दरबार नछोडेसम्म माओवादी माथि जाँदैनः भण्डारी

रातोपाटी : २४ माघ २०७२

पोखरा–उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ । र्याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक पुस्तक परिचर्चाको ६० औँ शृङ्खलामा उपन्यासको चर्चा गर्दै युवा लेखक दीपक पराजुलीले कृति सङ्क्रमणकालीन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताए ।

 माओवादी जनयुद्धको अन्त्यपछि अयोग्य ठहरिएका लडाकुमाथि लेखिएको उपन्यासले त्यसपछि लडाकुहरुको सामाजिक–राजनीतिक जीवनमा के कस्ता उतारचढाव आए भन्ने बुझ्न सघाउने पराजुलीको दाबी थियो । उपन्यासमा माओवादी शान्ति प्रव्रिंmयामा आएपछिको निर्मम समीक्षा गरिएको भन्दै समीक्षक पराजुलीले समीक्षाका व्रmममा उपन्यासकार भण्डारीले वस्तु सत्य प्रस्तुत गरेर पाठकप्रति न्याय गरेको बताए । पराजुलीले युद्धकालका लडाकु अयोग्य नभई पार्टीका नेतृत्वकर्ता अयोग्य भएको आरोपसमेत लगाए ।

सोसाइटीमा अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा उपन्यासकार भण्डारीले प्रगतिवादी खेमाका लेखकहरुले प्रेम, यौन, स्वर्ग, भगवान् जस्ता शब्दको प्रयोग गर्नै नहुने परम्परागत मान्यताप्रति असन्तुष्टि राखे । जीवनका सत्यलाई साहित्यमा उतार्दा कोही गैर प्रगतिवादी नहुने जिकिर भण्डारीको थियो ।

कम्युनिष्ट पार्टीका नेताहरुले जुन आदर्श चरित्र देखाउनुपर्ने हो, त्यस्तो नभएको भन्दै उनले नेताहरुको विलासी जीवनशैलीले माओवादीलाई ‘पहेँलो घाम’ बनाउँदै लगेको दावि गरे । माओवादी नेताहरुले ‘दरबार’ नछोडेसम्म पार्टी माथि नजाने जिकिर गर्दै उनले नामै तोकेर ल्यार्केल लामा र सूब सेन ओलीहरू पार्टीलाई प्रिय लागेसम्म इमानदार कार्यकर्ता सधैँ ‘अयोग्य’ नै ठहरिने बताए । साहित्यमा विचार मात्र थुपारेर नहुने भन्दै कला पक्षलाई पनि आफूले उत्तिकै महत्व दिने गरेको उनको भनाइ थियो ।

कायक्रममा कवि प्रथाले आफू कविता बढी मन पराउने पाठक भए पनि भण्डारीको ‘पहेँलो घाम’ले भने निकै प्रभाव पारेको बताए । कार्यव्रmममा सुरेश रानाभाट, अजय अनमोल, डा. कृष्णराज अधिकारी, सरस्वती प्रतीक्षा, भीम रानाभाट, अमृत सुवेदी, राजेन्द्र पौडेल, गनेस पौडेललगायतले टिप्पणी गरेका थिए ।

सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी फागुन २९ गते शनिबार सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरुको कारखाना’माथि अर्चना थापाले परिचर्चा गर्ने जानकारी दिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले बताए ।

– See more at: http://www.ratopati.com/sahitya/30368/#sthash.DAymCkZB.DuSOsm8s.dpuf


  प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०९:४६