द्वन्द्वकाल सम्झाउने ‘सुनको पहाड’

कान्तिपुर : बुधवार ८ असोज, २०७६

काठमाडौं (कास)-

कविता, खण्डकाव्य र महाकाव्य हुँदै साढे तीन दशकदेखि नेपाली साहित्य-यात्रामा निरन्तर लागेका स्रष्टा विष्णु भण्डारीले दसवर्षे माओवादी द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारको पीडा समेटेर ‘सुनको पहाड’ उपन्यास ल्याएका छन् । यसअघि उनले माओवादी, जनयुद्धलाई नै विश्लेषण गरी उपन्यास ‘पहेंलो घाम’ बजारमा ल्याएका थिए।

मंगलबारअनामनगरस्थित मण्डला नाटकघरमा उपन्यासका स्रष्टा भण्डारी, लेखक अर्चना थापा, नेकपाका नेता राम कार्की, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वअध्यक्ष तथा अधिवक्ता एकराज भण्डारीले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका हुन् ।

अधिवक्ता भण्डारीले ‘सुनको पहाड’ लाई विम्ब बनाएर द्वन्द्व खेपेका पात्रहरूको कथा संघर्ष, पीडालाई उतारिएको बताए । द्वन्द्वकालीन समयका अनुभवलाई स्मरण गर्दै उनले उपन्यासमा मन छुने यथार्थ रहेको उल्लेख गरे ।

https://bishnubhandari.com/wp-admin/post.php?post=9876&action=edit


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १३:३६