News

अरुन्धतीको मृत्यु’ लिएर आए विष्णु भण्डारी

 सम्मोहन रुपिन्द्र प्रभावी   काठमाडौं ।  साहित्यकार विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ । जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनावटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् । केही महिनाअघि मात्र उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो । नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य (War  Literature) मात्र नभएर युद्धपछिको साहित्य (Postwar Literature) मा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि

विस्तृत पढ्नुहोस