबाट जन्मेको विसङ्गतिलाई यस धाराले आत्मसात् गर्दछ । त्यसरी नै जन्म, युवावस्था, वृद्धावस्था एवम् रूग्णता आदिका कारणबाट जन्मेको विसङ्गति, भूत र वर्तमान एवम् जीवनचक्रका विविध विसङ्गत अवस्थालाई समेत विसङ्गतिवादी धारा प्रस्तुत गरेको पाइन्छ (बराल र एटम,२०६६ : १३४) । नेपाली उपन्यास परम्परामा लैनसिंह वाङ्देलको लङ्गडाको साथी (२००८) ले सङ्केत गरेको विसङ्गतिवादी धारालाई ठोस रूपमा इन्द्रबहादुर राईको आज रमिता छ (२०२१) उपन्यासले स्थापित गरेको पाइन्छ । विसङ्गतिवादी परम्परामा लेखिएका अन्य नेपाली उपन्यासहरूमा पारिजातको शिरीषको फूल (२०२२), धु्रवचन्द्र गौतमको अन्त्यपछि (२०२४), बालुवामाथि (२०२८) पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे (२०३४), सरूभक्तको पागलबस्ती (२०४८), ध्रुब सापकोटाको विखण्डित (२०५७), आदि उपन्यासहरू पर्दछ । जीवनको निस्सारता र शून्यताको अभिव्यक्ति दिन शिल्पशैलीमा क्रमबद्धता अस्वीकार गर्नु विसङ्तिवादी लेखनको वैशिष्ट्यका रूपमा देखिएको छ ।

(झ) अस्तित्ववाद

            मान्छेको वैयक्तिक जीवनलाई नूतन सन्दर्भ, नयाँ अर्थ र नवीन मानवीय मूल्यमा प्रतिस्थापित तुल्याउन चाहने सिद्धान्त अस्तित्ववाद हो । अन्य चिन्तनप्रणालीका तुलनामा यो अन्तरमुखी चिन्तनप्रणाली हो । सुकरात र सेन्ट अगस्टिनजस्ता प्राचीन पाश्चात्य चिन्तनहरूका चिन्तनमा पनि वस्तुको भावसत्ता पहिल्याउने प्रयत्न गरिएको पाइनाले पनि अस्तित्ववाद अभौतिक दर्शन हो र यो पुरातन समयदेखि चल्दै आएको चिन्तन प्रणाली हो (सुवेदी, २०६४ : ३३०) । राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक आदि विसङ्गतिका कारणबाट जन्मिने विसङ्गतिवादसँग यसको नजिकको सम्बन्ध रहेको देखिन्छ । नेपाली उपन्यासको परम्परामा पारिजातको शिरीषको फूल (२०२२) बाट अस्तित्ववादी उपन्यास लेख्न थालिएको पाइन्छ । अस्तित्ववादी अन्य नेपाली उपन्यासहरूमा पारिजातको महत्ताहीन (२०२५), ध्रुवचन्द्र गौतमको अन्त्यपछि (२०२४), विश्वश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), सुम्निमा (२०२७), सरूभक्तको पागलबस्ती (२०४८), तरूनी खेती (२०५२) र समय त्रासदी (२०५८) आदि देखिएका छन् । यसरी अस्तित्ववादीहरूले व्यक्तिगत सत्ता, व्यक्तिका जटिल समस्या, व्यक्तिको स्वतन्त्रता, वैयक्तिक दायित्व, व्यक्तिगत विशिष्ठताजस्ता विषयलाई महत्व दिएको पाइन्छ । यो दर्शन बौद्धिक हुँदाहँुदै पनि भ्रमित तुल्याउने ठानिने हुनाले केही अस्पष्टताका बीचमा पनि फस्टाउँदै गरेको पाइन्छ । युवा बौद्धिक समुदायका बीचमा लोकप्रिय भए तापनि समष्टिमा यसलाई सङ्घर्षभन्दा पलायनतिर अभिमुख भएको यस दर्शनको रूपमा लिने गरेको पाइन्छ ।

(ञ)   समाजवादी यथार्थवाद

            आलोचनात्मक यथार्थवादको तहबाट माथि उठेपछि समाजवादी यथार्थवादको स्थापना हुन्छ । सिर्जना क्षेत्रमा समाजवादी यथार्थवाद अलोचनात्मक यथार्थवादको विकसित रूपमा स्थापित भएको विचार धारा हो (सुवेदी, २०३८ : ४२३) । मान्छे जतिजति आफ्ना वरिपरिका प्राकृतिक वातावरणलाई आफ्नो पक्षमा रूपान्तरण गर्दै जान्छ, त्यतित्यति नयाँ र अज्ञात भण्डारमा नवीन तथ्य प्राप्त गर्दै र त्यसलाई समाजको अनुकूल आकृतिमा रूपान्तरित गर्दै जाने प्रवृत्ति नै प्रगतिवाद हो । प्राविधिक शब्दमा यसलाई समाजवादी यथार्थवादी भन्नु उपयुक्त देखिन्छ (सुवेदी, २०६४ : १८४) । समाजवादी यथार्थवादमा सुदृढ भविष्यप्रति विश्वास गरिने हुँदा उक्त भविष्य प्राप्तिका निम्ति सङ्घर्ष गर्ने गतिशील व्यक्तिहरू नै यस किसिमका रचनाहरूमा पात्र वा चरित्रका रूपमा उपस्थित हुन्छन् । समाजवादी यथार्थवादमा सौन्दर्यशास्त्रीय कला स्वभाविक र अयान्त्रिक रूपमा प्रयुक्त हुन्छ । लेखक वा स्रष्टा आफूले आत्मासाथ गरेका सचेतन एवम् ऐतिहासिकतावादी चिन्तनबाट कलाको सिर्जना गर्दछ भने त्यस्ता कलामा समाजवादी यथार्थवाद प्रबल रूपमा देखापर्दछ (चापागाईँ, २०५१ : ७३) । नेपाली साहित्यमा अनौपचारिक र स्वस्फूर्त रूपमा समाजवादी यथार्थवादी लेखनको प्रारम्भ २००७ सालअघि नै भएको पाइन्छ । अनौपचारिक रूपमा यस चिन्तनको प्रारम्भ २००७ सालपछि मात्र भएको पाइन्छ । कलाात्मक मूल्यका दृष्टिले नेपाली साहित्यमा आजसम्म पनि समाजवादी यथार्थवादपूर्ण रूपमा स्थापित हुन सकेको छैन (सुवेदी, २०३८ : ४२२) । नेपाली साहित्यमा समाजवादी यथार्थवादी उपन्यासका रूपमा लिन सकिने उपन्यासमा मुक्तिनाथ तिमल्सिनाको को अछुत ? (२०११), हृदयचन्द्र सिंह प्रधानको स्वस्नीमान्छे (२०११), खड्गबहदुर सिंहको विद्रोह भाग १ (२०११) र विद्रोह भाग २  (२०१३), डी पी अधिकारीको आशमाया (२०२५) र धर्ती अझै बोल्दैछ (२०२७) खगेन्द्र सङ्ग्रौलाको चेतनाको पहिलो डाँक (२०२७), आमाको छटपटी (२०३४), पारिजातको तोरीबारी बाटा र सपनाहरू (२०३२), पर्खाल भित्र र बाहिर (२०३४), रमेश बिकलको अबिरल बग्दछ इन्द्रावती (२०४०), भाष्करका बन्दी आवाज (२०४६), हाँडीका कनिका (२०५४) र अमरबस्ती (२०५३), घनश्याम ढकालका गाँउभित्र (२०४७), रातो आकाश (२०६५), आहुतीको नयाँघर (२०५२) स्खलन (२०५९), नारायण ढकालका सहरतन्त्र (२०५०), इर्फान अलि (२०५१) तथा दुर्भिक्ष (२०६१) आदिलाई लिन सकिन्छ । मान्छेका संस्कारमा जरा गाडेर बसेका विविध प्रकारका विसङ्गतिहरूलाई समाजवादी यथार्थवादी रचनाले उखेलेर फ्याँक्नुपर्ने वस्तुका रूपमा ठम्याएको हुन्छ । रूढि र भ्रमजाललाई चिर्नसक्ने वैज्ञानिक विचारको व्याख्या र विश्लेषण, जीवन र जगतलाई हेर्ने द्वन्द्वात्मक दृष्टि र विवेचनाजस्ता कामको थालनी हुनुपर्ने कुरामा यसले जोड दिएको छ । समाजवादी यथार्थवाद संस्कार, धर्म र विश्वासप्रतिको जातिपाति र छुवाछुतका भेदभावप्रतिको, परिमार्जनवादी चिन्तन पद्धति हो (सुवेदी, २०६४ : १८४) ।

शोध-पत्र

(ट)   नवचेतनामूलक/उत्तरआधुनिकतावादी

            आधुनिक युगको महाकाव्य मानिने उपन्यासमा महाआख्यानको समाप्तिको घोषणासँगै परिवर्तनशील रूप र सन्र्दभ देखिन थालेको पाइन्छ । त्यसैले समकालीन उपन्यासमा आजको मानिसले जसरी जीवनयापन गर्दैछ त्यस्तै किसिमको वस्तुको घोषणासँगै आख्यान तन्तु र आख्यान प्रबन्ध क्षीण तथा विभिन्न अवस्थामा रूपान्तरित हुन थालेको पाइन्छ । त्यसकारण अहिले आख्यानको ठोस र छोटो ढाँचा प्रायः समाप्त भएको पाइन्छ । वर्तमान सन्दर्भमा विषय वस्तुमा, विपात्र, विकथनात्मकता, विपरिवेशात्मकता, विवैचारिकता, विसाँस्कृतिकता विमिथकीयताजस्ता मूल्यहरूको समायोजन भएका सिर्जनात्मकता लेखनलाई अपेक्षित सत्य बनाइएको छ (सुवेदी, २०६४: १८४) । अहिले साहित्यसिद्धान्त सम्बन्धी पूर्वधारणामा पविर्तन आइरहेको पाइन्छ । आजको साहित्यसिद्धान्त भनेको विभिन्न प्रकारका चिन्तनले बनेको इन्द्रेणीवृत्त हो । किनकि त्यहाँ भाषाको, मस्तिष्कको, इतिहासको, समाजको विश्लेषण गर्ने वा हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । आज नेपाली साहित्यमा अनेक खाले पूर्वधारणहरू परिर्वत आइरहेको पाइन्छ । आजका धेरै रचनामा विषयवस्तु, शैली, संरचना र सार अपरिचित तत्वजस्तै भएर आउन सक्छन् । त्यसैले अहिलेको एउटा उपन्यासभित्र कुनै चरित्रले गीत गाउन सक्छ, कविता रच्न सक्छ, नाटकीयता प्रस्तुत गर्न सक्छ, अझ चिठीपत्र नलेखेर इमेल पठाउन सक्छ । अघिका वाराणसी, कलकत्ता, दार्जिलिङ्ग, सिलगडीजस्ता सयौँ स्थापित साहित्यिक केन्द्रहरू आज टाढाटाढाका अमेरिका, बेलायत, जापान, रसियालगायतका संसारका अनेक मुलुकतिर सर्र्दैछन् । अहिलेको आलोचनाले परम्परागत साहित्य सिद्धान्त हेरेर मात्र नपुग्ने देखिन्छ । प्रायःजसो कृतिहरूमा अन्तर्विषयक प्रवृत्ति वा बहुलवादी प्रवृत्ति देखिने गरेको हुँदा समालोचक पनि बहुआयामिक हुनुपर्ने देखिन्छ । अहिलेको कृतिलाई परम्परागत साहित्य सिद्धान्त हेरेर पुग्दैन किनभने साहित्य सिद्धान्त नै अहिले हजार आँखा भएको डोको जस्तो भएको छ । जसमा एउटा प्वालबाट हेर्दा आंशिकता मात्र फेला पर्दछ । त्यसका प्रत्येक प्वालबाट हेरिसकेपछि मात्र कृतिका बारेमा ठहर गर्न सकिन्छ । त्यस कारण अहिलेको समालोचक बहुआयामिक हुनुपर्ने देखिन्छ । नेपाली सहित्यमा यसखाले नवीनलेखन प्रवृत्तिलाई नवचेलनामूलक प्रवृत्ति (सुवेदी,२०६४:४९७) वा उत्तरआधुनिकता पनि भनिएको पाइन्छ । उत्तरआधुनिकता भनेको एउटा खास प्रवृत्ति विशेष मात्र नभएर हामी बाँचेको सिङ्गो समयको लक्षण वा वर्तमान काललाई बुझ्न सकिन्छ । उत्तरआधुनिकतावादले बहुकेन्द्रवादलाई मान्यता दिने हुँदा यस प्रकारका सिर्जनाहरूमा हेपिएका, छुट्याइएका, सीमान्तकृत तथा आजसम्म नसोचेका कतिपय सन्र्दभहरूलाई उछिन्ने काम गरेको पाइन्छ । नेपाली उपन्यास परम्परामा ध्रुवचन्द्र गौतमका फूलहरूको आतङ्क (२०२५), जेलिएको (२०६२), तेजराज खतिवडाको सर्वजा (२०६०) र नारायण वाग्लेका पल्पसा क्याफे (२०६१), गोविन्दराज भट्ठराईको सुकरातका पाइला (२०६३) जस्ता उपन्यासलाई नवचेतनामुलक वा उत्तरआधुनिकतावादी चिन्तनमा आधारित रहेर सिर्जना गरिएका प्रतिनिधि उपन्यासका रूपमा लिन सकिन्छ । नेपाली उपन्यास परम्परामा शक्तिबल्लभ अर्यालको महाभारत विराटपर्व देखि सुरू भएको लामो आख्यान लेखन प्रणालीहरूलाई आत्मासात् गर्दै नेपाली उपन्यास साहित्य जीवन्त एवम् गतिशीत अवस्थामा अघि बढिरहेको छ ।

(ठ)   प्रगतिवाद

            उपन्यासमा प्रगतिवादी उपन्यास भन्नाले परम्परागत रूढी, कुरीति, कुसंस्कारको विरोध गरी यिनलाई निर्मूल पार्न गरिएको प्रयासलाई बुझिन्छ । उपन्यासमा चित्रित पात्रहरूलाई शोषक वर्गको आडम्बर भोगवादी प्रवृत्ति र स्वार्थी एवम् मानवहीन षड्यन्त्रको विरोध गर्दै क्रान्तिकारी, विद्रोही र परिवर्तनकारी चरित्र प्रयोग गर्न आग्रह गरिएको हुन्छ । नेपाली साहित्यमा डी.पी. अधिकारीको आशामाया (२०२५) र धरती अझै बोल्दैछ (२०२७) उपन्यासले प्रगतिवादी प्रवृत्तिको सुरूवात गरेका छन् । यसै प्रवृत्तिलाई आत्मासाथ गर्दै लेखिएका अन्य उपन्यासहरूमा पारिजातको बैसको मान्छे (२०२९), प्रर्खालभित्र र बाहिर (२०३५), खगेन्द्र सङ्ग्रौलाको आमाको छटपटी (२०३४), मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीलाई (२०३२), सञ्जय थापाको देउमाईको किनारमा (२०४७), ऋषिराज बरालको कमरेड दुतराजको राजधानी प्रस्थान (२०४८), आहुतीको नयाँ घर (२०५०) आदि रहेका छन् (बराल र एटम, २०६६ :१५१ –१५२) । प्रगतिवादी उपन्यासमा परम्परागत कुसंस्कारको विरोध गरी विद्रोही तथा परिवर्तनशील विषयवस्तुको प्रगोग गरिएको हुन्छ । तसर्थ जनतालाई सङ्गठित गरी उद्देश्यपूर्ण ढङ्गले क्रान्ति गर्दै भविष्यप्रति आशावादी हुनु नै प्रगतिवादी हो जसले परम्परागत रूढि, कुरीति, कुसंस्कारको विरोध गरी निर्मूल पार्ने प्रयास गर्दछ ।

(ड)   नारीवाद

            सामान्य अर्थमा नारीवादी स्वर भनेको नारीका पक्षमा दृष्टिकोण बनाई नारीको माध्यमबाट नै नारीको सोचाइ र अनुभवको यथार्थ व्याख्या गर्नु हो । नारीवादले सामाजिक, सांस्कृतिक, साहित्यिक विविध क्षेत्रमा नारीहरूका समस्याहरूको ब्यापक खोजी गर्दै नारीका पक्षमा वकालत गर्दछ । पुरुष प्रधान समाजले नारीमाथि गर्ने लैङ्गिक विभेद पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्न खडा गर्दै निर्धारित नारीको स्थान तथा परम्परित मूल्य मान्यताको विरोध गर्छ (तामाङ, २०७१:३९) । पुरुषकेन्द्री समाजले नारीलाई सन्तान जन्माउने यन्त्र, पुरुषकी दासी, मनोरञ्जनको साधन तथा विज्ञापनको रूपमा हेर्ने प्रवृत्तिको घोर विरोध गरेको छ । नेपाली उपन्यासमा नारीवादी प्रवृत्ति भएको पहिलो उपन्यास हृदयचन्द्र सिंहको स्वास्नी मान्छे (२०११) हो । यस पछिका अन्य नारीवादी उपन्यासहरूमा हृदयचन्द्र सिंह प्रधानकै एक चिहान (२०१७), विजय मल्लको अनुराधा (२०१८), विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), मदनमणि दीक्षितको माधवी (२०३९), प्रेमा शाहको मम्मी (२०४०), पद्मावती सिंहको समानान्तर आकाश (२०६१), कृष्ण धारावासीको राधा (२०६२) आदि रहेका छन् (बराल र एटम, २०६६:११९) । उपन्यासमा नारीवादी चेतनाको विस्तार हुनु नै नारीवादको महत्वपूर्ण प्राप्ति हो । आधुनिक नेपाली उपन्यासको विकासमा नारीको सर्वाङ्गिण पक्षको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्नुका साथै नारीका यावत समस्याको भण्डाफोर गर्दै समस्या समाधानको उपाय खोजी गर्नु नै नारीवाद हो ।

समग्रमा माथि उल्लेखित उपन्यासका प्रवृत्तिहरूमध्ये सुधारवादी स्वर, द्वन्द्वात्मकता, मानवतावादी स्वर, अनूदित कृति, आञ्चलिकता, विसङ्गतिवाद, प्रगतिवाद, मिथकीय प्रयोग आदि प्रवृत्तिहरू महत्वपूर्ण मानिन्छन् । साहित्यमा मिथकीय प्रयोगले पुरानै कथामा नयाँ अर्थको अन्वेषण गर्नुका साथै मानवीय कल्पनाको व्याख्या गर्दछ । आधुनिक नेपाली उपन्यास लेखनमा डायस्पोराको अभिव्यक्ति दिनु, दमीत चिन्तनको विस्तारपूर्वक प्रयोग गर्नु र ब्यङ्ग्यलाई पनि कलात्मक ढङ्गले प्रस्तुत गर्नु नवीन प्रवृत्तिहरू हुन् । डायस्पोरा अभिव्यक्तिले कर्मभूमिमा उत्पन्न हुने भय, सन्त्रास, मानसिक तनाव र वेदनाका कारण पुख्र्यौली भूमिको अतिमोहको चित्रण गर्दछ । साथै समसामयिक सामाजिक भ्रष्टाचार, विकृति एवम् विसङ्गतिको आलोचनात्मक चित्रण गर्नु पनि आधुनिक उपन्यासका प्रवृत्तिहरू हुन् । सामाजिक यथार्थवादी उपन्यासले समाज र जीवनका यथार्थलाई टिप्छ र सुन्दर समाज बनाउने कल्पना गरी लेखकको विचार र उद्देश्यलाई पात्रमा आरोपित गरेर प्रकट गर्छन् । त्यस्तै आदर्शोन्मुख यथार्थवादले शोषण र अन्यायको विरोध गरी विद्रोहात्मक भावना जागृत गर्न उत्साहित गर्छ । ऐतिहासिक कालको यथार्थ सामाजिक परिस्थिति वा घटना र व्यक्ति विशेषलाई अङ्गीकार गर्नु ऐतिहासिक यथार्थवाद हो । विगतका सामाजिक घटनाहरू नै साहित्यमा ऐतिहासिक यथार्थ भएर देखा पर्दछन् । अतियथार्थवादले परम्परागत मूल्य मान्यताबाट मानव मनलाई मूक्त गराई उसको मानसिक अवस्थाले नै वास्तविक परिचय दिन्छ भन्ने मान्यता राख्दछ भने स्वच्छन्दतावादले बन्धनलाई तोडेर स्वतन्त्र जीवनको कल्पना गर्दछ । समाजमा भएका अन्धविश्वास, शोषण र सामाजिक कुप्रथाहरू अध्ययन गरेर तिनीहरूको आलोचना गर्ने प्रवृति आलोचनात्मक यथार्थवाद हो । मनोविश्लेषणात्मकमा अचेतन मनको स्थान सर्वोपरि हुन्छ । यसले बाहिरीभन्दा भित्रि मानसिकताको चिरफार गर्दछ । द्वन्द्वात्मक भौतिकवादी विचारधारालाई अंगालेर साहित्य सिर्जना गर्नु प्रगतिवादी प्रवृत्ति हो भने विविध क्षेत्रमा नारीका समस्याहरूको खोजी गरी नारीका पक्षमा वकालत गर्दै साहित्य सिर्जना गर्नु नारीवादी प्रवृत्ति हो ।

विष्णु भण्डारी नेपाली साहित्यका प्रगतिवादी साहित्यकार हुन् । भण्डारीको प्रस्तुत पहेँलो घाम उपन्यास २०६२÷६३ सालको जनआन्दोलनपश्चात लेखिएको पहिलो प्रगतिवादी उपन्यास हो । प्रस्तुत उपन्यासमा एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर लेखिएको अयोग्य छापामारको कथा छ । उनले प्रस्तुत उपन्यासमा राज्य–माओवादीबीचको सशस्त्र युद्ध, लडाकुको संघर्ष र वलिदानी अनि शान्ति प्रक्रियापछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरेका छन् । भण्डारीले पहेँलो घामलाई अस्ताउँदो सूर्यसँग तुलना गरेका छन् । जसमा राप र ताप न्यून हँुदै गएको हुन्छ । त्यस्तै माओवादी पार्टी पनि पहेँलो घामजस्तै ऊर्जाहीन अवस्थामा पुगेको छ भन्ने देखाउन खोजेका छन् । प्रस्तुत पहेँलो घाम उपन्यास मार्पmत भण्डारीले पार्टी र नेतालाई भ¥याङ् बन्ने लडाकु वास्तविक अयोग्य लडाकु नभई पार्टीका नेतृत्वकर्ता हुन् भन्ने सन्देश दिएका छन् ।

३.३ विष्णु भण्डारीको योगदान

            विष्णु भण्डारीको पहिलो औपन्यासिक कृति पहेँलो घाम हो । यो उपन्यास २०६२/६३ सालको जनआन्दोलनको सेरोफेरोमा रचिएको एक साहसिक युवतीको कथावस्तु रहेको उपन्यास हो । यो उपन्यासको विश्लेषणबाट प्राप्त निष्कर्षलाई हेर्दा विष्णु भण्डारीका औपन्यासिक प्रवृत्तिहरू निम्नलिखित विश्लेषण गर्न सकिन्छ ।

३.३.१      प्रगतिवादी दृष्टि

            वर्गीय समाजमा विकृतिका रूपमा रहेको शोषण, धार्मिक रूढिवादी मूल्य मान्यता र सांस्कृतिक उपनिवेश आदि अनेकौँ पाखण्डनहरूबाट सताइएका गरिब र निमुखाहरूको मुक्तिका लागि द्वन्द्वात्मक भौतिकवादी मार्ग अपनाउनु प्रगतिवादी रचनाको वैशिष्ट्य हो (बराल र एटम २०५६ : १९०) । उपन्यासमा प्रगतिवादी भन्नाले परम्परागत रूढी, कुरीति, कुसंस्कारको विरोध गरी यिनलाई निर्मूल पार्न गरिएको प्रयासलाई बुझिन्छ । उपन्यासमा चित्रित पात्रहरूलाई शोषक वर्गको आडम्बर भोगवादी प्रवृत्ति र स्वार्थी एवम् मानवहीन षड्यन्त्रको विरोध गर्दै क्रान्तिकारी, विद्रोही र परिवर्तनकारी चरित्र प्रयोग गर्न आग्रह गरिएको हुन्छ । उपन्यासमा प्रगतिवादी उपन्यास भन्नाले परम्परागत रूढी, कुरीति, कुसंस्कारको विरोध गरी यिनलाई निर्मूल पार्न गरिएको प्रयासलाई बुझिन्छ । उपन्यासमा चित्रित पात्रहरूलाई शोषक वर्गको आडम्बर भोगवादी प्रवृत्ति र स्वार्थी एवम् मानवहीन षड्यन्त्रको विरोध गर्दै क्रान्तिकारी, विद्रोही र परिवर्तनकारी चरित्र प्रयोग गर्न आग्रह गरिएको हुन्छ । नेपाली साहित्यमा डी.पी. अधिकारीको आशामाया (२०२५) र धरती अझै बोल्दैछ (२०२७) उपन्यासले प्रगतिवादी प्रवृत्तिको सुरूवात गरेका छन् । यसै प्रवृत्तिलाई आत्मासाथ गर्दै लेखिएका अन्य उपन्यासहरूमा पारिजातको बैँसको मान्छे (२०२९), प्रर्खालभित्र र बाहिर (२०३५), खगेन्द्र सङ्ग्रौलाको आमाको छटपटी (२०३४), मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीलाई (२०३२), सञ्जय थापाको देउमाईको किनारमा (२०४७), ऋषिराज बरालको कमरेड दुतराजको राजधानी प्रस्थान (२०४८), आहुतीको नयाँ घर (२०५०) आदि रहेका छन् (बराल र एटम, २०६६:१५१–१५२) । प्रगतिवादी उपन्यासमा परम्परागत कुसंस्कारको विरोध गरी विद्रोही तथा परिवर्तनशील विषयवस्तुको प्रगोग गरिएको हुन्छ । तसर्थ जनतालाई सङ्गठित गरी उद्देश्यपूर्ण ढङ्गले क्रान्ति गर्दै भविष्यप्रति आशावादी हुनु नै प्रगतिवादी हो जसले परम्परागत रूढि, कुरीति, कुसंस्कारको विरोध गरी निर्मूल पार्ने प्रयास गर्दछ । पहेँलो घाम उपन्यासकी नायिका शिवा मेनपावरमा काम गर्ने गरेको अवस्थामा उसको बोसले पनि ऊमाथि भोगवादी दृष्टिले हेर्न खोज्यो । शिवालाई उसले आफ्नो पिएमा नियुक्ति गर्दै दुई लाख रूपैयाँको बिटो दिएको थियो । अफिस समयमै शिवामाथि बोसले जबर्जस्ती गर्न खोज्दा “तेरो कालो धनमा बिक्छे भन्ठानेको छस् ला तेरो लुटको कालो धन भन्दै नोटको बिटोले मुखमा सबैको अगाडि हानी –पृ : १५६) ।” सधैँ अरूकेटीलाई आक्रमण गर्ने बोसमाथि पहिलो पटक आक्रमण भएको थियो । बोसले फेरि ऊमाथि आक्रमण गर्न खोज्दा समेत प्रतिकार गर्न सफल भएकी छ । शिवाको नेतृत्वमा उसका साथीहरूले कृषिलाई मुख्य उत्पादनको क्षेत्र बनाउने सहमति जनाए अनुरूप सीप अनुसारको कामका बाँडफाड गर्दै कृषिमा लागेका छन् । कृषि उत्पादनमा आधुनिक प्रविधि , ज्ञान र बिउविजनको प्रयोग गरी उत्पादन गरेको खण्डमा प्रतिफल चौगुना हुँदो रहेछ भन्दै आफूहरू योग्य भएको प्रमाणित गरेर देखाएका छन् । मानव जीवनमा जन्मेदेखि मृत्यु पर्यन्त गरिने संस्कार (न्वारन, ब्रतबन्ध, विवाह, काजक्रिया आदि) मात्र नभएर उसको रहनसहन भेषभूषा, जीवनशैली आदिलाई संस्कृतिका रूपमा लिइन्छ (सुवेदी २०६८ : ४७) । समाजमा विभिन्न मानिसहरूको बसोबास रहेको हुन्छ । उनीहरूको आफ्नै प्रकारको धर्मसंस्कृति हुन्छ, उपन्यासकार पनि यसै समाजको सदस्य भएको कारण उनी विभिन्न सांस्कृतिक परिवेशभित्र हुर्किएका हुन्छन् । त्यसकारण यस्ता धर्म संस्कृतिले उनका रचनामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

३.३.२      नारीवादी चेतना

            सामान्य अर्थमा नारीवादी स्वर भनेको नारीका पक्षमा दृष्टिकोण बनाई नारीको माध्यमबाट नै नारीको सोचाइ र अनुभवको यथार्थ व्याख्या गर्नु हो । नारीवादले सामाजिक, सांस्कृतिक, साहित्यिक विविध क्षेत्रमा नारीहरूका समस्याहरूको ब्यापक खोजी गर्दै नारीका पक्षमा वकालत गर्दछ । पुरुष प्रधान समाजले नारीमाथि गर्ने लैङ्गिक विभेद पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्न खडा गर्दै निर्धारित नारीको स्थान तथा परम्परित मूल्य मान्यताको विरोध गर्छ (तामाङ, २०७१:३९)। पुरुषकेन्द्री समाजले नारीलाई सन्तान जन्माउने यन्त्र, पुरुषकी दासी, मनोरञ्जनको साधन तथा विज्ञापनको रूपमा हेर्ने प्रवृत्तिको घोर विरोध गरेको छ । नेपाली उपन्यासमा नारीवादी प्रवृत्ति भएको पहिलो उपन्यास हृदयचन्द्र सिंहको स्वास्नी मान्छे (२०११) हो । यसपछिका अन्य नारीवादी उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानकै एक चिहान (२०१७), विजय मल्लको अनुराधा (२०१८), विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), मदनमणि दीक्षितको माधवी (२०३९), प्रेमा शाहको मम्मी (२०४०), पद्मावती सिंहको समानान्तर आकाश (२०६१), कृष्ण धारावासीको राधा (२०६२) आदि रहेका छन् (बराल र एटम, २०६६:११९) । उपन्यासमा नारीवादी चेतनाको विस्तार हुनु नै नारीवादको महत्वपूर्ण प्राप्ति हो । आधुनिक नेपाली उपन्यासको विकासमा नारीको सर्वाङ्गीण पक्षको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्नुका साथै नारीका यावत समस्याको भण्डाफोर गर्दै समस्या समाधानको उपाय खोजी गर्नु नै नारीवाद हो । समाजको विविध क्षेत्रमा रहेका नारीहरूका समस्याहरूको खोजी गरी नारीका पक्षमा वकालत गर्दै साहित्य सिर्जना गर्ने विष्णु भण्डारीले प्रस्तुत पहेँलो घाम उपन्यासमा पनि धेरै नारीपात्रलाई सहभागी गराई नेपाली सांस्कृतिक पक्षको वैचारिक परिवर्तन ल्याएका छन् । शिवाका माध्यमबाट उपन्यासकारले नारी हकहित र आत्मसुरक्षाको लागि स्वयम् नै लड्नु पर्ने वैचारिक बाटो देखाउने काम गरेका छन् । नारीहरूले आफ्नो क्षमता र सीपअनुसार काम गर्न पाएको खण्डमा प्रतिफल अति नै राम्रो हुन्छ भन्दै तारा, आस्था ,शिवा र अन्जनाका माध्यमबाट बताउन खोजेका छन् ।

३.३.३      राजनीतिक चेतना

            कुनै पनि मुलुकको राजनीतिक व्यवस्थाले व्यक्ति, समाज, र राष्ट्रलाई नै प्रभाव पारेको हुन्छ । मुलुकमा विद्यमान राजनीतिक अवस्था, सरकारी संरचना र ढाँचा, शासनको संयन्त्र, शासकका व्यवहार र आचरण, शासक र शोसितबीचको सम्बन्ध, सरकारले जनताप्रति गर्ने व्यवहार, जनताको भलाइको लागि गर्ने कार्यहरू, शासनका विभिन्न तह अञ्चल, जिल्ला, क्षेत्र, नगर,  गाउँ अनेक  कुराहरूले साहित्यिक कृतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रवेश पाएका हुन्छन् । लेखकले राजनीतिमा देखापर्ने कुरीति, कुसंस्कार, भ्रष्टाचार, अपराधको राजनीतिकरण र आपराधीकरणजस्ता अनेक गलत प्रवृतिलाई आफ्ना साहित्यिक कृतिमार्फत व्यङ्ग्य गरेको हुन्छ र यसको सुधारको प्रत्यक्ष वा अप्रत्यक्ष वकालत गरेको हुन्छ (सुवेदी, २०६८ :४६) । मुलुकको राजनीतिक परिवर्तनलाई नजिकबाटै अवलोकन गरी आफ्ना सिर्जनामा प्रगतिशील माक्र्सवादी स्वर सुसेल्दै देश र जनताका पक्षमा कलम चलाउने उपन्यासकार विष्णु भण्डारीले राजनीतिक विकृति, सामाजिक शोषण, दमन र उत्पीडन विदेशी हस्तक्षेप तथा सत्ताधारीहरूका कुकर्म अनि राजनीतिक परिवर्तनलाई नै आफ्ना उपन्यासको विषयवस्तु बनाएको देखिन्छ । २०४६ सालको जनआन्दोलन र त्यसबाट प्राप्त गरेको राजनीतिक उपलब्धिपछि पनि नेपाली समाजमा देखिएका विकृति, विसङ्गति एवम् त्यसबाट जनतामा परेको प्रभावको वस्तुतथ्य चित्रण गर्न पहेँलो घाम उपन्यास सफल भएको देखिन्छ । अन्याय र अत्याचारबाट ग्रसित नेपाली समाजमा देशभक्त एवम् निष्पक्ष व्यक्तिहरूले कसरी पीडित हुनुपर्छ र कसरी सामन्ति सोँच, परम्परा एवम् रूढिवादी विचार बोकेकाको चक्रव्यूहमा पर्नुपर्छ भन्ने नेपाली राजनीतिको धरातलीय यथार्थ राजनीतिक चेतना समेटेको छ ।

शिवाको परिवार मध्यमवर्गीय परिवारमा पर्दछ । जसको मुख्य आम्दानीको स्रोत उसको बुवाको एक सरकारी विद्यालयमा अध्यापन गरी घरव्यवहार चलेको छ । शिवाको काका माओवादी भएको कारण उसको घरमा माओवादीहरूको आवतजावत भइरहेको देखिन्छ । साँझपख खाजाखाने समयमा एक्कासि नेपाली सेनाको टोली उसको घरमा आई उनीहरूको घरपरिवारलाई सोधपुछ गर्दै यातना दिन थाल्दछ । भाइलाई कता लुकाएको भन्दै शिवाको बुबालाई खाँबामा बाँधेर यातना दिनथालेको देखेर उसकी आमा, हजुरआमा र शिवा रूँदै हात जोड्दै बुबालाई यातना नदिन आग्रह गर्दा पनि उनीहरूले पिट्न छोडेका थिएनन् । उनीहरूले आफूसँग एउटी स्कुले केटीलाई ल्याएका थिए । खोरबाट एउटा खसी निकाली आगो बाली पोल्दै मासु र रक्सी खाँदै केटीमाथि घिनलाग्दो शब्द बोल्दै र बलात्कार गर्नको लागि पालोको पर्खाइमा थिए । शिवामाथि पनि बलात्कार गर्न खोज्दा हजुरआमाले आफ्नो ज्यान जोखिममा पारेर उसको ज्यान बचाएकी थिइन् । देशमा आएको राजनीतिक परिवर्तनका क्रममा कसरी सोझासाझा जनताले दुःख पाएका थिए भन्ने विषयको चित्रण उपन्यासमा देखिन्छ । देशमा राजनीतिक परिवर्तन ल्याउन स्थापना भएको माओवादी पार्टीको समयको बेला सिर्जनाले अन्तरजातीय विवाह त गरी तर देश बाह्रबुँदे शान्ति सम्झौतासँगै केहीले समायोजन रोजे र केही अयोग्य भन्दै पार्टीबाटै निकालिए । यसरी घरपरिवारले दलितकी छोरी भन्ने थाहा पाएपछि सिर्जना र उसकी छोरीलाई अस्वीकार गरेकाले उनीहरू अलपत्रमा परेका छन् । सिर्जना मात्र नभएर यस उपन्यासका अन्य पात्रहरूको जीवन कष्टकर बनेको उपन्यासमा उल्लेख छ ।

३.३.४      जनविद्रोहको स्वर

            विष्णु भण्डारी प्रगतिवादी साहित्यकार हुन् । उनका प्रकाशित कृतिहरूमा विद्रोहको स्वर तीव्र रूपमा आएको पाइन्छ । उनले आफ्ना कृतिमार्पmत् यथार्थको प्रकटीकरणसँगै उनीहरूको विद्रोहको आवाज बुलन्द गरेका छन् । देशमा व्याप्त विभेदपूर्ण शासन प्रणालीको विरोध गर्दै परिवर्तनको स्वरलाई जनताको तहसम्म पु¥याउने जमर्को भण्डारीले आफ्नो काव्यात्मक कृतिहरूमा गरेका छन् । पहेँलो घाम भण्डारीको पहिलो उपन्यास हो । यो उपन्यास पनि माओवादी केन्द्रीत राजनीति कै सेरोफेरोमा रहेको छ । युद्धमा चमत्कारी भूमिका निर्वाह गरेपनि अयोग्य भनिएपछि भविष्यको बाटो नदेखेर अलमलिएका पूर्व छापामारहरू पार्टीको चर्को आलोचना गर्दै विद्रोहको स्वर उराल्छन् – कमरेडलाई थाहाँ छ कति जना अयोग्यले सहरमा ज्यामी काम गर्छन् (पृ.२३४) । जनतासँग जोडिएको पार्टी किन जनतासँग जान्न ? किन आलोचना र बहसबाट भाग्छ ? (पृ.२४२) ।

त्यस्तै अयोग्यहरू जनयुद्ध विरोधीलाई पार्टीमा हुलेको भन्दै आक्रोशित हुन्छन् –हिजोका भगौडा, भ्रष्ट र मण्डलेहरू आज सल्लाहकार भएका छन् । उनैले नियुक्ति र टिकट पाएका छन् । बेपत्ता र सहिद परिवारको बिचल्ली छ । हजारौँ युवाहरू बिदेशिएका छन् । तपाई भन्दै हुनुहुन्छ प्रतिक्रान्ति नजिकै छ । प्रतिक्रान्ति हुन्छ भन्ने त घाम जत्तिकै छर्लङ्ग थियो नि । अब यो प्रतिक्रान्ति रोक्छ कसले ? (पृ.२३६) । भण्डारीले प्रस्तुत उपन्यासमार्पmत पार्टी र नेतालाई जिरोबाट उठाएर सत्तामा पु¥याउने छापामारलाई अयोग्य बनाएर निकाले पश्चात गरेका विद्रोह र जीवन भोगाइका जटिल यथार्थहरू प्रस्तुत गरेका छन् । तसर्थ भण्डारीका औपन्यासिक प्रवृत्तिहरूमध्ये जनविद्रोहको स्वर पनि एक महत्वपूर्ण प्रवृत्ति मान्न सकिन्छ ।

३.३.४      सामाजिकता

            जीवनका कारूणिक सत्य र तथ्यलाई सामाजिकता भनिन्छ । साहित्यकारले समाजको चित्रण गर्दा सामान्यः निम्न वर्गीय चरित्र र समाजको यथार्थलाई नलुकाईकन जस्ताको तस्तै उतार्ने गरेको देखिन्छ । लेखकले निरीक्षण गरेर समाज वा जीवनका यथार्थ टिप्छन् र आफ्नो कलममा ढालेर एउटा छुट्टै मनुष्यहरूको जीवित संसार सृष्टि गर्छ जुन वास्तविक समाज विचरण गर्ने, दुःख सुख झेल्ने, लड्ने भिड्ने र जित्ने हार्ने सबलता दुर्बलता सहितको यथार्थ मनुष्य प्रतित हुन्छ (प्रधान, २०५२: ९७) । प्रस्तुत पहेँलो घाम उपन्यासको सामाजिकतालाई आधार मान्दा यहाँ बहुलजातजातिको भूमिका रहेको देखिन्छ । समाजमा स्थापित धनी गरिब, शिक्षित अशिक्षित वर्गका मानिसहरूमध्ये दलित समुदायको बाहुल्य रहेको देखिन्छ । सोहनको बुवा धने कामी छात्रवृत्ति पाएर सहर पढ्न गएको हुन्छ । सहरमै पढ्न बसेकी मुखियाकी छोरीसँग मायाप्रेम बसेपछि अन्तरजातीय विवाह गरेको देखिन्छ । विवाह गरेको केही वर्षमै एउटा छोरो जन्मेपछि आफ्नो जन्मथलो गाउँ आउँदा समाजले अन्तरजातीय विवाहलाई स्वीकार नगरी उल्टै भाला रोपेर सोहनको बुवाको हत्या गरेको देखिन्छ ।

शिवासँगै माओवादी जनयुद्धमा लडेकी सिर्जना बिकले जनयुद्धका समयमा बाहुन जातको माओवादी लडाकुसँग प्रेमविवाह गरेकी थिई । विवाह गरेको केही वर्षमै छोरी जन्मेको देखिन्छ । क्यान्टोमेन्टबाट अयोग्य भई निकालिएपछि घरपरिवार सम्ँिझदै घर गएका सिर्जना र उसकी छोरीलाई दलितकी छोरी भनी अस्वीकार गरेको देखिन्छ । घरमै अधिकार मागेर बसौँ भने न त विवाह दर्ता छ, न त छोरीको जन्म दर्ता छ । यसरी सिर्जना र उसकी छोरी समाजमा अपहेलित बन्न पुगेको उपन्यासमा उल्लेख छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा माओवादी जनयुद्धपछिका दिनहरूमा उनीहरूले कृषि पेशालाई अपनाएर आफ्नो श्रमको मूल्य पाएका छन् । सधैँ सोझासाझा जनताबाट मन लागि पैसा असुलेर विदेश पठाउने र सोझासाझा केटीहरूलाई आफ्नो पत्नी बन्न बाध्य पार्ने मेनपावरको बोसलाई शिवाले पिटेर उसलाई आफ्नो हैसियत देखाइदिएको उपन्यासमा देखिन्छ । घरपरिवार विहीन भएका पूर्वमाओवादी अयोग्य लडाकुहरूले सिर्जनशील कृषि फारमबाट आफ्नो परिवार र समाजको नजरमा आफूहरू योग्य भएको देखाएका छन् । यसरी यस शोधपत्र मार्फत उपन्यासकार विष्णु भण्डारीको उपन्यासमा के कस्ता समस्या र समाधानका उपायहरू भएका छन् भनी चर्चा गरिएको छ ।

३.३.६ बौद्धिक पात्रको चयन

            मान्छेहरूमा हरेक किसिमको बौद्धिक सम्भावनाहरू अन्तरनिहित हुन्छ । कुनै व्यक्तिमा राम्रो बोल्न सक्ने, अरूको कुरा सुन्ने र आफ्नो मनमा लागेको विचार स्पष्टसँग अरूको अगाडि भन्न सक्ने र उपयुक्त तर्क वितर्क गर्न सक्ने व्यक्तिलाई बौद्धिक क्षमतावान् व्यक्ति भनिन्छ । शिक्षाले कतिपय व्यक्तिको बौद्धिक क्षमतामा प्रभाव सकारात्मक परेको हुन्छ भने कतिपय व्यक्तिमा शिक्षा प्राप्ति नहुँदा पनि बौद्धिक क्षमतामा कमि देखिँदैन (बराल र एटम २०६६ : २९६)। पहेँलो घाम उपन्यासमा पनि धेरै पात्रहरू बौद्धिक क्षमतावान् पात्रका रूपमा देखापरेका छन् । शिवा यस उपन्यासकी शिक्षित एवम् बौद्धिक क्षमतावान् पात्रका रूपमा उपन्यासमा देखापरेकी छ । शिवाको बौद्धिक क्षमतालाई अझ बढी स्तरीय बनाउने उसको बि.ए.सम्मको अध्ययनले अझ बढी सहयोग गरेको देखिन्छ । सोहन र शिवाका बीचमा कुराकानी भइरहेका बेला नेपाल धेरै कुरामा पछाडि भएको भनी नेपालप्रति टिप्पणी गर्दा नेपाल राजनीतिक चेतनाका दृष्टिले विश्वमा अग्रपङ्क्तिमा रहेको छ भन्छे । राजनीतिले मात्र सबै कुराको कमान्ड गर्न सक्छ त भन्दा असल राजनीतिले सबै कुराको कमान्ड गर्ने भएकाले जुन देशको राजनीति असल छ त्यो देशले विश्वमा प्रगति गर्छ भन्छे । हाम्रो देश नेपालमा असल संस्कार छ र सोही संस्कार अनुरूपको राजनीति भएकाले दुबै बराबर भएको खण्डमा मात्र देशमा आमूल परिवर्तन हुने बताउँछे । असल संस्कारबिनाको राजनीति पानीमाथिको लौरोझाैँ हुने भएकोले संस्कारले राजनीतिलाई दिगो बनाउन मदत गर्ने भन्दा सोहन छक्क परेको छ । यसरी शिवा बौद्धिक क्षमतावान् पात्रका रूपमा उपन्यासमा देखापरेकी छ । सिर्जना यस उपन्यासकी अपठित नारीपात्र भए पनि उसमा पनि बौद्धिक पात्रमा हुनुपर्ने गुणहरू देख्न सकिन्छ । उसले माओवादी पार्टीमा रहँदा धेरै दार्शनिक विचारको बुझाइ र तर्कपूर्ण प्रश्नोत्तर गर्ने शैलीले बौद्धिक क्षमतावान् पात्रका रूपमा देखिन्छे । राज्य र पार्टीले माओवादी जनसेनामाथि अन्याय गरेको भन्दै न्यायको आशामा काठमाडौँको पेरिसडाँडामा धर्नामा बसेका बेला सिर्जनाले पत्रकारसँगको सवालजवाफका क्रममा योग्यताको परिभाषा सटिक रूपमा दिन्छे । जसरी तपाईंले प्लेन चलाउन सक्नुहुन्न त्यसैगरी एउटै मान्छेले सबै काम गर्न सक्षम हुनसक्दैन भन्दै के तपाईंले प्लेन उडाउन सक्नुहुन्छ भनी प्रतिप्रश्न गर्छे । एउटा मान्छे सबै काममा सक्षम भएन भन्दैमा उसलाई अयोग्य घोषित गर्न नहुने सिर्जनाको विचार रहेको देखिन्छ । मान्छेलाई उमेर, मोटाइ र उचाइका आधारमा योग्य र अयोग्य भनी घोषण गर्ने सरकारको निर्णयप्रति टिप्पणी गर्दै मान्छेलाई योग्य र अयोग्य भनी छुट्याउने अधिकार कसैलाई पनि नभएको भन्छे । वरपरका सबै जना सिर्जनालाई हेर्दै छक्क पर्दछन् । यसरी सिर्जनाको तर्कपूर्ण र न्यायसम्मत विचारका आधारमा ऊ बौद्धिक क्षमतावान् पात्र हो भनी भन्न सकिन्छ । तारा अपठित भएपनि तर्कपूर्ण शैलीमा सवालजवाफ गरेको आधारमा बौद्धिक पात्र हो भन्न सकिन्छ । आफ्नो चिया पसलमा आएको सविनसँगको कुराकानीका आधारमा देशमा लोकतन्त्र ल्याउनका लागि महिला र पुरुषको समान योगदान भएकै कारण पूर्णरूपमा जनताले अधिकार पाएको तर अझै पुरुषवादी सोचमा परिवर्तन नभएको गुनासो गर्छे । संवादका क्रममा महिला अधिकारका लागि अर्को लडाइँ लड्न आवश्यक रहेको भन्छे । जनयुद्धका क्रममा उसले मान्छेसँग बोल्ने शैली जानेकी छ । कसरी काम गरेर आफ्नो जीविका चलाउन सकिन्छ भन्ने कुरा पनि ताराले युद्धबाट सिकेर एक सरकारी विद्यालय नजिक खाजा पसल चलाएर बसेकी छ । यसरी तारामा पनि माओवादी जनयुद्धबाट यस्तैयस्तै राम्रो ज्ञान प्राप्त गरेर आफ्नो जीवन यापनमा सहज बनाएर स्वाबलम्बी नागरिक भएकै आधारमा उसलाई निकै नै बौद्धिक पात्रका रूपमा उपन्यासमा देख्न सकिन्छ ।

वैचारिकतालाई प्रतिपादन गर्ने मूल दृष्टिअनुरूप विष्णु भण्डारीको पहेँलो घाम उपन्यासमा बौद्धिक पात्रहरूको चयन रहेको छ । गाउँले परिवेशमै हुर्केकै भएपनि माथिका पात्रहरूको अद्भुत तर्क प्रस्तुत गरेका छन् । बौद्धिक पात्रहरूका बीचमा तर्कवितर्क गराएर वैचारिक निष्कर्ष निकाल्ने काम उनको औपन्यासिक प्रवृत्ति हो भन्न सकिन्छ ।

३.३.७      राजनीतिक अवस्थाको चित्रण

            २०४६ सालको जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था लागू भयो । बहुदलीय व्यवस्था देशमा आएपछि देशमा शान्ति, विकास र संवृद्धि आउला भन्ने सोच्नु स्वभाविकै थियो । तर राजनीतिक पार्टीहरूको अदूरदर्शिताका कारण जनताको यो सपना पूरा नभएको देखिन्छ । यो समयमा राजनीतिक पार्टीहरू राजतन्त्र र गणतन्त्रका पक्षमा विभाजित भएका थिए । धेरै जसो पार्टीहरू पुरानै शैलीमा सत्तालिप्सामा लागेको देखिन्छ भने एउटा पक्षमा रहेको राजनीतिक शक्ति विस्तारै आन्दोलनतिर लाग्यो र अन्तिममा जनयुद्वमा गयो । जनयुद्वकालभरि देशमा राजनीति दुई ध्रुवमा बाँडियो । गणतन्त्रको पक्षमा लागेको ठूलो शक्तिले त्यो समयको राजनीतिक मुलप्रवाहलाई प्रभावित ग¥यो भने राजा र संसदीय पार्टीहरू दिशाहीन अवस्थामा पुगे । यो समयमा संसदीय र स्थानीय निर्वाचन पनि भए तर त्यसले देशलाई गति र दिशा दिन सकेन । अन्तिममा माओवादी पार्टीले सुरू गरेको जनयुद्वले जगमा सम्पन्न भएको वि.स. २०६२/६३ सालको जनआन्दोलनपछि शान्तिप्रक्रिया सम्पन्न भएपछि देशमा नयाँ राजनीतिक अवस्था सिर्जना भयो । प्रस्तुत पहेँलो घाम उपन्यासमा उपन्यासकारले शान्तिप्रक्रियापछिको राजनीतिक अवस्थाको चित्रण गरेका छन् । साथै माओवादी पार्टीभित्र देखिएको विचलन र त्यसले जनयुद्व लडेका कार्यकर्तामा कस्तो प्रभाव पा¥यो भन्ने विषयलाई सूक्ष्म ढङ्गले चित्रण गरेका छन् ।

प्रस्तुत पहेँलो घाम उपन्यासकी मुख्य नायिकाका माध्यमबाट जनयुद्वका समयमा सेनापक्षले उसको परिवारमाथि गरेको ज्याजतिपूर्ण व्यवहारका कारणले गर्दा आफ्नो बाँकी जीवन आफूजस्ता अन्यायमा परेका व्यक्तिहरूलाई न्याय दिनको लागि उनले माओवादी पार्टीमा प्रवेश गरेर अन्तिममा सबैलाई न्याय दिएकी छन् । सामान्य मध्यमवर्गीय परिवारकी शिवा काका माओवादी भएको कारण र बुबाले माओवादीलाई खाना खुवाएकै कारण सेनापक्षले उसको बुवाको हत्या र आमालाई बलात्कार गरी हजुरआमालाई मारेको थियो भने उसले ज्यान बचाई युद्धमा होमिएकी थिई । जनयुद्धका समयमा धेरै कलिला बालबालिका बाध्य भई युद्धमा होमिएका थिए । देशमा गणतन्त्र स्थापना गर्न शिवाजस्तै धेरै बालबालिका आफ्नो भविष्य त्यागेर युद्धमा प्रवेश गरेका थिए । माओवादी जनयुद्धमा प्रवेश गर्न सबै उमेर समूहका मध्ये गोठालो कर्साङ्ले पनि आफ्नो चाँैरीगोठ छोडी राजनीतिमा प्रवेश गरेको छ । हरेक क्षेत्रका मानिसहरू युद्धमा होमिएकै कारण देशमा परिवर्तन सम्भव भएको देखिन्छ । बाह्रबुँदे शान्ति सम्झौतासँगै माओवादी सेना समायोजनका क्रममा धेरै लडाकुलाई अयोग्य भनी क्यान्टोमेन्टबाट निकाल्नु गलत भएको कुरा उपन्यासमा चित्रण छ । आफ्नो सम्पूर्ण भविष्य नै दाउमा राखेर देशको विकासका लागि योगदान दिएका लडाकुहरूलाई सम्मानसहित विदा गर्नुको साटो उल्टै अयोग्यको बिल्ला भिराउने सरकारको निर्णय गलत भएको उल्लेख छ । एक काममा अयोग्य भइयो भन्दैमा सबै काममा अयोग्य भन्न नमिल्ने भन्दै सबै अयोग्य भनी क्यान्टोमेन्टबाट निकाएिका लडाकुहरू मिली सामूहिक कृषि फारम सञ्चालन गरी राम्रो आम्दानीबाट आफूहरू हरेक काममा सफल र योग्य भएको प्रमाणित गरी देखाएका छन् । अरूको देशमा गएर आठ घन्टा काम गर्नुभन्दा आफ्नै देशमा त्यति नै समयसम्ममा काम गरेको खण्डमा सफल भई उदाहरणीय व्यक्ति बनेका छन् । जसरी युद्धका समयमा पूर्णरूपमा लागेर देशमा लोकतन्त्र स्थापना भयो त्यस्तै गरी कृषिमा पनि मेहेनत गरी निरन्तर रूपमा लागेकै कारण आज पनि सफल भई छाडेको र अबको दिनमा देशमा पूर्णरूपमा लोकतन्त्र संस्थागत नगरेसम्म राजनीति नछोड्ने विचार सबैको रहेकोे प्रसङ्ग उपन्यासमा उल्लेख छ ।

३.४ निष्कर्ष

            यसरी विष्णु भण्डारीले आधुनिक नेपाली उपन्यास परम्परामा पहेँलो घाम औपन्यासिक कृतिको सिर्जना गरेर आख्यान विद्यालाई अगाडि बढाउन ठूलो सहयोग गरेको देखिन्छ । उनका उपन्यासका नारीपात्रहरू राजनीतिक परिवर्तन, जातीय भेदभाव मुक्त समाज निर्माण, नारी सशक्तिकरण, नारी नेतृत्व, नारी स्वाबलम्बन, सीप विकासजस्ता पक्षहरूमा लागेका छन् । औपन्यासिक परम्परामा प्रगतिवादी धाराको उपन्यास लेखेर उनले नेपाली साहित्यमा योगदान पु¥याएका छन् । 

लेखक – विष्णु भण्डारी2072

परिच्छेद चार

पहेँलो घामउपन्यासमा नारी पात्र

४.१   परिचय

            आख्यान विभिन्न उपकरणहरूको सन्तुलित योजनाद्वारा बनेको हुन्छ र त्यसमध्ये पनि पात्रको महत्वपूर्ण भूमिका रहेको कुरामा अधिकांश विद्वान्हरूको एकमत रहेको देखिन्छ । पात्र भनेको आख्यानभित्रको व्यक्ति हो, जसले घटनालाई परिचालित गर्छ र कथानकलाई गति दिएर अगाडि बढाउँछ । जीवन–जगत्का सम्पूर्ण पक्षहरू उपन्यास विधामा सफलताकासाथ अभिव्यक्त हुन सक्छन् : यसको माध्यमचाँिह पात्र हुन्छ । उपन्यासको विषयका बारेमा जेजति चर्चा गरे पनि यसको मुख्य विषय मान्छे र उसको चरित्र नै हो । मान्छेभित्रका यावत् रहस्य र जटिलताहरू पात्रका चारित्रिकरणका माध्यमबाट अभिव्यक्त गरिन्छ । जसरी मान्छेका व्यक्त र अव्यक्त रूप हुन्छन, त्यसैगरी उपन्यासका पनि उद्घाटित र रहस्यमय पक्षहरू हुन्छन् । उपन्यासकार आफ्ना पात्रहरूका सम्बन्धमा पूर्णज्ञान राख्छ । त्यसैले पात्रको चरित्र विकासको सन्दर्भमा उसलाई सबै कुरा थाहा हुने भएकाले त्यहाँ कुनै पनि अस्वाभाविक तथा निरर्थक कुराहरू आउँदैनन् । जति पनि मानव स्वभाव तथा कार्यव्यापारहरू प्रस्तुत गरिएका हुन्छन्, ती सबै अभिप्राययुक्त हुन्छन् । आख्यानमा पाठकको मन छुने किसिमका पात्र सृजना गर्ने प्रयास गरिन्छ । तिनीहरू खास नमुनाका पनि हुन सक्छन् वा परिवर्तनशील पनि हुन सक्छन् (शिवाकोटी २०६२ : ५७–५८) ।

            विभिन्न उपकरणहरूको सन्तुलित आयोजनाद्वारा उपन्यासको रचना हुन्छ । प्रत्येक उपकरणको आख्यानमा आफ्नै भूमिका र महत्व हुन्छ । पात्र वा चरित्रको उपस्थितिले मात्र उपन्यास सत्यको नजिक र जीवनजस्तै गतिशील हुन जान्छ । वास्तवमा चरित्र नै उपन्यासमा प्राण भर्ने शक्ति हो । उपन्यासका पात्र यथार्थ मान्छे नभएर लेखकको कल्पनाको नायक हो, तर कल्पनाको आधार भने यथार्थ जगत् र जिउँदो मान्छे हुन्छ, प्रेरकचाहिँ यथार्थ लोकको केही वा अनेक व्यक्तिहरू हुन सक्छन् । आफ्नै जीवनको परिधिबाट कुनै जिउँदो व्यक्तिबाट प्रेरणा लिएर जीवन्त चरित्र सृजना गर्न सक्नु लेखकको सफलता हो (शिवाकोटीः २०६२ : ५८–५९) । खासगरी पात्र उपन्यासको जीवन हो, यसले नै उपन्यासलाई जीवन्त र चलायमान बनाउँछ । पात्रको चारित्रिक विकाससँगै कथानकको पनि विकास हुन्छ र औपन्यासिक परिणतिको बिन्दुसम्म पुग्छ ।

४.२ नारी पात्रको सैद्धान्तिक परिचय

            पात्र वा चरित्र भन्नाले कथावस्तुमा वर्णित घटनाहरुसँग सम्बन्धित रहेर कार्य गर्ने मानव वा मानवेत्तर प्राणी भन्ने बुझिन्छ । पात्रहरूले संवाद र क्रियाकलापद्वारा आ–आफ्नो विचार र अभिवृत्तिहरूलाई व्यक्त गरिरहेका हुन्छन् । आधुनिक उपन्यासमा कथावस्तुभन्दा चरित्रचित्रणलाई बढी प्राथामिकता दिइएको पाइन्छ । चरित्र व्यक्ति तथा समाजका आन्तरिक तथा बाह्य प्रवृत्तिहरूको प्रस्तुति हो । चरित्रको चित्रणमार्फत व्यक्ति तथा समाजका उद्घाटन गर्ने काम उपन्यासले गर्दछ । चरित्र उपन्यासको सारतत्व तथा विचारतत्व संवाहक गर्ने माध्यम हो । उपन्यासमा उपन्यासकारले व्यक्त गर्ने खोजेको चाहना उसको जीवन जगतप्रति दृष्टिकोण कस्तो छ भन्ने कुरो चरित्रको प्रस्तुति र कार्यव्यापारबाट थाहा हुन्छ । उपन्यासका पात्र वा चरित्रले कथावस्तुको समग्रतालाई गति र अन्वितिमार्फत निश्चित रूपले डो¥याउँदै अगाडि बढाउँछन् । उपन्यासमा प्रशस्त पात्रहरू हुन्छन् । उपन्यासमा प्रस्तुत घटनालाई यसका पात्रहरूले प्रस्तुत गर्ने गर्दछन् । उपन्यासमा निर्वाह गरेको भूमिका अनुसार पात्र वा चरित्रलाई विभिन्न वर्गमा वर्गीकरण गरिन्छ । यसरी वर्गीकरण गरेर हेर्दा उपन्यासका पात्रको वैयक्तिक चिनारीका साथै उपन्यासकारको चरित्रचित्रण सम्बन्धि विशेषताहरूसमेत पहिल्याउन सकिन्छ । उपन्यासको तत्वगत सङ्गठन प्रक्रियामा पात्र र चरित्र पनि कथानकझैँ अपरिहार्य तत्व हुन् । प्राचीन तथा माध्यमिककालीन आख्यान परम्परामा पारलौकिक अथवा अलौकिक पात्रहरू र माववेत्तर पात्रहरूको बढी समावेश भएको हुन्थ्यो भने आधुनिक उपन्यासमा चाहिँ यही जगतका मानव प्रतिनिधि पात्रहरूलाई नै प्रस्तुत गरिएको छ । पात्र चयनका दृष्टिले पनि आधुनिक उपन्यासलाई प्राथमिक र माध्यमिककालीन आख्यान परम्पराबाट अलग्याइएको हो । वास्तवमा उपन्यास कुनै विशेष घटनावस्तुको कथात्मक विवरण हो र त्यस घटनासँग सम्बन्धित व्यक्तिहरू नै उपन्यासका पात्रहरू पनि हुन् । यसो हुँदा पात्र विना उपन्यासको कल्पना गर्नु असम्भव हुन्छ । खासगरी पात्र उपन्यासको जीवन हो । यसले नै उपन्यासलाई जीवन्त र चलायमान बनाउँछ । पात्रको चारित्रिक विकाससँगै कथानकको पनि विकास हुन्छ र औपन्यासिक परिणतिको विन्दु सम्म पुग्छ (सुवेदी,२०५३: १७) ।

४.२.१ उपन्यासका पात्र र तिनको महत्व

            वास्तवमा उपन्यास मानवजीवनको झाकी हो, यो स्वयम्मा पूर्ण विधा हो । यसले जीवनको ठूलो आयाम ओगटेको हुन्छ । यसमा मानवजीवनको समग्र चित्रण पाइन्छ । उपन्यास विधामा पात्रले आफ्नो चरित्र विकास गर्नका लागि अनुकूल वातावरण र समय पाउँछ । समय र परिस्थति अनुसार पात्र तथा उसको सम्बन्धमा पाठकको धारणामा परिवर्तन आएको छ । नयाँ खालका जीवनदर्शन र बौद्धिक सचेतताले साहित्यमा पनि प्रभाव पारेका छन् र त्यसको सबैभन्दा बढी असर आख्यान विधामा परेको छ । मनोविज्ञानको खोज, व्याख्या तथा विश्लेषणले त यसमा हलचलनै मच्चाइदिएको छ । आख्यानपरक साहित्यको मुख्य उद्देश्य पात्र तथा चरित्रलाई प्रकाश पार्नु हो । अब पात्रको स्थुल, बाह्य र ठोस प्रकृतिबाट लेखक तथा पाठकको रुचि हटेर उसका आन्तरिक विचार र दृष्टि र सोचतिर आकर्षित भएको छ । पहिले आख्यानका पात्र धीर, वीर, शौर्यशाली, चरित्रवान् हुने गर्थे तर अब आदर्श पात्रको सट्टा सामान्य गुण भएका सर्वसाधारण अनायक आउन थालेका छन् । आधुनिक आख्यानका पात्रले चरित्रका परम्परागत साँधसीमालाई उल्लङ्घन गरेका छन् । अब पात्र र चरित्र नयाँ किसिमबाट परिभाषित हुन थालेका छन् । प्राचीन कालमा मान्छेको स्वभाव अपरिवर्तनशील छ भन्ने आमधारणा थियो । त्यसकारण आख्यानमा पनि पात्रहरू मात्र सृजना गर्ने गरिन्थ्यो । तर जब मान्छे परिवर्तनशील आवेगहरूको समुह हो भन्ने विचारको उदय भयो त्यसपछि मात्र आख्यानमा पनि परिवर्तनशील स्वभावका पात्रको सृजना हुन थालेको हो । स्थिर पात्रको अस्तित्व तुलनात्मक रूपमा पुरानो छ । यस्तो पात्रलाई प्रारूप वा वर्गीय पात्र पनि भनिन्छ । यस्तो पात्रको रचना पूर्ण रूपमा एकै भाव वा एकै गुणमा आधारित भएर गरिएको हुन्छ : ऊ पूर्ण विकसित अवस्थामा नै आख्यानमा देखापर्छ । यस्तो पात्र स्थिर प्रकृतिको, हुने भएकाले चित्रजस्तै गतिहिन हुन्छ । यस्तो पात्र पनि आफ्नो चारित्रिक विशिष्टताको कारणले कथानक र घटनालाई आफूसँगै हिँडाउन सक्षम हुन्छ । परिवर्तन वा गतिशील पात्रचाहिँ प्रारम्भमा नै पूर्ण विकसित नभएर क्रमशः विकसित हुन्छ । यस्तो पात्र गतिशील, यथार्थको निकट र जटिल किसिमको हुन्छ । जीवनका यावत् पक्षहरूको उद्घाटन गर्ने सम्भावना उसमा हुन्छ । पात्र चाहे स्थिर होस् वा परिवर्तनशील, उसमा वर्तमान युगको जटिल र समसामयिक युगको बौद्धिक चेतनालाई संवाहन गर्न सक्ने शक्ति हुनुपर्छ । यसले समकालीन यथार्थ र मर्मलाई उद्घाटन गर्न सक्नुपर्छ । त्यसमा मानवजीवनको सम्पूर्ण छाया उत्रनुपर्छ । यस्तो किसिमको पात्रको रचना सफल लेखकको स्पर्शद्वारा मात्र सम्भव हुन्छ (शिवाकोटी : २०६२: ५९–६१) ।

४.२.२ पात्रको वर्गीकरण

            कुनै पनि लेखकले अनुकूल वा मुख्य पात्रको सम्पूर्ण जीवन कथा प्रस्तुत गर्न सक्दैन । आख्यानका सबै पात्रको विकासका लागि बराबर समय दिन सक्छ, त्यसकारण कतिपय पात्रको चारित्रिक विकास पूर्ण र जीवन्त रूपमा हुन्छ भने कतिपय छायामा नै रहन्छन् । डेभिड लज (१९९२ : ६७) ले आख्यानका पात्रहरू विभिन्न किसिमका हुन सक्ने भए तापनि खास गरेर प्रमुख सहायक, चेप्टा, गोला, अन्तर्मुखी, बहिर्मुखी आदि प्रकारमा छुट्याएका छन् । एलिजाबेथ डिप्पल (१९७९ : १७) ले चाहिँ आख्यानको प्रकृतिको आधारमा पात्रको चरित्रमा भिन्नता आउने कुरा उल्लेख गरेकी छन् । उनका अनुसार यदि नायक वा मुख्य पात्र सामान्य व्यक्ति वा वातावरणभन्दा उच्च किसिमको छ भने उसमा देवत्व पाइन्छ । यस्तो पात्र भएको आख्यान मिथ, पुराकथा वा भगवान्को कथा हुन जान्छ । यस्ता खाले आख्यानहरू सामान्य साहित्यिक आख्यानभन्दा बाहिर पर्ने गर्छन् । यदि पात्र सामान्य मान्छेभन्दा भिन्न र वातावरण पनि फरक किसिमको छ भने त्यस्तो पात्र साहसिक तथा रोमान्सका लागि उपयुक्त हुन्छ । मुख्य पात्र अरू व्यक्तिभन्दा उत्कृष्ट छ, तर उसको चरित्र सामान्य छ भने नायक नेता हुन्छ । यदि कुनै पात्र शक्ति तथा बुद्धिमा हामीभन्दा न्यून किसिमको छ भने हामी उसलाई हीन, विराग र विसङ्गत भावले हेर्छौँ । (शर्मा, २०५५ : ३९४–३९७) ले उपन्यासका पात्र वर्गीकरणका विभिन्न आधार उल्लेख गरेका छन् र पात्रका किसिम पनि छुट्याएका छन् । जरुतै :– लिङ्गलाई आधार बनाएर स्त्रीलिङ्गी, पुलिङ्गी, कार्यलाई आधार बनाएर प्रमुख र सहायक, प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल, जीवन चेतनाका आधारमा वर्गीय र व्यक्तिगत, उपस्थितिका आधारमा नेपथ्य र मञ्चीय, आबद्धताका आधारमा बद्ध र मुक्त, स्वभावका आधारमा गतिशील र गतिहीन आदि । माथि उल्लिखित किसिमहरू, जस्तै स्त्रीलिङ्ग–पुलिङ्गी, प्रमुख–सहायक, अनुकूल–प्रतिकूल, बद्ध–मुक्त जस्ता कुराहरूले पात्रको किसिमलाई प्रतिनिधित्व नगरेर बरू त्यसभित्रका सूक्ष्म प्रकृतिलाई इङ्गित गरेका हुन्छन् किनभने यी विशेषताहरूले पात्रको पूर्ण परिचय दिन सक्दैन । तर स्वभावलाई आधार मानेर चरित्र विकास एवं परिवर्तनको स्थिरता एवं अस्थिरतालाई दृष्टिगत गरेर गतिशील एवं गतिहीन अन्तर्गत राख्दा पात्रको पूर्ण चरित्र मुखरित हुन सक्छ (शिवाकोटी २०६२ : ६५–६७) । कुनै पात्र प्रत्यक्ष रूपमा देखा पर्दछन् भने कुनै पात्र देखा नपर्ने पनि हुन्छन् । कुनै पात्रले कथानकको संरचनालाई अगाडि बढाएका हुन्छन् भने कुनै पात्रले कथाको संरचनालाई कुनै असर पारेका हुँदैनन् ।

(क)   लिङ्गका आधारमा पात्र

            लिङ्गले पात्रको प्राकृतिक जात छुट्टयाउने हुँदा यसका आधारमा पात्र पुलिङ्गी र स्त्रीलिङ्गी गरी दुई वर्गका हुन्छन् । पात्रको बाह्य वर्णन तथा शरीर र तिनका स्वभाव एवम् प्रयुक्त क्रियापदबाट यो कुरा छुट्टयाउन सकिन्छ (बराल र एटम २०६६) ।

(ख)   कार्यका आधारमा पात्र

            उपन्यासले सिङ्गो जीवन तथा समाजको चित्रण गर्ने हुँदा यस्तो बृहत् आख्यानात्मक कृतिमा पात्र सङ्ख्या अधिक नै हुन्छ । अझ उपन्यास विभिन्न घटनाको एउटा श्रृङ्खला भएकाले घटना पिच्छे नयाँ– नयाँ पात्रहरू देखा पर्नु स्वाभाविकै हो । यस दृष्टिले उपन्यासमा प्रस्तुत गरिने काम अनुरूप नै पात्रहरूको विधान हुन्छ र ती धेरै हुन सक्छन् । ती पात्रलाई तिनको कार्यका आधारमा प्रमुख पात्र, गौण पात्र र अति गौण पात्र गरेर विभाजन गरिन्छ (प्रधान : २०४० : ५) ।

(अ)   प्रमुख पात्र

            यस श्रेणीअन्तर्गत उपन्यासमा अत्यधिक कृतिगत भूमिका भएका पात्रहरू देखा पर्दछन् । जसमा उपन्यासका नायक–नायिकालाई नै औपन्यासिक घटनाका प्रमुख सञ्चालक पनि भन्न सकिन्छ । यस्ता चरित्रले कथानकको सुरुदेखि अन्त्यसम्म नै आफ्नो भूमिका निभाइरहेका हुन्छन् । नायक–नायिकाको चारित्रिक परिवर्तनले घटनालाई समेत परिवर्तन गरी औपन्यासिक कथानकलाई अन्तिम परिणति विन्दुसम्म पु¥याउँछ (प्रधान, २०४०:५)।

(आ) गौण पात्र

            उपन्यासमा मूल पात्रको भूमिकाभन्दा औपन्यासिक भूमिका कम भएका पात्रलाई नै गौण पात्रका श्रेणीभित्र राख्न सकिन्छ । अर्थात् उपन्यासको पात्र विधानमा गौण पात्रहरू दोस्रो श्रेणीका पात्रहरू हुन् । यी पात्रहरूको कृतिगत भूमिका सहायक भूमिकासँग जोडिएको हुन्छ र यस्ता पात्रको भूमिकासँग सम्बन्धित कथानकलाई उपन्यासको मूलकथानकसँग जोडिन आउने उपकथानक वा प्रासङ्गिक कथानक पनि भनिन्छ । गौण पात्रहरूलाई गहिरिएर हेर्ने हो भने तीनलाई दुई उपश्रेणीमा विभाजन गरी हेर्न सकिन्छ । जसमा पारिवारिक पात्र र मूल घटनासँग सम्बन्धित पात्रहरू (प्रधान, २०५२ : ७७) । पारिवारिक पात्र भन्नाले मूल पात्र र गौण पात्रसँग पारिवारिक नाता जोडिएका पात्र भने बुझिन्छ । उपन्यासमा यिनीहरूको सक्रिय र गतिमय भूमिका भने हुँदैन ।

(इ)   अतिगौण पात्र

            उपन्यासमा विशेष गरी घटनाप्रधान उपन्यासहरू र अझ सामाजिक, पौराणिक, ऐतिहासिक स्वरूपका उपन्यासहरूमा पात्रको बाहुल्यता हुँदा यस्ता उपन्यासहरूमा अतिगौण पात्र पनि प्रशस्तै देखापर्छन् । उपन्यासमा अतिगौण पात्रको कृतिगत भूमिका अत्यन्तै न्यून देखापर्छ । एकछिन आउने, जाने र एकचोटी आएपछि दोहोरिएर नआउने अत्यन्तै कम भूमिका र आवृति भएका पात्रहरू अतिगौण पात्रहरू हुन् । सामाजिक उपन्यासमा यस्ता पात्रहरूको पनि महत्व र औचित्य देखापरेको छ । यो माथिको भनाइबाट के स्पष्ट हुन्छ भने उपन्यासमा कृतिगत भूमिका नै नभएका पात्रको पनि केही न केही महत्व अवश्य हुन्छ । यस्ता पात्रहरूमध्ये एकछिन आउने जाने पात्रहरू, मृत्यु भइसकेका तर चर्चामा आएका पात्रहरू नै अतिगौण पात्रको श्रेणीभित्र पर्न आउँछन् । यस हिसाबले औपन्यासिक कार्यव्यापारसँग सम्बन्धित अथवा कृतिगत भूमिका निर्वाह गर्ने पात्रहरूलाई माथि चर्चा गरिएका तीन श्रेणीभित्र राखेर हेर्दा उपन्यासमा कुन पात्रको के कस्तो भूमिका छ भन्ने कुरा छर्लङ्ग हुन्छ (बराल र एटम २०६६: २९)।

(ग)   प्रवृत्तिका आधारमा पात्र

            यस आधारमा पात्र अनुकूल र प्रतिकूल गरी दुई वर्गका हुन्छन् । उपन्यासका पात्रहरूले सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गरेका हुन्छन् ।

(अ)   अनुकूल

            सकारात्मक भूमिका निर्वाह गरी पाठकको सहानुभूति प्राप्ति गर्ने पात्र अनुकूल अर्थात् सत् पात्र हुन् । अनुकूल वर्गको पुरूष पात्र छ भने त्यो नायक र स्त्री पात्र छ भने नायिका हुन्छे । अनुकूल पात्रले पाठकबाट माया प्राप्त गरेका हुन्छन् (बराल र एटम २०६६: २९)।

(आ) प्रतिकूल

            नकारात्मक भूमिका निर्वाह गर्ने पात्रलाई असत् वा प्रतिकूल पात्र भनिन्छ । प्रतिकूल वर्गको  सहायक  वा पुरूष पात्र छ भने त्यो खलनायक हुन्छ र स्त्री पात्र छ भने खलनायिका हुन्छे । प्रतिकूल पात्रले पाठकबाट घृणा प्राप्त गरेका हुन्छन् (बराल र एटम २०६६ :२९) ।

(घ)   स्वभावगत आधारमा पात्र

            स्वभावगत आधारमा गतिशील र गतिहीन गरी दुई वर्गका हुन्छन् ।

(अ)   गतिशील

            उपन्यासमा कुनै परिस्थिति अनुसार बदलिने पात्र गतिशील हुन्छ, जो आफ्नो स्वभाव, सिद्धान्त र जीवनधारालाई परिवर्तन गरी समय सुहाउँदो बन्छ । परिस्थिति अनुसार बदलिरहने स्वभाव भएका पात्रहरू गतिशील स्वभावका पात्र हुन् । यस्ता पात्रहरू क्रियाशील र सजीव पात्र हुन्छन्   (अधिकारी : २०२३: ३५) ।

(आ) गतिहीन

            उपन्यासमा कुनै पनि परिस्थिति अनुसार नबदलिने पात्र गतिहीन पात्र हुन् । यस्ता पात्रलाई निष्किय पात्र पनि भन्ने गरिन्छ । यस्ता पात्रले उपन्यासको समाजमा खासै प्रभाव पारेको देखिँदैन् (बराल र एटम २०६६: ३०)।

(ङ) जीवन चेतनाका आधारमा पात्र

            यस आधारमा पात्रलाई वर्गीय र व्यक्तिगत गरी दुई प्रकारमा छुट्टयाउन सकिन्छ ।

(अ)   वर्गीय पात्र

            निश्चित सामाजिक वर्गको भूमिका निर्वाह गरी त्यही वर्गको प्रतिनिधित्व गर्ने पात्र वर्गीय पात्र हुन् । वर्गीय पात्रले निश्चित समुदायको दुःख, सुख, कठिनाई र समस्याको प्रस्तुति गरिरहेको हुन्छ (बराल र एटम २०६६:३०)।

(अ)   व्यक्तिगत पात्र

            आफ्नो निजी स्वभाव वा वैशिष्ट्य तथा वैयक्तिकताको प्रतिनिधित्वि हुने गरी नवीन शैलीको सन्धान गर्ने पात्र व्यक्तिगत पात्र हुन् । व्यक्तिगत पात्रले कुनै वर्गलाई प्रतिनिधित्वि गर्न नसक्ने हुन्छ (बराल र एटम :२०६६:३०)।

(च)   आसन्नताको आधारमा पात्र

            उपन्यासको कथामा रहने पात्रको उपस्थितिलाई आसन्नता भनिन्छ । यस आधारमा पात्रहरू मञ्चीय र नेपथ्य गरी दुई प्रकारका हुन्छन् ।

(अ)   मञ्चीय

            उपन्यासमा उपस्थित भई कार्यव्यापार वा संवाद प्रस्तुत गर्ने पात्र मञ्चीय पात्र हो । उपन्यासको विषयलाई अगाडि बढाउने काम मञ्चीय पात्रको भूमिका रहेको हुन्छ । मञ्चीय पात्र वर्तमान बिन्दुमा हुन्छन् (बराल र एटम, २०६६: पृ.३०) ।

(आ) नेपथ्य

            कथायिताले वा अन्य पात्रले नामोच्चारण मात्र गरेको पात्र नेपथ्य पात्र हो । नेपथ्य पात्रहरू वर्तमानमाभन्दा पूर्वकालमा नै सक्रिय रहेका हुन्छन् (बराल र एटम :२०६६:३०)।

(छ)   आबद्धताका आधारमा पात्र

            उपन्यासको कथा र कथानकसँगै पात्रको सम्बन्ध गँसाइलाई आबद्धता भनिन्छ । यस आधारमा पात्रहरू बद्ध र मुक्त गरी दुई प्रकारका हुन्छन् ।

(अ)   बद्ध

            जुन पात्रलाई झिक्दा कथानकको संरचना भत्किन्छ  भने त्यस्तो पात्रलाई बद्ध पात्र भनिन्छ । बद्ध पात्रले उपन्यासको संरचनालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निभाएको हुन्छ (बराल र एटमः२०६६:३०) ।

(आ) मुक्त

            जुन पात्रलाई झिक्दा  कथानकमा कुनै असर पर्दैन् भने त्यस्तो पात्रलाई मुक्त पात्र भनिन्छ । मुक्त पात्रलाई कथानकमा खासै स्थान दिइएको पाइँदैन (बराल र एटम : २०६६:३०) ।

४.३  नारीपात्र सम्बन्धी मान्यताहरू

            यस अध्यायमा नारीवादको अध्ययन र परम्परा सम्बन्धि चर्चा गर्दै नारीवादी मान्यतालाई आधार बनाएर पहेँलो घाम उपन्यासका नारी पात्रको विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा उदार नारीवाद, सांस्कृतिक नारीवाद,समाजवादी र उग्रनारीवाद आदिको आधारमा उपन्यासका नारी पात्रहरूलाई वर्गीकरण गरिएको छ ।

४.३.१      परिचय

            नारी जीवनको बारेमा नारी हितको कोणबाट नारीकै केन्द्रीयतामा गरिने चिन्तन नारीवाद हो । त्रिपाठी (२०६८) का अनुसार नारीवादलाई कसैले समुदायका रूपमा र कसैले राजनीतिको अर्थका रूपमा चिन्तन गर्दा नारीवादी सिद्धान्तकको उत्पत्ति गराएको पाइन्छ । नारीसँग सम्बन्धित हरेक सामाजिक सन्दर्भसँग नारीवादको नाता गाँसिएको देखिन्छ । हरेक सन्दर्भहरूलाई नियालेर हेर्दा नारीवादी दृष्टिकोणको पनि आफ्नै महत्व रहेको छ । साहित्य सिर्जनाको क्षेत्रमा नारीवाद स्थापित भइसकेको छ । परम्परागत साहित्यमा प्रायः जसो नारीप्रति रूप, सौन्दर्यपरक श्रृङ्गारिक रूचि र कामवृत्तिका कुराहरूलाई जोड्दै नारीप्रतिका हेय भावनाबाट सृजना भएका पाइन्छन् । पूर्वीय साहित्यमा नारीवादी चेतनाको अझैसम्म गन्तव्य प्राप्त गर्न नसके पनि पश्चिमी साहित्यको प्रभावले नयाँ सामाजिक मूल्य र मान्यताहरू विकसित हुने क्रमको सुरूवात भएको छ । पश्चिमका भने नारीवादी चिन्तनले एक शताब्दी पार गरिसकेको छ । राजेन्द्र मास्के (२०५६) द्वारा अनूदित फ्रेडरिक एङ्गेल्सको ‘परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति’ नै नारीवादी चिन्तनको आधार स्तम्भको रूपमा लिन सकिने उल्लेख गरिएको छ । नारीवाद आन्दोलनका रूपमा भने १९औँ शताब्दीमा पाश्चात्य जगतमा देखा परेको हो । यसैका आधारमा सन् १९६०को दशकबाट समालोचना चिन्तनको विकासको रूपमा बेट्टी फ्राइडनको फेमिनिन मिस्टिक आधुनिक नारीवादी चिन्तनको रूपमा देखा प¥यो (त्रिपाटी, २०६८) । पितृसत्ता भनेको नारीवादी चिन्तनको अवरोध हो । यसले नारी अस्मिता र मूल्यका बारेमा साहित्यिक लेखनको मूल्याङकन गर्छ । नारीहरू पितृसत्तावादी हैकममा कसरी शोषित पीडित भएका छन भन्ने कुराको स्पष्टता र त्यसमाथिको प्रहार नै नारीवादी समालोचनाको मुख्य आधार हो ।

४.३.२      नारीवाद अध्ययन र परम्परा

            राजेन्द्र मास्के (२०५६)द्वारा अनूदित फ्रेडरिक एङ्गेल्सको ‘परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति’ का अनुसार युगौदेखि महिलाहरूको आफ्नो जीवन सामाजिक, राजनैतिक तथा धार्मिक नियम कानुनको घेरामा सीमित राखेका छन् । आदिम युगमा समाज मातृसत्ता प्रधान थियो । विकासका क्रमका नारीको व्यस्तताबाट फाइदा उठाउँदै पुरूषद्वारा सत्ताको अधिकार हातमा लिएपछि, समाज पितृसतात्मकतामा परिणत भयो । पितृसतात्मक समाजमा भएका सम्पूर्ण कानुन, धर्म संस्कारजस्ता कुराहरू पुरूष अनुकूल हुने गरी निर्माण भए । जसले गर्दा नारीहरू आफ्ना मौलिक अधिकारहरूबाट वञ्चित हुन पुगे । परिवारमा पुरूषको आधिपत्य बढ्दै जाँदा महिलाको स्थान घरको परिधिभित्र सीमित हुन पुग्यो ।

परिवार तथा सामाजिक रूपमा महिलाको स्थान दयनीय अवस्थामा छ । गर्भावस्थादेखि नै नारी पुरूषमा विभेद छ । त्यतिमात्र नभई बच्चा जन्मेपछि पनि छोरी रहिछे भने उसलाई गर्भमै मार्नेसम्मका अपराधिक र मानव अधिकार विरूद्धका हिंसात्मक घटनाहरू परिवारबाट घट्ने गर्दछन् । आफूले जन्माएको सन्तानप्रति महिलाको कुनै हक लाग्दैन । उनी आफ्नो सन्तानप्रति अगाध माया हुँदाहँुदै पनि क्रूर र दमनकारी परिवारको अगाडि निरीह भएर बस्नुपर्ने बाँध्यता छ । सामन्ती युगमा महिलाहरू व्यक्तिगत सम्पत्तिका रूपमा स्थापित हुँदै गए । मनस्मृतिमा नारीलाई स्वतन्त्र रूपमा छोड्न नहुने भन्दै बाल्यकालमा बाबुका मातहतमा यौवनमा पतिका र बार्धक्यमा छोराका मातहतमा रहनुपर्ने कुरा (त्रिपाठी, २०६८) उल्लेख गरिएको छ । यसरी महिला अधिकारहरू मानव सभ्यताको विकाशसँगै खोसिदै र साँघुरिदै गए । पुँजीवादी युगमा नारीलाई वस्तुका समकक्ष राखेर लेनदेनको प्रकृया सुरू भयो (शिवाकोटी, २०६२) । नारीअधिकारका कुरा आधुनिक विश्वमा पश्चिमबाट फैलिएको मानिन्छ । पश्चिममा नारीवर्गको सम्बन्ध सर्वप्रथम पाँचौ शताब्दीमा रोमनका हाइपाटिया महिलाका गौरव गरिमा र शक्तिका बारेमा ब्याख्या गरेको र पन्ध्राँै शताब्दीमा क्रिष्टिन दि पासनाले समाजमा महिलाले समान अवसर प्राप्त गर्नुपर्ने तथ्यमाथि वकालत गरेको उल्लेख गरेकी छन् । उनका अनुसार डचमहिला अन्नाले नारी शिक्षाबारे लेखेको पुस्तकमा नारीका बारेमा जे–जति बोलिए र लेखिए पनि आधुनिक नारीवादको पहिलो लहर अमेरिकामा सन् १८४८ मा सयजना नारी पुरूषहरू मिलेर “सिनेका फल्स कन्भेन्सन” मा विधिवत घोषणा गरेर नारीवाद सुरू गरियो । यसपछि नारीका पीडा र व्यक्तिगत समस्याका बारेमा व्यापक चर्चा हुनथाल्यो । सन् १८९३ मा सबैभन्दा पहिले न्युजिल्याडका महिलाले भोट दिने अधिकार प्राप्त गरे । त्यसपछि सन् १९२० मा अमेरिकामा पनि महिलाले मत दिने अधिकार प्राप्त गरे (त्रिपाठी, २०६८ : पृ १९–२०) । युगौँदेखि पितृसत्तात्मक संस्कार, संस्कृति, मर्यादा र ऐनकानुनले समेत बाँधिएका नारीहरूको अधिकार खोस्ने भन्दै २० औँ शताब्दीको प्रारम्भतिर युरोपबाट नारीवादी आन्दोलनको सुरू भयो । नारीवादी दार्शनिकहरू भन्छन्–परम्परागत दर्शन र पुरूष पक्षपाती छ । कतिपयले नारीलाई व्यक्तिगत सम्पत्ति वा परिवारको दैनिक आश्वयकतामा आउने वस्तुको रूपमा लिएका छन् । यस्तो असमान र अन्यायपूर्ण विचारलाई आधार बनाई सामाजिक न्याय, नियमकानुन तथा धार्मिक अवधारणा बनाइएको छ । व्यक्तिगत कार्यक्षेत्रमा उठेका समस्याहरूलाई जतिसुकै सार्वजनिक र सरकारी क्षेत्रमा जानकारी गराइए पनि नारीहरूका व्यत्तिगत अनुभूति तनाव संकट लगायतका समस्याहरू उनीहरूमा नै सीमित हुन्छन् । कसैबाट व्यवहारमा लागू हुन् सकेका छैनन् । नारीहरूका आन्तरिक समस्याहरूलाई मध्यनजर गर्दै उनीहरूका यौनअनुभव र समस्याहरू बच्चा जन्माउने, हुर्काउने, परिवारसँग रहेको समस्याका बारेमा बिभिन्न समाज, संस्कृति र भूगोलका आधारमा समेत विभेद पाइन्छ (त्रिपाठी २०५०, पृ : ४६–५०) । कतिपय जाति र समाजमा यद्यापि नारीको प्रधानता रहेको देखिन्छ, तापनि यस्ता जाति, समाज र समुदायको आधुनिक रूपमा विकास भएको पाइदैन । आधुनिक सबै प्रकारको विकास पित्तृसत्तामा केन्द्रीत रहेर पुरूष प्रधानताका दृष्टिकोणले विकसित भएको हुनाले समस्त सामाजिक संरचनामै पुरूषप्रदान र पुरूष केन्द्रीय हुन गएको छ । केही नारीवादी चिन्तन भएका महिला बाहेकका नारीहरू पुरूष प्रधानतामा समर्पित पाइन्छन् (शिवाकोटी, २०६२ : २९९) । हाम्रो संस्कृतिमा महिलालाई शरीर र आवेगसँग सम्बन्धित बनाएको छ । लोग्ने मानिसलाई कारण र बुद्धिसँग तुलना गरिएको छ । कतिपय महिला दार्शानिकहरू यस्तो भ्रमपूर्ण कुरालाई चिन्न खोज्छन् र पुरूषवादी विचारलाई सुधार्न चाहन्छन् । केहीले त्यसमा अझै नारीवादी विचारलाई थप्छन् । सबै नियम कानुन तथा सामाजिक निर्णयका सम्बन्धमा महिलाहरूको अनुभव र आवाजलाई समावेश गर्नेबाट उनीहरूलाई अधीनस्थ राखिएको छ । यस्ता अवधारणाको अन्त्य गर्नको लागि विभिन्न रणनीतिहरू औल्याउनु पर्ने हुँदा यसबाट थप समस्या र प्रश्न उठ्न सक्ने कुरालाई स्वीकार नगर्न मिल्दैन (शिवाकोटी , २०६२ : २९९) । सत्रौँ शताब्दीमा आएर पित्तृसत्तात्मक अवधारणा र नारी चिन्तनका बारेमा केही सुधारात्मक अवस्थानहरू देखिन थाल्यो । व्यक्ति जन्मदा स्वतन्त्र हुन्छ र त्यसपछि उसले आफ्नो भविष्य आफैँ चयन गर्छ कि भगवान्ले भन्ने धारणाले महिलालाई आफ्नो स्थान र पूर्ण व्यक्तित्व अनुभव गर्ने सम्भावना बढ्यो । यसबाट उनीहरू परम्परागत अत्याचार र अन्यायपूर्ण अवस्थाबाट मुक्तिको स्वास फेर्ने वातावरण मिल्दै गयो । यसपछि मात्र महिलाहरू आफ्ना हक अधिकार सुनिश्चित गर्ने आन्दोलनका रूपमा सहभागी हुनसके (शिवाकोटी, २०६२, पृ : २९९) । सामन्ती युगमा ईश्वरीय देनका रूपमा जातजाति र लिङ्गको भेद निर्धारण गर्नेे र बाल्यकालमै नारीको विवाह गर्ने वातावरणको सिर्जना गरियो । विज्ञान र प्रविधिको विकाससँगै डार्विनको विकासवाद, माक्र्सवाद, फ्रायडको मनोविज्ञान र प्रोटोनबाट जीवोत्पत्ति सिद्धान्तको स्थापना भएपछि दैवी सिद्धान्तले हार खानु प¥यो । त्यसैले नारी समानताका अधिकारका लागि मार्ग प्रशस्त गरिदियो । जसले गर्दा आधुनिक कालमा नारीहरूका अवस्था र मानसिकतालाई अध्ययन गर्दा नारीहरू परम्परावादी नारी, समानतावादी नारी, नारीवादी नारी देखिन थाले । तर एक्काइसौँ शताब्दीमा आउँदा पनि महिलामाथिको अत्याचार र अस्तित्वको संकेतको अवस्थामा अझै सुधार हुन सकेको छैन । सार्वजनिक ठाउँमा वकालत गरेका कुराहरू घर व्यावहारमा लागू हुन सकेको छैनन् । मानिसहरू आफ्नो परिचयको सम्बन्धमा संसारको दृष्टि बदल्न चाहन्छन् । जुन व्यक्तिहरू नारीहरूलाई राजनैतिक आर्थिक र सामाजिक रूपमा समानता प्राप्त गर्न सहयोग गर्छन् तिनलाई नारीवाद समर्थक भनिन्छ (शिवाकोटी ,२०६२ : ३००) । पुरूषको तुलनामा महिलाले आफूलाई सक्षम र सबल तुल्याउन चाहन्छन् । विकासका क्रियाकलापमा आफ्नो सक्रिय सहभागिता जनाउन थाल्छन् । पारिवारिक तथा सामाजिक रूपबाट पछि परेका महिलाहरूलाई जनचेतनाको माध्यमबाट अगाडि बढाउनमा सहयोग गर्छन् । कुनै पनि परिवारमा पुरूष शिक्षित भएमा  उसमा उसका परिवार तथा छोराछोरी शिक्षित हुन सक्दैनन् । तर महिला शिक्षित भएमा सम्पूर्ण परिवार नै शिक्षित हुन सक्छ । आमाले आफ्नो बालबालिकालाई हरेक पलमा शिक्षा दिन सक्षम हुन्छिन् । यसको प्रत्यक्ष प्रभाव सम्पूर्ण परिवार देखि लिएर समाज र राष्टमा समेत उल्लेखनीय योगदान पुग्न सक्छ । त्यसकारण महिला शिक्षा र जनचेतनाले नारीवादी चिन्तनमा ठूलो प्रभाव पार्न सक्छ । शिवाकोटी (२०६२) ले नारीवादी विचार र मान्यतालाई निम्न अनुसार उल्लेख गरेकी छन् :–

(क) उदारवादी नारीवाद

व्यक्तिगत महत्व, व्यक्तिगत स्वतन्त्रता वा स्वायत्तता नै उदारवादी नारीवाद हो । यसले मानवजाति प्राकृतिक रूपले समान तथा स्वतन्त्र छ भन्ने कुरामा जोड दिन्छ । कुनै पनि व्यक्ति अरू भन्दा भिन्न हुन्छ । उसको आफ्नै स्वरूप र स्वभाव हुन्छ । यसैका आधारमा सबैले समान अवसर प्राप्त गर्न पाउनुपर्छ । हाल उदारवादी नारीवादीहरूले आफ्नो बारेमा आफैँ निर्णय गर्न सक्ने क्षमता तथा स्वतन्त्रतामा जोड दिन्छन् । लैङ्गिक समानता  र न्याय स्थापनामा जोड दिन्छन् । मानवजाति प्राकृतिक रूपले समान र स्वतन्त्र छ भन्ने कुरामा विश्वास राख्छ । प्रत्येक व्यक्तिको आफ्नो खास स्वरूप हुन्छ जुन अरूभन्दा भिन्न हुन्छ, त्यसकारण सबैले समान अवसर पाउनुपर्छ । कतिपय पेसामा लिङ्गका कारणले पुरूष सरह प्रतिस्पर्धा गर्न नपाउने अवस्थामा महिलाहरूको असहमति छ । पुरानो संस्कृतिको आधारमा निर्णय गर्न नहुने कुरामा नारीवादीहरू सहमत छन् । आफूलाई मानवतावादी नारीवादी ठान्ने नारीहरूले पुरूषले जस्तै समान अवसर र अधिकार पाउनुपर्ने कुरा उल्लेख गरेका छन् । तारा पहेँलो घाम उपन्यासकी उदारवादी नारी पात्र हो । ऊ अति नै शान्त, लगनशील र समान विचार भएकी नारीपात्रको रूपमा देखिएकी छ । ताराले जनयुद्धका समयमा आदर्श कामीसँग अन्तरजातिय विवाह गरेकी छ । युद्ध कालमा सँगै लडेका तारा र आदर्श शान्ति सम्झौतापछि अयोग्यमा परेका छन् । पार्टीबाट अयोग्य भई निकालिएपछि ताराले जीविकोपार्जनको लागि सानो कटेरोमा चिया पसल सञ्चालन गरी गुजारा चलाएकी छ । लोग्ने स्वास्नी मिली काम गर्दा सहज, छरितो र छिटो हुने विचार धारा भएकी तारा यस उपन्यासमा उदारवादी नारीका रूपमा देखिएकी छ । आजको समयमा महिला र पुरूष भनी भेदभाव नगरी सबैले समान रूपमा काम गर्नुपर्ने र कामको मूल्याङ्कन पनि समान रूपमा हुनुपर्ने धारणा राख्छे । आफूले अह्राएको कामलाई ध्यान नदिई सविनसँग हात हल्लाउँदै गफिदै गरेको लोग्ने आदर्शप्रति आक्रोसित हुँदै गणतन्त्र पश्चात नारी हकहितले उच्चता पाएकोले महिला र पुरूष समान भएको कुरा व्यक्त गर्छे ।

(ख)  सांस्कृतिक नारीवाद

            नारीवादी पक्षमा सांस्कृतिक रूपान्तरण गर्नु र पुरानो मान्यतामाथि पूनर्मूल्याङ्कन गर्नुलाई सांस्कृतिक नारीवाद भनिन्छ । नारी र पुरूषमा भएका भिन्नतामा जोड दिनेहरूले लिङ्गलाई आधार मानेर जैविक भिन्नता र स्वाभाव तथा सांस्कृतिमा पनि भिन्नता गरे । स्त्रीत्व गुणलाई व्यक्तिगत शक्ति र गौरवको वस्तु ठान्ने यस्ता मानिसहरूले यस्तो कार्यले नारीहरूलाई उच्च नैतिकता प्रदान गर्न सक्ने तथ्य निर्देशित गरे । संस्कृतिवादी नारीवादीले राजनैतिक परिवर्तनमा भन्दा साँस्कृतिक परिवर्तनमा नै जोड दिए । यसका साथै जीवनको सामुहिक पक्ष, अन्तरदर्शी, वैवाहिकतामा जोड दिइएको पाइन्छ । शिवालाई संस्कृतिवादी नारीका रूपमा उपन्यासमा देख्न सकिन्छ । शिवा सोहनसँग कफिसपमा कफि खाँदै कुराकानी गर्ने क्रममा सोहनले नेपाल हरेक कुरामा पछि छ है भन्दा विश्वमा नेपाल धेरै कुरामा अगाडि भएको बताँउछे । विकासमा त नेपाल पछाडि छ नि भन्दा विकासमा पछाडि हुँदैमा हरेक कुरामा पछाडि भन्न नमिल्ने बताउँछे । असल संस्कार र राजनीतिमा नेपाल अरू राष्ट्रभन्दा अगाडि रहेको बताउँछे । असल संस्कार र राजनीतिक चेतनाले नै विकास निर्माणलाई सहयोग गर्दछ त्यसैले अन्य देशको तुलनामा नेपालको राजनीतिक संस्कार उच्च रहेको कुरा व्यक्त गर्छे । संस्कारविनाको राजनीति र विकास पानीमाथिको लौरो जस्तै हो यसकारण राजनैतिक परिवर्तनभन्दा साँस्कृतिक परिवर्तन भएमा त्यसको सकारात्मक प्रभाब पर्ने बताउँछे । यिनै विभिन्न आधारमा शिवा साँस्कृतिक नारीका रूपमा यस उपन्यासमा देखिएकी छ ।

(ग)   उग्रनारीवाद

            शिवाकोटी (२०६२) का अनुसार नारीपुरूषबीचको भिन्नता नै उग्रनारीवादी हो । पुरूषहरूले नारीलाई अत्यधिक दमन गर्ने, हेप्ने, नारीलाई थिचोमिचो गर्ने, कामवासनाको सिकार समेत बनाएका हुनाले यसैको विरूद्धमा उग्रनारीवादको जन्म भएको हो । मेरी डालेले चाहिँ उग्रनारीवाद भनेको यथार्थमा स्वास्नीमान्छे बन्ने क्रम वा यात्रा हो भनेकी छिन् । उग्रनारीवादीहरू सामाजिक संरचनाका विभिन्न पक्षलाई अध्ययन गर्दै पुरूषको अत्याचारलाई बाहिर ल्याउँदछन् । उनीहरूले चिकित्सा, धर्म संस्कृति, सन्तान उत्पादनजस्ता सामाजिक पक्षहरूको परिक्षण समेत गरेका छन् । उनीहरूले नारीलाई हेप्नु र अत्याचार गर्नुको प्रमुख कारण उनीहरूको यौन संरचनाबाट निर्देशित भएको तथ्य प्रस्ट पारे (शिवाकोटी रमा ) । पुरूषहरू नारीलाई आफ्नो उपभोग्य वस्तुको रूपमा आफ्नो हक तथा स्वामित्वको रूपमा लिदैँ उनीहरूलाई कुटपिट गर्ने मानसिक तथा शारीरिक यातना दिनेजस्ता व्यवहारहरूले गर्दा महिलाको यौन तथा सामाजिक पराधिनतालाई जोड दिएको पाइन्छ । उग्रनारीवादमा मुख्य गरेर लामो समयदेखि व्यवस्थित रूपमा स्वास्नीमान्छेमाथि गरिएको दुव्र्यवहार तथा अत्याचार र दमन गर्ने प्रवृत्तिलाई हटाउनका लागि राजनैतिक परिवर्तनको जरूरी छ । लोग्नेमान्छेको क्रूर, निर्दयी व्यवहारले गर्दा नारीमाथि सुरक्षाको चुनौति थपिएको हो । त्यसैले पुरूष र नारीबीचको असमानतालाई हटाउन समाजमा परिवर्तन अपरिहार्य छ (शिवाकोटी, २०६२ : ३०४ ) । सोनिमा जोनसन (न्यान्सी र आर टी १९९५ : १७५ ) ले संयुक्त राष्ट्रसंघले निकालेको तथ्यलाई आधार मानेर संसारमा स्वास्नी मान्छेले दुईतिहाई काम गर्छन् तर आम्दानीचाहिँ दशैँ अंशमात्र प्राप्त गर्छन् । सम्पत्तिको त सयभागको एक भाग मात्र नारीहरूको स्वामित्वमा रहेको छ । यसबाट पनि थाहा हुन्छ कि नारीको अवस्था दयनीय छ । यी असमानतालाई सुधार गर्नको लागि नारीपुरूषबीचको असमानता हटाउनुपर्ने धारणा व्यक्त गरिएको छ ।

            शिवा पहेँलो घाम उपन्यासकी प्रमुख नारी पात्र हो । ऊ कसैको पनि अन्याय नसहने खालकी पात्र हो । कसैले अन्याय ग¥यो कि तुरुन्तै प्रतिकार गर्न पछि नहट्ने खालकी छे । स्कुल पढ्न जाने क्रममा साहुको छोराले तामाङ्की छोरी पनि कति राम्री भन्दै जिस्काउने क्रममा उसको नराम्रोसँग पिटेर धुलाई गरेकी थिई । साहुको छोरालाई पिटेको घटना विद्यालयका प्रधानाध्यापक समक्ष पुग्दा शिवालाई नै उल्टै माफी मगाउन खोजियो तर उसले म गलत कुराको लागि माफी नमाग्ने बताउँदै माफी नमागेको देखिन्छ । युद्धको बेलामा माओवादी शिविरभित्रै शिवामाथि कमान्डरले बलात्कार गर्ने प्रयास गर्दा उसको दाँहिने हात भाँचेकी थिई । शिवा कसैले आफूप्रति गलत दृष्टि राखेको खण्डमा तुन्तै प्रतिकार गरिछाड्ने स्वभावकी देखिन्छे । शिवा क्यान्टोमेन्टबाट अयोग्य भई निकालिएपछि साथीको डेरामा काठमाडौँ आएर बस्दै एउटा मेनपावरमा जागिर गर्थी । शिवाको बोसले उसलाई बलात्कार गर्ने प्रयास गर्दा लात्ताले हानेर बोसलाई भित्तामा पु¥याएकी छ । तेरो कालो धनमा बिक्छे भन्ठानेको ला भन्दै पैसाको बिटोले बोसको मुखमा हान्छे । सबै नारीलाई कमजोर नसोच्नु भन्दै माओवादी यद्धले जन्माएकी योद्धा हुँ भन्छे । शिवाले बोसलाई पिटेर बाहिर आएको देखेर सबै कर्मचारी खुसी भएका छन् । यसरी बोसलाई कसैको थिचोमिचो, प्रलोभन वा हेपाइमा नपरी सक्षम नारीका रूपमा आफू पनि रहेकी र अरूलाई पनि रहन सहयोग गरेकी छ ।

            क्यान्टोमेन्टबाट बाहिरिएपछि शिवालगायत उसका धेरै साथीहरूको दैनिकी निकै कष्टकर भएको थियो । शिवाले आफ्नो सबै साथीहरूलाई कृषि पेशामा लाग्ने सरसल्लाह दिन्छे । कृषिमा पनि आधुनिक सीप र साधनको प्रयोग गरेको खण्डमा उत्पादन राम्रो प्राप्त गर्न सकिन्छ भन्दै सबै साथीहरूलाई आफ्नै नेत्तृत्वमा भक्तपुरको मादिकोट नजिक सामुहिक कृषि फर्म संञ्चालन गर्छन् । सामुहिक कृषि फर्मबाट एक वर्षमै उत्पादन राम्रो गरेर देखाएका छन् । शिवाले पार्टीले अयोग्य भनी क्यान्टोमेन्टबाट निकाले पनि कृषि पेशामा योग्य भएको देखाएकी छ । ऊ आफू पािन समयमा काम गर्न जान्थी र अरू साथीहरूलाई खाली नबस्न आग्रह गर्दर्थी ।

            तारा पनि यस उपन्यासकी सहायक उग्रनारी पात्रका रूपमा देखिएकी छ । द्वन्द्वको समयमा अनेक मोर्चा लड्दै अन्तरजातीय विवाह गरेकी ऊ क्यान्टोमेन्टबाट बाहिरिएपछि एउटा सानो खाजा पसल चलाएर आफ्नो परिवारको जीवन चलाएकी छ । माओवादीमा प्रवेश गर्नुभन्दा अगाडि ऊ कसैका अगाडि राम्ररी बोल्न पनि सक्दैन थिई । युद्धका समयमा उसले धेरै कुरा सिक्ने मौका पाएकी छ । जो कोही व्यक्तिले पनि व्यापार व्यावसाय गर्न सक्छ भन्ने मान्यता बोकेकी छ । आफ्नै खाजा पसल भएकाले उसको परिवारको आर्थिक अवस्था ठिक्क खालको छ ।

अन्जना पनि यस उपन्यासकी सहायक नारीपात्र हो । उसको भेट भाटभटेनीको सुपरमार्केट अगाडि शिवासँग भएको अवस्थामा उसको जीवनमा पूरै परिवर्तन भएको देखिन्छ । केही वर्ष युद्धमा बन्दुक बोकेका हातमा लामा–लामा नङ पालेको देखिन्छ । कपाल पनि खैरो–खैरो बाँदरको जस्तो रङको देखिन्थ्यो । खुट्टामा गोल्डस्टार जुत्ता लगाएर हिड्ँथी तर आजभोलि एक बित्ताका हिल चप्पल लगाएर सिङ्गारपटार गरी हिडँदा त कमर पनि तीनतिर भाँचेर हिडेको देखिन्थ्यो । अन्जनाको घर पनि बङ्गला जस्तो देखिन्थ्यो । घरको अगाडि बिभिन्न थरिका बोटविरूवाका साथै वैशाखको चर्को घाममा समेत थरिथरिका फूलहरू फुलिरहेका थिए । हिजोसँगै बन्दुक चलाएकी अन्जना युद्ध विरामपछि क्यान्टोमेन्टबाट बाहिरिएपछि झनै उसको जीवन अत्यन्तै सुखमय बनेको छ । यसरी अन्जनाको जीवनमा वैचारिक पक्षतिर नकारात्मक परिवर्तन भएको उपन्यासमा उल्लेख छ ।

            दीपिका यस उपन्यासकी सहायक नारीपात्रका रूपमा देखिएकी छ । सामान्य पढ्न जान्ने ऊ जनयुद्धपछिको केही दिन नराम्रो भए तापनि आफ्ना पूर्वलडाकुहरूको सलाहमा सामुहिक कृषि फारम खोली आफ्नो सामान्य जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नारीका रूपमा उपन्यासमा देखापरेकी छ । दीपिकाको जीवनमा पनि वैचारिक पक्षमा सकारात्मक परिवर्तन भएको उपन्यासमा देखिन्छ ।

            पहेँलो घाम उपन्यासमा शिवा, तारा, आस्था र सिर्जना आदि उग्रनारीवादी स्वभावका पात्रका रूपमा समेत उपन्यासमा देखिएका छन् । शिवाले आस्थासँग आफ्नो मनको दुःख विसाउँदै भन्छे– ‘महिला पैसामा नाच्ने नर्तकी होइनन् । भन् त हाम्रो आफ्नो स्वतन्त्रता छैन् ? हामी के आफ्नो खुट्टामा उभिएर बाँच्न सक्दैनौँ ? यही त हो जनयुद्धले सिकाएको पाठ । महिला पुरूषकी दासी होइन सहयात्री हो ।’ प्रतिउत्तरमा आस्थाले भनी– ‘मैले भनेको थिएँ नि यो समाजसँग भाग्ने होइन , लड्ने हो’ (पृ १४१–१४२) । सयौँ वर्षदेखि हाम्रो समाजमा जरोगाडेर बसेको नारी पुरूषबीचको विभेद आजको समयमा आएर पनि कम अथवा अन्तिम नभएको अवस्था उपन्यासका पात्रका माध्यमबाट उपन्यासकारले देखाएका छन् । जनयुद्धबाट केही हदसम्म सकारात्मक परिवर्तन अवश्य भएको देखिन्छ । अझैँ बाँकी रहेको नारीपुरूषबिचको ठूलो खाडल सदाका लागि पूरिनुपर्छ भन्ने उग्रनारीवादीहरूको सोच रहेको छ ।

(घ)   समाजवादी नारीवाद

            नारीहरूलाई पुरुषसरह समान रूपमा लिनेहरू समाजवादी हुन् । सामन्ती समाजद्वारा गरिएको लिङ्ग निर्धारणमा नारीहरू दोस्रो दर्जामा पर्दछन् । यो विभेदले नारीहरूमा समाजिक भूमिकामा कमजोर गर्छ । नारीलाई लिङ्ग र जातको आधारमा विभेद गरिएको छ । महिलालाई अनुत्पादक कार्यमा लगाई त्यसको कुनै लेखाजोखामा गरिदैन । उनीहरूको काम न्यून गनिन्छ । बच्चा उत्पादन गर्ने, घरयासी कामहरू सरसफाई गर्ने, यौनवस्तुको रूपमा नारीलाई लिइन्छ (त्रिपाठी , २०६८ : ३०) । शिक्षाको कमि, आर्थिक परनिर्भरताले गर्दा विभिन्न कुराहरूको निर्णय क्षमतामा महिला वञ्चित हुनुपरेको हो । स्वास्नीमान्छे प्रतिको थिचोमिचो व्यक्तिगत सम्पत्तिको धारणाबाट शुरू भएको हो । त्यसभन्दा अगाडि प्राकृति स्रोत र सुविधा सबैले समानरूपमा उपभोग गर्दथे जब उत्पादनको मूल भाग लोग्नेमान्छेको स्वामित्वमा गयो त्यसपछि वर्ग व्यवस्था सुरू भयो । नारीमाथि हैकम चलाउनेमा पितृसत्तात्मक सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्था दुबै अगाडि छन् । नारीहरू स्वतन्त्र हुन र सम्पत्तिमा समान अधिकार पाउनका लागि पुँजीवादी हैन समाजवाद आउनुपर्ने माक्र्सवादीहरूको धारणा छ । हालसम्म प्रतिपादन भएका नारीवादी सिद्धान्तहरूमा सबै समाजिक पक्षलाई ध्यानमा राखिएको छ तर माक्र्सवादी नारीवाद चाँहि आर्थिक संरचनाको विषयमा आधारित छ । माक्र्सवाद र संरचनावादी नारीवादले नारीहरूको संरचनात्मक अवस्था पुरूषको भन्दा भिन्न नरहेको कुरा स्पष्ट पार्छ ।

            महिलाहरू लोग्नेमान्छेभन्दा भिन्न स्वभावका छन् र प्रकृतिका नजिक पनि छन् । महिलाहरू प्रकृति अनुकूल भएर काम गर्न थाल्छन् । लोग्ने मान्छेले भने प्रकृतिलाई नियन्त्रणमा लिनखोज्ने गरेकाले संसारमा विपद् आइलागेको छ भन्ने आरोप लगाउँछन् भनी वातावरणीय नारीवादीहरू भन्छन् । वातावरणीय नारीवादीलाई पर्यावरणीय नारीवाद पनि भनिन्छ । वातावरणीय नारीवादीहरू संसार र जीवनको समस्यामा सकारात्मक र सामजस्यपूर्ण समाधानको बाटो अवलम्वन गर्नुपर्ने कुरामा जोड दिन्छन् । वातावरणीय नारीवादीहरू उदार, उग्र र समाजवादी विचारलार्ई स्वीकार गर्दै पर्यावरणीय सुरक्षा र प्रकृतिको सन्तुलनमा विशेष जोड दिएको पाइन्छ (शिवाकोटी, २०६२ : ३०८) ।

            अफ्रिकन र अमेरिकन समुदायमा नारीवादी आन्दोलन तथा समालोचनाहरूमा महिलाहरूको सहभागीता हुन्थ्यो । उनीहरू नारीवादलाई जातिवाद र लिङ्गवादसँग सम्बन्धित कुरा हो भन्दै काला र गोरा जातिको समस्यासाँग सम्बधित गराए । काला जातिका महिलाहरू रूढीग्रस्त र परम्परावादी हुन्छन् भन्ने भनाइको विरोध गर्दै उनीहरू आफूलाई उत्कृष्ट र महत्वपूर्ण महिलाको रूपमा लिन्छन् । नारीवादमा मात्र सीमित नभई उनीहरू आर्थिक तथा राजनैतिक अधिकार प्राप्त गर्ने तर्फ अग्रसर छन । साथै महिलासँग सम्बन्धित समस्याहरूमा समर्थन गर्छन् । विश्वकै सन्दर्भमा समेत नारीवादका हिस्सेदारहरू देखिन्छन् । उनीहरूले शिक्षा तथा खेलकुदका क्षेत्रमा महिलाहरूले पनि समान अवसर प्राप्त गर्नुपर्छ भन्ने माग समेत गरे । कतिपय शिक्षण संस्थामा त महिलाको लागि प्रवेश निषेध थियो । जागिरको अवसर समान काममा लागि समान ज्याला, कामको सुरक्षा लगायतका माग राखे । कार्यलयमा सानो, ठुलो बीचको विभेद हटाउनु पर्ने नीति नियमहरू निर्माण गर्नुपर्ने र कुनै पनि निर्णय गर्दा पचास प्रतिशत महिला सहभागी हुन पाउनुपर्ने माग राखे (त्रिपाठी, २०६८ : १८–१९) । यसरी नारीवादीहरू नारीलाई हेर्ने गरेको परम्परागत दृष्टिकोणलाई परिवर्तन गर्न चाहन्छन् । नारीहरू यथास्थितिलाई परिवर्तन गर्ने पक्षमा छन् । विवाह, गर्भपतन, अंशमाथिको हकजस्ता समस्याको समाधान भएमा पक्कै पनि नारीहरूले कुनै कोणबाट आफूलाई असक्षम भएको महसुस गर्ने छैनन् ।

            पूर्वीय तथा पाश्चात्य आदिम सभ्यतादेखि आजसम्मको समाज विकासको अध्ययन गर्दा नारीको स्थान  क्रमशः दयनीय बन्दै गएको देखिए  पनि सैद्धान्तिक रूपमा निराशाजनक भने छैन । १९ औँ शताब्दीपछि नारी अधिकारमा नारी अधिकार र समानताका कुराहरूको माग बढ्दै गएपछि संयुक्त राष्ट्रसंघले नारी पुरूष अधिकारका र समानताका सन्दर्भमा सुस्पष्ट मान्यताको स्थापना गरिदियो । नारी प्राकृतिक भिन्नता बाहेक समाज निर्मित विभेदका विरूद्ध सशक्त सङ्घर्षमा उत्रिए । परिमाणस्वरूप नारीवादी आन्दोलनको विकास भयो । नारी चिन्तन पनि सापेक्ष र उग्ररूपमा देखापर्यो । सापेक्ष दृष्टिकोणले नारी र पुरूषका अधिकारहरू समाजका हरेक क्षेत्रमा समान हुनुपर्ने मान्यता स्थापित हुनुपर्नेमा माक्र्सवादको महत्वपूर्ण योगदान छ । नारी समानताका लागि समाजवादी समानताको दृष्टिकोण निकै महत्वपूर्ण मानिन्छ । पुँजीवादले एकातिर नारीलाई उपभोग्य वस्तुका रूपमा प्रयोग गर्यो भने समाजवादले प्राकृतिक भिन्नता बाहेक समाज अधिकारको चित्रण गर्ने प्रयास गर्यो । वर्तमानमा नारी अधिकारका सम्बन्धमा समाजवादी मान्यता सर्वत्र स्थापित हुँदै आएको देखिन्छ ।

            यस उपन्यासमा अन्य धेरै नारीहरू भए तापनि उनीहरूको उपस्थिति अति नै गौण रूपमा देखिन्छ । उनीहरूले पनि उपन्यासको कथावस्तुलाई अगाडि बढाउन अति नै महत्वपूर्ण भूमिका खेलेका छन् । उपन्यासको लामो संवादमा कहि कतै मात्र उनीहरूको छोटो संवाद मिसिएको छ । जसमा निमा, रत्नपार्कमा मकै पोल्ने महिला, शिवाकीआमा, हजुरआमा, सोहनकी आमा आदि नारी पात्रहरू उपन्यासमा गौण पात्रका रूपमा आएका छन् । यीमध्ये अन्य नारीहरूको भूमिका उपन्यासमा अति नै गौण पात्रका रूपमा उपन्यासमा उल्लेख छ ।

निष्कर्षः

पहेँलो घाम उपन्यासमा चार प्रकारका नारीहरूको चर्चा गरिएको छ । उदारवादी नारी, साँस्कृतिक नारी, उग्रवादी नारी र समाजवादी नारी गरी समग्र नारीहरूको वर्गीकरण गरिएको अवस्थामा यस अध्यायमा प्रस्तुत पहेँलो घाम उपन्यासभित्रका नारीहरूको विश्लेषण गरिएको छ । यस उपन्यासमा नारीहरूको सहभागिता अति नै धेरै र महत्वपूर्ण छ । नारीहरू जस्तैसुकै समस्या आइपरे पनि हटेर होइन डटेर काममा लागि परेका छन् । समाजमा हरेक प्रकारका नारीहरू हुन्छन् । यस उपन्यासका नारीहरू भने समाज परिवर्तनको लागि बन्दुक बोकेर आफ्नोघर, परिवार केही नभनी देशमा परिवर्तन ल्याउन क्रान्तिको विगुल फुक्नको लागि आफ्नो सर्वस्व त्यागेर यद्धमा होमिएका छन् । युद्ध पश्चात पनि अयोग्य ठहरिएका नारीहरू आ–आफ्नो क्षमता र ओग्यताअनुसार काम गरेका छन् । दश वर्षे युद्ध लडेर देशमा क्रान्ति ल्याएपछि त्यस्ता वहादुर योद्धाहरूलाई राज्यले अयोग्य घोषित गरेको छ । तरपनि गाँस, बास र कपासका लागि कत्ति पनि नहिच्किचाइकन सामुहिक कृषि फर्म खोलेर समाजमा उदाहरणीय नारी बन्न सफल भएका छन् । जस्तोसुकै परिस्थिति आइपरे पनि आफ्नो काम कर्तव्यलाई अत्यन्तै निडर भएर अगाडि बढ्न सफल यस उपन्यासका नारीहरू एक उदाहरणीय नारीका रूपमा उच्च स्थान प्राप्त गर्न सफल भएका छन् ।

४.४ पहेँलो घाम उपन्यासमा नारी पात्रको अध्ययन

            यस अध्यायमा पहेँलो घाम उपन्यासका नारीपात्रहरूमध्ये शिवा, तारा, आस्था, दीपिका, आशा, निमा र अन्जना आदिको विश्लेषण गरिएको छ ।

४.४.१ परिचय

            जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी युवतीको कथावस्तु भएको पहेँलो घाम उपन्यासमा पच्चीस परिच्छेद र २९४ पृष्ठ रहेका छन् । युवतीले युद्धकालमा भोग्नु परेको पीडा र उनले देखाएको साहस उपन्यासमा वर्णित छ । विशेष गरी समकालीन नेपालीले भोगिरहेको कथालाई उपन्यासकारले यस उपन्यासको विषय बनाएका छन् । नेपालीले भोग्नु परेको बाह्रवर्षे माओवादी जनयुद्ध र युद्धद्वारा सिर्जित अनेक समस्यालाई उपन्यासमा प्रस्तुत गरिएको छ । पहेँलो घाम उपन्यासले तत्कालीन जनयुद्धकालको नेपाली समाजमा प्रस्तुत गरेको छ । यस उपन्यासमा उपन्यासकारले नेपालको दशवर्षे जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन र त्यो समयको राजनीतिक इतिहासलाई प्रस्तुत गरेका छन् । यस उपन्यासमा लेखक स्वयम्को प्रस्तावना रहेको छ । उपन्यासका लेखकले प्रस्तावना खण्डमा जानकारी दिएअनुसार युवतीले युद्धकालमा भोग्नुपरेका पीडा र उनले देखाएको साहसको चर्चा गरिएको छ । शिवा यस पहेँलो घाम उपन्यासकी नायिका हो भनी बताएका छन् । राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि गरेको अन्याय उपन्यासमा देखाइएको छ । माओवादी छापामारको योगदानको मूल्याङ्कन गर्नुको साटो अयोग्य प्रमाणित गरी क्यान्टोमेन्टबाट निकालिएको छ भने निकालिएका छापामारले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै देखाइएको  छ । दश वर्षे जनयुद्धलाई समेटेर एउटी निम्नमध्यम वर्गीय पात्र शिवा र सोहनको जीवनमा आएको परिवर्तन र उनीहरूले खेलेको भूमिकालाईं मूल कथावस्तु बनाइएको पहेँलो घाम शीर्षक उपन्यास भण्डारीको पहिलो औपन्यासिक कृति हो । वहिर्गमित माओवादी लडाकु शिवालाई नायिका बनाएर उसैको केन्द्रीयतामा कथालाई अघि बढाइएको यस उपन्यासको नायक माइकल सोहन रहेको छ । ऊ सानैदेखि अमेरिका बस्दै आएको हुन्छ । बावुआमाको मृत्युपछि आफ्नो पुख्र्यौली थलोको खोजीमा दोलखा आउँदै गरेको सोहन र अयोग्य घोषित गरिएपछि क्यान्टोमेन्टबाट बाहिरिएकी रमिला (पार्टीको नाम  शिवा) संयोगले एउटै बसमा यात्रा गर्न पुग्छन् । सोहनले आफ्mूलाई अयोग्य छापामारको डकुमेन्ट्री बनाउन हिँडेको भन्दै छापामार युवती शिवाबारे जिज्ञासा राख्छ । शिवाको नामले युवती झस्किन्छे र आफ्नो वास्तविक परिचय नदिएर रमिला नाम बताउँछे । जाममा परेको बस काठमाडौँ पुग्दा रात पर्छ । भक्तपुरको आफ्नो डेरामा जान सम्भव नभएर आत्तिएकी रमिलालाई सोहनले आफूले बुक गरेको होटलको कोठा दिएर आफू अर्को होटलमा गई ठूलो गुन लगाउँछ । यसबाट प्रभावित बनेकी रमिला सोहनसँग नजिकिन्छे । उता साथी सविनलाई लिएर दोलखाको एउटा गाउँमा पुगेको सोहन सानो पसलमा बास बस्न पुग्छ । त्यहाँ पसल गर्ने माओवादी पूर्व लडाकु, तारा र आदर्शले शिवाको बारेमा धेरै कुरा बताउँछन् । शान्त र सुखी शिवाको घरमा कसरी सेनाले आक्रमण ग¥यो ? शिवालाई बलात्कार गर्न लाग्दा कसरी हजुरआमाले उसलाई बचाएर भगाइन् ? कसरी उसकी आमा बलात्कृत भइन् ? अनि कसरी निर्दोष बाबु र बृद्ध हजुरआमा मारिन पुगे ? भन्ने कुराहरू ताराले सुनाउँछे । हजुरआमाले भगाएकी डोल्मा (पार्टीको नाम शिवा) कसरी रातको समयमा घना जङगल पार गर्दै चौँरी गोठमा पुग्छे ? अनि पछि कसरी ऊ चर्चित छापामार बन्न पुग्छे ? भन्नेकुरा समेत ताराले सोहलाई सुनाएकी हुन्छे । ताराबाट सोहनले शिवा बारे धेरै कुरा थाहा पाउँछ ।

            उता क्यान्टोमेन्टबाट वहिर्गमित भएपछि अन्योल र अनिश्चित भविष्य बोकेर साथीको सहारा खोज्दै भक्तपुर पुगेकी शिवा केही दिन साथीको आश्रयमा, केही महिना रेष्टुरेन्टमा काम गर्दै र केही महिना मेनपावर कम्पनीमा जागिर गर्दै पछि आफूजस्तै साथीहरूसँग मिलेर सामुहिक कृषि फर्ममा संग्लग्न हुन्छे । जग्गा भाडामा लिएर संञ्चालन गरिएको उक्त सिर्जनशील कृषिफर्मले उनीहरूको साझा भावना र उदेश्यलाई बोक्न पुग्छ । त्यहाँ ऊजस्तै धेरै अयोग्य लडाकुहरूको संलग्नता रहन्छ ।

हिँजो सँगै लडेका कतिपय कमाण्डर भव्य महलमा बसेको र महङ्गा गाडीमा घुमेको तर अधिकांश कार्यकर्ताको अवस्था झन जीर्ण भएको देख्दा उसलाई असह्य हुन्छ । यसै क्रममा रमिला र सोहन नजिकिन्छन् । उनीहरू सँगै भ्रमणमा निस्कन्छन् र धेरै ठाउँ घुम्छन् । अमेरिका फर्कदा सोहनले दोलखाको गाउँमा एकजना माओवादी भाइलाई पारिश्रमिक दिएर आफ्ना पूर्खा र जन्मथलोको खोजि गर्न लगाउँछ । सोहन अर्कोपल्ट अमेरिकाबाट नेपाल आएपछि शिवासँगै चरिकोट पुग्छ । सोहनले काम अह्राएको भाइले आफूले खोजिका क्रममा थाहा पाएका कुराहरू भन्दै जान्छ । गाउँको प्रतिभाशाली छात्र धने कामीले छात्रवृत्ति पाएपछि शहरमा पढ्न गएको र शहरमै पढ्न बसेकी गाउँको काजीकी छोरीसँग प्रेम बसेपछि विवाह भएको, गाउँमा आउने परिस्थिति नभएपछि सहरमै बसेको र त्यहीँ छोरो जन्मिएको हुन्छ । अलि वर्षपछि गाउँमा आउँदा धने कामीको हत्या गरिएको र उसकी पत्नी र छोराको पत्तो नलागेको कुरा उसले सोहनलाई बताउँछ । उसले धनेको घर र त्यहाँ रहेका उसका वृद्ध बाबुआमालाई समेत देखाइदिन्छ । वास्तविकता थाहा पाएपछि सोहन मर्माहत हुन्छ ।

            उता कृषि फारममा माओवादी लडाकुहरूको जमघट हुन्छ । माओवादी आन्दोलन र त्यसको परिणाम अनि यसका उपलब्धि र कमजोरीबारे गम्भीर बहस हुन्छ । अधिकांशले आन्दोलनको पछिल्लो अवस्थाबारे गम्भीर असन्तुष्टि र निराशा व्यक्त गर्छन् । तर शिवा यसरी निराश भएर समस्याको हल नहुने बरु प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै लाग्नुपर्ने भन्दै सन्तुलित विचार व्यक्त गर्छे । अमेरिकामा रहेको सोहनलाई शिवाले पत्र पठाउँदै आफू नै सोहनले खोजेको शिवा भएको वास्तविकता खोल्दै पहेँलो घाम पुस्तक पठाइदिन्छे । पढेर ऊ झल्यास्ँस हुन्छ । यसरी उपन्यासको प्रस्तावनामा आफू चरिकोट जाँदा सोहनसँग भेट भएको आफू कथा खोज्न त्यता आएको बताउने लेखकले उपन्यास पूरा गर्नुअघि पूर्वकथामा सोहन र शिवाको सम्बन्धको रहस्य खोल्न पुग्छन् । शिवाको बाबुले नै सोहनलाई बाल्यकालमा संरक्षण दिएको र उसकै घरमा केही समय बसेको बताउँदै दुवैजना सहिदकै छोराछोरी भएको रहस्य खोलिएको छ । यसले कतै ती दुईको सम्बन्ध अनैतिक ठहर्ने हो कि भन्ने चिन्तालाई मेट्दै ती दुईको सम्बन्ध विवाहोचित र स्वाभाविक देखाइएको छ । अन्तिममा सहिद घरको उद्घाटनसँगै उनीहरूले नयाँ यात्राको सङ्कल्पक गरेपछि उपन्यास समाप्त हुन्छ ।

            प्रत्येक उपन्यासमा उपन्यासकारले केही न केही सन्देश अवश्य दिन खोजेको हुन्छ । यस उपन्यास मार्फत उपन्यासकारले जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी युवती र उसका साथीहरू देशमा आएको शान्ति प्रक्रियापछि उनीहरूको योगदानको कदर गरिनुको साटो उल्टै अयोग्य घोषित गरी पार्टीबाटै निकालेपछि लडाकुहरूले भोग्नुपरेको कारूणिक अवस्थाको चित्रण गरिएको छ ।

४.४.२ पहेँलो घाम उपन्यासमा नारी पात्र

            पहेँलो घाम उपन्यासमा मुख्य पात्र शिवा रहेकी छ । यो पात्रको सेरोफेरोमा उपन्यास अगाडि बढी समाप्त भएको छ । सहायक पात्रका रूपमा तारा, अन्जना, सिर्जना, आस्था, दीपिका, माहोना आदि सहायक पात्रका रूपमा रहेका छन् भने रत्नपार्कमा मकै पोल्ने महिला, शिवाकी आमा, हजुरआमा, सोहनकीआमा, हजुरआमा आदि पात्रहरू अतिगौण पात्रको रूपमा उपन्यासमा देखापरेका छन् ।

(क)  शिवा

            आमा बाहुनी र बाबु रामबहादुर तामाङ्की छोरी शिवा पहेँलो घाम उपन्यासकी नायिका हो । शिवाकी आमा पठित नारी हुन् भने हजुरआमा चाहिँ अपठित नारीका रूपमा उपन्यासमा देखापरेकी छन् । आमा र हजुरआमाले घरको काम गर्नुहुन्छ भने बाबुले घरनजिकको एक सरकारी विद्यालयमा पढाउने काम गर्नुहुन्छ । शिवाले बाबुले पढाउने विद्यालयबाट प्रवेशीका पास गरेकी छ । शिवा घरका अन्य सदस्यभन्दा बाबुप्रति बढी आकर्षित भएको देखिन्छ । बचपनमा बाबुसँग खेल्ने, बाबुको दाह्री तान्ने, बाबुलाई छक्काएर दुःख दिँदा शिवालाई रमाइलो लाग्थ्यो । खाजा खाँदाखेरि पनि शिवा बाबुसँग बसेर खान्थी । शिवाको परिवारमा आमा, बाबु, हजुरआमा र ऊ गरी जम्मा चारजना सदस्य रहेका छन् । । शिवाको परिवारको आर्थिक अवस्था खान लगाउन राम्ररी पुगेको मध्यमवर्गीय परिवारका रूपमा उपन्यासमा देख्न सकिन्छ । 

            पहेँलो घाम उपन्यासको प्रमुख स्त्री पात्र शिवा हो । यस उपन्यासको शिवा केन्द्रीय पात्र हो । शिवाकै माध्यमबाट लेखकले प्रस्तुत गर्न खोजेको कुरा व्यक्त गरेका छन् । यो सिङ्गो उपन्यास उसकै वरिपरि घुमेको छ । उपन्यासमा शिवाले आफ्नो नाम सोहनलाई अन्त्य भागमा आएर मात्र पत्र मार्पmत बताएकी छ । शिवा पाँच फिट उचाइकी, गोला र थोरै चिम्सा आँखा, सुलुत्त परेको नाक र गोलो अनुहार भएकी फुर्तिली केटीका रूपमा देखा परेकी छ । उपन्यासमा शिवा अठार वर्षकी साहसी केटीको रूपमा चित्रित छे जसले जनयुद्धमा क्याप्टेन सहित एक दर्जन सैनिकलाई सिध्याएकी थिई । शिवा किशोरी भए पनि बन्दुक बोकेर जनसेनासँग लड्न चाहन्थी । ऊ आपूmसँग बन्दुक नभए पनि सबैजसो लडाइँमा सहभागी हुन्थी । उसको उत्साह र पराक्रम देखेर सबैले ईष्र्या गर्थे । शिवा आपूmलाई सहिदपुत्री कमरेड भनेर चिनाउँथी । उसले १६ वर्षको उमेरमै बिग्रेड कमान्डर बलिदानसँग बन्दुक माग्न सफल भएकी थिई । कमान्डरले शिवालाई रोपवे, मङ्की क्लाइम्ब, क्रलिङ, बेन्ड पोजिसनमा कुद्न र ल्याडर पास गर्न लगाउँदा अनुभवी जनसेनाझैँ गरेकी थिई । शिवा कमान्डरसँग आफ्नो १३ जनाको किशोर समूहलाई समेत बन्दुक दिलाउन सफल पात्रको रूपमा चित्रित छे । ऊ कमान्डरले काँधमा धाप मार्दा बुवाको मृत्युपछि कसैले आफ्नो प्रतिभाको कदर गरेकाले गहभरि आँसु बनाउने संवेदनशील पात्र हो । शिवा कम सुत्ने र फुर्सदको समयमा पुस्तकहरू पढ्ने, पौडी खेल्ने, डोरीमा झुन्डिएर मङ्की वाक गर्ने, दगुर्ने, हाम फाल्ने कार्य गर्न मन पराउने साहसिक पात्र हो ।

            परीजस्तै लड्न, फुर्तिली र साहसी योद्वाको परिचय बनाएकी शिवा व्यायाम गर्दा गोमन साँपको जस्तो आवाज निकालेर हातगोडा चलाउँथी । किशोरै भए पनि उसका हात यति बलिया थिए कि ईट्टाको चाङ् त झ¥याम्मै पार्थी । त्यसैले डिभिजनभरि सार्पसुटर परीका नामले चिनिई । उसले विशेष टाक्स फोर्सको जिम्मेवारीमा कहिल्यै असफलता देखाइन । लडाइँ लड्दा सिंह उफ्रिएभैmँ उफ्रिने शिवा लड्दालड्दै पनि आफ्नो साथीलाई मेडिकल आर्कमा पठाउन सहयोग गर्थी । शिवाका हजुरबुवा जमानामा काँग्रेसका नेता थिए । त्यसैले उसले बुवाआमासँग छलफल गर्दा फुर्तिसाथ भनेकी थिई–‘म त नेता नै हुने हो बुवा हजुरबुवाजस्तै । काकाजस्तै’ (पृ. ८१)। सानैदेखि तीक्ष्ण दिमागकी शिवा पढाइमा पनि बेजोड थिई । जनजाति बाहुल्य भएको गाउँमा शिवा बाहुन क्षेत्रीबाट आपूm हेपिएको अनुभव त गर्थी तर दबिने स्वभावकी भने थिइन । शिवा अराजक थिई तर पढाइमा भने स्कुल टप थिई । शिवाले विद्यालयमा एक जना केटाले लभ लेटर लेखेर दिँदा कक्षाकोठामै चप्पल फुकालेर गालामा हानेकी थिई । त्यस्तै पैसा र यौनमा लिप्त हुने बोसको हात नै भाँचिदिएकी थिई । शिवा अप्ठेरोसँग जुध्न मन पराउने पात्र हो । त्यसैले पैसाको समस्या परेका बेला पनि पैसामा बिकिन । ऊ खुल्ला हृदयकी केटी हो । शिवाकै सक्रियतामा सिर्जनशील कृषि फाराम सञ्चालन भएको थियो ।

            प्रवृत्तिका आधारमा प्रस्तुत पहेँलो घाम उपन्यासमा शिवाले सत् पात्रको भूमिका निर्वाह गरेकीले अनुकूल पात्रको रूपमा देखा परेकी छ । शिवाले समय र परिस्थिति अनुसार आपूmलाई परिवर्तन गर्दै लगेकी छ, तसर्थ उसलाई गतिशील पात्र भन्न सकिन्छ । त्यस्तै उपन्यासमा आर्थिक सामाजिक समस्याको प्रतिनिधित्व गरेकाले शिवा जीवन चेतनाका आधारमा वर्गीय पात्र पनि हो । उपन्यासको सवै भागमा उसको उपस्थिति रहेको छ । ऊ उपन्यासकी प्रमुख पात्र भएकाले उपन्यासमा प्रत्यक्ष संवाद र वार्तालापमा सरिक भएकी छ । उसले मञ्चमा उपस्थित भएर आफ्नो भूमिका निर्वाह गर्न सक्षम भएकी छ जसलाई उपन्यासबाट झिक्न मिल्दैन । त्यसैले उसलाई मञ्चीय पात्र भन्नुपर्छ । शिवा प्रस्तुत पहेँलो घाम उपन्यासमा प्रयोग भएका अन्य पात्रहरूसँग बाँधिएर आएकी छ । त्यसैले यस उपन्यासमा शिवा बद्घ चरित्र हो ।

(ख) तारा

तारा पहेँलो घाम उपन्यासकी सहायक नारीपात्रका रूपमा उपन्यासमा देखा परेकी छ । ऊ डम्बर बहादुर गुरुङकी नातिनी हो । गोलो र गोरो अनुहारमा चिम्सा आँखा भएकी तारा साँच्चै ताराझँै चम्किलो अनुहारकी छ । झट्ट हेर्दा नराम्री भन्न नमिल्ने खालकी छे । ताराले अन्तरजातीय विवाह आदर्श कामीसँग गरेकी छ । आफू गुरुङ जातकी भए तापनि उसले कामीसँग जनयुद्धका समयमा प्रेमविवाह गरेकी थिई । तारा अपठित नारीका रूपमा उपन्यासमा देखा परेकी छ । तारा र शिवाको परिचय जनयुद्धका समयमा भएको थियो । तारा शिवाकी मिल्ने साथी हो । तारा पनि माओवादीबाट अयोग्य भई क्यान्टोमेन्टबाट निकालिएका थिए ।

            तारा र आदर्श क्यान्टोनमेन्टबाट बहिर्गमित भएपछि सरकारी विद्यालयको नजिक एउटा सानो कटेरोमा खाजापसल गरी आफ्नो गुजारा चलाउँदै गरेका छन् । ताराको पसलमा आएको सविनले ताराप्रति टिप्पणी गर्दै पार्टीको काम छोडेर पसल गर्न लागेको भन्दा किन छोड्ने पाटीको काम ? त्यत्रो वर्ष लडेपछि बल्ल त बोल्न पाएको छौ, हजारौँको बलिदानीका कारण यो गणतन्त्र ल्याइयो, यसलाई संस्थागत नगरी कसरी राजनीतिक छोड्नु भनेकी छ । आफूलाई माओवादी जनयुद्ध लड्न कत्ति पनि मन नभएको तर देशको शासन चलाउने व्यक्तिहरूले सोझासाझा जनतामाथि अन्याय अत्याचार गरेका कारण यो माओवादी जनयुद्धको थालनी भएको बताएकी छ । जबसम्म देशमा समनता कायम हुँदैन तबसम्म यो लँडाइ चलिरहने भन्छे ।

            ताराले दार्शनिक शैलीमा कुराकानी गरेको सुनेर सविन छक्क परेर सोध्छ । पढेकी छैन भन्नु हुन्छ तर भाउजू कुरा त अति नै दार्शनिक गर्नुहुन्छ भनी सोध्दा हामीले जनयुद्धको समयमा धेरै सिक्ने र  जान्ने मौका पाएको भन्छे । तारा जनयुद्धका समयमा भाइस कमाण्डर पनि बनेकी थिई । तारा अपठित नारी भए तापनि उसले देशको राजनीतिक अवस्थालाई राम्ररी बुझेकी थिई । ताराले सविनप्रति टिप्पणी गर्दै भनी– लै हेर्नोस् त कत्रो परिवर्तन आयो देशमा । देशमा आएको परिवर्तन मननपराउनेहरू भने खाली माओवादीलाई देश बिगारेको भनि सराप्ने गरेको भन्दै देशमा अझै राज्यसत्ता आउन बाँकी रहेको छ भन्छे (पृ : ४८) । ताराले आफ्नो पसलमा आएको सोहनलाई शिवाको बारेमा सबै बताएकी छ । शिवा र तारा जनयुद्धका समयमा सँग–सँगै युद्ध लडेकाले उसले  शिवाका बारेमा धेरै कुरा थाहा  पाएकी थिई । ताराको युद्धको नाम प्रतिक्षा थियो । शिवा अयोग्य भई निकालिएपछि तारासँग उसको डेरामा एकवर्षसम्म बसेकी थिई ।

            स्वास्नीहरूसित लोग्नेमान्छे डराउने दिन पनि आए गाँठे भनी सविनले ताराप्रति टिप्पणी गर्दै बोल्दै गर्दा माओवादी जनयुद्धका कारण देशमा महिलापुरूष बीचमा हुने गरेको भेदभाव, हत्याहिंसाको केही हदसम्म कम भएको भन्दै माओवादीलाई यस कार्यका निम्ति धन्यवाद दिनुपर्ने भन्छे । यसरी बोलिरहँदा उसमा एक बटालियन कमाण्डरको जस्तो जोश, जाँगर र शैली देखिन्थ्यो । युद्धमा धेरै मान्छे प्रवेश गर्नुको पछाडि निशुल्क खाना खान पाइनु हो भन्ने प्रश्नको उत्तरमा खासमा जनयद्ध स्वतन्त्रता र मुक्तिका लागि लडिएको थियो । गरिबी एउटा कारण थियो होला । गरिबीको अत्य रोटीद्वारा होइन अधिकारद्वारा हुने कुरा बताउँछे । नेपालका प्रत्येक नागरिकलाई आफ्नो अधिकारको आवश्यकता भएको छ । शान्तिपूर्ण तरिकाले पनि त अधिकार प्राप्त गर्न सकिन्थ्यो नि ? होइन भाउजू भन्दा अवश्य सकिने थियो । बन्दुक त्यतिखेर उठ्छ जब ओठमा ताल्चा ठोकिन्छ । जनयुद्धको आवाजमाथि बन्दुकले शासन गर्न थालेपछिमात्र माओवादी जनयद्ध बढी फैलिएको भन्छे ।

            यसरी तारा उपन्यासकी सहायक पात्रका रूपमा देखापरेकी छ । ताराले उपन्यासको कथावस्तुलाई अगाडि बढ्न सक्रिय भूमिका रहेको छ । उसको सेरोफेरोमा उपन्यासको केही अंश अगाडि बढेको छ । ताराको चरित्र उपन्यासमा अनुकूल, गतिशील, सहयोगी, र गाउँले नारीका रूपमा उपन्यासमा देखापरेकी छ । असल पत्नीका साथै अन्र्तजातीय विवाह गरेका कारण समाजबाट अपहेलित देखिएकी छ । अरूको काम गर्नुभन्दा आफ्नो सानो कामलाई ठूलो मान्ने ताराको बानी मेहेनती र लगनशील पात्रका रूपमा उपन्यासमा देखिएकी छ ।

(ग)   आस्था

            आस्था पहेँलो घाम उपन्यासकी सहायक पात्रका रूपमा उपन्यासमा देखा परेकी छ । जनयुद्धका समयमा विवाह गरेकी आस्थाकी एउटी छोरी छ । आस्था एक असल आमाका रूपमा पनि उपन्यासमा देखा परेकी छ । आस्थाले माओवादी जनयुद्धका समयमा बाहुन तामाङ केटोसँग अन्र्तजातीय विवाह गरेकी थिई । शिवा र आस्था जनयुद्धका समयमा एउटै क्यान्टोमेन्टमा बस्थे । गोरो अनुहारमा ठूला–ठूला आँखाले आस्थाको सुन्दरतालाई अझैँ सुन्दर देखाएको थियो । आस्था प्रायः कमै बोल्ने पात्रका रूपमा उपन्यासमा देखिएकी छ । शिवा क्यान्टोमेन्टबाट निकालिएपछि आस्थाको डेरामा बसेकी थिई । आस्थाको डेरामा उसका पूर्वलडाकु साथीहरू आउने भेटघाट गर्ने, के काम गर्दा ठीक होला भन्दै प्रायः छलफल गर्ने गरेको देखिन्छ । कसैले आफ्नो विगतलाई सम्झदै पार्टीका नेतालाई गाली गर्दै गरेको भनाइको खण्डन गर्दै नेतालाई गाली गर्ने छोडेर सिर्जनात्मक कुरो गरौँ भनी आस्थाले भनेकी छ । यसरी साथीहरूका माझमा कम बोल्ने भएता पनि अर्काकोमा नोकरी गर्नुभन्दा आफ्नै सिर्जनशील काम नै राम्रो हुने कुरा आस्थालाई राम्ररी थाहा छ । त्यसकारण आफ्ना साथीहरूलाई कुनै न कुनै सिर्जनशील काम गर्न सुझाव दिएका कारण आस्था अनुकूल नारी पात्रका रूपमा उपन्यासमा देखिएकी छ ।

            आस्थाको डेरामा शिवा प्रायः आउँथी तर आज भने उसले आफ्नो डेरामा उसलाई फोन गरी बोलाएकी छ । शिवाको हातको पैसाको बिटो देखेपछि आस्थाले यति छिटो कहाँबाट ल्याइस् यति धेरै पैसा ? कतै तैँले पनि यो कुरूप संसारसँग सम्झौता त गर्न लागिनस् शिवा भनी आस्थाले सतर्क गराएकी छ । शिवाले आफ्नो बोसले अग्रिम भूक्तानी भनी उसलाई बीस हजार रूपैँया दिएको भन्दा बरू बालुवा चालेर खा तर यस्तो तुच्छ काम नगर भन्दै आस्थाले सम्झाउँछे । बोसको रखौटी हुन र यौनहिंसाबाट बच्न शिवालाई सजक गराउँछे । यसरी आस्था एक महिला भएर अर्काे महिलालाई आफूले जानेको राय सरसल्लाह दिनमा अति नै क्षमता भएकी महिलाका रूपमा यस उपन्यासमा देखा परेकी छ । शिवाले बोसले दिएको पैसा आफैँसँग राखौँ कि फिर्ता गरौँ भनी सोध्दा दुबै काम नगर्न सल्लाह दिएकी छ । बरू उचित समय आएको खण्डमा प्रतिकार गर्ने गरी तयारी अवस्थामा बस्न पनि सिकाएकी छ ।

आस्थालाई शिवा र सोहनले एक अर्काेलाई मन पराएको कुरा राम्ररी थाहा थियो । आस्थालाई शिवा सबै कुरा सुनाउँथी । उनीहरू जनयुद्ध समयदेखि नै एक अर्कोका अति नै घनिष्ट मित्र भएका थिए । शिवाले सोहनसँग प्रेम भएको, सँगै घुम्न गएको र सँगै सुतेको कुरा सुनाएबाट उनीहरू कति नजिकका मित्र रहेछन् बुझ्न सकिन्छ । यसरी आस्था शिवाकी असल मित्रका रूपमा उपन्यासमा देखा परेकी छ । आस्था सरल, अनुकूल, सहयोगी र मिलनसार पात्रका रूपमा देखा परेकी छ । आफूले जानेको राय सुभाव दिनसक्ने र गाउँले, साधारण लेखपढ गर्न सक्ने नारी पात्र हो । अरूको कालो धनमा रमाउनुभन्दा आफ्नो भोको पेटमा रमाउन नै जाति ठान्नुका साथै कसैका अगाडि आफू पनि नझुक्ने र अरू नारीहरूलाई पनि झुक्नु हँुदैन भन्ने स्वभावकी नारीका रूपमा उपन्यासमा देखा परेकी छ ।

(घ)   दीपिका

            दीपिका पहेँलो घाम उपन्यासकी सहायक नारी पात्रका रूपमा देखापरेकी छ । बच्चैदेखि पढाइ छोडेर पार्टीमा लागेकी नारी पात्र हो । दीपिकाले पढ्दापढ्दै बीचैमा पढाइ छोडेर पार्टीमा होमिएर आफ्नो जीवन नै त्याग गरेकी नारी पात्र हो । शिवाकी असल साथीका रूपमा दीपिकालाई देख्न सकिन्छ । शिवासँगसँगै दीपिका पनि क्यान्टोमेन्टबाट अयोग्य घोषित भई निकालिएकी थिई ।

            क्रान्ति भनेको नदीको छालजस्तो हो भन्दै आकाशले आक्रोश व्यक्त गर्दा अहिले हामी एक आपसमा ठूलो आवाजमा बोल्दैमा केही हुनेवाला छैन भन्छे । यसरी दीपिका आफ्ना साथीहरूलाई सम्झाउन सक्ने क्षमता भएकी पात्रका रूपमा समेत देखापरेकी छ । फुर्सदको समयमा शिवा र उसका अन्य साथीहरू शिवाको डेरामा जम्मा भई भविष्यको योजनाको बारेमा प्रायः छलफल गर्ने गरेको देखिन्छ । दीपिकाले सामुहिक कार्य त गर्ने तर हामीसँग पैसा नभएकाले कसरी गर्ने सामूहिक कार्य भन्दै शिवाको प्रस्तावको विरोध गर्दै राज्य र पार्टीले सहयोग नगर्नै भएकाले यो कार्य सम्भव नभएको सुझाव दिएकी छ । दीपिका अपठित नारी भएता पनि जनयुद्धका समयमा उसले धेरै कुरा बुझिसकेकी थिई । दीपिका पनि शिवाको निर्णय अनुसार सामुहिक कृषि फारममा लागेर काम गर्न थालेकी छ । यसरी दीपिका आफ्नो साथीहरूको विचारलाई पनि आत्मसात गर्ने नारी पात्रका रूपमा उपन्यासमा देखिएकी छ । दीपिका यस उपन्यासकी सहायक पात्रका रूपमा देखा परेता पनि उपन्यासको कथालाई अगाडि बढाउन दीपिका ले सहयोग गरेको देखिन्छ । दीपिकालाई सामान्य गाउँले नारी पात्र, गतिशील, अनुकूल, मध्यम वर्गीय पात्रका रूपमा समेत देख्न सकिन्छ । आफ्नो कर्ममा विश्वास गर्ने दीपिका मेहेनती, मिलनसार, सहयोगीका साथै अरूलाई आदर सत्कार गर्ने स्वभाव भएकी नारी पात्रका रूपमा उपन्यासमा देखापरेकी छ ।

(ङ)   आशा

            पहेँलो घाम उपन्यासकी सहायक र प्रतिकूल नारी पात्रका रूपमा आशा देखा परेकी छ । आशा यस उपन्यासकी घमण्डी स्वभाव भएकी नारी पात्र हो । आशा पठित नारी पात्रका रूपमा देखिएकी छ । आशा जनयुद्ध समयकी शिवाकी साथी भए तापनि उनीहरूका बीचमा पछिल्लो समय सम्बन्ध चिसिएको देखिन्छ । आशा सत्तापक्षमा देखिएकी पात्र हो ।

            धेरै नेपालीहरू राज्यको दमनको कारण विदेसिन पुगेको भन्दै राजतन्त्रको खुलेर विरोध गर्ने सोहनकी आमाप्रति उसले गलत र अराजनीतिक टिप्पणी गरेकी छ । सोहनले शिवाको घटनामा डकुमेन्टी बनाउने भन्दा केही नपाएर भाङ्ग्राको व्यापार भनेको यहि हो भनी आफ्नो असन्तोष व्यक्त गरेकी छ । यत्रो जनयुद्धमा केही पाएन छ डकुमेन्टी बनाउनका लागि घटना भन्दै आक्रोशपूर्ण शैलीमा उसको प्रस्तावलाई अस्वीकार गरेकी छ । माओवादी जनयुद्धमा सबैले पराक्रम गरेको भन्दै किन शिवालाई केन्द्रविन्दु बनाई डकुमेन्टी बनाउनु प¥यो भनेबाट आशा अरूलाई राम्रो नजरले नहेर्ने नारी पात्रका रूपमा उपन्यासमा देखिएकी छ । ऊ अरू साथीहरूको कुरा काट्ने, रिसाहा, अल्छी, झुटो बोल्नुका साथै गलत रायसल्लाह दिने पात्रका रूपमा देखिन्छे । यसरी आशाले पनि उपन्यासलाई अगाडि बढाउन सहयोग गरेकी छ ।

(च)   सिर्जना

            पहेँलो घाम उपन्यासकी सहायक नारी पात्रका रूपमा सिर्जना देखा परेकी छ । सिर्जना बि.क. उसको पूरा नाम हो । सिर्जनाले अन्र्तजातीय विवाह गरेकी थिई । माओवादी जनयुद्धको अग्रिम मोर्चामा शिवा र सिर्जना प्रायः सँग–सँगै हुन्थे । उसकी एउटी छोरी युद्धको समयमै जन्मेकी थिई । माओवादी पार्टीबाट अयोग्य भनी निकालिएपछि सिर्जनाको पति वाइसिएलमा प्रवेश गरेको थियो । पछि दलितकी छोरी भन्ने थाहा पाएपछि घर निकाला गरिएको थियो । सिर्जनाको पतिले वाइसिएल छोडेर कोरिया गएपछि ऊ झनै बेसाहारा भएकी थिई । पतिले सम्पर्क गर्न छोडेपछि त सिर्जना र उसकी छोरीको अवस्था झनै कष्ठकर बन्दै गएको थियो । न आफ्नो नागरिकता छ न त छोरीको जन्मदर्ता नै छ । घरपरिवारले नै साथ नदिएपछि अरूले झन के साथ दिन्थे र ! भन्दै शिवासँग सिर्जनाले आफ्नो मनको पीडा व्यक्त गरेकी छ ।

            सिर्जना र उसका साथीहरू केही राहत पाइन्छ कि भन्दै काठमाडौंको पेरिस डाँडामा धर्ना बसेका थिए । यसरी धर्ना बसेको बेला एक जना पत्रकारले तपाईको माग के हो भन्ने प्रश्न सोध्दा हाम्रो माग न्यायिक अधिकार हो भन्दै सटिक उत्तर दिएकी थिई । सिर्जना पहेँलो घाम उपन्यासकी अनुकूल नारी पात्र हो । सिर्जना एक आमा, एक बुहारी र एक पत्नीका साथै असल साथी पनि हो । ऊ प्रायः सबैका अगाडि स्पष्टसँग आफ्नो विचार राख्ने नारीका रूपमा देखिन्छे । अपठित भएता पनि तार्किक तरिकाले प्रश्नको उत्तर दिने क्षमता भएकी नारी हो । यसरी सिर्जना अनुकूल पात्रका साथै एक दलित पात्रको प्रतिनिधि पात्रका रूपमा उपन्यासमा देखापरेकी छ ।

(छ)  निमा

            पहेँलो घाम उपन्यासकी सहायक अनुकूल नारी पात्रका रूपमा देखापरेकी छ । निमाको पतिको नाम पासाङ शेर्पा हो । उसकी एउटी सानो बच्चा पनि छ । एउटा बच्चा भएता पनि निमा अनि नै हँसिलो र सुन्दरताले भरिपूर्ण नारीका रूपमा देखिएकी छ । निमाका बूढाबूढी चौँरी पालेर गुजारा चलाउने मध्यम वर्गीय पात्रका रूपमा देखिएकी छ । यसरी निमा गाउँले, अपठित, साधारण, महिलाका साथै असल पत्नी, आमा र बुहारीका रूपमा देखिएकी छ । निमाको चरित्र यस उपन्यासमा अनुकूल किसिमको छ ।

(ज)  अन्जना

            पहेँलो घाम उपन्यासकी सहायक नारी पात्र अन्जना अलिक धाक र रवाफ देखाउने नारी पात्रका रूपमा यस उपन्यासमा देखिएकी छ । केही वर्ष पहिले बन्दुक बोक्ने हातमा लामा–लामा नङ्ग पालेकी छ । केही महिना अघि साँझ विहान हात मुख जोर्न अप्ठेरो परेको अन्जनाले दश करोडको उद्योगको कुरा गरेको सुन्दा शिवा छक्क परेकी छ । घर पनि बङ्गलाजस्तै रहेछ । यसरी अन्जना यस उपन्यासकी पतनशील पात्रका रूपमा देखिएकी छ । अन्जनाले आफ्नो सबै भन्दा ठूलो इज्जत भनेकै पैसा हो भन्ने स्वभावकी नारीका रूपमा देखा परेकी छ । उसले आफ्नो सबै साथीहरूलाई भेटघाट नगरी धनसम्पतिमा रमाइरहेकी छ । उपन्यासको सुरूमा अनुकूल पात्रका रूपमा देखिए तापनि अन्त्यमा प्रतिकुल पात्रको रूपमा देखापरेकी छ ।

४.५. निष्कर्षः

            यसरी यस उपन्यासका हरेक नारीपात्रले शिवालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरेका छन् । उपन्यासको विषयवस्तुलाई अगाडि बढ्नको लागि माथिका सबै पात्रहरूको भूमिका अहम रहेको देखिन्छ । यी बाहेक अन्य अति गौणपात्रहरूले पनि यस उपन्यासको विषयवस्तुलाई अगाडि बढाउने क्रममा सहयोग गरेको देखिन्छ । 

परिच्छेद पाँच

उपसंहार तथा निष्कर्ष

५.१.  उपसंहार

            परिच्छेद एकमा प्रस्तुत पहेँलो घाम उपन्यासका नारीपात्रको अध्ययन शीर्षकको शोधपत्रलाई जम्मा पाँच परिच्छेदमा विभाजित गरिएको छ । यस शोधपत्रको परिच्छेद एक शोधको परिचय अन्तर्गत विषय परिचय, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, शोधको सीमाङ्कन, शोध विधि, सामाग्री सङ्कलन, विश्लेषण लगायतका उपशीर्षक राखेर शोधकार्य प्रस्तुत गरिएको छ ।

            परिच्छेद दुईमा विष्णु भण्डारीको परिचय तथा साहित्यिक प्रवृत्ति अन्तर्गत विषय प्रवेश, विष्णु भण्डारीको जीवनी, जन्म तथा बाल्यकाल, शिक्षादीक्षा, विवाह र दाम्पत्य, आजीविका, प्रेरणा र प्रभाव शीर्षक राखेर विश्लेषण गरिएको छ । त्यस्तै विष्णु भण्डारीको व्यक्तित्वको अध्ययनमा साहित्येत्तर व्यक्तित्व, पत्रकार व्यक्तित्व, बहु आयामिक व्यक्तित्व शिक्षक व्यक्तित्व, अभिप्रेरक व्यक्तित्व, राजनीतिक व्यक्तित्व आदि उपशीर्षक राखेर विश्लेषण गरिएको छ । विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व अन्तर्गत कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व लगायतका उपशीर्षक राखेर विश्लेषण गरिएको छ ।

            परिच्छेद तीनमा आधुनिक नेपाली उपन्यास परम्परामा विष्णु भण्डारीको योगदान अन्तर्गत सर्वप्रथम विषय परिचय, आधुनिक नेपाली उपन्यास परम्परा उपशीर्षक अन्तर्गत आदर्शोन्मुख यथार्थवादी, सामाजिक यथार्थवादी, स्वच्न्दतावादी, ऐतिहासिक धारा, अति यथार्थवादी, आलोचनात्मक यथार्थवादी, विसङ्गतिवादी, मनोविश्लेषणवादी, अस्तित्ववादी, प्रगतिवादी र नारीवादी धाराहरूको विश्लेषण गरिएको छ । यसै परिच्छेदमा साहित्यकार विष्णु भण्डारीको योगदानको पनि चर्चा गरिएको छ । प्रगतिवादी दृष्टि, नारीवादी दृष्टि, राजनीतिक चेतना, सामाजिकता, बौद्धिक पात्रको चयन र राजनीतिक अवस्थाको चित्रण भण्डारीको प्रमुख योगदानहरू हुन् । यिनै योगदानहरुको विश्लेषण यस परिच्छेदमा गरिएको छ ।

            परिच्छेद चारमा पहेँलो घाम उपन्यासका नारी पात्र अन्तर्गत नारी पात्रको सैद्धान्तिक परिचय, उपन्यासका पात्र र तिनको महत्व, पात्रको वर्गीकरण, लिङ्ग, प्रवृत्ति, स्वभाव, जीवन चेतना, आसन्नता, आवद्धताका आधारका पात्रको विश्लेषण गरिएको छ । त्यसै परिच्छेदमा नारी पात्र सम्बन्धी मान्यताहरू अन्तर्गग परिचय, नारीवादको अध्ययन र परम्परामा आधारित उदारवादी नारीवाद, सांस्कृतिक नारीवाद, उग्र नारीवाद र समाजवादी नारीवाद आदि मान्यताहरूलाई आधार मान्दै प्रस्तुत पहेँलो घाम उपन्यासमा नारीपात्रको विश्लेषण गर्ने क्रममा परिचय, उपन्यासमा नारीपात्र शीर्षक राख्दै शिवा, तारा, आस्था, दीपिका, मोहना, निमा, सिर्जना र अन्जनाको विश्लेषण गरिएको छ । यिनै नारी पात्रहरूको विश्लेषण यस परिच्छेदमा गरिएको छ ।

५.२.  निष्कर्ष

            प्रस्तुत पहेँलो घाम उपन्यास जनयुद्ध र त्यसपछिको समयमा माओवादी छापामारहरूले भोग्नु परेको दुःख, सुखको घटनामा केन्द्रित भएर लेखिएको उपन्यास हो । जनयुद्ध पश्चातको समयमा योद्धाहरूको जीवन र तिनीहरूका परिवारजनको दयनीय अवस्था प्रस्तुत उपन्यासमा छर्लङ्ग पारिएको छ । समग्रमा विष्णु भण्डारीको पहेँलो घाम उपन्यासको नारीपात्रको अध्ययनबाट  प्राप्त निष्कर्षहरूको यहाँ चित्रण गरिएको छ  । विष्णु भण्डारी प्रगतिवादी लेखक हुन् । यीनले सूक्ष्मदेखि बृहत् रूपसम्मको विषय सन्दर्भलाई केलाउँदा मूलतः परिवर्तनको मोडमा लेखिरहने स्रष्टा हुन् । पहेँलो घाम उपन्यास युद्धको सकारात्मक कोणबाट लेखिएको कृति हो । चारित्रिक संरचनाका आधारमा प्रस्तुत उपन्यासको नारी पात्रलाई बहुपात्रीय उपन्यासको कोटीमा राख्न सकिन्छ । शिवाको साहस, प्रतिरोधक चरित्र र आशावादीताले नै उपन्यासका अन्य नारी पात्रलाई समेटिएको छ । शिवा मार्फत नै जनयुद्धमा महिला र जातजातिको बलियो सहभागिता उपन्यासमा पाइन्छ । युद्धमा वीरतापूर्वक लडेका माओवादी छापामारहरूको क्यान्टोमेन्टबाट बाहिरिएपछिका  दुःख, पीडा र सङ्घर्षको चित्रण निकै मार्मिक रूपमा गरिएको छ । सिङ्गो देशलाई हल्लाउँदै विश्वमा समेत चर्चा र चासोको विषय बनेको माओवादी जनयुद्ध बाह्रबुँदे सम्झौताबाट शान्ति प्रक्रियामा ओर्लिएपछि पूर्वामाओवादी लडाकुहरूको व्यवस्थापन गर्न नसकेको चित्र प्रस्तुत उपन्यासले समेटेको छ । राज्य पक्षले अयोग्य भन्दै क्यान्टोमेन्टबाट निकालिएका पूर्व लडाकु नारी पात्रहरू सामूहिक रूपमा कृषि फारम खोलेर कृषि उत्पादन बढाएका छन् । कृषि फारम सञ्चालन गर्ने क्रममा आ–आफ्नो दक्षता र क्षमताअनुसार काम गदैँ यस उपन्यासका नारी पात्रले उत्पादनमा थोरै लगानीमा पनि धेरै आम्दानी गरेर सबै मान्छेलाई कृषि पेसामा अभिप्रेरित गरेका छन् । यस उपन्यासका नारीपात्रहरूले बाहिरी समाजमा हुने गरेका यौनहिंसाका घटनालाई स्पष्टसँग देखाउन खोजेका छन् । यस उपन्यासकी प्रमुख नारी पात्र शिवालाई अफूसँगै बन्दुक बोक्ने कमाण्डरले प्रेम प्रस्ताव राख्दै उसलाई बलात्कार गर्न खोज्दा तुरुन्तै प्रतिकार गरी कमाण्डरको हात समेत भाँचिदिएकी छ । अर्कोतिर क्यान्टोमेन्टबाट बाहिरिएपछि मेनपावरमा जागिर खाने क्रममा मेनपावरको बोसले राखेको प्रेम प्रस्तावलाई तुरुन्तै अस्विकार गरेकी छ । गाँस, बाँस र कपासको खाँचो भएको अवस्थामा पनि नारी पैसाको लोभमा नाच्ने नर्तकी नभएको प्रमाणित गरी बोसको प्रतिकार गरेकी छ । यसरी शिवाकै नेतृत्वमा यस उपन्यासका नारीपात्रहरूले पुरुषसरह काम गरेर नारीभित्रको बहुल क्षमता सही ठाउँमा प्रयोग गरेर देखाएको उपन्यासमा देखिछ । उपन्यासले समाजमा हुने गरेका अन्तर जातीय विवाहलाई समेत स्वीकार्न समाज तयार भई सकेको अवस्था उपन्यासमा देखाउनु र नारीहरू समेत व्यापार व्यवसायमा लागेर आफ्नो जीवन यापन गर्न सफल भएको देखाउन खोजेका छन् । त्यसकारण यस उपन्यासमा उपन्यासकारले नारीका समस्या औँल्याउने काम मात्र होइन कि ती समस्यालाई समाधान गर्ने बाटो देखाउने काम पनि प्रस्तुत पहेँलो घाम उपन्यासमा देखिन्छ । यसकारण यो उपन्यास अन्य उपन्यासको तुलनामा फरक देखिन्छ ।

५.३.  प्राप्ति र सीमा

(क)  प्राप्ति

            प्रस्तुत पहेँलो घाम उपन्यासमा विष्णु भण्डारीले नारीहरूको त्याग र बलिदानलाई उच्च स्थान दिएका छन् । उनले समाजमा देखे, सुनेका नारीका जीवन भोगाइलाई उपन्यासमा प्रस्तुत गरेका छन् । यस उपन्यासको नारी पात्रको अध्ययनबाट प्राप्त प्राप्ति निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१.     पहेँलो घाम उपन्यासमा विष्णु भण्डारीले समाजवादी चेतना भएका सहनशील,        कर्तव्यनिष्ठ र क्रान्तिप्रति समर्पित नारीपात्रको प्रयोग गरेका छन् ।

२.    देशका क्रान्ति स्थापनाको लागि जनयुद्धमा निकै इमान्दारीका साथ लागि परेका नारी    पात्रहरूको चरित्र चित्रण कुशल ढङ्गले गरिएको छ ।

३.    देशमा लोकतन्त्र प्राप्तिका लागि आफ्नो घर–परिवार र पढाइ समेत त्यागेर युद्धमा       सार्पसुटर परीको नामले परिचित नारीको चित्रण गरिएको छ ।

४.    यस उपन्यासका नारीहरूले समाज रूपान्तरणको लागि त्याग र बलिदान गरेका छन् ।

५.    प्रस्तुत पहेँलो घामका नारी पात्रहरूले क्यान्टोमेन्टबाट बाहिरिएपछि सामुहिक कृषि फर्म खोलेर उत्पादन कार्यमा संलग्न भई समाजमा उदाहरणीय काम गरका छन् ।

६.    प्रस्तुत उपन्यासमार्फत नारीहरूको त्याग, तपस्या र बलिदानीबाट बनेको राजनीतिक     पार्टीलाई सिमित नेताको पेवा बन्न नदिन आग्रह गगिएको छ ।

७.    यस पहेँलो घाम उपन्यासका नारीपात्रहरूले आफूहरू नारी भए तापनि समाजमा   जस्तोसुकै समस्या आइपरे पनि हटेर होइन डटेर लड्नु पर्छ भन्ने चेतना जगाएका छन् ।

८.    अछुत भनेर हेला गरिने दलित जाति तथा नारीहरूको स्थान उच्च बनाइएको छ ।

९.    पहेँलो घाम उपन्यासकी मुख्य नारी पात्र शिवाकै केन्द्रियतामा अन्य अयोग्य नारी       पात्रहरूको अवस्थालाई प्रस्तुत गरिएको छ ।

१०.    शिवा सेनाद्वारा निर्दोष बाबु र हजुरआमा मारिएकी र आमा बलात्कृत भएपछि युद्धमा    होमिएकी क्रान्तिकारी पात्र हो ।

११.    किशोर उमेरकी शिवा दुश्मनप्रति बदलाको भाव पैदा भएर माओवादी लडाकु बन्न पुगेकी छ ।

१२.   प्रस्तुत उपन्यासमा बाहिरी समाजमा हुने गरेका नारी दमन र अत्याचारका घटनालाई    यहाँका नारी पात्रहरूले स्पष्टसँग देखाउन खोजिएको छ ।

(ख) सीमा

            प्रस्तुत पहेँलो घाम उपन्यास क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको कथा मूल विषय रहेको छ । जनयुद्ध पश्चातको समयमा योद्धाहरूको जीवन र तिनीहरूका परिवारजनको अवस्था पहेँलो घाम उपन्यासमा छर्लङग पारिएको छ तापनि कता–कता केही प्रसङ्गहरू नमिलेको हो कि तथा ती प्रसङ्गतर्फ जान लेखक चुकेका हुन् कि भन्ने तर्क बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

१.     कैयन रात जङ्गलमा बसेकी र मृत्युसँग खेल्दै आएकी यति बहादुर लडाकु शिवालाई    लाहानबाट काठमाडौँ आउने क्रममा रात परेको बेलामा डरपोक र कमजोर देखाउनु ।

२.    कहीँ कतै नदेखेको दुई पटकको भेटघाटमा नै सोहनसँग प्रन्ध्र दिनसम्म आफूले संञ्चालन      गरेको कृषि फारम छोडेर बहकिएर हिँडेको देखाउनु ।

३.    माओवादी आन्दोलनका क्रममा कैयन् त्यस्ता छापामार र कमाण्डरहरूको तुलनामा      एउटी नारी शिवाको मात्र बढी चर्चा रहनु ।

४.    पार्टीभित्र सार्पसुटरको तहमा रहेकी शिवालाई पार्टीभित्रैका कतिपय नेता र कार्यकर्ताले    चिन्ने अवस्था नरहनु ।

५.    क्यान्टोमेन्टबाट बाहिरिएको लामो समयसम्म पनि आमाको खोजी खबरी नगर्नु, १०      वर्षपछि बल्ल आमाछोरीलाई अँगालो हालेर रोएको देखाउनु ।

६.    युद्धकालमा सँगै लडेका नारीहरूको कसैको निकै उच्च स्थान त कसैको गाँस, बास र     कपासको समेत अभाब रहेको देखाउनु ।

७.    एउटी अयोग्य प्रमाणित भएकी नारीले आफ्नो अफिसको बोसलाई समेत पैसाको बिटोले हानेको देखाउनु ।

८.    दश वर्ष क्रान्तिको लागि लड्ने शिवालाई शान्ति सम्झौतापछि विनाकारण अयोग्य घोषित गर्नु ।

९.    आफ्नो देशलाई मुटुभन्दा प्यारो ठान्ने शिवाले अमेरिकाको केटा रोज्नु ।

१०.    उपन्यासमा आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा साहसपूर्वक लडेका     कार्यकर्ताले शान्ति प्रक्रियापछि बाँच्नको लागि दुःख र पीडा पाउनु । 

सन्दर्भ सूची

अधिकारी, कृष्णराज. (२०७३). ‘पहेँलो घाम’ को मधुरो किरण. गरिमा मासिक. ३५(५/३८४). पृ. ९७ ।

अनुरागी, कला. (२०७२, माघ २). पहेँलिदै गएको क्रान्तिको कथा. अन्नपूर्ण पोष्ट. पृ. ६ ।

……………., (२०७२, माघ २३). कतिले भने ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ? रातोपाटी डिजिटल पत्रिका ।

गौतम, सुशीला. (२०६९). नयाँ घर उपन्यासको विधातात्विक अध्ययन, स्नातकोत्तर शोधपत्र :  त्रि–चन्द्र बहुमुखी क्याम्पस ।

चालिसे, नारायण. (२०६७). केही कृति आफ्नै प्रकृति. काठमाडौँ : पैरवी प्रकाशन ।

जोशी, कुमारबहादुर .(२०३८) . पाश्चात्य साहित्यका प्रमुख केही वाद. काठमाडौँ : पाठ्यक्रम विकास केन्द्र ।

ढकाल, धु्रवराज. (२०७०). विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व. स्नातकोत्तर शोधपत्र कीर्तिपुर : नेपाली केन्द्रीय विभाग ।

तामाङ, कल्पना. (२०७१). युद्ध बोकेको सिताङ उपन्यासको विधातात्विक अध्ययन. स्नातकोत्तर शोधपत्र : त्रि–चन्द्र बहुमुखी क्याम्पस ।

थापा, हिमांशु. (२०४२). साहित्य परिचय (दो.सं.) . ललितपुर : साझा प्रकाशन ।

पोखरेल, टीकाराम. (२०६८). ऐतिहासिक उपन्यास सिद्धान्त र स्वरूप. काठमाडौँ : डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठान ।

पौड्याल, महेश. (२०७२, माघ २३). पहेँलो घाम एक आख्यान विद्रोह. नयाँ पत्रिका. ९(२८९). पृ ५ ।

प्रधान, कृष्णचन्द्रसिंह. (२०५२). नेपाली उपन्यास र उपन्यासकार. (चौ.सं.). ललितपुर : साझा प्रकाशन ।

प्रधान, प्रतापचन्द्र. (२०४०). नेपाली उपन्यास परम्परा र पृष्ठभूमि. दार्जीलिङ : दीप प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम. (२०६६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. (ते.सं.). ललितपुर : साझा प्रकाशन ।

बस्नेत, रीतादेवी. (२०७२). ताप उपन्यासका नारीपात्रको अध्ययन. स्नातकोत्तर शोधपत्र. काठमाडौँ : पद्मकन्या क्याम्पस ।

बानियाँ, राजकुमार. (२०७२, फागुन २९). माओवादी छायामा. कान्तिपुर, कोसेली. पृ. च ।

भण्डारी, विष्णु (२०६३). फेरी अर्को तारा खस्यो. काठमाडौँ : शैलवी प्रकाशन ।

………………, (२०६३). देश जागेको बेला. काठमाडौँ : हंशराज वाग्ले ।

………………., (२०६७). उत्सर्ग. काठमाडौँ : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रा. लि. ।

………………., (२०६९). घाइते ह्विलचियर. काठमाडौँ : शैलवी प्रकाशन ।

………………, (२०७२). पहेँलो घाम. काठमाडौँ : प्राइम बुक्स प्रकाशन ।

ज्ञवाली, विष्णुप्रसाद. (२०६७). समसामयिक नेपाली उपन्यास. काठमाडौँ : पैरवी प्रकाशन ।

श्रेष्ठ, भीम कुमारी. (२०७३). पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययन. स्नातकोत्तर शोधपत्र. काठमाडौं : त्रि–चन्द्र बहुमुखी क्याम्पस ।

श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज. (२०६३). नेपाली साहित्यको संक्षिप्त इतिहास. (आ.सं.). ललितपुर : साझा प्रकाशन ।

संगम, फणीन्द्र. (२०७२, पुस १०). केही साथी मसँग धेरै खुसी छैनन्. साप्ताहिक . शुक्रबार .पृ. ७ ।

सुवेदी, राजेन्द्र. (२०६४). नेपाली उपन्यास : परम्परा र प्रवृत्ति. काठमाडौं : साझा प्रकाशन ।


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १०:१०