विष्णु भण्डारीको कथाकारिताको अध्ययन

सोध लेखक र कृतिको मूल्याङ्कन र खोज दुबै हो । सोधले लेखकलाई हौसला प्रदान गर्छ । तर कतिपय सोधार्थी र सोध निर्देशकको कमजोरीका कारण सोध हल्काफुल्का भएको पनि देखिएको छ । कतिपय लेखकले सामग्री उपलब्ध नगराउँदा पनि सोधकार्यमा समस्या आएको देखिन्छ । सोधको गुणवत्ताका लागि सोधार्थी, निर्देशक र लेखकको संयुक्त प्रयत्न हुनुपर्छ । यसो भयो भने मात्र सोध वस्तुपरक र सबल हुन पुग्छ ।

कतिपयले लेखकबाट दिइएका सूचनालाई गलत गरिकाले समावेश गरेको पनि पाइन्छ । सोधार्थीले सोधलाई तत्कालीन आवश्यकतापूर्तिको रूपमा लिनुभन्दा यसले दीर्घकालसम्म पार्ने प्रभावबारे पनि सोच्नुपर्छ । सोधमा सत्यतथ्यको अभाव र अरूको कपी भयो भने यसलाई आधार बनाएर अध्ययन गर्नेहरूलाई समस्या आउन सक्छ । सोधको गुणवत्तामा सोधार्थी चनाखो हुनुपर्छ ।

मेरा प्रकाशित कृतिहरूमा धेरै सोधार्थीले सोध गर्नुभएको छ । मेरो जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन ध्रवराज ढकालले वि.सं. २०७० सालमा गर्नुभएको हो । त्यसपछि कविता, काव्य र आख्यानमा सोध हुँदै आएका छन् । कृतिका विविध विषयमा पनि सोध भएका छन्, हुँदै छन् । सोध गर्नुहुने प्रिय सोधार्थीहरूलाई धेरै धेरै धन्यवाद !

विष्णु भण्डारीको कथाकारितामाथि गरिएका सोध तल पढ्न सकिने छ :


  प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०४:५२