News

भण्डारीको ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक 

वैशाख ३१, २०८० कान्तिपुर संवाददाता काठमाडौँ — साहित्यकार विष्णु भण्डारीको समालोचना कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको उक्त कृति मार्क्सवादी सौन्दर्यचिन्तकद्वय मोहन वैद्य तथा निनु चापागाईं, समालोचकद्वय अमर गिरी र  विन्दु शर्माले शनिबार राजधानीमा सार्वजनिक गरेका हुन् । कृतिमा नेपाली हितका लागि भएका युद्धहरूमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरिएको छ । कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको विवेचना गरिएको लेखक भण्डारीले जनाएका छन् । कृतिभित्र लोकगाथाकालीन युद्धसाहित्य, राज्य विस्तारकालीन युद्धसाहित्य, भोट–चीनसँग भएको युद्धमाथि लेखिएको साहित्य, ०७ साल र ०१८ सालमा भएका

विस्तृत पढ्नुहोस