पृथक् पहिचान बोकेको महाकाव्य

पहिलो संस्करणको भूमिका)

घनश्याम ढकाल

उत्सर्ग जनयुद्धमा आधारित महाकाव्य हो । यसमा जीवन नयाँ ढङ्गले परिभाषित भएको छ । नयाँ यथार्थलाई विष्णु भण्डारीले कलात्मक छिनोले कुँदेर उच्च धरातलमा पुनसृजन गरेका छन् । महाकाव्यीय यथार्थ विशेष भएर पनि सार्वजनिन बनेको छ । उत्सर्ग को यो एउटा विशेषता हो र कविको क्षमता पनि ।

वर्गीय प्रेम सङ्घर्षशील जीवनमा आस्था र भविष्यप्रतिको अटुट आस्थाका अविरल धारहरूले महाकाव्यको भावनात्मक फाँटलाई छल्दीको फाँटझैँ उर्बर बनाएका छन् । यो प्रेम, सौन्दर्य र सङ्घर्षको त्रिवेणी बनेको छ । यहाँ पराजय होइन, विजयको आकाङ्क्षा छ । नयाँ समाज निर्माणको अभिलाषा छ । अनि सौन्दर्यबोधमा नवीनता छ । मेरो विचारमा उत्सर्ग ले नपाली महाकाव्यहरूका बिचमा आफ्नो छुट्टै पहिचान बनाएको छ । यही निजीपन नै विष्णु भण्डारीको सिर्जनात्मक पहिचान हो ।

(घनश्याम ढकाल, अध्यक्ष– अखिल नेपाल लेखक सङ्घ, २०६६ चैत)


  प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ००:५४