पहिलो संस्करणको भूमिका)
अमर गिरी
विष्णु भण्डारी सक्रिय राजनीतिक कार्यकर्ता र संस्कृतिकर्मीका साथसाथै प्रतिभाशाली कवि पनि हुन् । समाजिक प्रतिवद्धता, सरोकार र परिवर्तनका निम्ति सङ्घर्ष उनको काव्यिक आदर्श हो । उनले उत्पीडित जनतामाथिको शोषण, उनीहरूले खेप्नु परेको कष्ट, त्याग विरुद्ध उनीहरूको सङ्घर्ष र उनीहरूका नयाँ स्वप्नहरूलाई सुन्दर काव्यात्मक अभिव्यक्ति दिंदै आएका छन् । एक नयाँ मनुष्य र मनुष्य समाजको निर्माण नै उनको काव्यिक ध्येय हो ।
उत्सर्ग महाकाव्यमा यस मुलुकमा चलेको एक दशक लामो माओवादी सशस्त्र विद्रोह र त्यसका निम्ति गरिएको त्याग र बलिदानलाई अभिव्यक्ति दिइएको छ । समस्त उत्पीडनबाट मुक्तिका निम्ति सङ्घर्ष र नयाँ मनुष्यसमाजको स्थापना यस महाकाव्यको मूल नाभी हो । कविले यस महाकाव्यमा त्याग र बलिदानको कष्टकर यात्रालाई रेखाङ्कित गर्दै अन्ततः उत्पीडित जनताको मुक्तिलाई कसैले रोक्न नसक्ने औंल्याएका छन् । विद्रोहको कष्टकर यात्रका अनुभूतिहरूको सजीव बिम्वाङ्कन पाइन्छ यस महाकाव्यमा । असीम कष्टका बीच पनि भविष्यप्रतिको प्रगाढ आशा तथा आदर्श र उद्देश्यका निम्ति निरन्तर सङ्घर्षलाई सार्थक काव्यात्मक अभिव्यक्ति दिएको छ यस महाकाव्यले ।
अमर गिरी (अध्यक्ष, चलचित्र विकास वोर्ड, २०६६ चैत )